news and more entertainment

July 2013

१७ साउन, काठमाडौं । नेपाल गणतन्त्रात्मक मुलुक भएको पाँच वर्ष भैसकेको छ । तर, कतिपयको मनबाट भने राजा र राजतन्त्र अझै बाहिरिन सकेको छैन । पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि यस्तै कोटीमा पर्छिन् । माल्भिकाले आफू राजावादी भएको बताउँदै आफूलाई राजाको गुनगान गाएर हुर्किएकी बताएकी छिन् ।
अनलाइखबरसँगको बिशेष कुराकानीमा माल्भिकाले सानैबाट राजाको गुनगान गाएर हुर्केको मानिसले एक्कासी गणतन्त्र आयो भन्दैमा त्यसलाई स्वीकार गर्न नसक्ने बताएकी हुन् ।
निश्चीतरुपमा म राजबादी मान्छे हुँ, हामी हुर्किएकै राजाको गुणगान गाएर हो, राजा नै सर्वोपरि हो भन्दै राष्ट्रिय गान गाएर हुर्कियौं- माल्भिका भन्छिन-अहिले आएर एक्कासी राजतन्त्र छैन, राजा मान्दैनौ भन्ने कन्सेप्टमा जानै चाहान्नौं ।

उनलाई नेपालमा पुनः राजतन्त्र र्फकन्छ भन्ने कुरामा भने विश्वास छैन । तर, उनी राजा आउने या नआउनेभन्दा पनि जनताले आधारभूत आवश्यकता पुरा गर्न पाउनुपर्ने बताउँछिन् । राजतन्त्रको समाप्तिपछि आएको माओवादीबाट धेरैले राम्रो भन्दा पनि नराम्रो कुरा सिकेको उनको तर्क छ । सबैलाई अगाडि बढ्न सक्छु, प्रधानमन्त्री हुन सक्छु भन्ने लाग्यो, कुर्सीको तँछाडमछाड चलिरहेको छ, आफ्नो इगोका लागि लडिरहनुभएको छ, तर त्यो नै देशका लागि हानिकार भयो, माल्भिकाले भनिन् ।
आफूले माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईबाट धेरै आशा गरे पनि सबै निराशामा बदलिएको उनको तर्क छ । उहाँहरुलाई काम नै गर्न दिइएन, यसैले पदबाट राजीनामा दिनुभयो । नेपालमा ५ वर्षसम्म स्थायित्व पाउने र काम गर्न सक्ने सरकार चाहिएको छ, माल्भिकाले भनिन् । बेला बेलामा पूर्व नेपाल सुन्दरीले फेसबुकमा देशको राजनीतिक अवस्थाको बिषयमा पनि आक्रोश व्यक्त गर्दै आएकी छन् ।
नेपालमा दैनिकी चलाउन नै गाह्रो हुने अवस्था आइसकेको छ माल्भिकाले भनिन्,-अब त झन बढी बिजुली जान थाल्छ, काम गर्न गाह्रो हुन्छ, अब तपाई नै भन्नुहोस् कस्तो छ देशको अवस्था ?
मेरो विचारमा देशको समस्या समाधानका लागि ५ वर्ष एउटै व्यक्तिलाई देश चलाउन दिनुपर्छ, जसले राष्ट्रलाई कानुनको दायरामा राखोस् माल्भिकाले भनिन् । उनलाई जनमत संग्रह भएको खण्डमा राजा आउने कुरामा खासै चासो छैन । चुनाव भएपछि जनताले फेरि कुन पार्टीलाई चुन्ने भन्ने कुराको फैसला गर्ने भन्दै माल्भिकाले आफू पनि त्यही दिनको प्रतिक्षामा रहेको बताइन् ।
मेरो पनि राजनीति गर्ने योजना थियो
पूर्व मिस नेपाल माल्भिकाले आफ्नो पनि राजनीति गर्ने योजना रहेको खुलासा गरेकी छन् । एउटा महिला समुह खोलेर राजनीति गर्ने र चुनाव लड्ने योजना आफ्नो पनि भएको भन्दै उनले पछि आफू यो क्षेत्रमा आउन नसक्ने सोचेर पछि हटेको उनको तर्क छ । न त मैले राजनीतिशास्त्र नै पढेको छु, न मलाई अन्तरराष्ट्रिय कानुनको बारेमा नै केही थाहा छ, यसैले मैले राजनीतिक यात्रा सुरु गर्नु गलत हो भन्ने लाग्यो र छोडें माल्भिकाले भनिन्, मैले युवाहरुका समस्यालाई अगाडि ल्याउन सक्छु, देशको भूमण्डलको बिषयलाई उठाउन सक्छु, तर यसका लागि राजनीति नै गर्नु पर्दैन ।
नेपालका नेताहरुले देशको र विश्वको कानुनको बिषयमा केही पनि नबुझेकाले यस्तो अवस्था आएको उनको तर्क छ । अशिक्षित नेताहरुले गर्दा देश बिगि्रएको आरोप माल्भिकाले लगाइन् । भारत र अमेरिकामा नै हेर्ने हो भने केन्द्रमा आउनुअघि प्रान्तको चुनाव जित्नुपर्छ तर, नेपालमा जो पनि नेता बन्ने, नपढेकाले पनि पद चलाउने गर्दा देश बिगि्रयो, माल्भिकाले विश्लेषण गर्दै भनिन् । देशकै नीति थाहा नहुनेले कसरी जनताको पीर र मर्का बुझ्छ ? माल्भिकाले नेताहरुलाई प्रश्न गरिन् ।

काठमाडौ, श्रावण १७ - सरकारले बर्डफ्लु भाइरस पुष्टि भएका सबै र्फमको कुखुरा नष्ट गर्न सकेको छैन । प्रयोगशालामा नमुना परीक्षण गर्दा भक्तपुरका पाँच र्फमको कुखुरामा बर्डफ्लु पुष्टि भएकामा बुधबारसम्म दुईवटा र्फमको कुखुरा मात्रै नष्ट गरेको छ ।
पर्याप्त जनशक्ति नभएको भन्दै तीन र्फमको कुखुरा नष्ट नगरिएको हो ।  पाँचमध्ये तीनवटा र्फम एउटै व्यक्तिको हो । पाँच र्फमका ३३ हजारभन्दा बढी कुखुरा नष्ट गर्न ज्यालादारीमा २२ कामदार परिचालित छन् ।
रोगी कुखुरा नष्ट नगर्दा व्यापारीले बिक्री गर्ने सम्भावना कायमै छ । मंगलबार राति भक्तपुरको बिरामी कुखुरा काभ्रे लैजाँदै गर्दा प्रहरीले बनेपाबाट नियन्त्रणमा लिएको थियो ।
केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालाले मंगलबार भक्तपुर बागेश्वरीका कृष्णराम छुस्याबाग, भक्तपुर नगरपालिका-२ का विमल धिमसु र जगातीका बलराम किसीको र्फममा बर्डफ्लु भाइरस पुष्टि गरेको थियो । तर, बुधबारसम्म धिमसु र किसीको सिपाडोलको र्फमको कुखुरा मात्रै नष्ट गरिएको छ ।
पशु सेवा कार्यालयका अनुसार दुई र्फमबाट करिब ११ हजार कुखुरा नष्ट गरिएको छ । धिमसुको र्फमबाट ५ हजार ५ सय २० कुखुरा, ८ सय ५० किलो दाना र किसीको र्फमको ५ हजार ७ सय ४० कुखुरा, १६ हजार ५ सय ९० अन्डा र एक किलो दाना नष्ट गरेको जिल्ला पशु कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टले जनाए । धिमसुको र्फमको कुखुरा मंगलबार राति र किसीको बुधबार दिउँसो नष्ट गरिएको हो । किसीको नंखेल-२ को दुई र्फमको करिब १३ हजार र छुस्याबागको ४ हजार संक्रमित कुखुरा अझै खोरमै छ ।
मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भाइरस भए पनि सरकारले गम्भीर रूपमा नलिएको पशु चिकित्सक डा. शरदसिंह यादवले बताए । 'अहिले पन्छीमा मात्रै देखिएको छ । पुष्टि भएर पनि बेलैमा नष्ट नगरी ढिलासुस्ती गर्ने हो भने मानिसमा देखा नपर्ला भन्न सकिँदैन,' उनले भने, 'यो घटनाले बर्डफ्लु नियन्त्रणमा सरकार गम्भीर नभएको पुष्टि हुन्छ ।'

सरकारले एच फाइभ एन वान भाइरस देखिएको र्फमको कुखुरा मात्रै नष्ट गरेको छ । तर, एच वान एन नाइन देखिएको र्फमको कुखुरा नष्ट गरेको छैन । ललितपुर र भक्तपुरको नमुना परीक्षणको क्रममा एच वान एन नाइन भाइरस पनि देखिएको छ । ललितपुरको हरिसिद्धिस्थित लोकल कुखुरा पालन गर्दै आएका भरत घिमिरेले चार दिनमा २ सयभन्दा बढी कुखुरा मरे पनि सरकारले नष्ट गर्न कुनै चासो नदिएको बताए । 'मेरो खोरको कुखुरा परीक्षण गर्दा बर्डफ्लुको भाइरस -एच नाइन) देखियो तर नष्ट गर्न कुनै चासो देखाएको छैन,' उनले भने, 'मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने रोग लागेको थाहा हुँदा पनि सरकारी निकाय सिरियस देखिनँ ।'
लाखांै लगानी गरेका ठूला व्यवसायीले भने आफ्नो लगानी जोगाउन सरकारी निकायलाई जानकारी नदिई धमाधम रोगी कुखुरा बिक्री गरिरहेका छन् ।
व्यवसायीको लापरबाहीले भक्तपुर बर्डफ्लुको उच्च जोखिममा परेको हो । मरेको कुखुरा परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भए लगानी डुब्ने डरले सरकारी निकायलाई जानकारी नगराई मरेको कुखुरा आफूखुसी गाडेका थिए । भक्तपुरमा एकपछि अर्को गर्दै सबैजसो र्फममा बर्डफ्लु फैलिन थालेको छ ।

चितवन, १७ साउन। चन्दा असुली गर्दै गर्दा पक्राउ परेका आफ्ना ६ जना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गरी तत्काल रिहाइको माग गर्दै वाइसिएल चितवनले जिल्ला बन्द गरेको छ। बन्दका कारण चितवनको जनजीवन बिहानैदेखि प्रभावित भएको छ।

बन्दका कारण यातायत, शैक्षिक संस्था र कलकारखाना ठप्प रहेका छन् । भित्री सडकमा छिटफुट रुपमा केही सवारीसाधन चले पनि मुख्य सडकमा सवारीसाधन ठप्प रहेका छन् । नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, पूर्वी चिततवनको टाँडी, पर्सा, भण्डारालगायतका स्थानमा वाइसिएलका कार्यकर्ता सडकमै बसेर बन्द गराइरहेका छन् । बन्दका कारण चितवन भएर राजधानी जाने र राजधानीबाट चितवन आउने सवारीसाधनहरु चल्न सकेका छैनन् ।

वाइसिएल चितवनका संयोजक ईश्वर सापकोटा सुमनले माग पूरा नभएसम्म कुनै पनि हालतमा बन्द फिर्ता नलिने स्पष्ट पार्नुभयो । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, शववाहन, पर्यटक, कूटनीतिक नियोगलगायतका सवारीसाधनमा भने अवरोध नगरिने उहाँले बताउनुभयो । बन्दमा अप्रिय घटना नहोस् भन्नका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जबर्जस्ती यातायात अवागमनमा अवरोध गर्न खोजे स्थानीय प्रशासनसँग छलफल गरी आवश्यक कारबाही गर्ने तयारी भइरहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालयले वाइसिएलका कार्यकर्ता उत्तम गुरुङ, मधु न्यौपाने, भरत मगर , विशाल मरहट्ठा, मनोजकुमार शेर्पा र रवि पराजुलीलाई चन्दा माग्दै गर्दा पक्राउ गरी मुद्दा दर्ता गरेको थियो ।

काठमाडौं १७ साउन । सिरहाको सिक्रौन निवासी एक महिलाले अवैध सम्बन्ध कायम राख्न कन्ट्याक्ट किलर हायर गरी पतिकै हत्या गरेको तथ्य खुलेको समाचार आजको राजधानी दैनिकमा खवर छ। सिक्रौन–७ घर भई रामनगर मिर्चैयामा व्यापार गर्दै आएकी गुरुशरण साहलाई उनकै कान्छी पत्नी चन्दरदेवी साहले नाठोसँग मिलेर कन्ट्याक्ट किलर झिकाई हत्या गरेको पाइएको हो। गुरुशरणको गत २ साउनको राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) पूर्णचन्द्र जोशीले अनुसन्धानका क्रममा कान्छी पत्नी चन्दरदेवीले नै अवैध सम्बन्ध रहेका व्यक्तिसँग मिलेर गुरुशरणको हत्या गरेको स्विकारेको बताए। जोशीका अनुसार चन्दरदेवी र उनीसँग अनैतिक सम्बन्ध राख्दै आएका ४० वर्षिया सतो भनिने सतदेव यादवले कन्ट्याक्ट किलरमार्फत साहको हत्या गराएको पाइएको हो। माडर–३ घर भएका सतदेव १५ वर्ष अगाडिदेखि गुरुशरण साहसँगै व्यापार गर्दै आएका थिए। सोही समयदेखि उनकी कान्छी पत्नी चन्दरदेवीको सतदेवसँग अनैतिक शारीरिक सम्बन्ध रहेको थियो।

प्रहरी उपरीक्षक जोशीका अनुसार १५ वर्षदेखि अवैध रूपमा शारीरिक सम्पर्क रहेको र पतिले सो काम बन्द गर्न भनेपछि योजना बनाएर हत्या गरिएको बयान चन्दरदेवीले दिएकी छन्। प्रहरीका अनुसार गुरुशरणको हत्या गर्ने सतदेव मृतकका घनिष्ठ मित्रसमेत हुन्। सतदेवसँग अवैध सम्बन्धबारे जानकारी पाएलगत्तै गुरुशरणले छोरीहरू जवान भइसकेकाले अब त्यस्तो सम्बन्ध नराख्न पटकपटक चेतावनी दिएका थिए। उनको त्यही चेतावनीलाई आफूहरूको सम्बन्धमा बाधक बनेको भन्दै चन्दरदेवीले तिनैमार्फत कन्ट्याक्ट किलर झिकाउन लगाई हत्या गराएको बयान दिएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए। ‘आफूहरूको सम्बन्धमा आङ्खना पति नै बाधक भएकाले उनको हत्याको योजना बनाएको चन्दरदेवीले स्वीकार गरेकी छन्,’ प्रहरी उपरीक्षक जोशीले राजधानीसँग भने । हत्याका लागि अभियुक्तहरूले कन्ट्याक्ट किलरलाई २५ हजार एडभान्स दिई काम सम्पन्न भएपछि २ लाख रुपैयाँ दिने सहमति गरेका थिए।

सोहीअनुसार उनीहरूले खटाएका कन्ट्र्याक्ट किलरले तीन÷चार महिनाको प्रयासपछि गत २ साउनको राति १०:४५ बजे घरमा सुतिरहेको अवस्थामा धारिलो हत्या प्रहार गरी गुरुशरणको हत्या गरेको थियो। प्रहरीका अनुसार हत्या योजना बनाएका सतदेव एक महिनाअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यहीँबाट उनले भारतीय अपराधीसँग सम्पर्क गरी गुरुशरणको हत्या गराएका हुन्।

‘श्रीमतीलाई जति सम्झाए पनि सम्बन्ध कायम रहेपछि आफ्नै मित्र रहेकाले गुरुशरणले सतदेवलाई नै सम्बन्ध नराख्न भनेपछि दुवै मिलेर हत्या गरेको पाइयो,’ जोशीले भने। सिरहामै केही समयअघि श्रीमती र छोरीले पूर्वसभासद् सदरुल मियाँ हकको हत्या गरेका थिए। छोरीको प्रेमीसँग विवाह गर्न अस्वीकार गरेकाले मियाको हत्या भएको थियो।

तिमीबिनाको जीवन, सासबिनाको धडकन, म कसरी सहुँ’…..बोलको गीतमा हिरो रोज राणा र हिरोइन सौजन्य सुब्बाले बिछोडको आँसुसँगै राम्रै प्रेमालाप गरे । तर यो फिल्मी दृष्य एउटा दुःखद् इतिहासमा सिमित भएको छ । पतिसँग सम्बन्ध बिच्छेद गरेर लामो समय रोज राणासँगको प्रेममा रमाएकी नायिका सौजन्य सुब्बाले यतिखेर तिनै रोजबिरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दायर गरेकी छिन् । अघिल्लो साता फिल्मी बजारमा हिरोइन सुब्बाको सेक्स भिडियो सार्वजनिक भएको चर्चा चल्यो । कतिपय फिल्मी पत्रकारलाई फोन गरेर रोजले नै सौजन्यको सेक्स भिडियो बाँडेको बताइएको थियो ।
त्यसको पुष्टी हुनेगरि अहिले सुब्बाले ललितपुर प्रहरीमा सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि यो मामिला सार्वजनिक भएको छ । सौजन्यको पक्षमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा एवं फिल्मी हिरो भूपेन्द्र चन्दले दबाब दिइरहेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ । राणा र सुब्बावीच लामो समय प्रेम सम्बन्ध रहेको र हाल चन्दसँग प्रेमसम्बन्ध रहेको फिल्मी क्षेत्रमा चर्चा छ । टेलि फिल्मबाट नाम कमाएकी सुब्बाले काम पाउन छाडेपछि रोजले केही फिल्ममा लिड रोल दिएका थिए । तर अहिले रोजले आफुलाई डेरामै आएर मार्ने धम्की दिएको भन्दै सुब्बाले प्रहरी गुहारेकी छिन् ।

केही दिन अघि बलिउड नायुक रणबिर कपुर र अर्की नायीका क्याट्रिन कैफको समुन्द्री किनारमा मस्ती गर्दै गरेको तस्विर सार्वजनिक भयो। तस्विरमा उनिहरु स्पटनको एक समुन्द्री किनारमा अर्धनग्न अवस्थामा देखिएका छन्।क्याट्रिन कैफले बिकिनी लगाएकी छिन् भने रणबीर कपुरले हाल पाइन्ट मात्र लगाएका छन्। यो फोटो सार्वजनिक भएसंगै उनिहरु प्रेम सम्वन्ध रहेको समेत खुलासा भयो । यसअघि पनि उनिहरुबिच अफेयर रहेको चर्चा थियो।तस्विरमा उनिहरु दुबै खुसी देखिएका छन् र रणबीरका माता पिता भने क्रुद्ध छन् ।तस्विर छापिएपनि रणविर-क्याट्रिनाले कुनै प्रतिक्रिया दिएका छैनन्। तर रणबीरका पिता तथा पुराना नायक ऋषि कपुर र आमा नितु कपुर(नायीका पनि)ले भने यसप्रति आक्रोश व्यक्त गरेका छन्।उनले आफ्नो छोराको निजि जिवनका स-साना कुरा पनि सञ्चार माध्यम हरुमा आएको भन्दै उनि आक्रोशित बनेका हुन्।रणविरकी आमा नितु कपुरले पनि यस्ता कुरा सार्वजनिक हुनुले आफ्नो छोराको फिल्मी करियर बिग्रने चिन्ता व्यक्त गरेकी छिन्।ऋषि र नितु दुबै छोरा रणबिरका प्रत्येक क्रियाकलाप प्रति ज्यादै नै सचेत मानिन्छ। रणबिरकी अघिल्ली प्रेमिका दिपिका पादुकोनेसंग पनि उनिहरुले ब्रेक गराएको चर्चा त्यतिखेर चलेको थियो।रणबिर र क्याट्रिनाको यस्तो तस्विर सार्वजनिक भएको थियोranbir and katrina

१५ साउन,रौतहट। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले पुर्व राजा संग सहकार्य गर्ने बताएपछी एकाएक नेकपा-माओवादी प्रति नरम देखिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले रवैया परिवर्तन गरेका छन् ।थापाले नेकपा–माओवादीले निर्वाचन बिथोल्न खोज्नु गलत हो भन्दै kamal thapaआलोचना गरेका छण्। रौतहटको सदरमुकाम गौरमा आज संविधानसभा निर्वाचनको तयारीका सम्बन्धमा कार्यकर्ता प्रशिक्षणका लागि आएका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै यसो भनेका हुन् ।नेकपा-माओवादीलाई सोही पार्टीका नेता-कार्यकर्ता र एमाओवादीले आलोचना गरेपछि पुर्व राजासंगको सहकार्यबाट उक्त पार्टी केही पछाडी हटेको थापाको विश्लेषण रहेको बताइन्छ। कुराकानीमा पाले चार दलीय ‘सिन्डिकेट’को कारण मुलुकले निकास नपाएको आरोप लगाए। उनले भने -व्यक्तिगत स्वार्थ पूरा गर्न तल्लीन अदूरदर्शी नेताहरूको गलत निर्णयका कारण देश अन्यौलमा फसेको हो

संस्कृतमा एउटा चर्चित श्लोक छ: 'सत्यम् ब्रुयात् प्रियम् ब्रुयात्, नब्रुयात् सत्यमप्रियम्'। अर्थात् सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल । मेरा विचारमा आफ्नो कुनै निजी स्वार्थ नभएको र देश र जनताप्रति प्रतिवध्द व्यक्तिले आवश्यक पर्दा 'अप्रिय सत्य' बोल्न सक्नुपर्दछ । देशको राजनीतिको अन्तर्यमा केही समयदेखि पुत्पुताउँदै गैरहेका कर्महरु र मुख्यत: पूर्व राजा ज्ञानेन्द्रका प्रतिक्रान्तिकारी उद्देश्य र हर्कतहरुबारे एउटा सचेत र जिम्मेवार नागरिकको हैसियतले बेलैमा खतराको घण्टी बजाउनु मैले आफ्नो कर्तव्य ठानेको हुँ । ज्ञानेन्द्रका समग्र देखिने र नदेखिने प्रतिगमनकारी कामका सन्दर्भमा भनिएका कुरालाई बिर्सिएर एउटा राहत वितरणको प्रसंग मात्र जोड़ेर प्रचार भैदिँदा आम जनमानसमा केही भ्रम उत्पन्न हुनुलाई म अन्यथा मान्दिनँ । बरु म त्यसको कदर नै गर्छु । तर ज्ञानेन्द्रलाई अलिकति चिमोट्दा कोकसलाई कति डिग्रीको ज्वरो आउँदो रहेछ र कहाँ कहाँ दुख्दोरहेछ भन्ने ज्ञान चाहिं निकै लाभदायी र रोचक भएको छ । पूर्व राजतन्त्रवादीहरूको अविचलित राजभक्तिको म कदरै गर्छु, भलै म उनीहरूसँग सहमत हुन सक्दिनँ । रगत नचुहाइकन मासु काटेर खान खोज्ने मध्मवर्गीय आदर्शवादीहरुको वर्गनिरपेक्ष शिष्टता र भद्रताको आग्रहलाई पनि म अन्यथा मान्दिनँ । तर आफुलाई गणतन्त्रवादी भएको दावी गर्ने कतिपय व्यक्ति र शक्तिलाई १०४ डिग्रीकै ज्वरो आएको देख्दा चाहीं म निकै दु:खित र चिन्तित भएकोछु । झन् एउटा वामपन्थी पार्टीको साप्ताहिक मुखपत्रले त सम्पादकीय नै लेखेर ज्ञानेन्द्रको खातिरदारी गरेको देख्दा मार्क्सवादको कतिसम्म भ्रष्टीकरण हुन सक्दोरहेछ भनेर लज्जित बनाएको छ । ज्ञानेन्द्र व्यक्तिसँग हाम्रो कुनै दुश्मनी छैन ।एउटा स्वतन्त्र नागरिकको रुपमा उनको पुजापाठ गर्ने र दानदातव्य गर्ने अधिकारको पनि हामी कदरै गर्छौं । बरु अरबौंको सम्पत्ति हुनेले लाखमा होइन, करोडमा दान गर्न सकेको भए बढ़ी राम्रो हुन्थ्यो । तर यहाँ चिन्ताको विषय के हो भने ज्ञानेन्द्रले आजसम्म नेपाली जनताले आफ्ना महान् वलिदानी संघर्षहरुबाट प्राप्त गरेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिक लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धि र अन्तरिम संविधानका मूल अन्तर्वस्तुबारे आजसम्म कुनै सार्वजनिक प्रतिबध्दता जनाएका छैनन् । बरु उनले उल्टै ती परिवर्तनकारी एजेण्डाबारे असहमति जनाउने गरेका छन् । उनको आशीर्वाद प्राप्त कमल थापाको पार्टीलै खुलै रुपमा राजतन्त्रको पुनर्स्थापना सहमति वा चुनाव मार्फत नभए 'विद्रोह' मार्फत गर्ने बताइरहेको छ । यो स्थितिमा विभिन्न वहानामा ज्ञानेन्द्रको देशदौडाहा केकोनिम्ति होला भनेर बुझ्न कुनै आइतवार पर्खिरहनुपर्ला र? उनका नजिकका दूतहरुले पटकपटक विदेशी शक्तिकेन्द्र धाएर केके सौदावाजी गर्न खोजेका होलान् भन्ने जानकारी आजको अतिविकसित संचारप्रविधिको दुनियाँमा पाउनै नसकिने होला र ? विभिन्न वहानामा आगामी मंसिर ४ को संविधानसभा निर्वाचन भाँड्ने र त्यसपछिको संवैधानिक संकटको स्थितिमा २०४७ को संविधान ब्युँताएर प्रतिगमनको एजेण्डा पूरा गर्ने षड्यन्त्र भएकै छैन वा हुनै सक्दैन भन्ने ग्यारेन्टी के ? अनि आजसम्मको विश्व इतिहासमा जनताको आन्दोलनबाट पदच्यूत भएका राजालाई यसरी देशभित्र छाडा छोडेर राखेको उदाहरण नेपाल बाहेक अन्यत्र कहाँ छ ? त्यसैले आवेगात्मक हैन विवेकसंगत ढंगले सबैले सोचौं । भोलि कसैले बेलैमा सचेत गराएन भन्ने स्थिति नआओस् । (भट्टराईले आज साउन १६ गते दिउँसो उनको फेसबुक वालमा गरेको पोस्ट)

गरेको आरोपमा पक्राउ परेका भारतीय टेलिभिजन नेपाल वानका नेपाल प्रमुखसुन्दर सिंह विधुरी र क्यामरा पर्सन विराज श्रेष्ठलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले सातदिन थुनामा राख्न आदेश दिएको छ ।
सोमबार बेलुका नेपाल वानको काठमाडौंको तिनकुनेस्थित सम्पर्क कार्यालयबाट पक्राउ परेका विधुरी र श्रेष्ठलाई प्रहरीले आज (मंगलबार) प्रशासन कार्यालयमा पेश गरेको थियो । प्रहरीको माग अनुसार सातदिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको प्रहरीले जनाएको छ ।Sunder-Shing-Bidhuri-Sourya
उता, नेपाल पत्रकार महासंघले नेपाल वान टेलिभिजनको नेपाल सम्पर्क कार्यालय प्रमुख विधुरी र क्यामरा पर्सन श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ ।
महासंघका महासचिव ओम शर्माले आज (मंगलबार) विज्ञप्ति जारी गरेर कार्यक्रम प्रश्तोता रेणुका कँडेललाई पटक–पटक यौन दुरव्यवहार गरेको जनाएका छन् । सो विषयमा उजुरी परेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रमखु विधुरीले टेलिभिजनको कार्यक्रम सञ्चालन गर्ने कोठामा एक्लै भएको मौकामा अनेकन अश्लील कुराहरु गर्ने, टाँसिएर बस्न आउने, यो पोशाकले तिम्रो ‘सेप’ राम्रो देखिएन भन्नेजस्ता यौन दुरव्यहारजनक व्यवहार गर्दै आएको
महासंघमा दर्ता भएको उजुरीमा रहेको शर्माले बताए ।
त्यसै गरी, महासंघले कँडेलको शान्ति सुरक्षाको माग पनि गरेको छ 

बाढीपीडितको लागि राहात बोकेर सुदूरपश्चिम पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह आज आफै आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि भएनन् । कैलालीमा रहेको रुवुस होटलमा मध्यान्न आयोजित पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी हिमानी शाह र सचिव विजयलक्ष्मी राणा मात्र सहभागि भएका थिए । पत्रकारसम्मेलनको आयोजना गरे पनि ज्ञानेन्द्र भने होटलमा सुतेको खबर पत्रकारलाई गराइएको थियो । पत्रकार सम्मेलनमा हिमानी शाह पनि बोल्न मानिनन् । कार्यक्रममा हिमानी ट्रष्टकी सचिव विजयलक्ष्मी राणा मात्र बोलेकी थिइन । उनले बाढीपीडितलाई राहात वितरणको कार्य सकिएको भन्दै १७ गते राजधानी फर्कने कार्यक्रम रहेको बताएकी छिन् ।
ज्ञानेन्द्रलाई स्वागत गर्न जाँदा लिएको पेट्रोलको मुल्य नतिरेको भन्दै व्यवसायी आक्रोसित भएका छन् । सोही विषय उठाउने डरले ज्ञानेन्द्र पत्रकार सम्मेलनमा सहभागि नभएको पत्रकारहरुबीच चर्चा चलेको छ । हिमानी ट्रष्टबाट संकलन भएको ३९ लाख रकम बाढीपीडितलाई वितरण गर्न पूर्व राजपरिवार सूदुरपश्चिम पुगेका हुन् । ३९ लाख रकम वितरण गर्न उनीहरुले एक करोड भन्दा बढी खर्च गरेका छन् gyanendra_and_himani

यार्सागुम्बा संकलन गर्न गएका एक जना मृत अवस्थामा भेटिएका छन् । मंगलवार दार्चुलाको धारी ३ का ३३ बर्षिय देवसिंह कार्की मृत भेटिएका हुन् । यार्सा संकलन गरी घर फकिर्दै गरेका कार्की सित्तोला गाविसको चाइमटेला स्थित दुदीयाम खोल्सोमा टाउको क्षेतबिक्षत तथा अनुहार नचिनिने अवस्थामा भेटिएको मृतकका काका प्रेमसिंह कार्कीले बताए । साउन ६ गते घर फकिर्न लागेको भन्दै मृतक कार्कीले घरमा खबर गरेका थिए । दुई दिन लाग्ने बाटोमा साता वित्दा पनि घर नपुग्दा आफन्त खोजी गर्न चाइमटेलातिर गएका थिए । धेरै दिनको खोजविनपछि खोलामा मृत भेटिएको मृत्तकका काका प्रेम सिंहले बताए । कार्कीको हत्या गरिएको आशंका गरिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षिक गणेश बमले बताए ।

लन्डन-, श्रावण १३ – तीन महिनाअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ६ सूत्रीय मागसहित ज्ञापनपत्र दिएर गोर्खा सत्याग्रह आन्दोलन घोषणा गरेका पूर्वगोर्खालीहरू आफ्ना मागप्रति बेवास्ता गरिएकामा आक्रोशित छन् । क्यामरुनले रक्षा मन्त्रालयमार्फत केहीअघि पठाएको पत्रमा गोर्खाहरूलाई दिइँदै आएको सुविधा पर्याप्त भएको र त्यस सरकारी धारणामा कुनै परिवर्तन नआएको उल्लेख भएपछि गोर्खाहरू रुष्ट भएका हुन् । प्रधानमन्त्रीको जवाफ परम्परागत ढर्राको रहेको गोर्खा सत्याग्रह अभियानको आरोप छ । गोर्खाहरूले बेलायती जीवन पद्धति, परम्परा र बेलायतलाई स्वतन्त्र र प्रजातान्त्रिक मुलुकका रूपमा रक्षा गर्दै आएकामा भने उच्च कदर गर्ने पत्रमा जनाइएको छ ।
सत्याग्रह आन्दोलनका तर्फबाट गत २४ अपि्रलमा प्रधानमन्त्री क्यामरुनलाई ज्ञापनपत्र बुझाइएको थियो । पत्रमा सेवानिवृत्त भएकै दिनदेखि समकक्षीसरह समान पेन्सन, क्षतिपूर्ति, १८ नाघेका सन्तानलाई समेत आवासीय अधिकार, भूपू गोर्खाहरूलाई नेपालमा निःशुल्क स्वास्थ्योपचार सुविधा उपलब्ध गराउनुपर्नेलगायत ६ सूत्रीय माग थिए । जवाफ निराशाजनक आएपछि भूपू गोर्खाहरूले पूर्वनिर्धारित कार्यक्रमअनुसार आगामी २४ अक्टोबरसम्म बेलायत सरकारले आफ्ना जायज माग पूरा नगरे रिले अनशन र भोक हडतालसम्म गर्ने चेतावनी दोहोर्‍याएका छन् । १३ भिसीका नाममा १३ दिन रिले अनशन र त्यसपछि भोक हडताल गर्ने उनीहरूको चेतावनी छ ।
संयुक्त संघर्ष समितिले सत्याग्रह घोषणा एवं ज्ञापनपत्र बुझाएको ठीक ३ महिनापछि बुधबार पत्रकार सम्मेलन गरी स्थानीय सांसद रव विल्सनमार्फत पुनः प्रधानमन्त्रीलाई जवाफसहित ज्ञापन पठाएको छ । जवाफमा गोर्खाहरूमाथि सदीयौंदेखि भेदभाव गरिएको उल्लेख गर्दै यसअघि बेलायतका लागि दसौं हजार गोर्खाले बलिदान दिए पनि यसपटक आफूहरू आफ्नै लागि ज्यान दिन तयार रहेको उल्लेख छ ।
अभियान निर्देशक ज्ञानराज राईले बेलायत सरकारले आफ्ना जायज माग पूरा नगरे रिले अनशन र भोक हडतालको विकल्प नभएको बताए । ‘त्यसअघि हाम्रो अभिभावक नेपाल सरकार नै भएकाले पुनः एकपटक त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दललाई सविस्तार जानकारी गराउने सोचेका छौं,’ राईले भने ।
सत्याग्रह आन्दोलनका गोर्खा दूत रामनारायण कन्दङवाले प्रधानमन्त्री क्यामरुनको भनाइ र बेलायत सरकारको गोर्खाहरूप्रतिको धारणा शतप्रतिशत गलत र निराशाजनक भएको बताए । ‘बेलायतले गोर्खाहरूको रगत, पसिना र आँसुको साँच्चै इमान्दार ढंगले कदर र सम्मान गर्ने हो भने उनीहरूलाई बेलायती समकक्षीसरह सुविधा दिइनुपर्छ,’ उनले भने ।
सम्मेलनमा स्थानीय सांसद रव विल्सनले गोर्खाहरूका माग जायज भएपनि बेलायत सरकार अहिले गम्भीर आर्थिक संकटमा फँसेकाले ती माग पूरा गर्न निकै कठिन हुने बताए । उनले कुनै पनि गोर्खाहरूको अकालमै निधन भएको सुन्न र हेर्न कसैको चाहना नभएको बताउँदै माग पूरा गराउन आमरण अनशनबाहेकका उपाय खोज्न सुझाए ।
त्यस अवसरमा स्थानीय काउन्सिलर एवं सन् २०१५ को आमनिर्वाचनमा अनुदार दलकातर्फबाट उम्मेदवार बन्न लागेका म्याट रोजर, मजदुर दलका बहालवाला काउन्सिलर रव वाइट, अभियानका वरिष्ठ सल्लाहकार अवकाश प्राप्त मेजर मानबहादुर राई, क्याप्टेन धर्मध्वज राई, सन् २०१० की मिस यूके नेपाल नविना गुरुङलगायतले गोर्खाहरूलाई न्याय दिइनुपर्ने एकमत जाहेर गरेका थिए ।
-कान्तिपुर दैनिकबाट

१५ साउन, काठमाडौं । विगतमा नेपाली चेलीहरु मुम्बईका कोठीमा बेचिन्थे । अहिले चेलीबेटी बेचबिखनका नयाँ-नयाँ तरिका देखा पर्न थालेका छन् । चेलिबेटी बेचबिखनविरुद्ध गैरसरकारी संस्थामा कार्यरत सामाजिक कार्यकर्ताको दाबीअनुसार काठमाडौंमा विदेशी पर्यटक बढी चलखेल गर्ने बजार यतिबेला चेलीबेटी बेचबिखनको ट्रान्जिट प्वाइन्ट बनेको छ ।
‘चेलीहरुलाई गाउँबाट ल्यायो, तीन महिना राखेर डान्स सिकायो, डान्समा पर्फेक्ट बनायो अनि ३ महिनाको टुरिष्ट भिसामा चाइना पठाउने हो कि दक्षिण अफि्रका पठाउने हो, पठाइन्छ ।काठमाडौंको पर्यटकीय बजार अहिले ट्रान्जिट प्वाइन्ट बनेको छ ।’ शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार भन्नुहुन्छ, -’ एउटा समूह विदेश जान्छ, अर्को समूह यहाँ तयार हुँदै गर्छ । चाइनाको समूह भिसा सकिएपछि फर्केर काठमाडौं आउँछ र यहाँको नयाँ समूह बाहिर जान्छ ।’
41 नेपाली चेलीबेटीहरुको अवस्था बुझ्न आफूहरु केही समयअघि चीन भ्रमणमा गएको दनुवारले बताउनुभयो । ‘त्यसक्रममा हामी चीनका रेडलाइट एरिया र रेष्टुराँहरुमा गयौं ।’ उहाँले भन्नुभयो- ‘रेष्टुराँमा वेइटर र डान्सरका रुपमा काम गर्ने नेपाली चेलीहरुलाई शोषण गर्ने पुरुषहरु पनि नेपाली नै रहेछन् ।’ नेपाल र चीनको सीमाना क्षेत्रमा रहेका नेपाली व्यापारी, सीमा प्रहरी र ड्राइभरसम्मले त्यस्ता नेपाली चेलीहरुको यौन शोषण गर्ने नरेको दनुवारले अनलाइनखबरलाई बताउनुभयो । ‘दुबै पक्ष नेपाली, ठाउँमात्रै विदेशी भूमि । सबै केटीहरु १८ वर्षभन्दा कम उमेरका छन् । उहाँले भन्नुभयो, ‘उनीहरुलाई कुनै इच्छा छैन तर, आफ्नै देशका ग्राहकहरुले जबरजस्ती तान्ने गरेको देख्दा एकदमै दुःख लाग्यो ।’
नेपालमै ‘रेडलाइट एरिया’ खोले के होला ?
नेपालमा भित्रीरुपमा बढ्दो यौन व्यवसायलाई नियन्त्रण गर्न रेडलाइट एरिया तोकिनु पर्ने र यौन व्यवसायलाई कानून बनाएर बैधानिकता दिनुपर्ने माग पनि फाट्टफुट्ट हुन थालेको छ । यस विषयमा महिला बेचबिखनविरुद्ध संघर्षरत सामाजिक कार्यकर्ताको हिसाबले तपाईको धारणा के छ भन्ने जिज्ञासामा शक्ति समूहकी अध्यक्ष दनुवारले अनलाइनखबरसँग यस्तो प्रतिक्रिया दिनुभयो-
‘हाम्रो जस्तो समाजमा यो कुरा अलि नपच्ला । त्यस्तो एरियामा आउने भनेको १८ वर्षभन्दा मुनिका बच्चीहरु हुन् । भोलि त्यो ठाउँमा मेरै बच्चा पनि पुग्न सक्छ, अरुको बच्चा पनि पुग्न सक्छ । मलाई धेरै पत्रकारहरुले यो विषयमा सोधिसक्नुभएको छ । तर, म यस्तो हुनुपर्छ भन्नेमा पनि छैन र हुनु हुँदैन भन्नेमा पनि छैन । म यस विषयमा तटस्थ छु । भोलि त्यस्तो भयो भने त्यहाँ हाम्रा आफ्नै चेलीहरु जाने हुन् ।
जुन पीडा म आफूले भोगिसकेकी छु, मेरोजस्तै पीडा अरुले पनि भोगोस् भनेर म कसरी भनौं ? मपछिको पिँढीले पनि यस्तै समस्या भोगोस् भन्न म चाहदिँन । म त यो समस्याबाट हाम्रा चेलीहरुलाई कसरी जोगाउने भन्नेतिर लागेकी छु । कल्चरको हिसाबले हेर्ने हो भने हाम्रो देशमा त्यति धेरै आधुनिकता पनि आइसकेको छैन कि हाम्रो देशमा छुट्टै रेडलाइट एरिया बनाएर त्यहाँबाट पैसा कमाऔं ।

विज्ञहरुका अनुसार उन्मुक्त हाँसोले मानिसको यौन जिवनलाई रोमाञ्चक तथा सुखी र खुसी बनाउन ठूलो योगदान गर्छ । मनोविज्ञहरुका अनुसार मज्जाको हाँसो हास्ने मानिसहरुमा युवा उमेरमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुने मात्र हैन वजन सन्तुलनमा राख्न पनि हाँसो सहयोगी हुन्छ । विज्ञहरुले हाँसोको यो शास्त्रलाई लोफोलोजी नाम दिएका छन् । हाँसोखुसी रहने मानिसको केवल यौन जिवन सुखी हुने मात्र होइन यसले अन्य शारीरिक तथा मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
sss (1) उन्मुक्त हाँसो तथा खुसीपनाले मानिसको मस्तिष्कमा विशेष खालको रसायन उत्सर्जन गरिदिन्छ । जुन मानिसको जिवनमा उर्जाको संजार गर्नमा सहयोगी हुन्छ । यस्तो हर्मोनले यौन क्षमता तथा कामेच्छा बढाउन पनि सहयोग गर्छ ।
यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने यौन मनोविज्ञहरुको भनाइ छ ।
हँसमुख रहने मानिसको मानसिकता पनि सकारात्मक रहने र त्यसले पार्टनरसँगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग पूराउँछ । यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयू बढ्ने तथ्य सार्वजनिक गरेका थिए । हाँसोले व्यक्तिको सरीरमा निरोगीपना बढाउने, वजन सन्तुलनमा सहयोग पूराउने भएकाले त्यसले प्रत्यक्ष परोक्ष रुपमा यौन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । हँसमुख रहने मानिसमा विपरित लिंगीको आकर्षण पनि बढ्ने र मुस्कान सहितको सम्भोगले यौनिक सन्तुष्टिमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।

काठमाडौं, श्रावण १५ - अध्यक्ष पुष्पकमल दाहालबाहेक सबै नेतालाई केन्द्रीय सदस्यमा घटुवा गरेको एमाओवादीले फेरि 'हेडक्वार्टर' बनाउने भएको छ । गत साता ललितपुरमा भएको विस्तारित बैठकले हेडक्वार्टरका रूपमा रहेको केन्द्रीय पदाधिकारीलाई विघटन गरेको थियो ।
त्यसपछि दाहाल मात्र हेडक्वार्टर रहने प्रावधान सच्याएर अरू वरिष्ठ नेतालाई समेट्न लागिएको हो । 'हेडक्वार्टर बनाउने विषयमा गृहकार्य भइरहेको छ,' नेता नारायणकाजी श्रेष्ठले भने, 'अध्यक्षलाई त्यसको जिम्मेवारी दिइएको छ । छिट्टै बन्छ होला ।' हेडक्वार्टरमा पद त्याग गरेका नेता बाबुराम भट्टराई पनि रहने छन् ।

हेडक्वार्टरले पार्टीका महत्त्वपूर्ण निर्णयका लागि आवश्यक गृहकार्यका साथै तुरुन्तै निर्णय लिनुपर्ने अवस्थामा काम गर्छ । यो पार्टीको सबभन्दा शक्तिशाली निकाय हो । सशस्त्र युद्धका बेला हेडक्वार्टर दाहालमा केन्दि्रत थियो । पछिल्लो समय दाहाल, नेताहरू भट्टराई, श्रेष्ठ र महासचिब पोस्टबहादुर बोगटी रहेको हेडक्वार्टर (केन्द्रीय पदाधिकारी) बनाएको थियो । असार दोस्रो साता भट्टराईले उपाध्यक्ष पद त्याग गरेपछि साउन पहिलो साता विस्तारित बैठक बोलाइएको थियो । त्यो बैठकमा दाहालले आफूबाहेक सबै नेता केन्द्रीय सदस्य रहने प्रस्ताव राखेपछि पारित भएको थियो । भट्टराईले वरिष्ठ नेता बस्न नमानेपछि सबै नेतालाई केन्द्रीय सदस्य बनाएर विवाद मिलाइएको थियो । विस्तारित बैठकले भट्टराईको त्यागपत्र समय सान्दर्भिक नभएको भन्दै अस्वीकार गरेको थियो । उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटीले पनि राजीनामा दिएका थिए ।
हेटौंडा महाधिवेशनले चयन गरेको पदाधिकारी विस्तारित बैठकले विघटन गरेको भन्दै आलोचना भएपछि नेताहरू समेटेर हेडक्वार्टर बनाउन लागिएको हो । 'विस्तारित बैठकमा अध्यक्षको नेतृत्वमा एकल नेतृत्व हुनेछ भन्ने प्रस्ताव भएको थियो, त्यसबारे कुरा उठेपछि सच्याइएको हो,' एक नेताले भने, 'सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति दिन हेडक्वार्टर बनाउन लागिएको हो ।'
गत साता भट्टराईले दाहालको प्रस्तावमा एकल नेतृत्व भन्ने शब्द परे पनि सच्याएर सामूहिक नेतृत्वमै पार्टी चल्ने बताएका थिए । दाहालले नेता कृष्णबहादुर महरालाई हेडक्वार्टरमा ल्याउने तयारी गरेको स्रोतले जनाएको छ । उनले यसअघि पनि उनलाई महासचिव बनाउने तयारी गरे पनि विवादका कारण हुन सकेको थिएन ।

१५ साउन, काठमाण्डौं ।एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचन सम्पन्न नभएसम्म सक्रिय राजनीतिमा होमिन शिक्षकहरूलाई निर्देशन दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीले सुरु गरेको ‘जनसम्बन्ध सुदृढीकरण अभियान’देखि निर्वाचन सम्पन्न नहुँदासम्म आङ्खना काम थाती राखेर सक्रिय राजनीतिमा होमिन शिक्षकहरूलाई निर्देशन दिएका हुन् । एमाओवादीनिकट अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठक बसालेर शिक्षकहरूलाई सक्रियतापूर्वक अभियानमा संग्लन्न हुनैपर्ने निर्देशनसमेत दिइएको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा शिक्षक संगठनको केन्द्रीय समिति बैठक आयोजना गरी एमाओवादी अध्यक्ष दाहालले निर्वाचन बहिष्कारका लागि केही शक्तिकेन्द्र अभियानसहित लागिपरेको भन्दै त्यसको काउन्टर दिन पनि शिक्षकहरूले चार महिना राजनीतिक अभियानमा अनिवार्य जोडिनुपर्ने बताएको राजधानी दैनिकमा खबर छ ।

उनले निर्वाचन विरोधीहरूलाई बौद्धिक क्षेत्रबाट काउन्टर दिन शिक्षकहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै पार्टीले ल्याएको अभियानमा सक्रिय भएर लाग्न निर्देशन दिएका थिए । दाहालले निर्वाचन विरोधीहरूको भण्डाफोर गर्न शिक्षकबाहेक अन्यले प्रभावकारी भूमिका खेल्न नसक्ने भन्दै शिक्षकहरूले सक्रियतापूर्वक अबको चार महिना राजनीतिक अभियानमा जुट्नुपर्ने बताएका थिए । ‘शिक्षकहरूको अबको काम निरपेक्ष रूपमा विद्यार्थीलाई पढाउने मात्र होइन,’ बैठकमा दाहालको निर्देशन उद्धृत गर्दै एक शिक्षकले भने, ‘निर्वाचनमा एमाओवादीलाई जिताउन आङ्खनो कार्यक्षेत्रदेखि सबैतिर राजनीतिक अभियानमा सक्रियतापूर्वक जुट्नुपर्छ, चुनाव नहुँदासम्मका लागि प्रमुख काम राजनीति हुनुपर्छ ।’
निर्वाचनको माहोल आङ्खनो पार्टीको पक्षमा पार्न शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै दाहालले पार्टीलाई जिताउने गरी शिक्षकहरूलाई प्रचार अभियानमा जुट्न निर्देशन दिएका थिए । दाहालले शिक्षकहरूलाई अन्तरिम समयका लागि पार्टीले खटाउने कार्यक्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए ।

भक्तपुर, श्रावण १५ - कुखुरा व्यवसायीले र्फमको सूचना संकलन गर्न जाने पशु कार्यालयका प्राविधिकलाई खोरसम्म जान नदिँदा बर्डफ्लुबारे यथार्थ जानकारी बाहिर आउन सकेको छैन । कुखुरा बिक्री नहुने भन्दै व्यवसायीले सरकारी कर्मचारीलाई खोरको स्थिति अवलोकन गर्न नदिएका हुन् । व्यवसायीले भने एउटा खोरमा छिरेका कर्मचारीलाई अर्कोमा प्रवेश गराउँदा संक्रमण हुने भएकाले रोक लगाएको दाबी गरेका छन् ।
रोगले मरेर बाँकी रहेका कुखुरा बिक्री गर्नका लागि व्यवसायीले गुपचुप राख्ने गरेका हुन् । पशु सेवा कार्यालयबाट फर्मको यथार्थ बुझ्न सर्भिलेन्स टोली खट्छन् । टोलीले फर्ममा कुखुरा कति छ ? के रोग लागेको हो ? कस्ता लक्षण देखा परेको छ ? मरेको संख्या कति छ ? त्यसको आधारमा नमुना संकलन गरी प्रयोगशालामा पठाउूछन् । रोग नलागेको र्फममा पनि सर्भिलेन्समा जाने गर्छन् । यस्ता र्फममा कुन जातको कुखुरा छ ? कुखुरा बिरामी भएको छ कि छैन ? फर्ममा कति उमेरको कुखुरा छ ? लगायतका विवरण लिने गर्छन् ।
सर्भिलेन्स जाँदा कामदारले फर्म सञ्चालकलाई सोध्न भन्छन् । सञ्चालकले सही जानकारी नदिने कर्मचारीको गुनासो छ । फर्मको 'सर्भिलेन्स' गर्न जाँदा विज्ञबाट जाँच गराइरहेको भन्दै फर्काउने गरेको सिपाडोल सेवा केन्द्रका प्रमुख विष्णु तामाङले बताए । 'हामीले कुखुरा विज्ञ ल्याएर परीक्षण गरिरहेका छौं । तपाईंहरू जानुभए हुन्छ भन्छन्,' उनले भने, 'फर्मको गेटमा गएर सूचना माग्दा सही जानकारीसमेत दिइँदैन । पाँच हजार कुखुरा पालेको छ भने घटाएर भन्छन् । मरेको छ भने पनि ढाकछोप गर्छन् ।'
सरकारी निकायलाई जानकारी नदिई नंखेलको जीजे पोल्ट्री फर्मका सञ्चालकले मरेको कुखुरा गाडेको समाचार प्रकाशित भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले सोमबार व्यवसायीसित बैठक गरेका थिए । प्रहरी, जिविसका अधिकारीसहितको बैठकमा पशु चिकित्सक रामपरीक्षण साहले व्यवसायीले सही सूचना नदिँदा रोगी कुखुरा बजारसम्म पुग्ने गरेको बताए ।
फर्मको कुखुरा मरे पनि सरकारी कर्मचारी जाँदा उपचार गरेर 'कन्ट्रोल' भइसक्यो भन्दै फर्काउने गरेको उनले बताए । आइतबार नलिञ्चोकको एक फर्ममा जाँदा नाम चलेका पाँच जना पशु चिकित्सकले परीक्षण गरेको भन्दै फर्काइएको उनले बताए ।

'र्फममा कुखुरा मरिरहेको हुन्छ । स्थानीयको गुनासोपछि पुग्दा प्रवेशसमेत दिूदैनन्,' उनले भने, 'फोन गरेर के भएको हो ? भनेर जानकारी माग्दा सामान्य छ भन्छन् ।' प्रजिअ दवाडीले सरकारी कर्मचारीलाई सही जानकारी दिने र र्फममा प्रवेश गराउन निर्देशन दिएका छन् । 'कसैले गलत सूचना दिएको पुष्टि भए कारबाही हुन्छ,' उनले भने, 'कसको खोरमा के भएको छ, तत्काल सरकारी निकायमा जानकारी गराउनुपर्छ ।'
बैठकले भक्तपुरबाट हुने पन्छी तथा पन्छीजन्य पदार्थको आयात र निर्यातमा कडाइ गर्ने निर्णय गरेको छ । कुखुरालगायत पन्छीजन्य पदार्थ निर्यात र आयात गर्दा क्वारेन्टाइन परीक्षण गर्नुपर्ने भएको छ । यसका लागि प्रहरीले लोकन्थली, मनोहरा पुल, सानोठिमी, जगाते, ताथली नाकामा जाँच गर्ने भएको छ ।
यसबाहेक अन्य स्थानमा पनि २४ सै घन्टा जाँच हुने भक्तपुर प्रहरी प्रमुख एसपी दिलीप चौधरीले बताए । सरकारी लाइसेन्स प्राप्त पशु चिकित्सकले पन्छी तथा पन्छीजन्य पदार्थ पूर्णरूपमा स्वस्थ भएको हस्ताक्षरयुक्त प्रमाणीकरण सहितको बिल र कागजात पेस गरेमा भने एक ठाउूबाट अर्को ठाउूमा लैजान पाइने भएको छ ।
'पशु चिकित्सकले स्वस्थ भनी प्रमाणित नगरेको र बिक्रीको बिलमा हस्ताक्षर नभएको कुखुरामा रोक लगाएका छौं,' प्रजिअ दवाडीले भने । मरेका कुखुरा बोरामा हालेर जथाभावी फ्याँक्ने गरेपछि यस्ता कार्यलाई नियन्त्रण गर्न बैठकले दस हजार रुपैयाँ जरिवाना र कारबाही गर्ने निर्णय गरेको छ ।
व्यवसायीले बर्डफ्लु नियन्त्रणका लागि जैविक सुरक्षाको तत्काल व्यवस्था गर्न निर्देशन दिए

विश्वका विभिन्न देशमा गम्भीर किसिमका अपराध गरेर भाग्ने नेपालीको संख्या बढिरहेको छ । नेपाल र विदेशका विभिन्न अपराधमा संलग्न ७९ जना नेपाली अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन -इन्टरपोल) को रेडकर्नर नोटिसमा परेका छन् । विभिन्न अपराध अभियोगमा ९ मुलुकले ७९ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । त्यसमध्ये १४ जनालाई नेपालले र ६५ जनालाई अन्य देशले यस्तो नोटिस जारी गरेका हुन् ।
नेपालले रेडकर्नर नोटिस जारी गरेकामा वैदेशिक रोजगारका ठग, अपहरणका फरार अपराधी र बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अपराधी छन् ।interpol
सबैभन्दा बढी भारतीय इन्टरपोलले २५ नेपालीविरुद्ध नोटिस जारी गरेको छ । कतारको दोहास्थित इन्टरपोलले २० जनाविरुद्ध, यूएईले १३, नेपालले ११, अमेरिकाले ४ जनाविरुद्ध नोटिस जारी गरेका छन् । यस्तै साउदी अरेबियाले ३ जना, बेलरुस र बहराइनले १/१ विरुद्ध नोटिस जारी गरेका छन् ।
नयाँदिल्लीले चोरी, डाँका, ठगी र हत्या आरोपमा नोटिस जारी गरेको हो भने कतार, दुबई र यूएईमा धेरैजसो नेपालीमाथि चेक बाउन्स र ठगीका मुद्दामा नोटिस जारी भएका छन् । अमेरिकाले यौन दुव्र्यवहार र ठगीको अभियोग लगाएको छ भने नेपालले रेडकर्नर नोटिस जारी गरेकामा वैदेशिक रोजगारका ठग, अपहरणका फरार अपराधी र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न छन् ।
सञ्चार उद्यमी जमिम साहको २०६६ माघमा हत्या हुँदा त्यसमा संलग्न नेपाल प्रहरीका पूर्वडीएसपी जगदीश चन्द इन्टरपोलको फरार सूचीमा छन् । पूर्वडीएसपी भए पनि इन्टरपोलको वेबसाइटमा फोटो नभएको उल्लेख छ ।
उनलाई नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले २०६७ मंसिरमा फरारको सूचीमा राखेको हो । वैदेशिक रोजगारको ठगीमा काठमाडौंका भूपेन्द्र खड्का फरार छन् । उनलाई वैदेशिक रोजगार विभागले ४ करोड ५० लाख रुपैयाँको ठगी गरेको अभियोगमा रेडकर्नर नोटिस जारी गरेको हो । ६ जना नेपालीलाई विदेश पठाउने भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ ।
नुवाकोटका विष्ण्ाुबहादुर लामा र रामबहादुर तामाङसहित ३ जनालाई वैदेशिक रोजगारमै २ करोड १० लाख ठगी गरेको अभियोगमा रेडकर्नर नोटिस जारी भएको छ ।
विश्वमा लुकीछिपी बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरिका प्रहरी संगठनभित्र सहकार्यका निम्ति गठन गरिएको अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन-इन्टरपोल) हो । सन् १९२३ मा स्थापना भएको इन्टरपोलमार्फत एक देशमा अपराध गरेर अर्को देशमा लुक्न सक्ने अपराधीलाई पक्राउ गर्नका लागि यो संगठनको गठन भएको हो । सन् १९९७ मा इन्टरपोलमा सदस्यता पाएको नेपाल उसको सयौं संस्था हो । इन्टरपोलमा हालसम्म १ सय ९० वटा देश सदस्य छन् ।

१४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भदौ २५ देखि असोज १४ गतेसम्म राजा फर्काउने अभियान राष्ट्रिय एकता यात्रा गर्ने निर्णय भएको बताएका छन् ।पृथ्वीनाराय शाहको घर तथा एमाओवादी नेता बाबुराम भट्टराईको गृह जिल्ला गोर्खाबाट अभियान सुरु भई सबै जिल्लामा 'राजा आउ देश बचाउ' भन्ने नारा लिएर जाने योजनामा  थापाको पार्टी रहेको छ । यस विषयमा थापा र पूर्व राजा ज्ञानेन्द्र शाहबीच पनि कुराकानी भएको राप्रपा नेपाल पार्टीभित्र चर्चा छ । बाबुरामले ज्ञानेन्द्रलाई जेल हाल्ने बताएपछि राप्रपाले  बाबुरामको गृह जिल्ला गोर्खाबाटै राजा फर्काउने अभियान सुरु गरेर चुनौति दिन लागेको हो ।  kamal thapa  आसन्न संविधानसभाको निर्वाचनलाई आफ्नो दलले राष्ट्रिय एकता र अखण्डताको सुदृढीकरण तथा सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य स्थापना गर्न सशक्त जनमत सिर्जना गर्ने अवसरका रूपमा उपयोग गर्ने थापाको दाबी छ ।  राप्रपा नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानसभाको निर्वाचनका लागि पार्टी पूर्ण रुपमा जुटिसकेको उहाँले बताउनुभयो । हिन्दू अधिराज्यका लागि कात्तिक ४ देखि ११ गतेसम्म हस्ताक्षर सङ्कलन र घरदैलो कार्यक्रमसमेत सञ्चालन गर्न लागिएको बताउँदै अध्यक्ष थापाले भन्नुभयो– नेकपा माओवादीको चुनाव बिथोल्ने योजना गलत हो भने चार राजनीतिक शक्तिको धम्कीपूर्ण भाषा पनि कानुनी राज्यको मान्यताविपरीत हो, यसले चुनावी वातावरण बनाउनाको सट्टा मुठभेड निम्त्याउँछ ।

कार्यक्रम प्रस्तोता रेणुकालाई आजै (सोमबार) विहान नारायणी अञ्चलको नम्वरबाट मोवाईल फोनमा धम्की आएको हो । ९८५५०२२५४५ नम्वरको मोवाईलबाट प्रदीप नाम गरेका व्यक्तिले रेणुकालाई धम्काएका हुन् । उनले नेपाल वान टेलिभिजन र त्यसका नेपाल व्यूरो प्रमुख सुन्दर सिंह विदुरीलाई कुनै प्रकारको कानूनी र अन्य समस्या नदिन धम्की दिएको रेणकुकाले जानकारी दिईन् ।Renuka-Kadel
‘नेपाल वान टेलिभिजनका नेपाल प्रमुख सुन्दर सिंह विदुरीलाई तिम्रा कारण कुनै पनि प्रकारको समस्या हुनु भएन्,’ प्रदीपको टेलिफोन धम्की उदृत गर्दै रेणुकाले भनिन्, ‘अन्यथा राम्रो हुने छैन ।’
‘तिम्ले निहुँ खोजेको हो भने म काठमाडौं आउँछु,’ प्रदीपको धम्की उदृत गर्दै रेणुकाले भनिन्, ‘यो समस्याको समाधान सुन्दर सिंह विदुरीले गर्न सक्दैन सिधैं दिल्लीबाट समाधान हुन्छ ।’
प्रदीपले पर्सा जिल्लामा सुनको व्यवसाय समेत गर्दै आएको स्रोतको भनाई छ । प्रदीपले पर्सा र बारा जिल्लाका कथित व्यक्तिगत विषयसँग जोडेर रेणुकालाई धम्की समेत दिएका छन् ।
यौनजन्य प्रस्ताव गरेको आरोप खेपेका भारतीय नागरिक विधुरीले नेपाल वान टेलिभिजनका केही कर्मचारी र पत्रकारलाई आफ्नो पक्षमा लिएर रेणुका प्रकरण लुकाउन दवाव दिई रहेका छन् । रेणुकाले पनि आफूलाई विभिन्न स्थानबाट दवाव आईरहेको गुनासो गरिन् ।
विधुरी विरुद्ध हनुमान ढोकामा लिखित उजुरी दिएकी रेणुकाले आजै (सोमबार) राष्ट्रिय महिला आयोग, नेपाल प्रहरीको महिला सेल र नेपाल पत्रकार महासंघमा पनि उजुरी दिएकी छन् ।
कार्यक्रम प्रस्तोता रेणुकाले विधुरी विरुद्धका सबै प्रमाण संकलन समेत गरेको बताईन् । उनले प्रमाणहरु सम्बन्धित निकायमा बुझाएको सौर्य दैनिकको अनलाईनलाई जानकारी दिइन् । नेपाल वानकै केही पत्रकार र कर्मचारीले आफूलाई टेलिफोन गरेर सहानुभूति दिएको पनि रेणुकाले बताईन् ।
रेणकुका प्रकरण पछि नेपाल वान टेलिभिजनका नेपाल प्रमुख विदुरी आत्तिएका छन् । उनले आफै विज्ञप्ति जारी नगरेर प्रशासन प्रमुख सुवोध वाग्लेलाई खण्डन गर्न लगाएका छन् । सबै घटना व्यक्तिगत चरित्र हत्या गर्ने भएको वाग्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
झण्डै तीन बर्षदेखि भोजपुरी कार्यक्रम सञ्चालन गर्दै आएकी रेणुकालाई १५ दिन निलम्बनमा राखेको जनाएको भारतीय टेलिभिजन नेपाल वानले नियुक्त पत्र भने दिएको छैन ।
यसैबीच, नेपाल वान टेलिभिजनले कार्यक्रम प्रस्तोता रेणुकासँगको यौन विवाद सार्वजनिक भएपछि आइतबार आफ्ना सबै कमर्चारी र पत्रकारलाई दुई महिनाको तलव एकमुष्ट दिएको छ ।
सबै पत्रकार र कर्मचारीलाई करारमा राखेको भारतीय टेलिभिजन नेपाल वानले अहिले पनि कसैको सम्झौता रिन्यू नगरेको स्रोतको भनाई छ 
श्रोत सौर्य दैनिक 

 आज ५३ वर्ष पूरा भएका संजन्य दत्त जेलमा जीवन बिताईरहेका छन् । सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोट सम्बन्धी एक मामिलामा उनले यतिखेर पुणेस्थित यरवदा जेलमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
 बलिउड ‘स्टार’ संजयले आज आफ्नो ५४ औं जन्मदिन जेलमा नै मनाउने छन् । सञ्जयको जन्मदिनको अवसरमा उनलाई भेट्न उनकी श्रीमती मान्यता आज यरवदा जेलमा पुग्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संजय पत्नी मान्यताले आज जेल पुगेर संजयलाई ‘सप्राईज’ दिन लागेकी समेत बलिउडमा अड्कल काटिएको छ । मान्यताले जेलमा संजयसँग करिब २० मिनेट भेट गर्ने जनाइएको छ ।
सन् १९५९ को जुलाई २९ तारिखका दिन संजयको जन्म ‘फिल्मी परिवार’मा मुम्बईमा भएको थियो । बलिउडका फिल्म अभिनेता सुनिल दत्तको सन्तानका रुपमा जन्म लिएका संजयको अभिनय यात्रा बाल कलाकारकै रुपमा प्रारम्भ भएको थियो । बलिउडमा भने उनको करियर सन् १९८१ को फिल्म ‘रक्की’बाट सुरु भएको हो ।
त्यसयता संजयले बलिउडमा आफ्नो विभिन्न ‘अवतार’ प्रस्तुत गरिसकेका छन् । ‘एक्सन’ नायकका रुपमा उदाएका संजयले पछिल्लो समयमा बलिउडमा हाँस्य भूमिकामा समेत आफूलाई अब्बल सावित गरेका थिए । सन् २००० मा फिल्म ‘वास्तव’बाट फिल्म फेयर सर्वोत्कृष्ट अभिनेताको पुरस्कार जितेका संजयले २००४ मा फिल्म ‘मुन्नाभाइ एमबीबीएस’बाट फिल्म फेयर सर्वोत्कृष्ट हाँस्य अभिनेताको अवार्ड जितेका थिए ।
फिल्म निर्माता, टेलिभिजन कार्यक्रम सञ्चालक र राजनीतिकर्मी समेत रहेका संजयले बलिउडमा ‘विधाता’, ‘नाम’, ‘साजन’, ‘खलनायक’, ‘वास्तव’, ‘मिसन कश्मिर’, ‘जोडी नम्बर १’ ‘मुसाफिर’, ‘प्लान’, ‘परिणिता’, ‘दश’, ‘मुन्नाभाइ सिरिज’, ‘धमाल’, ‘अग्निपथ’ र पछिल्लो पटक ‘सन अफ सरदार’ लगायतका चर्चित फिल्ममा अभिनय गरिसकेका छन् ।

बबई नदीको भादापुल नजिक ड्युटीमा प्रहरी पुर्याउन जाँदा गुलरिया नगरपालिका वार्ड नं. ८ स्थित कोठिया गाउँको मोडमा प्रहरी गाडी पल्टिएको छ। जीर्ण अवस्थामा रहेको गाडी ब्रेक फेल भएर पल्टिएपछि गाडीमा सवार ८ जना प्रहरी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया देखि करिव १ किलो मिटरको दुरीमा सडक देखि ५ मिटर मुन्तिर विहानै गाडी पल्टिएपछि प्रहरी सहायक निरिक्षक प्रकाश केसी, प्रहरी हवल्दार बलवहादुर वि.क., सूर्य प्रकाश चौधरी, प्रहरी जवान रमेश यादव, दुर्गादत्त जोशी, राजेन्द्र कुर्मी, दिनेश चौहान र रमेश गौतम् घाईते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
 प्रहरी हवल्दार वल वहादुर विकको टाउकोमा गम्भीर चोट लागे पछि नेपालगंज स्थित मेडीकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक सन्दीप भण्डारीले वताए। प्रहरी जवान रमेश यादव, दुर्गादत्त जोशी,  र राजेन्द्र कुर्मीलाई थप उपचारका लागि नेपालगंज पठाईएको उनले वताए। अन्य ४ जना सामान्य उपचार पsena_gadiछि ड्युटीमा फर्किएका छन्।

 प्रहरीका गाडीहरु अधिकांस जिर्ण रहेको उपरिक्षक भण्डारीले जानकारी दिए। र्दुघटनामा परेको गाडी मर्मत गर्न करिव साढे दुई लाख खर्च लाग्ने वताए। बर्दिया जिल्लामा प्रहरीको ९ वटा गाडी रहेका छन् । आईतवार मात्र मर्मत गरिएको गाडी सोमवार विहानै २ वजे पल्टिए पछि जिल्ला प्रहरी कार्यालयमा गस्तीको लागी गाडी नै नभएको उनले वताए।

बलिउड अभिनेता सलमान खान माथि अदालतले गैर कानुनी हत्या आरोप तय गरेको छ । मुम्बईको एक अदालतमा उनि माथि लागेको आरोप बारे आज भएको बहसमा बलिउड सुपरस्टार खान माथि हत्या आरोप तय गरिएको हो । तर खानले भने आँफु माथि लागेको सम्पुर्ण आरोप अस्वीकार गरेका छन । उनि बिरुद्धको आरोपको अर्को बहस आउँदो अगस्ट १९ तारिखमा हुनेछ ।  बिबिसीका अनुसार आगामी दिनमा अदालतले बोलाएको बेला खान हाजिर हुनु पर्नेछ । यो मामला दोषि ठहरिए सलमान खानलाई १० बर्ष सम्मको जेल सजाए हुन सक्ने बताईएको छ ।salman khan may get jail
२४ जुनमा सेशंस अदालतले सलमान माथि गैर कानुनी हत्याको मुद्धा चलाउने मेट्रोपोलिटन मजिस्ट्रेटको फैसलालाई उचित ठह¥याएको थियो ।
खान माथि सन् २००२ सेप्टेम्बर २८ तारिखका दिन मुम्बईको बान्द्रा ईलाकामा एउटा बेकरीको बाहिर पट्टिको फुटपाथमा बसेका बटुवा माथि कार दौडाएको आरोप छ । सो घटनामा १ बटुवाको ज्यान गएको भने ४ घाईते भएका छन ।

रौतहट, १४ साउन । रौतहट प्रहरीले ठूलो संख्यामा यहाँ प्रतिबन्धित भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रवीन विष्टको नेतृत्वमा गएको टोलीले सदरमुकाम गौरनजिकै मुडवलवागाउँ छेउबाट गएराति १२ बजे एक हजार २ सय भारतीय चल्ला नियन्त्रणमा लिएको हो ।chalala
सीमावर्ती भारतीय बजार बैरगनियाबाट अवैध रुपमा तस्करले प्रतिबन्धित भारतीय कुखुराका चल्ला भित्र्याइरहेको विशेष सूचनाको आधारमा उक्त चल्ला नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो ।
नियन्त्रणमा लिइएका चल्ला पशु क्वारेन्टाइनको रोहवरमा नष्ट गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चल्ला तस्कर भने प्रहरी गस्ती टोलीलाई देख्नासाथ चल्ला छोडेर भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

१४ साउन, काठमाडौं । घर जग्गा एवं आवास व्यवसायीहरुले घर जग्गाको भाउ अब नघट्ने र विस्तारै बढ्न थाल्ने दाबी गरेका छन् । उनीहरुले अहिलेको समय जग्गा किन्नका लागि उपयुक्त रहेको दाबी समेत गरेका छन् । ’महंगा अपार्टमेन्ट र प्लटहरुको कारोबार बढ्न नसके पनि सस्ता कोलोनी र जग्गाहरुको कारोबार अवश्य बढ्ने छ ।’ नेपाल जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनी भन्नुहुन्छ-’हिजो जस्तो अपार्टमेन्ट तुरुन्त बिक्री हुन्छ भनेर बसेको छैन । सरकारले उच्चपदस्थ कर्मचारीहरुलाई अपार्टमेन्ट खरिद गरेर दिने निर्णय गरेपछि केही अपार्टमेन्ट त्यता प्रयोग हुन सक्छन् ।

अहिले व्यवसायीहरुले अपार्टमेन्ट होल्ड गरेर नराखी होटल, हस्पिटल लगायतका क्षेत्रमा लगाउन थालेका छन् ।’उहाँका अनुसार विशेषगरी कोलोनीमा बनेका सस्ता घरहरु र डेभलप गरिएका सस्ताखालका प्लटहरुको खरिद-बिक्री अहिले पनि चलायमान नै रहेको छ । यस्ता घर तथा प्लटहरुको खरिद बिक्री काठमाडौं उपत्यकामा पनि उच्च रहेको छ । तर, ४ वर्ष अगाडिको भन्दा अहिले २०/३० प्रतिशत मूल्य घटेको छ र अप्रत्यक्ष रुपमा व्यवसायीहरुले ६० प्रतिशत ब्याज तिरिसकेको र २०/३० प्रतिशत मूल्य घट्दा झण्डै ८०/८५ प्रतिशत घरजग्गाको मूल्य घटिसकेको लोहनीको विश्लेषण छ ।
नेपालमा अपार्टमेन्ट कल्चर छैन
लोहनीका अनुसार नेपाल जग्गा तथा आवास विकास संघमा हालसम्म संस्थागत रुपमा १ सय ३० व्यवसायीहरु आवद्ध रहेका छन् । ती कम्पनीहरुले काठमाडौं उपत्यकामा ७१ वटा संस्थागत प्रोजेक्टमा हात हालेको र ती मध्ये धेरैजसो सम्पन्न हुँदै गएका छन् । तर, ठूला अपार्टमेन्टमा सबैभन्दा ठूलो समस्या आएको हो र अझै सम्म नेपालीहरुमा अपार्टमेन्ट कल्चर विस्तार नभइसकेको लोहनी बताउनुहुन्छ ।
व्यवसायी लोहनीले दिनुभएको जानकारी अनुसार निर्माणाधीन र निर्माण भइसकेका अपार्टमेन्टको संख्या काठमाडौं उपत्यकामा ६ हजार पुगेको छ । जसमध्ये ३ हजार अपार्टमेन्टहरु निर्माण सम्पन्न भएर बिक्री भइसकेका छन् भने बाँकी निर्माण हुँदै छन् । बाँकी ३ हजार निर्माण र बिक्री हुने क्रममा छन् । त्यसैगरी कोलोनीमा २२ सय युनिट व्यक्तिगत घर निर्माणका लागि अनुमति लिएको र त्यसमा जम्मा ३ सय युनिट घरहरु बिक्री हुन बाँकी रहेको लोहनीले बताउनुभयो ।

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने बताउनु भएको छ । एक ब्यक्तिको लहडमा मुलुक चल्दा समस्या उत्पन्न भएको उहाँको भनाई थियो ।
रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिने र संविधानसभाको संख्या तथा अनुपात पुरानो बनाउने वित्तिकै उपेन्द्र यादव र अशोक राई निर्वाचनमा आउने भन्दै उहाँले त्यसले नेकपा-माओवादीलाई निर्वाचनमा आउन बाध्य बनाउने दावी गर्नुभयो । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता कोइरालाले चारदल, असन्तुष्ट दल, सरकार र अन्तर्राष्ट्रिय शक्ति एक ठाँउमा नआएसम्म निर्वाचन हुन नसक्ने दावी गर्नुभयो ।

चार दलले निर्वाचन नचाहेको आशंका ब्यक्त गर्दै उहाँले भन्नुभयो-’प्रचण्ड चुनावको विरोध गर्नेलाई वाईसीएल लगाएर गाँउबाट लखेट्ने कुरा गर्दैछन, निर्वाचनको मिति घोषणा बढेपछि प्रचण्ड र बाबुराम भट्टराईको जुहारी चल्नु र पूर्व राजाले राहत बाडेको विषयमा बाबुराम भट्टराई उत्तेजना फैलाउँदैछन यसबाट उनीहरुले निर्वाचन नचाहेको प्रष्टिएको छ । चार दलले पनि हामि नै सर्वेसर्वा हौं भन्ने हो भने संविधानसभा चुनाव हुन सक्दैन ।’
मोहन बैद्य, उपेन्द्र यादव र अशोक राई सहितका असन्तुष्ठ दलहरु नआए पनि निर्वाचन हुन सक्ने तर, त्यस्तो निर्वाचन सार्थक निर्वाचन हुन नसक्ने उहाँले बताउनु भयो ।

महिला साथीहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला भन्ने बारेमा जान्न चाहनुहुन्छ भने चिन्ता नमान्नुस् तपाइँले त्यो पुरुषको यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पुरुषको साहिँली औलाको लम्बाइ हेरेर पुरुषको यौन क्षमता र व्यवहार पत्ता लगाउन सक्नुहुन्छ । अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको एक अनुसन्धानले साहिँली औँला लामो हुने पुरुषमा यौनचाहना बढि हुने र महिलाप्रति बढि आकर्षित हुने तथ्य पत्ता लगाएको छ । पुरुषमा साहिँली औलाको लम्बाइ शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन अनुकुल र यौनका बेला गरिने पाक क्रिडा सँग सम्बन्धित रहेको पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार जुन पुरुषको साहिँली औँला चोर औँलाको तुलनामा
लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ ।


अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ । त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ । गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ ।

स्याङ्जा, १४ साउन । वर्षा केही रोकिएसँगै स्याङ्जा जिल्लामा भाइरल ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

जिल्लाका विशेषगरी जिल्ला अस्पताल, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र, पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र, मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र निजी क्लिनिकहरुमा भाइरल र टाइफाइडका बिरामीहरु आइरहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा नारायण ओझाका अनुसार जिल्ला अस्पतालमा आउने दैनिक करिब ७० जना बिरामीमध्ये झण्डै ४५÷५० जनामा भाइरल र टाइफाइडको सङ्क्रमण देखिएको छ ।

जिल्लाको दुर्गममा पर्ने पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा सबैभन्दा बढी भाइरल ज्वरो र टाइफाइडका बिरामीको चाप देखिएको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रका वरिष्ठ अहेब डिल्लीराम अधिकारीले बताउनुभयो ।

“भाइरल ज्वरो सबैभन्दा बढी बालबालिकामा देखिएको छ” वरिष्ठ अहेब अधिकारीले भन्नुभयो, “एक हप्ताअघिदेखि देखिएको यो समस्याले उपचारमा समेत निकै कठिनाइ भएको छ ।” भाइरल ज्वरोका कारण बालबालिका अचेतसमेत हुने गरेको अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक आउने ९० जना बिरामीमध्ये ७० भन्दा बढी बिरामी भाइरल र टाइफाइडका छन् । “प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरल ज्वरोका बिरामी बढेपछि नियमितजसो २ बजे बन्द गरिने बहिरङ्ग विभागलाई ४ बजेसम्म चलाउनु परेको छ,” अधिकारीले भन्नुभयो, “ज्वरोका बिरामीको चाप बढेपछि स्वास्थ्य केन्द्रमा औषधिको भण्डार पनि घट्दै गएको छ ।”

पञ्चमूल दुर्गम स्थानमा रहेको र ग्रामीण सडकहरु पनि वर्षाका कारण बिग्रिएकाले औषधिको आपूर्तिमा थप समस्या आउने हो कि भन्ने चिन्तामा आफूहरु रहेको श्री अधिकारीले बताउनुभयो ।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि आउने औसत ८० जना बिरामीमध्ये ५०÷५५ जना बिरामी भाइरलका भेटिएको प्राथमिक स्वास्थ्य केन्द्र वालिङले जनाएको छ ।

त्यस्तैगरी मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि दैनिक आउने ६० जना बिरामीमध्ये झण्डै ४५ जना बिरामी भाइरल ज्वरोका भेटिएको वरिष्ठ अहेब तुलसीराम भण्डारीले बताउनुभयो ।

एक्कासि रुघाखोकी लाग्ने, हाच्छ्यूँ आउने, शरीर दुख्ने, घाँटी दुख्ने समस्या भाइरल ज्वरोको मुख्य लक्षण भएकाले यो अवस्थामा बिरामीले पूर्ण आराम गर्नुपर्ने जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा नारायण ओझाले बताउनुभयो । बिरामीले यो समयमा तातो पानी तथा झोलिलो पदार्थ बढी सेवन गर्नुपर्ने उहाँको भनाइ छ ।

सुर्खेत, श्रावण १४ - विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थी सङ्गठनले आज बिहान १० बजे मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा पदमलाल देवकोटा, रजिस्ट्रार डा ठकेन्द्रप्रकाश गिरी र डिनलगायत पदाधिकारीलाई आवासमै थुनिदिएका छन् ।
अनेरास्ववियु सुर्खेतको नेतृत्वमा गएको विद्यार्थीको समूहले उपकुलपति देवकोटाको आवासमा बसिरहेका सबै पदाधिकारीलाई बाहिर निस्कन नदिई बाहिरबाट ताला लगाइदिएका हुन् ।  आफ्नो आन्दोलनको कार्यक्रमअन्तर्गत विश्वविद्यालयका पदाधिकारीको आवासमा ताला लगाइएको अनेरास्ववियु सुर्खेतका सचिव प्रेम खड्काले जानकारी दिए ।

विद्यार्थीले  उपकुलपति  र रजिस्ट्रारको गाडी पनि कब्जामा लिएका छन् । कब्जामा लिइएको गाडी अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा राखिएको सचिव खड्काले बताए ।  पदाधिकारीले नै विश्वविद्यालयमा राजनीतीकरण गरेको, अवैधानिक रुपमा कर्मचारी नियुक्ति गरेको र आफ्ना नातेदार र राजनीतिक आस्थाका आधारमा कर्मचारी तथा पदाधिकारी नियुक्त गरेको आरोप विद्यार्थीले लगाएका छन् ।
यसैबीच अनेरास्ववियु सुर्खेतले सुर्खेत क्याम्पस शिक्षा र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका केन्द्रीय कार्यालयमा पनि ताला लगाएको छ । आइतबार राति नेविसङ्घ विद्यार्थीले क्याम्पसमा रहेका आफ्ना बोर्ड फालेको भन्दै आफूहरुले तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ ।

काठमाडौं, साउन ९ । हामी सबैलाई थाहा छ, दैनिक रुपमा दाँत कसरी माझिन्छ र खानेकुरा कसरी खाइन्छ । किनकी, हामी आफैले दैनिक रुपमा यी कार्य गर्दै आईरहेका छौं । तर के तपाईंलाई थाहा छ, अन्तरिक्षमा दाँत कसरी र कुन तरिकाले माझिन्छ ? अनि, खानेकुरा कसरी र कुन तौरतरिका अपनाएर खाइन्छ ?
अहिले हामी बेला–बेलामा विश्वका केही मानिसहरुले अन्तरिक्षको यात्रा गर्ने गरेका खबर सुन्छौं । त्यतिमात्रै होइन, कतिपय मानिसले अन्तरिक्षमा लामो समय बसेर अनुसन्धान गर्ने गरेका पनि सुन्दै र पढ्दै आएका छौं । त्यस्तोमा उनीहरुको दैनिक कार्य कसरी सम्भव हुन्छ ?, त्यो कुरा भने हाम्रा लागि रोचक हुन सक्छ ।

१३ साउन, एजेन्सी । पाकिस्तानको फैसलावादमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश मुश्लिम र क्रिश्चियन कामदार रहेको सञ्चारमाध्यहरूले जनाएका छन् ।रक्सी खाने बित्तिकै बेहोश भएकाहरुको मृत्यु भएको हो । अस्पताल लैजांदै गर्दा बाटौमै उनीहरुको मृत्यु भएको थियो ।प्रान्तीय गर्भनरले घटनाको छानविन गर्न आदेश दिइएको जनाइएको छ । यस घटनाबारे थप अनुसन्धान जारी राखेको जनाइएको छ ।

१३ साउन, काठमाडौं । सेरेमोनियल किङ वा बेबी किङ राख्ने प्रस्ताव दरवारले अश्वीकार गरेको खुलासा भएको छ । पूर्व प्रधानसेनापति रुक्माङगत कटवालले सास्कृतिक वा बेबी किङ राख्ने प्रस्ताव दरवारले अश्वीकार गरेको खुलासा गरेका हुन । एक दैनिक पत्रिकासंगको अन्तरवार्तामा कटवालले जनआन्दोलन पछिपनि मन्त्रीपरिषद बैठकले छोरी पनि राजाहुन सक्ने निर्णय भएपनि दरवारले स्वीकार नगरेको बताएका हुन ।छरछिमेकले नेपालको अबस्था बुझेर सेरेमोनियल किङको प्रस्ताव आएको भएपनि दरवारने नबुझनु बिडम्बना भएको उनले बताएका छन । जनआन्दोदन पछि ०६३ सालको जेठ ४ गतेको प्रतिनिधि सभा rukmangad katuwalघोषणाले राजाकी पहिलो सन्तान उत्तराधिकारी हुने प्रस्ताव पारित गरेको थियो । नेपालमा ९० देखी ९५ प्रतिसत जनता राजतन्त्रवादी रहेपनि तत्काल राजतन्त्र फर्कीने संभावना नरहेको कटवालले बताएका छन । राजतन्त्रको मूल जरो ओखलिएपछि मुलुकमा बेथिती भएको उनले दावी गरेका छन । कटवालले संविधानसभावाट संविधान बन्ने संभावना नभएको समेत टिप्पणी गरेका छन ।

बागलुङ, श्रावण १३ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादीको षडयन्त्रमा नफसी आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा भाग लिन नेकपा-माओवादीलाई आग्रह गरेका छन् ।
निर्दलीय र चारदलीय सिण्डीकेटकै सरकार भएपनि निर्वाचनबाट डराएर भाग्नु भन्दा भाग लिएर लोकतन्त्र र गणतन्त्रको संस्थागत गर्नु आवस्यक भएको केसीले बताए । आगामी निर्वाचनबारे पार्टी प्रशिक्षणकालागि बागलुङ आएका केसीले प्रगतीशिल पत्रकार संघले बिहीबार  आयोजना गरेको पत्रकार सम्मेलनमा जस्तो सुकै अप्ठ्यारो भएपनि संविधानसभाबाटै संविधान लेखिनुपर्नेमा जोड दिए । संविधानसभा भित्र संसद पनि रहने हुँदा दलीय सरकार निर्माण र सरकारको नियन्त्रण गर्न सकिने भएकोले निर्वाचन अनिवार्य भएको केसीले प्रष्ट पारे ।
चुनाव भाँड्ने र पूर्वराजासँग मिलेर राष्ट्रियता जोगाउछौं भन्नु दुर्भाग्य भएको पनि उनले टिप्पणी गरे । 'कोशी, गण्डकी र कालापानीका सम्झौतादेखि राष्ट्रियता बेचिएका सबै घटनामा राष्ट्र प्रमुख राजा थिए' केसीले भने, 'राजगद्दी सुरक्षाका लागि राजाहरुले देशको अखण्डता र राष्ट्रियता धरापमा पारेका थिए ।' २ सय ४० बर्ष सम्म राजतन्त्रले अधिकांस समय राजगद्दी मात्र सुरक्षा गर्दै जनतालाई धोका दिएको केसीको आरोप छ । राष्ट्रियताको नारा भज्दै जनतालाई नोकर बनाउनेलाई राष्ट्रियता देख्न नहुने केसीको तर्क छ ।
बहुदल, लोकतन्त्र र गणतन्त्रको माध्यमबाटै राष्ट्रियताको संरक्षण हुने उनले दावी गरे । संघियतामा जाने भन्ने अदुरदर्शी निर्णयले अघिल्लो संविधानसभाको चारबर्षे कार्यकालमा संविधान नबनेको भन्दै अव फेरी संघियताको नारा दिएर जान नहुने केसीले बताए ।

संविधान बनेमा राजावादीहरु स्वतह समाप्त भएर जाने भन्दै संविधान बन्न नदिने तत्वको खेलमा हाम्रा दलहरु भुलेको उनले आरोप समेत लगाए । 'पूर्व पञ्च र राजावादीको षडयन्त्रमा भूलेर बैद्य र ३३ दलले संविधानसभालाई पाखा लगाउन खोज्नु राम्रो होइन' केसीले भने,'लोकतन्त्रमा आफ्ना असहमतिलाई राख्दै प्रकृयामा भाग लिनुपर्छ ।'
चारदलीय सिण्डीकेट अन्त्यकालागि निर्वाचनमा गएर उनीहरुलाई पाखा लगाउन सक्नुपर्छ । देश बनाउने नयाँ अनुहारका लागि पनि निर्वाचन आवस्यक परेको केसीको भनाइ छ ।
'छिमेकी भारतमा ५० बर्षसम्म परिवर्तन नगरे हुने क्षेत्र निर्धारण गर्नकालागि भाँडभैलो गर्नु आवस्यक छैन' केसीले भने, 'एक मधेस एकप्रदेश, संघियता जस्तै पटक-पटक फेरिने क्षेत्रले पनि देशलाई घात गर्छ ।'

भक्तपुर, श्रावण १३ - भक्तपुरमा प्रशासनलाई जानकारी नै नदिई मरेका कुखुरा जथाभावी फाल्ने गरेको पाइएको  छ ।
बाक्लो वस्तीनजिकै, राजमार्ग दायाबायाँ र एकान्त खोचहरुमा मरेका कुखुरा गन्हाउन थालेर दुर्गन्ध फैलिएको छ । मरेका कुखुरा परीक्षण गर्दा बर्ड फ्लु भेटिए बिक्री नहुाने भएकाले व्यबसायीहरुले प्रशासन र जिल्ला पशु सेवा कार्यालयलाई जानकारी नै नदिई आफूखुशी फाल्ने गरेका हुन् ।

नोङखेल-२ स्थित जीजे ईट्टा भट्टनजिकै अस्ती बेलुका गाडिएको कुखुरा दुर्गन्धित भएपछि स्थानीयले हिजो बिरोध गरेका छन् । उक्त स्थानमा आज डोजर लगाएर माटोले पुरिएको छ ।
उक्त स्थानमा जीजे पोल्ट्री फार्मले मरेको कुखुरा गाडेको स्थानीयले जय बेन्जुले बताए । उनका अनुसार अनुसार र्फमले शुक्रबार राति ८ बजेदेखि १ बजेसम्म तीन ट्रक मरेका कुखुरा उक्त स्थानमा गाडेको हो ।
अरनीको राजमार्गको भाटेढिकुरदेखि नलिन्चोकसम्म दायाँबायाँ मरेको कुखुरा बोरामा राखेर अलपत्र फालिएको छ । तर प्रशासनले त्यसबारेमा कुनै छानबिन सुरु गरेको छैन् ।
जिल्ला पशुसेवा कार्यालय भक्तपुरका खगेन्द्र भट्टले कुखुरा मरेको बारेमा आफूलाई जानकारी नभएको बताए ।

गुल्मी, श्रावण १३ - गुल्मी जिल्लाको जोहाङ्ग गाविसमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाईते भएका छन् । घाईतेमध्य ४ जनाको अवस्था गम्भीर छ ।

खैरेनीबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५७९४ नम्बरको बस जोहाङ्ग गाविस १ बाँदरे भन्ने स्थानमा दुर्घटना हुँदा गुल्मीकै रुपाकोट गाविस ३ की २१ वषर्ीया स्वस्ती माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख निशान्त श्रीबास्तबले जानकारी दिए । घाईतेमध्ये गम्भीर ४ जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको र अन्यको स्थानीय जोहाङ्ग प्राथमिक स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

भक्तपुर, श्रावण १२ - भक्तपुरको सिपाडोडमा रहेको हिमाल पोल्ट्री फर्मको कुखुरामा वर्ड फ्लु भेटिएको छ । सिपाडोल वडा २ र ९ मा रहेको पोल्ट्री फर्ममा रहेको कुखुरा परीक्षण गर्दा वर्ड फ्लु भेटिएको हो । बर्ड फ्लुका कारण एकसाता भित्र र्फमको करिब ५ हजार कुखरा मरेका थिए । बाँकी कुखुरा अहिले सरकारी टोलीले नष्ट गरिरहेको जिल्ला पशुसेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टले जानकारी दिए ।

उक्त फर्मले बर्ड फ्लु रहेको पत्ता लागेपछि रातारात कुखुरा बिक्री गरेको आशंका गरिएको छ । केन्द्रीय पशुरोग अनुसन्धान अन्वेषण केन्द्रले गरेको परीक्षणको रिपोर्ट हिजो आएको थियो । हिजो उपत्यकाका अन्य स्थानमा पनि बर्ड फ्लु संक्रमित कुखुरा नष्ट गरिएको थियो । फर्ममा रहेका ९ हजार ५ सय कुखुरामध्ये ५ हजार कुखुरा मरेपछि बाँकी कुखुरालाई आज नष्ट गरिएको हो । बाँकी हुनुपर्ने कुखुराको संख्या कम भएकाले बिक्रीको आशंका गरिएको हो

गुन्डा नाईके डन पक्राउ हुँदा नेपालको राजनीतिक माहोल उथलपुथल राज्नितिनै गुन्डागर्दी तिर उन्मुख

डन चरी प्रहरी फन्दामा परेका छन् यहि असर २१ गते धादिंग कै अर्को टोले गुन्डा राधे भनिने राधा कृष्ण भण्डारीले चरीलाई काठमाडौँ सतुङ्गल मा गोलि प्रहारगरेपछि राजनीतिक माहोल एकाएक तातिएको थियो उनै राधे को बयान मार्फत हानेको पेस्तोल चरिलेनै दिएको बताएपछि चरी पनि प्रहरी फन्दामा परेको र नेपालको राजनीतिक माहोल अप्रत्यतिस रुपमा तातेको छ । अचम्म त के छ भने गुन्डा पक्राउ पर्दा नेपाल को राजनीति नै उथलपुथल हुञ्छ। अनि नेपाली जनताले राजनीतिक पार्टीलाई कसरि विश्वास गर्ने ?

गुन्डा नाईके भनिने टोले गुन्डा चरी प्रहरी फन्दामा (एमाले नेता कार्यकर्तादुवारा धादिंग बन्द 

काठमाडौ, श्रावण १३ - लाग्छ, पूर्वप्रधानसेनापति रुक्मांगद कटवालका निम्ति चर्चा र विवाद अभिन्न अंग हुन् । सेनापति छँदा मात्र होइन, सेवानिवृत्त जीवनमा पनि उनको यो छवि मेटिएको छैन । अनि सँगसँगै विरोधाभासले पनि पिछा छाडेको छैन । तत्कालीन राजदरबारको छत्रछायामा हुर्के-बढेको भनिएका कटवालले सेनापतिका रुपमा गणतन्त्र कार्यान्वयनलाई सघाएका थिए । फर्केर हेर्दा त्यो प्रक्रिया विधानसम्मत नरहेको ठान्छन्, तर अन्य राजावादीहरुझैं राजतन्त्र र्फकन सक्ने मत राख्दैनन् । प्रस्तुत छ, उनीसँग कान्तिपुरका सुधीर शर्मा र सरोजराज अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:
धेरै अवकाशप्राप्त मानिस प्रायः गुमनाम हुन्छन्, तर तपाईं बेलाबेला चर्चामा आइरहनुहुन्छ, आउन चाहनुहुन्छ । कतै तपाईंले आफूलाई अवकाश नै नपाएझैं ठान्नुभएको त होइन ?
मैले आफ्नो बिदाइ कार्यक्रममा भनेको थिएँ, 'जनरल्स नेभर रिटायर, नाइदर दे विल बि टायर्ड ।' मैले थाहा पाएअनुसार यो जनरल म्याकार्थरले भनेको कुरा हो । नेपालमा धेरै मानिसहरू 'रिटायर्ड' भएपछि सार्वजनिक गतिविधिमा आएको देखिँदैन । तर अहिले त सरकार नै अवकाशप्राप्तहरूको छ । सन्दर्भ त त्यस्तो पनि हुन्छ कहिलेकाहीं । मेरो सन्दर्भमा आफ्ना सामाजिक कुराहरू, जनसम्पर्कमा कमी आएको छैन । यी विभिन्न कारणले गर्दा चर्चामा आउने अवस्था सिर्जना भयो । विदेशी संघसंस्थाले पनि बोलाइराखेका हुन्छन्, गइरहेको हुन्छु । कतिपय बेला त पार्टी खोल्न लाग्यो भनेर पनि चर्चा भयो । पश्चिमतिर त मेरा नाममा पर्चा नै बाँडियो । मैले पत्रकार सम्मेलन गरेरै पार्टी खोल्न लागेको छैन, अरू कुनै पार्टीमा जाने योजना पनि छैन भन्नुपर्‍यो । वास्तवमा पार्टी सञ्चालन गर्ने वा पार्टीमा काम गर्ने मेरो खुबी नै छैन । केहीअघि एकजना पूर्वप्रधानमन्त्रीले नै 'तपाईं त फलानो पार्टीमा लाग्नुभएछ' भनेर सोध्नुभयो । अर्को कसले राप्रपा नेपाल प्रवेश गर्नुभएछ भनेर सोधे ।
तपाईं पर्दाभित्रको राजनीतिमा सक्रिय भएकाले त्यसो भनिएको हो कि ?
यसलाई सक्रिय राजनीति भन्ने कि के भन्ने ? सामाजिक प्राणी भएकाले सबै पार्टीका मानिससँग मेरो संगत छ । सबैलाई चिन्छु । मेरा विरोधीलाई पनि बोलाउँछु । विरोधीले मेरा कमीकमजोरी औंल्याउँछन्, आफूलाई सच्याउन पाइन्छ ।
अवकाश प्राप्त सेनापतिका रूपमा हेर्दा मुलुकको राजनीति कता गइरहेको छ जस्तो लाग्छ ?
हामी सही दिशामा गइरहेको जस्तो लाग्दैन । नेपालका नेताहरू नेपाल र नेपालीको भविष्यप्रति खासै चिन्तित भएको पाएका छैनौं ।
नेताहरूले संविधानसभाबाट संविधान लेख्ने, संक्रमणकाल चाँडै अन्त्य गर्ने प्रयास त गरिरहेकै छन् नि । तपाईंले त्यो कोसिसलाई नजरअन्दाज गरेझैं लाग्दैन ?
मैले उहाँहरूको कोसिसलाई नजरअन्दाज गरें भन्ने लाग्दैन । म एकजनाले गरेर खासै फरक पर्ने त होइन । मैले नजरअन्दाज गरे पनि अरू नेपाली पनि छन् नि, पौने तीन करोड जनता छन् । धेरै विद्वान्, देशभक्त, प्रजातन्त्रवादी छन् । मैले गरे पनि तिनले त नजरअन्दाज गर्दैनन् । उहाँहरूले नै यो ठीक भएन, ऊ ठीक भएन भनिराख्नुभएको छ । संविधानसभाले चार वर्षमा किन संविधान लेख्न सकेन भन्ने कुराको निराकरणका लागि अहिले पनि खासै के भएको छ ? चुनाव नै भइहाल्यो भने पनि संविधान लेख्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न यथावतै छ । संविधान लेख्न नसक्नुका कारणबारे छानबिन भएको छैन । अहिले हाम्रा नेताजीहरू संविधानसभाको चुनावको भाषण दिएर त हिँड्नुभएको छ तर संविधानसभाको चुनाव चाहेको खासै देखिंदैन । अहिलेको सन्दर्भमा सबैले भनिरहेका छन्, मलाई पनि के लाग्छ भने मंसिर ४ गते चुनाव हुँदैन ।
नेताहरूप्रति तपाईंको यति धेरै वितृष्णा किन ?
आठ वर्ष पुग्न लाग्यो, 'सो कल्ड' दोस्रो जनआन्दोलन भएको । त्यसयता हाम्रा मुख्य नेताहरू दिनहुँ नभए पनि हप्तामा एकपटक त विभिन्न स्थानमा भेट गरिरहेका हुन्छन् । ती भेटघाटमा हुम्ला, जुम्लामा चिनी, नुन, खाद्य कसरी पुर्‍याउने, मनसुनमा कोसीमा बाढी जान्छ, त्यसलाई कसरी रोक्ने भन्ने विषयमा कुराकानी भएको मैले कुनै पनि सञ्चारमाध्यममा सुनेको छैन । यस्ता राष्ट्रिय विषयमा यिनीहरू बसेर छलफल गर्दैनन् । तर प्रधानमन्त्री को हुने ? कसले कति सिट पाउने भन्ने छलफलकै परिधिभित्र बसेपछि जनताले विश्वास गर्ने ठाउँ अति नै कम हुन्छ । अहिले भएको त्यही नै हो ।
तपाईंले ँसो कल्ड’ भनेको जनआन्दोलनमा सहभागी जनता र अहिले तपाईंले भनेका जनता भिन्नै हुन् ? तपाईंले त यो समग्र प्रक्रिया नै ठीक भएन भनिरहनुभएको छ । यो सबै जनताकै चाहनामा भएको होइन र ?
तपाईंलाई म ठाडै भनौं, जनताका चाहनाहरू अकस्मात् उर्लिएर आए । त्यसबेला खास गरेर दरबारका दरबारियाहरूको क्रियाकलापले गर्दा जनतामा एक किसिमको ठूलो असन्तुष्टि आयो । नेताहरूले त केही गर्लान् भन्ने ठूलो आशा थियो र परिवर्तनप्रति जनताको चाहना प्रकट भयो । तर अहिले आठ वर्षमा योभन्दा त त्यसैबेला ठीक थियो, शान्ति सुरक्षा कायम थियो, महँगी थिएन, विदेशीले मनपरी गर्न, आइएनजीओ/एनजीओ यसरी शक्तिशाली भएर राज्यका संरचनालाई यति धेरै कमजोर पारिएको थिएन भन्ने कुरा जनतामा सर्वत्र पि+mजियो ।
तपाईंले जुन बेलाको उदाहरण दिनुभयो, त्यसबेला त हामी चरम द्वन्द्वबाट गुजि्ररहेका थियौं । मुलुक गृहयुद्धको डिलमा थियो । दिनहुँ धेरै मानिस मरिरहेको अवस्था थियो । त्यसबाट त हामीले छुटकारा पायौं । संक्रमण निकै लम्बिएको उदाहरण त अन्यत्र पनि छन् । नेताहरूले कोसिस गरिरहेको अवस्थामा तपाइर्ं अलि बढी नै प्रतिक्रियात्मक भएझैं लाग्दैन ?
जनता छिटोछिटो परिवर्तन चाहन्छ र उनीहरूको आशा नेताहरूले नै धेरै जगाइदिनुभयो । कहिले सिंगापुरको त कहिले स्विट्जरल्यान्डको कुरा गर्दिनुभयो । कहिले मेलम्चीको पानी ल्याउने कुरा भयो तर त्यही मेलम्चीको कुरा हुन थालेको कति वर्ष भयो ? जनताले पानीसमेत खान पाएनन् । प्रतिबद्धता पूरा नभएपछि जनतामा निराशा त आउने भयो नै । हामी जनता विदेश जान्छौं, टेलिभिजन, इन्टरनेट हेर्छौं, विश्वका विभिन्न मुलुकमा ८/१० वर्षमा भएका प्रगतिसँग हाम्रो अवस्था दाँज्छौं । हाम्रो त भएका संरचना पनि बिगि्रए । माओवादी द्वन्द्वकालमा अर्बौं रुपैयाँका भौतिक संरचना जुन वीभत्स रूपमा नष्ट पारिए, ती पनि बन्न सकेका छैनन् । यो त जनताले देखिरहेका छन् ।  
तपाईंमा नेताहरूप्रति यति धेरै वितृष्णा कहिलेदेखि पलाएको हो ?
मेरो वितृष्णभन्दा पनि जनतामा वितृष्णा जाग्यो, जुन राम्रो होइन । प्रजातान्त्रिक पद्धतिमा नेताप्रति वितृष्णा जाग्नु भनेको व्यवस्थाप्रति नै वितृष्णा जागेको ठहर्छ । राज्यका संरचना, संगठनको साख गिर्दै जानु, गैरराज्य र राज्यविरोधी पक्षको बोलवाला बढ्दै जानु, तिनीहरूले त्यही नेताबाट आश्रय पाउनु, कानुन मिचिनुजस्ता कुराले जनतामा वितृष्णा जाग्नु स्वाभाविक हो । त्यहीमध्येको एउटा जनता म पनि हुँ । मैले नि त्यही भोगिरहेको छु । म एउटा ठूलो संस्थाको हाकिम भएर अवकाश पाएको मान्छे, तर चार वर्ष भयो धाराको पानी कस्तो हुन्छ देखेको छैन । म त दुःख, सुख गरेर किनेर खाइरहेको छु, अरूको पीडा कस्तो होला ? जबर्जस्ती अपहरण, चन्दा आतंक छ । मानिसले खान पाइरहेका छैनन् । त्यसैले म नेताहरूलाई अनुरोध गर्छु, तपाईंहरू एक ठाउँमा बस्नुहोस्, अब अति भइसक्यो । म पहिला नेपाली हुँ, हामी सबै पहिला नेपाली हौं र हामीलाई नेपाल भन्ने धर्ती चाहिन्छ भन्ने सोच्नुहोस् । यो नेपाललाई सार्वभौम र स्वतन्त्र राख्न, राष्ट्रिय अखण्डता र सम्प्रभुता बचाउन राष्ट्रिय मूल नीति बनाआंै । त्यसमा कसैले पनि तलमाथि नगरौं ।
पहिले संविधान बनाउने कि राष्ट्रिय मूल नीति बनाउने ?
त्यो संविधानमै यो कुरा हुनुपर्‍यो । तर, कस्तो संविधान बनाउने त्यो नै निक्र्योल भएको छैन । हामीले प्रजातान्त्रिक संविधान खोजेको हो या होइन ? हामीले एकतन्त्रीय संविधान खोजेको हो कि ? पहिले त्यो निर्णय गर्नुपर्‍यो । संविधानसभाले संविधान लेख्छ भन्ने कुरा मलाई विश्वास लाग्दैन । किनकि, संविधान लेख्ने त विज्ञहरूले हो नि । अहिले संविधान लेख्ने भनेको २०१९, २०४७ सालको र अहिलेको अन्तरिम संविधानलाई तलमाथि पारेर लेख्ने न हो, नयाँ कुरा के आउँछ ? २०४७ सालको संविधानमा के चाहिं छैन ? अपरिवर्तनीय भनेका कुरामा पनि संशोधनको व्यवस्था थियो । त्यही संविधानलाई हाम्रा अहिलेका नेताहरूले यो विश्वकै एक उत्कृष्ट संविधान हो भनेका थिए । अहिलेको संविधानमा दुई, चारवटा कुराबाहेक त्यो संविधानमा भएका भन्दा फरक कुरा के नै छ र ?  
नेताप्रति मात्र नभई तपाईंलाई त संविधानसभाको प्रक्रियाप्रति नै विश्वास रहेनछ ?
साँच्चिकै संविधान चाहेको भए, संसारकै अभ्यास हेर्ने हो भने पनि चार, पाँच जना विशेषज्ञ राखेर संविधान बनाऔं । पहिले आधारभूत कुराहरू तय गरौं र त्यसरी बन्ने संविधानलाई संसद्बाट अनुमोदन गरेर लागू गरौं । हाम्रो भूगोल, भूराजनीतिक अवस्था, अहिलेको विश्व परिवेश र छिमेकीको अवस्थितिलाई मध्यनजर राखेर संविधान बनाऔं ।

त्यसरी बनाइएको संविधानले काम गरेन, जनताकै प्रतिनिधिबाट संविधान बनाउन भनेर त संविधानसभाको चुनाव भनिएको होइन र ?
समावेशीका नाममा हामीले कस्ता मान्छे ल्यायौं ? घाँसीलाई ल्यायौं, भाँडा माझ्ने मान्छेलाई ल्यायौं । जसले आफ्नो नाम लेख्न सक्दैन, त्यो मान्छेले संविधान लेख्न सक्छ भनेर विश्वास गर्न सकिन्छ ? यसको अर्थ मैले उनीहरूलाई तल पार्न खोजेको होइन । तर संविधान लेख्ने मान्छे त विज्ञ हुनुपर्‍यो नि । अहिले त विशेषज्ञताका आधारमा नभएर जे पनि राजनीतिक भागबन्डाका आधारमा भइरहेको छ ।
तपाईं संविधानसभाभन्दा विज्ञको टोलीबाट संविधान बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?
नेपालको सन्दर्भमा यही नै उत्तम विकल्प हो ।
विगतको राजतन्त्र ब्युँताउन चाहनेहरूले यस्तो धारणा राख्छन् भन्ने छ नि ?
अहिले जुन किसिमको हर्कत भइरहेको छ, त्यो भन्ने ठाउँ पनि छ । वास्तविकता के हो भने हामीले यहाँ भएको मूल स्तम्भ (राजतन्त्र) लाई निकालिदियौं, तर त्यसले पारेको ठूलो खाडल कसैले पुर्न सकेन ।
गणतन्त्र कार्यान्वयनका बेला प्रधानसेनापतिका रूपमा तपाइर्ंको पनि ठूलो भूमिका थियो, तर अहिलेको तपाईंको भनाइमा त विरोधाभास देखियो नि ?
म त्यस्तो अवस्थामा प्रधानसेनापति भएँ, जतिबेला सबै निर्णय भित्रभित्रै भइसकेका रहेछन् । त्यसपछि पनि मन्त्रिपरिषद्बाट छोरी पनि राजा हुन सक्ने निर्णय भएको छ । विभिन्न नेताले सांस्कृतिक, सेरोमोनियल राजा भने, बेबी किङको पनि कुरा आयो । छरछिमेक सबैलाई र नेपालको अवस्था सबै बुझेर ती कुरा आएका हुन् । नेपालको विडम्बना के भयो भने दरबारले त्यसलाई स्वीकार गरेन । त्यसबेला दरबारमा यस्तो भन्ने मान्छेसँग, जर्नेलसँग बोल्दै नबोल्नु भन्ने कुराहरू भए ।
जहाँसम्म राजसंस्था फालिएको कुरा हो, त्यसलाई लिएर विधिसम्मत ढंगले कुनै निर्णय नै भएको छैन । १२ बुँदे समझदारीमा पनि निरंकुशता फाल्ने भनेको छ, राजतन्त्र फाल्ने भनेको छैन । जनआन्दोलन-२ मा कुनै पनि दलले राजतन्त्र फाल्ने भनेको थिएन । यो कहाँबाट आयो, कहाँबाट ? संघीयता र धर्मनिरपेक्षताको कुरा पनि कहाँबाट आयो ? यो ठूलो प्रश्न बनेको छ ।
नेपालमा अहिले पनि ९० देखि ९५ प्रतिशत मानिसहरू राजतन्त्रवादी छन्, राजावादीचाहिँ होइन नि । म पनि राजावादी होइन, राजतन्त्रवादी हो । नेपालको भौगोलिक, सांस्कृतिक र हरेक हिसाबले प्रजातान्त्रिक पद्धतिभित्र बस्ने, सम्पूर्ण जातजाति, धर्म समुदायले मानेको एकताको प्रतीक चाहिएको छ ।
तपाईंले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जनचाहना नभएर बाहिरबाट आएको भन्नुभयो । प्रधानसेनापति हुनुहुन्थ्यो, कहाँबाट आएको रहेछ ? बताइदिनुस् न ।
प्रधानसेनापतिलाई आएर यो गर्ने, ऊ गर्ने भन्ने हुँदैन । उनीहरूले त संसद्मा भित्रभित्रै छलफल गरेर भोलिपल्ट टुइक्क निकालिदिएको हो नि । यसै पनि नेपाली सेना त्यत्रो विवादमा बसिराखेको थियो, यस्तो किन गरेको भनेर सोध्ने अवस्थामा थिएन ।
गणतन्त्र कार्यान्वयनमा खेलेको भूमिकाप्रति अहिले तपाईंलाई पछुतो लागेको हो ?
छैन, मलाई पछुतो छैन । त्यसबेलाको अवस्थाअनुसार सेनाले जे गर्नुपर्ने हो, अधिकतम गरेको हो । तर त्यो बुझ्न सकिएन । नेपाली सेनाको अवस्था त कस्तो थियो भने, त्यो राष्ट्रिय सेना नभएर राजाको, व्यक्तिको, परिवारको सेना हो भनिन्थ्यो । देश विदेशका सबै मानिसमा त्यस किसिमको अवधारणा खडा गरिएको थियो । त्यसकारण नेपाली सेनाले त्यसबेला आफू कुनै व्यक्ति वा परिवारको नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय सेना हो भन्ने सन्देश दिन सक्नुपर्ने अवस्था थियो । त्यही भएर नेपाली सेनाले त्यसबेला जुन निर्णय लियो, त्यही नै सही थियो ।
भनेपछि नेपाली सेनाप्रतिको धारणा फेर्न तपाईं दरबारको बलि चढाउन तयार हुनुभएको थियो ?
यसमा जसले जस्तोे व्याख्या गरे पनि हुन्छ । हामीले एउटा परिवारका पक्षमा लागेर जनताको विपक्षमा जाने कि नजाने, जनताको हक, अधिकार र परिवर्तनप्रतिको भावनालाई स्विकार्ने कि नस्विकार्ने भन्ने ठूलो प्रश्न थियो । जुनसुकै निर्णय लिँदा पनि एउटा पक्ष त विरोधी भइहाल्छ । तर हामीले सम्पूर्ण जनताको चाहना, हाम्रो भौगोलिक अवस्था, त्यसबेलाको विश्व परिवेश, छिमेकीहरूको कुरालाई मध्यनजर राख्ने हो नि निर्णय गर्दा ।  
त्यसबेला गणतन्त्र कार्यान्वयनमा सघाउने, अहिले चाहिँ राजतन्त्र फ्याँकेर गल्ती भयो भन्ने कुरा विरोधाभासपूर्ण भएन त ?
मैले ठीक भएन भनेको छैन । राजतन्त्र फाल्ने, नफाल्ने भन्नेमा जुन विधि अपनाइयो, त्यो ठीक भएन भन्ने हो । अहिले पूर्वराजा जहाँजहाँ जान्छन्, नेताहरू किन यसरी तर्सेका ? किन यस्तो विक्षिप्त भएका ? राहत वितरणजस्तो मानवीय कार्यमा पनि विरोध भइरहेको छ ।
राजा भएका बेलामा चाहिँ उहाँ -ज्ञानेन्द्र) ले यस किसिमको सहयोग गरेको देखिंदैनथ्यो, अहिले गर्दा त राजनीतिक उद्देश्य रहेको आशंका स्वाभाविक रूपमा हुने भयो नि ?
ठीक कुरा गर्नुभयो । उहाँमा त्यत्रो आदर्श, यत्रो सहन सक्ने शक्ति रहेछ । यत्रो धैर्य, विशालता, उदारता रहेछ । त्यसबेला यी सारा गुण कहाँ गए ? एउटा खरदारको जागिर निलम्बनमा पर्दा मान्छे झुन्डिन्छन् । मसँग एसएसली दिने मान्छे फेल भएँ भनेर रानीपोखरीमा फाल हालेका छन् । उहाँको त राजपाठ गयो, कुल सिद्धियो, इतिहास भयो । तैपनि हाँसीहाँसी बसिराख्या छ । यो शक्ति त रहेछ नि । जतिबेला जनताले परिवर्तन चाहेका थिए त्यो शक्ति त्यसबेला कहाँ गयो ?  
तपाईंको कुराकानीको सारचाहिँ राजतन्त्र फर्कायो भने धेरै समस्या हल हुन्छ भन्ने हो ?
मैले त्यस्तो भनेको छैन । मैले खालि विधि र प्रक्रिया पुगेन भनेको हो । त्यसबेला राजतन्त्र फालेको भन्दा पनि राजासँग रिसइबी साधिएको हो । राजा आउनेबित्तिकै सबै समस्या समाधान हुन्छ भन्न खोजेको होइन तर यहाँको मूल जरो उखेलियो भन्ने हो । त्यो खाल्टो पुर्ने विकल्प पहिले नै बनाएको भए यो समस्या नै आउँदैनथ्यो ।
तपाईंले राजा फर्काउने किसिमको समाधान खोज्नुभएको हो ?
नो-नो, नो-नो । मैले राजा फर्काउने खालको समाधान खोजेको भन्ने सोच्दै नसोच्नुहोस् ।
राजतन्त्र फर्किने सम्भावना देख्नुहुन्छ ?
क्लियर कट कुरा हो, अहिले राजतन्त्र फर्किने सम्भावना छैन । तर हामीले के बुझ्नुपर्छ भने राजाका पछि लागेका मानिसहरू राष्ट्रवादी, प्रजातन्त्रवादी मान्छे हुन् । ती अरू पार्टीबाट वाक्क, दिक्क, प्याक्क, छक्क भएर राजाको पछि लागेका हुन् । म तिनलाई राजावादी भन्दिनँ, प्रजातन्त्रवादी हुन् र तिनले विकल्प खोजेका हुन् ।
तपाईं प्रधानसेनापति हुँदा धेरै बोल्नुहुन्थ्यो, विवादमा
तानिनुहुन्थ्यो । अहिले पनि प्रचारमोह सकिएको छैन ?
मलाई प्रचारमोह चाहिएको होइन । नेपाली सेनाले वैधानिक सरकारको वैधानिक आदेश मात्र पालना गर्छ भनेर मैले भनेकै हो किनभने मलाई अब सेनामाथि हमला हुन्छ भन्ने सुरुमै थाहा थियो । त्यसैले मैले सार्वजनिक रूपमै कानुनसम्मत आदेश मात्र मान्छौं है भनेको हो ।
२०१७ पुस १, २०५९ असोज १८ र २०६१ माघ १९ मा भएका 'कू’ का घटनामा त सेनाले प्रजातान्त्रिक पद्धति र संविधानविरुद्ध दरबारलाई सघाएको बिर्सन मिल्छ र ?
म त्यो मान्दिनँ । त्यसबेलाको संविधान पढ्नुपर्छ हामीले । त्यसबेलाको संविधानमा जेजस्तो व्यवस्था थियो, सेनाले त्यसैलाई मानेको थियो ।
'माघ १९’ मा हतियारधारी सेनालाई सञ्चारमाध्ययमा पठाएर आफूअनुकूल समाचार लेख्न दबाब दिनु पनि संविधानसम्मत थियो ?
हतियारधारी त मलाई थाहा छैन तर पोसाक लगाएको सैनिक सम्पादकका कक्षमा बसेर यो लेख, यो नलेख भनेको भन्ने सुनेको हो । यो त पाच्य हुने कुरै छैन । त्यसबेला नेपाली सेना प्रजातन्त्र, संविधान र राज्यको चौथो अंग मानिने सञ्चारमाध्यमका पक्षमा छ भन्ने सन्देश दिन सक्नुपथ्र्यो । मेरो कार्यकालमा हरेक पत्रकारलाई, विरोधमा लेख्ने पत्रकारलाई पनि हप्तामा एकपटक भेट्ने व्यवस्था मिलाएको थिएँ । सायद त्यो कुरा सेनामा अहिले पनि चालु होला । हामीले संसारको गति बुझ्नुपथ्र्यो । २१ आंै शताब्दीमा १६ औं शताब्दीको जस्तो राजसंस्था राख्न खोज्दा जनताले, अन्तर्राष्ट्रिय समुदायले विरोध गर्नु स्वाभाविक थियो । परिवर्तित हुने प्रशस्त मौका मिलेको हो, त्यो हुन सकेन ।
हाम्रोमा दोष पन्छाउने चलन छ । माघ १९ होस् वा राजा सक्रिय रहँदा तपाईं त अघोषित सल्लाहकारजस्तो 'कोर ग्रुप’ मा
हुनुहुन्थ्यो । त्यसबेला चाहिं किन राम्रो सल्लाह नदिएको त ?
नेपालमा राजा र सेनाको सम्बन्ध के हो भने, प्रधानसेनापतिसँग बाहेक उहाँले अरू कसैसँग कुरा गर्नुहुन्नथ्यो । हामी कहिलेकाहीं प्रधानसेनापतिको पछि लागेर भेट्न जान्थ्यौं तर प्रधानसेनापतिलाई नसोधी हामीले केही कुरा गर्दैनथ्यौं । मलाई नै मुमाहजुर (रत्न) ले हुर्काएको, कान्छो छोरा बनाएर राखेको भन्छन् । नारायणहिटीमा त म एक रात पनि सुतेको छैन ।
अबको १० वर्षमा नेपालको अवस्था के होला भन्ने लाग्छ ?
नेपालको अवस्था अझै केही वर्ष अन्योलग्रस्त नै रहनेछ । अझै पनि नेपालका नेताहरू एक ठाउँमा बसेर नेपाल र नेपालीको हितमा सोच्दैनन् भने यो अवस्था अझै लम्बिन्छ । राज्यका निकायहरू जसरी कमजोर, भताभुंग हुन थालेका छन्, त्यो भनेको 'फेल्ड स्टेट' तिर जानु हो ।  

१३ साउन, काठमाण्डौं । भारत भ्रमणमा रहनुभएका एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल आज स्वदेश र्फकदै हुनुहुन्छ । गत बुधबार भारत जानुभएका उहाँ आज सवा तीन बजे काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ ।

काठमाण्डौं र्फकनुअघि नेता नेपालले दिल्लीमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री, कांग्रेस आईकी नेतृ लगायत भारतीय अधिकारी र राजनीतिक दलका नेताहरुसँग दुईपक्षिय हितका विषयमा छलफल गर्नु भएको थियो ।
भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा नेता नेपाल महासचिव ईश्वर पोखरेल विदेश विभाग सदस्य राजन भट्टराईसहित पाँच दिने भ्रमणमा जानुभएको थियो ।
भारतले पालैपालो नेपाली नेताहरुलाई बोलाएर भेट गर्ने क्रममा यसअघि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमण गरिसक्नुभएको छ ।

नयाँदिल्ली , श्रावण १३ - पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग शनिबार पटनास्थित मुख्यमन्त्री निवासमा भेटवार्ता गरेका छन् ।
भेटमा प्रगतिको चरणमा रहेको बिहार राज्यको पूर्वाधार र विकास संरचनाबारे दुई घन्टा लामो कुराकानी भएको थियो । लन्च मिटिङमा सहभागी सदस्य राजन भट्टराईका अनुसार बिहारका सीमावर्ती नेपाली क्षेत्रसागको सडक सम्पर्क संजाल र विकास साझेदारीबारे समेत भेटमा परामर्श भएको थियो ।
शनिबार अपराह्न नालान्द विश्वविद्यालय भ्रमणमा गएका नेता नेपाललाई उपकुलपति डा.गोपा सव्रवालले स्वागत गरेकी थिइन् । पाँचौं शताब्दीमा बनेको पूर्वीय सभ्यताको केन्द्र मानिने विश्वविद्यालयको सम्पदा अहिले पनि उत्खनन क्रममा छ । भेटमा नेता नेपालले नेपालको लुम्बिनी हुादै भारतका बौद्ध तीर्थस्थलहरू जोडेर एउटा 'सर्किट' निर्माण गर्नुपर्ने धारणा राखेका थिए । बिहार भ्रमणपछि शनिबार राति दिल्ली फिरेको प्रतिनिधिमण्डल आइतबार काठमाडौं जानेछ ।

पल्लेकेले , श्रावण १३ - डेभिड मिलर र लोनवाबो सोत्सोवेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको तेस्रो वान-डेमा ५६ रनको जित हासिल गरेको छ । पल्लेकेलेमा पाएको जितसँगै उसले पाँच खेलको शृङ्खलामा २-१ को अग्रता लियो । जितपछि दक्षिण अफ्रिकाले शृङ्खला जित्ने सम्भावना कायमै राखेको छ । मिलरले ७२ बलमा नटआउट ८५ रन बनाएपछि दक्षिण अफ्रिकाले सात विकेट क्षतिमा २ सय २३ रन बनाएको थियो । जवाफमा श्रीलंका डे-नाइट खेलमा १ सय ६७ रनमा समेटिएको थियो ।

काठमाडौं, श्रावण १३ - नेपालले सुरुआती २२ मिनेटभित्र आक्रामक खेल पस्कँदै तीन गोल गरेपछि बंगलादेशविरुद्ध सहज जित हात पार्दै शनिबार दोस्रो साफ यू-१६ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । नेपालले परम्परागत दक्षिण एसियाली प्रतिद्वन्द्वीलाई समग्रमा ५-१ ले पन्छायो । प्रतियोगितामा वर्षातले प्रभावित नभएको खेलमा नेपालको पहिलो जित हो ।
उपाधिको दाबेदार नेपालले चार खेलयताकै उत्कृष्ट लय बंगलादेशविरुद्ध समात्यो । निरन्तर एकपछि अर्को आक्रमण गर्‍यो । नेपाली खेलाडीले ७ मिनेटभित्रै गरेको तीन 'फ्रि-हेडर'मा बलले गोलपोस्टको दिशा लिएन । त्यसपछि भने दनादन गोल गर्‍यो । सुजन लिम्बू इङनामले आठौं मिनेटमा गोलको खाता खोले ।
पाहुना टोलीका गोलकिपर पप्पु होसेन अगाडि बढेको स्थितमा विमल घर्तीमगरले 'चिप' गरेको बल क्रसबारमा लागेर फर्केको थियो । त्यही रिबाउन्ड बललाई सुजनले गोलमा परिणत गर्दै नेपाललाई अगाडि बढाए । विमलले अमित तामाङको क्रस उपयोग गर्दै २० औं मिनेटमा गोल गरेपछि नेपालले २-० को अग्रता लियो । उनको 'डाइभिङ हेडर'मा  निस्किएको त्यो गोल लोभलाग्दो थियो । भुटानविरुद्ध ७-० को जितमा ह्याटि्रक गरेका उनी ६ गोलसहित प्रतियोगिताको गोलकर्ताको सूचीमा पहिलो
स्थानमा छन् ।
तेस्रो गोल अञ्जन विष्टको नाममा रह्यो । कप्तान हेमन्त थापामगरको कर्नरमा बनेको मुभमा उनले बललाई २२ औं मिनेटमा गोल लाइन पार गराएका थिए । दशरथ रंगशालामा नेपाली किशोर खेलाडी सुरुका ३० मिनेट उत्कृष्ट देखिए । त्यसपछि बंगलादेश विस्तारै अगाडि बढ्यो । तर, गोल फर्काउन सकेन । यस्तैमा विकास थापाको क्रस क्लियर गर्ने प्रयासमा बंगलादेशी डिफेन्डर मोहम्मद एटिक्ज्जामनले ५६ औं मिनेटमा आत्मघाती गोल गरेपछि नेपालको अग्रता ४-० भयो ।
खेलले ठीक एक घन्टा छुँदा सुजनले व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी क्षेत्रमा गोलकिपर होसेनले फुत्काएको बल नियन्त्रण गर्दै उनले नेपालको पाँचौं गोल गरेका थिए । स्वदेशी डिफेन्सको समझदारी अभावको फाइदा लिंदै बंगलादेश फरवार्ड अल अमिन तुसारले ६५ औं मिनेटमा गोल गरे । तर, खेलमा
र्फकन बंगलादेशलाई निकै ढिला भइसकेको थियो । विमलको हेडरमा बंगलादेशका डिफेन्डर मोहम्मद एस होसेनले गोल लाइनबाट ७७ औं मिनेटमा बल क्लियर गरे । आकाश थापाको पि|mकिकमा अनन्त तामाङले ८२ औं मिनेटमा गरेको हेडर पोलमा लागेर फर्कियो । नेपालले थप ३ गोलका अवसर उपयोग गर्न सकेन । दुर्लभै गोलका अवसर सिर्जना गरेको बंगलादेश ६९ औं मिनेटमा सहज अवसर उपयोग गर्न चुक्यो ।
कुनै पनि स्तरको अन्तर्राष्ट्रिय फुटबलमा नेपाल १४ वर्षपछि फाइनल पुगेको हो । सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले दशरथ रंगशालामै बंगलादेशविरुद्ध फाइनल खेलेको थियो । त्यसमा नेपाल रजतपदकमै समेटियो ।
नेपालले साफ यू-१६ मा पहिलोपल्ट फाइनलमा स्थान बनाएको हो । दुई वर्षअघि दशरथ रंगशालामै भएको पहिलो संस्करणमा नेपाल २-१ ले बंगलादेशलाई हराएर तेस्रो भएको थियो । त्यसबेला समूह चरणमा नेपाल र बंगलादेशले गोलरहित नतिजा निकालेका थिए । त्यसैले बंगलादेशविरुद्ध साफ यू-१६ का ३ खेलमा नेपाल अगाडि छ ।
प्रशिक्षक आत्मविश्वासी बन्दै 'फाइनल पुग्न र उपाधि जित्न सक्षम छौं भन्ने देखायौं,' नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने, 'आक्रामक रूपमा सबैले राम्रो खेले । सबैले शतप्रतिशत शक्ति लगाए । यस्तै खेललाई फाइनलमा निरन्तरता दिने प्रयास गर्नेछौं ।' भारतविरुद्ध अफगानिस्तानको विजेतासँग नेपालले मंगलबार फाइनल खेल्नेछ । 'अब फाइनलको तयारी गर्नेछौं । ट्रफी बाहिर -विदेश) नपठाउने धोको छ,' उनले भने ।

खेलाडी स्वार्थी भएकाले दोस्रो हाफमा बल पोसेसनमा राख्न नसकेको महर्जनले बताए । मिडफिल्डमा जमेका कप्तान हेमन्तले भने, 'बंगलादेशले रफ एन्ड टफ खेल्यो । तीन गोल गरेपछि गोल हान्ने मात्र सोच आयो । त्यसैले खेल (३० मिनेटपछि) राम्रो भएन ।'
खेलको सबै पक्षमा नेपाल राम्रो भएको बंगलादेशका डच प्रशिक्षक रेने कोस्टरले बताए । 'शारीरिक, टेक्निकल, ट्याक्टिकल र मानसिक रूपमा नेपाल राम्रो देखियो,' उनले भने, 'अन्तर्राष्ट्रिय रंगशालामा पहिलोपल्ट हजारौं दर्शकअघि नयाँ मैदानमा हाम्रा खेलाडी नर्भस भए । त्यसैले गल्ती गरे । विशेषगरी गोलकिपरले बिर्सनलायक गल्ती
गरे ।' बढी उमेरका खेलाडी खेलाएको आशंका गर्दै उनले भने, 'नेपालको मात्र होइन, सबै देशका खेलाडी शारीरिक रूपमा निकै बलिया छन् । उनीहरू सबै १५-१६ वर्षका मात्र पक्कै होइनन् ।'

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget