news and more entertainment

2014

क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ । त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन् । यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी रहेको अनुमान छ । यौन बजारमा ‘पसल थाप्न’ हाइटीदेखिका महिला पनि डोमेनिकन रिपब्लिक पुग्ने गरेका छन् ।
डोमेनिकन रिपब्लिकमा देहव्यापार गैरकानुनी छैन । यद्यपि उमेर नपुगेकासँग सेक्स गर्नुलाई यहाँ अपराध मानिन्छ । दुर्भाग्य, यहाँका अधिकांश महिला यौनकर्मी उमेर नपुगेका किशोरी नै छन् । अमेरिका र युरोपबाट सजिलै पुग्न सकिने भएकाले यहाँ यौन पर्यटन चकित तुल्याउने गतिमा वृद्धि भइरहेको छ ।
कम्बोडिया
देहव्यापारविरुद्ध भएका कुलुकमध्ये एक हो, कम्बोडिया । तर यसको कार्यन्वनपक्ष ज्यादै फितलो छ । जसले गर्दा यहाँ यौन व्यवसाय फस्टाएको छ र विदेशी पर्यटन यसतर्फ आकर्षित भएका छन् । यौन व्यवसायमा बालबालिकाको प्रयोग कम्बोडियाको प्रमुख मानवअधिकारको मुद्दा बन्न पुगेको छ ।
कम्बोडिया संसारकै गरिब राष्ट्रहरुमा पर्छ । त्यहाँको तलबदर अत्यन्तै कम छ । चरम गरिबीका कारण कतिपय अभिभावकले यौन व्यवसायमा लगाउन आफ्नै सन्तानलाई बिक्री गर्ने गरेका छन् । नवकिशोरीको ‘भर्जिनिटी’ सेक्सका पारखीले ज्यादै मूल्यवान ठान्ने गरेका छन् । यस्ता पर्यटकले कम्बोडियालाई इच्छा पूर्तिगर्नृ गन्तव्य बनाउने गरेका छन् ।
नेदरल्यान्ड्स
यौन व्यवसाय गरिब मुलकमा मात्रै फस्टाउँदैन । नेदरल्यान्ड्सजस्तो धनी देशको यौन पर्यटन पनि प्रसिद्ध छ । सरकारले देह व्यापारिका लागि छुट्टै ‘रेड लाइट एरिया’ तोकेको छ । जहाँ नेदरल्यान्ड्सभित्र र बाहिरका मानिसले गर्ने यौन सन्तुष्टि खरिद गर्ने गरेका छन् ।
आम्सटर्डममा रहेको ‘रेड लाइट एरिया’ मा पर्यटनका लागि यौनकर्मीले ‘सेक्स सप’, ‘पिप शा’, ‘स्ट्रिप क्लब’ लगायत सञ्चालन गरेका छन् । त्यस्तै होटेल र लजका कोठामा यौन बिक्री गर्ने व्यवसायी पनि प्रसस्तै छन् । यौन व्यवसायले कानुनी मान्यता प्राप्त गरेकाले यौनकर्मी र यसका ग्राहक दुवैले नेदरल्यान्ड्समा तनाब बेहोर्नु पर्दैन । यौन सव्तुष्टि खअरिद गर्न एउटा पर्यटकले एक पटकमा ३५ सय युरोमम्म खर्च गर्नुपर्छ ।
केन्या
केन्यामा गरिबीकै कारण यौन व्यवसाय फस्टाइरहेको छ । यौन व्यवसायमा संलग्नमध्ये अधिकांश गरिब, अशिक्षित, र नवकिशोरी छन् । केन्याको बजारमा यौन असुरक्षित मानिन्छ । यहाँका यौनकर्मीमा एचआइभी एड्सको अवस्था भयावह छ । भिरिंगीलगायतका यौनरोगबाट ग्रसित यौनकर्मीको संख्या पनिा यहाँ धेरै छ ।
१२ वर्षदेखिका किशोरीले यहाँ सेवा उपलब्ध गराउने गरेका छन् । जुनसुकै समूहका यौनकर्मीले कन्डम प्रयोगमा त्यती उत्साह देखाउने गरेका छैनन् । कैन्याली यौनकर्मीले दिनमा पाँच जना ग्राहकसम्मलाई सेवा दिने गरेका छन् ।
यहाँ प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्ने गरेको छैन ।
ब्राजिल
ब्राजिल जंगल सयर, त्यहाँका सुन्दर र मिजासिला मानिस, मन लोभ्याउने समुन्द्री किनार र अनेक पर्वमा यौन परिकार पनि थपिएपछि संसारभरीका बिलासी मानिसले यी सबैको एकैपटम सन्तुष्टि लिन ब्राजिललाई गन्तव्य बनाउन थालेका छन् । ब्राजिलको यौन बजारलाई संसारकै दोस्रो ठूलो यौनबजार मानिन्छ । यहाँको यौन बजारमा नारी र पुरुष दुवै पर्यटकले सेवा पाउछन् । पछिल्लो विश्वकप फुटबलका समयमा यौन बजारको हिस्सा बन्न संसारभरीबाट यौनकर्मी ब्राजिल पुगेका थिए ।
फिलिपिन्स
फिलिपिन्समा यौन व्यवसायविरुद्ध कडा कानुन छ । यसमा संलग्न व्यक्तिलाई राज्यले पक्राउ गरेर दण्डसमेत दिने गरेको छ । तर पनि फिलिपिन्सको बजार संसारकै मुख्य बजारमा गनिन्छ । फिलिपिन्समा करिब पाँच लाख यौनकर्मीले सेवा उपलब्ध गराइरहेका छन् । तीमध्ये अधिकांश ‘बार गर्ल’को आवरणमा सक्रिय छन् । पश्चिम एसिया र पश्चिमी राष्ट्रका व्यापारी फिलिपिनी यौनकर्मीका आकर्षक उपभोक्ता हुन् ।
फिलिपिन्स पुग्ने अधिकांश विदेशी पर्यटक त्यहाँको यौन बजारमा पुग्ने गरेका छन् । एक अनुसन्धानले फिलिपिन्स पुग्ने ४० देखि ६० प्रतिशत पर्यटकले फिलिपिन्सको यौन बजारमा सन्तुष्टि खरिद गर्ने उद्देश्य राख्ने गरेको देखाएको छ ।
कोलम्बिया
दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया पनि अहिलेको चर्चित सेक्स बजारमध्ये पर्छ । दलाली गर्न जान्नेले ज्यादै सस्तोमै कोलम्बियाली यौनकर्मीबाट सेवा लिन सक्छन् । त्यसैले लागूऔषधका लागि यो मुलुक कम पैसामा पनि यौन सेवा लिने उद्देश्यले पर्यटक पुग्ने गर्दछन् ।
उपभोक्ता हेन्डसम छ र ऊसँग भाउ घटाउने राम्रो खुवस् छ भने कोलम्बियाली यौनकर्मीले ज्यादै कम मूल्यमै सेवा उृपलब्ध गराउने गरेको धेरै पर्यटकको अनुभव छ । कोलम्बियाली युवती ज्यादै सुन्दर हुन्छन् । त्यसैले पनि त्यहाँको यौनबजार दिनदिनै चर्चित बन्दै गएको छ ।
इन्डोनेसिया
बढी संख्यामा बालबालिका संलग्न भएको यौन बजारमध्ये इन्डोनेसिया पनि एक हो । त्यहाँको यौन बजारमा विदेशी पनि आकर्षित भएपछि इन्डोनेसियाली सरकारलाई यौनकर्ममा बालबालिकाको संलग्नता रोक्न ज्यादै अप्ठेरो भएको छ ।
इन्डोनेसियामा यौन व्यवसाय कानुनी रुपमा वर्जित छ । नैतिक दृष्टिकोणले समेत यसलाई ज्यादै तल्लो स्तरको पेशा मानिन्छ । यति हुँदाहुँदै पनि विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने स्तरमा यहाँको यौन बजारको विकास भएको छ । कानुनी रुपमा बन्देज लगाइएकाले यहाँका यौन व्यवसायीले सामाजिक सञ्जाल तथा वेबसाइटको बढी प्रयोग गर्ने गरेका छन् ।
स्पेन
स्पेशनका म्याड्रिड, बार्सिलोनाजस्ता सहर यौन सन्तुष्टि खोज्नका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । यहाको नाइटलाइफ ज्यादै भब्य छ । देहव्यपारलाई कानुनी मान्यता दिइएकाले युरोपभरी स्पेन प्रमुख सेक्स गन्तव्य बन्न पुगेको छ ।
म्याड्रिडमा रहेको रेड लाइट एरियामा विभिन्न ठाउँबाट मानिस सजिलै आउन सकून भनेर बाटोघाटोको राम्रो व्यवस्था मिलाइएको छ । स्पेनको यौन बजारमा स्पेनीभन्दा बढी दक्षिण अमेरिकन नागरिक सक्रिय छन् । त्यमध्ये प्राय: सबै महिला छन् ।
थाइल्यान्ड
थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । thai-bar-girlsसमलिंगीका लागि समेत त्यहाँ खुल्ला छ ।
बैंककको पताया र पतपाङमा यौनकर्मी बढी केन्द्रित छन् । नग्न नृत्य, पूर्णयौन सुविधा लगायत ििवभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम ‘न्यड शो’ चलिरहेको देख्न पाउछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यलयमा दर्ता भएका छन् र उनीहरु नियमित कर तिर्छन् । त्यसैले उनीहरुको स्वास्थ्य र सुरक्षमा सरकारले चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो ।
kathmandutoday.com भिडियो हेर्न तल क्लिक गर्नुहोस

ऋुतु महासेठ । २० वर्षको लाउलाउँ खाउँखाउँको उमेर । जनकपुर तुलसियाहीबाट काठमाडौंमा पढ्दै थिइन् ।
विद्यालयसमेत सँगै भएका उनीहरु मिल्ने साथी थिए पप्पु पूर्वे । मायाप्रेम थियो, उनीहरुको । केही वर्षअघि पप्पु वैदेशिक रोजगारीका लागि बिदेशिए ।


पप्पु विदेशिएपछि पनि ऋतुको पढाइमा कुनै कमी आएन । पढाईमा अब्बल रहेकी उनी काठमाडौंको मैतीदेवीमा होस्टलमा बसेर पढ्दै थिइन् । तर, दुई जनाको सम्बन्धमा भने केही समयदेखि दरार उत्पन्न भएको थियो ।

२०७१ साल मंसिर २० गते बिहान ११ बजेतिर गुहेश्वरीमा साथी गीताको बिहेमा जाँदै गर्दा सेतोपुल नजिकको पेट्रोल पम्पमा पप्पु राक्षस भएर निस्किए । अनुपा र कञ्चन नाम गरेका दुई जना साथीसँगै रहेकी ऋतुलाई ‘धोकेबाज’ पप्पुले लगातार पाँच पटक छातीमा छुरी धसे ।

छातीमा छुरी धसिएकी ऋतुलाई तत्कालै उद्दार गर्न प्रहरी आएन । ऋतुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल लगियो । उपचार सम्भव भएन । लगत्तै शिक्षण अस्पताल महाराजगन्ज लगियो । केहीबेरमै उनलाई चिकित्सकलाई मृत घोषणा गरे । अनलाइन दैनिक बाट साभार  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

प्राय महिला र केहि पुरुषहरु समेत सेक्सका क्रममा आवाज निकाल्ने गर्दछन् । हाम्रो परम्परागत नेपाली समाजमा भने प्राय महिलाले चाहेर पनि आवाज निकाल्ने हिम्मत गर्दैनन् । तर अव समय परिवर्तनन भएको छ र सेक्स आधारभुत आवश्यक्ता हो र यसबाट आनन्द महसुस गर्नु कुनै अपराध होइन भन्ने मान्यता विकसित हुने क्रममा छ । धेरै माहिलाहरू सेक्सका क्रममा निकालिने आवाजलाई स्वभाविक र सन्तुष्टीको अभियव्यक्ति भन्ने गरेका छन् कति पयले आवाज निकाल्दा आनन्दको सिमा अझै बढ्ने गरेको अनुभव सुनाउँछन् ।sex first भर्खरै गरिएका केही खोजहरुले पनि सेक्सका क्रम निकालिने आवाजलाई फाइदाजनक भनिएको छ ।लिड्स यनिुभर्सिटीले गरेको एक खोजमा ७६ प्रतिशत भन्दा बढी महिलाहरु सेक्सका दौरान आवाज निकाल्ने गरेको तथ्याङ बाहिर निक्लिएको थियो भने अधिकांश महिलाहरुले आवाज निकाल्दा बोरडम कम हुने, कमजोरी हट्ने र आनन्दको महसुस हुने अनुभव बताएका थिए । त्यसैगरि आवाज निकाल्दा आफ्नो सेक्स पार्टनर अझैं उत्साहित हुने र चाँडै सन्तुष्ट हुन सकिने पनि केही महिलाहरु बताएका थिए । लिड्सले गरेको यो खोजमा ८ हजार भन्दा बढि महिलासंग प्रत्यक्ष कुराकानी गरिएको थियो । केही विशेषज्ञहरुले पनि आवाज निकाल्नुलाई सुचना आदानप्रदानको रुपमा हेरेका छन् । उनीहरुका अनुसार आवाज निकाल्नु भनेको सेक्सको लागि तयार रहेको र मज्जा आएको कुरा आफ्नो पार्टनरलाइ बताउनु पनि हो।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

मुम्बइ । सलमान खानसँग हिन्दी फिल्म ‘दबंग’ मा काम गरेर चर्चामा आएकी अभिनेत्री सोनाक्षी सिन्हा पशुपतिनाथ दर्शनका लागि नेपाल आउने भएकी छिन् ।
सोनाक्षी अभिनित फिल्म ‘एक्सन ज्याक्सन’को विषेश प्रदर्शनपछि जुम टिभीको प्लानेट बलिउड कार्यक्रमसँग कुरा गर्दै उनकी आमा पुनमले सोनाक्षी नेपाल आउन लागेको जानकारी दिएकी हुन् ।




धार्मिक स्वभावकी सोनाक्षी अभिनेता सत्रुघन सिन्हाकी छोरी हुन् । आउँदो क्रिशमसको छुट्टीमा उनी नेपाल आउने तयारी छ ।
पछिल्लो समय बलिउडका कलाकार नेपाल आउनेक्रम निकै बढेको छ । मंसिर २७ गले कपिल शर्मा र सोनु निगम काठमाडौ आउने भएका छन् भने पछिल्लो तीन महिनाको अवधिमा सुस्मिता सेन, रबिना टण्डन, अक्षयकुमार, आमिर खान लगायत थुप्रै कलाकार नेपाल आएका छन् । एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नयाँदिल्ली । बलिउड सुपर स्टार सलमान खान बारेको मुद्दा अहिले अदालतमा विचाराधिन अवस्थामा छ । केही वर्ष पहिले उनको कारको ठक्करबाट एक जनाको ज्यान गएको र चार जना घाइते भए पछि उनले अदालतमा मुद्दा खेप्दै आएका हुन् । हाल यसैमा व्यस्त देखिन्छन्, त्यसैले उनलाई लगानी गर्ने निर्माता तथा निर्देशकहरु यो कुराप्रति त्रसित देखिन्छ । सलमानले फिल्म तथा थुप्रै विज्ञापनहरु खेल्ने सम्झौता अनुुसार यस अघि नै झण्डै ७ सय करोड बराबरको भारतीय रुपैया लिइसकेको स्रोतलाई उद्धद गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सलमानलाई अदालतले सजाय दिने सम्भावना उच्च रहेकोले सलमानसँग जोडिएको व्यक्तिहरु यो समय निकै तनाव रहेको समाचारमा जनाईएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सेक्सका बारेमा अनौठा कुराहरु दिन प्रति दिन सार्वजनिक भइरहेको हुन्छन् ।

युवा र तन्नेरीको सेक्सका कारण सुत्न नसकेको र उनीहरुलाई सेक्ससोमनिया रोग लाग्ने गरेको देखिएको एक अध्ययनले जनाएको छ । अध्ययनले वयस्कहरुको निन्द्रालाई प्रभावित पार्ने प्रमुख कुरा सेक्स जनाएको छ । यसलाई 'स्लिप सेक्स' भनिन्छ । जसलाई सेक्ससोमनिया पनि भनिन्छ । यो रोग लागेपछि मानिसले निन्द्रामै पनि सेक्स गर्दछ ।
उसले सुतिरहेको अचेत अवस्थामा पनि सेक्स सम्वन्धि क्रियाकलाप गर्दछ । 'स्लिप सेक्स' रोग लागेका मानिसले सँगै सुतेको व्यक्तिसंग अचेत अवस्थामै सेक्स सम्वन्ध राख्न सक्ने भएकाले सेक्स सम्वन्धी दुर्घटना जस्तै बलात्कार, दुर्व्यवहार समेत हुन सक्ने अध्ययनकर्ताले बताएका छन् । यसले पार्किनसन, डिमेन्टिया, न्याक्रोलेप्सी देखी ब्रेन ट्युमरसम्म अवस्थामा पुर्‍याउने खतरा समेत रहेको हुन्छ । जसका कारण यो रोग लागेको शंका हुनासाथ डाक्टरहरुकहा पुग्नुपर्ने विज्ञले औल्याएका छ-
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

एजेन्सी । अजय देवगणले १०० करोड क्लबमा शाहरुख खानलाई जित्ने अनुमान गरिएको छ ।
फिल्म व्यापार विश्लेषकका अनुसार शुक्रबारदेखि प्रदर्शनमा आएको प्रभु देवा निर्देशित मसलेदार फिल्म ‘एक्सन ज्याक्सन’ले १०० करोड क्लबमा पुग्ने आशा गरेका छन् ।
हालसम्म अजय र शाहरुख अभिनित ५–५ चलचित्र १०० करोड क्लबमा परिसकेका छन् ।


अजयको ‘सिंघम रिटन्र्स’, सन अफ सरदार, गोलमाल ३, सिंघम र बोल बच्चन १०० करोड क्लबमा परिसकेका छन् । एक्सन ज्याक्सनले १०० करोड क्लबमा पुग्न सफल भयो भने शाहरुखलाई पछार्ने छन् ।
शाहरुखको चेन्नइ एक्प्रेस, ह्याप्पी न्यू इयर, रा वन, जब तक है जान, र डन २ लगायत १०० करोड क्लबमा परेका छन् ।
१०० करोड क्लबका बादशाह सलमान खान रहदै आएका छन् । उनको ७ फिल्मले १०० करोड भन्दा बढि कमाइसकेका छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक आतंकवादी संगठनले डरलाग्दो धम्की दिएको छ । पाकिस्तान र भारतको सीमा क्षेत्रमा ८० जना भन्दा बढीको ज्यान जाने गरी गराइएको विष्फोटको जिम्मा लिएको एक आतंकवादी संगठनले प्रधानमन्त्री मोदीलाई हत्याराको सज्ञा दिँदै त्यसको बदला लिने चेतावनी दिएको छ ।

पाकिस्तानी आतंकवादी संगठन तहरीक-ए-तालिबान पाकिस्तान जमात अहरारका प्रवक्ता एहसानुल्लाह एहसानले टि्वटरमा मोदी सयौं मुसलमानको हत्यारा भएको आरोप लगाउँदै कश्मिर र गुजरातका जनताले उनीसँग बदला लिने चेतवनी दिएका हुन् ।



पाकिस्तानमा आक्रमण गर्न सक्ने आफूहरुले भारतमा पनि त्यस्तै आक्रमण गर्न सक्ने चेतावनी समेत उनले दिएका छन् ।

यो चेतावनीपछि मोदीको सुरक्षा ब्यवस्था कडा तुल्याएको छ भने भारतभरी सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस अघि पनि यो संगठनले थुप्रै आक्रमण र हत्या गरिसकेको छ । एजेन्सी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

एजेन्सी ।
ब्राजिललाई विश्वमै मोडेलहरुको राजधानी मानिन्छ । हुन पनि चल्तीमा रहेका र सेक्सी छवि बनाएका मोडेलको क्रेजको कुनै सीमा नै हुँदैन ।

त्यसैले मोडेलहरु आफ्नो शारीरिक सुन्दरताका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन् ।

सुन्दर र आकर्षक देखिनु उनिहरुको पहिलो चाहना हुन्छ । यस्तो चाहनाले ब्राजिलकी सुपरमोडल एन्ड्रेसा उराजको अस्पताल बास हुन पुगेको छ ।

सन् २०१२ मा मिस बुमबुममा दोस्रो स्थान हासिल गरेपछि ब्राजिलको रंगीन संसारमा छाएकी उनी टेलिभिजन रियालिटी स्टारमा साथै सफल महिला व्यवसायी पनि हुन् ।

२७ वर्षीया एन्ड्रेसा जति सुन्दर र सेक्सी छिन्, त्यसमा अझ निखार ल्याउन प्लास्टिक सर्जरी गर्ने क्रममा सर्जरी बिग्रिएपछि उनी अस्पताल भर्ना भएकी हुन्

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

बलिउडमा सलमान खानको विवाहको चर्चा संभवत सबै भन्दा बढी चर्चा भएको विषय मध्य एक हो । उनले कहिले विवाह गर्लान भन्ने विषयमा उनका फ्यानलाई सँधै चासो छ ।
 उनकी पूर्व प्रेमिका क्याट्रिना कैफसँग ब्रेकअप पछि उनको कुनै त्यस्तो लामो सम्बन्ध कुनै पनि सुन्दरीसँग बनेको चर्चा सुनिएको छैन । यद्यपी उनका नाम धेरैसँग जोडिए ।
salman khan with dadहालै मात्र मुम्बइमा आयोजित एक कार्यक्रममा सलमानका पिता सलिम खानले छोराको विहेको विषयमा आफूलाई कुनै पनि प्रश्न नसोध्न आग्रह गरे । उनी पनि सलमानको विवाहबारेको प्रश्नबाट निककै दिक्क भएको प्रष्ट देखिन्थ्यो ।
 सलमान खान अव ५० वर्ष पुग्न लागिसक्दा पनि विवाहको चर्चा भने सँधै ताजा छ । उनले केही समय अघि मात्र बहिनी अर्पिताको विवाह गरिदिएका थिए ।source:nepaliheadlines

आमिर खानको नयाँ फिल्म 'पीके' को नयाँ गीत ‘नङ्गा पुङ्गा’ दोस्त रिलिज भएको छ । यो गीतको बोल नै रोचक छ ।

श्रेया घोषालले आवाज दिएको यो गीतमा स्वानन्द किरकिरेको रचना छ । यो गीतमा रहेको एक डाइलगले यो फिल्मको नाम पीके रहनुमा आमिर खान जड्याहा हुनु भन्ने बुझिन्छ ।
anushka amir
गीतमा अनुष्काले एक बुँद पनि नपिउनेलाई किन पीके भनेको होला भनेर समेत सोधेकी छिन् । by nepali headlines

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

जेलमा रहेका बलिउड नायक सञ्जय दत्त फेरि एक पटक बाहिर आउन चाहन्छन । उनले जेल प्रशासनसँग १४ दिनको छुट्टी मागेका छन ।


उनलाई छुट्टी किन चाहियो भन्ने कुरा बाहिर आएको छैन तर पनि यसले यस्तो संकेत देखाएको छ कि सञ्जय अभिनित फिल्म 'पिके' छिट्टै नै रिलिज हुने तयारीमा रहेको छ र उनीले यस फिल्मको प्रमोसन गर्न चाहेको बताइन्छ ।


सञ्जय दत्तको १९९३ मा सिरियल ब्लास्ट भएको बेला गैरकानूनी रुपमा हतियार राखेको आरोपमा ५ वर्षको जेल सजाय सुनाइएको थियो । जस मध्ये १८ महिना उनले पहिला नै जेल सजाय भोगिसकेका छन ।

सञ्जय २०१३ देखि मे १४ सम्म १ सय ८ दिन जेल बाहिर रहेका थिए । अन्तिम पटक भने उनी गत डिसेम्बरमा पत्नी मान्यतासँग विरामी भएको कारण जेलबाट ३० दिनको छुट्टीमा बाहिर आएका थिए । एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एक उत्साहित भाउजुको किसले देवरको विवाह मण्डपमै टुटेपछि जन्ती बेहुली बिनै फर्केको छ । भारतको अलिगढमा एक युवकको विवाह मण्डपमै यसकारण टुट्यो कि उनकी भाउजुली सबैका सामु देवरलाई किस गरिन् ।
दुलहा–दुलहीको कुराकानी सामाजिक संजाल साइटबाट सुरु भएको थियो। कुरा अघि बढ्दै जाँदा उनीहरु एकअर्कालाई मन पराउन थाले, दुवैले विवाहको कुरा घरपरिवारमा पनि चलाए । परिवार राजी भयो, विवाहको दिन पनि तय भयो, तर, बेहुलाकी उत्साही भाउजुको एक किसले दुवैको विवाह नै टुट्यो।
बरमालाको विधि पूरा गर्ने क्रममा जसै बेहुलीले बहुलालाई माला लगाइन् भाउजुले मण्डपमै पुगेर देवरलाई चुमिन । कुरा यतिमै मात्र पनि सीमित रहेन । चुम्बनलगत्तै भाउजुले आफ्नो देवरलाई तानेर डान्स गर्नका लागि लगिन्। डान्स सुरुभयो । बेहुलाले पनि भाउजुका साथ फ्लोरमा जमेर डान्स गरे। यो देखेर बेहुलीका परिवारजन भड्किए । उनीहरु गुनासो गर्न लागे।
त्यसपछि दुवै परिवारबीच बहस सुरु भयो। बहस यति बढ्यो कि विवाहमा आएका पहुनाहरु सबै घर फर्किए ।तर, बेहुलीका परिवारजनले बेहुलालाई बन्धक बनाए । धन्न दोस्रो दिन उनका परिवारजनले बेहुलाको सकुशल उद्धार गरेर घर लगे । तर, सामाजिक संजालबाट सुरु भएको प्रेम भने विवाह मण्डपमा पुगेर तोडियो।एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस :

एजेन्सी । नृत्य राजकुमारी बलिउड अभिनेत्री माधुरी दीक्षित–नेनेलाई एक युवाबाट धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
२३ वर्षीय प्रविनकुमार प्रधानलाई मुम्बई अपराध महाशाखाले पक्राउ गरेको हो । प्रधानले मागेको जति रकम बैंकमा डिपोजिट नगरे छोराछोरीलाई मार्ने सन्देश पठाएका थिए ।
माधुरीलाई ४ वटा सन्देश पठाएको समाचारहरुले बताएका छन् । तर म्यासेजबाट पठाएको हो वा ‘वाट्स एप’ बाट पठाएको भन्ने बारेका निश्चित हुन सकेका छैनन् ।
एउटा सन्देश ग्याङस्टार छोटा राजन समूहको सदस्य भएको भन्दै आरोपीले पठाएको पाइएको छ ।
आरोपी युवा मुम्बईको रेष्टुरेन्टमा काम गर्ने र छोटा राजनको सदस्य रहेको बताइएको छ ।
प्रहरीले यो घटनाको छानबिन गरिरहेको जानकारी दिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

आफ्नो चिच्याउने बानीलाई निरन्तरता दिने निधोमा पुगेकी ५३ वर्षकी ती महिलाले खुलस्त रुपमा भनेकी छिन्, ‘मैले जे गरेकी छु त्यो सबैले गर्नुपर्छ ।’ घटना बेलायतको हो । सण्डरल्याण्डकी बासिन्दा क्यारोलिन कार्टराइटले आफ्नो लोग्ने स्टीभसँग सम्भोग गर्दा निकै चिच्याउने गरेका कारण छिमेकीहरुलाई सहिसक्नु भएन र प्रहरीलाई खबर गरे ।




 झण्डै ३० पटकसम्म प्रहरी उनको घरमै आएर चुपचाप सेक्स गर्न भनि सम्झायो, तर उनले टेरिनन् । अन्ततः उनी विरुद्ध अदालतमा मुद्दा पर्यो । अदालतले उनलाई सम्भोगका बेला चिच्याउन प्रतिबन्ध नै लगाउने आदेश गरेको छ । नचिच्याउन भनि पटक पटक गरेको आदेश अटेर गरेपछि उनी विरुद्ध अदालतले प्रतिबन्धात्मक आदेश नै गर्नुपरेको हो ।

यसअघि उनलाई केही समय जेल पनि हालियो । उनलाई अदालतले गैर सामाजिक चरित्र देखाएको भनि ४ वर्षे प्रतिबन्धको फैसला गरेको छ । तर उनी अदालतको यो फैसला मान्ने पक्षमा छैनिन् । उनी भन्छिन्, ‘मैले जे गरिरहेको छु, त्यो तपाइँहरुले पनि गर्नुपर्ने कुरा हो । केवल मज्जाको लागि । मज्जाले बग्नुहोस् ।’ आफ्नो ३८ वर्षे लोग्नेसँग आफ्नै घरमा मज्जाले सेक्स गर्न पाउनुपर्ने आफ्नो अधिकार रहेको उनी बताउँछिन् । ठूला ठूला अपराधीलाई पक्रिन छाडेर प्रहरीले आफुलाई पक्रिनमा समय खर्चिएको भन्दै उनले आलोचना समेत गरेकी छिन् ।

www.onlinekhabar.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

शरीरका विभन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।


 जसले व्यक्तिको चरित्र संकेत गर्दछ । त्यसमध्ये कोठी पनि एक हो । शास्त्रमा शरीरको कुन अंगमा कोठी भए के फल प्राप्त हुन्छ भन्ने उल्लेख छ।
 शास्त्र अनुसार कम्मरमा कोठी भएका व्यक्तिले जीवनमा धेरै दुःख झैल्नु पर्दछ । पेटमा कोठी हुने उत्तम भोजन भोगी हुन्छ र उसलाई त्यस्तो अवसर पनि प्राप्त भइरहन्छ । जसको पिठ्युँमा कोठी छ, उसले जीवनभर धेरै यात्रा गर्दछ ।


 दाहिने गोडामा कोठी हुने मानिस बुद्धिमान हुन्छ । त्यस्तै देब्रे गोडामा कोठी हुनेको खर्च धेरै हुन्छ । गर्धनमा कोठी छ भने त्यो व्यक्ति आराम भोगी हो भन्ने थाहा हुन्छ र उसले त्यस्तो अवसर पनि पाउछ ।

 नाकमा कोठी हुने व्यक्ति जीवनमा कुनै न कुनै कारणले धेरै यात्रामा निस्कनुपर्ने हुन्छ । दाहिने हत्केलामा कोठी हुने व्यक्ति बलवान हुन्छ । बायाँ हत्केलामा कोठी छ भने धेरै खर्च गर्ने स्वभावको हुन्छ ।



 निधारमा कोठी हुने व्यक्ति बलवान हुने शास्त्रको मान्यता छ । जिउँडोमा कोठी हुने व्यक्ति आफ्नी प्रेमिकालाई धेरै माया नगर्ने स्वभावको हुन्छ । दाहिने आँखामा कोठी हुनेले भने आफ्नी प्रेमिकालाई धेरै माया गर्छ । यदि दायाँ आँखामा कोठी छ भने प्रेमिकासँग झगडा परिरहन्छ, दाम्पत्य जीवन पनि सुखी हुँदैन ।

 दाहिने गालामा कसैको कोठी छ भने उ निकै धनवान हुन्छ । बायाँ गालामा कोठी छ भने चाहिँ उसको खर्च बढी हुन्छ । ओठमा कोठी हुने व्यक्तिको स्वभाव यौनको विषयमा सोचिरहने हुन्छ । कानमा कोठी हुनु भनेको अल्पायुको संकेत हो ।

 दाहिने पाखुरामा कोठी हुनु मानप्रतिष्ठा मिल्ने संकेत हो जसले समाजमा उच्च स्थान प्राप्त गर्छन् । तर, बायाँ पाखुराको कोठी भने झगडालु स्वभावको संकेत हो ।

 दाहिने छातीमा कोठी हुने स्त्री निकै प्रेम गर्ने स्वभावको संकेत गर्दछ । उनीहरु आफ्ना पत्नीलाई धेरै माया गर्छन् । तर, बायाँ छातीमा कोठी छ भने स्त्रीसँग कुनै न कुनै कुरामा झगडा परिरहन्छ ।  एजेन्सी । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बलिउड अभिनेता सलमान खानले रक्सी खाएर गाडी चलाएको पुष्टी भएको छ । १२ वर्ष अघि मुम्बइको एक सडकमा गाडी चलाउँदा सलमानले चलाएको गाडीले हानेर १ जनाको मृत्यु भएको मुद्धाको सुनुवाइका क्रममा उनले रक्सी खाएर गाडी चलाएको पुष्टी भएको हो ।


सलमानमाथि १२ वर्ष अघिको घटना सम्बन्धि मुद्धामा बुधबार सुनुवाइ भएको थियो ।
सलमान खानमाथि १२ वर्ष अघि मुम्बइको फुटपातमा कारले एक ब्यक्तिलाई हानेको र उनको मृत्यु भएपछि भागेको आरोप लागेको छ ।


१ जनाको मृत्यु र ४ जना घाइते भएको उक्क घटना सम्बन्धि मुद्धा अहिले पनि चलिहरेको छ । मुद्धामा दोषी ठहर भएमा सलमान जेल जान सक्छन् । एजेन्सी 
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौ–विहीवार विहान ८.५२ बजे । फेसबुकमा एउटा संदेश आयो ‘के सधैभरी यस्तै खुसीयालीको क्षण रहला ? तर म तिमीलाई कहिले पनि छोड्दिन, मेरो बिचारमा यो प्रेम हो ।’ यो संदेश अरुको नभई नेपाली नायिका नीता ढुंगानाको हो । उनले आफ्नो प्रेमीसहितको तस्विर सार्वजनिक गर्दै यस्तो फेसबुक सन्देश पोष्ट गरेकी हुन् ।



नेपाली नायिकाहरु चलचित्रमा जम्न छोडेपछि चर्चापनि सेलाउने गर्दछ । तर कतिपय नायिका भने चर्चा रहीराख्न आफ्ना प्रेमीको तस्विर फेसबुकमा सार्वजनिक गर्दै प्रेमको घोषणा गर्ने गरेका छैन । केही दिनअघि प्रेमी नायक अमेश भण्डारीको तस्विर सार्वजनिक गरेकी नीताले विहीबार फेरी अर्काे तस्विर सार्वजनिक गर्दै प्रेमको गहिरो सम्बन्ध देखाएकी छिन् ।

नायिका निषा अधिकारीले क्रिकेटर शरद भेषवाकरलाई आफ्नो ब्वायफ्रेण्ड भन्दै तस्विर सार्वजनिक गरेदेखि सवै नेपाली नायिकाले त्यसको सिको गर्न थालेका छन् । एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बलिउड स्टार अक्षय कुमारले बलिउडलाई भारतीय प्रहरीलाई विगारेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिब्यक्तिलाई कडा जवाफ दिएका छ्न् । अक्षयले फिल्ममा कुनै पनि कालाकारले खेलेको भूमिका केवल मनोरञ्जनका लागि मात्र हुने र त्यसलाई गम्भिर बनाउन नहुने बताएका छन् ।

अक्षयले मोदीले सिनेमाले पुलिसको छवि विगारेको भन्दै कडा टिप्पणी गरेपछि यस्तो जवाफ दिएका हुन् ।




केही दिन अघि प्रधानमन्त्री मोदीले बलिउडका सिनेमाले भारतीय प्रहरीलाई खराव मात्र देखाएको टिप्पणी गरेका थिए । समाज निर्माणमा फिल्मको भूमिका महत्वपूर्ण हुने भन्दै मोदीले सिनेमालाई सकारात्मक कुरामा जोड दिनु पर्ने बताएका थिए ।

बुधवार मुम्बइमा फिल्म ‘बेबी’ को ट्रेलर लन्च गर्दै अक्षय कुमारले फिल्म केवल मनोरञ्जनका लागि मात्र बनाइने बताए । यसलाई असाध्यै गम्भिर बनाउन नहुने उनको भनाइ थियो । एजेन्सी

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

चलचित्र समाजको ऐना हो । चलचित्रमा देखाइएका कतिपय दृश्यहरुले वास्तविक जिवनमा पनि गहिरो असर पर्न सक्छ । जस्को परिणाम कुनै बेला नकरात्मक पनि हुन सक्छ । हालै मात्र जर्जियामा यस्तै घटना घटेको समाचार छ ।

जर्जियामा एकै परिवारका दाजु बहिनीले हलिउड फिल्म ‘द नोटबुक’ हेरेपछि सहवास गरेका छन ।  चर्चित प्रेम कहानीमा आधारित  फिल्म द नोटबुक हेरेपछि ती दाजु बहिनीले मन थाम्न सकेनन् र चर्चको बाहिर पट्टी यौन सम्पर्क गरे ।फिल्म हेरेपछि टिमोथी र क्रिष्टोफर नामका यी दाजुबहिनीले चर्च बाहिर ३ पटक यौन सम्पर्क गरेको बताइएको छ । हाल उनीहरुलाई प्रहरीले पक्राऊ गरेको छ । 

एकै परिवारका २५ वर्षका टिमोथी साभोइ र २० वर्षकी उनकी बहिनी क्रिष्टोफरले यौन सम्बन्ध राखेको फेला पारेपछि प्रहरीले पक्राउ गरेको बेलायती पत्रिका मेट्रोको अनलाइन संस्करणले जनाएको छ । राजमार्गमा हिँडीरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुले नजिकैको चर्चबाहिर पट्टी यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएर कारवाही थालेको छ । द नोटबुक सन् २००४ मा रिलिज भएको प्रेम कहानीमा आधारित हलिउडको चर्चित चलचित्र हो । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

काठमाडौं । बेला बेलामा उत्तेजक तस्वीर सार्वजनिक गराएर चर्चामा आइ रहने रोल्पाली गायिका ज्योती मगरले फेरी अर्को हर्कत गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् त्यस्तो हर्कत गरेकी हुन् । उनले आफ्नो फेसबुक पेजमा घोप्टो परेर सुतेको फेटो पोस्ट गर्दै भनेकी छन् –‘म बिन्दाश सुत्छु अब’ केही समय अघि आफ्नो स्तनको मुल्य सोध्दै फोटो पोस्ट गरेकी उनले त्यस पछि ऐतिहासीक धरोहरमा पुगेर फोटो खिचाएकी थिइएन्

ज्योतीको पछिल्लो फोटोमा भने उनी घोप्टो परेर सुतेको र ढाड देखाएको अवस्थामा छिन् ।
ज्योतीले पछिल्लो समय वक्षस्थल खुल्ला राखेर हिडेको भन्दै उनको चर्चा र आलोचना हुने गरेको छ ।
उनलाई गायिका भन्दा बढी अंग प्रदर्शन गर्ने गरेको आरोप लाग्ने गरे पनि उनले त्यसलाई अस्विकार गर्दै आइरहेकी छन् । एजेन्सी

आफ्नी श्रीमतीको सेक्सप्रतिको आशक्तिका कारण श्रीमान निकै तनावमा परेका छन् । उनको यो आशक्तिबाट छुटकारा पाउनका लागि श्रीमानले अनेकौँ उपायहरुको खोजी गर्दै हिँडेका छन् ।
श्रीमानको आरोप छ कि उनकी श्रीमती उनीसँग हदभन्दा बढी सेक्स गर्दथिन् । पिडित पतिले अन्ततः अदालतको ढोका ढक्ढकाए र सम्बन्धविच्छेदको लागि पहल गरे । भारतका ‘फेमिली कोर्ट’का न्यायाधिस लक्ष्मीकान्त रावका अनुसार श्रीमती अदालतमा पेश भएकी छैनन् । अदालतले यसैको आधारमा श्रीमानको समस्यालाई सहि मान्दै सम्बन्धविच्छेदको लागि अनुमती दिएको छ ।

कामुक औषधी खुवाउँथिन् श्रीमती

श्रीमानले अदालतलाई बताए अनुसार उनकी श्रीमती उनीसँग सेक्स गर्नका लागि निकै दबाब दिने गर्दथिन् । उनी श्रीमानलाई कामुक औषधीहरु सेवन गरेर सेक्स गर्न दबाब दिन्थिन् । श्रीमानले यो पनि आरोप लगाए कि उनकी श्रीमती अप्राकृतिक यौन सम्बन्ध बनाउनका लागि पनि दबाब दिने गर्दथिन् जुन निकै पिडादायी हुने गर्दथ्यो । श्रीमानले भने कि उनी तीन शिफ्टमा काम गर्नेे गर्दथे र निकै थकित हुने हुँदा उनी श्रीमतीले चाहेजस्तो लगातार सेक्स गर्न सक्दैनथे । श्रीमानले एक पटक श्रीमतीलाई कुनै मनोवैज्ञानिककोमा उपचार गर्न जान पनि आग्रह गरेका थिए ।

धेरै सेक्स नगरे म कोही अरुसँग सेक्स गर्न जान्छु

अदालतलाई यो पनि बताइएको छ कि महिलाले पतिलाई धम्की पनि दिने गर्दथिन् । उनको श्रीमतीले उनलाई यदि उनको चाहना पुरा नगरे उनी सेक्स गर्न अरु कसैकोमा जाने धम्की दिने गरेको श्रीमानले बताएका छन् । लगातार बिरामी हुने हुँदा डाक्टरहरुले उनलाई सेक्सबाट केहि दिनको लागि टाढा बस्न निर्देशन दिए पनि उनी भने श्रीमतीका कारण कहिले पनि सेक्सबाट अलग्गिएर बस्न नसकेको जानकारी दिए । (एजेन्सी)


भिडियो हेर्न तल क्लिक गर्नुहोस : भिडियो हेर्न तल क्लिक गर्नुहोस :

नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ । बास्तु शास्त्रमा जीवनलाई सुखी र समृद्धशाली बनाउने अचूक उपायहरुको उल्लेख गरिएको छ । नूनले खानाको स्वाद बढाउन मात्र होइन तपाइँको भाग्य पनि चम्काउन सक्छ भन्ने चाँहि थाह नहुन सक्छ ।  तपाइँको घरमा बास्तुदोष छ भने त्यसको उपचार केवल केही कचौरा नूनले गर्न सकिन्छ । तर यस्तो नून भने समुन्द्री नून नै हुनु पर्छ । बाथरुममा केही कचौरा नून राख्नुस् तपाइँको घरमा रहेको बास्तु दोष मेटिन्छ । तर हरेक महिना कचौरामा रहेको नून परिवर्तन गर्नु पर्छ ।




हाम्रो वरपर सकारात्मक र नकारात्मक गरी २ प्रकारका शक्ति हुन्छन् । यसको प्रभाव हाम्रो जीवनमा सिधा पर्छ । बास्तु शास्त्र यही सिद्धान्तमा आधारित छ । घरमा धेरै सदस्यको सोंच नकारात्मक छ भने सो घरमा शान्ति हुन कठिन हुन्छ ।
bathroom salt 1
नूनमा यस्तो अदभुत शक्ति हुन्छ जसले त्यस्ता नकारात्मक शक्ति नष्ट गरिदिन्छ । त्यसका साथै घरको दरिद्रता नष्ट हुने र लक्ष्मी प्रशन्न हुने समेत बास्तु शास्त्रको दावी छ । बाथरुममा नून राख्दा असफलताको अन्त्य हुने र सफलता शुरु हुने समेत विश्वास छ ।

नून पोखिनु अशुभ
हाम्रो परंपरागत मान्यतामा नून पोखिनु राम्रो मानिँदैन । त्यसैकारण नून प्रयोग गर्दा सचेत भएर गर्नु पर्छ । नून पोखिनु नेपाल र भारतमा मात्र होइन युरोपेली देशमा समेत नराम्रो संकेत मानिन्छ ।
bathroom salt 2
खासकुरा के हो भने प्राचिन समयमा नून दुर्लभ हुने गर्थ्यो । रोमान साम्राज्यमा सैनिकहरुलाई तलवको साटो नून दिने गरिन्थ्यो । तलवलाई अंग्रेजीमा स्यालरी भनिन्छ जुन स्याल र सल्टको अपभ्रंस हो । त्यसैले नून खस्नु भनेको भाग्य वा समृद्धीको पतन जस्तै मानिएको हो ।
एजेन्सी 

म २४ वर्षीया अविवाहित महिला हुँ । म पेसाले विद्यार्थी हुँ । मेरो उचाइ ५ फिट ४ इन्च र तौल ४५ किलो छ । म अरू व्यक्तिभन्दा केही पातली नै देखिन्छु, तर कुनै रोग भने छैन । मेरो समस्या भनेको स्तन अति नै सानो र कपासभन्दा नरम हुनु हो । उमेरअनुसार स्तन बढाउन र कडा बनाउन के उपाय गर्नुपर्ला ? अहिलेसम्म कुनै पुरुषले मेरो स्तन छोएको छैन, तर पनि यस्तो नरम र सानो किन छ ? म यो समस्याले निकै चिन्तित छु । यही समस्याले विवाहपछि कतै मेरो घरबार बिग्रने त होइन ?
स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्त्वपूर्ण प्रभाव हुन सक्छ । यससँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिन्छ । कतिपय समाजमा जस्तै हाम्रो समाजमा पनि ठूला र सारो स्तन नै मन पराइन्छ । यसको सौन्दर्यसँग स्तनको आकार तथा आकृति जोडिएकाले यसलाई निश्चित रूप दिन महिलाहरुमा दबाब हुन्छ । यसो हुँदाहुँदै पनि स्तनको आकार ठूलो हुँदैमा बढी र सानो हुँदैमा कम यौनसुख पाइने भन्ने होइन । शारीरिक रूपमा पुरुषले यौनआनन्द पाउन स्तनको आकारको कुनै भूमिका हुँदैन । व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । यसमा भएको तन्तुका आधारमा कुनै ठूलो वा सानो हुनसक्छ । सामान्यतः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्— स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्किन सक्ने गुण, रागरस -हर्मोन) हरूको प्रभाव, स्तनको विकासका क्रममा यसको आकार र कडापनमा परिवर्तन हुन्छ । किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र यति बेला यसका तन्तुहरू निकै खाँदिएको हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जानेे हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्कातर्फ पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्त्वपूर्ण छ । आमा र दिदीहरूको स्तनको आकार-प्रकार धेरै मिल्नुमा वंशाणुगत कारण हुनसक्छ । कडा वा कसिलो स्तन भए पनि बोसोले बनेको हुँदा यो एकदम कडा हुँदैन भन्ने कुरा पनि थाहै होला । तपाईंले आफ्नो स्थानलाई कपाससँग कुन अर्थमा तुलना गर्नुभएको हो, थाहा भएन, खुला कपास कि अन्य ? नेपालमा कपासको सिरानी पनि निकै कडा हुन्छ । पोषणको स्थितिका बारेमा केही कुरा तपाईंले हालको तौल लेख्नुभयो तर पहिले कति तौल थियो भन्ने विषयमा केही लेख्नुभएको छैन । पहिले तौल बढी भएर पछि घटेको स्थितिमा पनि स्तनको आकारमा कमी आउनुका साथै कसिलोपनमा कमी आउन सक्छ अर्थात् नरम हुनसक्छ । तौलमा थोरै उतारचढाव हुँदा पनि स्तनमास्पष्टसँग परिवर्तन नदेखिन सक्छ । तपाईंले अन्य कुनै रोग नभएको कुरा गर्नुभएको छ, त्यसैले एक हदसम्म तपाईंको पोषणको स्थिति असामान्य नहोला । पोषणका बारेमा एक हदसम्म तपाईंको तौलले जनाउ दिन्छ । अब प्रश्न हुनसक्छ, तौल सामान्यभन्दा कम वा बढी भएको कसरी थाहा पाउने ? चार्ट वा तौलका टेबल पनि पाउन सकिन्छ, जसले तपाईंको उचाइअनुसारको तौल छ कि छैन भनेर हेर्न सकिन्छ । हामी शरीरको द्ययमथ ःबकक क्ष्लमभह ९द्यःक्ष्० हेरेर पनि तौल सामान्यभन्दा कम वा बढी भएको निक्र्यौल निकाल्छौं । सामान्यतः हामी वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति ‘बोसो’ भनेर नाप्छौं । यसलाई नै हामी द्ययमथ ःबकक क्ष्लमभह ९द्यःक्ष्० भन्छौं । पद्धतिका पनि आफ्नै सीमितताहरू छन् । यो क्ष्लमभह यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ । यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितीमा ‘मोटो’ भनिन्छ । त्यसैगरी १८ दशमलव ५ भन्दा कम द्यःक्ष् भएको व्यक्तिलाई कम तौल भएको भनिन्छ । तपाईंको उचाइ ५ दशमलव ४ इन्च तथा तौल ४५ किलो छ । त्यसैले तपाईंको द्यःक्ष् यस्तै १७ हुन्छ । यो तौल सामान्यभन्दा कम हो । त्यसैले तपाईंले पोषणमा ध्यान दिनु राम्रो हुन्छ । अति नै कम तौल र यौनजीवन मोटोपनको अप्रत्यक्ष नकारात्मक असर यौन जीवनमा पर्ने कुरा स्पष्ट नै छ । तौल सामान्यभन्दा कम हुँदा पनि त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव यौनजीवनमा पर्न सक्छ । कम तौल हुनुले कुनै किसिमको अस्वस्थताको संकेत गरिरहेको हुनसक्छ । कतिपय व्यक्तिलाई आफ्नो तौल ठीक छ कि छैन थाहा हुँदैन । अति नै पातली वा दुब्ली महिला पनि यौनका दृष्टिकोणले आकर्षक देखिन सक्छन् । अति नै कम तौलले कुनै दीर्घरोग भएको जनाएको हुनसक्छ, जसको प्रभाव सामान्य शारीरिक क्रियाकलापका साथै यौन क्रियाकलापमा पनि पर्ने नै भयो । अति नै कम तौल हुँदा आकर्षण कम हुने वा त्यससँग जोडिएको जीवनशैलीको कुराले सम्बन्ध सुमधुर नहुने स्थिति आइपर्न सक्छ, जसको नकारात्मक असर यौनजीवनमा पर्छ नै । अति नै कम तौल भएको स्थितिमा स्तन कसिलो नहुन सक्छ, जसको यौनजीवनमा पर्न सक्ने समस्याका बारेमा चासो त व्यक्त गर्नुभएको छ, तर अर्को महत्त्वपूर्ण कुरा के भने स्तन सानो भएको स्थितिमा पनि यौनआनन्द प्राप्त गर्न वा स्तनपानमा नकारात्मक असर पार्दैन । समाधानका लागि के गर्नुपर्ला ? यो स्तम्भ नियमित रूपमा पढ्नुभएको छ भने स्तन ठूलो देखाउने तरिकादेखि शल्यक्रियाका बारेमा पक्कै पढ्नुभएको होला । तपाईंको तौल केही बढाउने विषयमा सोच्नु आवश्यक छ । यसका लागि पोषणयुक्त खाना एवं पर्याप्त मात्रामा क्यालोरी खानुपर्छ र यसका लागि व्यायाम पनि आवश्यक हुन्छ । अर्कातिर विशेष गरेर अति नै पातली हुनु भनेको सुन्दरी हुनु हो भन्ने सोच छ भने त्यसलाई त्याग्नुपर्छ । यो पक्कै हो कि कतिपयलाई ठूला स्तन आकर्षक लाग्छन्, तर स्तनको स्पर्शले नै यौन सुख लिन वा दिन सक्छ भन्ने कुरामा केन्दि्रत भै अघि बढ्नुपर्छ । त्यसबाहेक अर्को महत्त्वपूर्ण कुरा के भने सामान्यतः एक सामान्य व्यक्तिको तौल अनि स्तनको आकार आदर्श स्थितिमा नहुन सक्छ । अलिकति तौल बढी वा कम भयो भन्दैमा आनवश्यक रूपमा चिन्ता लिनु हुँदैन । तपाईंको स्तन वा शरीर जस्तो भए पनि तपाईंलाई मन पराउने व्यक्ति संसारमा कतै छन् भन्ने पनि विचार पुर्‍याउनुहोस् ।source:tazakhabar

पूजा–पाठ गर्ने र धार्मिक आयोजनाहरुमा सफल हुनाले तनावको स्तरमा कमी आउने गर्दछ । बेलर युनिभर्सिटीका सोधकर्ताहरुका अनुसार यसको असर अफिसमा मानिसहरुको प्रदर्शनमा पनि देखिने गर्दछ ।

त्यस्ता मानिसहरु काममा ध्यान मात्र लगाउने नभई उनीहरुको उत्पादन क्षमतामा बृद्धि हुनाले प्रोमोसन र तलवमा वृद्धिको सम्भावना बढ्ने बताइएको छ । शोधकर्ताले एक हजार कर्मचारीहरुको कार्य क्षमतामा धर्म या अध्यात्मको असरको बारेमा जाँच गरे ।



भागवानमा विश्वास राख्ने मानिस, नियमित पूजा–पाठमा शरिक हुने र धार्मिक आयोजनाहरुमा खुसी भएर भाग लिने मानिसहरुको आफ्नो व्यवसायिक जीवनमा बढि सफल हुने उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ । यस्ता व्यक्तिहरु आफ्नो मालिकको नजरमा राम्रो छवि बनाउन सफल हुने र आफ्ना सहकर्मीहरुसँगको सम्बन्ध राम्रो हुने बताएको छ ।  एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नवलपरासीको गैंडाकोटस्थित थुम्सीमामा देहव्यापारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट नगरपालिकाको वडा नम्बर–९ थुम्सीमा आफ्नै घरमा किशोरीहरु राखेर
स्थायी रुपमा देहव्यापार गराउँदै आएका सोमबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो । देहव्यापारमा
संलग्न १६र१७ वर्ष उमेर समूहका तीन जना केटीसहित गुरुङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । गुरुङले बर्षैँदेखि नै देहव्यापार गराउँदै आएको स्विकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा बसपार्कमा देहव्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ । पोखरा बसपार्कलाई देहव्यापार गराउने प्रमुख स्थानका रुपमा चिनिन्छ । गुरुङ्गले देहव्यापारबाट नै गैंडाकोट–९ थुम्सीमा घरसमेत बनाएको जनाइएको छ । एक दिनमा कम्तीमा ७ जनासम्म स्थायी ग्राहक आउने गरेको गुरुङले बताएको प्रहरीको भनाई छ । देहव्यापारमा संलग्नहरुलाई आवश्यक कारवाही अगाडी बढाइएको गैंडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिएका छन् । गुरुङको सुविधायुक्त घरमा सिसा लगाइएको र भित्रबाट बाहिरको वातावरण तथा गतिविधि नियाल्न सकिने र प्रहरीको सक्रियताबारे सजग भइ बच्न सकिने गरी घर बनाइएको प्रहरीले जनाएको छ । चितवन र नवलपरासीमा यौन व्यवसाय गर्ने गिरोहहरु थुप्रै रहेको र आफ्नो निजी घरमासोत यस प्रकारका धन्दाहरु सञ्चालन हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले विभिन्न होटल तथा लजहरुबाट एक महिनाको अवधिमा सयौँ यौन जोडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही गरिसकेको छ  भिडियो तल छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसँग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ ।

सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनावारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।
त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँन्नन् । मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ ।

तर चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।

महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् :
१. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।
३.यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

२.महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४.महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन (डेन्टल डाम) लगाउनुपर्छ । किनभने यतिबेला महिलाको शरीर अरु बेला भन्दा कोमल भएको हुन्छ ।

१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पुर्याउने खतरा रहन्छ भिडियो हेर्न तल क्लिक गर्नुहोस :

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget