news and more entertainment

May 2014

Alyssa Funke
अमेरिकाको मिनेसोटाकी एक जना युवतीको सेक्स भिडियोका कारण फेसबुक र ट्वीटरमा आएका प्रतिक्रिया सहन नसकेर आत्माहत्या गरेकी छिन् । १९ वर्षीय एलिसा फंगले सेक्स भिडियोमा अभिनय गरेकी कारण आएका टिप्पणीका कारण आत्माहत्या गरेकी हुन् ।
Alyssa Funke1विश्वविद्यालयमा अध्ययनरत एलिसाले ‘कास्टिङ काउच एक्स’ नामक वेबसाइटका लागि सेक्स फिल्ममा अभिनय गरेकी थिइन् । यो वेबसाइटमा पोर्नस्टार बन्न चाहने युवतीहरुको यौन भिडियो राख्ने गरिन्छ ।
Alyssa Funke4एनेस्थेसियोलोजिस्ट बन्न चाहने एलिसाले आफ्नो सेक्स भिडियोमाथि आएका तिखो आलोचना सहन नसकेर गोली हानेर आत्माहत्या गरेकी समाचारमा जनाइएको छ । सेक्स भिडियोको खबर फैलिएपछि उनका साथीहरुले उनलाई फेसबुक र ट्वीटरमा ‘वेश्या’ लगायतका अपमानजनक टिप्पणी गरेपछि सटगन किनेर नजिकैको पोखरीमा गई एलिसाले आफूलाई गोली हानेर आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।

 म २२ वर्षीया विवाहित महिला हुँ । हामी श्रीमान्–श्रीमतीबीच नियमितरुपमै  यौनसम्पर्क हुने गरेको छ । हामी दुवैको यसमा रुचि छ । मलाई पनि यौन उत्तेजना राम्रै हुन्छ र आनन्दमयी लाग्छ । विवाह भएदेखि यस्तै दुई महिनाअघिसम्म गर्भनिरोधको लागि कन्डमको प्रयोग गरिरहेका थियौं । अब सन्तानको रहर भएकाले कन्डम प्रयोग गर्न छोडेका छौं । तर मैले एक अनौठो समस्याले सताएको अनुभव गरेकी छु । यौनसम्पर्कको दौरानमा उहाँको वीर्य मेरो योनिमा स्खलन भएपछि योनि एकदम पोल्छ । कन्डम लगाउन छोडेपछि यस्तो समस्या भएको हो । यौनरोग हो कि भन्ने शंका लागेको छ, तर हामी दुवैलाई त्यस्तो कुनै लक्षण छैन । यौनसम्पर्क नगरेको बेलामा भने त्यस्तो केही हुँदैन । अर्को कुरा, यौनसम्पर्कपछि कतिपल्ट मलाई शरीरमा डाबर आउने गर्छ र कहिलेकाँही रुघा लागेजस्तै नाकबाट पानी बग्ने गर्छ । यो कस्तो रोग हो ? यसकै कारणले कतै सन्तान जन्माउने कुरामा समस्या त पर्ने होइन ? समाधान कसरी गर्न सकिन्छ ? उचित सल्लाहको अपेक्षामा छु । – राधिका, काठमाडौं


यौनसम्पर्कमा असहज पीडा

हामीलाई थाहै छ, यौनसम्पर्क एक आनन्ददायी क्रियाकलाप हो । यौनसम्पर्कबाट नै शायद मानवले प्राप्त गर्न सक्नेमध्येको चरम आनन्द प्राप्त गर्न सकिन्छ । असीम आनन्द, चरमसुख, स्वर्गीय आनन्दजस्ता कतिपय नामहरू पनि यौनसम्पर्कको यस आनन्दसँग जोडिएका छन् । तर सबै यौनसम्पर्क सुखमय नहुन सक्छ । यौनसम्पर्क किन शारीरिक रुपमा पीडायुक्त हुन्छ त ? त्यसको बारेमा केही कुरा गरौं ।

योनि सुक्खा भएको स्थितिमा यौनसम्पर्क गर्दा पनि पीडायुक्त हुन्छ  र यौनसम्पर्कपछि पोल्ने हुन सक्छ । तपाईंको पत्रमा पर्याप्त जानकारी नभएको हुनाले यसै भन्न सकिने स्थिति भएन । पर्याप्त मात्रामा यौनउत्तेजना नभएको स्थितिमा योनिरस नै आएको हुँदैन । यस्तो स्थितिमा यौनसम्पर्कको घर्षणले पोल्ने समस्या हुन्छ । यौनसम्पर्कको दौरानमा त्यतातिर ध्यान नगएको हुन सक्छ तर सो सकिएपछि पोलेको अनुभव हुन सक्छ । योनिशोथको (सुन्निने) कारणले यस समस्यालाई चर्को गराउन सक्छ । अनावश्यकरुपमा धेरै नै डुस दिएर योनि सफा गर्ने बानी, केही हर्मोनयुक्त औषधिको प्रयोग, योनिमा नङ, अन्य वस्तु वा यौनसम्पर्ककै कारणले हुने चोटपटक पनि यसको कारण हुन सक्छ ।

तपाईंले आफ्नो यौन तथा यौनिकताप्रतिको धारणा स्पष्ट पार्नुभएको छैन । कतिपय स्थितिमा मानसिक कारणले यस्तो पीडाको अनुभव हुने सम्भावना पनि देखिन्छ । यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा पनि यस्तो हुने गर्छ । विशेष गरेर भयातुर वा डर भएको कारणले गर्दा यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशीको संकुचन हुन जान्छ र सो कडा हुन्छ । यस्तो बेलामा यौनसम्पर्क राख्न खोज्दा सो यौनसम्पर्क पीडायुक्त हुन्छ । तपाईंको पत्रको आधारमा कुरा गर्दा आशा गर्दछु कि तपाईंलाई यस्तो केही छैन ।

यौनसम्पर्क राख्दा महिलालाई पोल्ने कारणहरूमा योनिको संक्रमण प्रमुख हुन सक्छ । योनिको संक्रमण जीवाणु वा ढुसी जातिका सूक्ष्म जीवबाट हुन सक्छ । यसले गर्दा योनिशोथ  गराउन सक्छ । यस्तो बेलामा अस्वाभाविक योनिश्राव हुन्छ र चिलाउने पनि हुन्छ । त्यसबाहेक यौनरोग हुने सम्भावना पनि त्यत्तिकै छ । यसको लक्षण नभएको कुरा लेख्नुभएको छ । श्रीमान्–श्रीमतीको बीचमा बाहेक अन्य कसैसँग यौनसम्पर्क नै नभएको स्थितिमा यौनरोग बाहिरबाट सर्ने भएन । तर शंका भएमा चिकित्सकबाट दुवैको परीक्षण तथा उपचार एकैसाथ गर्नुपर्छ । किनकि कतिपय स्थितिमा यौनरोग भए पनि लक्षण नदेखिन सक्छ ।


वीर्यको एलर्जीको सम्भावना

तपाईंको पत्रमा भएको सीमित जानकारीका आधारमा तपाईंलाई वीर्यको एलर्जी हुन सक्ने बलियो सम्भावना छ । कन्डमको प्रयोग गर्दा यसरी नपोल्ने तर योनिमा वीर्य स्लखन हुँदा पोल्ने, वीर्यको एलर्जीको कारणले नै भएको हुन सक्छ ।

यसरी वीर्य स्खलनपछि योनि पोल्ने समस्या विरलै (एक प्रतिशत) मात्र हुने गर्छ । त्यसो भए पनि यस्तो समस्या भएका महिलालाई शारीरिक तथा मानसिकरुपमा निकै असहज परिस्थिति हुने गर्छ । कसै–कसैलाई त यौनसम्पर्कपछि केही घन्टासम्म नै यस्तो असजिलो परिस्थिति बेहोर्नुपर्छ । तपाईंलाई थाहा नै होला कि वीर्य तपाईंको शरीरका लागि बाहइ् वस्तु हो । बाहइ् वस्तु शरीरमा प्रवेश गरेपछि त्यसले शरीरमा केही परिवर्तन ल्याउँछ नै । तपाईंको सन्दर्भमा तपाईंको योनिको वातावरणलाई यसले केही भए पनि परिवर्तन गर्छ । यस्तो कुराले योनिशोथलाई बढावा दिन सक्छ ।

वीर्यमा भएको प्रोटिनसँगको एलर्जी प्रतिक्रियालाई नै वीर्यसँगको एलर्जी भनिन्छ । हुन त वीर्यमा भएको कुनै पनि प्रोटिनको एलर्जी हुन सक्छ । चिकित्सा क्षेत्रमा वीर्यको एलर्जी भन्नाले human seminal plasm protein hypetsensitivity (SPH) भन्ने बुझिन्छ । यो समस्या १ प्रतिशत जति जोडीमा हुने देखिएको छ । कन्डमको नियमित प्रयोग भएको स्थितिमा यो समस्या नदेखिएको हुन सक्छ । तुलनात्मकरुपमा विरलै हुने भए पनि यो विशेषतः महिलामा मात्र हुने समस्या हो ।

कुनै–कुनै अवस्थामा श्रीमान् वा पुरुष साथीले प्रयोग गरेको औषधि, खाना वा पेयपदार्थमा कुनै एलर्जी गराउने वस्तु छ भने त्यसले पनि एलर्जी गराएको हुन सक्ने सम्भावना हुन्छ ।

वीर्यको एलर्जीको लक्षण

समयावधि वा तीव्रता  वीर्यको सम्पर्कमा आएको केही बेरपछि योनि तथा योनिक्षेत्रमा पोल्ने, चिलाउने, सुन्निने अनि रातो हुने हुन सक्छ । गम्भीर किसिमको एलर्जी भएको स्थितिमा भने शरीरमा डाबर आउने अनि सास फेर्न नै गाह्रो हुन सक्ने स्थिति पनि आउन सक्छ ।


वीर्य योनिको सम्पर्कमा आउँदा मात्र होइन, अन्य अङ्गमा जस्तै कि मुख वा छालामा पर्दा पनि वीर्यको एलर्जी हुन सक्छ । तपाईंको श्रीमान्को वीर्य यसरी अन्य अङ्गमा पर्दा पनि एलर्जी हुने समस्या छ वा छैन, नलेख्नुभए पनि पक्कै तपाईंलाई थाहा होला । यस्तो हो भने तपाईंको समस्या वीर्यको एलर्जीले हो भन्न सकिने बलियो आधार रहन्छ ।

वीर्यसँगको एलर्जी भएका महिलामध्ये आधाजसो महिलामा अन्य एलर्जी पनि हुन सक्छ । यस्तै पाँच जनामा दुई जनालाई पहिलो यौनसम्पर्कबाट नै लक्षण देखिन थाल्छ र समय बित्दै जाँदा एलर्जी कडा तथा चाँडो–चाँडो देखिने हुन्छ । लक्षण सामान्यतया ३० मिनेटभित्र देखिइसक्छ तर केही परिस्थितिमा केही घन्टा वा दिनपछि पनि देखिन सक्छ ।

समस्याको समाधान

यौनसम्पर्कपछि यौनआनन्दको मजामा सुस्ताउनुको सट्टा यसरी पीडा भोग्नुपर्दा निकै असजिलो महसुस गर्नुपर्ने हुन्छ । यसको समाधानका लागि मुख्य कुरा वीर्यको प्रत्यक्ष सम्पर्कमा आउने स्थिति कम गर्नु हो । त्यसैले आवश्यकता नपरेसम्म वीर्य स्खलन पनि सीधै योनिमा नपार्दा समस्या कम गर्न सजिलो हुन्छ । यसका लागि सबैभन्दा राम्रो उपाय कन्डमको नियमित प्रयोग गर्नु नै हो । तपाईंलाई थाहै होला, कन्डमले यौनरोगका साथै गर्भनिरोधको पनि काम गर्छ । यौनसम्पर्कको बेलामा वीर्य स्खलन हुँदा योनिको बाहिर, अनुहार, हात वा तीघ्रा, जता वीर्य परेको भए पनि नरम हातेरुमाल वा कपडाले त्यसलाई तुरुन्त पुछ्ने गर्नु सहयोगी हुन्छ । गम्भीर किसिमको एलर्जी हुने स्थितिमा चिकित्सकको सल्लाहमा तपाईंले इन्जेक्सन लिनुपर्ने स्थिति पनि हुन सक्छ ।

यो समस्या कम गर्न desensitization गर्नुपर्ने हुन्छ । यसका लागि एक विधि अपनाइन्छ, जसलाई  Intravaginal Seminal Graded Challenge (ISGC)  भनिन्छ । यसको लागि योनिमा एकदमै पातलो बनाइएको वीर्यको केही मात्रा राखिन्छ र बिस्तारै मात्रा बढाउँदै लगिन्छ । यस परीक्षणमा केही घन्टा लाग्न सक्छ । यस्तै २० मिनेट जतिमा वीर्यको नयाँ मात्रा थपिन्छ । त्यस बेलासम्म मात्रा थपिन्छ जबसम्म महिलाले त्यसलाई सहन सक्ने हुँदैन । यसबाट वीर्यको कति मात्राले ती महिलालाई बढी असर गर्छ भन्ने थाहा हुन्छ । वीर्यको थोरै मात्रा भएको इन्जेक्सन छालामुनि दिने विधि पनि छ । यसबाट पनि परीक्षण गर्न सकिन्छ ।

प्राकृतिकरुपमै desensitization  लाई कायम राख्ने हो भने निय िमतरुपमा यौनसम्पर्क राख्ने सल्लाह दिइन्छ । यसको लागि कम्तीमा पनि ४८ घण्टामा एकपल्ट यौनसम्पर्क राख्नुपर्ने हुन्छ ।

वीर्यको एलर्जीले सन्तान जन्माउन बाधा गर्छ कि ?

वीर्यको एलर्जी हुनुको प्रत्यक्ष सम्बन्ध सन्तान जन्माउन नसक्नेमा हुँदैन । यो कुरा पक्कै हो कि यौनसम्पर्क राख्नासाथ एलर्जीको कारणले पीडा वा असजिलो हुने हुँदा यौनसम्पर्कबाट नै परहेज गर्ने स्थिति भने आउन सक्छ । त्यसै गरी समस्या समाधान गर्ने एक विधिको रुपमा नियमित कन्डमको प्रयोग गरिरहेको स्थिति पनि हुन सक्छ । यस्तो परिस्थितिमा वीर्यमा भएको शुक्रकीट र डिम्बको
मिलन हुन पाउँदैन ।

तर प्रत्यक्षरुपमा सन्तान नहुनुको कारण वीर्यको एलर्जी हो भन्नचाहिँ मिल्दैन । विभिन्न उपायले शुक्रकीट र डिम्बको मिलन गराएमा सन्तान जन्माउन सकिन्छ । वीर्यको एलर्जीको समस्या भएर यौनसम्पर्क हुँदा असजिलो भएको स्थितिमा पनि कृत्रिम गर्भाधानको सहयोगमा गर्भधारण गर्न सकिने प्रविधिको विकास भइसकेकोले चिन्ता लिनुपर्ने देखिँदैन ।

२०७१ जेठ १८ गते
मानिसहरु एकपटक धेरै कुरा गर्न रुचाउँछन् । जसलाई मल्टि टास्किङ पनि भनिन्छ ।
हुनसक्छ तपाईको पनि कुनै कार्यक्रम वा मिटिङमा भएको बेला मोबाइलको मेसेज पढने बानी या यस्तै यस्तै अन्य कुनै लत हुनसक्छ । या तपाईं केही न केही नगरी बस्नै नसक्ने खालको हुनुहुन्छ । तर, केही मानिसको यस्तोसम्मको लत हुन्छ कि, जो सेक्स सम्बन्धका बेला समेत फेसबुक चलाइरहन्छन् ।
हो, कन्डम बनाउने एउटा कम्पनीले गरेको सर्भेमा छ प्रतिशत मानिसले सेक्स गर्ने बेलामा फेसबुक चेक गर्ने गरेको जवाफ दिएका छन् । यति मात्रै होइन, १२ प्रतिशत मानिसले त सेक्स गरिरहेको बेला फोन आउँदा उठाएर जबाफ फर्काएको समेत बताएका छन् । १०० मा १० प्रतिशत मानिसले चाँहि सेक्सको समयमा मोबाइलमा कसैको म्यासेज आएमा पढ्ने गरेको बताएका छन् ।
हुनसक्छ, फोन कल र म्यासेज कहिलेकाँही साह्रै महत्वपूर्ण हुन्छ । सेक्सको बेलामा पनि फोन रिसिभ गर्नु र म्यासेज पढ्नुलाई खासै बेठीक नमानिएला । तर, फेसबुक ! यो त कुनै गम्भीर चीज होइन । जसको अपडेट सेक्सपछि हेर्दा पनि के फरक पर्छ र ? तर मानिसलाई लत लागेपछि के गर्नु ?

एक युवती हरेक दिनजसो बारमा जान्थिन् । कुनै अपरिचित पुरुषसँग कुराकानी गर्थिन् । त्यसको केही समयपछि उनी त्यही पुरुषसँग ओछ्यानमा हुन्थिन् । यस्तो अजीवको दैनिकी भएकी युवती थिइन्– ब्रिटेनकी सेई कोलाड ।उनको यो दैनिकी केही दिन या महिनाको मात्र होइन । १३ वर्षसम्म यस्तो दैनिकी कायम गरिन् उनले । अहिले ३५ वर्ष भइसकेकी सेईलाई १७ वर्षको उमेरदेखि नै यौनको लत लागेको थियो । त्यसैवेलादेखि उनले विभिन्न पुरुषसँग सम्बन्ध राख्न थालिन् । १९ वर्षको उमेरसम्ममा सेईले ४० पुरुषसँग शारीरिक सम्बन्ध राखिसकेकी थिइन् । आफूले जीवनमा तीन सय ७० पुरुषसँग यौनसम्बन्ध राखिसकेको उनी बताउँछिन् ।त्यसो त कुमारित्व गुमाउँदा उनी मात्र १३ वर्षकी थिइन् । उनी भन्छिन्, ‘त्यसैवेला म गर्भवती भएँ । त्यसले मलाई निकै चिन्तित बनायो । आखिर १४ वर्षको उमेरमै मैले छोरी जन्माएँ । मेरो समय निकै खराब हुन थाल्यो ।’

छोरी जन्मेको ६ हप्तापछि सामाजिक संगठनले हेरचाहमा मद्दत त गरे, तर सानै उमेरमा आमा बनेपछि उनको बालापन नै गुम्यो । त्यसमाथि उनी परिवारसँग बस्ने वातावरण बन्न सकेन । त्यसैले १६ वर्षको उमेरमा छोरी साराका साथ उनले घर छाडिन् । तर, छोरीले मात्र उनको एक्लोपना हटेन । त्यसले उनलाई निकै दु:खी बनायो । एक्लोपनाबाट मुक्त हुने बाटो खोज्दै एउटा हाउजिङ सोसाइटीमा बस्न पुग्दा उनको उमेर १७ वर्षको थियो । त्यहाँ सेईले ३१ वर्षीय पल भेटिन् र उनलाई ब्वाइफ्रेन्ड बनाइन् । आफ्नो एक्लोपनाको अन्त्य हुने विश्वासमा पलसँग यौनसम्बन्ध राख्न थालिन् । तर, पनि उनको एक्लोपना हराएन । सेई भन्छिन्, ‘मलाई अत्यधिक सेक्सको आवश्यकता पथ्र्यो । सेक्सले मात्रै राहत महसुस हुन्थ्यो । जब सेक्स गर्न पाउँदैनथेँ, आत्मविश्वास नै गुमाउँथेँ । त्यसले मलाई दु:खी र ‘डिप्रेस्ड’ बनाउँथ्यो । त्यसैले म छिटोभन्दा छिटो सेक्स गर्न चाहन्थेँ ।’
त्यसपछि उनी पललाई झुक्याएर हप्तामा एकपटक पब जान थालिन् । उनी त्यहाँ भेटिएका अपरिचितसँग सम्बन्ध बनाएर यौनसम्बन्ध राख्थिन् । पछि त यस्तो सिलसिला बढ्न थाल्यो । यसबीचमा उनले ब्वाइफ्रेन्डसँग बफादार हुने निकै कोसिस त गरिन् । तर, उनलाई दिनमा चारदेखि पाँचपटकसम्म सेक्स गर्ने लत लागिसकेको थियो । उनको ब्वाइफ्रेन्डबाट त्यो सम्भव थिएन ।
त्यसैले जब उनी ‘सेक्सुअल फ्रस्टेसन’ महसुस गर्थिन्, तब बाहिर गएर आफ्नो प्यास मेटाउँथिन् । यसरी उनले ब्वाइफ्रेन्डलाई निकैपटक धोका दिइन् । त्यसबीचमा उनी गर्भवती बनिन् । त्यसले उनलाई दु:खी बनायो । किनकि, उनी अर्को बच्चाको हेरचाह गर्न सक्ने अवस्थामा थिइनन् । त्यसैले उनले गर्भपतन गर्ने निर्णय लिइन् । उनलाई त्यो बच्चा कसको हो भन्ने पनि थाहा थिएन । त्यसैले पललाई पनि बताइनन् ।
उनी त्यसवेलासम्म चाहन्थिन् कि पलसँगको सम्बन्ध कायम रहिरहोस् । तर, त्यो सम्भव भएन र उनीहरूले अलग हुने फैसला गरे । त्यसवेला उनी १९ वर्षकी भएकी थिइन् ।
सेई भन्छिन्, ‘सेक्स एडिक्सनले मलाई बेहोसी नै बनाउँथ्यो । मेरो एक्लोपनाको उपचार सिर्फ सेक्स थियो ।’ उनले बताएअनुसार जतिखेर चाह्यो त्यतिखेर सेक्सका लागि उपस्थित हुने पाँचजना पुरुष उनको सम्पर्कमा थिए । त्यसका साथै उनले धेरै अपरिचितसँग यौनसम्बन्ध बनाइन् । उनी बारमा जान्थिन् । त्यहाँ भेटिएको कुनै पुरुषलाई नजिक बनाउँथिन् र यौनको प्रस्ताव राख्थिन् । उनी यौनकलामा पोख्त थिइन् । त्यसले उनको यौनसाथी पनि सन्तुष्ट हुन्थे ।
उनी हरेक रात बाहिर जान्थिन् । त्यसवेला छोरीलाई घरमा थुनेर राख्थिन् । उनको दिमागमा केवल यौन मात्रै आउँथ्यो । २२ देखि ३० वर्षको उमेरबीच उनको जिन्दगी यसरी नै चल्यो । त्यस अवधिमा उनको जीवन लथालिंग र बदनाम भइसकेको थियो । उनमा यौनलत नराम्ररी हाबी भइसकेको थियो । उनी हप्तामा पाँचदेखि ६ जनासँग सम्बन्ध राख्थिन् ।
२६ वर्षको उमेरमा उनी फेरि गर्भवती भएकी थिइन्, तर गर्भपतन गराइन् । त्यसपछिका दिनमा उनी कुनै पनि पुरुषका साथ जान्थिन् । पहिले रक्सी पिउँथिन् अनि यौनसम्बन्ध राख्थिन् ।
त्यसैबीचमा उनले म्यानेजमेन्ट कन्सल्टेन्टको काम पनि गरिन् । तर, उनी आफैँ अचम्ममा पर्छिन् र भन्छिन्, ‘त्यसवेला मैले कसरी काम गरेँ होला ?’ किनकि, उनलाई जब यौनको भोक लाग्थ्यो, बिरामी नै पर्थिन् र अफिस पनि जाँदिनथिन् ।
उनले आफ्ना कैयौँ सहकर्मीका साथ पनि यौनसम्बन्ध राखिन् ।
उनी २९ वर्षको हुँदा घरको भाडा तिर्न नसकेर निकालिइइन् । त्यसवेलासम्म छोरीलाई पनि उनीबाट अलग्याएर परिवारका साथ पठाइसकिएको थियो । तर, त्यसपछि उनको जीवनमा यस्तो घटना भयो, जसले उनको जिन्दगी बदल्यो । सेई बताउँछिन्, ‘म एउटा साथीको घरमा बसेकी थिएँ । त्यहाँ ‘द सिक्रेट’ नामको डकुमेन्ट्री हेर्ने मौका पाएँ । त्यसमा यौनको लतबारे बताइएको थियो । त्यसपछि मैले आफूमा साँच्चै समस्या रहेको थाहा पाएँ ।’ त्यसपछि उनलाई लाग्यो, आफ्नो यौन लत छुटाउन जरुरी छ । सेईले यौन लतको भासबाट उत्रिनेबारे त्यसअघि कहिल्यै सोचेकी थिइनन् । त्यो लतबाट छुटकारा पाउन सक्छु भन्ने थाहा पाउँदा उनी ३० वर्षकी भइसकेकी थिइन् । त्यसवेलासम्म उनको हालत निकै नराम्रो भइसकेको थियो । त्यसैले पनि उनलाई सहयोगको आवश्यकता थियो ।
त्यसमा उनको साथीको सहयोग मिल्यो । र, पछिल्लो चार वर्षमा सेईको जीवन निकै बदलिसकेको छ । यस अवधिमा उनी यौनको लत छुटाउन दिइने कैयौँ प्रशिक्षणमा सहभागी भइसकेकी छिन् । त्यसका लागि १२ चरणको कार्यक्रममा पनि सामेल भइन् । उनी अहिले चार वर्षभित्र आफूमा आएको परिवर्तन ‘सेलिब्रेट’ गरिरहेकी छिन् । सेई भन्छिन्, ‘मलाई सेक्सको यस्तो लत लागेको थियो कि विनापुरुष सुत्न नै सक्दिनथेँ । तर, पछिल्लो चार वर्ष उनको यस्तो लत रोकिएको छ । उनले त सोचेकी पनि थिइनन्– उनी यो लतबाट मुक्त हुन्छिन् भनेर । यस अवधिमा कैयौँपटक सेक्सको तल–तल लागे पनि उनले सेक्स गरिनन् । त्यसपछि त बिस्तारै उनी लतबाट मुक्त हुँदै गइन् । अहिले त उनी सामान्य जीवन बाँचिरहेकी छिन् ।

पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्चको हुन्छ । – अण्डकोषको आकार २ इञ्च लम्बाई, ५ X२ X३ सेमि हुन्छ । देब्रे अण्डकोष तल हुन्छ भने दाहिने अलिक ठुलो हुन्छ । – सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ । – योनिको झिल्ली (हाइमन) को बाक्लोपन ०.०५ देखि ०.१० इञ्च हुन्छ ।पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ । – वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन् । – एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन् । स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ । – एकपटक स्खलित वीर्य ४ मिलिलिटर अर्थात् १ चियाचम्चा हुन्छ । पुरुषमा अर्गाजम (चरम आनन्द) को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ ।

१७ जेठ, एजेन्सी ।
इण्डोनेसियाकाो माउन्ट सेन्ग्याङ अपी ज्वालामुखी पहाडबाट धुवाँको मुस्लो निस्केपछि उत्तरी अष्ट्रेलियाको डार्विन शहरबाट हुने हजारौं हवाइ उडान रद्ध गरिएको छ । शुक्रवारबाट निस्कन थालेको धुवाँको मुस्लो र खरानी अष्ट्रेलिया तर्फ उडिरहेका कारण उडानहरु रद्ध गर्नु परेको अधिकारीहरुले बताएका छन् ।




अष्ट्रेलियाका क्वान्तास, जेष्टार, भर्जिन अष्ट्रेलिया लगायतका हवाइ सेवाले आफ्ना उडान रद्ध गरेका छन् । त्यसै गरी अष्ट्रेलियाबाट इण्डोनेशियाको बाली तर्फ जाने उडान पनि प्रभावित भएका छन् ।

अधिकारीहरुले अव अन्य विमानस्थल समेत प्रभावित हुने सम्भावना रहेको बताएका छन् । विमान सेवा अवरुद्ध भएपछि हजारौं यात्रुहरु विभिन्न विमानस्थलमै अलपत्र परेका छन् ।

ज्वालामुखी विष्फोटनको दर बढिरहेको र लावा र खरानी निस्कने क्रम जारी रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । 

 
rajesh hamal at australiaनेपाली सिनेमा उद्योगमा प्रवेश गरेको २५ औं बर्षगाँठ र आफ्नो ५० औं जन्मदिन मनाउन राजेश हमाल अष्ट्रेलिया पुगेका छन् ।
केही दिनअघि मात्र बिबाह बन्धनमा बाँधिएका राजेश बिहे पार्टी सकिएपछि अष्ट्रेलियातिर लागेका हुन् ।
नेपाली टचले आगामी जुन ८ तारिख सिड्नीमा आयोजना गरेको बिशेष कार्यक्रममा उनी सहभागी हुनेछन् । जहाँ उनलाई सम्मानसमेत गरिने छ ।
युगदेखि युगसम्म फिल्मबाट नेपाली सिने उद्योगमा प्रवेश गरेका हमालले अहिलेसम्म करिव २ सय ५० फिल्ममा अभिनय गरिसकेका छन् । नेपाली सिने उद्योगले उनलाई महानायकका रुपमा सम्मान गरिसकेको छ ।
कार्यक्रममा सहभागी हुन हमालसँगै गायक राजेशपायल राई र गायिका अन्जु पन्त पनि अष्ट्रेलिया पुगेका छन् ।
उनीहरु त्यहाँ १५ दिनसम्म रहने बताइएको छ ।

यदि तपाईलाई ‘सेक्स’को फाइदा खुसी र केही क्षणको सुख मात्रै हो भन्ने लागेको छ,तपाईको लागी केही खुराक छन जसले तपाईको सोच बदलिदिन sexxसक्दछ।स्वास्थ्यको हिसावले युवा अवस्थामा सेक्स गर्नु राम्रो र निरन्तर सेक्स गर्नु झनै राम्रो मानिन्छ।
नियमित सेक्सका अनगिन्ति फाइदाहरु छन,यहाँ नियमित सेक्स गर्न पर्ने कारणहरु प्रस्तुत गरिएको छ…
१. सेक्सले पार्छ हृदय रोग चट्
भर्खरै गरिएको एक अध्ययनमा हप्तामा २ पटक सेक्स गर्ने पुरुषमाथी हृद्यरोगको खतरा महिनामा मात्र एक पटक सेक्स गर्ने भन्दा कम देखिएको छ।
२. रोगप्रतिरोग क्षमता बढाउँछ
सेक्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (IgA)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ।
३.तनाव गर्दछ कम
नियमति सेक्सले तनाव कम गर्नमा महत्वपुर्ण भुमिकाले खेल्ने कुरा नयाँ खोजमा पत्ता लागेको छ।
४.आयु बढ्दछ
सेक्समा सन्तुष्टी प्राप्त गरेपछि डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग गर्दछ।
५. रक्त सञ्चार राम्रो बनाउँदछ सेक्सको क्रममा शरिरका प्रत्येक अंगमा ताजा रगतको सञ्चार हुन्छ जसले शिरिरमा स्फूर्ती ल्याउँछ।.
६. निद्रा लाग्दछ
७.शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ
८.ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँ
९.दुखाइ पनि कम गर्दछ

एजेन्सी -  यो कुराले सवैलाई आश्चार्यचकित पार्न सक्ला तर यौन सम्पर्कको सवैभन्दा आदर्श लम्बाई भनेको १० मिनेटको हो । हरेक पुरुष तथा महिलाहरुमा दश मिनेटको यौन सम्पर्क नै सवैभन्दा उत्तम हुने कुरा एक अध्ययनले देखाएको छ ।
मानिसहरुलाई यौन सम्पर्कका बेलामा लामो समय भएन भन्ने चिन्ताले सताइरहेको बेलामा यो अध्ययनले धेरैलाई खुसी पार्ने भएको छ ।
अधिकांस मानिसमा यौन सम्पर्कको लम्बाई लामो हुनु पर्छ भन्ने भ्रम छ । तर वास्तवमा त्यस्तो होइन ।
सोसाइटि फर सेक्स थेरापि एन्ड रिसर्चका ५० अनुसन्धानकर्ताले हालैमात्र गरेको एक अध्ययनले एक देखि दुई मिनेटको यौनसम्पर्कको समयलाई साह्रै छोटो र त्यस्तो यौनसम्पर्कले खुसी नदिने तथा आनन्द पनि नदिने देखाएको छ भने तीन देखि सात मिनेटसम्मको सम्पर्कलाई मध्ययमस्तरको अर्थात केही हदसम्म सन्तुष्टी लिने समुहमा राखेको छ । यसैगरी, अध्ययनले १३ मिनेटभन्दा माथिको सम्पर्कलाई अत्याधिक लामो यौन क्रियाकलापको संज्ञा दिएको छ ।

सेक्स थेरापिष्टहरु नै सहभागि भएको अनुसन्धानले सात मिनेट देखि १३ मिनेटसम्मको यौन सम्पर्कलाई एकदम राम्रो सम्पर्क समय रहेको जनाएको छ । जसमा पनि नौ मिनेट देखि ११ मिनेटसम्मको यौन सम्पर्क चरमउत्कर्षका लागि उपयुक्त समय रहेका र १० मिनेटको सम्पर्क सबैभन्दा आदर्श र चरम आनन्ददायि समय रहेको उल्लेख गरेका छन् । अनुसन्धानमा सहभागि एक सेक्स थेरापिष्ट भन्छन ‘दशमिनेटको हाराहारीमा यौन सम्पर्क राख्ने जोडि भनेको आदर्श जोडि हुन र उनिहरुले हरेक पटक यौन सम्पर्कबाट चरम आनन्द प्राप्त गर्न सक्ने छन् ।’ उनका अनुसार मानिसहरुमा जाति लामो समयसम्म यौन सम्पर्क राख्नसक्यो त्यति धेरै राम्रो हुनछ भन्ने भ्रम रहेको हुन्छ ।
अनुसन्धानमानै सहभागि अर्का अनुसन्धानकर्ता एरीक कोर्टेका अनुसार अधिकासं पुरुष तथा महिलाहरु रातभरीको यौन क्रियाकलापमा सहभागि हुन चाहन्छ र धेरैले त्यसै अनुरुप पनि गर्छन । तर त्यस्तो खालको यौन सम्पर्कले त्यस्ता जोडिहरुमा झन समस्या ल्याउने गरेका छ । ‘मलाई लाग्छ रातभरीको यौन क्रियाकलापमा सहभागि हुनुपर्छ भन्ने भ्रम रहेकाहरुलाई यो अनुसन्धानले यौनको आनन्द उठाउन र सुखमय जिवन विताउन सहयोग पुग्ने छ ।’

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर पछिल्लो पटक गरिएको शोधमा 
नियमित यौन सम्पर्क गर्दा विभिन्न फाइदा हुने देखाएको  छ ।
 आउनुस् जानौं नियमित सेक्स गर्दा हुने फाइदा के के छन् ।

माइग्रेनबाट मुक्तिः

नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको  छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।


ब्लड प्रेशरः
उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ ।  नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।
प्रोस्टेट क्यान्सरः नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

मोटोपनबाट मुक्तिः

मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ  छ ।

हृदयघातबाट कम खतराः

नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन का संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

प्रकृतिमा बाबु विनानै सन्तान उत्पादन गर्ने धेरै प्रजातिका प्राणि छन् । आखिर प्रकृतिमा चलिनै रहेको यो क्रिया मानव जीवनमा चाँहि किन हुन नसकेको होला ? बैज्ञानिकहरुले यो प्रश्नको खोजी गरिरनैरहेका छन्

आमा बन्न महिलालाई यसै पनि सहज विषय होइन । तर उनीहरु पुरुषविना आमा बन्न सक्दैनन् । महिलाले चाहेको समयमा पुरुष विनानै सन्तान जन्माउन सक्ने भए धेरै झन्झटबाट मुक्त हुन्थे होला । तर महिलालाई गर्भवती बन्न पुरुषको स्पर्म चाहिन्छ नै ।
१० वर्ष अघि जापानी शोधकर्ताहरुले २ आमा भएको तर बाबु नभएको एक मुसा पैदा गरेका थिए । उनीहरुले २ पोथी मुसाको तन्तुबाट नयाँ मुसा पैदा गरेका थिए ।
बैज्ञानिकहरु महिलाको स्टेमसेलबाट स्मर्म पैदा गर्न सकिने बताउँछन् । तर बेलायतको युनिभर्सिटी अफ शेफिल्डका चिकित्सक प्रजनन विशेषज्ञ डा. अलान पेसी यो प्रक्रिया सहज प्रक्रिया भन्छन् ।
विभिन्न जल र थल प्राणिहरु मैथुन विना नै सन्तान उत्पादन गर्छन् जहाँ भालेको भूमिका नै हुँदैन ।
यसकारण सिद्धान्ततः कुनै महिलाले पुरुषसँगको संसर्ग विना नै सन्तान उत्पादन गर्ने कुरा सोंच्न सकिएपनि यसको परिणाम र प्रभाव भने आँकलन गर्न कठिन छ ।
चिकित्सकहरुका अनुसार यसरी प्रयोगशालाको बलमा सन्तान उत्पादन गर्दा सन्तानमा शारीरिक र मानसिक समस्या हुने विकलाङ्ग सन्तान जन्मिने सम्भावना बढी हुन्छ ।
युरोपका कतिपय राजपरिवारमा यसरी प्रयोगशालाको बलमा जन्माइएका सन्तानहरु विकलाङ्ग भएका   थिए ।

तर सुदुर भविष्यमा बिज्ञानको विकाश हुँदै जाँदा सन्तान जन्माउनका लागि पुरुषको आवश्यकता नै नपर्ने र मैथुन प्रणालीबाट हुने प्रजननको अन्त्य हुने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

(एजेन्सी)–भारतीय अभिनेता एवं लोकसभाका सांसद सत्रुघ्न सिन्हाले भाजपाका नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीलाई मोदी सरकारबाट अलग राखेकोमा असन्तुष्टी व्यक्त गरेका छन् । उनले भनेका छन, ‘आडवाणी र जोशी कुनै पनि पदका लागि योग्य छन् ।’
अभिनेता सिन्हाले सरकारमा सहभागी गराउन कथित ७५ वर्षे हदवन्दीप्रति असहमती जनाएका छन् । ‘७५ वर्षको उमेर हदबन्दीसँग म सहमत छैन । अनुभव क्षमता ठूलो कुरा हो । पार्टीमा धेरै वरिष्ठ नेता छन् जो ४५ वर्षका नेताभन्दा तेज छन्’, उनले भने । लालकृष्ण आडवाणी र जोशी दुबै प्रतिभाशाली भएको र जुनसुकै पनि पदका लागि योग्य भएको उनले बताए ।


काठमाण्डौ, १७ जेठ । हरेक समाजको आफ्नै नियम हुने गरेका छन् । सेक्सलाई लिएर कतिपय समाज खुल्ला छ भने कतिपय समाजमा यसलाई तल्लोस्तरको कुरा गरेको भन्ने गरिन्छ ।


तर विश्वमा यस्ता राष्ट्रहरु पनि छन् जहाँ सेक्सबारे व्यवहारिक पढाइ नै हुन्छ । चर्चा हो अस्ट्रियाको राजधानी भियनामा रहेको एक विद्यालयको । केही बर्षदेखि चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो ।

स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यस स्कुलले व्यवहारिक रुपमै सेक्सबारे जानकारी दिने बताउँदै आएको छ । सुन्दै अचम्म लाग्ने के छ भन्दा विद्यालयको गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक शैक्षिक सत्रको १४०० बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ ।

यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो विद्यालयमा रहेको होस्टेलमा केटाकेटीहरु सँगै बस्नुपर्ने नियम रहेको छ । उनीहरुको लागि बेग्लै बस्ने सुविधा रहेको छैन ।

यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

 
suvekshya-hot
काठमाण्डौ बाहिर सोलो रिलिज भएपछि निर्मात्री शुभेच्छा थापाको चलचित्र ‘मिस नेपाल’लाई फाइदा भएको छ । विभिन्न स्क्यान्डलका बाबजुत पनि यो चलचित्र काठमाण्डौ बाहिरका अधिकांश हलमा प्रदर्शनमा आएको हो ।
जेठ १६ गते काठमाण्डौ बाहिरका हलमा लागेको यो चलचित्र जेठ २३ गतेबाट भने उपत्यकाका हलमा लाग्ने वितरक करण क्रेजीले जानकारी दिएका छन् । यो चलचित्र जेठ ९ गतेबाट एकाएक एक साता पछि सरेपछि निर्मात्री थापा र वितरक क्रेजीविच लफडा नै चलेको थियो ।
तर ‘मिस नेपाल’लाई जेठ १६ मा आउँदा फाइदा देखिएको छ । चलचित्रमा सविन श्रेष्ठ, शुभेच्छा थापा र क्षितिजा शाक्यको मुख्य भूमिका छ ।

 
राजेन्द्र कार्की
सोनिका लामा शब्दहरुमा स्वर मात्र दिनु हुन्न । शब्द शब्दलाई बुँन्दै सुन्दर गीतको रचना गर्नु हुन्छ । रचनामा मिठो स्वरको पारख खोज्नु हुन्छ अनि सुरीलो स्वर दिनु हुन्छ । बहुप्रतिभाका धनी सोनीका यसै गर्नु हुन्छ । देब्रे हातको नाडीमा “ सेल्फीस वल्र्ड” अंकित ट्याटु बनाउनु भएकी सोनीको अहिले आएर संसार स्वार्थी होइन रहेछ संसारमा रहने मान्छे स्वार्थी हुँदा रहेछन भन्ने लागेको छ रे ।
10357910_482315341898509_423189813_n
यही स्वार्थी मान्छेहरुको भिडमा रहेर पौंठेजोरी खेल्दा खेल्दै दुइ दर्जन जति शब्दहरुलाई जतनका साथ गीतमा सृङ्गार गर्दै संगीत भर्नु भइसकेकी छिन भने त्यति नै संख्यामा स्वर पनि दिइ सक्नु भइसकेको छ । उहाँको शब्द अनि संगीतबद्ध कतिपय गीतहरु मलिना सोताङ्गले समेत स्वारंकन गरिसक्नु भएको छ । काभ्रको भैसेमा जन्मनु भइकी सोनिकाको एसएलसी सम्मको शिक्षा भने सिन्धुलीको सरस्वती उच्च मावीबाट गर्नु भएको हो । हजुर बुवा सोम बहादुर तामाङगबाट प्रेरित भएर सानै देखि मादल, डम्फु बजाउन सिक्नु भएकी उहाँ भने शौकको लागि मात्र गाउन थाल्नु भएको बताउनु हुन्छ ।
10253249_482315141898529_1248772067_n-1
ब्यावसायीकरुपमा गीत संगीतको क्षेत्रमा लाग्न धेरै नै पापड बेल्ने पर्दछ भन्ने अनुभव सुनाउने उहाँले भने तिन वटा गीती एलबम स्रोता सामुु ल्याइसक्नु भएको छ । आधुनिक लोक दोहरी एल्बमहरु बेसहारा, कस्तो यो जवानी र हाल सालै मात्रै “सोनिको जवानी” स्रोता माझ बजारमा ल्याइसक्नु भएको छ ।

suicide-300x262टोकियो १७ जेठ ।
जापानमा भाषा पढ्न गएका एक नेपाली विद्यार्थीले आत्माहत्या गरेका छन् । भक्तपुर निवासी ति विद्यार्थीले पश्चिम टोकियोस्थित फुस्सामा रुखमा झुण्डिएर आत्माहत्या गरेको बताइएको छ ।
करिब तीन वर्ष अगाडि पढ्न जापान आएका सेन्मोन स्कुलमा अध्ययनरत विद्यार्थी एक सामुदायिक खेल मैदान नजिकै रहेको जंगलको रुखमा झुण्डिएर आत्माहत्या गरेका थिए । झुण्डिरहेको देखेपछि एक बटुवाले प्रहरीलाई खबर गरेका थिए ।
अहिले ति युवकको शव फुस्सा प्रहरीमा राखिएको छ । करिव २ महिना अघिमात्र नेपाल पुगेर फर्किएका उनी केही दिनदेखि तनावमा देखिने गरेको उनका साथीहरुले जनाएका छन् ।
उनको थप विवरण खोजी भइरहेको छ । थप जानकारीका लागि नेपालसन्देश हेर्दै गर्नुहोला

imagesचौतारा, १७ जेठ ।
अवैध रुपमा खासा लान लागेको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक सीमा प्रहरी कार्यालय तातोपानीले पक्राउ गरेको छ ।
काठमाडौँबाट चीनको खासातर्फ जाँदै गरेका हेङजेहङ नाम गरेका चिनियाँ नागरिकलाई १० हजार अमेरिकी डलरसहित नियन्त्रणमा लिएको सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज लामाले बताउनुभयो ।
चिनियाँ नागरिकलाई अमेरिकी डलरसहित आन्तरिक राजस्व विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

imagesइलाम, १७ जेठ ।
इलामको चिसापानी–५ बस्ने १८ वर्षीय जङ्गे भनिने बुद्धकुमार सेञ्चुरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
सोही स्थानकी एक बालिकालाई एक साताअघि जबर्जस्ती बलात्कार गरी फरार रहेका सेञ्चुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरी निरीक्षक कवीन्द्रकुमार कार्कीले बताउनुभयो ।
यसैबीच पशुपतिनगर–९ का भीमबहादुर तामाङको गोठमा रहेका लैना गाई र बाच्छी मारेको आरोपमा पक्राउ परेका सोही स्थानका ताराबहादुर राईलाई जिल्ला अदालत इलामले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
राईले गत जेठ १ गते राति गोठमा बाँधेका गाई र बाच्छीलाई मारेको भन्दै तामाङले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

१६ वर्षको कलिलो उमेरदेखि मोडलिङ सुरु गरेकी केली ब्रुक विभिन्न क्षेत्रमा प्रगति हासिल गर्ने मोडेल हुन् । टेलिभिजन एंकरको काम समेत गरेकी ब्रुकको फिगरको चर्चा मोडेलिङ क्षेत्रमा ज्यादा हुने गरेको छ ।
हालसालै क्यारेबियन बिचमा उनले बिकिनी पोजमा फोटोसुट गराएकी छिन् । फिल्मी क्षेत्रमा पनि उल्लेखनिय सफलता प्राप्त गरेकी केलीको सेक्सी फिगरको चर्चा केही ज्यादै हुने गरेको छ ।
हलिउडमा एक्टिङ तथा आफ्नो लोभ लाग्दो शरिरका कारण पनि उनलाई आफ्नो परिचय बनाउन निकै सजिलो भएको हो ।
X27793248463324_1
X27793248463324_3
X27793248463324_4(1)
X27793248463324_8

एउटा पतिका दुई-तीन वटी पत्नी हुनु सामान्य मानिन्छ र यो हाम्रो समाजमा व्यप्त भएको पाइन्छ पनि | तर पौराणिक कथाहरुमा सुने जस्तै एक पत्नीका ५ पति भन्ने खबर अहिलेको समयमा सुन्दा झट्ट विश्वास गर्न गार्है पर्छ | तर यो खबर सत्य हो |
india
छिमेकीमुलुक भारतको देहरादुनकी २१ वर्षीया राजो वर्मा ५ भाइकी एक्ली पत्नी हुन् । जो हरेक रात आफ्ना एक पतिका साथ सुत्ने गर्छिन् । राजोका एक छोरा पनि छन् र उनी आफ्ना पतिसँग खुशि छिन् । त्यस्तै उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन् ।
one women 5 husband
महाभारतमा ५ पाण्डवकी एक्ली पत्नी थिइन्, द्रौपदी । ठीक त्यस्तै पौराणिक कथा जस्तो लाग्ने राजो वर्माको विवाह ५ भाइसँग गतवर्ष भएको थियो । राजोलाई यो कुरा थाहा छैन कि उनको बच्चा ५ भाइ मध्ये कसको हो ?
family
तथापी राजो आफ्ना पाँचै पतिसँग खुशि छिन् । देहरादुनको उक्त गाउँमा यस्तो परम्परागत रीति भएका कारण आफूहरुले समेत यसलाई मान्दै आएको राजोको पतिहरुको भनाई रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।

१७जेठ, एजेन्सी ।
मलेसियाको केलान्तान राज्यमा एक १५ वर्षीया किशोरीलाई ३८ जनाले सामूहिक बलात्कार गरेको खुलासा त्यहाँका स्थानीय सञ्चार माध्यमले गरेका छन् । देशको
उत्तरी क्षेत्रमा पर्ने स्थानमा भएको उक्त बलात्कारमा संलग्न मध्ये १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको र अन्यको खोजी भैरहेको समाचारमा जनाइएको छ ।

स्थानीय अस्ट्रो अलानी टेलिभिजन र स्टार दैनिकले गत मे २० मा स्थानीय लागु औषध दुर्ब्यसनीहरुको अखडामा लगेर ती किशोरीलाई सामूहिक बलात्कार गरिएको
जनाएका छन् ।
ती पुरुषहरुले घन्टौं सम्म युवतीलाई बलात्कार गरेको र उनकी साथी समेत बलात्कारमा परेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
स्थानीय प्रहरीलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले बलात्कारमा ३८ जना संलग्न रहेको बताएका छन् ।
पक्राउ परेका मध्ये अधिकाँश पुरुषमा एचआइभी पोजेटिभ देखिएको समेत समाचारमा जनाइएको छ ।
पक्राउ पर्नेमा बाबु र उनका २ छोरा समेत छन् ।
मलेसियामा भएको यो घटनाले एसियाली देशहरुमा महिलाहरु बढी असुरक्षित रहेको भन्ने रिपोर्टहरुलाई बल पुगेको छ ।
सन् २०१२ मा मलेसियामा ३ हजार बलात्कारका घटना भएकोमा ५२ प्रतिशत भन्दा बढी केटी १६ वर्ष भन्दा कम उमेरका थिए । 

 
prachi-desai-hotनायिका प्राची देसाई ‘एक भिलेन’ नामक सिनेमाको आइटम गीतमा देखिदैछिन् । यो गीतमा प्राचीलाई खुबै हट अवतारमा देखाइएको छ । प्राचीकोे यो हट जवानीले सिनेमालाई फाइदा पुग्ने अनुमान समेत हुन थालेको छ ।
तर यो गीतको सुटिङ स्थलमा भने प्राचीलाई निर्माणपक्षले अनौठो प्रस्ताव गरेको खुलासा भएको छ । गीतमा पं्राचीलाई हट देखाउन निर्माणपक्षले उनको बक्षस्थलमा सिलिकन प्याड राख्न आग्रह गरेको थियो ।
तर यो कुराले प्राची निक्कै आवेगमा आएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । प्राची आवेगमा आएपछि निर्माणपक्षलाई उनलाई कन्ट्रोल गर्न लामै समय लागेको देखियो । प्राचीले आफ्नो बक्षस्थल आकर्षक भएको भन्दै कुनै कृत्रिम बस्तु नराख्ने बताएकी थिइन् ।

 
ओफा अवार्डको एक कार्यक्रममा करिश्मा
ओफा अवार्डको एक कार्यक्रममा करिश्मा
नायक राजेश हमालको बिहे पार्टीदेखि ‘ओफा अवार्ड’को नोमिनेशनमा परेकालाई प्रमाणपत्र वितरण हुँदै एक फेशन स्टूडियोको उद्घाटनसम्म । नायिका करिश्मा मानन्धर लगातार मिडियाको क्यामेरामा कैद छिन् ।
३ कार्यक्रममा करिश्माको पहिरन र गेटअप फरक भएतापनि कपालको शैली भने उस्तै छ । उनले आफ्नो कपाललाई ‘कर्ली’ बनाएकी छिन् । ‘कर्ली’ कपाल बनाएपछि करिश्माको सुन्दरतामा पनि फरकपन आएको छ ।
नायक राजेश हमालको बिहे पार्टीमा सहभागी हुँदै करिश्मा
नायक राजेश हमालको बिहे पार्टीमा सहभागी हुँदै करिश्मा
अधिकांशले करिश्मालाई यो स्टाइल नसुहाएको बताइरहेका छन् । यही क्रममा नायिका मानन्धरले पनि आफूले कपाल बिगारेको बताइन् । ‘नीलिमा फेशन स्टूडियो’ उद्घाटनका लागि शुक्रबार अल्फाविटा कप्लेक्समा पुगेकी करिश्मा असजिलो मान्दै थिइन् । ‘३ पटकमा बल्ल यत्तिको भएको हो, २ पटक त कपाल अझै बिग्रिएको थियो’, करिश्माले आफै राज खोलिन् ।
नीलिमा फेशन स्टूडियोको उद्घाटनका क्रममा करिश्मा
नीलिमा फेशन स्टूडियोको उद्घाटनका क्रममा करिश्मा
करिश्माले ‘कर्ली’ कपाल बनाएर आफूलाई नसुहाएको अनुभव गरिसकेकी छिन् । तपाइलाई भने करिश्माको यो नयाँ अवतार कस्तो लाग्यो त ?

rando- प्रकाश आङदेम्बे
होटल प्याराडाइजको रूम नं १५ मा छु एक्लै। यो होटल बुटवलको हो। साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन्। म भने अलि बिसञ्चो भएको कारण गइन।
हिजोमात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको छ। समय बिताउन केही क्षण टिभी हेर्छु। र्स्पोटस, एएक्सएन र नेशनल जोग्राफी बाहेक अरू च्यानल असाध्यै अल्छि लाग्छ र हेर्दिन। सबैभन्दा माथिल्लो तलामा छ हामी बसेको रूम। यसो बेला–बेलामा बाहिर निस्केर तल बाटोतिर हेर्छु । त्यहाँ पनि उही रिक्सा, उही गाडी वाक्कदिक्क। पुनः दिक्दार मानेर रूममा आउँछु र बेडमा पल्टन्छु। केहीक्षण निदाए जस्तो गर्छु तर निद्रा लाग्दैन।
ब्याग खोतल्छु र डाइरी निकाल्छु। केही लेख्न खोज्छु अहँ फुर्दैन। त्यसलाई पनि थन्क्याउँछु। केही नभएपछि आफ्नो पुरानो गजल सङ्ग्रह ‘यात्रामा कतै निस्कँदा प्रायः बोक्छु’ निकाल्छु र त्यति मज्जा नलागे पनि पढ्छु। यो होटल धेरै तवरबाट चर्चित रहेछ। सबै सुबिधाहरूको ब्यवस्था छ। भनेको अर्डर तुरून्त पूरा हुन्छ। यी भन्दा छुट्टै बिषय पनि छ यहाँ। त्यो हो समाजले नामाकरण गरेको बेश्याहरूको मुख्य थलो। चर्चित भनाउँदा व्यक्तित्वदेखि लिएर गाडीका सम्पूर्ण स्टाफहरूसम्म, सेमिनारमा भाग लिन आएका भलाद्मीदेखि धर्मका पण्डितसम्म, विद्यार्थीदेखि लिएर शिक्षकसम्म, कलाकारदेखि पत्रकारसम्म, व्यापारीदेखि चिकित्सकसम्म सबै–सबै यो स्थानबाट टाढा हुन सकेका छैनन्। यहाँ १५–२० जना युवतीहरू राखिएका छन्। कम उमेरकादेखि लिएर अर्ध उमेरसम्मका पनि छन्। ५० देखि ५,०००।– सम्म विविध मूल्यका।
समय दिनको दुई बजेको हुँदो हो। दुई जना युवतीहरू बिनाअनुमति मेरो रूममा पसे।
“एक्लै हुनुहुन्छ ?” एउटीले सोधिन्।
“जोडी छैनन् ” मेरो भनाई ।
“मिलाउँदा भै हाल्छ नि” सुझाव।
“आवश्यक छैन” प्रतिक्रिया। त्यसपछी केहीक्षण मौनता।
“पत्रिका पढदा हुन्छ ?” थोरै समयपछी एउटीको जिज्ञासा।
“किन नहुनु” मेरो भनाइ।
मलाई थाहा छ होटलको चापभन्दा उनीहरू धेरै छन्। त्यसैले सकेसम्म ग्राहक फकाएर रकम जम्मा गर्नु उनीहरूको पोलिसी हो। मसँगको उनीहरूको उपस्थिति पनि यस्तै मात्र हो भन्ने म बुझछ्। मेरो प्रतिक्रिया केही नरहेपछि एउटी थपक्क उठेर बाहिर जान्छिन्। अर्की बसी रहन्छिन्।
“तिम्रो नाम के हो ?” सोध्छु।
“निलिमा” एक क्षण सोचेर बोल्छिन्।
“आहा ! जस्तो काम त्यस्तै नाम” भन्छु।
“बिल्ला गर्नु भएको” पत्रिकाबाट नजर हटाएर आँखा फार्दै भन्छिन्।
“के को बिल्ला गर्नु” म सफाया दिन्छु।
“यस्तो धन्दा गर्छ भनेर गिज्याउनु भएको हो तपाईंले, म राम्ररी बुछु” दुःखेसो पोख्छिन्।
“मैले तिमीलाई कहाँ त्यस्तो सोचेको छु र। आफ्नै जस्तो सम्झी रा’छु” कुटनीति प्रयोग गर्छु।
मेरो सम्वादले उनलाई केही भएजस्तो लाग्यो। उनी खट्पट् गर्न लागिन्। अनुहारमा एक्कासी बर्षा यामको पहाडको मौसम झैँ परिवर्तन झल्कियो।
“तिम्रो हातमा यो के भा’को ?” उनको पाखुरामा भएको घाउको खाटो देखाएर सोध्छु। “यो सबै किन तँपाईलाई भन्नु” उनी मप्रति शङ्का ओकल्छिन्।
“मैले तिमीलाई आफ्नो जस्तै सम्झेर पो सोधेको त” भनें।
उनी एक क्षण मौन साथै गम्भीर भइन्।
“म अहिले जान्छु ल” यति भनेर उनले मेरो गजल सङ्ग्रह समेत हातमा लिएर फुत्त उठिन् र ओरालो झरिन्। मैले प्रतिवाद गर्न सार्न्दभिक ठानिन।
निलिमा बाहिरिएपछि म पनि केहीक्षणको लागि ओरालो झरेँ। त्यो होटलको दोस्रो र तेस्रो तला अलि अँध्यारो देखिन्छ वा अँध्यारो देखियोस भन्ने उद्देश्यले निर्माण भएको लाग्छ। प्रायः त्यहाँ दिउँसै पनि यौन क्रियाकलाप हुँदोरहेछ। सिँढी ओहोर दोहोर गर्ने क्रममा त्यहाँको सम्पूर्ण क्रियाकलाप नदेखिए पनि केहीभने अवश्य थाहा लाग्छ। यौन क्रियाकलाप हुनुअघिका गाइँगुई। अर्मयादित चुम्बनबाट उछिट्टिएका आवाजहरू मात्र हैन स–साना प्वालबाट दृश्य समेत बेला–बेला देख्न सकिन्छ, भित्र बत्ति निभाएको छैन र चिहायो भने।
एकघण्टा पछि नास्ता तलै गरेर फ्रेश भै म उकालो चढ्दै थिएँ। हेटौंडाको एउटा केटाले प्वालबाट यौनकार्य गरेको देखेपछि फोटो खिचेछ।
त्यसपछि समय निकै तनावग्रस्त भयो। यौनकार्यमा संलग्न युवालाई बाहिर निकालेर सबैले झपारियो। “के गर्नु जर्बजस्ती हैन, होटलवालाई पैसा तिरेर सहमतिमा हो क्यारे” भनेर त्यो युवक त्यहाँबाट फरार भयो। भित्र हेरेँ कुनामा निलिमा लुकेर बसिरहेकी थिइन्। अनुहार शिरकले छोपे पनि मैले उनको हातमा भएको घाउको खोटबाट चिनेँ प्रष्ट।
“ल–ल साथी हो जाउँके यस्तै हो” भनेर सबैलाई भनेँ। क्रमशः भीड पनि पातलियो। होटलवालालाई ‘अली मर्यादाको ख्याल गर’ भनेर सम्झाएँ।
“के गर्ने सर ?” त्यसै आम्दानी हुँदैन क्यारे, सेवा पनि, मेवा पनि क्यारे, धन्दा त गर्नै पर्‍यो। फेरि जबरजस्ती पनि हैन क्यारे, स्वेच्छाले आउनेलाई त दिनै पर्‍यो क्यारे।” भनेर होटलवाला आफ्नो दारी मुसार्दै ओरालो लाग्यो। म मास्तिर रूममा लागेँ।
यो घटनाले मलाई केही सोच्न बाध्य गरायो। यो पेशामा खराब को हो भनेर। यौन कार्यमा लाग्ने नारीहरू या यसमा सङ्लग्न पुरुषहरू। या त यस धन्दाका सञ्चालकहरू या फेरि यसकार्यलाई अपराध ठान्ने समाज। या त यस्ता बिषयलाई प्रोपोगान्डा मच्चाउने लेखक, पत्रकारहरू। के नारी मात्र बेश्या बन्न सम्भव छ ?
के बिनापुरूष नारीमात्रको उपस्थितिले यस्तो हुन्छ ? कतै हाम्रै समाजको सङ्कीर्ण दृष्टि कारणले यो घटना अपराध त भएको हैन ? यावत कुराहरू सोचेँ। अनि लाग्यो निलिमा अब म कहाँ आउँदिनन्। यस्तै के–के सोच्दै गर्दा अचानक ढोका ढक्ढकियो। उठेर ढोका खोलेँ। थाहा भयो निलिमा रहेछिन्। मैले बिना कुनै बहाना उनलाई भित्र आउने इशारा गरेँ। उनी आइन् र बसिन्। समय दिनको साढेचार बजेको थियो।
“अघिको घटनाले तपार्इंलाई मप्रति घृणा जाग्यो होला हगि ?” बस्दा–बस्दै सोधिन्। “कुन घटना ? मलाई त केही पनि थाहा छैन” अन्जान भइटोपलेँ।
“जहाँ तपार्इंले मलाई चिनेर त्यो हल्ला साम्य गराइदिनु भयो र मेरो इज्जत जोगाइदिनु भयो।” प्रसङ्ग सम्झाइन्।
तीन छक्क परेँ म। कस्तो इज्जत ? देह सबैलाई सुम्पिन्छिन् ता पनि इज्जतको सवाल। उसोभए इज्जत कहाँ हुन्छ मान्छेको ? घोरिन्छु।
“किन नबोल्नु भा’को ?” ध्यान तोडिन्।
“त्यहाँ तिमी थियौ भन्ने मलाई थाहा थिएन” बोलेँ।
“मलाई अप्ठ्यारो पर्छ भनेर त्यसो गर्नु भएको हो तपाईंले” खोतलिन्।
“हैन हैन” भनेँ।
“के गर्नु यस्तो त जहिले हुन्छ। आ छाड्दिऊँ यस्ता कुरा बरू साँच्चै यो किताब तपाईले लेख्नु भएको रहेछ, फोटोबाट चिनेँ, हजुरको नाम प्रकाश रहेछ नि” अचानक उनी आफैले प्रसङ्ग मोडिन्।
“अ हँ हैन त” छल्ने प्रयास गरेँ।
“फोटो तपार्इंकै छ, नाम तपाईंकै छ त” विवरण बताइन्।
“मेरो कपाल लामो छ, यो फोटोवालको कपाल छोटो छ” झुक्याउने प्रयास गरेँ।
“बरू हामी जस्तो खराब मान्छेलाई बताउँदा इज्जत जान्छ भन्नुस् न” दह्रै उत्तर फर्काइन्।
अब भने मैले यथार्थ बताउनै पर्ने भयो। उसलाई अरूले गरेभन्दा अलग व्यवहार गर्नैपर्ने भयो। नत्र प्रत्येकपुरुष उनको नजरमा समान (यौन पिशासु) मात्र हुासब्थ्यो।
“मैले तिमीलाई खराब सम्झेकै छैन आफै त्यस्तो कुरा सम्झन्छौ।”
“अनि किन ढाँट्नु हुन्छ त” भनिन्।
“हैन के भन्छौ भनेर नि” यति भनि सक्ता नसक्ता मैले पुनः सोधेँ।
“अनि किताब कस्तो लाग्यो त” मेरो जिज्ञासा।
“राम्रो लाग्यो, सबै पढेर सिध्याएँ, अनि पहिलोपटक कुनै राम्रो मान्छेसँग सिधै बोल्न पाएँ” उनले आफ्नो कुरा भनिन्।
“एउटा कुरा सोधुँ ?” भनेँ।
“हुन्छ” टाउको हल्लाइन् ।
“तिमी मान्छे त राम्री छ्यौ, बुझकी छौ, फेरि किन यस्तो काम गर्छौ ?” सम्झाए जस्तो गरेँ।
“यसको बिस्तृत कथा भन्न यहाँ सम्भव छैन” अन्कनाइन्।
“उसो भए कहाँ सम्भव छ त ?” कोट्याएँ कुरा।
यदी मलाई विश्वास गर्नु हुन्छ र यो कथा जान्न चाहानु हुन्छ भने आज साँझ तपाई मसँग एक ठाउँ हिँड्नोस्, म बताउँछु, तर तपार्इंलाई अप्ठयारो लाग्दैन भने मात्र।” बिनावहाना नहिच्किचाई केहीक्षण सोचेर प्रस्ताव राखिन्। विकल्पको समेत ठाउँ छाडेर।
“हुन्छ” केहीबेर सोचेर मैलै भनेँ। त्यसपछि उनी भरै भेटौँ ल भनेर तल झरिन्। यसपटक उनको अनुहारमा थोरै खुशीको चमक देखा पर्यो।
साँझ पर्‍यो। समारोहमा गएका साथीभाइहरू सबै फर्र्किए रुममा। निलिमा होटल मालिकले ग्राहक थुप्रै छन् भन्दा पनि आज भ्याउँदिन भनेर बिदा लिइन्। लगभग साँझ ७ बजेतिर उनी आइन् र जाउँ भनिन्। एकक्षणमा आउने निधोका साथ म साथीहरूबाट बिदा भएँ। साथीहरू “ल, ल दह्रो गरी चित्त बुझाएर आइज” भन्दै थिए मलाई। मैले हैन भनिरहन सार्न्दभिक ठानिन।
“सर माल त सोलिट छ क्यारे” हिँड्नुअघि होटलवालले आँखा झम्काएर मलाई जिस्कायो। मैले अभिनयको मुस्कान मात्र फ्याँकेँ। होटलबाट निस्केपछि उनले रिक्सा रोकिन् र चढाइन्। रिक्सामा बसेपछि उनले आफ्नो मुहार सलले पूरै ढाकेकी छिन्। लाग्छ उनी मुसलमान महिला हुन्। रिक्सा दक्षिणतिर लाग्यो। मनमा भने थोरै त्रास पनि पैदा भयो। पहिलो पटक समाजले नामाङ्करण गरेको बेश्यासँग म हिँडिरहेछु यतिबेला।
रात अँध्यारो छ। भैरहवातिरबाट आएका गाडिको लाइट बेला–बेलामा हामी तिर पर्दा उनी अनुहार निहुर्‍याउँछिन्। हुन त मैले उनीसँग गएको सम्पूर्ण स्थान वा चोकहरूको नाम उल्लेख गर्दा पनि हुने तर उनको बसोबासको सवाल भएकोले मैले उल्लेख गरिन। लगभग १५ मिनेटपछि एउटा खोलाको बगरमा अवस्थित बाक्लो झुप्रा बस्तीमा पुग्यौँ। हल्ला–खल्ला छ त्यहाँ। सायद सुकुम्बासी बस्ती हुनु पर्छ मेरो नजरमा। त्यसो त नहुन पनि सक्छ कारण रातको कुरो हो दृष्टिभ्रम पनि हुनसक्छ। सो ठाउँमा हल्ला, आपसी झगडाहरू प्रशस्त सुनिन्छन्। “सर यतै आउनोस् न” उनले मलाई भनिन्।
“ए भै हाल्छ नि” मैले सहजता पस्केँ।
यतिबेलासम्ममा उनले चेप बाटो हिँडाएर एउटा झुपडीमा पुर्‍याइन्, ढोका खोलीवरि कुपी जलाएर मलाई बोलाइन्। म सरासर भित्र पसेँ। हतार–हतार उनले एउटा खाटबाट छरिएका लुगाहरू उठाउँदै तन्ना मिलाएर राखिन्। मैले अनुमान गरेँ त्यो उनी बस्ने घर रहेछ भनेर। खरको टाटीले बारेको झुपडी। त्यसलाई दुई कोठामा विभाजन गरिएको छ। हामी पहिलो कोठामा छौँ। दोस्रोकोठा बन्द छ। पहिलो कोठाको एक कुनामा चुला छ। नमाझएका भाडाकुँडाहरू छरिएका छन्। बिहानै हतारमा हिँड्दा नभ्याई छाडेको हुनुपर्छ सायद। त्यति चिटिक्क परेर हिँड्ने मान्छेको यो हालत देखेर म आफैँमा अचम्म परेँ। मैले स्थिति अन्दाज लाउनै सकिन। म बस्दा–बस्दै उनले ती भाडाँकुडाँ माझेर ल्याइन्। अनि हतार–हतार आगो सल्काउन थालिन्।
“केही दुःख नगर है” उनले केही पकाउन लागेको बुझेर म सम्झाउँछु।
“सर जीवनमा राम्रो काम त गरिन तर आज भाग्यले राम्रो काम गर्ने मान्छेसँग भेट भएको छ केही गर्न नपाए पनि हजुरलाई यसो दुःख–सुख एकछाक खाना खुवाउन पाए मेरो जीवन धन्य हुन्छ कि भन्ने सोचमा छु। कृपया नाइ नभनी दिनुहोला” उनले हतारमा चामल पखाल्दै मसँग अनुरोध गरिन्। उनको यो शब्दलाई नाइ भन्न पनि सकिन, ल भन्न पनि सकिन। मात्र म मौन बसेँ। संकालुमन बोकेर।
“सर चिया पिउनुहोस् ल” चिया बनाएर मेरोसामु राख्दै भनिन्।
“हुन्छ–हुन्छ” मैले भनेँ। चिया पिउनुभन्दा पनि मेरो ध्यान भने अरूतिर नै छ।
“निलिमा बरू गफ चाँही गरौँ न” प्रस्ताव राखेँ।
“भै हाल्छ नि सर” उनले भनिन्।
“गफ गर्नुभन्दा पहिला खाना चाहिँ खानै पर्छ क्या सर” उनले थप अडान राखिन्। मैले नकार्न उचित ठानिन। घडी हेरेँ साँझको ७ः४५ भएको छ। दश बजेभन्दा अगावै पुग्नु छ होटल। नत्र गेटमा ताल्चा लाग्छ। यस्तै क्रममा चार पाँच पुरूषहरू पनि आउँदै फर्के।
“हाताहाती हुन्छ हौ, किन नमानेको” निलिमालाई भन्थे। बुझेँ उधारोमा पनि काम चलाउँदी रहिछिन् उनी।
“आज हुँदैन भनेपछि हुँदैन” निलिमा भन्थिन् र पठाउँथिन्। म बुझ्छु ती आउनेहरू ग्राहक हुन निलिमाका ।
“सर माइन्ड नगर्नु ल, के गर्नु यस्तै छ” उनी मलाई अप्ठ्यारो पर्‍यो कि भनेर सम्झाउँछिन्। म प्रतिक्रियास्वरूप मुस्कानमात्र फ्याँक्छु।
यत्तिकैमा उनको बन्दकोठाबाट आवाज आउँछ अचम्मको। मान्छेको जस्तो पनि जनावारको जस्तो पनि। दुईतीन पटकको आवाजले मलाई कता–कता भित्री त्रास र जिज्ञासा पैदा गरायो।
“निलिमा के को आवाज हो यो” सोधेँ।
“ए‘यो आवाज। हजुरलाई सबै भन्छु , पहिला खाना खाउँ” यति भनेर उनले खाना पस्की र मेरो सामु राखि दिई। मलाई भने झन शङ्काले घेर्‍यो।
“अनि तिमीलाई चाहिँ खोई त” मैले भने।
“म एकक्षणमा खान्छु सर, पहिला तपार्इं लिनुहोस न” उनले बताइन्।
कता–कता शङ्का लागे पनि उनको अगाडि आफूलाई आदर्श बनाउनको निम्ति मैले खाना खाएँ। मानवीय अह्मले पनि कहिलेकाही त अप्ठ्यारोवाटोमा गुजार्दो रहेछ।
“ल सर यस्तै भयो है” उनले भनिन्।
“अति मिठो लाग्यो मलाई त” जसोतसो औपचारिकता बताएँ। सम्झेँ अघि होटलमा मसँग एकक्षण बिदा मागेर उनी सपिङ गर्न गएकी रहेछिन्। खानाको साथमा च्याउको तरकारी, काभ्राको अचार, खुवाइन्। खाना खाई सिध्याएपछि केहीबेर आराम गरेँ खाटमै ढल्केर। त्यसपछि उनले आवाज आइरहेको बन्द कोठाको ढोका खोलिन्। ढोका खोल्नासाथ नमिठो गन्ध आयो। मैले शङ्का गरे पक्कै कुनै बिरामी हुनुपर्छ या जनावर पालेको हुनुपर्छ। नभन्दै उनले कुपी पनि सल्काइन्। कुपीको उज्यालोले बिस्तारै कोठाको अँध्यारो हट्दै गयो। बस्तुहरूमाथि नजरको प्रभाव पर्दै गयो, म छक्क परेँ। डर पनि लाग्यो। त्यहाँभित्रको दृश्य देखेर। त्यहाँ एउटा बालक थियो। जसलाई सिक्रीले बाँधिएको थियो। अघिको अपरिचित आवाज त्यही बालकको रहेछ। दृश्य देखेपछि म बोल्नै सकिन। शङ्का र अनुमानका बिचारहरू मभित्र सागरको लहरभन्दा धेरै र उँचो भएर आयो।
“मैले केही बुझन नि निलिमा” भनेँ।
“म बुझाउँछु सर” हिक्क‘हिक्क‘श्वासलाई बसमा राख्दै उनले भन्न सुरू गरिन्।
“मेरो वास्तविक नाम शान्ती हो सर। मेरो घर मकवानपुर जिल्लामा पर्छ। मलाई थाहा छ त्यसबेला हाम्रो घरमा एउटा लाहुरे जस्तो मान्छे आयो इन्डियाबाट। ऊ लगभग हप्दादिन जति बस्यो। उसले आमा–बासँग विवाह गर्ने भनेर मेरो हात माग्यो। छोरी कसरी पन्छाउने भनेर सोचिरहेको बखतमा सम्भावना भएर आयो त्यो युवक मेरो आमाबाकोलागि। मलाई एकशब्द पनि नसोधी त्यो अपरिचित युवकसँग जबर्जस्ती विवाह गरिदिनु भयो। कति रोएँ कराएँ तर अहँ वहाँहरूले मेरो बिन्ती सुन्नु भएन। विवाह गरेपछि त्यो युवकले मलाई साह्रै माया गर्‍यो केहीदिन। त्यतिबेला म १३ बर्षको थिएँ। विवाह गरेको हप्ता दशदिनपछि त्यो युवकले घर जाने भनेर आमाबासँग बिदा माग्यो। आमाबा, साथीसङ्गी, गाउँघर छाडेर जानु पर्दा म कति रोएँ–रोएँ। तर जानु बाहेक मसँग अरू विकल्प थिएन। त्यो युवकले मलाई इन्डियाको वानरहाट भन्ने ठाउँमा पुर्‍यायो। त्यहाँ उसले मलाई डेरा खोजेर राख्यो। उसको नाम हर्क रहेछ त्यहीँ थाहा भयो। इन्डिया पुगेपछि अचानक उसको व्यवहारमा परिवर्तन आयो। नेपालमा गरेको उसको मायाममता सबै देखावटी मात्र रहेछ भन्ने थाहा पाएँ। मलाई त्यसले गर्नुसम्म जबर्जस्ती गर्‍यो। म कति चिच्याएँ तर उसले मेरो मुख छोपेर मेरो इच्छा विपरित मलाई लुछ्यो। “मसँग बस्ने विचार छ भने चुप लाग हैन भने हल्ला गर। तँलाई यतिको लागि त तेरो बाउआमासँग किनेर ल्याएको नि” भनेर हप्काउँथ्यो। आफू बेचिएको कुरा विश्वाससम्म गर्न सकिन। पछि–पछि त कुट्न पनि थाल्यो। मैले यसरी कैयौँ रात आफू बलात्कृत भएर बाँच्न बिवश भएँ। पिडा र चोटको त कुरा नै नगरौँ। सायद तीन महिना पछिको समय हुँदो हो, मेरो पेटमा उसको नासो हुर्किएको थाहा पाएँ। त्यसपछि त झन कुटे पनि गाली गरेपनि उसकै माया लाग्न थाल्यो। पेटमा बच्चा छ भन्ने जानकारी गराएँ उसलाई तर ऊ खुसी हुनुको सट्टा अति आक्रोशित भएर आयो। त्यो बच्चा फाल्नु पर्छ भन्न थाल्यो। मलाई चुटाइको बजार पस्कियो। मैले त्यो नासो बचाउनको लागी उसलाई हैन भनेर टारेँ।
एकदिन अचानक उसले मलाई नाटकीय रुपमा माया गर्‍यो। नयाँ कपडा, मिठा–मिठा खाने कुराहरू ल्याएर आफै बनाएर खुवायो। मैले अनुमान लाउनै सकिन उसले के गर्न लाग्यो भनेर। एक मनले उनको मन फर्किएछ भनेर दङ्ग परेँ। त्यसको भोलिपल्ट हामी घुम्न जानुपर्छ भनेर उसले मलाई कलकत्ता लिएर गयो। एकरात रेलको यात्रापछि हामी कलकत्ता पुग्यौँ। सियालद भन्ने रेलजक्सनमा उत्रियौँ। उसले मेरो दिदीको घर छ जाऊँ भन्यो। त्यसपछि जक्सनबाट मोलाली,चाँदनीचोक हुँदै एकदम भीडभाड भएको ठाउँमा लिएर गयो। लाग्छ त्यो जग्गा झुपरपट्टि हुनुपर्छ। त्यहाँ अति मान्छेहरूको घुइँचो थियो। सबै मातेका, मुखभरी पान चपाएका पुरूषहरू मात्र देखिन्थे। बाटोहरू सबै–सबै थुकेर रातै रगत पोखिएको टाटो जस्तै देखिन्थ्यो। आइमाईहरू छिटपुट मात्र नजर पर्थे। दिउँसै पनि त्यो स्थान अँध्यारो लाग्थ्यो कारण त्यो जग्गा बिशाल पुलमुनिको थियो। मलाई मनमनै डर चाहिँ अति लागिरहेथ्यो। तै पनि उसको भर थियो। “नई मुर्गा आई” भनेर त्यहाँका मान्छेहरू भन्थे। म भाषा बुझ्दिनथेँ । १५–२० मिनेट पछि चेपै–चेप हिँडेर हामी एउटा पुरानो भव्य घरमा पुग्यौँ। त्यहाँभित्र उसले मलाई लिएर गयो। कोठामा एउटी मोटी आइमाई बसि रहेकी थिइन्। हामीलाई देख्ने बित्तिकै “आऊ–आऊ, त राम्ररी आयौ” भनेर भन्यो। त्यसपछि हामीलाई “ल आराम गर” भनेर छुट्टै कोठामा लिएर गयो। मलाई कोठामा राखेर “एक छिन है, म दिदीसँग गफ गरेर आउँछु” भनेर ऊ बाहिर निस्कियो। एक घण्टा बित्यो, दुई घण्टा बित्यो, तर अहँ ऊ आएन। निकै बेरपछि एउटा भुसतिघ्रे कालेपुरूषसँग अघिकी मोटी दिदी भने आइन। “ल यो साहबलाई तिमी चित्त बुझाऊ” भनेर भन्यो। त्यो भुसतिघ्रे वंगाली मुसुमुसु हाँस्दै आफ्नो दारी मुसार्दै थियो। “दिदी भाइ खोइ त ?” भनेर मैले सोधेँ। “अरे छोकरी, म तेरो दिदी हैन। तँलाई अघिको केटाले १० हजारमा बेचेर चल्यो। तैँले अब धन्दा सुरू गर्नुपर्छ बुझस्” भनेर भन्यो। मैले आफु बेश्यालयमा पुगेको वास्तविकता थाहा पाएँ।
कयौँ पटक गुहार मागेँ। रोएँ, कराएँ, प्रतिवाद गर्न चाहेँ तर सब असम्भव। आत्महत्या गर्न पनि कैयौँ पटक सोचेँ तर उनीहरूको पलपलको निगरानीका बावजूद र मेरो पेटको बच्चाको कारण सम्भव भएन। हप्तादिनसम्म त हरसम्भव प्रयास गरेँ। सट्टामा प्रत्येक दिन कोर्रा, भुत्ल्याई, खाइयो। जबसम्म आफू राजी भइन तबसम्म भोकै राखे। अन्ततः विवश भएर बाँच्नको लागि आफूलाई जिउँदो लाश बनाइ बेश्या बनाउन बाध्य भएँ। बिरामी, बिसञ्चो केही पनि भन्न पाइन्न रहेछ त्यहाँ। उनीहरूको खटन मान्नै पर्ने। दिनमा कम्तिमा आठ दश जनाभन्दा बढीसँग सम्पर्क राख्नु पर्ने। यतिसम्म कि अरुलाई त महिनावारी हुदाँ पनि धर हुन्नथ्यो। रक्सी खाएर, पान खाएर, मनपरी गर्दै, बोल्दै, आउँथे र आफूखुशी गर्थे। मानेन भने चुरोट वा अर्थोकले पोल्थे। तँपाईले सोध्नु भएको मेरो पाखुराको घाउ पनि त्यस्तै घटनाको चिनो हो।”
थप प्रसङ्गलाई अघि बढाइन् “त्यहाँ पुगेको दुई महिनापछि म दुइज्यूकी छु भन्ने कुरा त्यहाँको मालिक्नीले थाहा पाइन्। त्यो थाहा पाउने बित्तीकै “मेरो साँवा घाटा लाग्यो रे” भन्दै मलाई मरणाशन्न हुने गरी चुट्यो। अन्तमा डाक्टर बोलाएर मेरो पेट खुलाउन भन्यो तर डाक्टरले यो कुनै हालतले सम्भव नहुने बतायो। त्यसपछि मलाई अति मानसिक र शारिरिक यातना दिएर त्यहाँबाट निकाल्यो। त्यहाँबाट भारतीय प्रहरीको सहयोगले म पुनः वानरहाट फर्किएँ र हर्कलाई खोजेँ तर पाउन सकिन। दुईतीन महिना अघिनै उसले त्यो ठाउँ छाडेको कुरा बताए सबैले। त्यसपछि म आफ्नो माइतघर फर्किएँ, बाटो–बाटोमा शरीर बेच्दै र लुछाउँदै। भारत र नेपालका प्रहरीले पनि सहयोगको सट्टा मेरो ज्यान लुछे। माइतघरमा तीनचार महिना बसेँ। त्यतिन्जेलसम्ममा यो पनि जन्मियो। सुरूका दिन त गाउँमा राम्रै गरी बिताएँ। पछि आमा बाबालाई आफ्नो सम्पूर्ण यथार्थ बताएँ। मेरो कहानी थाहा पाएपछि अचानक बाबा–आमाको, घरपरिवारको र क्रमशः छरछिमेको म प्रतिको धारणा बद्लियो। “बेश्या भएर पो आएछ यो त यसलाई गाउँमा राख्नु हुँदैन लोदर लाग्छ” भनेर सबैले भन्न थाले। बाटो हिँड्ने, वल्लो गाउँ, पल्लो गाउँ, सबैतिरकाले मलाई हेर्न आउँथे। एकदिन समाज बस्यो र “कि यसलाई यहाँबाट खेद् कि आफू गाउँ निकाला हु” भनेर मेरा परिवारलाई अप्ठ्यारोमा पार्‍यो। त्यसपछि म आफैँ यसलाई बोकेर त्यहाँबाट हिँड्न बाध्य भएँ।
अनि म नेपालगञ्ज गएँ। काम खोजेँ, बाँच्ने अन्यत्र मेसो खोजेँ तर पाउन सकिन। अन्ततः यो बच्चाको लागि भए पनि मैले आफुले आफ्नो शरीर बेच्न बाध्य हुनुपर्‍र्यो, सुत्केरी भएको महिना दिन देखिनै। लगभग छ महिनापछि अलि अलि पैसा कमियो। त्यो पैसाले सानो घुम्तीपसल खोलेँ नेपालगञ्जमा नै। साथै त्यो बदनामी पेशा छाड्ने निधो गरेँ। एक महिनाजस्तो के भएको थियो अचानक एकदिन एउटा पत्रकार भनौँदा आएर मलाई यौन कार्य गर्न खोज्यो मैले अस्विकार गरेँ। त्यसको भोलिपल्ट एउटा अखवारमा चर्चित बेश्याले घुम्ती पसल थाल्यो भन्ने शीर्षकमा समाचार छापियो। त्यसपछि त त्यो क्षेत्रमा मलाई गिज्याउने, घृणा गर्ने र बस्नै नदिने भन्न थाले। मेरो पसलमा कोही पनि केही किन्न आउन छाडे। घुम्तीको मालिकले पनि घुम्ती नदिने भन्न थाल्यो। अन्तत हिँड्न करै लाग्यो। त्यहाँबाट हिँडेपछि पोखरा, धरान, बिर्तामोड, बिरगञ्ज, बिराटनगर, काठमाडौ, हेटौंडा, भैरहवा सबै–सबै ठाउँमा यही पेशामा हिँड्न बाध्य भएँ। जहाँ गए पनि मैले यो मेरो मुटुलाई फाल्न सकिन। कारण मलाई त्यो अकल्पनीय नर्कबाट यसैले मुक्ती दिलाएको थियो। म यहाँ (बुटवल) आएको तीनमहिना जति भयो। यो अहिले पाँच बर्षको भयो।” आफ्नो कहानी बताउँदा–बताउँदै उसको आँखाबाट आँशुको नहर बग्न थाल्यो। आसुँ नपुछी उनले पुनः भन्न थालिन्।
“यो जन्मदाँ रामै्र थियो सर तर जब यो तीनवर्ष पुग्यो बाँच्नको लागि घृणित कार्य गर्ने बेलामा यसले थाहा नपाओस र कतै देखेर आमा शब्दप्रति घृणा नजागोस भनेर निद्रा लाग्ने औषधी खुवाउन बाध्य भएँ। लगातार औषधीको असरले गर्दा यो अपाङ्ग हुन पुग्यो। साँपे हुनपुग्यो । तर पनि मैले यसलाई माया मार्न सकिन। दुनियाँले वेश्या भने पनि आमा न परें। अनि आफुले पनि मृत्युसँग सम्झौता गर्न सकिन।” उनको यो कथाले मलाई पनि कतिबेला भत्काएछ–भत्काएछ आँखाबाट भावनाले हामफालेपछि थाहा लाग्यो।
प्रसङ्ग जोड्दै भनिन्।
“सर पहिलो पटक कसैले मेरो जवानीभन्दा पनि मर्मलाई बुने कोशिस गर्‍यो। देवता छ कि छैन थाहा छैन तर हजुर मेरो नजरमा देवतासमान हुनुभयो। अन्तमा म एउटा कुरा भन्न चाहान्छु”
“भनन” भनें।
“आफैसँग पनि लुकाएको आफ्नै टर्रोकथा खै कसरी हजुरलाई सुनाए आफैलाई थाहा छैन हुनत यो कथाको पात्र म आफै भए पनि म यो मर्म सुन्न लायकको मान्छे होइन। हजुरलाई दुःख विसाएँ माफ पाउँ है।”। कुराको मेलो सारिन। “सर नारी जातिलाई पनि पुरूष सरह एक वा सो भन्दा बढीसँग सम्पर्क गर्न मन नलाग्ला भन्न सक्तिन तर सत्य कुरो कुनै पनि नारीलाई बेश्या बन्ने रहर हुँदैन” यति भनेर उनले कुरा टुङ्ग्याइन्। समबेदना र मायाले थाम्दैन रहेछ। साँझ छिप्पिन लागेकाले मैले उनीसँग बिदा मागेँ। उनले पनि अब केही उल्झन् नगरी मलाई बाटोसम्म पुर्‍याउन आइन् र हात जोड्दै भनिन्।
“सर फेरि भेट हुन्छ कि हुँदैन तर नर्बिसनु होला है”
“भै हाल्छ नि किन नहुनु” म यति भनेर उनीसँग टाढा भएँ। रिक्सा लाग्यो उकालो। निकैमाथि पुगेर फर्की हेरेँ। गाडीको उज्यालोले देखेँ, उनी त्यहीँ उभिई रहेकी थिइन् हात हल्लाउँदै। निलिमाको कहानी सुनेर होटल पुग्दा साढे नौ बजेको थियो। “एक्लै भ्याएर आइस् होइन ?” साथीहरूले गिज्याए।
भोलिपल्टको बिहान उनलाई होटलमा हेरेँ तर अहँ देखिन। होटलवालालाई सोध्दा “हिजो तँपाईसँग गएको आकी छैन क्यारे” भन्यो। आज म पनि झापा फर्किने दिन। फर्किनुभन्दा अघि उनलाई एकपटक भेट्छु भनेर उनी बस्ने ठाउँ गएँ रिक्सामा। त्यहाँ जाँदा त्यो घरमा ताल्चा लगाएको थियो। छेउको एउटा दाइलाई सोधेँ। उनी राती नै त्यहाँबाट अन्यत्र सरिन तर कहाँ भन्ने थाहा भएन भन्ने कुरा थाहा भयो।
“यो घर उनको आफ्नै होइन र” प्रश्न गरेँ।
“कहाँ हुनु नि, भाडामा बस्थिन् नि, तीन महिनादेखि” जानकारी आयो।
गाडी छुट्ने हुनाले म पनि त्यहाँबाट फर्कें।
तीन बर्षपछि।
२०६३–७–७ गतेको बिहान आज। भाइटिकाको दिन। टेलिफोनको घण्टी बज्यो। उठाएँ। मैले हेलो भनि नसकी स्वर गुञ्जियो निलिमाको। तीनवर्ष भो यसरी उनले मलाई भाइटिकामा फोन गरेकी। भनिन् “सर नमस्कार, आज भाइटिकाको दिन। हजुरको याद आयो र फोन गरेकी। म कहाँछु कृपया नसोध्नु होला। बस आज भाइटिकाको दिन हो त्यसैले माइतिलाई सम्झेकी हुँ। हजुर कहाँ आउने मन त नभएको होइन तर मेरो उपस्थितिले हजुरको पवित्र छविलाई दाग लगाउन सक्छ त्यसैले आउन असम्भव छ । लाग्छ संस्कारले मानेको माइतिभन्दा मनले मानेको माइति उच्च र वास्तविक हुन्छ। यो अभागी चेलीले दुईमुठ्ठी सास भइञ्जेल अरूबेला नगरे नि प्रत्येक भाइटिकामा यहाँलाई फोन गर्छे। पक्कै झर्को मान्नु हुन्न होला।”
उनले नभने’नि कलर आइडिमा पोखराको कोड प्रष्ट देखियो।
“बच्चालाई कस्तो छ ?” प्रश्न गरेँ ।
“५ महिनाअघि बिरगन्जमा मृत्यु भयो। ‘‘छाडौँ सर यी कुराहरू यस्तै हो अहिले फोन राखेँ है।” मैले हुन्छ भन्न नपाई उनले फोन राखिन् तर फोन राख्न अघि उनको भक्कानीएको स्वर भने मैले प्रष्टसँग सुनेँ।
मान्छेबाट छलिएर बाँच्न मान्छेलाई कति कठिन हुँदोरहेछ। निलिमाको कथा देखेपछि थाहा भयो। म आज पनि सोच्छु, यति ठूलो संसारले किन लुकाउन सकेन निलिमाको त्यतिसानो बाध्यात्मक कथा र व्यथा । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget