news and more entertainment

March 2014

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोणले एक कोल्ड ड्रिंक्स कम्पनीको ब्रान्ड एम्बास्डरका लागि ६ करोड भारतीय रुपैयाँको सम्झौता गरेकी छिन्।दीपिका सबभन्दा महँगी नायिका
सो कम्पनीले एक वर्षका लागि उक्त रकम दीपिकालाई दिन लागेको हो। यसअघि कुनै पनि अभिेनत्रीले विज्ञापनका लागि यति ठूलो रकम पाएका थिएनन्। यो सम्झौतासँगै उनले महँगी नायिकाको सूचीमा रहेका प्रियंका चोपडा, क्याटरिना कैफ र ऐश्वर्या राय बच्चनलाई पनि पछाडि पारेकी छिन्, जसले एउटै उत्पादनको विज्ञापनका लागि पाँचदेखि साढे पाँच करोड भारतीय रुपैयाँसम्म लिएका थिए।
भिडियो हेर्न तलको थिच्नुहोस 

महिनाबारीका बेला गरिने सेक्सभित्रका दश तथ्य !

हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसाग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ ।
सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।
त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुादिनन् । र मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई अ
सर गर्ने समेत धारणा छ । तर चिकित्सा शास्त्रले महिनाबारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।
महिनाबारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यसप्रकार छन् :
१. महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।
महिनावारी
३.यदि महिला वा पुरुषमध्ये एकजना एच आइ भी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासाग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।
२.महिनाबारी हुादा बग्ने रगत खराब रगत हो भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनाबारीको बेला बगेको रगतको सम्पर्कमा आउादा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएकेा भए महिनाबारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।
४.महिनाबारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।
५. महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुादैन ।
६. महिनाबारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो ।
त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।
७. महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।
८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।
९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन-डेन्टल डाम) लगाउनुपर्छ ।
१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पूराउने खतरा रहन्छ ।

                    भिडियो तल छ 

२०७० फागुन  
प्रि ओस्कार पार्टीमा पुगेकी मियामी स्टार जोयनाले लगाएको पहिरनले सबैको ध्यान खिच्यो । उनले लगाएको पहिरन निक्कै नै पारदर्शी थियो । जसका कारण पनि उनको जवानीलाई पहिरनले छोप्न सकेन ।
३४ बर्षकी यि सुन्दरी ओके म्यागेजिनले आयोजना गरेको प्रि ओस्कार पार्टीमा सहभागी हुँदा धेरैले उनको पहिरनको चर्चा गरे ।

फागुन १८,
एजेन्सी । नेपालमा यौन ब्यापारले कानुनी मान्यता नपाए पनि मुख्य गरेर सहरी इलाकामा हजारौको संख्यामा यौन कर्मीहरु रहेको बिभिन्न रिपोर्टहरुले देखाएका छन् । बंगलादेशमा भने धेरै सानो उमेरका केटीहरुलाई स्टेरायेड हार्मोन दिएर देह व्यापारमा जवरजस्ती लगाइरहेको कुरा अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । प्राय : गरिव परिवारका बच्चीहरुलाई २० हजार टाका ( नेपाली २० हजार भन्दा कम ) मा नै बेच्ने गरेको बताइन्छ ।

बिचौलियाहरुले केटीको परिवारलाई फकाइफुलाई सानैमा बिवाहको नाटक गरी वेच्ने गरेको तथ्य पनि समय समयमा सार्वजनिक भइरहेको समाचारमा बताइएको छ । तेसैगरी यौन धन्दामा लगाउन १२ देखि १४ वर्ष उमेरका ठिटीहरुलाई स्टेरायेडले काम नगर्ने हुनाले इन्जेक्शन समेत लगाइने गरिएको समाचारमा जनाइएको छ ।

सन् २००० बाट नै बंगलादेशले देह व्यापारलाई ब्यवस्थित बनाउदै कानुनी मान्यता दियो । तर त्यो मान्यताले यौन धन्दामा लगाउने नाममा चेलीहरुलाई जवरजस्ती प्रवेश गराउदा चिन्ताको बिषय बन्दै गएको अन्तराष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन् ।


समाचारमा जनाए अनुसार पशुलाई खुवाउने स्टेरयेड हार्मोन यौन यौनकर्मीको लागि केटीहरुलाई आर्कषक बनाउनेका लागि ओराडेक्सान नामको स्टेरयेड हार्मोन प्रयोग गर्ने गर्दछन‍् । सामान्य रुपमा यो स्टेरायड हार्मोन किसान आफ्नो पशुलाई हृष्ट पुष्ट बनाउन प्रयोग गरिने बताइएको छ ।

बंगलादेशमा कार्यरत एक गैर सरकारी संस्थाको प्रतिवेदन अनुसार ओराडेक्सान हार्मोन बंगलादेशको ९० प्रतिशत वेश्यालयमा प्रयोग हुने गरेको सार्वजनिक गरेको छ । जस अनुसार १५ देखि ३५ वर्षसम्मका महिलाहरुलाई यो हार्मोन प्रयोग गरिएको पाइन्छ । एक्शनएडको प्रतिवेदनले बंगलादेशमा करीब २० हजार केटीहरु देह व्यापारमा प्रत्यक्ष संलग्न रहेको जनाएको छ । सन् २०१० मा सोही संस्थाले पिडित केटीलाई औषधिको आदतबाट मुक्त गराउन अभियान नै शुरु गरेता पनि सकारात्मक परिर्वतन नआएको बताएको छ ।

बंगलादेशमा कलिली ठिटीहरु देह व्यापारबारेमा बुझ्न नपाउदै अभिभावक तथा दलालहरुको जालमा परेर संलग्न गराउनु एउटा ठुलो चुनौती बन्दै गएको समाचारमा बताइएको छ । संयुक्त राष्ट्रको बाल कोषका अनुसार बंगलादेशमा २००४ मा नै यौन शोषणका शिकार भएका कलिली ठिटीहरुको संख्या १० हजारको हाराहारीका देखाएको छ । wat

आमिर खानलाई चौबिस घण्टामा सात हजार प्रश्न सोधिएका छन्। सर्वसाधारणले उनलाई यी प्रश्न सोधेका हुन् जसमध्ये चार हजार प्रश्न एउटै थिए। ती प्रश्न राजनीतिसँग सम्बन्धित थिए। आमिर किन राजनीतिमा आएनन् भन्ने प्रश्न नै चार हजार भएका छन्।

राजनीतिक प्रश्नको जवाफमा आमिरले भनेका छन्, ‘म जुन माध्यममा छु उसबाट निकै खुशी छु। मलाई सर्वसाधारणलाई मनोरञ्जन दिलाउनमा राम्रो लाग्छ। फ्यान्सको चेहरामा खुशी ल्याउन पाउँ, मेरो लागि यहि नै ठुलो कुरा हो। मलाई अरु केहि चाहिँदैन। देशको सेवा गर्न राजनीतिमै आउनु जरुरी ठान्दिन’।

जब आमिरलाई चार हजार एउटै प्रश्न आए आमिर भनेका थिए ‘ओ माई गड’। यसको अलावा अर्को एक प्रश्न थियो, ‘तपाई कुन पार्टीलाई सपोर्ट गर्नुहुन्छ ?’ यसको जवाफमा आमिरले निकै मुश्किल प्रश्न बताएका थिए। आफुले कुनै पार्टीको फेवर नलिने र नलिएको बताए।

जब आमिर भारतिय चर्चित पत्रिका दैनिक भास्करको ‘अतिथी सम्पादक’ बनेका थिए तब आएका थिए।

मस्को, फागुन १७(एजेन्सी)–अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनमा सैनिक पठाएको भन्दै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएका छन् ।
उनीहरुबीच भएको फोनवार्तामा ओबामाले युक्रेनमा सेना पठाएर रसियाले गल्ती गरेको बताएको अधिकारीहरुले जनाएका छन् । फोनवार्ताका क्रममा युक्रेनमा हालै भएको राजनीतिक अस्थिरताको बारेमा कुराकानी भएको थियो ।
त्यस क्रममा राष्ट्रपति ओबामाले रसियाले गरेको कानुन विरोधी कामका कारण रसिया विश्व राजनीतिबाटै बहिर पर्नसक्ने सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराएको बताइएको छ ।
हालैमात्र युक्रेनमा भएको राजनीतिक विद्रोहपछि पहिलो पटक उनीहरुबीच फोनवार्ता भएको हो । उनीहरुबीच करिब ९० मिनेटसम्म कुराकानी भएको थियो ।
युक्रेनको क्रिमिया प्रायद्वीपमा हालै हतियारधारीहरुले त्यहाँको विमानस्थल नियन्त्रणमा लिएका छन् । त्यसयता उक्त प्रायद्वीपमा रसियाको प्रत्यक्ष चासो रहँदै आएको छ ।
सो देशमा सहयोगको लागि भन्दै रसियाले सैनिक पठाउन लागेको बुझिएको छ । रसियाले क्रिमियामा कम्तीमा पनि ६ हजार सेना पठाउने तयारी गरिरहेको बुझिएको छ ।
त्यसको विरोधमा राष्ट्रपति ओबामाले पुटिनसँग वार्ता गरेका हुन् । उनीह्रुबीच फोनमा चर्काचर्की नै भएको अधिकारीहरुको भनाई छ ।
शीतयुद्धपछि यो पहिलो पटक अमेरिका र रसियाका राष्ट्रपतिका बीचमा यो रुपमा भनाभन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यो वार्ताको समाचारपछि युक्रेनका अधिकारीहरुले त्यहाँको सैनिकलाई उच्च रुपमा सतर्क राखेका छन् । उनीहरुले युद्धको सम्भावना रहेको भन्दै त्यसका लागि पनि तयारी हालतमा रहेको जनाएका पनि अर्काे एक समाचारमा जनाइएको छ ।
ratopati.com 

 १८ फागुन । काठमाडौ । नेपाली पासपोर्टमा विदेश पुगेका तीन भारतीय युवती पक्राउ परेका छन् । वैदेशिक रोजगारका लागि कुवेत पुगेका उनीहरूलाई अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

नेपाली युवतीको पासपोर्टमा आफ्नो फोटो टाँसेर कुवेत पुगेका युवतीमा फिफरानी सुब्बा, तुलसी सुनार र अर्की एक युवती छन् । विदेशबाट फर्कंदा उनीहरू अध्यागमनको फन्दामा परेका हुन् ।


मानव तस्करीमा संलग्न गिरोहले उनीहरूलाई नेपाली युवतीको पासपोर्टमा विदेश पठाएको अध्यागमन कार्यालयले जनाएको छ । सविता थारू नामक महिलाको पासपोर्टमा आफ्नो फोटो राखेर तुलसी सुनार विदेश गएकी थिइन् । त्यस्तै, फिफरानी सुब्बाले रामकुमार गुरुङको पासपोर्ट प्रयोग गरेकी थिइन् । अध्यागमन विभागले उनीहरूलाई थुनामा राखी कारबाही चलाएको छ ।


भारतीय मात्र नभई बंगलादेशीले समेत नेपाली पासपोर्ट प्रयोग गर्दै आएको अध्यागमनका कर्मचारी बताउँछन् । यस्तो धन्दामा कतिपय मेनपावर व्यवसायी नै सक्रिय हुने गरेका छन् । भारतीयसँगै बंगलादेशी पनि नेपाली पासपोर्टमा आफ्नो फोटो टाँसेर विदेश जाँदा पक्राउ पर्ने गरेका छन् । हस्तलिखित पासपोर्ट भएकाले गिरोहले चलाखीपूर्वक थाहा नहुने गरी फोटो परिवर्तन गरी एउटाको पासपोर्टमा अर्कै महिलालाई पठाउने गरेका छन् ।


अर्काको पासपोर्टमा उड्ने नेपाली पनि प्रशस्तै छन् । हाल अध्यागमन विभागको हिरासतमा आठजना महिला अर्काको पासपोर्ट प्रयोग गरेको आरोपमा थुनामा छन् । विभागका अनुसार सुनिता तामाङ, तेन्जिङ लामा, दिलमाया खाम्बा मगर, कान्छी दर्जी, पम्फा विक, लक्ष्मी लिम्बू, मेनुका लिम्बू हाल थुनामा छन् । उनीहरूविरुद्ध अध्यागमन ऐनअनुसार मुद्दा दायर गरिएको छ ।


एक वर्षमा एक हजार तीन सय अर्काको पासपोर्ट प्रयोग गरी विदेश गएका पक्राउ परेको विभागका महानिर्देशक सहसचिव शरदचन्द्र पौडेलले बताए । त्यसमा धेरै महिला छन् । वैदेशिक रोजगारीका लागि खाडी जानेहरूले यसरी अर्काको पासपोर्ट प्रयोग गर्ने गरेका हुन् ।


सन् २०१३ मा मात्र एक हजार तीन सय पक्राउ परेको र त्यसरी अर्काको पासपोर्ट प्रयोग गर्ने कतिपय भारतको बाटो हुँदै खाडी देशबाट फर्कने गरेका छन् । हरेक साता अर्काको पासपोर्ट प्रयोग गर्नेहरू पक्राउ परे पनि त्यस्तो धन्दामा सक्रिय गिरोह भने पक्राउ पर्न सकेको छैन भनेर नयाँ पत्रिकाले लेखेको छ।


विस्तृत रूपमा अनुसन्धान हुन नसक्दा अर्का व्यक्तिको पासपोर्ट प्रयोग गरेर विदेश पठाउनेले सधैँ उन्मुक्ति पाउने गरेका छन् । अध्यागमनले सम्बन्धित व्यक्तिसँगको बयानमा विभिन्न व्यक्तिको नाम खुलाई थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्दै आएको छ । तर, प्रहरीले अनुसन्धान नगरेको अध्यागमनका कर्मचारीको भनाइ छ ।

अर्काको पासपोर्ट प्रयोग गर्ने व्यक्तिले पनि आफूलाई गलत तरिकाबाट विदेश पठाउनेलाई बचाउन खोज्ने गरेका छन् । यस्तो मुद्दामा कमजोर कारबाही हुने भएकाले पनि अभियुक्तहरू सजिलै छुट्ने र कारबाही हुने थाहा हुँदैहँदै पनि यस्तो किसिमको अपराध हुने गरेका छन् । अर्काको पासपोर्ट प्रयोग गर्नेहरू एक–दुई हजार जरिवानामा नै छुट्ने गरेका छन् । 

सम्बन्ध विच्छेदपछि पुरुषहरुमा सम्भोगको चाहना कम हुन्छ होला वा बढी ? डिभोर्स भएर श्रीमतीबाट अलग्गिएका पुरुषहरुमा यौनेच्छा बढि होला की विवाह नै नगरेका तन्नेरीहरुमा ? सामान्य अड्कल काट्ने हो भने सहबासबाट एक प्रकारले अघाएका भुक्तभोगी एकल पुरुषहरुमा भन्दा अविवाहित ठिटाहरुमा सम्भोगको भोक बढि हुन्छ । तर यस्तो अड्कलबाजी गलत रहेछ ।

एक अन्तराष्ट्रिय अनलाइन डेटिङ साइटले गरेको अध्ययन अनुसार ६७ प्रतिशत एकल पुरुषहरुमा अविवाहित ठिटाहरुमा भन्दा यौन इच्छा बढि हुन्छ । अध्ययनका अनुसार डिभोर्स खेपिसकेका पुरुषहरु वैवाहिक जिवन टुटेपछि नयाँ स्त्रीसँगको यौन सम्बन्धका बेला भावनामा बहँदैनन् । तर त्यस्ता पुरुषहरुले सम्भोगका बेला बढि रोमाञ्चकता तथा आनन्द प्राप्त गर्छन् जो उनीहरुले आफ्नी श्रीमतीसँगको सहबासमा अनुभुत गर्न पाएका थिएनन् ।

१०८० जना पुरुषमा गरिएको उक्त अध्ययन अनुसार डिभोर्स गरेका पुरुषहरुमा संयोगले बन्ने यौन पार्टनरसँगको सम्बन्ध प्रतिको कुनै भावनात्मक लगाव नहुने भएकाले उनीहरुले त्यस्तो यौन सम्बन्धलाई तनावमुक्त ढंगले ग्रहण गर्छन् र बढि भन्दा बढि आनन्द प्राप्तिको दिशामा लाग्छन् । उनीहरुमा पार्टनरलाई आनन्द दिन सकिएन भन्ने चिन्ता हुँदैन र आफु नामर्द होइने हो की भन्ने डर पनि हुँदैन ।

अर्को एक अध्ययन अनुसार डिभोर्सले महिलाको स्वास्थ्यमा भने नकारात्मक असर पूराउँछ । सम्बन्ध विच्छेदको मानसिक तथा शारीरिक प्रभाव हुने र यसले महिलाको हृदयस्वास्थ्यमा नकारात्मक असर पुराउने विज्ञहरु बताउँछन् ।
- अनलाइनखबर

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget