news and more entertainment

नेपाली युवाहरुलाई सेक्स गर्न आउदैन त्यसैले यिनीहरुलाई सेक्स एजुकेशनको आवश्यकता छः नायिका सुरविना

नेपाली चलचित्र क्षेत्रकी सेक्सी नायिका सुरविना कार्की हिन्दी फिल्मको सुटिङमा सिलगुढीमा छिन । सुटिङमा व्यस्त नायिका कार्कीसंग नेपालपाटी डट कमले गरेको कुराकानीः

Surabina Karki 
  • हिजोआज के मा व्यस्त हुनुहुन्छ ?

हिन्दी मुभी माई टियर्स को सुटिङमा इन्डियामा ब्यस्त छु ।

  • भनेपछि अब नेपाली मुभीबाट हिन्दी मुभीमा पुग्नुभयो ?

हजुर । हिन्दी मुभीमा डेब्यू गर्दैछु । तर नेपाली मुभी पनि गर्छु । १० दिनमा काठमाठौँ आउँदैछु ।

  • कसको मुभीबाट हिन्दी फिल्ममा डेब्यु गर्दै हुनुहुन्छ ?

सिलगुढीमा बस्ने नेपाली दाजुको फिल्मबाट ।  मोहन कोइरालाको प्रोडक्सनमा बन्न लागेको छ ।  निर्देशक कुमार केसी हुनुहुन्छ भने हिरो निक सिंह । सिलगुढीबाट पहिलो हिन्दी मुभी हो । अनि निक सिंह मुम्वईको व्यवसायिक मोडल ।

  • हिन्दी र नेपाली मुभीमा खेल्दा के फरक पाउनुभयो ?

साखै फरक त छैन । तर कम गर्ने तरिका चाँही फरक छ । म आफैलाई पनि डाइलगहरु क्लियर बोल्न गाह्रो भइरहेको छ । हिन्दीमा सवै फाइन छ । कलाकारले पाउने सव फ्यासिलिटीहरु दिनुभएको छ ।

  • अहिलेसम्म तपाईले कति वटा नेपाली मुभी गर्नुभयो ?

चार वटा भयो । हिन्दी समेत ५ वटा हुन्छ ।

  • तपाई भारतमा हुनुहुन्छ नेपालमा नाइकेको खुव चर्चा छ, तपाई प्रचारमा लाग्नुपर्दैन ?

बिजी भएर टाइम मिलाउन सकिरहेको छैन ।  तर १० दिनमा नेपाल फर्केपछि सवै समय नाइकेको प्रमोशनलाई दिन्छु । नाइके एकदमै राम्रो बनेको छ ।

  • नाइके फिल्ममा हेर्नैपर्ने के छ त्यस्तो विशेष कुरा ?

पहिलो त पूरा टिम खटिएको छ । लभर ब्वाईको रुपमा आर्यन दाइ जम्नुभएको छ । उहाँ रिस र एक्सनमा आउँदैहुनुहुन्छ । यो ग्याङस्टार मुभीको द्धन्द्धमा नाइके छ ।  दर्शकले हाम्रो मुभीमा एउटा मनोरञ्जनको प्याकेज पाउनुहुनेछ । फास्ट कट मुभी हो ।  एक्सन, कमेडी र लभलाई विषयबस्तु बनाइएको छ । सोझी केटीलाई गुण्डा मन पर्दैन ।  त्यही गुण्डासंगको लभको कथा हो नाइके ।

  • तपाईलाई सेक्सी नायिका भन्छन, तपाईको कुन अंग सेक्सी लाग्छ ?

अचम्म लाग्छ अरुले सेक्सी भनेकोमा । अनि आफै ऐनामा हेर्छु तब आफ्नो सव शरीर नै सेक्सी लाग्छ । अनि लजाउँछु आफै ।

  • त्यसमा पनि विशेष होला नि ?

आखा र लिप्स ।

  • तपाईलाई सेक्सी लाग्ने नेपाली हिरो ?

त्यस्तो सेक्सी लाग्दैन । तर जीवन लुइटेल, अनमोल केसी, सौगात मल्लसंग काम गर्न चाहन्छु ।

  • प्रेम प्रस्ताव कति आउँछन ?

साच्चै भन्दा मलाई प्रेम प्रस्ताव नै आउँदैन । आजसम्म मलाई कसैले पनि प्रस्ताव गरेको छैन ।

  • तपाईले चाँही पठाउनुभयो कि ?

हँ, कक्षा १० मा पढ्दा पठाएको थिएँ । तर अहिले बुझेर साइड लगाइदिएँ । यो समय काम गर्ने हो क्यारियरमा फोकस गर्नुपर्छ लभ गर्ने होइन, त्यसैले म अहिले सिंगल छु ।

  • सेक्स बारे तपाईको धारणा ?

सेक्सको बारेमा मलाई त्यति ज्ञान छैन । तर आजको युवाहरुलाई सेक्स एजुकेशनको आवश्यकता छ । सेक्सको बारेमा जति खुलेर कुरा गर्यो त्यति नै मान्छेहरु सचेत हुन्छन ।

Surabina Karki  #Pic CS
  • तपाई चाँही कतिको खुल्नुहुन्छ ?

खुलेर कुरा गर्छु साथीहरुसंग ।

  • सेक्स अनुभव लिनु भएको छ कि छैन ?

छैन । म अहिले सेक्सको लागि मानसिक र शारिरीक रुपमा तयार भएको छैन । सम्पूर्ण ध्यान करियर बनाउनै छ ।

  • उमेर घर्कन लाग्यो जस्तो लाग्दैन अव ?

ओ माई गड, म भर्खर २१ वर्षकी भएँ । कसरी उमेर घर्कन्छ ।

  • अन्तिममा केही भन्नु छ ?

सम्पूर्ण दर्शकहरुलाई एकपटक नाइके हेरिदिनुहुन अनुरोध गर्दछु । तपाईको सल्लाह, सुझाव र प्रतिक्रियाको प्रतीक्षामा रहने छु । धन्यवाद चुप्पा ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget