news and more entertainment

June 2014

गौशाला, असार १७ – महोत्तरी जिल्लाको बर्दिवास गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिवास–२ बस्ने कृष्ण ठाकुरकी पत्नी २१ वर्षीया रन्जनी ठाकुर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
चार दिनअघि मात्रै माइती घर जलेश्वरबाट ससुराली बर्दिवास पुगेकी महिला रन्जनी सोमबार अबेर साँझ आफ्नै सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरेको पति कृष्ण ठाकुरले बताएका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिवासबाट गएको प्रहरी टोलीले घाँटीमा डोरी लगाई झुन्डिएको महिलालाई परिवारजनले डोरी काटेर तल भुइँमा राखिरहेको अवस्थामा शव बरामद गरेकाले उनको रहस्यमय मृत्यु भएको प्रहरी निरीक्षक अशोक झाले बताए ।
मृतक महिलाका दाजु जलेश्वर नगरपालिका–१ बस्ने चन्दन ठाकुरले आफ्नी बहिनीको हत्या गरिएको आरोप लगाएका छन् ।
तीन वर्षपहिले बिहे भएको र एउटा डेढ वर्षको छोरासमेत रहेको रन्जनीको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीले घटनाबारे विस्तृत जानकारीका लागि शव परीक्षण गर्न जिल्ला अस्पताल जलेश्वर ल्याएका छन् ।

 १७ असार, काठमाडौं । कतारमा भएको सवारी दुर्घटनामा परी तीनजना नेपालीको ज्यान गएको छ । गत शुक्रबार भएको सवारी दुर्घटनामा झापाका पुष्पराज सिवकोटी, महोत्तरीको सिसुलाकटैयाका रामसरोवर साह र ओखलढुंगाका सुर्यबहादुर कार्कीको मृत्यु भएको हो ।
सवारी दुर्घटनामा अन्य सात जना नेपाली कामदार पनि घाइते भएका छन् । घाइते सबैको कतारस्थित असपतालमा उपचार भइरहेको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

 स्मार्टफोन र सामाजिक संजालका प्रयोगकर्ताको संख्या बढेसँगै यसको प्रयोगको शैली, उद्धेश्य र प्रयोगकर्ताको विविधता पनि रोचक खालेको छ । विज्ञहरुले स्मार्टफोन र सोसल साइट प्रयोगकर्ताहरुका विविध पक्षका रोचक प्रसँग उझिल्याउने प्रयासमा समय समयमा विभिन्न खाले अध्ययन सर्भेक्षण गर्ने गरेका हुन्छन् ।
हालै भएको एक सर्भेक्षणमा महिला तथा पुरुषले सामाजिक संजाल र स्मार्टफोन के-कसरी प्रयोग गर्छन् र यी सूचना प्रविधिका साधन प्रयोग गर्दा उनीहरुको प्राथमिकताको विषयमा के रहने गर्छ ? भन्ने विषयमा केही रोचक तथ्यहरु सार्वजनिक भएका छन् ।
सर्भेक्षणले महिला र पुरुषले सोसल मिडिया र स्मार्टफोन प्रयोग गर्ने शैली र कार्य धेरै हदसम्म फरक रहेकेा देखाएको छ ।
अमेरिकाको अनुसन्धान संस्था प्यू रिसर्च सेन्टर तथा नायल्सेन लगायतले गरेका विविध अनुसन्धानलाई एकतृत गर्दै फाइनान्स अनलाइन डट कमले सोसल मिडिया र स्मार्टफोन प्रयोगको लैंगिक आयाम विषयमा रोचक सामाग्री तयार पारेको छ । जसका केही रोचक तथ्यहरु यसप्रकार छन् -
१. पुरुषहरु सोसल मिडियामा खासगरी विजनेस र डेटिङलाई मुख्य उद्धेश्य बनाउँछन् भने महिलाको हकमा सम्बन्ध स्थापना, साझेदारी, मनोरञ्जन र आत्मसहयोग सोसल मिडिया प्रयोगको मुख्य उद्धेश्य बन्दछ ।
२. आफ्नो स्मार्टफोनलाई विविध काममा प्रयोग गर्ने सवालमा महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् । स्मार्टफोनमा गेम खेल्ने सवालमा पनि महिलाहरु पुरुषभन्दा १० प्रतिशत अगाडि हुन्छन् । त्यस्तै स्मार्टफोनमा इन्टरनेट चलाएर विभिन्न खाले वेबसाइट खोल्ने, एप डाउनलोड गर्ने, म्यासेज पठाउने तथा क्यामरा प्रयोग गर्ने सवालमा पनि महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।
३. ३८ प्रतिशत महिलाहरु स्मार्टफोनमा गेम खेल्छन् जबकी पुरुषहरु केवल २८ प्रतिशत मात्र ।
४. १३ प्रतिशत पुरुषहरुले सोसल मिडियालाई डेटिङका लागि समेत प्रयोग गर्छन् जबकी सोसल मिडियालाई डेटिङमा प्रयोग गर्ने महिलाको संख्या केवल ७ प्रतिशत हुन्छ ।
५. फेसबुकमा आउने विभिन्न ब्राण्डका विज्ञापनमा लाइक गर्ने महिला ७१ प्रतिशत हुन्छन् भने यस्तो काम गर्ने पुरुष केवल १८ प्रतिशत मात्र ।
६. उद्धेश्यका हिसाबले सोसल मिडिया प्रयोग गर्नेमध्ये साथीभाइ र परिवारसँग सम्पर्क गर्नका लागि सोसल मिडिया प्रयोग गर्नेमा महिला ६५ प्रतिशत र पुरुष ५३ प्रतिशत हुन्छन् । त्यस्तै ब्लगिङ तथा फोटो अपलोड गर्नका लागि सोसल मिडिया प्रयोग गर्नेमा महिला २८ र पुरुष २३ प्रतिशत हुन्छन् । नयाँ कुरा थाहा पाउनका लागि सोसल मिडिया प्रयोग गर्नेमा पनि महिला नै ३७ प्रतिशतका साथ अगाडि छन्, जबकी पुरुष केवल ३० प्रतिशत मात्र छन् ।
७.विभिन्न कामका लागि फेसबुक प्रयोग गर्नेमा समेत पुरुषलाई महिलाले पछि पारेका छन्, चाहे त्यो मनोरञ्जनका लागि होस् चाहे विभिन्न खाले सहयोग र समर्थन प्राप्त गर्नका लागि होस् ।
८. मोबाइलमा आउने टेक्स्ट म्यासेजका विज्ञापन तथा सोसल मिडियामा आउने पैसा तिर्नुपर्ने विज्ञापन हेर्ने र त्यसमा सहभागि हुने मामिलामा भने महिलाहरु पुरुषभन्दा कम रुची राख्छन् । महिलाहरुले यस्ता विज्ञापनलाई अधिकांसतः बेवास्ता गरिदिन्छन् ।
९. अनलाइन विज्ञापनको कुरा गर्दा पुरुषहरु यौनिक विषय, मोटरगाडि, खेलकुद जस्ता विषयका विज्ञापनमा बढि रुची राख्छन् भनि महिलाहरु मायाप्रेम, पारिवारिक वस्तु तथा पाल्तु वस्तु र बच्चाबच्चीका विषयमा बढि रुची देखाउँछन् ।
१०. मोबाइलको प्रयोगको सन्दर्भमा पुरुषहरु मोबाइलबाट भिडियो, समाचार तथा जिपिएसको प्रयोग बढि गर्छन् भने महिलाहरु क्यामरा, गेम जस्ता चिजहरु ब्ढि प्रयोग गर्छन् ।
११.  मोबाइलबाट म्यासेज, कुराकानी, वेबसाइट चलाउने, सामाजिक संजालमा जोडिने, गेम खेल्ने, एप डाउनलोड गर्ने, क्यामरा चलाउने च्याट गर्ने जस्ता कुरामा महिलाहरु पुरुष भन्दा अगाडि रहेको देखिएको छ ।

१७ असार, बारणसी ।
भारतको बारणसीमा एक १२ वर्षीय वालकलाई बलि दिइएको खुलासा भएको छ । भादोही जिल्लाको तेल्गा गाउँमा स्थानीय एक तान्त्रिकले वालकको घाँटी अठ्ठ्यार बलि दिएको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


तान्त्रिकले वालक मारेको स्वीकार गरेका छन् । सुमित नामका ती वालक हराएको भन्दै परिवारले खोजि गरिरहेको थियो । तीन दिनपछि
वालकको शव गाउँको एकान्त स्थलमा शरीररभरी चोट नै चोट भएको अवस्थामा फेला परेपछि तान्त्रिकले मारेको खुलासा भएको हो ।

वालकका हात काटिएको र घाँटी अठ्ठ्यर मारिएको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ । प्रहरीले वालकको वलि दिने तान्त्रिक उपेन्द्र तिवारी र उनका २ सहयोगीलाई नियन्त्रणमा लिएको छ ।
क्रुद्ध गाउँलेहरुले तान्त्रिकका सहयोगीका घरमा आगो लगाइदिएका छन् । अहिले त्यहाँ प्रहरी तैनाथ गरिएको छ ।
भारत र नेपालका विभिन्न स्थानमा मानव बलिको परंपरा लुकुछिपी कायमै रहेको छ । समय समयमा यसरी मानव वली दिइएको खुलासा हुने गरेको छ ।

 वेश्यावृत्ति वा यौनकर्मलाई कानूनी मान्यता दिइएका देशहरुमा केही यस्ता ठाउँहरु छन् जो दुनियाँभरमै आफ्नो अनौठो पहिचानका कारण चर्चित छन् । चेक रिपब्लिकको राजधानी प्रागस्थित बिग सिस्टर इलाका पनि एउटा त्यस्तै विचित्र ठाउँ हो । उक्त वेश्यालयमा चेक तथा स्लोभाकियाली यौनकर्मी महिलाहरुले ग्राहकलाई सित्तैमा सेवा प्रदान गर्छन् ।


यौनकर्मी महिलाहरुसँग बिना पैसा सेवा लिन त पाइन्छ । तर त्यसका लागि एक अनौठो करार गर्नुपर्छ । त्यहाँ महिलाहरुका साथ सित्तैमा सेवा लिएबापत ग्राहकहरुको भिडियो रेकर्ड गरिन्छ र त्यसलाई उक्त वेश्यालयको वेबसाइटमा अपलोड गरिन्छ । ग्राहकले त सित्तैमा सेवा पाउँछन् तर वेबसाइटमा अपलोड भएका यौन भिडियो हेर्न भने पैसा तिर्नुपर्छ ।


ग्राहक तथा यौनकर्मीहरुका अन्तरंग पलहरुको भिडियोलाई वेश्यालयले डिभीडी बनाएर बजारमा समेत बेच्ने गर्छ । त्यो नै उक्त वेश्यालयको कमाइको श्रोत हो ।बिग सिस्टरको स्थापना २००४ मा भएको हो । यो वेश्यालयका मालिकको प्रागमा अर्को सेक्स क्लब पनि रहेको बताइन्छ । 

उक्त वेश्यालमा प्रवेश गर्नका लागि पुरुषहरुले ५ सय चेक क्राउन्स तिर्नुपर्छ र उक्त प्रवेश शुल्क तिरेपछि सम्भोगको स्वाद चाख्न पाइन्छ । तथापि महिला र जोडीहरुलाई भने त्यहाँ छिर्न कुनै पैसा लाग्दैन । स्मरण रहोस् चेक रिपब्लिकमा १८ वर्ष भन्दा बढी उमेरका व्यक्तिहरुलाई स्वेच्छिक रुपमा यौन पेशामा लाग्ने छुट छ । तर, कानूनले वेश्याहरुको दलाल गर्न भने रोक लगाएको छ ।

 मध्यपश्चिमको नेपालगञ्जबाट पर्यटन व्यवसायमा प्रवेश गर्नुभएकी भवानी राणा हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष पदमा आवद्ध छिन् । काममा व्यस्त भएपनि आफ्नो हसिलो र फुर्तिलो बानीले ४ दशकको उमेर पुगिसक्दा पनि राणा जवान देखिन्छिन् । उनै राणासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी हिजो-आज तपाईको समय कसरी वितिरहेको छ ? महासंघको काममा मेरो ९० प्रतिशत समय वितिरहेको हुन्छ । मन्त्री र सचिवहरुकोमा डेलिगेशन लिएर गइरहनुपर्ने हुन्छ । 
अनि विदेशी डोनर तथा राजदुतहरुसँग मिटिङ भइरहेको हुन्छ । बाहिरबाट आएका उद्योगी-व्यवसायीहरुलाई पनि समय दिनुपर्छ । जिल्लामा आयोजना भएका विभिन्न मिटिङ तथा सभाहरुमा सहभागी हुनुपर्छ । त्यस्तै, घरपरिवार, बिजनेश र सामाजिक कार्यमा पनि त्यत्तिकै समय दिनुपर्छ । समय कसरी म्यानेज गर्नुहुन्छ ? महिलाहरु जसरी भएपनि समय म्यानेज गर्न सक्षम हुन्छन् । पुरुषहरुले बिजनेश सम्हाले भने घरपरिवार अन्य कामहरु सम्हाल्न सकिरहेका हुँदैनन् । नेपाली महिलाहरुले कहिल्लै पनि आफ्नो परिवारलाई खुशी नबनाई बाहिर समय दिन पाउँदैनन् । विभिन्न क्षेत्रमा समय मिलाउन महिलाहरुलाई एकदमै गाह्रो हुन्छ । तर, घरपरिवारमा समझदारी भयो भने समय मिलाउन गाह्रो हुने रहेन्छ । मलाई मेरो श्रीमानले पुरै सहयोग गर्नुभएको छ ।
दौडधुपबीच पनि निकै हँसिली र राम्री देखिनुहन्छ, रहस्य के हो ? कामको चापका बिच पनि मान्छे हँसिलो र राम्रो देखिन इनर्जी चाहिन्छ । मैले आफुलाई फुर्तिलो र इनरजेटीक राख्न नियमित योगा गर्छु, भगवानको आराधाना गर्छु । भगवान प्रतिको आस्था र भरोसाका कारण पनि ममा इनर्जी आएको होला जस्तो लाग्छ । मलाई भगवानप्रति ठूलो भरोसा छ । सधै फुर्तिलो हँसिलो देखिनुको रहस्य मैले कहिल्लै पनि नकरात्मक सोचाई राख्दिन, सधै पोजेटिभ सोचाइ मात्र राख्छु । कसैले नकरात्मक कुरा गरे भनेपनि म त्यसलाई वास्ता गर्दिन् । त्यसमाथि मेरो परिवार समझदारी पनि छ । विवाह कसरी गर्नुभयो ? मेरो विवाह लभ म्यारिज हो । हामी दुवैको परिवार पहिलादेखि नै नजिक थियो । 
भारतमा पढ्दा मेरो श्रीमानले मलाई मन पराउनु भएको रहेछ । उहाँले प्रेम प्रस्ताव राख्नुभयो । मैले केही समयपछि उहाँको प्रेम प्रस्ताव स्विकार गरेँ । १/२ वर्ष लभ चक्कर चलेपछि विवाह भयो । लभ म्यारिज कत्तिको सफल भइरहेको छ ? हाम्रो जोडी निकै समझदार छ । हामी जुनसुकै काम गर्दा पनि समझदारीका साथ गर्ने गछौं । हामी एक-अर्कामा पूर्ण विश्वास गर्छौं । बाल्यकालमा कस्तो स्वभावकी हुनुहुन्थ्यो ? बाल्यकालमा म हक्की, चकचके, मिलनसार सबै प्रकारको स्वभाव भएको बच्च थिएँ रे । बुवा आमा भन्नुहन्थ्यो सानोमा म जति चकचके थिएँ, उत्तिकै मिलनसार पनि थिएँ । बुवा-आमालाई भने सानोमा निकै हटाउँथे रे । अहिले पनि मेरो स्वभाव मिलनसार र मेहनत गर्ने नै रहेको छ । सकेसम्म सबैलाई राम्रो गर्नुपर्छ भन्ने सोच्छु । यहि मिलनसार र मेहनती स्वभावका कारण आजको अवस्थासम्म आइपुगेकी हुँ । खान लाउनमा कत्तिको शौखिन हुनुहुन्छ ? म खानका लागि बाँच्दिन, बाँच्नका लागि खान्छु । म खानेकुरामा त्यति शौखिन छैन् । सानैदेखि म खाने कुरामा जोड नदिने स्भावकी थिएँ रे । 
पहिरनका कुरा गर्दा म अवस्थाअनुसार लगाउने गर्छु । पार्टी तथा सभा-समारोहमा जाँदा सारी लगाउँछु । अन्य बेला कुर्ता र पाइन्ड टिसर्टमै रहन मन लाग्छ । मलाई खाने लगाउने भन्दा पनि फुर्सदको समयमा आफ्नो परिवार तथा साथीभाईसँग समय विताउन र फिल्म हेर्न मन लाग्छ । भनेपछि फिल्म निकै हेर्नुहुन्छ ? हो, मैलै फिल्म खुब हेर्छु । राम्रो फिल्म लागेको छ भने हलसम्मै पुगेर हेर्छु । सानैदेखि मलाई फिल्म निकै मन पथ्र्यौ । अहिले पनि श्रीमान र छोरासँग फिल्म हेर्न हलमा जाने गर्छु । हिन्दी र इङ्िलस फिल्म मलाई बढी मन पर्छ । मलाई हँसाउने फिल्म हेर्न मन लाग्छ । सिरियल पनि भ्याएसम्म हेर्ने गरेकी छु । नेपाली सिनेमा भने त्यति हेर्ने गरेकी छैन् । त्यस्तै, वायोग्राफी पढ्न मन पर्छ । मन पर्ने हिरो हिरोइन ? रणविर कपुर र दीपिका पादुकोण मलाई सबैभन्दा बढी मने पर्ने हिरो हिरोइन हुन् । किनभने, उनीहरु दुबैजना निकै क्यूट देखिन्छन् । नेपाली हिरो राजेश हमाल पनि मन पर्छ । सिनेमा नहेरे पनि नेपाली गीतहरु भने निकै सुन्ने गर्छु । नेपाली गायक गायीकहरुले धेरै राम्रो गाउन सक्छन् । पुराना-पुराना हिन्दी र अंग्रेजी गीतहरु सुन्छु । तपाई नेपाली फिल्म त्यति हेर्दिन भन्नुभयो, नेपाली फिल्मलाई हेर्न लायक बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ? नेपालमा नेपाली फिल्मको भन्दा हिन्दी फिल्महरुको प्रचार-प्रसार बढी भइरहेको छ । हलहरुले पनि नेपाली भन्दा हिन्दी फिल्महरु प्रर्दशन गर्न खोज्छन् । 


नेपालीहरुमा हिन्दी फिल्मको प्रंभाव परिसकेको छ । जुन कारण नेपालीहरु आफ्नो देशमा बनेका भन्दा भारतीय फिल्महरु हेर्न रुचाउँछन् । टिभी खोल्दा पनि हिन्दी फिल्म चलिरहेका हुन्छन् । नेपालीहरुलाई हिन्दी फिल्मले नराम्रोसँग गाँजेको छ । अहिले नेपाली फिल्महरुले पनि राम्रो प्रगति गरिरहेका छन भन्ने कुरा सुनिरहेकी छु । धेरै क्षेत्रमा लगानी गर्न तम्सिने तपाइले सिनेमा क्षेत्रमा लगानी गर्ने योजना बनाउनुभएको छ कि छैन ? एकपटक मलाई सिनेमामा लगानी गर्न प्रस्ताव त आएको थियो । तर, प्रपोजल भने आएन् । फिल्मका प्रपोजल आएभने अवस्था हेरेर लगानी गर्न सकिन्छ । फिल्ममा लगानी गरौं भनेर कोही आएको छैन, खाली पर्यटन, कृषि लगाएतका क्षेत्रमा मात्र लगानी गर्न प्रस्ताव आउँछन् । फिल्म खेल्न प्रस्ताव आयो कि आएन ? मलाई अहिलेसम्म अफर आएको छैन् र आउने पनि छैन । प्रस्ताव आयो भने फिल्म खेल्ने नखेल्ने भन्ने विषयमा त्यति बेला नै निर्णय गर्ने हो । चाडपर्व कत्तिको मनाउनुहुन्छ ? चाडपर्व मनाउँछु । महिलाहरुको महान पर्व तीज सिनेमा हेरेर, परिवारसँग रमाइलो गरेर दर खाएर मनाउने योजना रहेको छ । दर खान भने धेरै दिन अगाडीदेखि नै शुरु भइसकेको छ । 
गीत-संगीतलाई मानव जिवनसँग कसरी तुलना गर्नुहुन्छ ? गीत-संगीत मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण पार्ट हो । खासगरी मेरो लागी त गीत-संगीत निकै महत्वपूर्ण पार्ट बनेको छ । दुःख पिडालाई बिर्साइदिएर मनोरञ्जन दिने हुँदा गीत-संगीत दुःख सुखको साथी हो । गीत-संगीतले मानिसलाई ठूलो प्रभाव पारेको हुन्छ । जीवन के हो ? जीवन संघर्ष हो । जीवनमा केही भिन्न काम गरेर समाजमा देखाउनु, समाजलाई केही दिनु नै सार्थक जीवन हो जस्तो लाग्छ । जीवन फर्किएर नआउने हुँदा जे गर्नुछ साँचेर राख्नु हुँदैन् । मैले भगवानमा पनि विश्वास गर्छु । वषौं वर्षको संघर्षपछि मानव जीवन पाइएको हुन्छ रे, यस्तो अवस्थामा केही न केही गोल गरेर देखाउनुपर्छ । तपाई त प्रेमको खेलाडी नै हुनुहुँदो रहेछ, तपाईको बिचारमा प्रेम के हो ? प्रेम विभिन्न किसिमको हुन्छ । संसार नै प्रेममा बाँधिएको छ । यदि प्रेम भएन भने संसार नै रहँदैन होला । मेरो बिचारमा प्रेम भनेको बाँच्ने आधार हो । सेक्स के हो जस्तो लाग्छ ? सेक्स जैविक आवश्यकता हो । प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ ? सेक्स आवश्यकता हो । कुनै ठाउँमा प्रेम भयो भने सेक्स पनि हुन सक्छ । सेक्स जीवनमा नभई नहुने अत्यावश्यक जैवीक आवश्यकता हो । प्रेम र सेक्सको सम्बन्ध नजिक हुन्छ । प्रेमयूक्त सेक्स आनन्ददायी हुन्छ भने प्रेमबीनाको सेक्स पिडादायी हुन्छ । नेपालमा सेक्स छताछुल्ल हुन लागेको छ नी ? हो, नेपालमा सेक्स नियन्त्रण बाहिर जान थालेको छ । पश्चिमी संस्कृती र सभ्यताले नेपालमा पनि सेक्सलाई सस्तो वस्तुको दर्जामा पुर्‍याइदियो ।
 इन्टरनेटले नेपाललाई ओपन सोसाइटीमा बदलिदियो । मान्छेले भन्थे- थाइल्याण्डमा छोटा-छोटा पहिरन लगाएर हिँड्छन, विकिनी लगाउँछन । तर, मैले त्यहाँ त्यस्तो देखिन, थाइल्याण्डमा भन्दा नेपालमा अझ छोटा लुगा लगाएर युवतीहरु हिँडेको देखिन्छ । नेपालले चाहिने भन्दा नचाहिने कुरामा ठूलो फड्को मारिसकेछ । नेपालमा पनि रेड लाइट एरियाको आवश्यकता हो ? म यस विषयमा सहमत छैन् । मेरो साथी संस्था छ, हामीले यौनलाई सस्तो वस्तु बनाउन हुन्न भन्छौं । अझै पनि नेपाली समाज बाहिरी व्यक्तिसँगको सेक्सलाई स्वीकार गर्दैन् । नेपालमा सेक्सलाई लिगल बनाउन हुँदैन भन्ने मेरो धारणा छ । त्यसले विकृतीहरु बढाउँछ । छोटो लुगा लगाउनुलाई के भन्नुहुन्छ ? पछिल्लो समय नेपाली युवतीहरुमा वेष्टर्न कल्चर हावी भएको देखिन्छ । यो गलत हो । ठाउँ सुहाउँदो पहिरन लगाउनुपर्छ । हुन त के लगाउने, के खाने भन्ने कुरा उनीहरुको व्यक्तिगत कुरा भयो । छोटा लुगा लगाउनु उनीहरुको रहर पनि होला ।
 एक पटक पाइने जीवनमा उनीहरुले रहर पुरा गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर, त्यो रहर ठाउँ हेरेर पुरा गर्नुपर्छ । जहाँ पायो त्यहाँ छोटा लुगा लगाएमा भद्धा देखिन्छ । छोटा लुगा लगाउँदा आफुलाई वेट राखेर लगाऔं । बावुआमासँग हिँड्दा छोटो लुगा लगाएमा राम्रो देखिदैन् । पहिरनलाई ब्यालेन्समा राख्नुपर्छ भन्ने मेरो मान्यता छ । राजनीतिमा कत्तिको रुची छ ? राजनीतिमा म रुची राख्छु । राजनीतिबाट कोही मान्छे अलग रहन सक्दैन् । म सानैदेखि कि त राजनीतिमा लाग्छु, कि त बिजनेश गर्छु भन्ने सोच्थेँ । अहिलेसम्म कुनै राजनीतिक दलमा संलग्न भने छैन् । 

पछिल्लो समय कलाकार, बिजनेशम्यान, कर्मचारीहरु पार्टी प्रवेश गर्ने लहर चलेको देखिन्छ । मलाई पनि विभिन्न दलहरुबाट अफर आएको थियो । तर, म अहिले निजी क्षेत्रलाई कसरी उकास्न सकिन्छ भनेर लागिरहेको छु । देश आर्थिक रुपमा सम्पन्न नहुँदासम्म देशको विकास हुन सक्दैन, जनता धनी हुन सक्दैनन् । अहिलेसम्म कुनै पार्टीमा प्रवेश गर्ने योजना बनाएकी छैन, भोलीका दिनमा के हुन्छ अहिले भन्न सकिदैन । राजनीति र आर्थिक क्षेत्रलाई हामीले कहिल्लै पनि छुट्टाउन सक्दैनौं । राजनीतिक दल र आर्थिक क्षेत्र एक सिक्काका दुई पार्ट हुन् । श्रीमानको मन नपर्ने बानी ? श्रीमानको सबैभन्दा मन नपर्ने बानी कुरै नबुझी झडङ्ग रिसाउनुहुन्छ । उहाँको मन पर्ने वानी समझदारी र मायालु हुनुहुन्छ । हामी दुवै समझदारी छौं ।

काठमाडौं । नायिका रेखा थापाले राष्ट्रिय पुरस्कारमा भागबण्डा भएकाले समारोहमा आफू उपस्थित नभएको दावी गरेकी छिन् ।

राष्ट्रिय पुरस्कारमा सुरुदेखि नै सबैको चित्त बुझाउने गरी पुरस्कार भागबण्डा गर्न लागिएको संकेत पाएकाले आफू समारोहमा उपस्थित नभएको उनले बताइन् ।

रेखाको बताइन्, ‘राष्ट्रिय पुरस्कार, राष्ट्रिय पुरस्कार जस्तो भएन । सुरुमै पार्टीगत र व्यक्तिगत हिसाबले भागबण्डा हुने संकेत पाएँ । त्यसैले मेरो फिल्म काली दिइनँ । राष्ट्रिय पुरस्कारलाई बहिष्कार गरें ।’

‘भागबण्डा हुने देखेरै फिल्म नदिएपछि समारोहमा जाने त कुरै भएन । आखिर भागबण्डा नै भयो। सबैको चित्त बुझाउने काम भयो ।’ उनको भनाइ थियो– ‘राष्ट्रिय पुरस्कार दिँदा उसको योगदान पनि हेरिनुपर्छ । निस्पक्ष मूल्यांकन हुनुपर्छ । विलसन विक्रम राई नेपाली फिल्म इन्डस्ट्रीमा आएको नै कति भयो र, राष्ट्रिय पुरस्कार दिने ? विलसनलाई अभिनेताको राष्ट्रिय पुरस्कार दिइयो, ऊ त हाँस्य कलाकार हो । रिदमबाट दिँदा त जीवन लुईंटेललाई पो दिइनुपथ्र्यो । मसानबाट नीता ढुंगानालाई राष्ट्रिय पुरस्कार दिइयो । तर मसानको मुख्य क्यारेक्टर त केकी अधिकारी हो ।’

रेखाले निर्णायक मण्डलको मूल्यांकन क्षमता र मापदण्डमा पनि प्रश्न उठाइन् । ‘होला फिल्मको केही पक्ष थाहा होला, तर जुरीमा जो छन् उनीहरु फिल्मका विधाहरुको विशेषज्ञ होइनन्’, उनको भनाइ थियो– ‘भागबण्डा गरिँदा राष्ट्रिय पुरस्कार झुर भयो ।’

(एजेन्सी)– बिहारको दौलतपुर डीह गाऊँमा पुलिस जवानले आफ्नो छोराहरुसँग मिलेर आफ्नी छोरीको प्रेमीलाई मरणासन्न हुने गरि पिटेर फलामले आँखा फोडिसकेपछि गोली हानेर हत्या गरेका छन् । फतुहा थानाको दौलतपुर गाऊँको रानीटोल गाउँमा बस्ने राहुल कुमारलाई यसरी क्रुरतापूर्वक मारेको पुलिस उपरिक्षक आशिष भारतीले बताए । राहुलका बस चालक बुवा राकेश कुमारले फरार रहेका पुलिस जवान अभय सिंह र उनका दुईजना छोरा गोबिन्द सिंह र रोशन सिंहसहित जम्मा सात व्यक्तिहरुविरुद्ध हत्याको आरोप लगाएका छन् । हत्याका आरोपी गोबिन्द सिंह र रोशन सिंहलाई पुलिसले पक्राउ गरेको जानकारी भारतीले दिएका छन् । पटनामा आइटीआईमा डिप्लोमा गरेका राहुल उत्तराखण्डको हरिद्वारस्थित हिरो होण्डा कम्पनीमा जागिरका सिल्सिलामा आगामी जुलाई महिनाको पहिलो हप्ता त्यहाँ जान लागेका थिए । जागिर खान हरिद्वार जानुपूर्व प्रेमिकालाई उनको कोठामा भेट्न गएका राहुललाई अभयले आफ्नो छोराहरुसँग मिलेर उनलाई मरणासन्न हुने गरि पिटे र गोली हानिसकेपछि उनको टाउको कुल्चिए । राहुलकी प्रेमिका आफ्नो बुवा र भाइहरुसँग उनलाई छोडिदिनका लागि हार गुहार गरिरहेकी थिइन् । तर उनको गुहारलाई कसैले सुनेनन् र उनलाई एउटा कोठामा बन्द गरेर राखियो । प्रेमिकाले नै बोलाएर आशिष उनको घरमा आएको प्रमिकाले बताइन् । rape

चर्चा  पाउनका लागि जे जस्तो पनि बोल्न तयार हुने नेपाली नायिका या मोडलहरु आज काल राम्रो पैसा र अबसर आए अस्लिन चलचित्र पनि खेल्न तयार छु भन्न समेत पछि परेका छैनन् । नेपाली  सिने क्षेत्रमा नराम्रो विकृति भित्रिरहेको बेला यस्ता विभिन्न खाले कुराहरुले सञ्चार माध्यम खुबै तताएको पाइन्छ ।
त्यस्तै एक नायिका सोनिया के.सिले आफुले राम्रो सिन र पैसा पाए आफु अस्लिल चलचित्र पनि खेल्न तयार रहेको बताएकी छिन् ।  चर्चामा आउन यस्ता स्टेटमेन्ट दिएपनि उनी फिल्मा सिलसिलाकी प्रभावशाली चुम्वन गर्ने नायिका भने अवश्य हुन् । उनकै चुम्बन हेर्न सिलसिला हेर्न जाने दर्शक भने हिस्सै परे । चुम्बनको व्यापक प्रचार गरिएपनि फिलममा भने केहि देखिएन । फिल्मले काठमाण्डौका हलमा बाहिरका हलमा जस्तो प्रभाव जमाउन सकेन ।त्यसैले होला, अचेल सोनिया आफुलाई चुम्बन गर्ने नायिका भनेर कसैले कमेन्ट गरेमा सबैखाले रोल गर्ने क्षमता भएकी पो हुँ भनेर मुखाले जवाफ दिने गरेकी छिन् । यस्ती बहुमुखि प्रतिभाकी धनीलाई चुम्बन गर्ने रोलमात्रै किन अफर गरिएका होलान् ।

via बिजनेस संसार भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

(एजेन्सी)– सन्नी लियोन आफ्नो अर्को आइटम गीतसँगै दर्शकहरु माझ धुम मच्चाउने सोचमा छिन् । फिल्म ‘हेट स्टोरी–२’ मा उनको आइटम गीत ‘पिंक लिप्स’ राखिएको छ । यो गीतलाई मीत ब्रदर्शले कम्पोज गरेका छन् । सधैँजस्तै सन्नी गीतमा बोल्ड अवतारमा देखा परेकी छिन् । हुन त फिल्मकी मुख्य नायिका सुरविन चावलाको बोल्ड अवतारले नै फिल्म निकै चर्चित बनेको छ । अब यसमा सन्नीको आइटम गीतले कस्तो प्रभाव छाड्छ, त्यो भने हेर्न बाँकी नै छ ।sunny-leone-pink-lips

  •  
सरकारले अमेरिकामा बस्ने नेपालीको सम्पत्ति विवरण मागेको छ। अमेरिका यसका लागि सकारात्मक भएकाले अब त्यहाँ बस्ने नेपाली नागरिकको बैंक खातामा भएको रकम, सेयर,  घरजग्गा लगायत सम्पत्तिको जानकारी नेपाल सरकारले पाउन सक्ने खबर आजको कान्तिपुरमा रोशन अधिकारीले समाचार लेखेका छन्।
बैंकिङ तथा अन्य वित्तीय अपराध गरी अमेरिकामा  बसोबास गर्नेको संख्या बढेपछि सरकारले उनीहरुको विवरण खोजिरहेको थियो। अमेरिकाले उसका नागरिको विवरण चाहेपछि नेपालले पनि मागेको हो।

अमेरिकी कानुन फाट्का (फरेन एकाउन्टस् ट्याक्स कम्प्लाएन्स एक्ट) अनुसार नेपालले अमेरिकी नागरिकको सूचना उपलब्ध गराउने निर्णय जेठ २३ को मन्त्रिपरिषदले गरेको थियो। उक्त निर्णय कार्यान्वयन गराउने क्रममा अर्थ मन्त्रालयले जेठ २५ मा राष्ट्र बैंकलाई पत्र पठाउँदै अमेरिकामा बसोबास गर्ने नेपालीको पनि विवरण माग्न भनेको थियो।

(एजेन्सी)– महिनावारी भएको बेला महिलाहरु सानो सानो कुरामा रिसाउने गर्दछन् र पुरषहरुलाई उनीहरु किन रिसाउने गर्दछन् भन्ने कुराको जानकारी हुँदैन । यस्तै परे उनीहरु महिलाभन्दा बढि रिसाउने गर्दछन् । तर, श्रीमानहरुले के बुझ्न जरुरी छ भने, कहिलेकाँही मात्र रिसाउने श्रीमतीलाई आखिर के भएको छ त ? तपाईंकी श्रीमती महिनावारी भएको बेलामा पनि रिसाउने गर्दछिन् । महिनावारी भएको बेलामा महिलाहरुको हर्मोनमा परिवर्तन आउने गर्दछ जसले गर्दा उनीहरुलाई थकान, चिढचिढापन, कमजोरी र ज्वरो पनि आउने गर्दछ । तपाईं आफैँ सोच्नुहोस् कि यस्तो बेलामा उनले घरको सबै काम कसरी एक्लै गर्न सक्छिन् ? आफ्नी श्रीमती महिनावारी भएको बेलामा उनीप्रति थोरै संवेदना देखाएर उनलाई मद्दत गर्न सक्नुहुनेछ । आउनुहोस्, श्रीमतीको मासिक धर्मको बेलामा उनलाई कसरी सहयोग गर्न सकिन्छ त्यो कुराको जानकारी लिऔँ ।

१. सम्झनुस् उनी कुनै समस्यासँग जुधिरहेकी छिन्ः
सम्झनुहोस् कि उनलाई यो समय कति पिडा हुन्छ । पेट दुखाई, ढाड दुखाई, टाउको दुखाई– यी सबै पिडाहरु कसरी एकैपटक सहन गरिरहेकी होलिन् । कतिपय अवस्थामा त महिलालाई ज्वरो पनि आउने गर्दछ । यतिबेला उनको आवश्यकताहरुलाई थाहा पाउनुस् ।

२. उनलाई राम्रो महसुस गराउनुहोस्ः
यस्तो बेलामा उनलाई भित्रबाट नै निकै नरमाइलो लाग्ने गर्दछ त्यसकारण तपाईंले उनलाई केहि कुराको बारेमा राम्रो महसुस गराउनुहोस् । उनलाई बताउनुस् कि उनी कति राम्री छिन् र आजकाल कति राम्री देखिन्छिन् । यसबाट उनको आत्मविश्वासमा वृद्धि हुने गर्दछ ।

३. घरको काममा सहयोग गर्नुहोस्ः
महिनावारी भएको बेलामा श्रीमतीलाई घरको काममा मद्दत गर्नुहोस् । यसो गर्नाले उनको मानसिक तनावमा कमी आउने गर्दछ ।

४. मसाज गर्नुहोस्ः
उनलाई तनावमा भएको थाहा पाउनेबित्तिकै मज्जाले मसाज गरिदिनुहोस् । यसले उनको पिडालाई निकै राहत प्रदान गर्दछ ।

काठमाडौ । कति उमेरमा विवाह गर्ने ? यो सम्बन्धित व्यक्तिले नै निर्धारण गर्ने कुरा हो । किनकि विवाहबारे कानूनी बाध्यता छैन, नैतिक बाध्यता पनि छैन । तर नेपाली समाजको आफ्नै मानक छ । उमेरले २० को दशक काट्न लागेपछि अनेक टिकाटिप्पणी सुरु हुन्छ । त्यसमा पनि कलाकारबारे प्रश्न नउठ्ने त कुरै भएन ।

उध्रेको चोली र रातो घाँघराजस्ता ‘हिट’ गीत दिएकी गायिका इन्दिरा जोशीलाई पनि यस्तो प्रश्न नसोधिने कुरै भएन । गीत गाउँदै कम्मर मर्काउने शैलीका कारण ‘नेपाली साकिरा’ उपमासमेत पाएकी इन्दिराका बुबाआमालाई पनि यस्तै चिन्ताले सताएको छ । त्यसैले उनीहरुले छोरीलाई भनेका छन्, ‘लौ न, अब त बेला घर्किन लाग्यो । तिमीले खोजेको हामीलाई मञ्जुर छ ।’ कट्टर बाहुन परिवारकी इन्दिराका अविभावकको उनीसँग एउटै अपेक्षा छ– केटाचाहिं सकेसम्म बाहुन नै होस् । तैपनि इन्दिराले भने यसमा चासो देखाएकी छैनन् । उनी त अहिले आफ्नो कुनै ‘स्पेसल केटा साथी’ समेत नरहेको दावी गर्छिन् ।

‘तर उमेरसँगै शरीरले पनि सन्तुष्टि खोज्छ नै । यौनइच्छा नै जाग्दैन त ?’ प्रश्नको जवाफमा इन्दिरा भन्छिन्, ‘म पनि मानिस हुँ । मलाई इच्छा त जागिहाल्छ नि ।’

‘अनि कसरी पूरा गर्नुहुन्छ त इच्छा ?’ उनी भन्छिन्, ‘त्यसलाई धेरै चिजले दबाउन सक्छ के केटीमान्छेले । केटीमान्छेमा कन्ट्रोलिङ पावर धेरै हुन्छ नि । म पनि आफ्नो कन्ट्रोल गुमाउन चाहन्न । अझ म त बाहुन समुदायको छोरी हुँ । यहाँको संस्कार निकै कडा छ । यो समुदाय भनेको यस्तो हो, जसमा यौनलाई पनि इज्जतसँग जोडिन्छ । त्यसैले हामी बरु भित्र–भित्र सिक भएर बस्न सक्छौं । भित्र–भित्रै मर्न सक्छौं । तर इज्जत गुमाउन चाहदैनौं, सक्दैनौं ।’

उनको कुराले प्रश्न उठ्छ, ‘अबको पुस्ता त शिक्षित भइसक्यो, यस्ता कुरा मानेर बस्छ त ?’ तर इन्दिरा भन्छिन्, ‘हो, हामी शिक्षित त भइसक्यौं । तर पनि समाजका धेरै कुराले हामीलाई छेकेको हुन्छ । ब्राम्हण परिवारमा अझ त्यो बढी हुन्छ ।’

त्यसो भए इन्दिरा जोशीले आफ्नो इच्छालाई कहिलेसम्म ‘कन्ट्रोल’ गरिराख्छिन् त ? ‘हेरौं, उपयुक्त साथी भेटिएला नि एकदिन ।’ उनले कुटनीतिक जवाफ दिइन् ।

 विगत १८ दिनदेखि प्यालेस्टाइनी आतंककारीको अपहरणमा परेका तीन जना इजरायली विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । इजरायली सुरक्षा बलले अपहरणमा परेका ति विद्यार्थीहरुको खोजि गर्ने क्रममा सोमवार अप्रह्वान्ह करिव ६ बजे वेस्टवैंक नजिकै रहेको हिब्रोन क्षेत्रमा फेला पारेको इजरायली संचारमाध्ययमहरुले जनाएका छन् । मोदिइन नजिकै नोफआयलोन निवासी १६ बर्षिय नफ्ताली फ्रेन्कल, रमल्लाह वेस्टवैंक नजिकै रहेको तल्मोन निवासी १६ बर्षिय गिलाद सार र इजरायलको पिताक्तिक्वा नजिकै रहेको सेन्टर इजरायल निवासी १९ बर्षिय इलाद गत १२ जुन विहिवार राती स्कुलबाट घर फर्किने क्रममा अपहरणमा परेका थिए । इजरायली सुरक्षा बलका अऩुसार अपहरणकारीले उनीहरुलाई अपहरण गरेपश्चात कुनै पनि किसिमको माग अघि नसारेको बताइएको छ ।

 सेक्स लत भनेको के हो ? यसले व्यक्ति तथा समाजमा कस्तो असर पार्न सक्ला ?

के तपार्इंंलाई बारम्बार सेक्स गर्न मन लाग्छ ? के कोही महिलालाई देख्नेबित्तिकै उत्तेजना आएको महसुस हुन्छ ? या अश्लील चलचित्र हेर्न मन पर्छ ? यदि यसो हो भने सतर्क हुनुहोस्, तपाईंलाई सेक्स लत लागेको हुन सक्छ । धूमपान, मदिरापान, चिया जस्ताको लतजस्तै यो पनि एक किसिमको लत हो । सेक्स एक प्राकृतिक क्रिया हो । तर, सम्झनुपर्ने कुरा के छ भने हरेक बानी सामान्यभन्दा बढी हुन्छ भने त्यसले व्यक्तिमा नकारात्मक असर छाड्छ ।

के हो सेक्स लत ?

जब यौन क्रिया नियन्त्रणभन्दा बाहिर हुन्छ भने त्यसलाई सेक्स लत भनिन्छ । जुन व्यक्तिमा यस्तो लत हुन्छ, उसले आफ्नो अधिकांश समय यौन क्रियामा समय व्यतित गर्न मन पराउछ । मौका मिल्ने बित्तिकै सेक्सका बारेमा सोच्न सुरु गर्छन् । यसबाट उसको व्यवहार पनि परिवर्तन आउछ, जसको असर उसको निजी, सामाजिक तथा व्यवसायिक जीवनमा पर्छ । उनीहरुका लागि सेक्स परिवार, साथीभाई र कामभन्दा माथि हुन्छन् ।

सामान्यतः सेक्स लत किशोरावस्थामा लाग्छ । कैयौं मानिस किशोरावस्था पार गर्नेबित्तिकै सम्हालिन्छन् भने कतिपय ४० वर्षको उमेरपछि सेक्सका लागि लालायित हुन्छन् । सेक्सका दौरान एकप्रकारको तरल पदार्थ निस्कन्छ, जसले मानिसलाई यौन सुखको महसुस गराउछ । सेक्स लतको सुरुवात हस्तमैथुनबाट सुरु हुन्छ । यस्तो बेला किशोरकिशोरीहरु ढोका बन्द गरेर या एक्लै भएको मौका पाउनेबित्तिकै हस्तमैथुन गर्न थाल्छन् ।

 मौका पाउनेबित्तिकै पार्ने वेबसाइट, पुस्तक तथा फिल्म हेरिहाल्छन् । त्यस्ता फिल्म हेर्नेक्रममै हस्तमैथुन गर्छन् । सामान्यतः हस्तमैथुनको नराम्रो असर नहुने सेक्सोलोजिष्टहरु बताउछन् । तर, अति हस्तमैथुनले स्वाभाविक रुपमा असर गर्छ । यसका साथै उनीहरु मनोवैज्ञानिक रुपमा हरपल विचलित हुन्छन्, सेक्सुअल्ली कमजोर भइयो भनेर । उनीहरु मनमा पनि हिनभावनाले ग्रसित हुन्छन्, तर, जब मौका पाउछन्, फेरि यौन क्रियाकलाप सुरु गरिहाल्छन् ।

यस्ता कतिपय व्यक्तिहरु इन्टरनेटमा पनि यौनिक रुपमा प्रस्तुत हुन्छन् । जब कसैसंग च्याट गर्छन् या टेलिफोनमा कुरा गर्छन्, घुमाईफिराई कुरालाई सेक्सतर्फ लैजान्छन् । अपरिचित महिलालाई यौनको दृष्टिकोणले  हेर्छन् । यस्ता मानिसहरु धेरै महिलासंग संबन्ध बनाउन पछि पछि हट्दैनन् ।


महिला पनि हुन्छन् सेक्स लतको शिकार

सेक्स लतको शिकार पुरुषमात्र होइन, महिला पनि हुन्छन् । पुरुषजस्तै महिला पनि एकान्तको मौका पाउनेबित्तिकै हस्तमैथुनमा लिप्त हुन्छन् । यहीकारण किशोरीले अनिच्छित गर्भधारण गर्ने क्रम पनि बढ्दै गएको छ । एक अध्ययनका अनुसार सेक्स लतका कारण ७० प्रतिशत महिलाको वैवाहिक जीवन प्रभावित हुनेगरेको छ । ४० प्रतिशत महिलालाई श्रीमानले छाडेका हुन्छन् भने७२ प्रतिशतले आत्महत्याको प्रयास गर्छन् । यस्तै, ६८ प्रतिशत यौन रोगबाट ग्रसित हुन्छन् भने २७ प्रतिशतको करिअर डामाडोल भएको हुन्छ । – एजेन्सि

 असार १५ आईतवार,काठमाण्डौ । अभिनेता राजेश हमालले प्रेमीका मधु भट्टराई संग बिहे गरेको ३५ दिन पुगेको छ । ३५ औ दिनमा उनले नायिका अशिष्मा नकर्मी संग दोस्रो बिहे गरेका हुन् । अमेरिकामा ५० औ जन्म दिन मनाएर नेपाल फर्केका हमाल पोखरामा हनिमुन मनाएर शुक्रबार मात्रै काठमाण्डौ फर्किएका थिए । शनिबार महिला बिकाश प्रशिक्षण केन्द्र जावलाखेलको भवन प्राङ्गणमामा यस्तै देखियो अभिनेता हमाल र नायिका अशिष्मा विवाह मन्डपमा थिए ।तर वास्तविक जीवनमा नभएर भारतीय गायक शाहिद मालियाले गाएका नेपाली गीत ‘बिबस्ताले जिउदै मार्‍यो’बोलको गीतको म्युजिक भिडियोका लागि राजेश हमालले अशिष्मा संग बिहे गरेका हुन् । निलम आंङबुहाङ राइको शब्द रहेको यो गीतलाई हसिया निर्देशक तथा म्युजिक भिडियोका सफल निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । शनिबार राति १ बजे सम्म चलेको सुटिंङमा फिल्ममा प्रयोग गरिने प्रबिधि प्रयोग गरिएको छ । साढे तिन लाखको मोटो बजेटमा निर्माण गरिएको यो म्युजिक भिडियो सम्भवत सबै भन्दा महँगो म्युजिक भिडियो हो । ३२ फिटे जोनिजिप,चट्याङ,पानी पार्ने र हावा लगाउने प्रबिधि यो भिडियोमा प्रयोग गरिएको छ । म्युजिक भिडियो हुदै फिल्म निर्देशनमा आएका सफल निर्देशक मिलन चाम्सका अनुसार अभिनेता राजेश हमाललाई केहि फरक अभिनयमा प्रस्तुत गरेको बताए । चाम्स इन्टरटेन्मेण्टको ब्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियोलाई रामकुमार केसीले खिचेका छन् भने निर्देशक चाम्सले नै सम्पादन गर्ने भएका छन् ।

नेइमार पूर्व प्रेमिकासँग किन रिसाए?

रियो द जेनेरियो— ब्राजिलका स्ट्राइकर नेइमार फुटबलमाथि जादुयी प्रदर्शनका कारण चर्चाको उचाइमा छन्। यो चर्चामा दुई वर्षअघि अफेयर चलेकी पूर्व प्रेमिका पेट्रेसिया जोर्डनले अझ मसला थपेकी छिन्।
प्लेब्वाइ पत्रिकाले जुन अंकमा 'मिस कप' शीर्षकमा पेट्रेसियाको तस्विर प्रकाशित गरेको थियो। नेइमारसँग सम्बन्धको अन्त्यपछि प्लेव्वाइका लागि नग्न तस्विर खिचाए पनि उनले पूर्व प्रेमीलाई बिर्सन सकिनन्। खेल सामग्री उत्पागदक कम्पनी नाइकेले नेइमारका लागि बनाएको सर्टमा खिचेको फोटो प्लेब्वाइले प्रकाशित गर्‍यो।
नेइमार यो कुरादेखि निकै क्रुद्ध बने। उनी त्यसविरुद्ध अदालतको ढोका ढकढक्याउन पुगे। अदालतले नेइमारको पक्षमा फैसला सुनाएको छ। ब्राजिलको एक अदालतले आदेश दिएको छ, 'कभर पृष्ठमा प्याट्रेसियाको तस्विर छापिएको जुन महिनाको प्लेब्वाइका सबै प्रति बजारबाट फिर्ता लिनु।'

तर पत्रिकाले अदालतबाट आएको कुनै आदेश आफूले नपाएको दाबी गरेको छ।

 स्मार्टफोन आधुनिक युगमा जिवनशैलीको अभिन्न अंग बनिसकेको छ । हामी स्मार्टफोन तथा ट्याब्लेटबाट अलग हुनै नसक्ने भएका छौँ । हाम्रा ग्याजेटलाई अब कसरी प्रयोग गर्ने तथा कुन कुन काममा प्रयोग गर्ने ? भन्ने विषयमा पनि विविधताको खोजी हुन थालेको छ ।
यहीँ खोजीको सिलसिलामा एक सेक्स ट्वाय निर्माता कम्पनीले आइप्याण्डलाई नै यौनखेलौना बनाइदिएको छ ।

आइप्याण्डसँग सेक्स ? कस्तो अनौठो र अपत्यारिलो । तर फ्लेसलाइट कम्पनीले यो सम्भव बनाइदिएको छ । कम्पनीले हालै फ्लेसलाइट लन्चप्याड नामक उपकरण सार्वजनिक गरेको छ । फ्लास लाइट आकारको तथा योनी जस्तो त्यो उपकरण आइप्याडको पछाडिपट्टी जोड्न सकिन्छ । यो वास्तवमा सेक्स ट्वाय हो । यो आइप्याड सँग जोडिने यो कृत्रिम योनीबाट पुरुषले आइप्याडमा यौन सामाग्री हेर्दै आफुलाई त्यसकै मज्जामा डुबाउन सक्ने दाबी कम्पनीको छ ।
कम्पनीका अनुसार यो ग्याजेटबाट प्रयोगकर्ताले आफ्नो यौनसाथीसँग स्काइपीमा लाइभ अनलाइन सम्भोगको मज्जा लिँदै अनलाइन सेक्सलाई अझै रोमाञ्चक बनाउन सक्छन् । कम्पनीले यो उपकरणको विज्ञापन समेत गज्जबको बनाएको छ । यसको ट्रेलरमै एकजना युवकले आफ्नी केटी साथीसँग भिडियो च्याट गर्दै यो कृत्रिम यौनांगको प्रयोग गरिरहेको देखिन्छ ।
छि, सूचना प्रविधिको चिजलाई कस्तो फोहोर बनाएको होला ? भन्ने प्रश्न धेरैले उठाउन सक्छन् भन्ने तर्फ सचेत हुँदै कम्पनीले अबका दिनमा ग्याजेटलाई मानिससँग अझै नजिक तुल्याउने लन्चप्याड राम्रो साथी बन्ने दाबी गरेको छ । यसको मूल्य २० पाउण्ड तोकिएकेा छ ।

तिमीबिनाको जीवन, सासबिनाको धडकन, म कसरी सहुँ’…..बोलको गीतमा हिरो रोज राणा र हिरोइन
सौजन्य सुब्बाले बिछोडको आँसुसँगै राम्रै प्रेमालाप गरे । तर यो फिल्मी दृष्य एउटा दुःखद् इतिहासमा सिमित भएको छ ।

पतिसँग सम्बन्ध बिच्छेद गरेर लामो समय रोज राणासँगको प्रेममा रमाएकी नायिका सौजन्य सुब्बाले यतिखेर तिनै रोजबिरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दायर गरेकी छिन् ।अघिल्लो साता फिल्मी बजारमा हिरोइन सुब्बाको सेक्स भिडियो सार्वजनिक भएको चर्चा चल्यो । कतिपय फिल्मी पत्रकारलाई फोन गरेर रोजले नै सौजन्यको सेक्स भिडियो बाँडेको बताइएको थियो । त्यसको पुष्टी हुनेगरि अहिले सुब्बाले ललितपुर प्रहरीमा सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि यो मामिला सार्वजनिक भएको छ ।

सौजन्यको पक्षमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा एवं फिल्मी हिरो भूपेन्द्र चन्दले दबाब दिइरहेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ । राणा र सुब्बावीच लामो समय प्रेम सम्बन्ध रहेको र हाल चन्दसँग प्रेमसम्बन्ध रहेको फिल्मी क्षेत्रमा चर्चा छ । टेलि फिल्मबाट नाम कमाएकी सुब्बाले काम पाउन छाडेपछि रोजले केही फिल्ममा लिड रोल दिएका थिए । तर अहिले रोजले आफुलाई डेरामै आएर मार्ने धम्की दिएको भन्दै सुब्बाले प्रहरी गुहारेकी छिन् ।

सौजन्यले बिहेका लागि रोजलाई दबाब दिएपनि नमानेपछि केही समयदेखि उनीहरुवीचको सम्बन्ध तिक्ततापूर्ण रहेको ललितपुर प्रहरी परिसरका एक अधिकृतले बताए । प्रहरीका अनुसार सौजन्यले दुई बर्षदेखि नै बिबाहका लागि दबाब दिँदै आएकी थिइन् । तर रोजले भने पाँच बर्षअघि नै बिबाह गर्न नसक्ने बताइसकेका थिए । बिबाह नगर्ने भए दुई करोड रुपैयाँ दिन सौजन्यले माग गरिन् । तर रोजले दुई करोड नदिने भएपछि उनीहरुवीच दरार सुरु भएको थियो । त्यसक्रममा सौजन्यले आफुसँग यौन सम्बन्ध राख्दै गरेको भिडियो सुरक्षित भएको भन्दै रोजलाई धम्क्याएकी थिइन् । रोज पनि के कम उनले पनि आफुसँग पनि भिडियो भएको र त्यो सार्वजनिक गरिदिने धम्की दिए । सौजन्यले प्रहरीमा सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि अहिले प्रहरीले रोजलाई खोजीरहेको छ ।

तर तिहार मनाउन दाङतिर गएका कारण नभेटिएको बताइएको छ । प्रहरीले यो मामिलामा दुवै पक्षबाट कमजोरी भएको बताएको छ । दुवैवीच मिलापत्र नभएमा प्रहरीले केही दिनभित्रै रोजबिरुद्ध मुद्दा चलाउने तयारी गरेको साँघु साप्ताहिकले छापेको छ ।

 शनिबार मध्यरातमा चिलीलाई टाइब्रेकरमा पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
मैदानमा नेयमार गोलका लागि तडि्परहेका बेला स्टेडियममा उनकी प्रेमिका ब्रुना मार्कोजिन पनि शान्त रहन सकिनन् । ब्राजिलका खेलाडी पत्नी र गल्र्डफ्रेण्डहरुसँग स्टेडियमको भीआईपी बक्समा बसेकी मोडल एवं अभिनेत्री ब्रुनामाथि दशर्क र टीभी क्यामराको नजर थियो ।
ब्राजिलको प्रदर्शन अनुहार उनको अनुहारमा देखिएको हाँसो, पीडा र आँखु क्यामरामा कैद भएको छन् । जे होस् टाइब्रेकरमै सही नेयमारले गोल गरे र ब्राजिलले पनि जित्यो । धेरैले भन्न थालेका छन्, नेयमारकी प्रेमिका ब्रुना कतै ब्राजिलका लागि लक्की त होइनन् ।
जेम्सलाई शाकिराको धन्यवाद
उरुग्वेलाई हराउँदै कोलम्बिया पहिलो पटक क्वाटरफाइनलमा पुग्दा चर्चित गायिका शाकीराले पनि खुसी मनाएकी छन् ।

उनले ट्वीटरमार्फत टोलीलाई बधाइ दिएकी छन् । उनले लेखेकी छन्-’धेरै धेरै धन्यवाद जेम्स । अहिलेसम्म यो विश्वकपको सबैभन्दा राम्रो गोल गियो । ओस्पिन त बस शानदार रहे ।’ उनले कोलम्बियाको जितको खुसीमा पार्टी गर्ने योजना रहेको समेत बताएकी छन् ।

एजेन्सी, १६ असार, भारतीय फिल्म र सङ्गीत नगरीमा टपलेश हुने र न्यूड हुने क्रम दिनानु दिन बढ्दो छ । सन्नी लियोन, सर्लिन चोपडा, पुनम पाण्डे, विना मल्लिक पछि अर्की पनि मोडल थपिएकी छिन् न्युडको श्रृङ्खलामा । हालै निर्माणाधिन एक म्युजिक भिडियोको लागि भन्दै भारतीय मोडल निशा यादव न्यूड भएर एकपटक फेरी चर्चामा आएकी छिन् । हुनत यो भन्दा अघि पनि निशाले मोडलिङको क्रममा आफूलाई बोल्ड, टपलेस र न्युड जस्ता उपाधि भिराउन सफल भइ सकेकी छिन् ।


अहिले भने फ्रैङ्क फ्रैङ्कलिनको एक म्युजिक भिडियोमा निशा न्युड बनेकी हुन् । जुलाईमा सुटिङ हुने "ह्वाट्स अप" नामक एक भिडियोमा उनी न्यूड देखिने छिन् । निशा विगबोसको सिजन ८ मा पनि आउने चर्चा अहिले चलिरहेको छ ।

राजविराज, १६ असार । सो¥ह वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले लौनिया गाविस–६ का २१ वर्षीय राधेश्याम खंग, २२ वर्षीय मनोज खंग मण्डल, २० वर्षीय अर्जुन खंग मण्डलसहितका आरोपितविरुद्ध वारेन्टसहितको म्यादी पुर्जी जारी गरेको बताउनुभयो ।

पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध गत जेठ १० गते मौखिक र जेठ १३ गते लिखित उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध गत जेठ १४ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

आरोपितमाथि गत जेठ ९ गते राति घरमा सुतिरहेकी पीडितलाई मुख थुनी नियन्त्रणमा लिएर ३०० मिटर पश्चिम–दक्षिण नहरको छेउ खाँडो खोलापारि पु¥याएर सामूहिक बलात्कार गरेको आरोप छ ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गत जेठ १० गते शारीरिक परीक्षण भएको थियो । (Dainik Nepal)

 पानी अत्यन्त महत्वपुर्ण तत्व हो । पृथ्वीमा र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्याहरु भोगी रहेका छौ।



पानीको महत्वलाई सवैसामु छर्लङ्ग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण संम्वद्र्धन र दिगो विकासका लागी वकालत गर्ने अभिप्रायले १९९३ देखी संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवश हरेक वर्ष मार्च महिनाको २२ तारिकका दिन मनाईदै आईएको छ । पानी सहकारिताको अन्तराष्ट्रिय वर्षको उपनामले सम्वोधन गरेर सधैं झै यस वर्ष पनि विश्व पानी दिवश विश्वभर विभिन्न कार्यक्रमको साथ मनाईदै छ ।

यसै उपलक्ष्यमा पानीको चिकित्सकीय महत्वलाई बुझेर व्यवहारमा उतार्न हामी सवैको दयित्व हो । हाम्रो शरिर रचनामा सर्वाधिक ९६० – ७० प्रतिशत० हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो ।

हाड जस्तो कठोर अंगमा २२ प्रतिशत दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पुर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ । पानिलाई जिवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ ।

विभिन्न जैव रसायीनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलिय माध्यम उपलब्ध गराउने देखी यस्ता कृयाहरुमा आंफै पनि संलग्न हुने, विभिन्न तत्वहरुको परिवहन गर्ने गराउने, रक्तचाप तथा शारीरको तापक्रम नियन्त्रण गर्ने, विषक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्याने काम पनि पानी ले नै गर्दछ । एउटा बयष्क पुरुषको शरीरमा ५५ देखी ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखी ६० प्रतिशत पानी हुन्छ ।

शारीरिक पानीको दुइ तिहाई हिस्सा कोषहरु भित्र हुन्छ भने एक तिहाई हिस्सा रगत र कोषहरुको वरीपरिको खाली ठाउँमा रहन्छ । शरीरमा पानीको संन्तुलन बनाई रहनका लागी लगभग दैनिक ३ देखी ५ लिटर पानीको आवश्यक पर्दछ । जस मध्ये ७०० मिलि पानी खानाको माध्यम भएर प्रवेश गर्दछ भने ३०० मिलि पानी शरीर भित्रै उत्पन्न हुने गर्दछ ।

बाँकी पानीको पुर्ति भने पानी पिएर नै गर्नु पर्दछ । यसै गरी हरेक दिन ४५० मिलि पानी छालाबाट उडेर ४०० मिलि पानी श्वास सँगै घुलेर १५० मिलि पानी दिशा सँगै मिसिएर र बाँकी पानी पिसाबको रुपमा बाहिर जान्छ ।

पानी पिउनुका फाईदाहरुः-


- शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्याउछ ।

- उपापचयी क्रिया पश्चात जम्मा भएको युरीया, युरीक एसीड, क्रियाटिनिन जस्ता विषाक्त तत्वहरु, सोडियम, पोटासियम, क्यल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाईट नुनहरु र अन्य उत्पादहरुलाई निष्काशन गरी रक्त शुद्धिकरणमा सहयोग पुर्याउँछ ।

- ३० छालाको सौन्दर्यलाई जिवन्त राख्दछ । 

माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्न मद्दत गर्दछ । कोषहरुमा हुने अक्सिडेटिभ स्टेस निवारण गर्न सहयोग गर्दछ ।

- पाचन, अवशोषण र मल निष्काशनमा पानीको ठुलो भुमिका छ । पाचन पश्चात आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्वहरुलाई निकाल्नको लागी पनी पानीको आवश्यकता पर्दछ ।

- तिख्रा लाग्नु भन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त, मृगौला तथा पित्तथैलीका पथ्थरी, मोटोपन, जोर्नी दुख्ने अपच अनिन्द्रा एसिडिटी, ग्याष्ट्रि, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डण्डिफोर, महिनावारीको गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बड्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ ।

- यि रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग गर्दछ ।


कति पिउने पानीः-


- पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसमा निर्भर गर्दछ । सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखी ४ लिटर पिउन जरुरी छ । अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागी १०० मिलि अतिरिक्त पानी पिउन जरुरी छ ।

- सामान्यतया पुरुष भन्दा महिलाहरुको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाहरुले ज्यादा पानी पिउन जरुरी छ । सन्तान उत्पादन गर्ने उमेर समुहका, गर्भीणी, बच्चालाई दुध चुसाई रहेकी महिलाहरुलाइ झन धेरै पानी पिउन आवश्यक छ ।


कसरी पिउने पानीः-


- तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सुचना हुनु हो त्यसैले तिर्खा लाग्नु भन्दा पहिले नै पानी पिउने बानी बसालौं । एकै पटक धेरै पानी पिउनु पनी स्वास्थ्यको लागी राम्रो होईन ।

- बिहान उठ्ने बित्तिकै लगभग १२०० मिलि जती पानी पिउनु स्वास्थकर छ । यसो गर्दा रातभरी सुत्दा हुनसक्ने डिहाईड्रेशन ९निर्जलता० कम गर्न सहयोग गर्दछ ।

- ठोस भोजन गर्नु भन्दा १ घण्टा पहिले र गरेपछि २ घण्टा पछिसम्म पानी पिउन हुदैन् । भोजन निल्न कठिन भएमा १० मिलि जती पानी लिन सकिन्छ तर भोजन लिई सकेपछि पानी लिएमा पाचन रसहरुको पाचन शक्ती कम हुन जाने हुँदा भोजन पचाउन कठीन हुन्छ । फलतः विभिन्न प्रकारका पेटका रोगहरु लाग्न सक्छन् ।

- राती सुत्नु भन्दा अगाडी  प्रशस्त पानी पिएर सुत्ने गर्नु पर्दछ । यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन ।

- यसका अलवा दैनिक १–१ घण्टाको अन्तरालमा १ देखी २ ग्लास पानी पिई रहनु पर्दछ ।

- खेल्दा, कुद र परिश्रम गर्नु भन्दा आधा घण्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो तर परिश्रम गरीरहेको समयमा वा श्रम पश्चात लगतै पानी पिउदा शरीरमा इलेक्ट्रोलाईट नुन हरुको सन्तुलन बिग्रिन गई आपतकालीन स्थिति पनी आउन सक्छ । साथै श्रमको समयमा पानी पिउदा विश्राम गरीरहेको पाचन प्रणालीलाई अतिरिक्त दवाव पर्न जान्छ ।

- तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं कोल्डड्रिङ्गस तथा अन्य पेय होईन ।

- पिसाबलाई पहेलो हुन नदिउ, स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो ।

पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको एक परिवारले आफ्नी छोरीले प्रेम विवाह गरेका कारण गत शुक्रबार छोरी र ज्वाईं दुबैको निर्ममतापूर्वक हत्या गरेको छ । लाहोरबाट १०० किलोमिटर टाढा रहेको सतरा गाउँमा बस्ने मुहाफिया (२३) ले जून १८ मा नजिकैको गाउँका हसनाबादका युवक सज्जाद अहमद (२७) सँग भागेर विवाह गरेकी थिइन् । शुक्रबार यो जोडि हसनाबाट फर्केको थाहा पाएपछि मुहाफियाले परिवारका सात सदस्यले सज्जादको घरमा आक्रमण गरेका थिए । त्यसपछि उनीहरुले ती जोडिलाई गाउँको मुख्य चोकमा लगे र त्यहाँ थुप्रै मानिसहरुका अगाडि दुबैको घाँटी छिनाइदिए । हत्यापछि सबै आरोपी फरार रहेका छन् । हत्यामा मुआफियाका पिता दिलशाद पनि संलग्न छन् ।

 बलिउड नायिका प्रियंका चोपडा एउटा गम्भिर दुर्घटनाबाट बचेकी छिन् । करिब आधा घन्टा डोरीमा अड्किदा प्रियंकाको झन्डै ज्यान गएको हो । एक विज्ञापनको छायांकनका क्रममा उनलाई खतरनाक स्टन्ट दिनुपर्ने थियो ।
छायांकनका क्रममा नायिका चोपडाको पहिरनमा एरियल वायर लगाइएको थियो । तर प्राविधिकहरुको लापरवाहीका कारण उनको शरीरमा वायर सही तरिकाले रहन सकेन ।

जब उनी हावामा उडिन्, आधा घन्टासम्म भूँइमा झार्न सकिएन । अनेक उपाय गरेर मात्र उनलाई भूँइमा झारिएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गर्ने तयारी पनि गरियो । तर केही समयमै उनको होश आयो । होस आएपछि नायिका चोपडाले राम्रोसँग बाध्न भन्दै प्राविधिकहरुलाई भनिन् र फेरि स्टन्ट दिइन् ।

 असार १६– नेपाली सांगीतिक फांटमा केही वर्ष अघिसम्म एकछत्र राज गरेका रामकृष्ण ढकालको स्थिति यतिबेला आफैले गाएको गीत ‘ओराली लागेको हरिणको चाल भो’ भनेजस्तै हुन पुगेको छ ।
भर्खरै मात्र उनले एक करोड ८० लाख ऋण लिएपछि समयमै भुक्तानी गर्न नसक्दा घर सहकारीलाई बुझाएका छन ।
यता रामकृष्णले भने ८० लाख बुझाइसक्दा पनि सहकारीले बदनाम गरेको प्रति दुखेसो व्यक्त गरेका छन् ।
यस्तै रामकृष्णले घर सहकारीलाई बुझाइसकेपनि उनले सो ऋण मिनाहा गर्न मन्त्रीको घरघरसम्म धाएको खबर पनि बाहिरिएको छ ।

तर, दौडधुप जति गरेपनि अहिलेसम्म ऋण मिनाहा भइ घर फिर्ता हुने कुनै संकेत भने देखिएको छैन ।

 ६ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय मानव तस्करले नेपाली युवतीलाई अफ्रिकी मुलुकमा पनि अवैध रूपमा पुर्‍याउन थालेका छन्। चार सयभन्दा बढी नेपाली दक्षिण अफ्रिका र आसपासका मुलुकमा लुकीछिपी बस्ने गरेको तथ्यांक त्यहाँस्थित नेपाली दूतावासले संकलन गरेको छ। त्यसमा आधाभन्दा बढी महिला छन्।
विभिन्न अफ्रिकी मुलुकमा यौनकर्मीका रूपमा नेपाली चेलीलाई मानव तस्करले पुर्‍याइरहेको जानकारी दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले पाएको छ। यस्तो काममा लगाउन पाकिस्तानी, भारतीय, नेपाली र अफ्रिकी दलाल सक्रिय छन्।
अफ्रिका पुर्‍याएर दलालले लाखौं रकमसमेत असुल्ने गरेको उजुरी दूतावासमा पर्ने गरेको जानकारी बिदामा काठमाडौं आएका दूतावासका उपप्रमुख भरत रेग्मीले दिए। उनले भने, ‘नेल्सन मन्डेलाको मुलुक, विभिन्न अन्तर्राष्ट्रिय संघसंगठन भएको पर्यटकीय राष्ट्र भएकाले अवसर नै अवसर छ भनेर जनही पाँचदेखि आठ लाख रुपैयाँसम्म लिएर लैजाने गरेका रहेछन्।’
त्यहाँ पुगेका नेपाली युवतीमध्ये कोही घरेलु कामदारका रूपमा त कोही विभिन्न रेस्टुराँ तथा ठूला बारमा नर्तकी बनेर बसेका छन्। कतिपयलाई दूतावासले यात्रा अनुमतिपत्र दिएर नेपाल फर्काउन सघाएको र कतिपयको अवस्थाबारे जानकारी लिने कोसिस गरेको रेग्मीले बताए। उनले भने, ‘उनीहरू दूतावास आउँछन्, आफ्नो पीडा पोख्छन् तर दिएको ठेगानामा भेट्न खोज्दा फेला पर्दैनन्।’
अफ्रिकी मुलुक केन्या र तान्जानिया जान नेपालीलाई भिसा चाहिँदैन। त्यसैले सबैभन्दा पहिला त्यहाँ पुर्‍याउने र त्यहाँबाट जाम्बिया, जिम्बावे, मोजाम्बिकको जंगलको बाटो प्रयोग गर्दै दक्षिण अफ्रिका पुर्‍याउने काम तस्करले गर्ने गरेका छन्। रेग्मीले कलेज नै नभई वेबसाइटबाट अनलाइनमा भर्ना भएर पनि युवायुवती दक्षिण अफ्रिका पुग्ने गरेको बताए। यसरी अलपत्र परेका १५ जना नेपाली हाल दूतावासको सम्पर्कमा छन्।
दूतावासले उपलब्ध गराएको तथ्यांकमा एक सयभन्दा बढीले कागजात नभएको भन्दै शरणार्थीको मान्यता पाउन निवेदन पनि दिएका छन्। तर कसैले पनि त्यस्तो मान्यता पाएका छैनन्।
नेपालबाट महिलालाई युरोप, अमेरिका र खाडी मुलुकमा तस्करी हुँदै आएको थियो भने अब अफ्रिकी मुलुक पनि थपिएका हुन्। दूतावासले दक्षिण अफ्रिकामा अवसर निकै कम रहेको भन्दै रोजगारीका लागि त्यहाँ जानकै लागि दलाललाई पैसा नबुझाउनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ। त्यहाँको जेलबाट सन् २०११ मा ११ जना नेपालीलाई स्वदेश फर्काइएको थियो। त्यस्तै तान्जानिया र माडागास्करबाट पनि सन् २०१२ मा १८ नेपालीको उद्धार गरिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

(एजेन्सी)– बलिउडकी चर्चित अभिनेत्री बिद्या बालनले रोमान्स गर्नका लागि उमेरको हदबन्दी नहुने बताएकी छिन् ।
विद्याको फिल्म ‘बबी जासुस’ प्रदर्शन हुने क्रममा छ । यो फिल्मका उनले आफ्नो उमेरभन्दा साना अली फजलसँग रोमान्स गरेकी छिन् । विद्याले भनिन् कि रोमान्स गर्नका लागि कुनै उमेर हुँदैन । उनले भनिन्, ‘मैले आफूभन्दा धेरै ठूला नसिर साहबसँग ‘इश्किया’ मा काम गरेकी छु । ’
विद्याले खानहरुसँग अहिलेसम्म काम नगरेको सम्बन्धि एक प्रश्नको जवाफमा भनिन् कि यदि मैले कुनै राम्रो स्क्रिप्ट पाउँछु भने खानहरुसँग पनि काम गर्नेछु । उनी भन्छिन्, ‘मैले आफ्नो करियरको योजना अहिलेसम्म बनाएकी छैन । म फिल्मको स्क्रिप्टलाई महत्व दिन्छु । मैले आफ्नो करियरको दौरान थुप्रै निर्माता–निर्देशकहरुसँग काम गरिसकेकी छु ।’
दिया मिर्जाद्वारा निर्मित र समर शेखरद्वारा निर्देशित फिल्म ‘बबी जासुस’ मा विद्या र अली फजलको मुख्य भुमिका रहेको छ ।

धनकुटा, १६ असार । विद्यालयमा पढ्दै गरेका बालबालिकाबीच फेसबुकबाट जोडिएको सामान्य साइनो विवाहमा परिणत हुन थालेपछि यसले समाजमा पनि नकारात्मक असर पर्न थालेको चिन्ताहरु बाहिर आउन थालेका छन् ।
चिनजान भएसँगै धनकुटा नगरपालिका २ की १३ वर्षीया सरीता राई (नाम परिवर्तन) ले कक्षा ६ को पढाइ छोडेर बेलहरा गाविस ४ का १५ वर्षीय सानबहादुर राईसँग विवाह गरिन् ।
उनीहरले उमेर नै नपुगी सन्तानसमेत जन्माए । सरिता र सानबहादुर जिल्लाका प्रतिनिधि पात्र हुन् । नगरपालिकाको एक विद्यालयमा निम्नमाध्यमिक तहमा अध्ययन गर्ने पाँच विवाहित जोडी रहेको विद्यालय स्रोतले जनाएको छ । सो विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने दुई, कक्षा ७ मा अध्ययन गर्ने एक र कक्षा आठमा अध्ययन गर्ने दुई विवाहित जोडी छन् ।
धनकुटा नगरपालिकामा पाँच सामुदायिक विद्यालयमा अध्ययनरत २५ जोडी बालबालिकाले अभिभावकको स्वीकृतिबिना विवाह गरेको त्रिवेणी उच्च माध्यमिक विद्यालयका कर्मचारी नारायण विश्वकर्मा बताउँछन् । उनले भने, ‘ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा खोजी गर्ने हो भने सयभन्दा बढी विवाहित विद्यार्थी अध्ययन गरिरहेका छन् । कतिपयले त विवाह गरेपछि पढाइ नै छोड्ने गरेका छन् ।’
विवाहित विद्यार्थी एवं विवाहपछि विद्यालय छोड्नेहरु कमजोर अर्थिक अवस्था भएको पाइएका विद्यालय स्रोतको भनाइ रहेको अन्नपूर्ण पोष्टमा समाचार छ ।

(एजेन्सी)–मनोचिकित्सकका अनुसार यदि कुनै पुरुष खाना नखाएका कारण भोकाएका छन् भने उनीहरु ठूला स्तन र सुगठित शरिर भएका महिलाहरुप्रति निकै सजिलै आकर्षित हुने बताइएको छ ।
ब्रिटेनका युनिभर्सिटी अफ वेस्टमिनिस्टरका मनोचिकित्सक विरेन स्वामीका अनुसार भोका पुरुषहरु ठूला स्तन भएका महिलाहरुप्रति आकर्षित हुने गर्दछन् । उनी भन्छन् कि कुनै पनि पुरुष साधारण रुपमा ठूला स्तन भएका महिलाहरुलाई रुचाउने गर्दछन् ।
उनका अनुसार पुरुषहरुमात्र भोकाएको बेलामा ठूला स्तन भएका महिलाप्रति आकर्षित नभई महिलाहरु पनि भोकाएका बेला पुरुषहरुप्रति आकर्षित हुने बताएका छन् ।
अनुसन्धानका लागि स्वामीले पुरुषहरुको एक समूहलाई भोको राखे र उनीहरुबाट महिलाहरुको आकर्षणको बारेमा जानकारी लिए । जानकारीमा उनले पाए कि जुन पुरुषले निकै समयदेखि केहि पनि खाएका थिएनन् उनीहरुलाई ठूला स्तन भएका महिलाहरु बढि आकर्षित लागे ।
तर यदि ती भोकाएका पुरुषहरुले केहि खान्छन् भने उनीहरुको महिलाप्रतिको आकर्षण तुरुन्त खत्तम हुने पनि अनुसन्धानमा बताइएको छ ।

अष्ट्रेलियाकी एक पूर्व यौन कर्मीले आफू ३६ वर्षको उमेरमै १० हजार भन्दा बढी पुरुषसँग सुतिसकेको खुलासा गरेकी छिन् । गिनेथ मोन्टेनेग्रो नामकी ती यौनकर्मीले आफ्नो पुस्तकमा १० हजार ९१ जना पुरुसँग सुतिसकेको खुलासा गरेकी हुन् ।
 गिनेथले आफ्नो पुस्तकको शीर्षक नै 'टेन थाउजेण्ड मेन एण्ड काउन्टिङ' राखेकी छिन् ।
गिनेथले आफ्नो करिअरको सबै भन्दा सफल क्षणमा एक जना पुरुषबाट एक घण्टाकै ५०० देखि १ हजार डलर सम्म लिएकी पनि पुस्तकमा उल्लेख गरेकी छिन् ।
आफू यौन कर्मको शिलशिलामा अष्ट्रेलियाका सबै भागमा पुगेको बताउने उनले अहिले आफ्नो उमेर फर्काउन मिल्ने भए चाँहि यस्ता काममा नलाग्ने समेत बताएकी छिन् ।

हालै प्रकाशित आफ्नो पुस्तकमा मोन्टेनेग्रोले आफू १८ वर्षकै उमेरमा सामूहिक बलात्कारमा परेको र १९ वर्षको उमेर देखि बारहरुमा नाच्न थालेको उल्लेख गरेकी छिन् ।
आफू वलात्कृत भएपछि यौन कर्ममा लागेको भन्दै उनले पहिलो रातमै १ हजार डलर कमाएपछि आफूलाई सबैभन्दा सजिलो र आनन्ददायक काम यही भन्ने लागेको उल्लेख गरेकी छिन् ।
गिनेथले यौन कर्ममा संलग्न हुँदा सम्म आफूले आफ्नो नाम एन्जेलिना जोलीको नाम चोरेर एन्जेलिना नै राखेको समेत बताएकी छिन् ।
यौन कर्ममा संलग्न हुन चाहनेहरुलाई आफूले निक्कै सोंचेर मात्र यो क्षेत्रमा प्रवेश गर्न सुझाव दिने गिनेथले यसमा प्रवेश गरेपछि बाहिर आउन कठिन हुने बताएकी छिन् ।

 (एजेन्सी)– एक दिनमा लगातार तीन घण्टा वा त्योभन्दा बढि समयसम्म टेलिभिजन हेर्ने मानिसहरुभन्दा कम टिभी हेर्ने व्यक्तिको धेरै समय बाँच्ने एक नयाँ अनुसन्धानले बताएको छ ।
चीनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, अमेरिकन हार्ट असोसियसनका अनुसन्धानकर्ताहरुले तीन किसिमको सुस्त व्यवहार र सबैको कारणहरुः टेलिभिजन हेर्ने समय, कम्प्युटरमा काम गर्ने समय र सवारीसाधन चलाएको समयमा हुने मृत्युको खतराको बिचको सम्बन्ध पत्ता लगाउनका लागि स्प्यानिस युनिभर्सिटीका १३ हजार २८४ युवाहरुको मुल्यांकन गरिएको बताएको छ । एक दिनमा तीन घण्टाभन्दा बढि समय टेलिभिजन हेर्ने व्यक्तिको मृत्युको सम्भावना कम टेलिभिजन हेर्ने व्यक्तिको भन्दा दुई गुणा बढि हुने अनुसन्धानले बताएको छ । कम्प्युटरको प्रयोग अथवा सवारी साधन चलाउनमा बिताएको समय र सबै कारणबाट हुने अकाल मृत्युको उच्च खतराको बिच कुनै पनि महत्वपूर्ण सम्बन्ध नरहेको पनि उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ ।


एजेन्सी । पत्रकार जेन्डेलय नुनेजले कुन बेला आफ्नो भित्री बस्त्र (ब्रा) प्रदर्शन गरेको ख्याल नै भएन ।

एलेक्सिम सान्चेजले बराबरी गोला फर्काउँदा नुनेजले उफ्रँदै टी सर्ट माथि पुर्याइन । उनले टी सर्ट माथि सार्दा भित्री बस्त्र देखिएको थियो ।

उनको यो हर्कपछि मिडिया सेन्टरमा उपस्थित अन्य मुलुकका पत्रकारहरु स्तब्ध भए ।

नुनेजको भित्री बस्त्र चिलीको राष्ट्रिय झन्डा कलरले पोतिएको थियो । मिडिया सेन्टरमा सबै जर्नालिस्ट हाँसेपछि नुनेजले लजाउँदै आफ्नो टी सर्ट तल झारिन ।

पेनाल्टी सुटआउटमा चिली ३ २ ले पराजित हुँदा नुनेज मिडिया सेन्टरबाट रुँदै बाहिरिइन् ।

एजेन्सी)– चर्चित टेलिभिजन प्रस्तोता जिमी सैविलेको बारेमा एक सनसनीपूर्ण खुलासा भएको छ ।
उनले २८ वटा अस्पतालहरुमा चार दशकभन्दा बढि समयसम्म पाँचदेखि ७५ वर्षका बिरामीहरुको यौन शोषण गरेको एक अनुसन्धानले बताएको छ । नेशनल हेल्थ सर्भिसेजको रिपोर्ट अनुसार सैविले अस्पतालको मूर्दाघरमा राखिएको लासहरुसँग सेक्स गर्ने गर्दथे । लासहरुको आँखा निकालेर उनले गहना बनाउने गर्दथे । आँखाबाट बनाएको औंठी उनले आफ्नो औँलामा लगाइएको देखाइएको छ । सन् १९२६ को अक्टोबर ३१ मा ब्रिटेनको लिड्समा उनको जन्म भएको थियो । उनी रेडियो १ डिजेसँगै बिबिसीका प्रस्तोता पनि थिए । ८४ वर्षको उमेरमा २९ अक्टोबर, २०११ मा उनको मृत्यु भएको थियो । मृत्यु हुने एक वर्षपहिले पनि सैविलेमाथि बच्चाहरुको यौन शोषणको आरोप लागेको थियो । रिपोर्टका अनुसार उनले धेरैजसो बच्चाको यौन शोषण गरेको बताइएको छ । उनले पाँच वर्षका करिब १०३ जना बच्चाहरुलाई आफ्नो यौन शिकार बनाएको बुझिएको छ ।

 हस्तमैथुन : यौन आनन्द दिने हस्तमैथुन एक राम्रो वैकल्पिक उपाय हुन सक्छ । त्यसैले होला कतिले त यसलाई वरदानको रुपमा पनि लिने गर्दछ । आफ्नो यौनाङ्ग आफैले चलाएर यौनानन्द लिने यौन क्रियाकलाप नै हस्तमैथुन हो । यस क्रममा कतिपयले त यौन चरमसुख समेत सजिलै प्राप्त गर्ने गर्दछन् । पुरुषको तुलनामा कम महिलाले हस्तमैथुनको माध्यमबाट यौन चरमसुख लिने गरेको भए पनि उनीहरुको लागि हस्तमैथुनको थालनी आफ्नो यौन शरीरबारे जानकारी पाउने र आनन्द लिने कार्यको राम्रो सुरुआत हुन सक्छ । हस्तमैथुनको बारेमा कतिपय व्यक्तिमा गलत धारणा हुने भए पनि यसले हानी नगर्ने कुरामा त पक्का भई संलग्न भए आनन्द बढी हुन्छ ।
यौन परिकल्पना : यौन आनन्द लिने यो विशेष क्रियाकलाप हो । यौनका धेरै कुरा मस्तिष्कबाट नै शुरु हुन्छ । जानियो भने परिकल्पनाको प्रयोगले अन्य यौन क्रियाकलापलाई बढी उत्तेजित बनाउन एकदमै सहयोग गर्छ । कसैको सहायता विना एक्लै गर्न सकिने यस्ता परिकल्पना कल्पनाको संसारमा उन्मुख भएर विचरण गर्ने मौका दिन्छ । योनी, लिंग, मैथुनमा यो सहयोगी हुने कुरा एकातिर छ भने अर्कोतिर यौन अंग प्रवेश नगराई गरिने यौन क्रियाकलापमा वा बाहृय यौन सम्पर्कमा पक्कैनै धेरै सहयोगी हुने गर्दछ ।
चुम्बन : चुम्बन आफै नै एक विशेष अर्थ बोकेको यौन क्रियाकलाप हो । ओंठ वा अधर आफैमा यौन संवेदनशील अंग हो र यसको स्पर्शले यौन उत्तेजना त दिन्छ नै, तर यो यौन आनन्द मात्र दिने क्रियाकलाप नभई माया र स्नेह प्रदर्शन गर्ने क्रियाकलाप पनि भएकाले यसको सम्झना मात्रै पनि आफैमा रोमान्चक हुने गर्दछ । अधरको चुम्बन प्रमुख कुरा हो र यसका अनेक रुप छन् ।
फ्रेन्च किस : एक अर्काको मुखमा जिब्र पसाई गरिने चुम्बनको तुलनामा सुख्खा चुम्बन सुरक्षित मानिन्छ । अर्को महत्वपूर्ण कुरा चुम्बनलाई ओंठमा मात्र सीमित राख्नु पर्छ भन्ने छैन । गर्धन, छाती, स्तन, नाभी, कटिस्थान, खुट्टाका औंला नितम्ब आदि यौनाङ्गको जुनसुकै भागको पनि चुम्बन लिन सकिन्छ ।
आलिङ्गन : मन पर्ने व्यक्तिको अंगालोमा बाँधिनु आफैमा आनन्ददायक हुन्छ । यौन चरमसुखको स्थितिमा नपुगेर वा पुग्ने प्रयासनै नगरेर हल्का किसिमको रमाइलो लामो समयसम्म विस्तारै अनुभव गर्न चाहनेको लागि यो उत्तम उपाय हुन सक्छ । श्रृंगार रसले परिपूर्ण वार्तालापमा यसले राम्रो साथ दिन्छ ।
सुम्सुम्याउनु : एक अर्कालाई सुम्सुम्याउनु स्नेह प्रदर्शन गर्ने तरिका हुँदाहुँदै पनि यो यौन आनन्ददायक हुन सक्छ । कपाल, स्तन तथा स्तनको मुन्टो, तिघ्रा यौनाङ्ग वा अन्य यौन संवेदनशील अग सुम्सुम्याउनु सकिन्छ । त्यसैगरी एक अर्काको यौन संवेदनशील अंगको मालिस गर्नु वा एक अर्कालाई काउकुती लगाउनु पनि वैकल्पिक आनन्द दिने उपाय हुन सक्छन् ।
शरीर घर्षण : एक आपसमा आफ्ना शरीरलाई रगडेर यौन आनन्द प्राप्त गर्ने अर्को उपाय हुन्छ । दुवै जनाको सहमतिमा यस्तो गर्दा लुगा लगाएर अर्धनग्न भएर वा लुगा नलगाइकनै पनि गर्न सकिन्छ । आजभोलिका कतिपय आधुनिक नृत्य विशेष गरेर पार्टीको अवसर वा भीडभाडमा केही हदसम्म यस्तो घर्षण वा स्पर्श गर्न मिल्ने भएर पनि होला यस्तो खोजीमा थुप्रै भएको देखिन्छ । तर यहाँ सहमति विना पनि शरीर घर्षण गर्ने स्थिति बन्न सक्छ । जमघटको कारणले होस् वा सवारी साधन आदिस्थानमा शरीर घर्षण गरेर यौन आनन्द लिन खोज्ने प्रशस्तै भेटिन्छन् । तर अर्काको सहमति विना सार्वजनिक स्थानमा गरिने यस्ता क्रियाकलाप नेपालको परिप्रेक्ष्यमा पनि देख्न सकिन्छ जसलाई यौन दुव्र्यवहारको संज्ञा दिनु पर्ने हुन्छ ।


यौन साहित्य : एक्लैले दुई जनाले होस् वा बढी जनाले यौन साहित्यको पाठ गरेर यौन आनन्द उठाउन सक्छन् । चरम सुखको स्थितिमा नै पुर्‍याउन नसके पनि यसले एक किसिमको आनन्द त दिन्छ नै । यौन क्रियाकलापलाई विस्तृत रुपमा वर्णन गरिएका शब्द चित्रले यौन परिकल्पना अनि हस्तमैथुन गरेर यौन आनन्द प्राप्त गर्न धेरै नै मद्दत पुर्‍याउने छ ।

यौन चलचित्र : यौन चलचित्रलाई बन्देज गरिने प्रयास संसारको सबै जसो देशमा हुने गरे पनि यसको माग ठूलो भएको र व्यापकता पनि भएकाले कारण यसले दिने यौन सुख नै हुनुपर्छ । वास्तविक व्यक्ति नै हुने यस्ता चलचित्र हेर्दा यौन उत्तेजनाको चरम विन्दुसम्म सजिलै पुग्न सहयोग गर्न सक्छ । रुची र परिस्थिति अनुसार नितान्त एक्लै यौन साथीसँग वा समूहमा बसेर हेर्ने गरिन्छ । कम्प्युटर इन्टरनेट अनि सूचना प्रविधिको विकास सँगसँगै यसको प्रकृति अनि पहुँच पनि एकदमै फरक भएर गएको छ ।

 काठमाण्डौ, । लिंगको आकार सानो भयो भनेर धेरै पुरुषहरु चिन्ता लिने गर्छन् तर अब चिन्ता नलिनुहोस् । हालै गरिएको एक अध्ययनले लिंग ठुलो हुने भन्दा पनि लिंग सानो हुने घरबार नटुट्ने बताएको छ ।
अमेरिका र केन्याका अध्ययनकर्ताहरुले लिंगको आकार र वैवाहिक जीवनमा असरका बरेमा अध्ययन गरेका थिए । उक्त अध्ययनमा हामी धेरैले सोचेभन्दा विल्कुलै उल्टो नतिजा आएको छ ।


उक्त अध्ययनका अनुसार लिंगका आकार ठूलो भएका पुरुषका पत्नीहरुले उनीहरुलाई बढी धोका दिने देखाएको छ । ‘लिंगको आकार ठूलो भएका पुरुषसँग सहवास गर्दा महिलालाई बढी पीढा हुन्छ ।
त्यही भएर महिलाहरु आफूलाई कम पीडा हुने साथी खोज्न थाल्छन्,’ अध्ययनमा लेखिएको छ । उक्त अध्ययन केन्याको लेक भिक्टोरियाका मछ्वाराहरुबीच गरिएको थियो । अध्ययनका क्रममा एक महिलाले भनिन्, ‘आफूले भनेजसरी सहवास गर्नका लागि मैले अन्य पुरुष खोज्नुपरेको छ ।’

प्लोस वान जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार पुरुषले महिलाले भने जस्ते यौन आसन नमान्दा, घरेलु हिंसा गर्दा र यौन सन्तुष्टि दिन नसक्दा वैवाहिक जीवनमा धोका पाउने गरेका छन् ।
महिलाहरु ज्यादा प्रताणित हुने हुदाँ अर्को यौनसाथी खोज्ने र पहिलो श्रीमानबाट उन्मुक्ति चाहाने अध्ययनले बताएको छ ।

 असार १५ आईतवार,काठमाण्डौ । अभिनेता राजेश हमालले प्रेमीका मधु भट्टराई संग बिहे गरेको ३५ दिन पुगेको छ । ३५ औ दिनमा उनले नायिका अशिष्मा नकर्मी संग दोस्रो बिहे गरेका हुन् ।


अमेरिकामा ५० औ जन्म दिन मनाएर नेपाल फर्केका हमाल पोखरामा हनिमुन मनाएर शुक्रबार मात्रै काठमाण्डौ फर्किएका थिए । शनिबार महिला बिकाश प्रशिक्षण केन्द्र जावलाखेलको भवन प्राङ्गणमामा यस्तै देखियो अभिनेता हमाल र नायिका अशिष्मा विवाह मन्डपमा थिए ।

तर वास्तविक जीवनमा नभएर भारतीय गायक शाहिद मालियाले गाएका नेपाली गीत ‘बिबस्ताले जिउदै मार्‍यो’बोलको गीतको म्युजिक भिडियोका लागि राजेश हमालले अशिष्मा संग बिहे गरेका हुन् । निलम आंङबुहाङ राइको शब्द रहेको यो गीतलाई हसिया निर्देशक तथा म्युजिक भिडियोका सफल निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् ।

शनिबार राति १ बजे सम्म चलेको सुटिंङमा फिल्ममा प्रयोग गरिने प्रबिधि प्रयोग गरिएको छ । साढे तिन लाखको मोटो बजेटमा निर्माण गरिएको यो म्युजिक भिडियो सम्भवत सबै भन्दा महँगो म्युजिक भिडियो हो ।
३२ फिटे जोनिजिप,चट्याङ,पानी पार्ने र हावा लगाउने प्रबिधि यो भिडियोमा प्रयोग गरिएको छ । म्युजिक भिडियो हुदै फिल्म निर्देशनमा आएका सफल निर्देशक मिलन चाम्सका अनुसार अभिनेता राजेश हमाललाई केहि फरक अभिनयमा प्रस्तुत गरेको बताए ।

चाम्स इन्टरटेन्मेण्टको ब्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियोलाई रामकुमार केसीले खिचेका छन् भने निर्देशक चाम्सले नै सम्पादन गर्ने भएका छन् ।

(एजेन्सी)– भनिन्छ महिलालाई बुझ्न निकै गाह्रो छ । त्यहि गाह्रो भएर होला, उनलाई चिन्न अथवा उनको बारेमा थाहा पाउने अनेकौँ उपायहरुको बारेमा बताइएको हुन्छ । आँखाको रङ, अनुहारको बनोट, मुखमा भएको कोठी या जे सुकैले होस् महिलाको स्वभावको बारेमा थाहा पाउने तरिकाहरु अहिले धेरैलाई थाहा होला । महिलाहरुको स्वभाव थाहा पाउने तरिकामा अर्को एउटा तरिका पनि थपिएको छ, त्यो हो, कपालको रङ र प्रकार । समुन्द्र शास्त्रमा कपालको बनावट र त्यसको रंगको चर्चा उल्लेख गरिएको छ जसलाई हेरेर कुनै पनि महिलाको व्यक्तित्व वा स्वभाव निकै सजिलो तरिकाले पत्ता लगाउन सकिन्छ ।
याद राख्नुहोस् यहाँ हामी महिलाको कपालको प्राकृतिक रङ र बनोटको बारेमा कुरा गरिरहेका छौँ ।
– जो महिलाको कपाल जन्मजात नै सुनौलो हुन्छ उनीहरु आफ्नो दुर्बल र कमजोर शरिरप्रति चिन्तित हुने गर्दछन् । यद्यपी यस्ता महिलाहरु ज्ञानी र स्वभावमा निकै सरल हुने गर्दछन् ।
– जसको कपाल प्राकृतिक रुपमा नै सिधा अथवा स्ट्रेट छ उनीहरुको बिचार निकै स्पष्ट हुने गर्दछ । उनीहरुलाई कुनै पनि कुरा घुमाउरो तरिकाले भन्न आउँदैन र उनीहरु यस्तो कुराहरु बुझ्दा पनि बुझ्दैनन् । उनी जे सोच्छिन् त्यो कुरालाई आफ्नो वरिपरिको मानिसहरुलाई पनि भन्ने गर्दछिन् । उनीहरु सरल र खुल्ला बिचारका हुन्छन् ।
– जुन महिलाको कपालको रङ चम्किलो रातो छ उनीहरु प्रायः तीक्ष्ण बुद्धि भएका हुन्छन् । कसैले केहि बोल्नुपूर्व नै उनीहरुको दिमाग बोल्ने मानिसकोभन्दा टाढा पुगिसकेको हुन्छ ।
– जो महिलाको कपालको रङ कालो र घुम्रिएको हुन्छ उनीहरु जिन्दगीमा आशावादी हुने गर्दछन् । स्वभावमा संकोची यी महिलाहरु अप्ठेरोमा कहिले पनि नडराउने खालका हुन्छन् । जीवनमा खुसी भएर उनीहरु अघि बढ्न चाहन्छन् ।
– खैरो कपाल भएका महिलाहरु निकै संवेदनशील र रोमान्टिक किसिमका हुन्छन् । मायामा धोका पनि यिनिहरुलाई नै हुने गर्दछ । जीवनमा खुल्ला तरिकाले बाँच्न उनीहरुलाई मनपर्छ । आफ्नो जिम्मेवारीलाई निकै राम्रो ढङ्गले पुरा गर्ने गर्दछन् ।
– रातो कपाल हुने महिलाहरु निकै साहसी र केहि झगडालु हुने गर्दछन् । यस्ता महिलाहरु प्रत्येक कुरामा रिसाउने गर्दछन् । उनीहरु कठोर स्वभावका हुने गर्दछन् ।
– जुन महिलाको कपाल निकै खैरो र नरम हुन्छ उनीहरु धेरैजसोको रोजाई हुने गर्दछन् । कसैलाई पनि आफूतर्फ आकर्षित गर्न उनीहरुमा गजबको क्षमता हुन्छ । उनीहरुमा आत्मविश्वास पनि धेरै हुने गर्दछ र उनीहरु समझदार हुने गर्दछन् ।
– बाक्लो र लहराउँदो कपाल भएकी महिलाको स्वभाव जिद्दि हुने गर्दछ । कुनै पनि काम गर्दा उनीहरु त्यसमा सोच बिचार नै गर्दैनन् । आफ्नो मनमा जे लाग्यो त्यहि गर्ने स्वभाव यिनिहरु कामुक प्रवृत्तिका हुन्छन् ।
– पातलो र हाँगा फाटेको कपाल भएका महिलाहरु जीवनदेखि असन्तुष्ट हुने गर्दछन् र आफ्नो स्वास्थ्यका कारण सधैँ तनावमा रहने गर्दछन् ।
– हल्का घुम्रिएको कपाल भएकी महिला निकै तेज र चलाख किसिमका हुन्छन् । स्वभावमा उनीहरु रोमान्टिक हुने गर्दछन् र यिनिहरुलाई केहि काम गर्न र बोल्नमा धेरै समय लाग्ने गर्दैन ।
– नरम, सिल्की र पातलो कपाल भएका महिलाहरु मनबाटै साँचो र सरल बुद्धिका हुने गर्दछन् । उनीहरुको मनमा कसैप्रति पनि नराम्रो सोच पैदा हुँदैन । सबैलाई मद्दत गर्न यिनिहरु हरदम तयार हुने गर्दछन् ।
– जो महिलाको कपाल रुखो छ उनीहरुमा सानो सोच हुने गर्दछ । उनीहरुसँग दया भन्ने कुरा पटक्कै हुँदैन । यद्यपी, उनीहरु जीवनमा आइपर्ने विपरित परिस्थितिको सामना कुशलतापूर्वक निभाउने गर्दछन् ।
– जसको कपाल बाक्लो र सल्सलाउँदो छ उनीहरु निकै कर्मठ र धैर्यशाल िहुने गर्दछन् । आफूले जे सोचेको छ त्यसलाई उनीहरुले जसरी पनि पुरा गर्ने गर्दछन् र उनीहरु कुनै पनि कुरामा सम्झौता गर्न चाहँदैनन् ।

१५ असार, काठमाडौँ ।
सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमा भएको तथ्यविपरीत गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका तर्फबाट स्विडेनमा गरिएको कूटनीतिक प्रयासले सार्थकता पाएको छ ।

त्यहाँको कक्षा ६ देखि ९ सम्मको पाठ्यक्रममा रहेको ‘सो डाइरेक्ट रेलिजियन–३’ नामक पुस्तकमा ‘इन नर्थर्न इन्डिया आर दि प्लेसेज होयर बुद्ध वाज बोर्न’ तथा ‘वल्ड्र्स रेलिजियन’ नामक पुस्तकमा ‘बुद्ध वाज बोर्न एज प्रिन्स सिद्धार्थ गौतम इन लुम्बिनी बिट्विन दि बोर्डर अफ इन्डिया एन्ड नेपाल, दि करेन्ट सिटी बिहार’ भनेर लेखिएकामा अब तिनको प्रकाशन र बिक्रीवितरण बन्द गरिएको छ ।

त्यसै किसिमको नयाँ प्रकाशित पाठ्यपुस्तकमा तस्बिरको मुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल भनेर लेखिएको छ । ती दुई पुस्तक अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यलाई उपलब्ध भएपछि पाठ्यपुस्तक सच्याउन कूटनीतिक प्रयास सुरु गरिएको थियो ।

डेनमार्कमा अवस्थित स्विडेनको जिम्मेवारी सम्हाल्दै आएको नेपाली दूतावासले बुद्धको जन्मस्थलसम्बन्धी गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन अभियानले गरेको अनुरोधलाई कार्यान्वयन गर्न स्विडेनका लागि अवैतानिक कन्सुल जनरल डा रोलान्ड दह्लमानसमक्ष आग्रह गरेपछि उहाँ ती पुस्तकको अध्ययन र अनुसन्धानसँगै पुस्तक प्रकाशकसँग सम्पर्क र भेट गरी तथ्यगत प्रमाणका आधारमा त्यसमा भएका त्रुटि सच्याउन अनुरोध गर्नुभएको थियो ।

ती पुस्तक प्रकाशकलाई भविष्यमा भगवान् बुद्धको जन्मस्थल विषयमा गल्ती नदोहो-याउन सतर्क गराउँदै अनुरोधसमेत गरिएको आचार्यले इमेलमार्फत जानकारी दिनुभएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget