news and more entertainment

November 2014

एजेन्सी ।
टर्कीको विमान सेवाले भड्किला कपडा लगाएर सेक्सी बनेको भन्दै एक जागिरबाट निकालेको छ । विमान सेवाका अध्यक्षले टर्कीमा पछिल्लो समय कट्टरता बढेका कारण उनलाई जागिरबाट निकाल्न दवाव आएको बताएका छन् ।



३१ वर्षीया एयरहोष्टेस जुहाल संगुल एक मोडल समेत हुन् । एक इटालियन म्यागजिनमा प्रकाशित उनको तस्विर भाइरल भएको थियो । उनको तस्विरमा छोटा कपडा लगाएर कामुक पोज दिएकी छिन् ।

यो तस्विरकै कारण उनको जागिर गएको हो ।

गत वर्ष मात्र टर्की एयरलाइन्सले एयरहोष्टेसलाई लिपस्टिक र कलरफुल मेकअपमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो घटनाले युरोपेली युनियनमा एसोसिएट सदस्य रहेको टर्कीमा देखिएको मुस्लिम कट्टरता भने बढ्दै गएको पुष्टी गरेको विश्लेषकहरुले बताएका छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७१ मंसिर १५ गते
‘बीग बोस ७’की विजेता अभिनेत्री तथा मोडल गौहर खानलाई एक व्यक्तिले थप्पड हानेका छन् । मुम्बइको उपनगरीय क्षेत्र गोरेगाउँमा रहेको फिल्म सिटीमा रियालिटी शो ‘इण्डियाज राँ स्टार’को छायांकनका क्रममा गौहरमाथि यस्तो दुव्र्यवहार भएको हो ।
गौहरलाई सुटिङ हेर्न आएका एक दर्शकले मुस्लिम भएर छोटो पहिरन लगाएको भन्दै थप्पड हानेका हुन् । २४ बर्षका मोहम्मद अकिल मलिकले गौहरलाई सुटिङमा ब्रेक भएको समयमा यस्तो व्यवहार देखाएका हुन् ।
उनले गौहरलाई गलत तरिकाले छोएका पनि थिए । उनलाई त्यहाँ रहेका सुरक्षाकर्मीले समातेर प्रहरीको  जिम्मा लगाएका छन् । आरोपी मलिकलाई सोमबार अदालतमा लैजाने तयारी प्रहरीले गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

एजेन्सी । चीनमा एक शिक्षक विद्यार्थीलाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका छन् ।
६० वर्षीया शिक्षकले १९ छात्रालाई यौनकार्यको शिकार बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्राथमिक विद्यालयमा विज्ञान पढाउने ती शिक्षकले ३ र ४ कक्षामा पढ्ने बालिका छात्रामाथि बारम्बार यौनदुव्र्यहार गरेको समाचारमा जनाइएको छ ।
विद्यालयका प्रध्यानाध्यापक चेंग शिन्युले आरोपी शिक्षकलाई निलम्बन गरेको बताएका छन् ।
विद्यालयले पीडित छात्राहरुलाई परेको मनोवैज्ञानिक क्षती वापत सहयोग गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

मेरो यौनेच्छा एकदम बढी छ । १२-१५ वर्षसम्म लगातार हस्तमैथुन गरेपनि अहिले आएर मैले त्यसलाई पूर्ण रूपमा बन्द गरेको छु । 


सुत्दाखेरि आफै वीर्यस्खलन भैसकेको केही दिनसम्म मैले मेरो लिंग अरू दिनको तुलनामा नरम र अलिकता लुलोजस्तो पाएको छु ।

यस्तो किन भएको होला ? म आफ्नो लिंग मोटो र बलियो पार्न चाहन्छु । यसका लागि कुनै औषधी छ कि ? अथवा अरू कुनै उपाय भए बताइदिनुहोला ? प्र.यौन इच्छा किन बढी ? यौनेच्छा राम्रोसँग हुन त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकनासको हुँदैन । कसैमा बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन।

हुनुपर्नेभन्दा बढी यौनचाहना भएको स्थितिलाई भएको भनिन्छ, यसका लागि शब्द प्रयोग गरिन्छ । यस्तो स्थिति चिकित्सीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरेर बढी नै भएको हुनुपर्छ । कति यौनचाहनालाई चाहिँ बढी भन्ने कुरामा अझै पनि विवाद छ ।

 एक व्यक्तिले सामान्य मानेको यौनचाहनालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ, तर कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढीको स्थिति भन्न सकिने कुरामा सबैजसो सहमत देखिन्छन् । 

साँच्चिकै यौनचाहना बढी हुँदा त्यसको उपचार गर्नुपर्छ। सम्बन्धमा आएका अप्ठयारा, यौन तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । यस्तो किन हुन्छ भन्न सजिलो छैन । यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् र सम्भवतः हार्मोन वा मस्तिष्कमा आएका खराबी यस्ता कुराका कारण हुन्छन् । 

अन्य कतिपय स्थिति
मनोवैज्ञानिक हुन्छन् । तपाईंले के आधारमा अत्यधिक यौनचाहना छ भन्ने मान्नुभएको हो, थाहा हुन सकेन, मेरो विचारमा यौनचाहना अनावश्यक रूपमा बढी भएजस्तो लाग्दैन । अर्को कुरा हस्तमैथुन गर्न किन बन्द गर्नुभयो बुझिएन, यो प्राकृतिक कुरा हो र यसले हानि गर्दैन ।सुत्दा वीर्य स्खलनले लिंग लुलो ? यौनसम्बन्धी कुरा हामी बिउँझेका बेला मात्र होइन, निदाएका बेला पनि निरन्तर चलिरहन्छ ।

 निदाएको बेलामा लिंग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। यस्तो प्रायःजसो किशो
रावस्थामा पहिलो पटक हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। बोलीचालीको भाषामा यसैलाई स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ ।

 सामान्यतः प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन गर्न थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने अर्कातिर यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्न प्राकृतिक रूपमै यसले बाटो खोज्छ । यसरी यौनेच्छा पूर्ण रूपमा पूरा भएपछि यौनेच्छा पूरा गर्ने व्यग्रता कम हुन सक्छ, जसले लिंगको उत्तेजनामा प्रभाव पारेको हुनसक्छ। नत्रभने केही दिनसम्म यस्तो हुनुपर्ने कारण देखिँदैन । 

लिंग एक विशेष अङ्ग हो र यो अङ्ग मानव शरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ। कतिपय व्यक्ति यसको आकार वा
लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँगै जोडिएको मान्छन् । कतिपय व्यक्ति लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पीर-चिन्ता गर्छन् । 

यस्तो स्थितिलाई अंग्रेजीमा Small Penis Syndrome पनि भनिन्छ। तपाईंले साह्रै सानो भने पनि नाप दिनुभएको छैन । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ । कसैको लामो हुनसक्छ भने कसैको छोटो । 

त्यसैगरी कसैको मोटो हुनसक्छ भने कसैको पातलो । लिंग बढाउन संसारमा अनेक उपाय प्रयोग गरिएको पाइन्छ। त्यसमध्ये एक लिंगको कसरत तथा हातैले तन्काउने विधि हो । अर्को उपाय तौल वा यन्त्रको सहायताले तन्काउने विधि हो । अर्को तरिका पम्पको प्रयोग हो । यी सबैको प्रभावकारीतामा प्रश्नहरू छन् । 

शल्यचिकित्सा अर्को महत्वपूर्ण उपाय हो र यसका पनि अनेक प्रकार छन् । यस्ता शल्यक्रियापछि नाप बढ्ने कुरा र यौन सक्षमतामा मिश्रति नतिजाहरू आएका छन्। तपाईंले अपेक्षा गरेजस्तो सजिलो घरेलु उपाय उपलब्ध नहुन सक्छ । के सानो लिंग भए यौनसम्पर्क नै गर्न सकिँदैन ? 

तपाईंले
किन लिंग मोटो र बलियो पार्न चाहनु भएको हो, थाहा भएन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला ।

यो कुरा भने पक्कै हो कि कुनै पनि अन्य व्यक्तिलाई जस्तो साथीको सहयोगका साथै आत्मविश्वासको आवश्यकता पर्छ । त्यसैगरी यौन सुख दिन वा सायद लिंगको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन् भन्ने
यो भगांकुर बाहिरतिरै हुन्छ ।

 फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छन् ।

 हुनसक्छ, कतिपय महिलालाई ठूलो आकारको लिंगप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाउनेचाहिँ होइन । योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरूका साथै अग्रभागमा रहेको (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू अनि स्तन तथा शरीरका अन्य भाग पनि यौन संवेदनशील हुन्छन् । यी अङ्गका घर्षण वा मर्दन पनि यौनसम्पर्कको अन्तरङ्ग क्रियाकलाप हुनसक्छ। 

कुरा बुझ्नु आवश्यक छ । जहाँसम्म आफ्नो महिला यौनसाथीलाई यौन सुख दिन प्रदान गर्ने क्षमताको प्रश्न छ, त्यो पनि मजाले सकिन्छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो । महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छ ।
source;nepali headline 

मुम्बई / एजेन्सी– पाकिस्तानी अभिनेत्री बीना मलिकले बाँकी जीवन जेलमै बित्न सक्ने आशंका व्यक्त गरेकी छन् । पाकिस्तानी अदालतले २६ वर्ष जेल सजाय सुनाएको घटनाले निकै दुखित बनाएको छ, उनलाई । ‘२६ वर्ष भनेको त अब मेरो बाँकी जिन्दगी हो, अदालतले भनेजस्तो भयो भने मेरो बाँकी जीवन जेलमै बित्नेछ,’ बीनाले भनेकी छन् ।

टेलिभिजन च्यानलबाट प्रसारित कार्यक्रमका विषयमा यति ठूलो सजाय मान्य नहुने बीनाको भनाइ छ । उनी भन्छिन्, ‘टेलिभिजनबाट प्रसारित कार्यक्रमको विषयलाई हामीले चाहेर पनि नियन्त्रण गर्न सक्दैनौं, हामी त त्यस कार्यक्रममा सामान्य हिस्सा मात्रै हौं ।’




डिसेम्बरको पहिलो हप्ता पाकिस्तान जाने योजनामा रहेकी बीना अहिले द्विविधामा छिन् । केही महिनाअघि मात्रै सर्जरी गरेर बच्चा जन्माएकी बीनाले अदालतको यो निर्णय सुनेर आफू अचम्मित भएको बताइन् ।

आफूलाई निर्दोष दाबी गर्ने बीनाले पाकिस्तानमा अस्पताल बनाउने योजना भएको भन्दै अदालतको निर्णय आएपछि पाकिस्तानसँग भावनात्मक सम्बन्धटुटेको बताइन् ।अदालतले केही दिनअघि मात्रै पाकिस्तानको सबैभन्दा ठूलो मिडिया समूह जियो टिभीका मालिक मिर सकुलर रहमानलाई पनि २६ वर्ष जेल सजाय सुनाएको थियो ।

काठमाडौं,मंसिर १५ – १८ औं सार्क शिखर सम्मेलन भव्य र सभ्य ढंगले आयोजना गर्न सकेकोमा प्रधानमन्त्री सुशील कोइरालालाई सबैले स्याबासी दिइरहेका बेला उनको सरकारका दुई पात्रको लज्जास्पद हर्कत सार्कमा चर्चाको विषय बनेको छ । बिशेषगरी राष्ट्रिय–अन्तराष्ट्रिय मिडियाकर्मीहरुबीच कोइराला सरकारका प्रबक्ता तथा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र कोइरालाका विदेश मामला सल्लाहाकार दिनेश भट्टराई चर्चाको पात्र बने । सार्क शिखर सम्मेलन उद्घाटन समारोहमा आठै मुलुकका राष्ट्रपति तथा प्रधानमन्त्री देशको बर्णानुक्रमअनुसार लहरै बसेका थिए । सार्क सम्मेलन आायेजक मुलुकको प्रधानमन्त्रीको हैसियतमा कोइराला कार्यक्रमको अध्यक्षता गरिरहेका थिए ।


उनको पछाडि दिनेश भट्टराई खडा भएर उभिएको धेरैले असहज मानिरहेका थिए । कोइरालालाई सघाउन उभिएका होलान् भन्ने थियो तर भट्टराई त त्यहाँ उभिएका होइनन् ,सार्कका शीर्ष नेताहरुको भन्दा अग्लो कुर्सी मगाएर बसेका पो रहेछन् । सार्क राष्ट्रका कार्यकारी भन्दा अग्लो स्थान जमाएर बस्ने अधिकार उनलाई कसले दियो ? परराष्ट्र मन्त्रालयका कर्मचारीहरुसँग जवाफ थिएन । परराष्ट्र मन्त्रालयको सहसचिवबाट अबकाश भएका भट्टराईले यति शिष्टाचार नबुझ्ने कुरा थिएन । कोइरालालाई सघाउनै पर्ने भए पनि उनी पछाडि उभिन सक्थे । तर उनी त प्रधानमन्त्री भन्दा अग्लो कुर्सीमा बसेका थिए ।

प्रधानमन्त्रीले सहज रुपमा बोलिरहेका बेला उनले हस्तक्षेप गरेर अल्मलिने अवस्था आएपछि प्रधानमन्त्रीको मुद्रा रिसाएको देखिन्थ्यो । उता,आफूलाई सबैभन्दा जान्ने सुन्ने हुँ भन्ने सञ्चारमन्त्री मिनेन्द्र रिजालको हर्कत झनै भद्दा थियो । रिजालले सामान्य शिष्टाचार र पोशाकमा समेत ध्यान नदिँदा विदेशी पत्रकारहरुले समेत असहज महसुस गरे । सार्क शिखर सम्मेलनको उदघाटन समारोह समापनपछि सार्क मिडिया सेन्टर रहेको होटल र्याडिसन पुगेका सञ्चारमन्त्री रिजाल घरमा बस्दा लगाउने ट्राउजर र हवाइ चप्पलमा थिए,आजको साँघु साप्ताहिकमा खबर छ ।

भान्साघरमा दैनिक उपयोग गरिने बेसार अर्थात् हर्दी केवल स्वाद तथा आकर्षणमा मात्र सीमित छैन, यसले पूरा शरीरको रक्षा गर्छ।

- भनाइ नै छ, सर्दीका लागि हर्दी। दैनिक दूधमा बेसार हालेर खाँदा रुघा-खोकी तथा चिसोले सताउँदैन भने आन्तरिक घाउ पनि ठीक हुन्छ।

- ईएनटी अर्थात् नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि ज्यादै उपयोगी छ बेसार। परम्परागत रूपमै हामीले यसको प्रयोग गर्दै आएका छौं।

- छातीमा कफ जमेको छ, खोकी लागेको छ भने दुई दाना मरिच, एक चिम्टी बेसार घिउमा मिसाएर बनाइएको लेपले छातीमा हल्का मालिस गर्दा फाइदा हुन्छ।

- पुरानो खोकी (सुख्खा होस वा अन्य) भने हल्दीको टुक्रा चुस्ने। राति पनि हर्दीको टुक्रा मुखमा राखेर खुत्ने।

- बेसारको सेवनले रगत शुद्ध बनाउँछ।

- पिलो तथा घाउमा बेसार लगाउँदा फाइदा हुन्छ।

- बेसार एन्टिबायोटिक पनि हो। आधुनिक चिकित्सा पद्धतिमा दिइने एन्टिबायोटिकले मित्र जीवहरूलाई पनि नष्ट गर्छ, तर बेसारले शत्रु जीवलाई मात्र नष्ट गर्छ।

- संस्कृतमा बेसारलाई 'कृमृघ्ना' भनिन्छ, जसको अर्थ हुन्छ— कीटनाशक।

- सौन्दर्य प्रशाधनमा पनि बेसार प्रयोग हुन्छ। बेसार, चनाको बेसन तथा तोरीको तेल एक साथ प्रयोग गर्ने हो भने अझ राम्रो हुन्छ।

- बेसारमा भएको तैलीय पदार्थ शरीरले सहजै ग्रहण गर्छ र शरीर सुन्दर देखिन्छ।

- जन्डिसमा २-३ ग्राम बेसार मोहीका साथ खाँदा फाइदा पुग्छ।

- बेसारमा मानव शरीरलाई स्वस्थ तथा सुदृढ बनाउन आवश्यक सबै गुण विद्यमान छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आजकल कपाल झर्ने समस्याबाट धैरै मानिस पिडित छन् । लामो, बलियो र चम्किलो कपाल पाल्ने चाहना सवैको हुन्छ । कपाल झर्ने समस्याले हैरान हुनेहरुलाई कपाल झर्न रोक्ने प्राकृतिक उपाय यहाँ सुझाइएको छ।

कपाल झर्न रोक्नको लागी हामिले खाने कुराले समेत प्रत्यक्ष प्रभाव पार्दछ।
कपाल झर्नबाट रोक्न उपयोगी हुने ६ चीन यस प्रकार छन्..



१. सिमिः सिमिमा पर्याप्त मात्रमा फाइबर पाइन्छ । एक कप पाकेको सिमीको गेडामा १३ ग्राम सम्म फाइबर पाइन्छ । सिमिमा प्रोटिन पनि पाइन्छ जसले कपालको विकासमा सहयोग गर्दछ ।

२. बदाम र काजुः बदाम र काजु जस्ता खानेकुरा पनि कपालको लागि निकै महत्वपुर्ण मानिन्छन् । बदाम र काजुमा हुने ओमेगा ३,खनिज, सेलेनियम, जिंक जस्ता पदार्थ पाइन्छ जसले कपालालई स्वस्थ र चम्किलो बनाउँछन् ।

३. सल्मोन माछाः सल्मोन माछामा पर्याप्त मात्रमा ओमेगा ३, भिटामिन बी १२ पाइन्छ,जसले कपाललाई बलियो बनाउँछ । ओमेगा र भिटामिन १२ को कमिले कपाल रुखो बन्छ ।

४.गाँजरः गाँजरले कपालको प्राकृतिक कन्डिसिनिङ गर्दछ। यसका साथै गाँजरमा भिटामिन ए पनि पर्याप्त मात्रमा पाइन्छ ।

५.हरियो सागसब्जीः हरियो सागसब्जीमा आइरन, भिटामिन्स, क्याल्सियम पाइन्छ, कपालको वृद्धीको लागी यी तत्वहरु निकै उपयोगी हुन्छन् ।
६.अण्डाः अण्डमा प्रोटिन, भिटामिन बि १२, बायटिन जस्ता तत्व पाइन्छ । यसलाई पकाउँदा थोरै तेल वा घ्युका प्रयोग गरे झन उपयोगी हुन्छ ।

हामी सबैलाई थाहा भएको कुरा हो कि महिलाहरु राम्रा, सेक्सी र सुन्दर हुन्छन् । तर, कसैले उनीहरुको जीवनको अर्को पाटो कस्तो हुन्छ भनेर सोच्नुभएको छ ? महिलाहरु मानसिक र शारिरिक दुबै रुपमा पुरुषभन्दा फरक हुन्छन् । उनीहरु आफ्नो उमेर, तौल, भावना, गुण सबै लुकाउँछन् र पुरुषले कल्पना नै गर्न नसक्ने कुरा गर्छन् । यस्तै सिलसिलामा यहाँ महिलाहरुको यस्तो तथ्य संकलन गरिएको छ जसबाट उनीहरु कमै परिचित छन् ।sexgrdahsnemahila
१. महिलाहरुको हातमा सधैं ब्याग हुन्छः
पुरुष मित्रहरुले यो तथ्य याद नगर्नुभएको होला तर महिलाहरु सधैं ब्याग अथवा पर्स बोक्ने गर्छन् । उनीहरुको साथमा ब्याग नहुने हो भने उनीहरु असजिलो महसुस गर्छन् । र हामीहरुलाई थाहा हुँदैन कि उनीहरुले आफ्नो ब्यागभित्र के हालेका हुन्छन् भनेर ।
२. महिलाहरुसँग कहिले पनि लगाउनको लागि लुगा हुँदैनः
महिलाहरुलाई हजारौं हजारको भएको नोटको बिटा दिनुस्, उनीहरुले सपिङमा खर्च गर्छन् । तैपनि, उनीहरुले आफूसँग लगाउनको लागि केहि पनि नभएको भन्ने गर्छन् । साँचो कुरा के हुन्छ भने उनीहरुसँग भएको लुगा र गहना कि त एकचोटी लगाइएको हुन्छ कि त एकचोटी पनि हुँदैन ।
३. महिलाहरु दिनदिनै नुहाउँदैनन्:
सफा सुग्घरमा जतिसुकै कराएपनि सबै महिलाहरु दिनदिनै नुहाउने गर्दैनन् । बास्नादार हुनका लागि उनीहरु अत्तर अथवा डिओड्रेन्ट्समा भर पर्ने गर्दछन् ।
४. महिलाहरु अति नै धेरै खान्छन्:
जब पुरुषहरु साथमा हुन्छन् त महिलाहरु थोरै खाने जस्ता देखिन्छन् । तर, एक्लै छोडिदिने हो भने उनीहरुले ठूलो साइजको सिङ्गै पिज्जा पनि खाने गर्दछन् । अब थाहा पाउनुहोस्, महिलाहरु सधैं खाना र बनाउने तरिकाको बारेमा किन कुरा गर्छन् भनेर ।
५. महिलाहरु टिभि सिरियल बढि रुचाउँछन्:
हामीमध्ये धेरैलाई लाग्नसक्छ सब टिभि सिरियल बकवास हुन् तर, महिलाहरु त्यसलाई धेरै नै चाख दिएर हेर्ने गर्छन् ।
६.सेक्सपछि महिला आफ्नो पुरुषले किस गरोस् भन्ने चाहन्छिन्:
प्रायः पुरुषहरु सेक्सपछि थाक्ने भएका कारण सुत्न रुचाउँछन् तर महिलाहरु भने कुरा गर्न र एकअर्कालाई किस गर्न रुचाउँछन् । राम्रो सम्बन्धको लागि पुरुष साथीहरुले यो कुरामा ध्यान दिनुहोस् ।
अरुः
– सेक्स गरिरहेको बेलामा पनि महिलाहरुलाई आफ्नो रुपको पिर हुन्छ ।
– सामान नकिन्ने हो भने पनि महिलाहरु त्यो सामानमा बार्गेनिङ गर्न रुचाउँछन् ।
– करिब ७० प्रतिशत महिला सेक्सभन्दा चकलेट मन पराउँछन् ।
– आफूले लगाएको जस्तै लुगा अरु महिलाले लगाएको उनीहरु हेर्न सक्दैनन् ।
– पुरुषको तुलनामा महिलाहरु चाँडै परिपक्क हुन्छन् ।
– महिलाहरु पूरै दिन ऐनाको अगाडि बसेर बिताइदिन सक्छन् ।
– पुरुषको जत्तिकै महिलालाई सेक्सको आवश्यकता पर्दैन ।
एजेन्सी

काठमाडौ । झडकेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र पिडीतलाई एक लाख क्षतिपूर्ती भराउने फैसला सुनाएको छ ।
पत्नी गर्भवती भएको बेला झडेली छोरीलाई बलात्कार गर्ने धादिङ्ग ताल्ती ४ घरभई भक्तपुर कटुञ्जे६ बस्ने २८ वषिर्य पशुपति विकलाई जिल्ला न्यायधिस बालेन्द्र रुपाखेतीको एकल ईजलासले फैसला सुनाएको हो ।
झडेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याएको ठहर भएको अदालतका सेस्तेदार खड्गराज अधिकारीले बताए ।


आफू गर्भवती भएपछि आफ्नै पतिले छोरीलाई डरधम्की देखाई पटक–पटक बलात्कार गर्ने गरेको थाहा पाएपछि पति बिरुद्ध पत्नीले प्रहरीलाई उजुरी दिएकी थिइन् ।
आमाको गर्भ ८ महिनाको रहँदा छोरीको गर्भ ६ महिनाको भईसकेकोले गर्भ पतन समेत गर्न गराउन नमिलेको अदालतले जनाएको छ ।
निजलाई हाल सिविसले संरक्षण दिएको छ । अदालतले एक लाख क्षतिपूर्ति तत्काल भराउने नसक्ने भएकाले अभियुक्तको सम्पत्तिबाट पछि असुल उपर गर्ने गरी तत्काल नेपाल सरकारले दिने निर्णय गरेको छ ।
पीडितको उमेर १४ वर्षमात्र पुगेको छ । आजको कान्तिपुरमा समाचार छ ।



"प्लस टु पढ्दाको मेरो प्रेम सुरू भयो । अमेरिकामा पुगेपछि लिभिङ टुगेदरमा परिणत भयो । परिवारको कुरा मिलेर पनि हामीबीच दुरी बढ्यो । अन्ततः ७ वर्ष लामो सम्बन्ध टुट्यो । माया गर्ने, हात समाउने, स्पर्श गर्ने पहिलो व्यक्ति उही हुन्छ । जीवनमा त्यो अनुभूति पनि पहिलो पटक गरिन्छ । सायद त्यही मनोभावले होला पहिलो प्रेम बिर्सनै सकिदैन ।"


नेपाली सिने जगतमा 'बोल्ड एण्ड ब्युटिफूल' नायिकाको रूपमा परिचित छिन्- अशिष्मा नकर्मी । मनका कुरा निर्धक्क राख्ने उनी अहिलेकी चल्तीकी नायिका हुन् । रिचमण्ड एकेडिमीबाट एसएलसी र प्लस टु तहको अध्ययन पूरा गरेपछि सन् २००७ मा अमेरिका उडेकी अशिष्माले टेक्सासस्थित युएनटी युनिभर्सिटीबाट हस्पिटालिटी म्यानेजमेन्टमा ग्राजुयट गर्ने क्रममा ५ वर्ष अमेरिकामा बिताइन् । ३५ वटा म्युजिक भिडियो, ८ वटा नेपाली चलचित्र र १२ वटा नेपाल भाषाका चलचित्रमा अभिनय गरिसकेकी अशिष्मा नेपाल फिरेको साढे दुई वर्ष भयो । उनै अशिष्माले प्रेम, जीवन, यौन, करिअर र चलचित्र लगायतका विषयमा नरेन्द्र रौलेसँग गरिएको कुराकानी :

अमेरिकाबाट नेपाल फर्किन के ले प्रेरित गर्‍यो ?
म आफ्नो देशलाई एकदमै माया गर्छु । भाषा, संस्कृतिप्रति प्रेम छ । अमेरिकामा धेरै दुःख छ । जस्तोसुकै समस्या भए पनि मलाई नेपाल नै मनपर्छ । र, चलचित्रमा काम गर्न, आफ्नो भविष्य बनाउन, कलामार्फत् योगदान दिन म नेपाल फर्किएँ ।

अमेरिकामा ५ वर्ष बस्दा अन्य अवसरहरु नभेटेर हो कि, फिल्म क्षेत्र नै किन रोज्नुभयो ?
बुबाको नाम राख्न । रेडियो नेपालका अधिकृत तथा बाद्यबादक मनराजा नकर्मीको बिंडो थाम्न मैले यही पेसा रोजें ।

फिल्मी जगतमा आउनुअघि के बन्ने रहर थियो ?
म मिडियामै काम गर्न चाहन्थें । खासगरी टेलिभिजनमा काम गर्ने मेरो सोख थियो । तर बुबा भने मैले अरुको अन्तर्वार्ता लिएको भन्दा पनि मेरो अन्तर्वार्ता अरुले लिएको हेर्न चाहनुहुन्थ्यो ।

कस्ता खाले फिल्ममा तपाईलाई अभिनय गर्न मनपर्छ ?
लभ स्टोरी, मौलिक तथा ऐतिहासिक विषयवस्तुमा आधारित फिल्ममा अभिनय गर्न मन लाग्छ । टप हिरोइन नभए पनि राम्रो छवि भएको हिरोइन बन्न मन छ ।

अहिले कुन फिल्ममा व्यस्त हुनुहुन्छ ?
भर्खरै 'नभ्य' र 'लभ यु बाबा' को सुटिङ सकियो । 'अधकट्टी'को सुटिङ चलिरहेकै छ । अब सुवर्ण थापाको निर्देशनमा बन्न लागेको 'बाटो मुनिको फूल-२' को सुटिङमा लाग्दैछु ।

तपाईले कुन कलाकारलाई आफ्नो आदर्श मान्नुहुन्छ ?
मिथिला शर्मा र मह जोडी ।

फिल्मबाहेक अन्य केमा तपाईको सोख छ ?
बाजा बजाउन, गाउनमा सोख छ । तानपुरा, मादल, तबलाजस्ता केही बाजाहरु अलिअलि बजाउँछु । सितारमा मेरो बिशेष रुचि छ । यसैमा मैले जुनियर डिप्लोमा पनि गरेकी छु । यस्तै ७, ८ पढ्ने बेला होला मैले नेपाल भाषाको एल्बम नानुमा स्वर दिएकी छु ।

तपाईको जीवनको सबैभन्दा सुनौलो क्षण कुन हो ?
कक्षा ८ देखि १२ सम्म पढ्दाको क्षण सुनौलो लाग्यो । धेरै कुरा सिकियो, अनुभव लिइयो । साथीभाईहरुले सहयोग गरे । एक प्रकारले फड्को मारें । मैले बाटो पाएँ ।

छोरी भएर जन्मिएकोमा पछुतो लाग्छ कि लाग्दैन ?
परिवारमा हामी तीनजना दिदी, बहिनी भएकाले पहिले छोरा भइदिएको भए लाग्थ्यो । अहिले त्यस्तो महशुस हुँदैन । मैले राम्रो गरेर देखाउँछु भन्ने लाग्छ । आफूमा आत्मविश्वास, आत्मसम्मान, र हरेक परिस्थीतिसँग जुझ्ने क्षमता हुने हो भने अघि बढिन्छ ।

एक पुरूषले सिधै प्रेम प्रस्ताव गर्न सक्छ तर नारीले गर्न हिच्किचाउँछन्, हगि?
तर त्यो कुरा मेरो जीवनमा लागु हुँदैन । मलाई यदि कुनै केटा मन पर्‍यो भने म नै अगाडि प्रेम प्रस्ताव राख्नेछु । जस्तो कि, मैले पहिला गरेकी थिएँ ।

ए अहिले रिलेसननसिपमा हुनुहुन्छ ?
अहिले होइन । पहिलाचाहिँ थियो । प्लस टु पढ्दाको मेरो प्रेम सुरू भयो । अमेरिकामा पुगेपछि लिभिङ टुगेदरमा परिणत भयो ।
किन अलग हुनुभयो त ?
कुरा नै मिलेन । परिवारको कुरा मिलेर पनि हामीबीच दुरी बढ्यो । अन्ततः ७ वर्ष लामो सम्बन्ध टुट्यो ।

अहिले सम्झिदा  कत्तिको पीडा दिन्छ ?
कतै न कतै त्यो कुराले बिझाउँछ । तर पनि मेरो आफ्नै उद्देश्य छ, योजना छ । रोएर बस्नुभन्दा आफ्नो करिअर राम्रोसँग अघि बढाएको राम्रो लाग्छ ।

सम्बन्धहरु किन टुट्ने रहेछन् ?
स्वार्थी भयो भने । र, दुई जनाबीच असमझदारी भयो भने पनि टुट्छन् । बढी अपेक्षाले पनि दुःख दिन्छ ।

पहिलो प्रेम बिर्सन सकिदैन भन्छन् नि । किन होला ?
माया गर्ने, हात समाउने, स्पर्श गर्ने पहिलो ब्यक्ति उही हुन्छ । जीवनमा त्यो अनुभूति पनि पहिलो पटक गरिन्छ । सायद त्यही मनोभावले होला पहिलो प्रेम बिर्सनै सकिदैन ।

त्यति लामो समय प्रेम सम्बन्धमा रहनुभयो । पछि लिभिङ टुगेदर पनि बस्नुभयो । परिवारले असहमति जनाएन ?
मेरो घरमा स्वतन्त्रता थियो । म आमालाई भनेरै डेट जान्थें । मेरो ब्वाइफ्रेण्ड घर अगाडि बाइक लिएर आउँथ्यो । कत्ति अफ्ठ्यारो महशुस भएन । तर मैले त्यो स्वतन्त्रताको कहिल्यै दुरुपयोग भने गरिनँ । 


तपाईको अनुभवमा प्रेम के रहेछ त ?
भावना हो । कल्पना हो । र, एक अर्काप्रतिको बुझाइ हो ।

जीवनलाई कसरी हेर्नुहुन्छ ?
दुःख र सुखको मेल हो । अंग्रेजीमा एउटा भनाइँ छ, 'लाइफ इज् नाइदर ब्ल्याक नर ह्वाइट्, इट् इज् ग्रे ।' जीवन सोचे जस्तो कहिल्यै हुँदैन ।

सेक्सप्रति तपाईको बुझाइ के छ ?
सेक्स लाइफ साइकल हो । समाज चलाउने साइकल । र, यो अनुशासन पनि हो । नत्र त वेश्यावृत्ति भइहाल्यो नि ।

तपाईको सेक्स अनुभव कस्तो रह्यो ?
मलाई यो प्रश्न नै गलत लाग्छ । मैले अघि नै भनिसकें नि, म कसैसँग लिभिङ टुगेदरमा थिएँ । बाँकी कुरा आफै बुझ्नुहोस् न ।

भगवानमा कत्तिको विश्वास गर्नुहुन्छ ?
गर्छु ।

मन्दिर जानुहुन्छ ?
जान्छु ।

मन्दिर जाँदा टुँडालहरुमा भगवानले सेक्स गरेको दृश्य राखिएका हुन्छन् । किन होला ?
मैले मन्दिरका टुँडालमा त्यस्ता दृश्य हेरेको छु । संसार नै त्यसरी टिकेको छ । सेक्स नै जन्मको विन्दु भएकाले राखेको होला ।
आस्थाको मन्दिरमा त्यस्ता दृश्य राख्नु उपयुक्त होला र ?
यसबारेमा विस्तृत अध्ययन त गर्नैपर्छ । मलाई त्यति धेरै ज्ञान छैन । तर नकारात्मक रुपमा भने लिएको छैन । आज हजुरबालाई सोध्नुपर्ला । ९हाँस्दै ......)

टुँडालका दृश्यमा कामसुत्रको सबै आसन देखाइएको छ नि, हाम्रोजस्तो समाजमा एउटी नारीलाई तीन-चार जना पुरूसले सेक्स गरिरहेको दृश्य किन मन्दिरमा राखिएको होला ?
मैले इतिहास पढेअनुसार, पहिले एक समाजमा छोरी मान्छे कम थियो । तीन-चारले एक जनासँग विहे गर्थे । अर्को समाजशास्त्रीय चिन्तनअनुसार एक जनाले एउटी विहे गर्‍यो भने जग्गा पनि बाडिने भयो । त्यसैले जग्गा नबाडियोस् भनेर दुई-तीन जनाले एउटी विहे गरेकेा किताब पढेकी छु । तर एकिन कुरा मलाई थाह छ, भोलिपर्सी रिसर्च गरेर तपाईलाई बताउँला ।

नारीको जीवनमा भर्जिनिटीको महत्व के हुन्छ ?
(केही बेर सोच्दै.....)

गम्भीर बन्नुभयो त ।
यस्तो विषयमा गम्भीर बन्नैपर्‍यो नि । सायद समाजले गर्दा होला । पुरुषप्रधान समाज भएर होला ।

पुरुषहरुले विवाह गर्दा वा शारीरिक सम्बन्ध राख्दा भर्जिन खोज्ने गर्छन् । तर नारीले किन पुरुषलाई भर्जिन खोज्दैनन् ?
म त यस्तो कुरामा ख्यालै गर्दिनँ ।

परपुरुष, परस्त्री सम्बन्ध तपाईलाई कस्तो लाग्छ ?
गर्दिनँ । मेरो बुढाले भोलि गएर परस्त्रीसँग सम्बन्ध राख्यो भने झगडा गर्दिनँ तर कुराकानी चाहिँ गर्छु ।

वास्तवमा मानिसहरुले किन परपुरुष, परस्त्री सम्बन्ध राख्छन् होला ?
पहिलो कुरा त एकअर्काप्रति समझदारी नभएर नै हो । सेक्स फ्रिडम खोजेर, एक अर्कालाई समय नदिएर, रुचि र चाहना नबुझेर पनि होला ।


तपाईका फ्यानहरु कस्ता खाले छन् ?
टिनेजदेखी बुढापाकासम्म । सबै खाले छन् । फेसबुकबाट धेरै साथीहरु पनि बनाएको छु । कति राम्रो नियतले बनाउँछन्, कतिले भने नकारात्मक नियत पनि राख्छन् ।

अचेल युवा, युवतीले गाँस्ने सम्बन्धहरु कस्ता लाग्छन् ?
आज फेसबुकमा चिनजान भयो । भोली लभ, पर्सि ब्रेकअप । यस्तो लाग्छ, फेसबुक बन्द भयो भने मित्रता पनि बन्द हुन्छ जस्तो ।

कत्तिको रुनुहुन्छ ?
रुन्छु कुनै बेला । पछिल्लो पटक आलोक नेम्बाङको मृत्युमा रोएँ । उहासँग काम गर्ने ठूलो इच्छा थियो । त्यो पूरा भएन । त्यो मामलामा अभागी ठान्छु ।

लोग्ने मान्छेले रुनु हुन्न भन्ने मान्यता छ । साँच्चै लोग्नेले रुनुहुन्न र ?
बकवास कुरा हो । लोग्ने मान्छे झन् संबेदनसिल हुन्छ । बाहिरबाट हेर्दा कठोर देखिएपनि भित्र कोमल हुन्छ । म त भन्छु, रुनुपर्छ ।

मृत्युदेखि डर लाग्छ ?
लाग्दैन । विकासानन्दको भनाइ सम्भिmन्छु, 'हामी बाँचिरहेका छैनौं । बाँच्ने कोशिस गरिरहेका छौं । जुन दिन मर्छौ त्यो दिन हाम्रो जन्म हुन्छ ।' तैपनि मृत्यु सरल होस् भन्ने मेरो चाहना हो ।


पुस्तकहरु पढ्नमा कत्तिको रुचि  छ ?
मलाई जीवनी पढ्न मनपर्छ । जीवनीबाट म प्रेरणा पाउँछु । पछिल्लो समय बिनोद चौधरी र हरिबंश आचार्यको आत्मकथा पढें ।

आफै फिल्ममा खेल्नुहुन्छ । अरुका फिल्महरु चाहि कत्तिको हेर्नुहुन्छ ?
सबै प्रकारका फिल्म हेर्छु । अझ विशेषगरी प्रेम कथामा आधारित र राम्रा अभिनय भएका हेर्न मन लाग्छ । ओस्कार जितेका फिल्महरुको लिस्ट हेर्दै धेरै फिल्महरु हेर्ने गर्छु ।

एउटा नायिकामा नभइ नहुने गुण के के हुन् ?
हरेक पेशामा नभई नहुने पहिलो गुण हो, मानवियता । नत्र कसैको पि्रय भइदैन । त्यसबाहेक बुझाई, मीठो बोलीवचन, अध्ययन हुुनुपर्छ ।

नेपाली र नेपाल भाषा बाहेक अन्य भाषाका फिल्ममा खेल्ने प्रस्ताव आयो भने स्वीकार्नुहुन्छ ?
त्यस्तो अवसर आयो भने झन् आफूलाई भाग्यमानी ठान्छु । सबै भाषाको खेल्छु नि ।

फिल्ममा आउन चाहनेहरुलाई के सुझाव दिनुहुन्छ ?
ठूलो अपेक्षाले जे कुरामा पनि दुःख दिन्छ । अध्ययन गरेर, बुझेर आउनुहोस् । आफूमा आत्मविश्वास बढाउनुहोस् । कसैको भर परेर नआउनुहोस् ।

तपाई कस्तो स्वाभाबको व्यक्ति ?
म स्टे्रटफवार्ड छु । मन लागेको कुरा अगाडि नै भन्छु । मनमा कुनै पाप छैन । सिधासिधा कुरा गर्छु । म आफुलाई सरल नै ठान्छु । 

महिला आरक्षणका वारेमा के भन्नुहुन्छ ? हरेक कुरा आरक्षण खोज्नु कत्तिको जायज हो ?
मलाई पटक्कै विश्वास छैन । आरक्षण खोज्नु त परनिर्भर बन्नु हो । यसले गर्दा सिर्जनसिलता मर्छ । महिलाहरुमा प्रतिस्पर्धा गर्ने बानी नै हुँदैन ।

नेपाली हिरोइनहरुको पारिश्रमिक त्यति धेरै छैन । तर फूर्तिफार्ती निकै देखिन्छ नि । कसरी खर्च चलेको होला ?
मेरो हकमा भन्नुहुन्छ भने, म काठमाडौंको लोकल बासिन्दा हो । खान, बस्न गार्‍हो छैन । यहाँ 'सो बिज' का रुपमा देखावटी बढी हुन्छ । तर म त्यस्तो गर्दिनँ । पारिश्रमिक पाउनु मेरो हक हो । कसैको लुटेको होइन । त्यो लिन चाही म छाड्दिनँ ।

तपाईको मासिक खर्च कति हुन्छ ?
आम्दानीमा भर पर्छ । यत्ति नै हुन्छ भन्ने छैन । कुनै बेला कम, कुनै बेला बढी हुन्छ ।

तस्वीरहरुः अशिष्मा एवं एजेन्सीहरु


स्रोत - नेपालीपत्र भिडियो हेर्न तल क्लिक गर्नुहोस :

स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो।

योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।

त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।

आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए ।यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो ।

त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।यसरि समाउद बढी भन्दा बढी आनन्द आउछ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

मुम्बई ।
केही समयअघिसम्म बलिउडमा रणवीर सिंह र अनुष्का शर्मा चर्चित प्रेम जोडी मानिन्थे । तर उनीहरुको प्रेम लामो समयसम्म टिक्न सकेन । बाटो छुटिट्यो । तैपनि अहिले उनीहरु रोमान्समा व्यस्त छन् ।

तर यो रोमान्स वास्तविक जीवनमा नभई छायांकनमा रहेको चलचित्र ' दिल धड्कने दो' मा हो ।
यसअघि चलचित्र 'व्यान्डबाजा' र 'लेडिज भर्सेज रिकी बहल' मा सँगै काम गरेका उनीहरुको प्रेमसम्बन्ध ब्रेक
भएपछि यो पहिलो चलचित्र हो ।

बलिउडमा अहिले रणवीर र अनुष्का दुवै व्यस्त नायकनायिका मानिन्छन् । अनुष्का 'दिल धड्कने दो' का साथै नवदीप सिंहको निर्देशन रहेको अर्को चलचित्र 'एनएच १०' मा पनि काम गर्दैछिन् ।

यो चलचित्रको काम पूरा हुनासाथ उनी चलचित्र निर्माण गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।
अझ उनले यस चलचित्रमा रणवीर सिंहलाई लिने चर्चाले त बलिउड तातेको छ तर यस विषयमा अनुष्का एवं रणवीर दुवैले केही बोलेका छैनन् ।
एजेन्सी 
भिडियो हेर्न तलको बाकस थिच्नुहोस



मोडलिङमा स्थान पाउन नेपाली मोडलले बलिउडकी पुनम पाण्डेलाई पछ्याउने गरी फेसबुकमा उत्तेजक फोटो अपलोड गर्न भ्याएकीछन् ।

केही म्यूजिक भिडियोमा अभिनय समेत गर्न भ्याएकी तिर्सना बुढाथोकीले आफ्नो फेसबुकमा नग्न तस्बिर पोस्ट गरेर सबैको ध्यान तान्न खोजेको प्रष्ट देखिन्छ । तस्बिर सार्वजनिक गर्दै उनले फेसबुकमा मलाई सानोतिनो कुराले केही फरक नपार्ने बताएकीछन् ।

तिर्सनाले यसअघि पनि विभिन्न उत्तेजक तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकि थिइन । हलिउड, बलिउडमा जस्तै निर्धक्क हट र सेक्सी पोज दिन कतिपनि तिर्सना हिच्किचाउदैनन । उनको यस्तो हर्कतप्रति कयौ फ्यानहरुले आपत्तिसमेत जनाउने गरेका छन ।

यर्मा: भिक्टर, तिमीले हामी सानो हुँदा खेरी मेरो कम्मर समाएको संझन्छौ, के हुन्छ भनेर कसलाई के थाहा है ?
भिक्टर : सबै कुरा बदलिन्छ ।
यर्मा : अह ! कुनै कुरा बदलिदैन । पर्खाल पछाडिको लुकाएका कुराहरु केही पनि बदलिदैन, किनकी तिनीहरुलाई कसैले देखेकै हुँदैन ।
भिक्टर : सायद !
यर्मा : भोली फेरि तिनीहरु बाहिर निस्किएर चिच्चाउन थाले भने, तिनीहरुको चित्कारले संसार थर्कन्छ ।
उल्लेखित संवाद काठमाण्डौको थिएटर भिलेजमा शनिबारबाट सुरु भएको नाटक ‘यर्मा’को हो । संवादमा ‘यर्मा’ पात्रको भूमिका निर्वाहा गर्ने कलाकार नायिका नम्रता श्रेष्ठ हुन् । यस्तै, ‘भिक्टर’ पात्रको भूमिका कलाकार कमलमणी नेपालले निर्वाहा गरेका छन् ।

सन्तान जन्माउने चाहना बोक्ने एक महिलाको कथामा यो नाटक घुमेको छ । नाटकको निर्देशन विमल सुवेदीले गरेका हुन् । यो नाटक सोमबार बाहेक पौष ६ गतेसम्म चल्नेछ । नायिका नम्रता श्रेष्ठ मुख्य पात्रको रुपमा रहेको नाटकले नि:सन्तान महिला, उनको सन्तान चाहना र श्रीमानको व्यस्तताले पुर्ती हुन नसकेको उनको सन्तान मोहलाई दर्शाएको छ ।

यो नाटकलाई श्रृष्टी भट्टराइले अनुवाद गरेकी हुन् । वन वल्र्ड थिएटरको प्रस्तुतीमा थिएटर भिल्लाको सहकार्यमा नाटक मञ्चन सुरु गरिएको हो । स्पेनका चर्चित नाटककार फ्रेडेरियो गार्सियो लोर्काले लेखेको नाटकलाई ८० बर्षपछि बिमल सुवेदीले नेपालको रंगमञ्चमा मञ्चन गरेका हुन् । स्पेनमा भेडा गोठालो गर्ने एक परिवारको कथालाई नाटकले प्रस्तुत गरेको छ । नाटकमा अभिनय गरेकी नम्रताको उपस्थित दर्शकले प्रशंसा गरेका छन् । नाटक एक घन्टा ३०  मिनेट भिडियो हेर्नुहोस ।

काठमाडौं / कतिपय पश्चिमा देशहरुमा यौन व्यवसाय कानुनी मान्यता प्राप्त छ । नेपालमा भने यौन व्यवसाय कानुन विपरितको क्रियाकलाप मानिन्छ । तर नेपालका युवतीहरु विदेशमा गएर पोर्न फिल्ममा ब्लु फिल्म खेलिरहेका छन् । अमेरिकामा गएर ब्लु फिल्म खेल्ने दुई नेपाली चर्चामै छन् । ती हुन् दिप शिखा र विन्दु परियार ।  



दिप शिखा


दिप शिखा उनको वास्तविक नाम भएपनि उनलाई माया बेजिन भनेर चिनिन्छ । उनी भक्तपुरकी हुन् । उनी केही वर्ष पहिले ब्लु फिल्म खेल्न कै लागि अमेरिकी पुगेकी थिइन् ।


विन्दु परियार


उनको वास्तविक नाम विन्दु परियार भएपनि कतिपयले उनलाई हटि विन्दु भनेर चिन्छन् । उनी कास्की जिल्ला कि हुन् । अमेरिकी नागरिकसँग विहे गरेर अमेरिका पुगेकी उनी पछि सम्बन्ध विच्छेद गरेर ब्लु फिल्म खेल्न थालिन् । उनी थाइल्याण्डमा नाच्ने पनि गर्थिन् ।

एजेन्सी । भर्जिनिटी अर्थात कुमारीत्व महिलाका लागि ठूलो विषय हो र यो अमूल्य पनि छ । तर अहिले हामी महिलाहरुले केही लाख वा करोडमा आफ्नो कुमारीत्व भंग गर्ने घोषणा गरेको सुन्नु नौलो विषय रहेन । जसमा थुप्रै आफ्नो कुमारीत्व भंग गरे भने केही अन्तिम समयमा आएर आफ्नो बोली फिर्ता लिए । केहीले चर्चामा आउन तथा केहीले बाध्यताबश कुमारीत्व भंग गर्नु परेको हो ।


१.नटालिया डेलान


सन् २००८ मा २२ वर्षीय नटालिया डेनानले आफ्नो मास्टर्स डिग्रीको पढाई पुरा गर्नका लागि ३.७ मिलियन डलरमा कुमारीत्व भंग गर्ने बताएकी थिइन् ।




२.ग्रैसियला याटाको
सन् २००५ मा पेरुकी १८ वर्षीय मोडल ग्रैसियला याटाकोले आफ्नी आमाको औषधिउपचार गरेको बिल तिर्नका लागि १,३००,००० डलरमा आफ्नो कुमारीत्व भंग गरेकी थिइन् ।

३ रोजी रेड




सन् २००४ मा इङल्याण्डकी १८ वर्षीय रोजी रेडले ४४ वर्षीय एक इन्जिनियरसँग ८४०० पाउण्ड अर्थात १२९९२०० रुपैयामा बेचेकी थिइन् । उनी त्यसअघि पनि आफ्नो लेस्बियन साथीसँग प्रेम सम्बन्धमा थिइन् । तर उनले पहिलो पटक कुमारीत्व भंग गरेकी थिइन् ।

५.अलिना पर्सिया
रोमानियाकी १८ वर्षीय यी सुन्दरीले कम्प्युटरमा डिग्री लिनका लागि आफ्नो कौमार्य भंग गर्नुपरेको थियो । इटालीका ४५६ वर्षीय एक व्यक्तिले ८८०० पाउण्डमा उनको भर्जिनिटी तोडेका थिए ।



६. एलिजावेथ हर्ले
प्रख्यात कलाकार तथा मोडल एलिजावेथ हर्लेले च्यारिटी शो का लागि पैसा जुटाउन २०१४ मा आफूसँग किस गर्ने प्रस्ताव राखेकी थिइन् । एक व्यक्तिले ४९ लाखमा उनीसँग किस गर्न राजी भएका थिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget