news and more entertainment

महिलाहरुका ८ ओटा बानी जो पुरुषहरुलाई मन पर्दैनन Read more: http://sajhasabal.com/news/139381727859#ixzz39vcZBB00

महिलाहरुका ८ ओटा बानी जो पुरुषहरुलाई मन पर्दैनन । महिलाहरुलाई पुरुषका बानि मन नपरे जस्तै पुरुषलाई पनि महिलाहरुक बानीहरु मन पर्दैनन । के के रहेछन त हेरौ ति ८ ओटा बानीहरु ।

- आफ्नो पुरानो प्रेमीको कथा सुनाउनुः तपाईंको पुरानो प्रेमीको कुराहरुले तपाईंको प्रेमीलाई रिस उठ्न सक्छ । यदि तपाईं अहिले पनि आफ्नो पुरानो प्रेमीलाई मनपराउनु हुन्छ भने अरु पुरुषसँग बस्नु राम्रो बिचार मानिँदैन । यदि तपाईं बारम्बार आफ्नो पुरानो प्रेमीको बारेमा कुरा गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानीको पछाडि लुकेको कारण खोज्नुपर्ने हुन्छ ।

- लामो नङः तपाईं सायद सोच्नुहुन्छ होला, लामो नङ निकै आकर्षक हुने गर्दछ तर वास्तविकतामा तपाईंको यो लामो नङ पुरुषहरुलाई मन पर्दैन । त्यसकारण महिलाहरु लामो नङको साटो छोटो र आकर्षक नङ राख्नृहोस् ।

- कुरा काट्नुः यदि तपाईंको पार्टनर तपाईंलाई अन्य महिलासँग खासखुस गरिरहेको देख्दछन् भने सायद तपाईं उनको नजर गिर्न सक्नुहुन्छ । तपाईंको कुरामा जति सुकै सत्यता रहे पनि यसको प्रभाव पुरुषहरुमा नकारात्मक नै हुने गर्दछ ।

- रुखो स्वभावः महिलाहरुको रवाफ र रुखो स्वभाव पुरुषहरुलाई साह्रै नराम्रो लाग्ने बानी मध्येको एक हो । सामान्य रुपमा, पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन ।

- धेरै परफ्युम लगाउनुः तपाईंलाई आफ्नो परफ्युमको बास्ना जतिसुकै मनपरेपनि तपाईंको पार्टनरलाई भने यसको हल्का बास्ना मनपर्ने गर्दछ । घरबाट निस्किसकेपछि पनि तपाईंको बास्ना रहिरहन्छ भने त्यो कुरा पुरुषहरुलाई रामो लाग्दैन ।

- उग्रताः महिलाहरुको उग्र स्वभाव पुरुषहरुलाई मनपर्दैन । पुरुषहरुसँग सधैँ टासिइरहनु, उनीहरुबिना आफू केहि पनि नभएको जताइरहनुजस्ता कुराहरु पुरुषहरुलाई मनपर्दैन । पुरुषहरु स्वतन्त्र एवं आवश्यक परेको खण्डमा पुरुषहरुको मद्दत लिने महिलाहरुलाई मनपराउने गर्दछन् ।

- मौन रहनुः तपाईं सोच्नु हुन्छ होला कि धेरै पटक मौन बस्दा पुरुषहरुलाई राम्रो लाग्न सक्छ जब कि वास्तवमा पुरुषहरुलाई सुझाव दिने र कुरा बुझ्ने महिलाहरु धेरै मन पर्ने गर्दछ । यदि तपाईंलाई कुनै विषयको बारेमा केहि कुरा थाहा छ भने पुरुषहरुको सामू बोलेर आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

- उनलाई परिवर्तन गर्न कोसिस गर्नुः एक पुरुष सधैँ आफ्ना महिलाले उनलाई असल गुणसँगै अपनाओस् भन्ने चाहन्छ । यदि तपाईं कुनै पुरुषसँग घुम्ने निर्णय लिनु हुन्छ र पछि उनको व्यक्तित्व र रुप–रंगलाई परिवर्तन गर्ने कोसिस गर्नुहुन्छ भने उनीहरु स्वयं लायक महसुस गर्दैनन् । त्यसकारण तपाईंले उनीहरुको अहंकारमा ठेस पुर्याउनुहुनेछ । यदि तपाईंलाई कुनै पुरुष मनपर्दैन भने उनीहरुलाई परिवर्तन गर्न तल्लिन हुनुको साटो अर्को मनपर्ने व्यक्ति खोज्नु नै राम्रो हुनेछ । -एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget