news and more entertainment

यौन धन्दाकोलागि यस्तो हर्मोन दिएर कलिला ठिटीहरुको बिजोग

फागुन १८,
एजेन्सी । नेपालमा यौन ब्यापारले कानुनी मान्यता नपाए पनि मुख्य गरेर सहरी इलाकामा हजारौको संख्यामा यौन कर्मीहरु रहेको बिभिन्न रिपोर्टहरुले देखाएका छन् । बंगलादेशमा भने धेरै सानो उमेरका केटीहरुलाई स्टेरायेड हार्मोन दिएर देह व्यापारमा जवरजस्ती लगाइरहेको कुरा अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । प्राय : गरिव परिवारका बच्चीहरुलाई २० हजार टाका ( नेपाली २० हजार भन्दा कम ) मा नै बेच्ने गरेको बताइन्छ ।

बिचौलियाहरुले केटीको परिवारलाई फकाइफुलाई सानैमा बिवाहको नाटक गरी वेच्ने गरेको तथ्य पनि समय समयमा सार्वजनिक भइरहेको समाचारमा बताइएको छ । तेसैगरी यौन धन्दामा लगाउन १२ देखि १४ वर्ष उमेरका ठिटीहरुलाई स्टेरायेडले काम नगर्ने हुनाले इन्जेक्शन समेत लगाइने गरिएको समाचारमा जनाइएको छ ।

सन् २००० बाट नै बंगलादेशले देह व्यापारलाई ब्यवस्थित बनाउदै कानुनी मान्यता दियो । तर त्यो मान्यताले यौन धन्दामा लगाउने नाममा चेलीहरुलाई जवरजस्ती प्रवेश गराउदा चिन्ताको बिषय बन्दै गएको अन्तराष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन् ।


समाचारमा जनाए अनुसार पशुलाई खुवाउने स्टेरयेड हार्मोन यौन यौनकर्मीको लागि केटीहरुलाई आर्कषक बनाउनेका लागि ओराडेक्सान नामको स्टेरयेड हार्मोन प्रयोग गर्ने गर्दछन‍् । सामान्य रुपमा यो स्टेरायड हार्मोन किसान आफ्नो पशुलाई हृष्ट पुष्ट बनाउन प्रयोग गरिने बताइएको छ ।

बंगलादेशमा कार्यरत एक गैर सरकारी संस्थाको प्रतिवेदन अनुसार ओराडेक्सान हार्मोन बंगलादेशको ९० प्रतिशत वेश्यालयमा प्रयोग हुने गरेको सार्वजनिक गरेको छ । जस अनुसार १५ देखि ३५ वर्षसम्मका महिलाहरुलाई यो हार्मोन प्रयोग गरिएको पाइन्छ । एक्शनएडको प्रतिवेदनले बंगलादेशमा करीब २० हजार केटीहरु देह व्यापारमा प्रत्यक्ष संलग्न रहेको जनाएको छ । सन् २०१० मा सोही संस्थाले पिडित केटीलाई औषधिको आदतबाट मुक्त गराउन अभियान नै शुरु गरेता पनि सकारात्मक परिर्वतन नआएको बताएको छ ।

बंगलादेशमा कलिली ठिटीहरु देह व्यापारबारेमा बुझ्न नपाउदै अभिभावक तथा दलालहरुको जालमा परेर संलग्न गराउनु एउटा ठुलो चुनौती बन्दै गएको समाचारमा बताइएको छ । संयुक्त राष्ट्रको बाल कोषका अनुसार बंगलादेशमा २००४ मा नै यौन शोषणका शिकार भएका कलिली ठिटीहरुको संख्या १० हजारको हाराहारीका देखाएको छ । wat

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget