news and more entertainment

September 2014

लमजुङ,असोज १५ – जिल्लाको भोटेओडार गाविस–४ पिप्लेमा एकै परिवारका ४ जनाको रहस्यमय रुपमा हत्या भएको छ ।
भोटेओडारको अकलामन्दिर नजिकै बस्दै आएका ६० वर्षीय अर्जुनप्रसाद रेग्मीसहित उनका परिवारका अन्य तीन जनाको निर्मम रुपमा हत्या भएको हो । रेग्मीको३५ वर्षकी छोरी रीना घिमिरे, १२ वर्षका नाति विकास घिमिरे र छोरी ज्योति रेग्मीलाई बुधबार बिहान रहस्यमय ढंगले मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको घाँटीमा खुर्पा प्रहार भएको छ । अहिले घटनाको अनुन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा गएको प्रहरी टोली र पोखरा क्षेत्रीय प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोलीले यसबारे अनुसन्धान गरिरहेको बताइएको छ । घटना किन र के कारणले भयो भन्ने बारेमा भने अझै केही खुलेको छैन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

तपाइँ जतिबेला प्रेमि प्रमिका वा पति पत्निसँग ओच्छ्यानमा हुनुहुन्छ त्यतिबेला केही कुरामा ध्यान दिनु पर्ने हुन्छ ।
ओच्छ्यानमा सहवासको तयारी गर्दै गर्दा कतिपय ब्यवहारलाई पार्टनरलाई मुड अफ गरिदिने वा सहवासको चाहाना हराउने समेत हुन्छ । यहाँ त्यस्तै कुराको चर्चा गरिएको छ जुन् सहवासको समयमा भुलेर पनि गर्नु हुँदैन ।

१ चुम्बन नगर्ने
सहवासको समयमा चुम्बनको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । सहवासको समयमा पार्टनरलाई चुम्नु अपरिहार्य नै हो । तर कतिपय जोडीमा एक अर्कालाई चुम्बन गर्न ध्यान नदिने समस्या हुन्छ । यसले पार्टनरलाई सहवासप्रति चाहाना नै हराएर जाने समस्या हुन्छ । चुम्बनले सामिप्यता बढाउँछ ।
mating men women
२ हतारिने
कतिपय ब्यक्ति पार्टनर तयार नहुँदै झम्टिने प्रवृत्तिका हुन्छन् । सहवासको समयमा दुवै जाना तयार हुनु एकदम अनिवार्य हुन्छ । तयार नभै सहवासका लागि हतारिँदा यस्ले आनन्द दिनुको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । पार्टनरलाई तयार गरेपछि मात्र सहवास गर्नुस् ।

३ यौनाङ्गमा मात्र ध्यान
खासगरी पुरुषहरु महिलाका यौनाङ्गमा मात्र ध्यान दिन्छन् । खासमा कुनै पनि महिलाले सहवासको समयमा आफ्नो शरीरका हरेक अंगमा पुरुषले माया गरोस् भन्ने चाहन्छे । जस्तै घुँडा, नाडी, पछाडीको भाग वा पेट समेत चलाइदिँदा स्त्रीहरु उत्तेजित हुन्छन् ।

४ माथि चढ्ने
अधिकाँश जोडीहरु परंपरागतरुपमा मात्र यौन संसर्ग गर्छन् । जसमा पुरुष माथि र महिला तल हुने आसन हुन्छ । तर यो आसनमा महिलालाई धेरै भार पर्छ जसले गर्दा उनीहरुलाई यौन आनन्दभन्दा आफूमाथि भार परेको पीडा बढी महसुस हुन्छ । परंपरागत भन्दा अन्य आसन यौनका लागि प्रभावकारी हुन सक्छन् र आनन्ददायी पनि ।
mating men women 1

५ शीघ्र पतन र दीर्घ पतन
खासगरी पुरुषमा शीघ्र पतन र र दीर्घ पतनको समस्या हुन्छ । कतिपय पुरुष संसर्ग शुरु हुन नपाउँदै स्खलन हुने र कतिपय पुरुष पार्टनर थाकिसक्दा पनि स्खलित नहुने समस्याबाट ग्रसित हुन्छन् । स्खलनको उपयुक्त समय पुरुषहरुको गतिविधीमा भर पर्ने हुँदा पार्टनरको चाहनालाई हेरेर मात्र यसो निर्धारण गर्नु पर्छ ।

६ स्खलनको पूर्व जानकारी नदिने
कतिपय अवस्थामा जोडीहरु आफू स्खलित भैसकेको कुरा एक अर्कालाई भन्दैनन् र सेक्सको आनन्द लिनबाट चुक्छन् । प्राकृतिक संसर्ग वा मुख मैथुन स्खलित हुनु अघि पार्टनरलाई पूर्व जानकारी दिनु पर्छ ।

७ अश्लिलता
यौन संसर्गको समयमा अश्लिल चलचित्रको जस्तो ब्यवहार देखाउन थालियो भने यसले सम्बन्धमा प्रभाव पार्छ । खासमा पति पत्नि वा प्रेमी प्रेमिकाबीचको यौन सम्बन्ध अश्लिल चलचित्र जस्तो होइन भन्ने मनन गर्नु जरुरी हुन्छ ।

८ चुप चाप रहने
यौन संसर्गको समयमा बोल्दै नबोल्ने र खाली यौनिक क्रियाकलापमा ध्यन दिने बानी पनि होइन । यौन सम्बन्ध भैरहँदा एक अर्कासँग कुरा गर्नु झनै महत्वपूर्ण छ । यौनको आनन्दको विषयमा भाषामै ब्यक्त गर्दा माया बढ्छ ।

९ मेसिन जस्तो
संसर्गको समयमा कहिल्यै पनि मेसिन जस्तो ब्यवहार देखाउनु हुँदैन । केवल यौन संर्गकाका शारीरिक पाटोलाई मात्र ध्यान दिँदा सम्बन्धमा समस्या आउँछ र आगामी यौन सम्बन्धहरु कठिन हुँदै जान्छन् ।

भिडियो तल छ

बिहानको सेक्स मर्निङ वाक भन्दा अब्बल!!
आफ्नो जिउलाई तन्दुस्त बनाउन तथा मोटोपन र अन्य स्वास्थ्य समस्याबाट बच्नको लागि मर्निङ वाक गर्ने आम प्रचलन छ । कतिपयले मर्निङवाक सँगै विहानीपख कसरत पनि गर्दछन् ।
मर्निङ वाक वा कसरत दुबै स्वास्थ्यका लागि फाइदाजनक नै छन् । तर बढि परिश्रम विना नै स्वास्थ्यलाई फाइदा पूराउने अर्को कर्मको बारेमा चाहीँ हामी धेरैलाई पत्तो नहुन सक्छ । विज्ञहरुले बिहानीपख सेक्स गर्नु मर्निङ वाक वा व्यायाम
भन्दापनि हितकर हुने बताएका छन् । बिहानीपखको सेक्सले सरीरका मांसपेसीलाई तन्दुरुस्त बनाउनुका साथै, रक्तसंचार र मुटुलाई समेत स्वस्थ राख्छ । क्यानडाको क्विन्स विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले बिहानी सेक्सका अरु विभिन्न फाइदा समेत पत्ता लगाएको छ । जो निम्नानुसार छन् ः
१. बिहानी सेक्सले माइग्रेन जस्तो टाउको दुख्ने समस्यालाई समेत कम गर्छ ।
२. सेक्सको समयमा एक घण्टामा ३ सय क्यालोरी इनर्जी खर्च हुन्छ, जसका कारण व्यक्तिमा मधुमेह हुने खतरा पनि कम हुन्छ ।
३. बिहानी सेक्सले सरीरमा रक्तसंचार सन्तुलित गर्छ र उच्च रक्तचापको खतरा कम गर्छ ।
४. कण्डम नलगाइ गरिने सेक्सले मानिसलाई प्रफुल्लित बनाउनुका साथै डिप्रेसनबाट पनि टाढा राख्दछ ।
५. जोर्नी दुख्ने तथा अन्य हाडजन्य रोग पनि बिहानी सेक्सले कम गर्दछ ।
६. बिहानी सेक्सले व्यक्तिमा प्राकृतिक प्रफुल्लता भर्दछ ।

७. सेक्सका क्रममा व्यक्तिमा त्यस्तो हर्मोन निस्कन्छ जसले उसको कपाल समेत चमकदार तथा सिल्की बनाउँछ ।

८. बिहानी सेक्सका क्रममा सरीरमा रोगप्रतिरोधी प्रोटिनको उ उत्पादन हुन्छ जसले मानिसको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
९. बिहान ढिलो उठ्ने अल्छि मानिसलाई बिहान सबेरै उठ्ने र फुर्तिलो बनाउने एक अचुक उपाय हो बिहानी सेक्स ।  भिडियोमा सबै कुरा बुझ्न तल थिच्नुहोला !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

गोरखा, असोज १४ - मानसिक समस्या देखिएपछि २ वर्षदेखि घरमै थुनिएर बस्न वाध्य गोरखा बुंकोटकी अम्बिका थापामगरको निशुल्क उपचार हुने भएको छ ।त्रिबि शिक्षण अस्पतालले उहाँको निशुल्क उपचारको व्यवस्था गरेको हो ।


उज्यालो अनलाइनमा अम्बिकाको कारुणिक अवस्था बारेको समाचार पढेपछि बुंकोट आएका शिक्षण अस्पतालका डाक्टर अजय थापाले अम्बिकालाई उद्धार गरि उपचारका लागि काठमाडौं लैजानु भएको छ । उहाँले अम्बिकाको घर पुगेर स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।  केहीबेर कुराकानी गरेपछि अम्बिकाको उपचार गर्न सकिने विश्वास लागेको थापाले बताउनुभयो । डाक्टर थापाले २ वर्षदेखि बन्द कोठाभित्र बस्न वाध्य अम्बिकालाई आफैंले नुवाईधुवाई गरिदिनुभएको थियो ।


‘सुरुमा उनको अवस्था देख्दा र मलाई पनि आँसु आउला जस्तो भयो’ डाक्टर थापाले भन्नुभयो, ‘विस्तारै कोठाभित्र छिरें, केहीबेर कुरा गरें, त्यसपछि त उनले मेरो कुराको रेस्पोन्स गर्न थालिहालिन् ।’ उज्यालो अनलाइनमा अम्बिकाको अवस्थाबारे समाचार पढेपछि डाक्टर थापा एक्लै गोरखा आउनुभएको हो । ‘खबर पढेपछि मन नै सम्हाल्न सकिँन, बिदा मिलाएर गोरखा आएँ ।’ उहाँले भन्नुभयो । त्रिवि शिक्षण अस्पतालको मानसिक बार्डको बेड नम्वर १२ मा अम्बिकाको उपचार हुने डाक्टर थापाले बताउनुभयो ।

उपचार निशुल्क गराउन आफूले अस्पतालका निर्देशकसँग कुरा गरिसकेको डाक्टर थापाले बताउनुभयो । बुंकोट स्वास्थ्य चौकीको एम्बुलेन्समा गोरखा जिल्ला अस्पताल आइपुगेकी अम्बिकाले उज्यालो अनलाइनसँग पनि केहीबेर कुरा गर्नुभएको छ । यसअघि उहाँको घरमै पुग्दा केही नबोलेकी अम्बिकाले काठमाडौं जानुअघि भन्नुभयो ‘म काठमाडौं उपचार गर्न जान लागेका ।’ अम्बिकासँगै उहाँको बुबा दलबहादुर थापामगर पनि काठमाडौं जानुभएको छ । बिबाहका विषयमा परिवारसँग कुरा नमिलेपछि अम्बिकामा मानसिक समस्या देखिएको थियो र उहाँले २ वर्ष एउटा कोठामा बिताउनुभएको थियो । भिडियो तल छ

काठमाण्डु– विभेदको विरुद्ध बोल्न पाउने मेरो अधिकारलाई राज्यले कुण्ठित गरेको छ । नेपालमा मधेसीहरु कसरी, कुन हैसियत र अवस्थामा बस्न चाहन्छन् भन्ने प्रश्नमा जनमत संग्रह होस् भनी मेरो जोडदार माग छ ।

नेपाल प्रहरीले मलाई मानसिक र शारीरिक यातना दिएर आफूखुसी तयार गरेको बयानमा हस्ताक्षर गराएको छ । उक्त बयानमा मेरो पूर्णरुपेण सहमति छैन । मैले भनेको कुरा कतिपय अवस्थामा बङग्याइएको छ भने कतिपय स्थानमा गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको छ । बयानका कतिपय कुरामा मेरो पूर्ण , कतिपय कुरामा आंशिक सहमति छ भने कतिपय कुरामा मेरो पूर्ण विमती छ । श्रीमान मैले बोलेका कुराहरु पनि बङग्याएर राखिएको छ ।

नेपालको शासन, प्रशासन र शासकको नियतीमा सुधार भएन भने र विभेद बढिरह्यो भने मधेसीहरु स्वतन्त्र राष्ट्र बनाउन बाध्य हुनेछन् भनी मैले दिएको जवाफलाई बंग्याई म स्वतन्त्र मधेस राष्ट्र बनाउन लागेको कुरामा हस्ताक्षर गराइएको छ । गत भदौ २८ गते सन्थालहरुले आयोजना गरेको कार्यक्रममा मैले सन्थालको इतिहासका बारेमा ५ मिनेट बोलेको थिएँ । त्यहाँ अन्य विषयमा कुरा नभए ता पनि नेपाल प्रहरीले ममाथि भेला आयोजना गरेको, भड्काउ भाषण दिएको, प्रहरीसँग अपशब्द प्रयोग गरेको र दस्तावेजहरु बोकेको भनी आरोप लगाइएको छ ।

वास्तवमा म त्यस कार्यक्रमको आयोजक थिइनँ । मैले कसैलाई धम्क्याएर भेला पारेको विषयमा कसैले उजुरी पनि दिएको छैन । मैले उक्त कार्यक्रममा के–के बोलें र कसरी सामाजिक सदभाव भड्कियो भन्ने विषयमा कुनै खुलासा छैन र प्रहरीले आफूसँग बोकेर ल्याएको दस्तावेजलाई मसँग बरामद भयो भनेर दाबी पेस गरेको कुरा निकृष्ट र हास्यास्पद मात्र हो । नेपाल प्रहरीले पक्राउ गर्ने नै मनसायमा दस्तावेजका साथ पूर्वतयारी गरी मलाई हिरासतमा लिई गैरकानुनी र बलजफ्ती बयान गराइएको कुरा श्रीमानलाई जानकारी गराउँछु ।

यदि मधेसमा विभेद भई नै राख्यो भने मधेस अलग देस हुन सक्छ भनी मैले बयान दिएको हुँ । तर, प्रहरीले यसलाई अलग देश बनाउँछु भनेर प्रहरी थुनामा राति ११ बजे घुम्न जाऔं डा. साब भन्ने, सही छाप गराउनुभन्दा अगाडि सिडिओले दुईघण्टा एक्लै कोठामा थुनी विभिन्न किसिमको मानसिक यातना दिई, सही छाप गराएको हो । (राउतले सर्वोच्च अदादतमा केही दिनअघि दिएको बयानको सम्पादित अंश)...


आश्विन १४, मंगलवार


सञ्चार मन्त्रायलको निर्देशनलाई कार्यान्वयन गर्दै चलचित्र बिकास बोर्डले भोली बुधवारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हिम्मतवाली' रिलिज नगर्न काठमाण्डौका हलहरूलाई पत्राचार गरेको छ ।

काठमाण्डौ उपत्यकामा शुक्रबार मात्र फिल्म रिलिज गर्ने प्राबधान रहेकाले भोली बुधवार रिलिज हुन लागेको 'हिम्मतवाली'को रिलिज रोक्न बिकास बोर्डले चलचित्र संघसहित उपत्यकाका सबै हललाई पत्र काटेको हो ।

नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबिच २०६० साल श्रावण २३ गते सम्झौता पत्रको बुँदा नम्बर ९ मा 'काठमाण्डौ उपत्यकामा नयाँँ स्वदेशी फिल्मको प्रदर्शन गर्दा अनिवार्य रूपमा शुक्रबार मात्र गर्नुपर्ने' लेखिएको छ । सोही सम्झौता पत्र अनुसार सञ्चार मन्त्रालयले चलचित्र बिकास बोर्डलाई सम्झौता कार्यान्वयन गर्न आदेश दिएपछि बोर्डले यस्तो कदम चालेको हो ।

चलचित्र बिकास बोर्डले हललाई 'हिम्मतवाली' रिलिज नगर्न आदेश दिएपछि भोली काठमाण्डौका कुनैपनि हलमा रेखा थापा अभिनित तथा निर्देशित यो फिल्म रिलिज हुनेछैन । यदि कुनै हलले रिलिज गरेको खण्डमा कानुन अनुसारको कार्वाही हुने बोर्डले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिर भने यो फिल्म भोली बुधवार नै लाग्नेछ । बोर्डले काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालय तथा डिजिटल सिनेमा नेपाल र क्यूब सर्भर गोपीकृष्ण मुभिज प्रालीलाई समेत बोधार्थ पत्र पठाएको छ । 

यता गत आईतवार बसेको निर्माता संघको कार्यसमिती बैठकले पनि शुक्रबारबाहेक अन्य दिन कथामाण्डौमा फिल्म रिलिज गर्न नपाईने निर्णय गरेको थियो । आफ्नो निर्णयलाई लिएर निर्माता संघले 'हिम्मतवाली' रिलिज गर्न नदिन पहल गरेको बुझिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

नयाँ दिल्ली – भारतकी साउथ एक्ट्रेस मोडल अर्चना पाण्डेले आफ्नै फ्ल्याटको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी छिन् ।
मुम्बईको बर्सोवा इलाकामा रहेको उनको फ्ल्याटबाट उनको लास बरामद गरिएको छ । लास सोमबार भेटिएपनि उनले केहि दिन पहिले नै आत्महत्या गरेको पुलिसले जानकारी दिएको छ ।
पाण्डेका छिमेकीलाई उदृत गर्दै पुलिसले दिएको जानकारी अनुसार, गत सोमबार पाण्डेको फ्ल्याटबाट दुर्गन्ध आएकोले त्यसको बारेमा जानकारी लिन छिमेकीहरुले थुप्रै पटक घण्टी बजाएता पनि ढोका खोल्न कोही नआएका कारण उनीहरुले पुलिसलाई यसको जानकारी दिएका थिए ।
सूचना पाएलगत्तै पुलिसले अर्चनाको फ्ल्याटमा खोजतलासी गर्दा पङ्खामा झुण्डिरहेको उनको लाससँगै सुसाइड नोट बरामद गरिएको थियो जसमा उनले आफ्नो प्रेमी उमर पठानलाई यो कठोर कदमको दोषी बताएकी छिन् ।
पुलिसले पठानका विरुद्ध आत्महत्याको लागि उक्साएको भन्दै उजुरी दर्ता गरेको छ ।
उल्लेखनीय छ कि अर्चना भारतीय मोडलिङ क्षेत्रकी निकै चर्चित अनुहार हुन् र उनले थुप्रै साउथ इन्डियन फिल्ममा पनि काम गरिसकेकी छिन् । (एजेन्सी)

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

हलिउड : सुन्दर देखिने रहर कसलाई पो नहोला र? अझ सेलिब्रेटीका लागि त आवश्यकता पनि बन्ने गर्छ। आफूलाई आकर्षक देखाउन कुनै कसर बाँकी नराख्ने सेलिब्रेटी धेरै छन्। तीमध्ये एक हुन्, विश्वविख्यात पपगायिका रिहाना। उनी आफ्नो सुन्दरताप्रति कति सचेत र लोभी छिन् भने हेयर स्टाइल, मेकअप र स्किनको हेरचाहका लागि मात्रै एक सातामा ३० हजार पाउन्ड खर्च गर्ने गरेकी छन्।


२६ वर्षीया रिहानाले आफ्नो सुन्दरता कायम राख्न विशेषज्ञबाट सल्लाह पनि लिने गरेकी छन्। खासगरी उनले छाला विशेषज्ञबाट सधैं राय लिएर सोहीअनुसार शृंगार गर्ने गरेको स्रोतले जनाएको छ। कतिसम्म भने राति कतै घुम्न निस्कँदासमेत विशेषज्ञको सल्लाह लिएर सोहीअनुसार मेकअप गर्ने गरेको उनले नै खुलासा गरेकी छन्।



स्रोतका अनुसार रिहाना 'स्किन टाइटनिङ', 'अक्सिजन फेसियल', 'फोटो फेसियल'लगायतका विधि अपनाउने गर्छिन्। उनले आफ्नो अनुहारमात्रै होइन, पूरै शरीरमा 'लेजर ट्रिटमेन्ट' गराउने गरेकी छन्। आफ्नो गायनकलासँगै फेसन, स्टाइल र ग्ल्यामरस छविका कारण उनी सधैं चर्चामा आउने गरेकी छन्।
भिडियो तल छ

काठामाडौं नजिकै रहेको धादिङ जिल्लाको क्षेत्र नं. १ स्थित सल्यानकोटमा जन्मिएकी मोडल तथा नायिका तिर्सना बुढाथोकीले अहिलेसम्म २०–२५ वटा म्यूजिक भिडियोमा मोडलिङ, ‘सकस’लगायतका तीन चलचित्रमा नायिकाको रुपमा अभिनय तथा केही विज्ञापनहरूमासमेत आफ्नो कला प्रदर्शन गरिसकेकी छिन् । तर बुढाथोकी पछिल्लो समयमा केही न्यूड फोटोहरूमार्फत चर्चामा आइरहेकी छिन् । चर्चामा आउन उनले सामाजिक सञ्जालहरूमा केही अर्धनग्न तस्बिरहरू पनि सार्वजनिक गरेकी थिईन् । केही समय अघिमात्रै उनको दुईवटा त्यस्ता तस्बिरहरू सार्वजनिक भएपछि उनलाई यतिखेर ‘नाङ्गी नायिका’ भन्नेहरूको ताँती छ । तर त्यो कुरालाई उनी न त नाङ्गो स्वीकार गर्छिन्, न त स्क्यान्डल नै । प्रस्तुत छ, उनले फेसबुकमार्फत सार्वजनिक गरेकी अर्धनग्न तस्बिरहरू निकै सामान्य र आफ्नो कला भएको बताउने नायिका बुढाथोकीसँग एक्सप्रेस खबरले गरेको कुराकानीः 
Tirshana (10)
निकै चर्चामा आउनुभएकी मोडल/नायिका तिर्सना बुढाथोकी पछिल्लो समयमा के मा व्यस्त हुनुहुन्छ ? मेरो व्यस्तताको कुरा गर्दा म अहिले त्यति व्यस्त छैन । नयाँ म्यूजिक भिडियोहरूको अफरहरू आइरहेको भएपनि मैले काम गरेकी छैन । पछिल्लो केही समय यता म भिडियोहरूमा काम गर्नु अगाडी सोचेर वा छानेर मात्र गर्न थालेकी छु । त्यसकारण मैले भनेजस्तो म्युजिक भिडियोको अफर नआएकोले पनि म त्यति ब्यस्त छैन । यसको मतलव म ठूली मान्छे भएकी भने होइन । त्यसो भए किन आएको अफरलाई छोडेको त ? मैले धेरै म्युजिक भिडियोहरूमा काम गरेकी छु तर अधिकांश भिडियोहरू रिलिज नै भएका छ्रैनन् । त्यसले गर्दा मेरो कामको अर्थ मैले नै नपाइरहेको अनुभुती भइरहेको छ । त्यसले गर्दा पनि काम सकिसकेपछि रिलिज भइहाल्ने खालको काम खोजेकी हुँ । धेरै बरिष्ठ दाइहरूले काम गराउनुभएको भिडियोसमेत समयमा रिलिज नभएकोले म पीडित नै बनेकी छु । त्यसले गर्दा अब काम गर्दा विचार पुर्याएर मात्र गर्न खोजेकी हुँ । आएको काम गर्नुहुँदोरहेनछ के गर्नुहुन्छ त अब ? होइन काम नगर्ने भन्ने कुरा यो होइन, गरेको काम सार्थक होस् भन्ने मेरो भनाई हो । मैले भर्खरै पनि एउटा ‘सर्ट मुभी’ गरेर सकाएकी छु । यो दसैंलगत्तै म एउटा चलचित्रका काम गर्ने पक्का भइसकेको छ । निरज घिमिरेको निर्देशनमा बन्न लागेको त्यो चलचित्रमा दुईजना नायिका रहने र त्यमा एक जना म पक्का भइसकेको छु । त्यसलगत्तै तिहारपछि पनि दुईओटा चलचित्रमा काम गर्नेछु । काम त म गर्छु नै तर गरेको काम राम्रो होस् भन्ने हो । धेरै म्यूजिक भिडियो, केही चलचित्र र केही विज्ञापनहरूका आफ्नो अभिनय÷कला प्रस्तुत गरिसक्नुभएकी तपाईको कलाकारिता वा अभिनयको यात्रा कहाँबाट कसरी सुरु भयो नि ? सुरुमा मैले स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘सराग पिउन जाऊँ’ बाट मैले मोडलिङ क्षेत्रमा हात हालेकी हुँ, तर दुर्भाग्य भन्नुपर्छ मैले त्यसलाई त्यो भिडियो अहिलेसम्म पनि रिलिज भएको छैन । त्यसपछि लोक दोहोरी गीत ‘रोएर हिँड्न सकिनँ’ मा पनि मैले मोडलिङ गरेकी छु । त्यसपछि ‘मेरो मुख देख्न पाउँदैनौ कि कतै !’ बोलको लोकदोरीमा हालका नायक धीरेन शाक्य र म लगायतले अभिनय गरेका छौँ । यसरी मैले ४–५ वटा लोकदोहोरी र धेरै आधुनिक गीतहरूमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छु । अबचाहिँ म अलि आईडल बन्ने कोशिस गरिरहेकी छु । कस्तो आईडल बन्ने त ? होइन मैले धेरै कामहरू ग्रिसकेकी छु, काम गरेअनुसार दाम कमाउन नसकेक्नेहरूमध्येको म पनि एक हुँ । अबचाहिँ अलि बढी नै चर्चित हुने खालको र दाम कमाउन सकिने खालको काम गर्न चाहान्छु । जसले मेरो करियरलाई टेवा पुर्याउन सकोस् । पहिचान बनाउने वा ‘चर्चित’ हुने नाममा तपाइँ अलि बढी उदार हुँदै आउनुभएको छ, भनिन्छ किन त्यसो गरिरहनुभएको छ ? मैले गरिरहेको काम राम्रो बनाउनका लागि मिहिनेत गर्नु मेरो कर्तव्य हो । त्यही मिहिनेतलाई कसैले उदारका नाममा नकरात्मक रुपले हेर्छ भने मेरो भन्नु केही छैन । त्यही पनि मैले त्यस्तो के नै पो गरेकी छु र ? जसले मलाई उदार बनायो । केही समयअघिमात्रै तपाइँले क्रिकेटको जर्सी लगाएर खिचाउनुभएको तस्बिर, त्यसपछि तपाइँ आफैले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको अर्धनग्न तस्बिरहरू चाहिँ के को लागि मिहिनेत गर्नुभएको नि ? मेरो जतिपनि तस्बिरहरू सार्वजनिक भएका छन् ति सबै सामान्य छन् । कोही महिलाले तल पूरै कपडा लगाएकी छिन्, माथितिर हाफ गाउन लगाएकी छिन् भने हाफ गाउनभन्दाको भागलाई अश्लिल बन्नु कतिको न्याय हुन्छ मलाई थाहा छैन । तर, मैले पनि गरेकी त्यही हो । हाफ गाउनभन्दा माथिको भागमात्रै सामाजिक सञ्जालमा पोष्ट गरेकी थिएँ । त्यसैलाई तिर्सनाको अर्धनग्न तस्बिर आयो भन्नुचाहिँ ठिक होइनजस्तो मलाई लाग्छ । तर म के भन्न सक्छु भने त्यो तस्बि देख्दाखेरी न्यूड नै देखिन्थ्यो, अर्धनग्न वा नग्न थिएन । मैले फोटो सार्वजनिक गर्दा मिडियामा के कुरा आयो भन्नुभन्दा पनि म एउटा मोडल/नायिका भएको हिसावले नर्मल नै हो । अझै मेरो त्यो भन्दा हिट तस्बिरहरू त आउननै बाँकी छ । तपाइँ आफै चर्चा कमाउनका लागि विभिन्न खालका तस्बिरहरू सार्वजनिक गर्ने, त्यस विषयमा समाचार बनाउँदा मिडिया वा मिडियाकर्मीहरूलाई गाली गर्नुभयो नि, किन हो गाली गरेको चाहिँ ? मैले कुनै पनि मिडिया वा मिडियाकर्मीहरूलाई कुनै पनि खालको गाली गरेकी छैन । मिडियालाई धेरै माया गर्ने मध्येकी एक कलाकार म पनि हुँ । मिडियाकै माध्यमबाट आज म यो ठाउँसम्म आइपुगेकी छु भने मैले किन गाली गर्ने ? अझै कति सहकार्य गर्नै बाँकी छ । अर्धनग्न तस्बिसँगै लेखिएको ‘मेरो जस्तोसुकै तस्बिर आओस् मिडियालाई के को चासो’ भन्ने कुराचाहिँ मिडियाप्रेमी नै थियो हो ? त्यो कुरा मैले त्यो सेन्समा लेखेकी थिईनँ । मैले त मिडियाले मेरो बारेमा आलोचनात्मक टिप्पणी किन गर्नुपर्यो भन्ने आशयले लेखेकी थिएँ । कसैले मिडियाको विरोधी भनेर पनि अर्थ लगाएछन् । वास्तवमा मैले मेरो आलोचना नचाहेर त्यो लेखेकी थिएँ । मिडियाले नै प्रचार गरेर मलाई यहाँ पुर्याएको छ भने मिडियालाई म किन गाली गर्छु र । मैले खिचेको फोटो मिडियाले नै चर्चा गरेपछि त म चर्चामा आइरहेकी छु नि । जसले विरोधीको अर्थ लगाउनुभएको छ, त्यो गलत हो । त्यसो भए तिर्सना बुढाथोकी पनि एक ग्ल्यामर नायिका हो भनेर चिनिन पाए हुन्थ्यो जस्तो तपाइँलाई लागेको छ हो ? पक्कै पनि । म अझै ग्ल्यामर तस्बिरहरू दिन चाहान्छु, यसअघि आएका म प्रतिको नकरात्मक समाचारहरूबाट म डराएको छैन । बरु थप हौसला थपिएको छ । यो मात्रै होइन मेरो धेरै ग्ल्यामर तस्बिरहरू देख्न पाउनुहुनेछ । विभिन्न समयमा सार्वजनिक भएका तपाइँका तस्बिरलाई हेरेर मानिसहरूले तिर्सना बुढाथोकी अब भारतकी पुनम पाण्डे बन्न लागिन, अब पुनमको ठाउँमा तिर्सनालाई हेरे पुग्ने भो पनि भने, पुनम नै बन्ने हो र तपाइँ ? जसले मेरो तस्बिरको यस्तो मूल्याङ्कन यसरी गर्नुभयो उहाँलाई धन्यवाद् । म पुनम पाण्डे नभएर उहाँजस्तै बनेर चर्चा कमाउन पाए त धेरै राम्रो हुन्थ्यो । तर मैले पुनम पाण्डेका तस्बिरहरू हेरेकी छैन । मिल्न गएछ क्यारे । जे होस् मेरो दर्शकको आँखामा पुनम पाण्डेभन्दा अगाडी म पर्न पाए धेरै धेरै राम्रो कुरा हो । कलाकारिता वा मोडलिङको क्षेत्रमा लाग्ने विशेषगरी महिला कलाकारहरू आफू चर्चामा आउन बेला–बेलामा विभिन्न खालका स्क्यान्डलहरू मच्चाइरहेका हुन्छन् । चर्चामा आउन ‘स्क्यान्डल’ मच्चाउने कि कला देखाउने ? हामीले देखाउने त कला नै हो । तपाइँले भन्नुभएजस्तो विभिन्न खालका स्क्यान्डल मच्चाउनु पनि हाम्रो कला हो । त्यसलाई हामीले नकरात्मक रुपमा किन लिने ? मैले मेरो शरिर ‘शो’ गराउँदैछु भने त्यसलाई पनि त कसरी कलात्मक पारामा प्रस्तुत गर्ने भन्नेमा हाम्रो ध्यान धेरै केन्द्रित भएको हुन्छ । म एउटा कलाकार हुँ । मैले सामान्य खालका तस्बिरहरू मात्रै खिचाएर र प्रस्तुत गरेँ भने म कसरी चर्चामा आउन सक्छु । मैले अलिकति कलात्मक तस्बिरहरू खिचाएँ भने त्यसलाई स्क्यान्डल भन्ने त ? तपाइँ चलचित्र उद्योगको अन्तर्राष्ट्रिय बजारलाई हर्नुहोस् न त्यहाँ कति धेरै न्यूड फोटोहरू खिचाइएका हुन्छन् तर ति सबै अश्लिलमात्रै हुँदैनन् धेरै तस्बिरहरू कलात्मक छन् । त्यसैले त नेपालको तुलनामा अन्य देशका चलचित्र उद्योग वा कलाकारिताको सिङ्गो क्षेत्रनै फस्टाएको छ नि । तर विदेशमा जस्तो भल्गारिटी यहाँ पच्दैन, त्यो मलाई थाहा छ र म त्यस्तो चाहिँ गर्दिनँ पनि । - 

कलाकारहरू भनेका समाजका ऐना हुन् । तपाइँहरूले दिने सूचना र सन्देश कुनै पनि समाजका लागि ठूलो मार्गदर्शक बन्न सक्दछ । तर तपाइँले प्रस्तुत गरेको ग्ल्यामर तस्बिरको अर्थ सामान्य समाजका लागि के हो र ग्ल्यामर दिँदा समाजप्रति कति सचेत हुने गर्नुभएको छ ? हामीले गरेको कुनै पनि क्रियाकलापबाट हाम्रो समाजमा नकरात्मक सूचना प्रवाह भएको छैन, यो म दाबीका साथ भन्छु । किन भने हामीले ग्ल्यामर नदिएपनि अहिलेको समाजले सबै कुरा हेर्न पाएको छ । अन्तर्राष्ट्रिय कला क्षेत्रको तुलनामा त नेपाल पुगेकै छैन भने हामीले के देखाउन सक्छौँ र ! अहिलेको समाजले विभिन्न खालका टेलिभिजन र अन्तर्राष्ट्रिय चलचित्रहरू हेर्न पाएकै छन् । त्यहाँ देखाइने वा प्रस्तुत गरिने सामग्रीहरू कति भल्गर हुन्छन् । आखिर त्यो पनि त यही समाजकै लागि त हो नि । भनेपछि त्यसको तुलनामा त हामीले के त्यस्तो गरेका छौँ र जसले समाजलाई नकरात्मक असर गरिरहेको छ । होइन राष्ट्रिय वा अन्तर्राष्ट्रिय जसको कुरा गरेपनि त्यो टेलिभिजन वा चलचित्रको पर्दामा देखिने त तपाइँ वा तपाइँहरूकै भूमिका त हो नि ? हा…हा…हा… हामी मात्रै कहाँ हौँ र विभिन्न टेलिभिजन च्यानलहरूले विभिन्न खालका कार्टुन चित्रहरू बनाएर प्रस्तुत गरेका हुन्छन् । जहाँ मानव शरिरमा जहाँ जहाँ जे जे अंगहरू हुनुपर्ने हो त्यो त्यहीँ त्यहीँ छर्लङ्गै देखाइएको हुन्छ । ति कार्टुनहरूमा फुल न्यूड आर्टिस्टिक तस्बिरहरू देखाइएको हुन्छ । त्यसले पनि हाम्रो समाज प्रभावित छैन भन्न हामी सक्दैनौँ भने हाम्रो ग्ल्यामरले हाम्रो समाजलाई खास नकरात्मक असर पारिरहेको छ भन्ने कुराप्रति म विश्वास गर्दिनँ । मेरो सन्दर्भमा भन्नुहुन्छ भने त्यस्तो मैले देखाएकै छैन, अझै देखाउन बाँकी छ, हेर्दै जानुस् अहिलेसम्म मेरो अर्धनग्न तस्बिर हेर्नुभएको छ, अब पूरै नग्न तस्बिर हेर्न पाउनुहुनेछ, तर त्यसमा कलात्मकता हुनेछ । अर्थनग्न तस्बिर त आफैले खिँचे भन्नुभयो, नग्न तस्बिर खिचाउनु अली बढी सम्वेदनशील पनि देखिन्छ । यो पूरै नग्न तस्बिर खिच्न त अन्य कोही फोटो ग्राफर चाहिएला नि, कस्ता फोटोग्राफर छान्नुहुन्छ ? फोटोग्राफर त अवश्य पनि चाहिन्छ, तर कस्तो चुज गर्ने भन्ने कुरा हो । सकेसम्म नजिकका साथीहरू भए राम्रो हो कि जस्तो लागेको छ । अर्को कुरा व्यवसायिक फोटोग्राफर र फोटो खिचाउने कलाकारका बीचमा एउटा अन्डरस्ट्न्डिङ जरुरी छ । हरेक कुरामा नकरात्मक सोच मात्र राखेर हुँदैन । त्यसमा पनि हामी कुनै काम गरिरहेका छौँ भने त्यसैमा ध्यान केन्द्रित हुनु पनि त जरुरी छ नि, नानाभाँती कुरा सोचेर हुन्छ त । सञ्चारमाध्यमको सहयोगले नै कलाकारहरू हिट वा फ्लप हुने कुरामा तपाइँले पनि सही लगाउनुभएको छ, तपाइँको विचारमा आमसञ्चारमाध्यमविना कलाकारिताको भविष्य कस्तो हुन्थ्यो होला ? म मिडियालाई सल्युट गर्ने मान्छे हुँ । त्यसकारण मिडियाविनाको कलाकारिता मैले सोचेको छैन । केही सञ्चारमाध्यमहरूले नैतिक चरित्रहत्या गर्ने गरेका छन् । कतिपय पत्रकारहरूले म माथि ब्याकमेलिङ पनि गरिरहेका छन् । यस्तो कुराबाटचाहिँ म अली पीडीत बनिरहेकी छु । कलाकारिताको क्षेत्रमा नलाग्नुभएको भए कहाँ भेटिन्थ्यो तिर्सनालाई ? म फुल्ली विजिनेसम्यान हुन्थेँ होला । यद्यपि अहिले पनि म साइडमा विजिनेसनै गरिरहेको छु । आधुनिक गीतबाट मोडलिङ यात्रा सुरु गर्नुभयो, अहिले चलचित्रमा पुग्नुभएको छ, तपाइँलाई चिन्दा माडल कि नायिका त ? म त मोडलभन्दा कुशल नायिका भनेर चिनिन चाहान्छु । त्यसका लागि मिहिनेत गरिरहेको छु । मेरो सफलतामा तपाइँहरूको ठूलो हात हुनेछ । र अपेक्षा पनि गरेकी छु । तर मैले कलाकारिता यात्रा आरम्भ गरेको मोडलिङ क्षेत्र पनि म छोड्दिनँ । मोडलिङ मलाई धेरै मन पर्ने क्षेत्र हो । यद्यपि दुईओटै क्षेत्र मेरा लागि ‘ट्रायल पिरियड’ हो । जुनमा सुड हुन्छु त्यही अपनाउँछु । मोडल र हिरोइनबीचमा के अन्तर छ र ? एउटा त रेस्पेक्ट नै हो । त्यसमा अर्को के कुरा छ भने एउटा राम्रो शरिर भएको मान्छे मोडल बन्न सक्छ भने त्यही मान्छे हिरोइन नबन पनि सक्छ, हिरोइन हुनका लागि साहस र कला दुईवटै आवश्यकता पर्छ । तिर्सनाको बिहे भयो ? छैन अविवाहित मानिसलाई प्रेमको बारेमा के थाहा हुन्छ ? धेरै कुरा थाहा हुन्छ । प्रेमको सम्बन्धमा सबैभन्दा धेरै म्यारिडको तुलनामा अनम्यारिडलाई नै थाहा हुन्छ । त्यसोभए प्रेम के हो त ? खै के हो ! यसको अर्थ सबै मानिसहरू आ–आफ्नै ढंगले लगाएका छन्, आफूले त प्रेम गर्ने मान्छे नै भेटेकी छैन । तर व्यक्ति–व्यक्तिबीचको विश्वास नै प्रेम हो जस्तो लाग्छ । त्यही विश्वास मैले अहिले युएसमा रहनुभएको एकजनाबाट पाइरहेकी छु । नाम त अहिले नभनीहालौँ तर उहाँले मलाई धेरै माया दिइरहनुभएको छ । एउटा मान्छे जन्मिएदेखि मृत्युपर्यन्त जे–जे गर्नुपर्ने हो ति सबै कुराको संस्कार सिकाउने कलाकारिता वा भनौँ नेपाली परिवेशमा अधिक मायाप्रेमको बारेमा सिकाउने कलाकारिता यही क्षेत्रमा लागेका मानिसहरूको चाहिँ प्रेम वा वैवाहिक सम्बन्ध राम्रो नभएको पाइन्छ, अरुलाई सिकाउनेहरूले आफू प्रेम गर्न जान्दैनन् कि क्या हो कलाकारहरूले ? यो विषयमा त नबोल्दै उचित हुनेजस्तो मलाई लागेको छ । यद्यपि तपाइँले उल्लेख गर्नुभएको घटनाक्रमलाई हेर्दा यो क्षेत्रमा आएको एउटा विकृतिको नमूना हो । हाम्रो कलाकारिता क्षेत्रको स्तर र मानसिकताको उदाहरण पनि हो । किन भने कुनै एउटा राम्रो सन्देश दिने मान्छे आफैको मन राम्रो हुँदैन । चलचित्रमा भएगरेका र भोगाईका विषयवस्तुहरू समावेश गरिने भए पनि त्यहाँ प्रस्तुत हुने पात्रहरूको फिलिङ्स नै सूचना वा सन्देश बनेर प्रवाहित भएको हुन्छ । त्यहाँ कतिपय कुराहरू आदर्श प्रस्तुत गरिएका हुन्छन् । त्यस्तै कलाकारहरूको जीवनमा पनि आदर्श र स्वार्थले भरिपूर्ण भएपछि कहाँ राम्रो हुन्छ त ? एउटा रेष्टुरेन्टमा हेल्परका रुपमा काम गर्ने केटी अनुहार राम्रो भयो भने त्यसैलाई हिरोईन बनाईदिने वा यस्तै यस्तै गर्नाले यो क्षेत्र पनि वदनाममा परेको छ । मानिसको क्षमता, कला र कौशलको वास्तै नगरी गोरो अनुहारलाई हेर्ने गर्नाले यस्तो भएको हुनुपर्छ । तपाइँ प्रेममा नपरेपनि परिपक्व भइसक्नुभएको छ, यतिबेला तपाइँलाई सहवास (सेक्स) को बारेमा पनि धेरै कुरा थाहा भइसकेको हुनुपर्छ, तपाइँलाई सेक्स के हो जस्तो लाग्छ ? यो कुरा मैले भनिरहनु नै पर्दैन नि सबैलाई थाहा छ, यो प्रकृतिले दिएको वरदान हो, यसलाई अपनाउनुको विकल्प नै छैन । तर म ढाँटेर के भन्न चाहन्न भने यो कुरा मलाई थाहा छैन । म एक परिपक्व युवती हुँ । यसको अनुभव त भइ नै हाल्छ । तर पनि सम्बन्ध र अनुभव छ भन्दैमा यसलाई म ठूलो रुपमा लिन चाहदिनँ । यो नर्मल कुरा हो, तर सेक्सलाई ब्ल्याकमेलिङ चाहिँ गर्न हुन्न । कोही विपरित लिङ्गीप्रति आकर्षण बढ्छ र इच्छा छ भने कसैले बल गर्नै पर्दैन, त्यो आफै हुन्छ । तर, इच्छा नै छैन भने कसैले टाउकै फुटाएर पनि हुन सक्दैन । सेक्स भनेको इच्छा हो, इच्छा लाग्दा वा प्यास लाग्दा हामी जसरी पानी पिएर तिर्खा मेट्छौँ, हो त्यस्तै हो सेक्स पनि, चाह भएको बेलामा चाह पूरा गरिन्छ । यसको विभिन्न तरिका हुन्छन्, त्यो मानिसले आवश्यकता अनुसार प्रयोग गर्दछन् । मन मिले सेक्स हुनसक्छ भन्ने तिर्सनाले जबरजस्ती करणी गर्नेलाई के भन्नुहुन्छ त ? त्यो त यौन हिंसा भइहाल्यो नि । यस्तो गर्नेलाई कडा भन्दा कडा कानून बनाएर कारवाही गर्नुपर्छ र यस्तो घटना घटन दिनुहुँदैन । यस्तो घटना भनेको सामाजिक रुपमा बहिष्कृत घटना हो यसलाई प्रश्रय कहीँकतैबाट पनि दिनुहुँदैन । अविवाहिता तिर्सनाले विवाह गर्दा बस्तो पुरुष छान्नुहुन्छ ? मलाई बुझ्ने खालको पुरुष नै मेरो श्रीमान् बन्न सक्दछ । मलाई बुझ्ने भन्दैमा फेरी मेरो अगाडी आएर हेर तिमिलाई म धेरै माया गर्छु, म तिमिलाई बुझ्छु, तिम्रो लागि म जे पनि गर्छु भनेर मात्रै चाहिँ पुग्दैन । मेरो आफ्नो लेभलकै भए राम्रो, त्यसमा पुरुष मान्छे केटीको तुलनामा अलि हाई लेभल भएकै राम्रो हुन्छ जस्तो लाग्छ र त्यस्तै, मैले गरेको रेस्पेक्ट राम्रोसँग बुझ्ने र मलाई पनि रेस्पेक्ट गर्न जान्ने खालको पुरुष पाए साहेद विवाह जुर्न पनि सक्छ । महिला कलाकारहरू आफू चर्चामा आउन नाङ्गिएर वा कुनै हर्कत देखाएर स्क्यान्डल मचाउँछन्, तर पुरुषहरूले प्रायः त्यसो गरेको पाइँदैन । पुरुषले चर्चा कमाउनका लागि तिर्सनाको केही टिप्स छ ? हा…हा…हा… खतरा (फिगर) ज्यान र बवण्डर मच्चाउने खालको स्वभाव देखाउँदा राम्रो होला । जस्तो भारतमा साहरूख खानको कति चर्चा छ, वा अमिताभबच्च्नको, हो त्यस्तै हुनुपर्यो भइहाल्छन् नि हिट ? पुरुष प्रधान देशमा हिट हुने टिप्स नै मैले दिएँ भने त कतै मै मुर्गा पो बनुँला कि हा…हा… । नेपालमा कलाकारिताको भविष्य कस्तो देख्नुहुन्छ ? राम्रो काम गर्नेलाई राम्रै, नराम्रो गर्नेलाई नराम्रै छ । अवसर कम छ, त्यसका लागि अवसर क्रियट पनि गर्नुपर्ने देखिन्छ । काम गर्नेले माम खान पाउँछ, यति भएपछि त पुगिहाल्ला नि । कलाकारलाई सम्मान र प्रोत्साहनको अवस्था नि ? कलाकारको सम्मान आंशिक रुपमा छ । तर प्रोत्साहन फिटिक्कै छैन । काम गर्न लाग्यो भने खुट्टा तान्ने प्रवृत्तिले नेपाल र नेपालीलाई ग्रसित बनाएको अवस्था छ । राम्रो कामको सम्मान र प्रोत्साहनका लागि कतिपय मिडियाहरूले पनि नकरात्मक रोल खेलिदिनाले हामी कलाकारहरू प्रायः मारमा नै परिरहेका छौँ । विदेशमा जस्तो हाम्रोमा कलाकारहरूलाई सम्मान गर्ने वा प्रोत्साहन गर्नेखालका सञ्चारमाध्यमहरूको कमी छ । पछिल्लो समयमा आएको केही माधयमहरू पनि नातावाद वा स्वार्थवादमा लिप्त छन् । यस्तो अवस्थामा कलाकारको प्रोत्साहन हुन सक्दैन । तर कलाकारको सम्मान गर्न कलाकारकै सुझावमा वर्गीकरणको कुरा भइरहेको छ नि, यो त सकरात्मक कुरा होला नि तपाइँहरूका लागि ? सकरात्मक वा नकरात्मक केलाईरहनु भन्दा पनि कलाकारको वर्गीकरण हुनहुँदैन भन्ने मेरो मान्यता छ । किन भने संसारमा कहीँ नभएको त्यो पनि विभेदकारी काम वा कुरा गरिन्छ भने त्यो कदापी राम्रो हुन सक्दैन । राम्रो कुरा हो भने तिर्सनाको स्यालुट छ । विभेदकारी वर्गीकरण भयो भने राम्रा कलाकारहरूले अवसरबाट बञ्चित हुनुपर्यो भने, एउटा क्षमता वा कला नभएको मानिसहरूले बढी प्रवेश पायो भने त्यो राम्रो हुन सक्दैन । कलाकारिता क्षेत्रको समस्याबारे केही थाहा छ ? समस्या भनेको असली कलाकारको सम्मान नै हो । यसो भन्दैमा वर्गीकरणले यो समस्या न्यूनिकरण गर्छ भन्ने पक्षमा म छैन तर कला नहुने तर पैसा हुने रातारात हिट, कला हुने तर पैसा नहुनेहरू क्षणभरमै गुमनाम हुनु नै यो क्षेत्रको मुख्य समस्या हो जस्तो लाग्छ । अझ अर्को कुरा डाईरेक्टर र प्रड्युसरसँग घुम्ने जो कोही महिला दिदीबहिनीहरू कलाकार बनेको देख्दा मलाई उदेग लाग्छ । डाईरेक्टर, प्रड्युसरसँग घुम्ने मात्र होइन ओछ्यानसमेत तताउनुपरेको घटनाहरू बरम्बार आइरहन्छन् नि ? त्यस्ता धेरै घटनाहरू छन् । राम्रो राम्रो डाईरेक्टर र प्रड्युसरहरूले नै त्यस्तो काममा महिलाहरूलाई प्रयोग गरेको मैले पनि पाएको छु । यतिसम्म कि म आफै त्यसको पीडित पनि हुँ । मलाई पनि त्यस्ता खालका प्रस्तावहरू आएका थिए र तर मैले इन्कार गरिदिएँ । उहाँहरू भन्नुहुन्छ, ‘मेरो प्रस्ताव स्वीकार नगर्नेले राम्रो कलाकार बन्न सक्दैन ।’ नेपालको राम्रो मानिने मानिसलेसमेत मलाई यस्तो प्रस्ताव राख्नुभएको थियो, ‘हेर नानी यस्तो नगरी हुँदैन । फलानो–फलानो मान्छेहरू फलानो–फलानोका हुन् । फलानोका कारण फलानो यस्ती भई’ सम्मका कुरा मलाई पनि गरेकै हुन् । यस्तो सल्लाह मलाई बारम्बार आउने गरेको छ । अहिले पनि फलानीले फलानोलाई ए डार्लिङ भनेर बोलाउँछन्, तिम्रो यो नाङ्गो फोटोले मात्रै केही हुनेवाला छैन भनेर त उहाँहरूले मलाई भन्ने गर्नुहुन्छ । अनि तपाइँले के प्रतिक्रिया दिनुभयो वा के विचार गर्नुभएको छ त ? मैले त त्यस्तो मान्छे कहाँ पाइन्छ दाई खोजिदिनुपर्यो भनेर हाँसेर जवाफ दिएँ । आफूसँग क्षमता भएको मान्छेले त्यस्तो गर्नु पर्दैन भनेर सोचीरहेकी छु । म सँग क्षमता छ, त्यही देखाएर मिहिनेत गर्छु भन्ने सोच बनाएकी छु । त्यस्तो सल्लाह दिनेलाई तपाइँको के चुनौती छ ? चुुनौती भन्दा पनि उहाँहरूले मसँग जे कुरा गर्नुभयो बजारको सत्य कुरा गर्नुभएको जस्तो लाग्छ । तर उहाँहरूले कसैलाई जबरजस्ती गर्नुहुन्नजस्तो लाग्छ । त्यसमा पनि उहाँहरूलाई अपनाउने वा नअपनाउने कुरा त मेरो हो नि । म आफ्नो क्षमता प्रदर्शन गर्छु कसैले त मूल्याङ्कन राम्रो गर्लान् नि त । भनेको कथाले मागेअनुसारको अंग देखाउन सक्ने क्षमता तपाइँसँग छ, त्यसैले त्यो सल्लाह नमान्नुभएको हो ? त्यो त मैले मात्र गर्ने होईन नि सबैले गर्ने नै कुरा हो, त्यसमा मेरो क्षमता पनि हुन्छ नि । यदि साथ दिने अंग भयो भने पो प्रदर्शनको पनि अर्थ हुन्छ साथ नै दिएन भने त काम लाग्दैन नि । मेरो अंगले साथ दिएको खण्डमा म हिट हुन सक्छु नभए हुन सक्दिन । त्यसकारण अंग प्रदर्शनमात्रै ठूलो कुरा होइन । अंग पनि प्रदर्शन गर्न लायकको हुनुपर्यो नि । तपाइँको आँखा पर्दशन यदि गर्दै हुनुहुन्छ भने त्यो पनि त देखाउन लायक पा अरुले मन पराउने खालको हुनुपर्छ । यहाँनेर मेरो कुनै पनि अंगले मलाई सपोर्ट गर्छ भने किन प्रदर्शन नगर्ने । आँखा त उदाहरणमात्रै हो अरु कुरा तपाइँ आफै बुझ्नुहोस् । मेरो अंगहरू राम्रो थिएन भने चर्चामा आउने थिएन होला नि । अझै मसँग देखाउनलायक अंगहरू छन् त्यो म देखाउँदैछु । जुन अंगले एकपटक बजार हल्लाउनेछ । अहिलेसम्म प्रदर्शन गरेको मेरा दुई अंगले मलाई साथ दिएको छ । मलाई साथ दिने अर्को अंग पनि मसँग छ, जुन अंग प्रदर्शन मबाहेक अरुले साहेद सक्दैनन् होला । त्यसो भए त गोप्य अंग नै देखाउने तयारी हो तपाइँको ? हा…हा…हा…त्यो अहिले नै नभनौँ, जे आउँछ, आएपछि हेर्नुहोला । कलाकारिता पेशा हो कि प्रतिष्ठा ? मेरो लागि प्रतिष्ठा नै हो । पेशा बनाउन लागिरहेकी छु । गीत–सङ्गीत, सिनेमा वा सिररियलमध्ये के बढी मन पर्छ ? गीत धेरै मन पर्छ, तर अली बढी चलचित्र नै हर्ने गरेकी छु । लोकगीत त्यति मन पर्दैन र पनि सुन्छु, जसले मेरो मन छोएको हुन्छ । डान्सिङ लोकगीतहरू पाए मोडलिङ गर्न पनि तयार छु । सबैभन्दा पहिला कुन नेपाली चलचित्र हेर्नुभयो जीवनमा ? ‘पक्षी’ चलचित्र हेरेकी थिएँ । त्यतिबेला मैले प्रवेशिक परीक्षा दिएकी थिएँ । मोडलिङ वा समग्र कलाकारिता क्षेत्रमा प्रवेश चाहिँ तपाइँलाई के ले गरायो ? त्यही ‘पक्षी’ चलचित्र र त्यसमा नायिका बन्नुभएकी करिष्मा मानन्धरको अभिनयले मलाई यो क्षेत्रमा आउन प्रेरित गरेको हो । धादिङमा जन्मिएकी तिर्सनाको बाल्यकाल कहाँ कसरी वित्यो ? उतै घाँसको भारी बोकेर, ढिढो खाएर नै वित्यो बाल्यकाल । धादिङमा ढिढो खाएर घाँस बोकीरहेकी तिर्सना कहिले काठमाडौं आउनुभयो त ? २००८ मा म काठमाडौं आएकी हुँ । काठमाठौं आउँदा के उद्देश्य लिएर आउनुभएको थियो ? पढ्नकै लागि आएकी थिएँ । जिरीमा गएर दुई वर्ष नर्सिङ पढेँ । मेरो बाबा पनि उतै (चरिकोट) मा नै हुनुहुन्थ्यो त्यतिबेला । तर बीचमा पारिवारिक कारणले मैले पढाईलाई निरन्तरता दिन सकिनँ । के समस्या पर्यो र त्यस्तो, जसले पढाईनै छुटाईदियो, भन्न मिल्छ ? मेरो बाबाको दुईओटा परिवार हुनुहुन्छ । म मेरो बाबाकी हेँलामा परेकी जेठी श्रीमतीकी दुःख पाएकी छोरी हुँ । तर म अहिले मेरो बाबा आफ्नी आमा र सानीआमा सबैलाई समान रेस्पेक्ट गर्छु । बाबाले अर्की आमा ल्याउनुभएपछि मेरो पढाई त्यत्तिकै विग्रियो । बाँकी कुरा तपाइँ आफै बुझ्नुस् । एउटा कलाकारमा हुनुपर्ने आधारभुत गुण के हुन् ? म सँग त सबै थोक छ, हाईटमात्रै कम छ हा…हा…हा… । पहिलो कुरा कलाकार पारिवारिक हुनुपर्दछ । स्माईलिङ फेस पनि चाहिन्छ । मार्केटिङ फेस वा मार्केटका बाटोहरू पहिचान गर्न सकेको हुनुपर्छ । बोलीमा नरमपन चाहिन्छजस्तो मलाई लाग्छ । हिँड्दा साथमा नछुट्ने चिजबिज के हुन् ? एउटा ब्याग बोक्छु, त्यसमा मलाई चाहिने सामानहरू सँधै रहिरहन्छ । त्यसमा दुईचार हजार रुपैयाँ पैसा राखीरहन्छु र मोबाईल पनि मेरो साथमा नै हुन्छ । कुन नेपाली हिरो/हिरोइन मन पर्छ ? फिजिकल भन्दा कलाकारितालाई आधार मानेर दिलिप रायमाझी निकै मन पर्ने मानिस हुन् । हिरोइनहरूमा सबै राम्रा एक से एक छन् तर करिष्मा दिदी मलाई धेरै मन पर्छ । नेपाली टेलिसिरियल हेर्नुभएको छ ? धेरै त छैन । तर अलीअली हेरेकी छु । अन्त्यमा केही भन्नु छ ? तिर्सना बुढाथोकीलाई कुनै पनि डाईरेक्टर वा चलचित्रका निर्माताहरूले साईड रोलमा खेल्ने कलाकारको रुपमा नलिईदिएको भए हुन्थ्यो । मिडियाहरूले पनि मेरो आलोचनालाई कम महत्य दिएको भए हुन्थ्यो जस्तो लाग्छ । किन भने निकै संघर्ष गरेर नै म यो क्षेत्रमा आएकी छु, अझै संघर्ष गरिरहेकी छु । त्यसो हुँदा मेरो नकरात्मक कुराले कतै मलाई फ्रस्टेशन गराउँछ कि भन्ने चिन्ता हुन्छ । यसो भन्दा ठूली बन्न खोजेको भन्ने आरोप फेरी नलगाउनुहोला भन्न चाहान्छु । नाङ्गो फोटो खिचाउने यो नर्मल कलाकार हो भनेर नभनिदिनुहोला, किन भने त्यो पनि मेरो कला हो, मेरो अंगमा कलात्मकता वा छुट्टै सौन्दर्य छ । अन्तमा मेरा सबै दर्शक, सहकर्मी कलाकारहरू र सम्पूर्ण नेपालीमा वडा दसैंको शुभकामना भन्न चाहान्छु ।

भिडियो तल छ

हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसँग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ ।

सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनावारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।
त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँन्नन् । मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ ।

तर चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।

महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् :
१. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।


३.यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।


२.महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४.महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन (डेन्टल डाम) लगाउनुपर्छ । किनभने यतिबेला महिलाको शरीर अरु बेला भन्दा कोमल भएको हुन्छ ।

१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पुर्याउने खतरा रहन्छभिडियो तल छ

बलिउडको सेलिब्रेटी जोडी सैफ अली खान र करिना कपूरको विवाह हुनासाथ करिना आमा बन्ने तयारीमा रहेको भन्ने चर्चा मिडियामा चलेको थियो ।
अझ कतिपयले त करिना गर्भवती भएपछि मात्र उनीहरुको विवाह भएको सम्म भनेका थिए । तर यी सबै अनुमान गलत सावित भए । अहिले सम्म पनि करिनाको आमा बन्ने सुरसार छैन । भर्खरै मात्र करिनाले आफू आमा बन्न नसक्नुको कारण सार्वजनिक गरेकी छिन् । उनले आफ्नो र सैफ दुवैको प्राथमिकता अहिले बच्चा भन्दा पनि करिअर रहेका कारण आफूहरु यसमा सचेत रहेको बताएकी हुन् । सैफ र आफू मिलेर सामुहिक निर्णय गर्दै तत्काल बाबु आमा नबन्ने सहमति गरेकी पनि करिनाले बताएकी छिन् । अहिले सबै समय र ध्यान करिअरमा रहेको करिनाको भनाइ छ । - source: nepaliheadlines
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

सन्नी लियोन पूर्वपोर्न स्टार नै हुन् । उनी बलिउड प्रवेश गरेपनि उनी अभिनित चलचित्र यात आइटम डान्समा केन्द्रित छन् यात उनको नग्नता प्रदर्शनमा ।
केही समय अघि अव आफ्नो छवी सुधार गर्ने बताएकी सन्नीले पछिल्लो समय अर्को सेक्स मुभी साइन गरेकी छिन् । उनले अव खेल्ने चलचित्रको नाम हो ‘वन नाइट स्ट्याण्ड’ अर्थात एक रात विताउनु ।
यो चलचित्र दक्षिण भारतीय चलचित्र हो जहाँ उनी चर्चित अभिनेता राना डग्गुवातीसँग रोमान्स गर्ने छिन् । यस अघि राना विपाशा बसुसँग नाम जोडिएर चर्चामा थिए ।
उनले दम मारो दम, डिपार्टमेन्ट र ये जवानी है दीवानी जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । तर अव उनले सन्नी लियोनसँग एक रात विताउने छन् ।
यो चलचित्रमा एक स्वतन्त्र युवतीको रुपमा अभिनय गर्नेछिन् सन्नी लियोनले । source: nepaliheadlines
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >


तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनअनुसार किशोर-किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलो पटक यौन सम्पर्क गरेको बताएका छन्। किशोर-किशोरी तथा युवामध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेको तथ्यांक सार्वजनिक भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१० र २०११ मा गरेको सर्वेक्षणमा १५ वर्ष नपुग्दै सात प्रतिशत किशोर-किशोरीले यौन सम्पर्क राखेको तथ्य प्रकट भएको थियो। नयाँ एक सर्वेक्षणले ७२ प्रतिशत किशोर-किशोरीले यौनसम्पर्क राख्ने गरेको, २४ प्रतिशतले ब्याइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको तथ्यांक उदांगो पारेको छ। १० देखि २४ वर्ष उमेर समूहका आठ हजार नौ सय ७४ घरधुरीका १४ हजार सात सय ५४ जना किशोर-किशोरीमा गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक आएको हो। यस्तो तथ्यांकले शहरी जीवनमा हुर्किरहेको नयाँ पुस्तालाई सम्बोधन गरेको छ। सेक्स जति सरल भएको छ, त्यति नै सहज पनि। बढ्दो इन्टरनेट प्रयोगलाई यसको प्रमुख कारण मानेका छन्, विश्लेषकहरूले। 'म आफ्नो करिअर डेभलप नगरी विवाह गर्दिनँ, कम्तीमा ३० वर्षमा गरिन्छ बिहे,' भर्खरै प्लस टू पास एक किशोर भन्छन्, 'गर्लफ्रेन्ड छँदै छ, करिअर बनाएरमात्र विवाह गर्ने हो। फेरि, विवाह जेका लागि गर्ने हो, त्यो मैले प्राप्त गरिरहेकै छु।' ढिलो विवाह गर्ने चलन दाम्पत्य जीवनका लागि सहज मानिन्छ। तर, कतिपयले यसलाई अस्वीकार पनि गर्छन्। 'करिअर बनाउने भनेकै तीस वर्षसम्म हो। त्यसपछि भविष्य कसरी सुखमय बनाउने भनेर सोच्नुपर्छ। त्यसैले बिहे ढिला गर्नुपर्छ,' एक युवाले भने। प्लस टू भर्खर पास गरेका उमेर समूहका केही युवाहरूसँगको कुराकानीका क्रममा कोही ढिलो बिहेको पक्षमा उभिए भने केही बिहे भनेको बँैस छँदै गर्नुपर्छ भन्नेहरू पनि भेटिए। करिअर पछि बनाउने र आफ्नो जीवन पनि सुखी राख्नका लागि चाँडो विवाह गर्नुपर्ने उनीहरूको जोड छ। दाम्पत्य जीवनलाई प्रधान नमान्ने शहरिया नयाँ पुस्ता बिस्तारै यौन सम्पर्कलाई प्रमुख स्थानमा राखेर हेरिरहेको छ। आवश्यकता र महत्व छुट्याउन नजान्दा र समयमा यौनबारे सहज शिक्षा नपाउँदा शहरी किशोर-किशोरी सेक्स गर्न हतारिएका छन्।यौनसम्बन्धी अत्यधिक उत्सुकता र चाहनाका कारण एक युवकले १२ वर्षको उमेरदेखि नै गाउँकी नातामा बहिनी पर्नेसँग करिब आठ वर्षसम्म यौनसम्बन्ध राखे। एउटै कक्षामा पढ्ने भएकाले पनि उनीहरूले पढ्ने बहानामा सम्बन्ध राख्ने गरेका थिए। अपरिपक्व उमेरमा रहेको असीमित यौन उत्सुकताका कारण उनीहरूले नजिकको नातालाई बिर्सेका थिए।

उनीहरूको वास्तविकता समाजमा कहिल्यै बाहिर आएन। तर, उनीहरूको सम्बन्ध भने सुरक्षित थिएन भन्ने कुरा उनीहरू स्वयंले स्वीकार गरेका छन्। सानै उमेरदेखि आधुनिक प्रविधिसँग पहुँच बनाउन थालिसकेका आजका युवाले यौनलाई अत्यन्त हल्का रूपमा लिइदिँदा यसले विकृति समेत निम्त्याउन थालिसकेको छ। दश कक्षा पढ्दासम्म पनि गर्लफ्रेन्ड बनाउन नसक्नेहरूको साथीहरूमाझ इन्सल्ट हुने गरेको कक्षा ९ पढ्दै गरेका मुकेश बताउँछन्। 'हाम्रो ग्याङ ठूलै छ। सबैजसोका गर्लफ्रेन्ड पनि छन्। गर्लफ्रेन्ड नहुनेहरू ग्रुपमा कार्टुन हुन्छन्। गर्लफ्रेन्ड भएपछि किससिस हुनु त सामान्य भइ नै हाल्यो,' उनले भने। उनीहरूले सामान्य रूपमा लिएको 'किससिस' कक्षा १२ सम्म पुग्दा यौन सम्पर्कसम्म पुगिसकेको हुन्छ। कक्षा १२ मा पढ्दै गरेकी एक किशोरी कलेज ड्रेसमा नै गर्भपतनका लागि मेरी स्टोप्समा पुगेकी थिइन्। जोसमा होस नगुमाई सुरक्षित तरिकाले शारीरिक सम्बन्ध राखेको भए यो अवस्थाको सिर्जना हुने थिएन। उनलाई यौनसम्बन्ध राख्दाको अनुभवबारे साथीहरूले बताएका थिए। साथीहरूले झैँ यौनका बारेमा जान्ने र आफ्नो इच्छा पूरा गर्ने चाहनालाई कन्ट्रोल गर्न नसक्दा उनले गर्भपतन गर्नुपरेको थियो। चौबिसै घण्टा कम्प्युटर र नेटमा झुन्डिरहने बालबालिकाका अभिभावकले आफ्ना छोराछोरीले के गरिरहेका छन् भनेर ुफलो अपु गर्नुपर्ने आवश्यकता छ । स्कुलमा समेत यौन तथा प्रजनन स्वास्थ्यको ुटपिकु आएमा आफैँ पढ भनेर छाडिदिने शिक्षकको प्रवृत्तिका कारण पनि किशोरावस्थाका विद्यार्थीले अन्य माध्यमलाई यौन जिज्ञासा मेटाउने साधनको रूपमा प्रयोग गर्न थालेका छन्। गाँस, बास, कपासझैँ यौनले पनि मौलिक अधिकारभित्र आफ्नो स्थान पक्का गरिसकेकाले कसैलाई पनि यौनजन्य क्रियाकलाप नगर भनेर रोक्न मिल्दैन। त्यसैले खुलेर यौनसम्बन्धी जिज्ञासा राख्ने वातावरण सिर्जना गरिदिने हो भने किशोर-किशोरी आपराधिक तथा असुरक्षित यौनजन्य क्रियाकलापबाट बच्न सक्छन्। भिडियो तल छ

असोज १४ गतेकेही समयअघि यौनजन्य फिल्मको भेलै आएको थियो । विशेषगरी लुट र चपली हाइटपछि छाडा शब्द र दृश्य राखेर फिल्म बनाउनेहरू सलबलाएका थिए । लुट र चपली हाइटले पैसा कमाएको देखेपछि न्यूनतम मर्यादाको समेत ख्याल नगरी अश्लीललाई बढावा दिएका फिल्म बग्रेल्ती बने । तर, कालान्तरमा त्यस्ता फिल्म र फिल्मकर्मीको भागाभाग भएको छ ।
अश्लील र छाडापनलाई स्थान दिएर फिल्म बनाउने, खेल्ने मात्र होइन, निर्देशन गर्नेहरू पनि दुई वर्षको अवधिभित्रै रजतपटबाट लगभग हराएका छन् । अचेल छाडा विषय र प्रस्तुतिका फिल्म बन्न पनि करिब–करिब बन्द भएको छ । लुट र चपली हाइटलाई सेन्सर बोर्डले पर्याप्त मात्रामा आँखा नलगाएकाले छाडा गाली र दृश्यका फिल्म बग्रेल्ती बने ।

दिनेश थापाले सोनिया शर्मा, जिया केसी र सबिना कार्कीलाई लिएर छाडागाली र लाजमर्दो दृश्य राखेर एटिएम बनाए । एटिएमको प्रोमो निकै आलोचित, विवाद र घृणित मात्र भएन, अब नेपाली फिल्म कता जान्छ भनेर गभ्भीर बहस नै चल्यो । त्यसपछि नै चलचित्रमा सेन्सर कडा भएर आयो । चलचित्र विकास बोर्डले त स्क्रिप्ट अध्ययन समिति नै गठन गर्‍यो । चलचित्रजस्तो स्वतन्त्र र सशक्त माध्यममाथि सेन्सरको कडा कैँची चलाउन थाल्यो । त्यसको मार अहिले पनि छ । अहिले फिल्म बनाउन पहिला नै बोर्डबाट स्क्रिप्ट पास गराउनुपर्छ । जसले गर्दा फिल्म निर्माण अझ झन्झटिलो भएको छ ।

एटिएमपछि यौन केन्द्रित रिङरोड, बर्बाद, द रेप, लक, नाइन ओ क्लक, जिगलो, रङ वेलगायतका फिल्म बने । तर, ती कुनैले दर्शकको मन जित्न सकेनन् । यद्यपि अचेल पनि त्यस्ता फिल्म नबन्ने गरेका होइनन् । केही फिल्म भने प्रदर्शन हुनै बाँकी छन् । त्यसमध्ये नामै सुन्दा यौन बुझाउने फिल्म छ– हनिमुन नाइट । निर्माताले सामाजिक घटनामा फिल्म बनाएको बताउने गरे पनि नाम दर्शकले पत्याउने छाँट देखिँदैन ।
यौनजन्य फिल्ममा अभिनय गरेर आफूलाई स्टार सोच्नेहरू अहिले कुन दुलामा पसेका छन्, भेटाउन गाह्रो पर्छ । एटिएमका जिया, सबिना र सोनियाको फिल्म करिअर कस्तो चल्दै छ, कसैले चासो राख्दैन । जिया अभिनेता भुवन केसीसँगको निकट सम्बन्धका कारण चर्चामा आए पनि सुनाम भने कमाउन सकिनन् । दीपक श्रेष्ठको रङ वेमा प्रचुर मात्रामा यौन दृश्य दिएर थप आलोचना खेपेकी उनी अचेल फिल्मविहीन छिन् । त्यस्तै, एटिएमकी अर्की ‘हिरोइन’ सोनियाको हालत पनि उस्तै छ । ढुंगेयुग, करामतलगायतका फिल्ममा अभिनय गरे पनि एटिएमपछि भने उनी निकै आलोचित भइन् । पछिल्लो समय कुर्बान फिल्ममा अभिनय गरेकी उनलाई दर्शकले हिरोइनका रूपमा स्वीकारेका छैनन् । एटिएमकी अर्की प्रमुख पात्र सबिना कार्की पनि अचेल फिल्मविहीन छिन् ।

एटिएमभन्दा पहिला मिस्टर डन र मस्ती फिल्म निर्माण गरेका निर्माता हिरो दिनेश थापा पनि निकै आलोचित भए । फिल्मलाई थुप्रै दृश्य काटेर र केही संवादमा बिप लगाएर सेन्सरले चलाउने अनुमति दियो । तर, सेन्सरको आदेश नमानी मनोमानी ढंगले फिल्म चलाएको भेटिएकाले रिलिजको पहिलो दिननै एटिएम प्रतिबन्धित भयो । केही महिनापछि पुन: रिलिज गरियो । तर, दर्शकले साथ दिएनन् । आफूले गलत काम गरेको महसुस गरेका दिनेश अचेल मलेसियामा पसल सञ्चालन गरिसकेका छन् । अब केही वर्ष उनी फिल्म बनाउने मुडमा छैनन् । अनि, एटिएमका निर्देशक यादव सिलवाल भने गाईपालनमा लागेका छन् । उनी अचेल फिल्मको नाम पनि लिन चाहनन् ।

सुरज आरडी र विजयगोपाल दलीले निर्माण गरेको रिङरोड नामक फिल्म पनि निकै आलोचित भयो । हलमा आएको/गएको पत्तो नभएको त्यो फिल्मको युट्युबमा हालिएको सुटिङको यौनजन्य दृश्यले निकै विवादित मात्र भएन, निर्माता, निर्देशक र त्यो दृश्यमा अभिनय गर्ने सुरज र उषाले पनि गाली पाए ।
सर्वत्र आलोचना हुने, हलमा दर्शक नजाने, सेन्सरले कैँची चलाउने र बाटोमा हिँड्दा पनि गोदाई भेटिने सम्भावना अधिक भएकाले अचेल यौनलाई प्रस्रय दिएका फिल्म बन्न छाडेका छन् । अश्लील फिल्मसँगै अश्लीलतामा रमाउनेहरू पनि अचेल फ्लप भएका छन् ।

हाइवे फिल्ममा ऋचा शर्माले ‘कथाको माग’ भन्दै निर्वस्त्र दृश्य दिएकी थिइन् । हाइवेले दर्शकको निकै गाली खायो । मेरो जीवन साथी, बिन्दास र बिन्दास–२ फिल्ममा दिएको ओपन दृश्यका कारण सुष्मा कार्की पनि विवादमा आइन् । त्यसभन्दा अघि उनले ब्याच नम्बर–१६ मा अर्पण थापासँग दिएको टङकिसले पनि निकै गाली पाएको थियो । राज तिमिल्सिनासँग सिलसिला र राजभाइ फिल्ममा टङकिस सिन दिएर केही समय चर्चामा छाएकी सोनिया केसी अचेल कहाँ, के गर्दैछिन्, अत्तोपत्तो छैन । नयाँ पत्रिकाबाट

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

लोकगायिका ज्योति मगर भन्छिन्-
‘वक्षस्थल देखिएको’ भन्दै नेपाल टेलिभिजन प्लसले रेकर्डेड अन्तर्वार्ता सेन्सर गरेपछि लोकदोहोरी गायिका ज्योति मगर विवादमा तानिइन् । हिमालयन टेलिभिजनका लागि रेकर्डेड उनी गेस्ट रहेको‘जोगेन्द्रके पान दुकान’ कार्यक्रम पनि पोसाककै कारण रोकियो । केही दिनअघि एक अनलाइनका लागि गरेको उत्तेजक फोटोसुटका कारण अहिले पनि उनी चर्चामै छिन् । भन्छिन्, ‘एनटिभीमा अन्तर्वार्ता दिँदा लगाएको पोसाक र अनलाइनका लागि गरेको फोटोसुट सामान्य हो ।’

ज्योतिले फेसबुक अकाउन्टमा अपलोड गरेका उनका पछिल्ला तस्बिरले पनि उनी छोटा लुगा मन पराउँछिन् भन्ने बुझ्न सकिन्छ । सेक्सी देखिन सक्दो कोसिस गर्छिन् । मिनिस्कट, गाउन, वानपिस उनको नियमित पोसाक हुन् । एनटिभीमा अन्तर्वार्ता दिँदा उनी गुन्युचोलीमा थिइन् । ‘वक्षस्थल देखिएको’ भन्दै प्रसारण रोकियो । ‘नेपाल टेलिभिजनप्रति मेरो बेग्लै सम्मान छ, त्यही भएर त्यस दिन गुन्युचोली लगाएर गएकी थिएँ,’ उनले भनिन्, ‘स्कट, गाउन, वानपिस त्यागेर गुन्युचोली लगाएर गएकी थिएँ, त्यही पनि विवादमा आयो ।’ आफ्नो चोलीको क्लिवेज ओपन भएको भने उनी स्वीकार गर्छिन् ।
‘चोलीको क्लिवेज ओपन हुँदा थोरै क्लिवेज देखिएको थियो,’ उनी  भन्छिन्, ‘तर, वक्षस्थल देखाएको थिएन । वक्षस्थल देखाउनु र क्लिवेज देखिनु फरक कुरा हो ।’ आफ्नो पोसाकमाथि सेन्सर गर्ने महिलाहरूले समेत पार्टीमा जाँदा क्लिवेज ओपन गर्ने उनको जिकिर छ । भन्छिन्, ‘सबैको डिजाइनर ब्लाउज हुन्छ, त्यही भएर पनि उहाँहरू, सरकारी निकायमा काम गर्ने महिलाहरू पार्टीमा जाँदा क्लिवेज ओपन राख्नुहुन्छ ।’०००
अन्तर्वार्ता रेकर्ड हुँदा क्यामेराले आफ्नो ओपन रहेको क्लिवेजमाथि ‘फोकस’ गरेको हुनुपर्ने ज्योतिको अनुमान छ । जसले क्लिवेज ओपनको भाग वक्षस्थलजस्तो देखियो । ‘सायद क्यामेराले फोकस गरेको हुनुपर्छ, मैले धेरैपटक त्यो पोसाकमा अन्तर्वार्ता दिएकी छु, कसैले केही भनेका थिएनन्, मेरो त त्यो एकदम एभरेज पोसाक हो । गुन्युचोली लगाउँदा आपत् हुन्छ भने अब म के लगाउँ ?’ उनले स्पष्टीकरण दिन खोजिन् ।
उनले वक्षस्थल देखिनु र क्लिवेज ओपन हुनुको परिभाषासमेत दिइन् । ‘क्लिवेज भनेको देखिन–देखिन खोज्ने, तर नदेखिने मात्र देखिनु हो । वक्षस्थल भनेको पूरै देखिनुलाई भन्छ’, उनले भनिन्, ‘क्लिवेजभित्र कसरी पस्यो क्यामेराको फोकस ?’
त्यस दिन अन्तर्वार्तामा सहभागी अरू महिलाहरूले आफ्नो पोसाकको तारिफ गरेको पनि ज्योतिले सुनाइन् । ‘सिनियर दिदीहरू हुनुहुन्थ्यो, उहाँहरूले राम्रो छ भन्नुभएको थियो, अन्तर्वार्ता लिने शोभा त्रिपाठी, क्यामेराम्यानले पनि ड्रेसको बारेमा केही भनेका थिएनन्,’ उनले भनिन् ।
०००
अन्तर्वार्ता रोकिँदा ज्योतिलाई कुनै तनाव नभए पनि त्यसको असर भने भोगिन् । वानपिसमा रेकर्ड गरेको हिमालयन टेलिभिजनको कार्यक्रम पनि रोकियो । ‘त्यस दिन नेपाली पोसाक नभएर गाउनमा थिएँ । अलिक ओपन नै थियो,’ उनले भनिन्, ‘त्यो कार्यक्रम पनि रोकियो, एनटिभीले प्रसारण रोकेकाले हिमालयनले पनि रोकेको रे ’
‘पान पसल’ कार्यक्रमका लागि प्रस्तोताले ‘जस्तो पोसाकमा आए पनि हुन्छ’ भनेर हिमालयन टिभीमा निम्त्याएका थिए । ‘मलाई धेरैले सेक्सी भनेर चिन्ने भएकाले होला कार्यक्रम प्रस्तोता जोगेन्द्र (शिवशंकरप्रसाद रिजाल) ले तिमी आफ्नै टाइपको ड्रेसअपमा आऊ भन्नुभएको थियो । तैपनि, म दुईवटा ड्रेस बोकेर गएकी थिएँ । उहाँले नै भन्नुभयो, यो ड्रेस (गाउन) लगाऊ भनेर,’ ज्योतिले सुनाइन्, ‘त्यहाँ रोकिनुको कारण एनटिभीले रोकिराखेकाले रहेछ । त्यतिवेला प्रसारण गर्‍यो भने हामीलाई ढुंगा हान्ने हुन् कि भनेर रोकेका रहेछन् ।’ उनले त्यही पोसाकमा अन्य टेलिभिजनमा अन्तर्वार्ता दिँदा नकारात्मक प्रतिक्रिया नआएको दाबी गरिन् ।
०००
विभिन्न ठाउँमा गाउँदा वा नाच्दा ज्योति पोसाकमा ध्यान दिन्छिन् । कुन प्रकृति र उमेर समूहका मान्छे छन् भन्ने ख्याल गरेर पोसाक छनोट गर्छिन् । ‘टिनएजरहरूले गरेको कन्सर्टमा स्कट लगाएर जान्छु,’ उनले भनिन्, ‘सोसाइटीलाई ख्यालमा राखेर आयोजना गरिएको कार्यक्रम, राष्ट्रिय मिडियाबाट‘लाइभ’ हुने कार्यक्रममा साडी र गुन्युचोली लगाएर जान्छु ।’०००
आफ्नो पोसाकका बारेमा मिडिया, चिनजानका व्यक्ति, फ्यान र सर्वसाधारणलगायतबाट ज्योतिले मिश्रित प्रतिक्रिया पाउने गरेकी छिन् । ‘मेरो लुगाको बारेमा विभिन्न टिप्पणीहरू हुन्छन् । ७५ प्रतिशतले राम्रो भन्छन्, मेरो ड्रेस अलि अट्रयाक्टिभ, सेक्सी हुन्छ भन्ने खालका कुराहरू सुनिन्छन्’आफ्नो लुगाका बारेमा आफूसम्म आइपुग्ने टिप्पणी उनले सुनाइन्, ‘एक–दुईजना अलि कन्जरभेटिभ सोच राख्नेहरू ड्ेरसअप सुधार्नुपर्‍यो भन्छन् ।’
आफ्नोबारेमा आउने कमेन्टहरू राम्ररी बुझेर मात्रै स्वीकार वा अस्वीकार गर्ने गरेको ज्योतिले बताइन् ।‘मलाई कसले कमेन्ट गरिरहेको छ, त्यसलाई हेर्छु पहिला । र, ऊ कत्तिको सही छ त्यो हेरेर मात्र कमेन्टलाई स्वीकार गर्छु,’ उनले भनिन्, ‘कतिपयले ज्योति केटाजस्ती भएर हिँडिरहेकी हुन्छे भन्छन्, तर उनीहरूले खुसुखुसु नाजायज काम गरेका हुन्छन्, तिनीहरूको कमेन्टलाई मैले कसरी एसेप्ट गर्ने ?’०००
आफूलाई मोडलसमेत भन्न रुचाउने ज्योतिले कतिपय मोडलको न्युड फोटो देखेको बताइन् । ‘मलाई एक–दुईवटा स्टुडियोमा फोटोसुटका लागि बोलाइयो, कस्तो फोटो खिच्ने भनेर क्यामेराम्यानले नेपालका केही मोडलका तस्बिर देखाए,’ उनले सुनाइन्, ‘उनीहरूको फोटो न्युड नै थियो, त्यसलाई भल्गर भन्नैपर्छ, तर ती फोटोहरू आउट भएका छैनन् ।’
आफूले पछिल्लोपटक गरेको फोटोसुट सेक्सी मात्र भएको ज्योतिको दाबी छ । ‘कुन अवस्थामा सौन्दर्यता झल्कन्छ भन्ने हो, सौन्दर्यताका लागि फोटोसुट गरेकी हुँ,’ उनले भनिन्, ‘त्यसलाई भल्गर भन्न मिल्दैन ।’ उनको फोटोमा वक्षस्थल थोरै मात्र छोपिएको देखिन्छ ।
ज्योतिले आफूलाई ‘स्टाइलिस’ ठान्छिन् । ‘कतिपय मोडलको फोटो न्युड, सेमी न्युड हुन्छन्, म त्यसलाई भल्गर भन्छु । मैले लगाउने कपडा त सेमी न्युड पनि होइन, म आफूलाई स्टाइसिल मात्रै भन्छु,’ उनले भनिन् । भिडियो तल छ

 काठमाण्डौ । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर  हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना  हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर  तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ ।

हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट  गर्न  नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।

 पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:

जाँड रक्सी र सुर्तिजन्य बस्तुको  प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको  अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

डिप्रेशन: धेरै तनाबले हार्मोनमा  परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।

खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :

सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।

अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई  खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।

खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

लसुन
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।

ताजा फल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget