news and more entertainment

June 2013

नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन गर्न दुई देशका उच्च अधिकारीबीच आगामी साता दोहामा वार्ता हुँदै छ । कतारसँग श्रम सम्झौता भएयता दुई पक्षबीच वार्ताहरू हुन सकेको थिएन । पटक-पटक रद्द हुँदै आएकोमा यसपालि जुन २६ र २७ गते तय भएको छ ।
नेपाली राजदूत मायाकुमारी शर्माका अनुसार नेपाल सरकारले नेपाली कामदारको सुरक्षा लगायतका नौ बुँदामा बैठकमा छलफल केन्दि्रत हुनेछ । 'यो वार्तामा सहभागी हुन नेपालबाट श्रम तथा रोजगार मन्त्रालयका श्रम सम्बन्ध महशाखाका प्रमुखको नेतृत्वमा वार्ता टोली यहाँ आउँदै छ,' उनले भनिन्, 'जसमा वैदेशिक रोजगार विभागका महानिर्देशक, परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन ।'
श्रम सम्झौतापछि दुई देशबीच सम्पन्न श्रम सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न हरेक वर्ष 'प्राविधिक टोली' को बैठक बस्ने भनिएको थियो । तर, यो अझैसम्म एकपटक पनि बसेको छैन । 'सन् २००५ यता दुई देशबीच श्रम सम्झौताको बारेमा वार्ता हुन सकेको थिएन,' राजदूत शर्माले भनिन्, 'बल्ल यसको मिति टुंगो भएर छलफल गर्ने निश्चित भएको छ ।' यसअघि २०१० मा बस्ने भनेर एजेन्डासहित टुंगो लागेको थियो । तर, त्यो सरेपछि गत नोभेम्बरमा बस्ने भनिएको थियो । त्यतिखेर पनि समयको अभाव भन्दै बस्न सकिएको थियो ।
'यसपालि २०१० मा तय गरिएकै एजेन्डामै छलफल हुनेछ', राजदूत शर्माले भनिन्, 'यसमा विषयहरू थपिन पनि सक्छन् ।'
दूतावासका अनुसार बैठकमा दुवै देशका तर्फबाट आ-आफ्ना एजेन्डा राखिनेछन् । 'हाम्रातर्फबाट श्रम सम्झौतामा परिवर्तन गर्नका लागि कतारमा कामदार ल्याउने कानुनी प्रक्रिया, दक्ष तथा उच्च दक्ष कामदार ल्याउनेमा जोड, महिला कामदार सम्बन्धमा, द्विपक्षीय सूचना आदानप्रदान, श्रमिक हितको विषयमा छलफल हुनेछ,' शर्माले भनिन्, 'भगुवा कामदारलाई दिने आममाफी, डिपोर्टटेसन सेन्टरमा रहेका नेपालीको जानकारी, एक्जिट पेपर नदिनेजस्ता एजेन्डा छन् ।'

अमेरिकी राष्ट्रपति बाराक ओबामा शुक्रबार दक्षिण अफ्रिका पुग्दै छन् । जीवन र मरणसँग संघर्ष गरिरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति एवं रंगभेदविरोधी नेता नेल्सन मन्डेलाप्रति सम्मान प्रकट गर्न उनको यो भ्रमण हुन लागेको हो ।
अझैं पनि व्यवहारमा कायमै रहेको काला जातिसँग हुने भेदभावविरुद्ध लड्ने मन्डेला अफ्रिकी मूलका नागरिकको मुटुमै बसेका छन् । यसबाट ओबामा पनि अछुतो हुन सक्दैनन् । मन्डेलाको ९४औं जन्मदिनमा पनि ओबामा परिवारले विशेष बधाइ दिएको थियो ।

ओबामा पत्नी र विश्वकै एक प्रभावशाली महिला मिसेल त मन्डेलाको ठूलो प्रशंसक मानिन्छन् । ओबामा परिवारमा मन्डेलालाई हजुरबुवाको सम्मान प्राप्त छ । हाल अफ्रिकाको भ्रमणमा रहेका ओबामा शुक्रबार अपराह्न सेनेगलबाट दक्षिण अफ्रिकाका लागि प्रस्थान गरेका थिए । ओबामा शुक्रबारै मन्डेलालाई पि्रटोरियास्थित अस्पतालमा पुगेर भेट्दै छन् । उनलाई बिहीबारदेखि भेन्टिलेटरमा राखिएको
छ । उनको स्वास्थ्यमा उल्लेखीय सुधार आएको छ्रैन । ओबामाले अफ्रिकाको भ्रमण सुरु गरेपछि मन्डेलालाई भेट्ने कार्यक्रम तय रहेको ह्वाइटहाउसले जनाएको थियो । फोक्सोको समस्याका कारण मन्डेला करिब तीन सातादेखि अस्पतालमा छन् ।
दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले पूर्वराष्ट्रपति मन्डेलाले पाँच दिनदेखि निकै कष्टपूर्ण रूपमा अस्पतालको शय्यामा बताएका थिए । मन्डेलाकी छोरी माकाजिवे मन्डेलाले भनिन्, 'म झूटो बोल्न सक्दिनँ, उहाँको अवस्था निकै नाजुक छ ।' पिताका बारेमा मनपरी समाचार लेख्ने केही गोरा जातिका पत्रकाहरूलाई उनले जातीय पूर्वाग्रहले ग्रसित 'गिद्धहरू' भन्दै कडा आलोचना गरेकी थिइन् ।
'यसैबीच, राष्ट्रपति जुमाले बिहीबारदेखि गर्ने भनेको छिमेकी मोजाम्बिकको भ्रमण पनि रद्द गरेका छन् । आउँदा महिना ९५ वर्ष पुग्ने मन्डेलालाई अफ्रिकाका जनताले राष्ट्रपिताका रूपमा सम्मान गर्ने गर्दछन् ।

जमाना छोपेरभन्दा देखाएर चर्चामा आउनेको छ । अझ ग्ल्यामरको फिल्डमा त एक्सपोज अनिवार्य सर्तजस्तै मानिन्छ । नायिका वा मोडलका आङमा पूरा कपडा ढाकिनु भनेको ग्ल्यामर र सेक्सी नहुनु ठानिन्छ । तर 'द ब्लाइन्ड साइड' बाट ओस्कार अवार्डसमेत जितेकी नायिका सान्द्रा बुलक भने यस्तो मान्दिनन् । 'म सेक्सी देखिनैका लागि नांगिने काम गर्दिनँ,' ४८ वषर्ीया नायिका नग्नताले त बरु मजाकको काम मात्रै गर्ने तर्क गर्छिन् । तर यसलाई भने उनले फिल्ममा मात्रै लागू हने भएकोले वास्तविक जीवनमा भने
त्यस्तो नठान्ने
पनि जिकिर गरिन् । रिलिजको क्रममा रहेको 'हिट' की नायिका सान्द्राले थपिन्, 'म कहिल्यै पनि सिक्रिनमा सेक्सी देखिनुपर्छ भनेर लागि परिनँ ।' उनले 'हिट' मा पनि कुनै इन्टिमेट सिन नरहेको बताइन् । त्यसो त उनलाई व्यक्तिगत जीवनमा समेत यौन-संसर्गका बेला राम्री नदेखिने धारणा राख्दै सेक्स टेप पनि नबनाउने दाबी गर्छिन् । भन्छिन्, 'सेक्स गर्दाका समयलाई तपाईं फिल्मांकन गर्नुभयो भने ठीक गर्नुभएन । तपाईंलाई थाहा हुनुपर्छ, कुनै पनि बेला कसैको हातमा उक्त टेप पुग्न सक्छ ।' यसअघिको एक फिल्म 'द प्रपोजल' मा उनले नग्न दृश्य दिएकी थिइन् । तर उनले उक्त दृश्य केवल मजाकपूर्ण दृश्यका लागि मात्रै दिएको तर्क गरेकी छन् । भनिन्, 'मैले उक्त दृश्य सेक्सी देखिने लोभले गरेकी हैन ।'

हरेक रात मस्त सुत्ने गर्नाले मधुमेहको जोखिम कम हुने रहेछ । एउटा अध्ययनमा यस्तै ठोकुवा गरिएको छ । त्यसअनुसार, पूर्ण निद्रा लिने व्यक्तिलाई टाइप-२ मधुमेह हुने सम्भावना घट्छ ।
लस एन्जलस बायोमेडिकल रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा उल्लेख छ— सप्ताहान्तका तीन रातको मात्रै राम्रो निद्राले पनि धेरै हदसम्म इन्सुलिनको सक्रियता बढाउँछ । इन्सुलिन नबन्दा र शरीरमा यसको प्रतिक्रिया नहुँदा नै मधुमेहले आक्रमण गर्ने गर्छ । उक्त अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. पिटर लिउ भन्छन्, 'हरेक व्यक्तिलाई पर्याप्त निद्रा अत्यावश्यक हुन्छ भन्ने हामी सबैलाई थाहा छ । तर हामी कामको चापले गर्दा मस्त सुत्नलाई पनि समय निकाल्न सक्दैनौं ।' निद्राको अवधि बढाइदिनाले शरीरमा इन्सुलिन उपयोगको क्षमता बढ्छ । यसले पाका व्यक्तिहरूमा टाइप-२ मधुमेह हुने जोखिम कम हुन्छ ।
इन्सुलिनले हाम्रो शरीरको रगतमा चिनीको स्तरलाई नियमित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । टाइप-२ मधुमेह भएका व्यक्तिहरूको शरीरले आफैंभित्रबाट निस्किने इन्सुलिनको प्रभावकारी उपयोग गर्न सक्दैन । यो रोग लाग्दा शरीरले इन्सुलिनप्रति प्रतिक्रिया गर्दैन । डा. लिउका अनुसार, कामको बोझले राम्ररी सुत्न नसक्ने प्रौढ व्यक्तिहरूले सुत्ने समय बढाए उनीहरूलाई मधुमेह लाग्ने खतरा कम हुन सक्छ ।

काठमाडौ, असार १७ - सर्वोच्च अदालतले संविधानसभा निर्वाचनमा भाग लिने उम्मेदवारको अयोग्यता तोक्नुको आधार र कारण पेस गर्न आदेश दिएको छ ।
अधिवक्ता रामचन्द्र पौडेलले गत साता उम्मेदवारको योग्यताका आधारको संवैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश तर्कराज भट्टको एकल इजलासले विपक्षीहरू सबैलाई कारण पेस गर्न भनेको हो । त्यसमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद् कार्यालय र निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइएको छ ।
राष्ट्रपति रामवरण यादवले जेठ ३१ गते जारी गरेको निर्वाचनसम्बन्धी अध्यादेशमा नैतिक पतन हुने किसिमले फौजदारी अभियोग लागेका व्यक्ति निर्वाचनमा उठ्न नपाउने उल्लेख छ । 'भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण वा राहदानी दुरुपयोगसम्बन्धी कसुरमा अदालतका अन्तिम फैसलाबाट सजाय पाएको' फौजदारी अभियोगको परिभाषाका सम्बन्धमा उक्त अध्यादेशमा भनिएको छ, 'ज्यानसम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएको ।'
यीबाहेक अन्य फौजदारी अपराधको उल्लेख अध्यादेशमा नभएकाले अन्य कसुरदारहरू उम्मेदवार हुन सक्ने खतरा देखिएको भन्दै पौडेलले रिट दायर गरेका हुन् । 'सबै फौजदारी अपराधमा संलग्नलाई निर्वाचनमा भाग लिन रोक लगाउनु' रिटको माग छ, 'अन्यथा सबै किसिमका व्यक्तिलाई भाग लिन दिनु भनी उपयुक्त आदेश वा पुर्जी जारी गरी पाऊँ ।'

अमेरिकाले आफ्ना नागरिकलाई इजिप्टको यात्रा नगर्न अपिल गरेको छ । त्यहाँ निरन्तर झडप भइरहेको हुनाले आकस्मिक सेवा बाहेकका कूटनीतिक कर्मचारी र उनीहरूका परिवारलाई समेत उक्त मुलुक छाड्न अमेरिकाले निर्देशन दिएको छ ।
अमेरिकी विदेश विभागले त्यहाँ रहेका आफ्ना अन्य नागरिकलाई सचेत रहन आग्रह गरेको छ । इजिप्टका राष्ट्रपति मुहम्मद मुर्सीका समर्थक र विपक्षीबीचको हिंसामा आफ्नो एक नागरिकसहित तिनको ज्यान गएपछि अमेरिकाले यो चेतावनी जारी गरेको हो । उक्त मुलुकको उत्तरी सहर अलेक्जान्डि्रया सहरस्थित मुस्लिम ब्रदरहुडको कार्यालयमा शुक्रबार विपक्षीले आक्रमण गर्दा दुई जनाको ज्यान गएको थियो । यो क्रममा उच्छृंखल भीडको तस्बिर खिचिरहेका एक अमेरिकी पनि मारिएका थिए । यो घटनामा दर्जनौं घाइते भएका थिए ।
राष्ट्रपति मुर्सीलाई समर्थन गर्ने ब्रदरहुडको मुलुकभरि आठ कार्यालय छ । राजनीतिक एवं सामाजिक अशान्ति मच्चिन सक्ने सम्भावनालाई ध्यानमा राखेर उसले नागरिकलाई गैरजरुरी भ्रमणका क्रममा इजिप्ट नजान भनेको
हो । इजिप्टको राजधानी कायरो विमानस्थलमा त्यो मुलुक छाड्न लागेका यात्रुले भरिएको छ । युरोप, अमेरिका र खाडी मुलुकका उडानहरू यात्रुले खचाखच भरिएका छन् । अधिकारीहरूले यसलाई अनपेक्षित र अप्रत्याशित बताएका छन् ।
विपक्षीले मुर्सीलाई सत्ता छाड्न माग गर्दै आइतबार निकाल्ने विशाल र्‍याली योजना अगाडि त्यहाँ तनाव झनै बढेको छ । मुर्सीले आइतबार एकवर्षे कार्यकाल पूरा गर्दै छन् । समर्थकहरूले मुर्सीको वैधानिकतालाई स्विकार्दै विपक्षीको मागलाई अस्वीकार गरेको छ ।
राजनीतिक दल र त्यसका कार्यकर्ताले विरोध गरे पनि अधिकांश जनता मुर्सीकै पक्षमा देखिन्छन् । लामो समयदेखिको अस्थिरताले त्यहाँ इन्धनलगायत अति आवश्यक दैनिक उपभोग सामग्रीको अभाव भएकाले विपक्षी दलसँग जनता आक्रोशित छन् ।
राष्ट्रपति मुर्सीले यो विभाजनले मुलुकलाई ठप्प पार्ने चेतावनी दिइसकेका छन् । उनले विपक्षीसँग वार्ता प्रस्ताव पनि अघि सारेका छन्, जसलाई अस्वीकार गरिसकिएको छ । स्वतन्त्र एवं निष्पक्ष ढंगले भएको निर्वाचनबाट मुर्सीले सन् २०१२ को जुन ३० मा इजिप्टको प्रथम इस्लाम राष्ट्रपतिको पदभार सम्हालेका हुन.् । उनको पहिलो वर्षको कार्यकाल निरन्तरको राजनीतिक अस्थिरता र मुलुकको मन्द आर्थिक अवस्थाबाट
गुज्रेको छ । राष्ट्रसंघका महासचिव बान कि मुनले शान्ति वार्ताको अन्तर्राष्ट्रिय सिद्धान्तको सम्मान गर्न इजिप्टेलीसँग आग्रह गरेका छन् । अमेरिकी विदेश विभागले पनि हिंसा हुन नदिनु राजनीतिक दलका नेताहरूको कर्तव्य भएकोमा जोड दिएको छ ।

काठमाडौ, असार १७ - नेपाल मेडिकल काउन्सिलले चिकित्सा शास्त्रमा स्नातकोत्तर गरेकाहरुको विशेषज्ञहरुको दर्ता प्रमाणपत्रको लागि लिइने विशेष परीक्षामा २९ चिकित्सक फेल भएका छन् । काउन्सिलले विशेषज्ञ चिकित्सकहरुको लागि लिने यो दोश्रो परीक्षा हो । यस पटक ३८ विषयमा परीक्षा संञ्चालन भएको छ । काउन्सिलमा शनिवार बिहान सुरु भएको परीक्षाको परिणाम राति एक वजे घोषणा गरिएको थियो ।
काउन्सिलको उक्त परीक्षामा विभिन्न विधामा स्नातकोत्तर गरेका एक सय ९९ जना विशेषज्ञ चिकित्सक सहभागी थिए । काउन्सिलका एक पदाधिकारीका अनुसार चीन र फिलिपिन्सवाट स्नातकोत्तर गरेका धेरैजसो चिकित्सक फेल भएका हुन् । नेपालबाट स्नातकोत्तर गरेका पनि दुई-तीन जना फेल भएको स्रोतले जनायो ।
काउन्सिलले केही महिना अघि चिकित्साशास्त्रका २५ विधामा स्नातकोत्तर गरेकाहरूका लागि विशेषज्ञ दर्ता प्रमाणपत्र दिन लिएको पहिलो विशेष परीक्षामा १३ चिकित्सक फेल भएका थिए । उनीहरूमध्ये ८ जना चीन, तीन जना फिलिपिन्स, एक जना रुस र एक जना नेपालबाट स्नातकोत्तर गरेका थिए ।
यस्तै काउन्सिलले चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएस गरेकाहरूलाई मुलुकमा चिकित्सा पेशा सञ्चालन गर्न अनुमति दिन हालै लिएको लाइसेन्स परीक्षामा सहभागीमध्येका ४६.६ प्रतिशत डाक्टरहरू अनुत्तीर्ण भएका थिए ।

काठमाडौँ, १७ असार ।वेष्टइन्डिजमा जारि त्रिकोणिय क्रिकेट श्रृंखलामा भएको भारत र वेष्टईन्डिज बिचको एकदिवसिय केलमा वेष्टईन्डिज १ विकेटले बिजयी भएको छ। प्रितस्पर्धात्मक केलमा वेष्टईन्डिज बिजयी भएको हो।

टस हारेर पहिले व्याटिङ गरेको बारतले निर्धारित ५० ओभरको खेलमा ७ विेकटको नोक्सानीमा २२९ रन बनाएको थियो। भारतकालागि रोहित शर्माले ६० र सुरेश रैनाले ४४ रनको योगदान गरेका थिए। वेष्टईन्डिजकालागि केमार रोच, ड्यारेन सामी र टिनो वेष्टले २-२ विेकट लिएका थिए। वेष्टईन्डिजको कसिलो बलिङ सामु भारतिय खेलाडीहरुले खुलेर खेल्न सकेनन्।

२३० रनको बिजयी लक्ष्य पच्छ्याएको वेष्टईन्डिजले ४७.४ ओभरमा ९ विेकट गुमाउँदै जित हात पारेको थियो। वेष्टईन्डिजकालागि जोन्सन चार्ल्सले ९७ र डारेन ब्राभोले ५५ रनको योगदान गरेका थिए। त्यसैगरि ड्यारेन सामीले २५ बलमा तिन छक्का र २ चौकाको मदतले २९ रन बनाएका थिए। भारतकालागि उमेश यादवले तिन विकेट लिएका थिए।

खेलको प्लेयर अफ द म्याज वेष्टईन्डिजका जोन्सन चार्ल्स घोषित भए। त्रिकोणिय क्रिकेट श्रृंखलामा सहभागी अर्को टोली श्रीलंका रहेको छ।

भारतमा सामान्य भन्दा तेब्बर ठूलो टाउको भएकी २० महिना बालिका रुना बेगमको तेश्रोपटक टाउकोको शल्यक्रिया गरिएको छ । भारतको गुडगाउस्थित फोर्टिस अस्पतालमा उनको टाउकोको शल्यक्रिया भएको हो । मस्तिष्कमा पानी भरिएसँगै उनको टाउको निकै ठूलो आकारको भएको थियो ।


टाउकाभित्रको पानी बाहिर निकाल्नुका साथै टाउकाको आकारलाई पुनर्संरचना गरी गोलाकार बनाउनका लागि यसअघि दुइपटक शल्यक्रिया गरिसकिएकोमा पछिल्लो शल्यक्रियापछि ती बालिकाको टाउको सामान्य अवस्थामा आउने अपेक्षा गरिएको छ ।

१५ असार, काठमाण्डौ । राष्ट्रिय बुद्धिचाल सङ्घ, नेपाल र नेपाल खेलकुद महासङ्घको आयोजनामा सर्वाधिक पुरस्कार राशिको ‘नेकोस दोस्रो राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता’ यही असार १७ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।
रेटिङसहित सञ्चालन हुने प्रतियोगितामा ५० जिल्लाका २०० जना खेलाडीले सहभागिता जनाउने अन्तर्राष्ट्रिय अर्बिटर -निणर्ायक) उमेश केसीले जानकरी दिनुभयो । रु नौ लाख ६३ हजार ६०० को लागतमा हुने प्रतियोगिताको पुरस्कार रु दुई लाख ५० हजार रहेकामा विजेतालाई रु ५० हजार प्रदान गरिने छ । प्रतियोगितामा जित हासिल गर्ने विभिन्न विधाका ४१ जनालाई नगद पुरस्कार प्रदान गरिने केसीले बताउनुभयो ।
प्रतियोगितामा प्रत्येक अञ्चलबाट खेलाडीको सहभागिता होस् भन्ने हेतुले यसपटकदेखि ‘अञ्चल प्रथम’ उपाधिसमेत प्रदान गर्न लागिएको छ । काठमाडौँ नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा सञ्चालन हुने प्रतियोगितामा नेपालका प्रायः सबै शीर्ष खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।

घरमा बालेको बिजुलीको बिलकै कारण मुर्छा परेका एक वृद्धको अन्ततः प्राणान्त भएको छ । विजुलीको बिल निकै धेरै आएपछि उनलाई हृदयाघात भएको थियो । ६१ वर्षका एस पी समरादासा नामका ती व्यक्तिले आफ्नो घरको विजुलीको बिल निकै धेरै उठेको भन्दै राष्ट्रिय विद्युत बोर्डमा उजुरी गर्न गएका थिए । बोर्डका अधिकारीहरुले विजुलीको महसूल बढेकाले यतिधेरै बिल उठेको बताउने बित्तिकै ती वृद्ध तत्काल ढलेका थिए । हृदयाघातबाट ढलेका उनको विजुली अफिसबाट अस्पताल ल्याउने क्रममा ज्यान गयो ।

श्रीलंकाली पत्रिकाहरुले यो घटनालाई मुख्य खबर बनाउदै बिजुलीको महसूलले एकजनाको ज्यान लिएको उल्लेख गरेपनि बिजुलीका खातिर ज्यान हाल्ने ती व्यक्तिको बिजुलीको बिल कति उठेको थियो भन्ने कुरा भने खुलाएका छैनन् ।
स्मरण रहोस् श्रीलंका महंगो बिजुली भएका एसियाली देशहरुमा पर्छ । मुख्यतया कोइला तथा तेलबाट निकालिएको बिजुलीको मूल्य प्रतियुनिट ७५ रुपैयाँ जति पर्छ । विद्युत बोर्डको घाटा चुलिएपछि श्रीलंकामा गएको मे महिनामा विजुलीको महसूल ह्वात्तै बढाइएको थियो ।

१७ असार, काठमाडौं । ब्राजिलले कन्फिडेरेसन कप फुटवलको उपाधिमा ह्याट्रिक गरेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा विश्व विजेता स्पेनलाई ३–० गोल अन्तरले आयोजक राष्ट्र ब्राजिलले उपाधि उचालेको हो । कन्फिडेरेसन कपको उपाधिमा ह्याट्रिक गर्ने ब्राजिल पहिलो देश हो । फ्रान्सले २ पटक उपाधि जितेको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्राजिलले दोस्रो मिनेटमा नै फ्रेडको गोलबाट अग्रता लिएको थियो । ४४ औ मिनेटमा नेइमारले गोल गर्दै अग्रता दोब्बर पारे भने ४७ औं मिनेटमा फ्रेडले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल ३–० ले अघि रह्यो ।
खेलको ५४ औं मिनेटमा स्पेनले पेनाल्टी पायो । तर, सर्जिओ रामोस गोल गर्न चुके । नेयमारलाई लडाएपछि जेरार्ड पीके रातो कार्ड खाँदै बाहिरिएपछि अन्तिम २२ मिनेट स्पेन १० खेलाडीमा सिमित भएको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा इटलीले उरुग्बेलाई टाइब्रेकरमा पराजित गरेको छ । निर्धारित तथा अतिरिक्त समय २–२ गोल भए पछि खेलको निर्णय टाइब्रेकरबाट लिइए।

साउदीमा कोठामा थुनेर दुई वर्षसम्म यौन शोषण
कञ्चनपुरकी एक युवती सुन्दा पनि कहालिलाग्दो घटनाको सिकार भएकी छन् । राम्रो जागिर लगाइदिने प्रलोभनमा साउदी अरब पुर्‍याइएकी ती युवती दुई बर्षसम्म घरमालिक र उनका पाहुनाको यौन शोषणको सिकार भएकी हुन् ।

आफूलाई ललाईफकाई अबैध तरिकाले विदेश लग्ने बाँकेका तीन जना विरुद्ध पीडितका तर्फबाट उनकी बहिनीले मंगलबार जिल्ला अदालतमा ‘मानव बेचविखन तथा ओसारपसार’ मुद्दा दर्ता गरेकी छन् । प्रहरीले आरोपित मध्येका एक रझेना ७ का देवी सुनारलाई पक्राउ गरेको छ । बेतनी २ का अमिर उल्ला खाँ र अलि उल्ला खाँ फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरक्षिक भूपाल कुमार भण्डारीले सुनारलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए ।

राजदूतावास, साउदीमा कार्यरत नेपाली तथा विभिन्न सामाजिक संघसंस्थाको पहलमा गत साता स्वदेश पर्किएकी परासन ७, धनसिंहाकी ती १८ बर्षकी युवतीले घरेलु कामदारका रुपमा गैरकानुनी तरिकाले भारतको मुम्बई हुँदै त्यहाँ पुर्‍याइएदेखि उद्धार नहुन्जेलसम्म यौन शोषणको सिकार भएको बताएको खबर कान्तिपुर दैनिकले छापेको छ । ‘दिउँसो घर मालिकले कोठामा थुनेर बाहिरबाट चाबी लगाउँथे,’ बयानमा उनले भनेकी छन् ‘राति ती अरबी मालिक र उनका पाहुना पासविक तरिकाले जबर्जस्ती इज्जत लुट्थे ।’

पर्यटकका लागि ठमेललाई शान्त क्षेत्रको रूपमा चिनाउन ठमेल पर्यटन परिषद्ले दिनको केही घन्टा त्यहाँ सवारी साधन लैजान रोक लगाउने योजना बनाएको छ ।
'आनन्दसँग सपिङ गर्दै घुमेको मज्जा लिन पाउन् भन्ने उद्देश्य हो,' परिषद् अध्यक्ष रामशरण थपलियाले भने । आगामी साउनदेखि ठमेलमा दिउँसो १२ देखि ३ बजे र बेलुका ६ देखि ९ बजेसम्मका लागि ठमेल क्षेत्रमा सवारी जान नदिन परिषद्ले त्यहाँका स्थानीयसँग विभिन्न चरणको वार्ता पनि गरिसकेको छ । 'यसक्रममा झन्डै ८० प्रतिशत व्यवसायी र स्थानीयले यो योजना लागू गर्नका लागि सहमति जनाएका छन्,' उनले भने ।
यसअघि परिषद्ले बिहान ८ देखि बेलुका ८ बजेसम्म ठमेलमा सवारी लान रोक लगाएको थियो । त्यहाँका व्यवसायी तथा घरधनीका लागि दिइने पास बनाउनका लागि ठूलो आर्थिक भार बहन गर्नुपर्ने स्थिति आएपछि त्यो योजना स्थगित गरिएको थियो । छोटो अवधिलाई बाँडेर सवारीमा रोक लगाए पासको समस्या नआउने उनले बताए ।
ठमेलमा सडक चौडा गर्ने ठाउँ नभएकाले पर्यटकलाई सहज हिँडडुल र मनोरञ्जन लिनका लागि यसरी समय छुट्याउनु राम्रो विकल्प भएको उनको भनाइ छ । ठमेल स्थानीयका अनुसार महिलाका लागि बेलुका या रातको समयमा आफ्नो सवारी टाढा छोडेर घर पुग्न सजिलो नहुने भएकाले यस्ता समस्याको समाधानसहित आउनुपर्छ ।
ठमेललाई साइकल सिटी बनाउन लागेका एक स्थानीयले भने 'यहाँ स-साना गल्लीहरू धेरै छन् जसलाई वाकिङ वे बनाउन सकिन्छ । उचित सार्वजनिक शौचालयको व्यवस्था नहुँदा यी बाटाहरू दुर्घन्दित भएका छन् ।

लसुन  दिनमा 2-3 पोटी लसुन सेबन गर्नुस प्याज   सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो] कालो चना कालो चना यो हप्तामा 3/4 बार खाने गर्नुस गाजर अलिकति काटेको गाजर (150ग्राम ), उसिनेको अण्डा अनि एक...
ताजा फलफूलको सेबन   यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा 5-5 घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट खैनी बिडी रक्सि चिया र कफी देखि टाढा रह... 

कोशी ग्यासबाट उत्पादित खाना पकाउने ग्यास सिलिण्डरहरु कमतौल गरेर उपभोक्तलाई ठगिगरेको पाइएको छ । खाना पकाउने सिलिण्डरमा प्रतिसिलिण्डर ४ केजीसम्म कमतौल भएको फेला परेको छ ।
कोशी ग्यासको कावासोतीमा रहेको डिलर श्रृजना इन्टरप्राईजेजबाट बिक्री हुँदै आएको ग्यास शिलिण्डरहरु स्थानीयले शंका लागेर जोख्दा हरेक सिलिण्डरमा आधा केजीदेखि ४ केजीसम्म तौल कम भएको भेटिएको हो ।
डिलरबाट घरमा लगेको ग्यास महिनादिन पनि नपुग्ने गरेपछि उपभोक्ताले शंका लागेर जोख्दा कमतौल भएको भेटिएको हो । कमतौल भएका शिलिण्डरको हल्लापछि घरघरबाट गृहिणीले तौलकेन्द्रमा जोखाउन ल्याउनेको भीड नै लागेको थियो ।
प्रहरीले आधिकारीक डिलर श्रृजना इन्टरप्राइजेजमा छापामारेर सबै सिलिण्डर शिलबन्दी गरेको छ । त्यहाँका १ सय ८ वटा शिलिण्डरमा शिल गरेको छ । पहिलो चरणमा १८ वटा शिलिण्डर जोख्दा ७ वटामा कमतौल भेटिएको हो ।
नवलपरासीको गैंडाकोटमा रहेको कोशी ग्यास कारखानाबाट उत्पादित शिलिण्डरहरुमा कमतौल भेटिएपछि  प्रहरीले नापतौल विभागमा खबर गरेको जानकारी दिएको छ । नापतौलका प्राविधिकहरुले परीक्षण गरेपछि कसले बदमासी गरेको हो भन्ने खुल्ने छ ।
कमतौल भएका शिलिण्डरबाट आफूहरु ठगिएको थाहा पाएपछि कावासोती र आसपासका गृहिणीहरुले महेन्द्रराजमार्गको यातायात केहिबेर अवरुद्ध गरेर कडा कारबाही गर्न माग गरेका थिए ।
आधाघण्टा जामगरेपछि यातायात सुचारु भएको थियो । ग्यास डिलरका सञ्चालक रामकृष्ण पुडासैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट सुरुङ्ग खनेर फरार भएका १२ जना कैदीमध्ये कुख्यात अपराधी धिरेन्द्र यादवसहित तीन जना पक्राउ परेको छ ।  यादव नै कारागारमा सुरुङ्ग खनेर कैदी भगाउने योजनाका मुख्य योजनाकार रहेको बताइन्छ ।
भारतीय प्रहरीले बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको कटैया-भवानीपुर क्षेत्रबाट यादवलाई आइतबार पक्राउ गरिएको बिहार विरपुरका डीएसपी मनोजकुमार रामले बताए । यादवसँगै अरु दुई जना पक्राउ परेको विषयमा भारतीय प्रहरीले केही खुलाएको छैन ।
तर, श्रोतका अनुसार भुम्का कारागारबाटै यादवसँगै फरार भएका सुभाष झा र बमबम यादव पनि पक्राउ परेको छ । तीनै जना २३ कार्तिक, २०६९ मा झुम्का कारागारबाट फरार भएका थिए ।
कुख्यात अपराधी धिरेन्द्र यादवमाथि नेपालमा जिल्ला कृषि विकास बैंक सप्तरीका तत्कालिन प्रमुख विक्रम शाहको हत्या, नेपाली नागरिकता, हातहतियार, लुटपाट सहितका मुद्दा छन् । यता झुम्का जेलबाट फरार हुनु अगाडि सुभाष यादव सिरहा जेल ब्रेक गरेर त्यहाँबाट पनि फरार भएका थिए । उनीमाथि नेपालमा नागरिकता, हातहतियार तथा लुटपाटका मुद्दा छन् । यस्तै बमबममाथि पनि तत्कालिन सप्तरी कृषि बैंकका प्रमुख शाहको हत्या र लुटपाटका मुद्दा छन् ।
शाहको हत्यापछि सप्तरी प्रहरीले लामो समयको प्रयासपछि धिरेन्द्र र बमबमलाई सुनसरीको इटहरीस्थित एक रिसोर्टबाट पक्राउ गरेका थिए । त्यसपछि सप्तरी जिल्ला अदालतबाट कर्तब्य ज्यानको मुद्दा सजाय भोग्ने क्रममा दुबै जना सप्तरी अदाल
तबाट सरुवाहुँदै पछिल्लो पटक झुम्का कारागार पुगेका थिए ।

१६ असार, काठाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज बीमा समूहबाहेक सबै समूह सूचकमा गिरावट आएको छ । नेप्से परिसूचक २.४१ अंकले घटेर ४९३.१३ अंक कायम भएको छ । आज ८२ कम्पनीको ६ करोड २५ लाखको कारोबार भएको छ ।
उल्लेख्य अंकमा सेयर मूल्य घट्ने कम्पनीमा नबिल बैंक २३, बुटवल पावर कम्पनी १५, प्राइम बैंक १०, नेपाल एसबिआई ८ र स्ट्याण्डर्ड चार्टर्ड ९, बैंक अफ काठमाण्डू ५, कुमारी बैंक ५, लुम्बिनी बैंक ७ र एनबी बैंक ५ रुपैयाँ रहेका छन् । त्यसैगरी, उच्च मूल्य बढ्ने कम्पनीमा नेसनल लाइफ ११ र एभरेष्ट बैंक पि्रफरेन्स ४८ रुपैयाँ रहेका छन् । आज नेसनल लाइफ इन्स्योरेन्सको १० लाख र नवगदुर्गा फाइनान्सको १ लाख ३४ हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

झ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्किँदा चीनमा एक जोडीको ज्यान गएको छ । झ्याल भत्किएपछि सम्भोगमा लिप्त ती महिला पुरुष एक अर्कोलाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बज्रिएका थिए । मध्यचीनको वुहान सहरमा यो घटना भएको छ ।
 प्रत्यक्षदर्शीका अनुसार ती महिला पुरुष झ्यालबाट भुइँसम्मै खस्दा एक अर्काको अँगालोमै बाँधिएका थिए । यस अर्थमा उनीहरु बेहोसी तालमा झ्यालको आड लागेर सम्भोग गर्न थालेको बेला झ्याल टुट्दा खसेको अनुमान गरिएको हो । यद्यपि यसको पुष्टि भैनसकेको बताइएको छ । भुइँमा महिला र पुरुषको नग्न शव छुट्टाछुट्टै रुपमा कपडाले छोपेर राखिएको र आसपासमा रगतका टाटाहरु भएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटनाको छानविन भैरहेको प्रहरीले जनाएको छ । स्थानीय साइटहरुका अनुसार उक्त भवनका झ्यालढोकाहरु निकै कमजोर थिए । त्यसकारण एक जोडी मान्छेको बल पनि थेग्न सकेनन् ।

अमेरिकाको राष्ट्रिय सर्भे कम्पनीले मानिसहरुको यौन सम्बन्धका विषयमा एक विस्तृत तथा महत्वपूर्ण सर्भेक्षण गरेको छ । जसबाट निकै रोचक तथा अनौठा खालका नतिजा समेत बाहिर आएका छन् । सर्भेक्षणको नतिजालाई समावेश गरी एक किताब समेत प्रकाशित भएको छ, जसको नाम व्हाट वुमेन्स वान्ट : एडभेन्चर इन साइन्स अफ फिमेल डिजाएर राखिएको छ ।
यो सर्भेक्षण तीन उमेर समूहमा गरिएको थियो । पहिलो २५ देखि ३०, दोश्रो ३१ देखि ४५ र तेश्रो ४६ भन्दा माथि । झण्डै १० हजार मानिसमा यो सर्भेक्षण गरिएको थियो । यौन सम्बन्ध, प्रेम सम्बन्ध, दाम्पत्य जिवन, लगायतका विषयमा सहभागीलाई प्रश्न सोधिएको थियो । सर्भेक्षणबाट यौन सम्बन्धि विषयमा केही त्यस्ता तथ्य समेत सार्वजनिक भए जो सुन्दा पनि पत्यार लाग्दैन किनकी प्राप्त नतिजाभन्दा हाम्रेा सोचाइ ठ्याक्कै उल्टो हुने गरेको छ । सर्भेक्षणबाट प्राप्त यौन सम्बन्धि केही रोचक तथ्य निम्न छन् :
पुरुषमा भन्दा महिलामा यौनइच्छा बढि हुन्छ । तथापि उनीहरुले सुरुमा यो प्रकट गर्न संकोच मान्छन् ।

विवाहले मान्छेको आयू बढाउँछ । विवाहपछि हुने नियमित यौन सम्पर्कलेमानिसको मन शान्त हुनुका साथै मान्छे शारीरिक रुपमा पनि स्वस्थ बन्दछ, जसले
स्वभाविक रुपमा मान्छे बढि बाँच्छ ।
अविवाहित मानिसको क्यान्सरका कारण मृत्यु हुने खतरा बढि हुन्छ ।अविवाहितलाई खासगरी फोक्सो, स्तन तथा प्रोस्टेट ग्रन्थीको क्यासर बढि हुने
गर्छ ।
यौनिक रुपमा सक्रिय मानिसहरुमध्ये सयमा ७२ जनाले नयाँ साथीसँग कुनैसुरक्षाका उपाय नअपनाइकनै सेक्स गर्ने गर्छन् ।
 मृत्युको बारेमा बढि सोचिरहने पुरुषले बढि बच्चा जन्माउने इच्छा व्यक्त गर्छ ।
 गर्भनिरोधक चक्की खाने महिलाहरुको पिसाबबाट निस्कने ओस्ट्रोजन हर्मोनलेखाद्य श्रृंखला तथा खानेपानी समेत दुषित गर्नसक्छ । यो हर्मोनले विशेष प्रकारको क्यान्सरलाई बढावा समेत गर्ने बताइन्छ । विश्वमा सबैभन्दा बढि गर्भनिरोधक चक्कीको सेवन १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरुले गर्ने गर्छन् । किनकी यो उमेर समूहमा सबैभन्दा बढिअसुरक्षित यौन सम्पर्क हुने गर्छ । पति पत्नीबीचको सम्बन्ध गाढा तथा आत्मिय बनाइराख्न नियमित सम्भोग अत्यावश्यक हुन्छ ।
श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै लोग्नेलाई भन्ने गर्छन् भनेलोग्नेले आफुमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् ।
 नियमित यौन सम्पर्क राख्नाले मुटुरोग, उच्च तनाव, मधुमेह जस्ता रोगकोरोकथाममा सहयोग पुग्छ ।
 धेरैले सोँछन् कि लिंगमा हाड हुँदैन त्यसैले यो भाँचिदैन । तर यसो होइन यदि लिंगलाई जोडसँग मोडियो लिंगको मांसपेशी टुट्नसक्छ, जसलाई लिंग भाँचिएको भनिन्छ । यसरी लिंग भाँचियो भने त्यसको उपचार गरीपहिलेको अवस्थामा ल्याउनु प्रायः असम्भव नै हुन्छ ।

‘तेश्रो मिस ग्लोबल इन्टरनेशल’ बन्नका लागि शनिबार युवतीहरुको भिड नै लाग्यो । १८ देखि २४ बर्ष उमेर समूहका अविवाहित युवतीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन गर्नका लागि यो प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले आयोजना गर्न लागेको प्रतियोगिताको पहिलो चरणको अडिशनमा ५५ जना युवतीहरु सहभागी भएका थिए । जसमध्ये दोश्रो चरणको अडिशनका लागि ३० युवतीहरु छनोट भएका छन् । अडिशनमा पूर्व मिस नेपाल माल्भिका सुब्बा र कन्सल्टेन्सीका प्रबन्धक मनोजकुमार निणर्ायक थिए ।प्रतियोगिताको टाइटल जित्ने युवतीले २ लाख नगद पुरस्कार र विदेश पढ्न जानका लागि प्लेन टिक प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै फष्ट रनरअपले ८० हजार र सेकेण्ड रनरअपले ४० हजार रूपैंयाँसहित एयर टिकट पाउँनेछन् । प्रतियोगिताको फाइनल साउन १२ गते काठमाण्डौको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ ।

अष्ट्रेलियन र्‍यापर इजी अजेलियाले हालै मात्र एक कन्सर्टमा भाग लिइन् । तर यो कन्सर्टमा भाग लिन आएका दर्शकले उनको गायकीलाई भन्दा पनि टिसर्टमा ध्यान दिएका थिए । दर्शकको ध्यान तान्नका लागि यि र्‍यापरले लगाएको टिसर्टको आकृतीले धेरै काम गरेको थियो । उनले विभिन्न पोजमा गीत गाएर दर्शकलाई लठ्ठ बनाएकी थिइन् । २३ बर्षकी यि गायिकाले आफू दर्शकलाई बाँधेर राख्न सफल भएको पुष्टी पनि गरेकी थिइन् ।

१५ असार, काठमाण्डौ । नेपाल निहोन सोबोकान कराते डो संघको आयोजनामा प्रथम प्रशिक्षक प्रशिक्षण तथा राष्ट्रिय रेफ्री सेमिनार हुने भएको छ । असार २२ देखि २६ सम्म हुने सेमिनारलाई भारतका पाँचौं डान कमल नेत्रीले संचालन गर्नु हुने नेपाल निहोन सोबोकान कराँतेका अध्यक्ष जितेन्द्र कुमार मुक्तानले जानकारी दिनुभयो ।
सेमिनारमा काठमाडौ उपत्यका तीन जिल्ला र मोफसलका दोलखा, रामेछाप, सिन्देपालचोक, मकवानपुर, बारा, चितवान, बाग्लुङ, म्याग्दी, पर्वत, कास्की, ईलाम, नवलपरासी, लङजुङ,रसुवा र धादिङ जिल्लाका २-२ प्रशिक्षकले सहभागिता जनाउने छन् ।

नेपालमा विभिन्न कालखण्डमा भएको राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनमा विद्यार्थी शक्तिले खेलेको भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन । एक सय चार वर्षे राणाशासन, पञ्चायती व्यवस्था र त्यसपछिको शाही शासनका बेला विद्यार्थी शक्ति परिवर्तनको संवाहक बनेका थिए । विद्यार्थी आन्दोलनकै पृष्ठभूमिबाट विभिन्न राजनीतिक दलसँग आबद्ध प्रभावशाली नेताहरू पनि जन्मिए । राजनीतिक परिवर्तनमा भूमिका खेल्ने विद्यार्थी शक्तिले आजको परिवर्तित अवस्थामा शैक्षिक क्षेत्रमा आवश्यक परिवर्तन र सुधारका लागि प्रभावकारी भूमिका खेल्न सकेको छैन । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको सन्दर्भमा विद्यार्थी शक्तिले राजनीतिक मात्रै होइन, शैक्षिक मुद्दालाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा त्यहींनेर चुकिरहेको छ ।
गौरवशाली इतिहासको जगमा उभिएको विद्यार्थी आन्दोलनले समयअनुरूप आफ्नो भूमिकालाई परिष्कृत गर्दै लैजान नसक्दा यतिबेला चर्को आलोचना खेप्नुपरेको छ । शिक्षा सबैका लागि आधारभूत कुरा हो । हुनेखाने वर्ग वा हुँदा खाने वर्ग सबैले शिक्षाको समान अवसर पाउनुपर्छ । शिक्षाको गुणस्तरदेखि सर्वसुलभ अवसर र पहुँच नपुगेको लगायतका दर्जनौं मुद्दा छन्, जसलाई विद्यार्थी आन्दोलनले आफ्नो उपल्लो एजेन्डा बनाउन सक्नु पथ्र्यो । तर, दल र नेताका राजनीतिक स्वार्थ र गुटबन्दीमा लागेर विद्यार्थी आन्दोलनका अभियन्ता संगठनहरूले बाटो बिराउँदै गएका छन् । झन्डै पाँच वर्षपछि हुन थालेको स्ववियु निर्वाचन पनि विद्यार्थी संगठनहरूकै गलत संस्कारका कारण स्थगित हुनुले विद्यार्थी राजनीतिमाथि प्रश्नचिह्न लागेको छ ।
विद्यार्थी राजनीतिले युवा पुस्ताको आकर्षण गुमाउँदै गएको छ । यसमा सक्रिय युवापुस्ता निरुत्साहित हुँदै गएका छन् । विभिन्न माउ पार्टीले विद्यार्थी संगठनलाई कार्यकर्ताको भीड  जम्मा गर्ने र आफ्नो अनुकूलतामा विरोधी शक्तिविरुद्ध प्रयोग गर्ने प्रवृत्ति बढेकाले निराशा बढेको हो । यो अवस्था एकातिर विद्यमान छ भने अर्कोतर्फ विद्यार्थी संगठनका नेताहरूले यसलाई मागी खाने भाँडो बनाउँदै लगेको देखिन्छ । संगठनका नाममा गुन्डागर्दी, चन्दा असुली, बिना मेहेनत विलासी जीवन बिताउने प्रवृत्ति हावी हुँदै गएको छ । विभिन्न ठेक्कापट्टामा विद्यार्थी नेताहरूको हातहतियारसहितको सहभागिताको समाचारले यस्ता कुरा प्रमाणित गर्छ । यसले समग्र विद्यार्थी आन्दोलनलाई बदनाम मात्रै गरेको छैन, भविष्यका नेता उत्पादन हुने विद्यार्थी संगठनको औचित्यमाथि नै प्रश्न उठाइदिएको छ । विद्यार्थी संगठनले आफ्नो भूमिका गम्भीर समीक्षा गर्दै नबढ्ने हो भने प्रभाव घट्दै गएको यो आन्दोलन झनै शिथिल हुनेछ । त्यसकारण विद्यार्थी आन्दोलनले यतिबेला राजनीतिक गोटी बन्ने होइन, मुलुकको शैक्षिक मुद्दामा आफूलाई केन्दि्रत गर्नुपर्छ । निजी शिक्षामा व्यापारीकरण छ भने सरकारी शिक्षाको गुणस्तर सधैंको समस्या बनेको छ । नेपाली विद्यार्थी गुणस्तरीय शिक्षाका लागि दिनप्रतिदिन लाखौं खर्चेर विदेश जाने प्रवृत्ति छ । हामीले यही विदेशी स्तरको शिक्षा दिन नसकेकाले नै यसरी बिदेसिनुपरेको हो । यसले एकातिर ठूलो धनराशि बिदेसिएको छ भने अर्कातिर मानवीय स्रोत पनि पलायन हुँदै छ ।
विद्यार्थी आन्दोलनलाई गति दिने हो भने, यसलाई शैक्षिक मुद्दामा केन्दि्रत गर्नुपर्छ । विद्यार्थी संगठनलाई अनुशासित बनाउँदै जसरी पैसाको राजनीति हावी छ, त्यसको अन्त्य गर्नुपर्छ । अनि कम्तीमा कक्षा १२ सम्मका विद्यार्थीलाई राजनीतिमा प्रयोग नगर्ने प्रतिबद्धता सबै संगठनले जनाउनुपर्छ । सकारात्मक संस्कार विकास गर्न सके त्यसले मुलुककै लागि असल र सफल नेतृत्व निर्माण गर्न सक्छ ।
विधिले संस्कारको निर्माण गर्छ । जब विधि र संस्कार कमजोर हुन्छ तब राजनीतिक मूल्य र मान्यता कमजोर हुन्छ । जब राजनीतिक मूल्य र मान्यता कमजोर हुन्छ,  त्यसको असर सबै तहमा पर्छ  । अन्ततः यसको असर जनताले भोग्नुपर्छ । विद्यार्थी राजनीतिमा हुर्कंदो गलत संस्कार भविष्यको राजनीतिलाई प्रभाव पार्ने भएकैले आज चिन्ता गर्नुपरेको हो । त्यसकारण पहिले संस्कार बनाऔं र त्यसपछि विद्यार्थीका मुद्दालाई उच्च प्राथमिकता साथ उठाऔं अनि विद्यार्थी राजनीतिप्रतिको घट्दो साख विश्वासमा बदलिन्छ ।

एजेन्सी, असार १५ - बलिउडमा रणवीर नाम भएका हिरो धेरै छन् । सानो बजेटका फिल्ममा हिरो तथा ठूलो बजेटकामा कमेडियन बन्ने रणवीर शोरी एउटा छन् । उनी विनय पाठकको जोडीका रूपमा कहिले चिनिन्छन् त कहिले अभिनेत्री कोनकोना शेन शर्माका पतिका रूपमा । यस्तै, अर्का रणवीर छन्, रणवीर सिंह । 'ब्यान्ड बाजा बारात'बाट रातारात हिट भएका यिनको अर्को फिल्म 'लेडिज भर्सेज रिक्की बहल' पmलप भएको थियो । र, तेस्रो रणवीर छन्- रणवीर कपुर ।
अहिले यिनै रणवीर कपुर बलिउडमाथि वर्षाको बादलझैं छाएका छन् । यो साता भारतका दुई ठूला साप्ताहिक पत्रिकाहरु 'इन्डिया टुडे' र 'टाइम्स अफ इन्डिया क्रिस्ट' ले रणवीरलाई आफ्नो कभर स्टोरी बनाए । समीक्षकदेखि सामान्य दर्शकसम्म, फिल्ममेकरदेखि सहकलाकारसम्म सबै यिनको प्रशंसामा एकजुट भएका छन् । एक हिसाबले भन्ने हो भने यिनी अहिले बलिउडी एकताको प्रतीक बन्न पुगेका छन् । तपाईंलाई यो सुन्दा अचम्म लाग्ला तर राष्ट्रिय एकताको प्रतीक खोजिएजस्तो हरेक उद्योगमा पनि एउटा त्यस्तो नेताको खोजी गरिन्छ, जसको नाममा आएपछि सबै एकमत हुन्छन् । फिल्म उद्योगमा त्यस्ता नेतालाई सुपरस्टार भनिन्छ ।
सुपरस्टारको अर्थ धेरै फिल्म हिट हुनुमात्र होइन । यसको अर्थ फिल्म क्षेत्र र अन्य क्षेत्रमा पनि प्रभावशाली हुनु र आवश्यक परेका बेला उद्योगलाई नै दिशानिर्देश गर्न सक्नु हो । अमिताभ बच्चन त्यसैका उदाहरण थिए । बच्चनका फिल्म हिट मात्र होइन, पmलप पनि त्यति नै भएका छन् तर फिल्म नचले पनि उनी कहिल्यै पmलप भएनन् । उनलाई कहिल्यै कम आँकिएन । आर्थिक अवस्थाले टाट पल्टिएका बेला पनि बच्चनको शान कायमै थियो ।
तर, जब यी बच्चन बूढा भए त्यसपछि सुरु भयो, नयाँ सुपरस्टारको खोजी । अनिल कपुर, सनी देओल, मिथुन चक्रवर्ती, गोविन्दा र सञ्जय दत्त हुँदै आएको यो खोजी अन्ततः तीन खानमा आएर टुंगिएको मानियो । शाहरूख, सलमान र आमीर खानलाई सुपरस्टार भन्न थालियो । यी तीनै सँगैजसो बलिउड आएका अजय देवगन र अक्षय कुमार पनि यिनका सँगसँगै हिँडे । यिनीहरूभन्दा दस वर्षपछि बलिउड आएर ऋत्विक रोशन पनि बेलाबेला यिनका अघिपछि कुदिरहेका भेटिन्छन् ।
तीन खान तथा अजय र अक्षय हिरो भएको दुई दशकभन्दा बढी भइसकेको छ । र, यी हिरोहरू कलेज जाने युवाको भूमिकाका लागि बिल्कुल नसुहाउँदो हुन थालेका छन् । बक्स अफिसमा यिनीहरू नै अरूभन्दा अगाडि भए पनि बलिउडमा नयाँ सुपरस्टारको खोजी तीव्र रूपमा भइरहेको छ । र, यो खोजी अचेल सोझैं रणवीर कपुरमा गएर अडिने गरेको छ । उनको पछिल्लो फिल्म 'ए जवानी है दिवानी'ले अहिलेसम्म १८४ करोड भारु कमाइसकेको छ र यसले अझै कमाइरहेको छ । अहिलेसम्मका सबभन्दा धेरै पैसा कमाउने फिल्ममा यो तेस्रो नम्बरमा पुगेको छ । अब योभन्दा अगाडि आमीर खानको 'थ्री इडियट्स' (२०२ करोड) र सलमान खानको 'एक था टाइगर' (१९८ करोड) मात्र छन् । रणवीरको अर्को फिल्म 'बर्फी'ले पनि सय करोड कमाएको छ भने 'राजनीति'ले ९८ करोड ।
जम्मा पाँच वर्षको करिअरमा रणवीरले १० फिल्ममा अभिनय गरेका छन् । यसमा सबै विधाका फिल्म छन् । 'राजनीति' जस्तो गम्भीर विषयको फिल्मदेखि 'अजब प्रेमीकी गजब कहानी' तथा 'रकेट सिंह', 'रकस्टार'का साथै उनले 'वेक अप सिड' र 'बर्फी'जस्ता फिल्ममा नितान्त फरक भूमिका गरे । गजब कुरा त के छ भने एउटा 'रकेट सिंह' बाहेक यी सबै फिल्म हिट भए । यसबाट उनले फरक अभिनय गर्छन् भन्ने मात्र होइन, दर्शकले उनलाई सबै भूमिकामा स्विकार्छन् भन्ने देखिन्छ । यसलाई सुपरस्टारको एउटा लक्षण मानिन्छ ।
यति छोटो समयमा उनले राजकुमार सन्तोषी, प्रकाश झा, सीमित अमिन, अनुराग बसु, सञ्जयलीला भन्साली र इम्तियाज अलीजस्ता प्रख्यात निर्देशकका फिल्ममा अभिनय गरे । पहिलो र दोस्रो फिल्म पmलप भए पनि रणवीर असफल भएनन् । विख्यात अभिनेता राज कपुरका नातिले आपmनो स्थान बनाएर छाडे । उनको चमक र दर्शकमा उनीप्रतिको सम्मोहन हेर्दा अबका सुपरस्टार रणवीर नै हुन्जस्तो देखिन्छ ।
रणवीरका प्रतिद्वन्द्वी अभिनेताहरूलाई हेर्ने हो भने उनीहरूको यो रेन्ज देखिँदैन । इमरान खान, रणवीर सिंह, शाहिद कपुर, सुशान्त सिंह राजपुत, इमरान हासमी, नवाजुद्दिन सिद्दकी, अर्जुन कपुरलाई रणवीरका प्रतिद्वन्द्वी मान्ने गरिएको छ । सैफ अली खान, अभिषेक बच्चन, जोन अब्राहम, इरफान खानजस्ता यी दुई पुस्ताका बीचका अभिनेतालाई यो दौडमा सामेल गरेर हेरिँदैन ।
यसरी हेर्दा शाहिद कपुर सबभन्दा पुराना देखिन्छन् । केही फिल्म हिट भएका शाहिद पछिल्लो समय असफल भइरहेका छन् । राजकुमार सन्तोषीदेखि प्रभु देवासम्मका नयाँ फिल्म खेलिरहेकाले उनले कमब्याक गर्ने सम्भावना बताइन्छ । अनुराग कश्यपको 'ग्याग्स अफ वासेपुर'बाट छाएका नवाजुद्धिनलाई राम्रो अभिनेता मानिए पनि उनमा स्टार क्वालिटी छैन । यिनै अनुरागको पनि नयाँ फिल्म रणवीरले खेल्दै छन् । 'काइपोचे'का सुशान्त सिंह राजपुतले राजकुमार हिरानीको फिल्ममा आमीरसँग तथा मनीष शर्माको फिल्ममा परिणिती चोपडासँग अभिनय गरिरहेका छन् । टीभी सिरियलबाट आएका राजपुतले रणवीरलाई टक्कर दिन सक्ने ठानिन्छ ।
रणवीरसँगसँगै आएका इमरान खानले आफ्नो करिअरको गियर बढाउन सकेका छैनन् । थुप्रै फ्लप फिल्मपछि एउटा हिट दिने उनको बानी छ । अभिनयको विविधता र भूमिका छनोटमा पनि उनी चिप्लिने गरेका छन् । पछिल्लो समय फरक खाले भूमिकामा सफलता पाउँदै गरेका इमरान हासमी रणवीरसँगसँगै छन् । तर, उनले पनि ठूलो सफलता पाउन सकेका छैनन् । सानो बजेटका फिल्मको औसत कमाइले उनलाई टिकाइराख्न त सक्छ र सुपरस्टार बनाउन सक्दैन । गत वर्षमात्र आएका अर्जुन कपुर, सिद्धार्थ मल्होत्राजस्ता कलाकारको खास परीक्षण हुनै बाँकी छ । रणवीर सिंहको भाग्य भने यसै महिना आउने फिल्म 'लुटेरा'ले तय गर्नेछ । 'लेडिज भर्सेज रिक्की बहल'को असफलतापछि आउने यो फिल्म हिट भएमा उनी रणवीरको खास प्रतिद्वन्द्वी बन्न सक्छन् ।
रणवीरको अर्को रोचक कुरा के छ भने उनले आफूभन्दा सिनियर हिरोइनहरू कटि्रना कैफ, कोनकोना शेन शर्मा, पि्रयंका चोपडा र विपासा वसुका साथै सँगैकी दीपिका पादुकोण र पछि आएकी नरगिस फाकरीसँग पनि जोडी बनाए । सोनम कपुर, दीपिका, कटि्रना र पि्रयंकासँग उनको नाम पनि जोडियो ।  

काठमाडौं १६ असार । मुलुककै सबैभन्दा ठूलो अस्पताल वीरमा पानी नभएका कारण शुक्रबार दिउँसो शल्यक्रिया रोकिएको छ। शल्यक्रियाका लागि भर्ना भएका केही बिरामीलाई ‘अर्को दिन आउनू’ भन्दै डिस्चार्ज  गरिएको थियो भने अन्य बिरामी पनि शल्यक्रिया नगराई फर्किएका थिए।
शनिबार पनि आकस्मिक कक्षका वार्ड, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका क्वार्टरमा पानीको हाहाकार थियो। कुनै–कुनै शल्यकक्षमा धमिलो पानी मात्रै झरेको छ। शल्यकक्षको धारामा दिउँसो पानी आएपछि आकस्मिक शल्यक्रिया नै रोकिने डरले कर्मचारीले बाटा, बाल्टिनजस्ता भाँडामा पानी थापेर राखेका समाचार दीपक दाहालको बाइलाईनमा आजको नागरिक दैनिकले छापेको छ ।
अस्पतालले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई छाडेर निजी कम्पनीसँग पानी लिन थालेपछि यस्तो समस्या आएको हो। अस्पतालको पुरानो स्रोत डिपबोरिङमा पानी कम भएपछि कारण खोजी नै नगरी वीरले केही समय केयुकेएलबाट पानी ल्याएको थियो। पछि धौलागिरी नामक कम्पनीबाट पानी लिन थालेको थियो। कम्पनीले हडतालको कारण देखाउँदै पानी नल्याउँदा अस्पतालमा पानीको हाहाकार भएको हो। अस्पतालमा दैनिक लाख लिटर पानी आवश्यक पर्ने प्रशासन बताउँछ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर एवं वरिष्ठ सर्जन डा. श्रीकृष्ण गिरीले शुक्रबार तीन बजेपछि पानीका कारण शल्यक्रिया रोकिएको बताए। ‘मेजर शल्यक्रिया गरिसकेका थियौं, माइनर केही केस बाँकी थिए,’ उनले भने, ‘सिस्टरहरूले हात धुने पानी नि छैन भनेपछि क्यान्सिल गर्नुपर्‍यो।’
अस्पतालका ९ शल्यकक्षमध्ये शुक्रबार चलेका सबैमा तीन बजेपछिको शल्यक्रिया स्थगित गरिएको थियो। नर्सहरूले पानी सकिएको अवस्थामा शल्यक्रिया गर्न नसकिने बताएपछि बिरामी फर्काउनुपर्ने अवस्था आएको अस्पतालका सर्जन डा. कुमार श्रेष्ठले बताए। ‘सरसफाइ, स्टेरलाइजहरूका कुरा सिस्टरहरूले गर्नुपर्छ,’ उनले भने।
शनिबार पनि जनरल शल्यकक्षको धारामा धमिलो पानी झरेको थियो। आकस्मिक विभागको सुचारू (घाउ सरसफाइ गर्ने) कक्षमा एक थोपा पनि पानी नभएको आकस्मिक कक्षमा कर्मचारी नवराज धितालले बताए। ‘आकस्मिक कक्षमा हातधुने पानीसमेत नहुँदा स्वास्थ्यकर्मीले कपडाले हात पुछेर सेवा दिनुपर्‍यो,’ उनले भने।
आफ्नै गाउँबाट आएका बिरामीसमेत शुक्रबार शल्यक्रिया हुन नसकेपछि फर्किएको उनले सुनाए। ‘पाँच सात महिनाअघि पनि यस्तै अवस्था आएको थियो। मैले मुख्यसचिवको घरमै फोन गरेर गुनासो गर्न खोज्दा भेटिनँ,’ उनले भने, ‘अहिले पनि बिरामीले औषधी खाने पानी छैन।’ धितालले घाँटीको पछाडितर्फ बढेको मासुको भागको शल्यक्रिया गर्न आफ्नो गाउँ धादिङ बैरेनीबाट आएकी विष्णुदेवी सुवेदी शुक्रबार शल्यक्रिया हुन नसकेपछि फर्किएको बताए।
शल्यकक्षको धारामा झरेको पानी पूरै धमिलो थियो। ‘भैसी आहाल बसेको ठाउँको पानी जस्तै छ, संक्रमणबाट जोगाउनुपर्ने शल्यकक्षमा यस्तो पानी कसरी चलाउन?’ अस्पतालका एक आवासीय चिकत्सिकले भने। ‘अहिले शल्यकक्षमा धारा पनि छ। तर पनि आकस्मिक शल्यक्रिया नरोकियो भनेर हामीले भाडामा थापेर व्यवस्थापन गरेका छौं,’ एक कर्मचारीले भने। पानी नभएपछि अस्पतालका शौचालय दुर्घन्धित भएका छन्। रेजिडेन्ट, बिरामी र कुरुवाले जार वा बोटलको पानी किनेर खानुपर्ने अवस्था छ।
वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले पानी व्यवस्थापनमा कठिनाइ भएको बताउँछन्। पानी नभएर शल्यक्रिया नै रोकिएको भने उनले स्वीकारेनन्। ‘अस्पतालको डिप बोरिङ २० वर्षभन्दा पुरानो हो,’ उनले भने, ‘नयाँ ठाउँमा खन्न थालेका छौं, अब टुंगिसक्न लाग्यो।’
ट्रमा सेन्टरका लागि जग खन्ने क्रममा नै पानीको स्रोत केही कम भएको थियो। सुख्खा समयमा अभाव हुन थालेपछि किन्न थालिएको थियो। तर पानी कम आउनुको कारण खोज्न अस्पताल प्रशासनले कुनै प्राविधिक अध्ययन गरेको छैन। अस्पताल प्रशासनले पम्बिङ शाखामा प्राविधिकको सट्टा कार्यलय सहायक तहका कर्मचारी इन्द्र अर्याललाई शाखा प्रमुख बनाएको छ। ती कर्मचारीको भरमा बिना प्राविधिक अध्ययन स्थायी स्रोतमा समस्या देखाइने गरेको कर्मचारी बताउँछन्।
डिप बोरिङमा पानी कम भएको भन्दै सुरुका केही दिन केयुकेलबाट पानी मगाइएको थियो। तर पछि बिना कारण केयुकेलबाट पानी ल्याउन छोडर धौलागिरीको पानी ल्याउन थालिएको थियो। अस्पताल ल्याइने पानी बीचबाटै कतिपय वरिष्ठ चिकित्सक कर्मचारीको घरमा समेत पुर्‍याइने गरेको स्रोतको दाबी छ। ‘कसरी त्यो कम्पनी छानियो र कति ल्याइन्छ भन्ने कुनै रेकर्ड छैन,’ स्रोतले भन्यो, ‘निजीबाट किन्न डिप बोरिङमा समस्या देखाइएको हो।’
अघिल्लो वर्षसम्म त्यही डिप बोरिङले वीर अस्पतालमा पानी पुगेको थियो। मध्यवर्षामा पानी अभाव देखाइएको कर्मचारीहरू बताउँछन्। तीनसय फिट खन्दा पनि पानी नआएको भन्ने सुने पनि कुनै अनुसन्धान नभए। 

भक्तपुर, १६ असार ।  महानगरीय प्रहरी आयुक्त एआइजी नवराज ढकालले नेपालमा अहिले करिब ९२ लाख युवायुवती लागुऔषधका प्रयोगकर्ता रहेका बताउनुभएको छ । आज भक्तपुरमा सामुदायिक विकास तथा सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा गरिएको लागुऔषध विरुद्धको प्रशिक्षण गोष्ठीको उद्घाटन गर्दै ढकालले आफ्नो छरछिमेकमा जनचेतनामूलक कार्यक्रम गर्दै आफ्ना कलिला सन्तानलाई लागुऔषधको कुलतबाट जोगाउनुपर्नेमा जोड दिनुभयो ।

समाजमा लागुऔषध प्रयोगकर्ताले अरुको लहलहैमा लागेर लागुऔषधको प्रयोग गर्ने भएकाले आफ्ना सन्तानहरुको क्रियाकलापमा पनि अभिभावकले निगरानी राख्नुपर्ने उल्लेख गर्दै ढकालले उनीहरुको आनीबानी र दैनिक क्रियाकलापमा समेत निगरानी गर्न जरुरी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले  भक्तपुरमा १२ देखि २८ वर्ष उमेर समूहका मानिस लागुऔषधको कुलतमा लागेको बताउनुभयो ।

राजविराज, १६ असार । प्रहरी नायब महानिरीक्षकसँग दुव्र्यवहार गरेको आरोपमा सप्तरीका तीनजना पक्राउ परेका छन् । पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग दुव्र्यवहार गरेको आरोपमा भारदह–१ कोसी ब्यारेजका भरोसी मण्डल, त्रिकौल–३ का अमित लगरवार र पोर्ताहा–६ का सन्तोष साह पक्राउ परेका हुन् ।

पूर्वपश्चिम राजमार्गमा जबर्जस्ती कर असुली गरेको तथा दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पोर्ताहा–६ स्थित सडकखण्डबाट पक्राउ गरेको हो । निकासी पैठारी कर सङ्कलनका लागि जिल्ला विकास समिति सप्तरीको पोर्ताहामा राखिएको ढाटबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले ढाटबाट अनधिकृतरुपमा चुङ्गीकर असुल गरेको प्रहरीको आरोप छ ।

आरोपितहरुले जबर्जस्ती सवारीसाधन रोकेर धम्की दिनुका साथै कर असुल गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो ।

जिल्ला विकास समितिमार्फत कर सङ्कलनका लागि ठेक्का लिएको कृष्ण निर्माण सेवाका सञ्चालक रासलाल रायले भने आफ्ना कामदारलाई प्रहरीले झुटो आरोपमा फसाएको गुनासो गर्नुभएको छ ।

यौन व्यवसायी महिलाहरूसँग यौन व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ-आर्थिक वाध्यता । यद्यपि उनीहरूको आर्थिक वाध्यता मात्र यौन व्यवसायमा लाग्न प्रेरित नगरेको यस लेखकको ठम्याई छ । अर्थात, आर्थिक वाध्यता मात्र नै सबै कुरा नभएको देखिएको छ । दाङ, कैलाली, बाँके, चितवन, सुनसरी, सिराहा, जस्ता जिल्लाका थुप्रै यौन व्यवसायीहरूसँग भेटेर कुरा गर्ने क्रममा यो कुरा खुलेको हो । रमाइलोका लागि गरिने एकाध पटकको सम्पर्क यौन व्यवसायीको बन्ने प्रमुख आधारको रुपमा पनि देखिएको छ ।
दाङकी रेखा रमाइलोको लागि यौन सम्पर्क गरिन् । उनी काठमाडौं बस्दाका क्रममा पहिलोपटक सम्पर्क गरेका व्यक्ति सैनिक थिए । ती सैनिकले आफूलाई सन्तुष्ट तुल्याएवापत रेखालाई पाँच हजार दिए । यही पाँच हजारबाट शुरु भयो, रेखाको यौन व्यवसाय । यसपछि उनले फर्केर हेरिनन् । त्यति बेला विद्यालय जाँदाको ड्रेसमैं यौन व्यवसायका लागि जाने गर्थिन भने रात गुजार्नुपर्दा साथीकहाँ गएको भनेर परिवारलाई भन्ने गर्थिन् । ती सैनिकबाट पाँच हजार पाएपछिको दिन सम्झँदै उनले भनिन्-आर्मीको ठूलै मान्छे रहेछन् । धेरै पैसा दिएपछि पैसा पनि हुने रमाइलो पनि हुने हुनाले यो काम गरें । उनले अगाडि भनिन्- त्यसपछि मैले सानोतिनो मान्छेलाई हेर्दै नहेर्ने भएँ

यौन व्यवसायी बन्ने क्रममैं उनले आफ्ना एक ‘ग्राहक‘लाई श्रीमानको रुपमा पाइन् । हाल उनको एक छोरा एक छोरी छन् भने श्रीमान खाडी मुलुकमा काम गर्न गएका छन् । उनले एक गैरसरकारी संस्थाबाट तालिम तथा ऋण लिएर पसल थापेकी छन् । तर त्यो पसलमा मात्र उनी सीमित छैनन् । उनी अहिले पनि यौनकर्मीको रुपमा काम गर्छिन, मात्र रमाइलोका लागि ।
दाङकै ३१ वर्षिया बिमला पनि यौन व्यवसाय गर्दा सन्टुष्टि पाइने र मजबुरीको कारण पनि यस क्षेत्रमा लागको बताउँछिन । जनयुद्धका क्रममा श्रीमान बितेपछि यो पेशमा लागेकी बिमला आजकालका युवाहरुमा अप्राकृतिक मैथुन गर्ने शोखलाई भने मन पराउँदिनन् । विमला र रेखा मात्र होइन, थुप्रै महिलाहरू यौन व्यवसाय रमाइलोका लागि पनि गर्छन भन्ने कुरा चितवनको एक घटनाले पनि स्पष्ट पार्छ । चितवनकी शरिता २२ वर्षो हुँदा उनको श्रीमानको मृत्यु भयो । श्रीमानको मृत्युपछि उनी शारीरिक सन्तुष्टिको लागि भौंतारिन थालिन् । एक साथी मार्फत् उनले थुप्रै पुरुषहरू भेट्टाइन् पनि । पुरुषहरूबाट यौन सन्तुष्टि प्राप्त गर्न उनी आफैं खर्च गर्थिन्, खानपिन र घुम्नको लागि । आफु यौन व्यवसायीको रुपमा छु भन्ने कुराको उनलाई हेक्का आफूले काम गरेको चार महिनापछि मात्र महसुस भयो । यो चार महिनाको दौरानमा शरिताले यौन कार्य गरेवापतको पैसा उनको ग्राहक जुटाई दिने साथीले लिने गरेको कुरा खुल्यो । यसपछि उनले सोचिन, यौन कार्य गरेपछि त रमाइलो पनि हुँदो रहेछ, पैसा पनि पाईदो रहेछ भने यहि काम किन नगर्ने ?
कञ्चनपुर सप्तरीकी २३ वषिर्या संगिता पनि रमाइलो गर्न, शारीरिक सन्तुष्टीको लागि यौन व्यवसाय गर्छिन । श्रीमान कामको लागि दिल्ली गएका छन् । यसैले पनि उनी आफ्ना ग्राहकलाई घरमै ल्याउँछिन । कहिलेकाहीं बाहिर पनि जान्छिन् । जेठाजु सासुले शंका गरेर अरु केटा मान्छे घरमा नल्याउनु भन्ने सल्लाह दिन्छन् उनलाई । तर जेठानी र उनी मिलेरै सो काम गरेको हुँदा उनले यो काम छोडेकी छैनन् । विगत ४ वर्षेखि यौन व्यवसाय गर्दै आएकी उनी भन्छिन्- ‘थाहा पायो भने घरबाट निक्लिनु पर्ने हो कि ?’
यस्तै झापाकी वन्दना सुनसरीको एउटा रेष्टुरेन्टमा बसेर यौन व्यवसाय गर्छिन् । उनका ग्राहक भनेको उच्चतहका सुरक्षाकर्मी हुन् । पढ्दापढ्दै प्रेम विवाह गरेर सुनसरी आएकी बन्दनाले आफूले एक कारखानामा काम गर्ने बताएर आएकी थिइन । घरकी कान्छी छोरीले काम गर्नु पर्दैन घरमै आउनू भन्दा पनि यस क्षेत्रमा पाउँदै आएको रमाइलोको कारण छोड्न सकेकी छैनन् । खाडी मुलुकमा काम गर्न गएका श्रीमानले वास्ता नगरेपछि श्रीमानलाई सवक सिकाउने हिसावले पनि व्यवसायमा लागको उनले बताइन् । भन्छिन्- अब ऊ फर्किए पनि सँगै बसिन्न होला ।
विभिन्न ठाउँमा यौन व्यवसाय गर्दै आएका यी महिलाको भनाईले पनि यौन व्यवसाय आर्थिक वाध्यता मात्र होइन भन्ने स्पष्ट हुन्छ । यी यौन व्यवसायी आफ्नो शारीरिक सन्तुष्टिको लागि लागेको भनेर स्पष्ट बोल्छन् । लाहानकी ४५ वषिर्या सावित्री त एक कदम अगाडि बढेर बोल्छिन् । मानिसको प्रत्येक अंगको काम हुन्छ, आर्थिक उपार्जनमा लगाइन्छ । यौनाङ्ग पनि त्यत्तिकै किन राख्ने भन्ने उनको मनसाय देखिन्छ । उनी भन्छिन्- यो बिग्रिने, खिइने होइन, राखेर के गर्ने ? नून, तेल त आउँछ ।
रमाइलो, सन्तुष्टि, कामै नगरी पाइने ठूलो रकमलाई यस व्यवसायको आकर्षणको रुपमा लिने गरिएको छ । आर्थिक वाध्यताले लागेको भन्ने यौन व्यवसायी महिलालाई सीपमूलक कामको तालिम तथा व्यवसाय गर्न रकम उपलब्ध गराउँदा पनि ती महिलाले यौन व्यवसाय नछाडेबाट पनि आर्थिक वाध्यता मात्र होइन भन्ने कुरा स्पष्ट हुन्छ । साथै सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नुपर्ने इच्छा आदिका कारण पनि सानै उमेरदेखि युवतीहरु यौन व्यवसायमा लागेको पाइन्छ । यी यौन व्यवसायीहरू एकै ठाउँमा बस्दा असुरक्षा हुने हुदा साथीहरूकै सम्पर्कमा समय समयमा विभिन्न क्षेत्रमा फैलने गर्दछन् । एक ठाउँको यौन व्यवसायी अर्को ठाउँमा जाने कार्यलाई उनीहरू ‘माइत जाने‘ भन्ने गर्छन । नेपालगञ्जका यौन व्यवसायीहरू त भारतको लखनउसम्म पनि आउने जाने गर्दछन् ।
देहव्यापार रहर हो कि वाध्यता भन्ने विवादको विषय हुन सक्छ । आर्थिक समस्याका कारण आफूहरू यस क्षेत्रमा आउनु परेको भनिए पनि थुप्रै महिलाको व्यवहार हेर्दा यसमा वाध्यताभन्दा रहर नै बढी देखिन्छ ।
गाउँबाट आएको र सुरुमा रेष्टुरेन्टमा काम गरेको, कसैले धोका दिएको, जस्ता कथाहरू बनाएपनि तीमध्ये धेरैसँग रेष्टुरेन्टमा काम गरेको अनुभव पनि नहुने भेटियो । घरपरिवारमा बसिबसी नै यौन व्यवसाय गर्ने थुप्रै महिला छन् । भेटिएकामध्ये कति त गाउँबाट काठमाडौं आउँदा नै यस पेशामा लाग्नु पर्ने मानसिक तयारीमा आएका हुन्छन् ।
काम गर्न गाह्रो लागेकोले यस क्षेत्रमा आएको भन्नेहरूको कामका बारेमा बुझ्दा पनि यस कुराको पुष्टि हुन्छ । जुन काम गाह्रो र कम पैसा आउने भएकोले देहव्यापारमा लागेको भनिन्छ त्यही काम गरेर साधारण जीवन बिताइराख्ने महिलाहरू थुप्रै भेट्टाउन सकिन्छ । आफू बदनाम भइसकेको र यस्तो अवस्थामा काम पाउन मुस्किल हुनेहुदा ‘मर्नुभन्दा बहुलाउनु जाती‘ भनेर देहव्यापारमा लागेको भनेर गरिने तर्क पनि मिल्ने देखिन्न । वल्लो घर र पल्लो घर त के एकै छानामुनी बस्नेबीच नै चिनजान वा चासो नहुने काठमाडौं तथा अन्य शहरी क्षेत्रको व्यस्त जीवनमा ‘बदनाम‘ भन्ने कुरा बहानामात्रै हो । वर्षौदेखि देहव्यापारमा संलग्न कोही महिला यदि यो काम छाडेर साधारण जीवन बिताउने मनसायले हिड्ने हो भने सजिलै स्थापित हुनसक्ने वातावरण काठमाडौंमा प्रसस्त मात्रामा पाइन्छ । यो काठमाडौंमा मात्र लागू हुने कुरा पनि होइन । नेपालमा बसाईसराई व्यापक भइरहेको अवस्थामा व्यवसाय परिवर्तन सजिलै गर्न सकिने कुरा हो । यौन व्यवसायमा लागिसकेकाहरू यस क्षेत्रलाई भन्ने बेलामा ‘नर्क‘ को संज्ञा दिने गर्छन् । तर यसबाट उम्कने चाह भने नराख्नु त्यो ‘नर्क‘को आकर्षण नै हो ।

१५ असार, काठमाडौं । विश्व बैंकले नेपालको बैंकिङ्ग क्षेत्रको कमीकमजोरी अन्त्य र पारदर्शीता अभिवृद्धिको लागि वित्तीय क्षेत्र सुधार कार्यक्रमलाई सहयोग पुर्‍याउन ३ करोड डलर (करिब २ अर्ब ७० करोड रुपैयाँ) ऋण स्वीकृत गरेको छ । डेभलपमेन्ट पोलिसी क्रेडिटअन्तर्गत यो ऋण दिएको विश्व बैंकले जनाएको छ ।

नेपाल सरकारले वित्तीय क्षेत्र सुधार र स्थायित्वको कार्यमा सन्तोषजनक सफलता प्राप्त गरेपछि विश्व बैंकबाट ठूलो रकममा बजेटरी सहयोग प्राप्त भएको अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०७०/०७१ को वाषिर्क बजेटका लागि विश्व बैंकले उक्त सहयोग गरेको हो ।
सरकारले वित्तीय क्षेत्र सुधारका लागि आप\mनो स्रोतबाट खर्च गरिरहेको हुनाले विश्व बैंकबाट प्राप्त यो सहयोग रकम जुन क्षेत्रमा पनि लगानी गर्न सक्ने सहसचिव मरासिनीले बताउनुभयो । ‘यति ठूलो सहुलियतपूर्ण बजेटरी सहयोग विश्व बैंकबाट ७/८ वर्षयता प्राप्त भएको यो पहिलो अवसर हो’, उहाँले भन्नुभयो, ‘यो रकम सरकारले आप\mनो प्राथमिकताअनुसार जुनसुकै क्षेत्रमा पनि लगानी गर्न सक्छ ।’
बिनाब्याज प्राप्त ऋणमा सरकारले ०.७५ प्रतिशत सेवाशुल्क मात्र भुक्तानी गर्नुपर्नेछ । ४० वर्ष ऋण भुक्तानी अवधि रहेको र १० वर्षपछि किस्ता सुरु हुने विश्व बैंकले जनाएको छ । एक आर्थिक वर्षमै यति ठूलो रकम बजेटरी सहयोग प्राप्त हुनु उत्साहप्रद भएको र सो रकम लगानीका लागि बजेटमा उपयुक्त कार्यक्रम र परियोजना छनोट गर्नुपर्ने आवश्यकता रहेको सहसचिव मरासिनीले उल्लेख गर्नुभयो ।
नेपाल सरकारले भविष्यमा वित्तीय क्षेत्रलाई बलियो आधार प्रदान गर्ने उदेश्यले मध्यकालीन कार्यक्रम लागू गरेको र उक्त कार्यक्रमलाई सहयोग गर्न उक्त ऋण स्वीकृत गरेको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकले वित्तीय क्षेत्रको सुधारको ६ शीर्षकमा लगानी गर्न ऋण दिएको जनाएको छ । सरकारले ती शीर्षकमा सुधार कार्यक्रम लागू गरिरहेको हुनाले ऋण रकम प्राथमिकताअनुसार अन्य क्षेत्रमा पनि खर्च गर्न सक्ने सहसचिव मरासिनीले बताउनुभयो ।
नेपालले विश्व बैंकबाट पहिलो वित्तीय क्षेत्र स्थायित्व कर्जा प्राप्त गरेको हो । नेपाल राष्ट्र बैंकले पहिलो पटक फाइनान्सियल स्ट्याबिलिटी प्रतिवेदन तयार गरेको थियो । उक्त ऋण वित्तीय क्षेत्र विकास रणनीति तर्जुमा, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको पुनर्संरचना तथा क, ख, र ग वर्गका वित्तीय संस्थाको अवस्था
मूल्यांकन गर्न र सम्भाव्य पुनर्सरचना गर्ने कार्यमा लगानी हुने विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, बैंकिङ्ग पुनर्संरचना प्रक्रियालाई सहयोग पुर्‍याउन राष्ट्र बैंक र सम्बन्धित नियामक निकायहरुको संस्थागत व्यवस्थापन सबल बनाउने, प्रभावकारी बैंक अनुगमनको लागि नियमन र कानुनी ढाँचा सबलीकरण गर्ने र वित्तीय प्रणालीको पारदर्शीता अभिवृद्धि गर्ने कार्यमा आफूले सहयोग गरेको विश्व बैंकले उल्लेख गरेको छ ।
‘यो ऋण सहयोग नेपाली अधिकारीहरुले वित्तीय क्षेत्र सुधारको लागि २०११ मा सुरु गरेको रणनीतिको सफल कार्यान्वयनको प्रतिफल हो’, नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर जोहानेस जुटले भने । विश्व बैंकले २००२ र २००४ मा पनि वित्तीय क्षेत्र प्राविधिक सहायता परियोजना र वित्तीय क्षेत्र पुनर्संरना परियोजनाको लागि सहयोग गरेको थियो ।

१६ असार, काठमाण्डौं । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक अहिले जारी रहेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा जारी छलफलमा उपाध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेपछिको अवस्थामा र पार्टीमा पदका लागि नेताहरुले देखाएको आकांक्षा लगायतका विषयमा छलफल जारी रहेको नेताहरुले बताएका छन् ।
केन्द्रीय समितिको बैठक पनि आजै
यसैबीच पार्टीको केन्द्रीय समितिको बैठक पनि आजै बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा भट्टराईले गरेको पद त्याग सैद्धान्तिक रुपमा ठीक भए पनि अहिलेको अवस्थामा ठीक नभएकाले तत्काल उहाँलाई फर्काउन पहल गर्ने तयारी भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । भट्टराईले केन्द्रीय समितिको बैठक चलिरहेका बेला हिजो विचार राख्ने क्रममा आफु पार्टीको साधारण सदस्यमा मात्रै बस्न चाहेको भन्दै राजीनामा दिएको घोषणा गर्नु भएको थियो । भट्टराईले पार्टीभित्र पदलोलुपता र संसदीय खेल बढेकाले आफूलाई दिक्क लागेको भन्दे बैठकमै उपाध्यक्ष बाबुराम भट्टराईले पद र्नु भएको थियो । पदीय बाँडफाँडमा विवाद भएपछि अध्यक्ष प्रचण्डले पार्टी महासचिवको जिम्मेवारी पोष्टबहादुर बोगटीलाई नै दिने र सचिवहरुमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणी पोख्रेलको नाम प्रस्ताव गर्नुभएको थियो । यस्तै कोषाध्यक्षका लागि हिसिला यमीको नाम सिफारिस भएको छ । अध्यक्ष प्रचण्डलेे पदाधिकारी ९, पूर्ण स्थायी २५, सात वैकल्पिक स्थायी, ५१ पोलिटब्युरो, २४ वैकल्पिक पोलिटब्युरो र एक सय ५१ पूर्ण केन्द्रीय सदस्य रहने साङ्गठनिक प्रस्ताव पेश गर्नुभएको थियो ।

विदेशमा बस्दै आएका एक व्यक्तिको दुई करोडभन्दा बढी मूल्य पर्ने जग्गा उनलाई थाहै नदिई बिक्री भएको छ । नक्कली जग्गाधनी प्रमाणपत्र बनाई जग्गा बिक्री भएको हो । अर्काको जग्गा बिक्री गरी करोडौं कमाउन खोज्ने दुई जना भने प्रहरीको फन्दामा परेका छन् ।
विदेशमा रहेको मौका छोपी रुपन्देहीका रसिब धिताको बूढानिलकण्ठस्थित दुई रोपनी जग्गा नक्कली कागजपत्रका आधारमा बिक्री भएको हो । नक्कली जग्गाधनी प्रमाणपत्र तथा धितालको नाममा नक्कली नागरिकता बनाएर जग्गा खरिदबिक्री गर्ने झापा घर भई गोंगबु बस्ने सुमन श्रेष्ठ र बूढानिलकण्ठका कान्छा थापा पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरुलाई शुक्रबार पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।
सिआइबीका अनुसार अभियुक्त श्रेष्ठले आफूलाई रसिव धितालका रुपमा प्रस्तुत गरी सो जग्गा राजन श्रेष्ठलाई १ करोड ५५ लाख रुपैयाँमा बिक्री गरेका थिए । वास्तविक जग्गाधनी धितालले आफ्नो जग्गा बिक्र भइसकेको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए । मालपोत कार्यालयबाट उनको जग्गा राजन श्रेष्ठका नाममा नामसारी भइसकेको थियो । श्रेष्ठले पनि सो जग्गा अन्य व्यक्तिलाई बिक्री गरिसकेपछि मात्र किर्ते भएको तथ्य खुलेको हो ।
घिताल परिवारले २०४० सालमा सो जग्गा एक लाख रुपैयाँमा खरिद गरी पूर्वजग्गाधनीलाई नै कमाउन दिएका थिए । तर, जग्गाधनी लामो समयसम्म सम्पर्कमा नभएपछि सुमन श्रेष्ठले आफू जग्गाधनीको छोरो भएको भन्दै सो जग्गाका मोहीलाई १० लाख रुपैयाँ दिएर फकाई नक्कली धनी बनेर जग्गा बिक्री गरेका हुन् ।
यसरी जग्गा किर्तेको काममा चाबहिल मालपोतका कर्मचारीसमेतको मिलेमतो रहेको स्रोतले दाबी गरेको छ ।
shrot onlinekhabar

असार। मानिसहरुको शोख पनि विचित्रकै हुदो रहेछ।  मानिसहरु चर्चामा आउन अनेक प्रकारको तडकभडक गर्ने गर्दछन्। लाग्छ कि हामी आफै ठूलो बिनासको प्रतिक्षामा छौ र  भगवानको सिर्जनाको विपरीत कार्यहरु गर्न थालेका छौ। हालै ब्राजिलमा एक व्यक्तिले शल्यचिकित्साद्वारा आफ्नो अनुहार कुकुरको अनुहारमा परिवर्तन गरेको घटना सार्वजनिक भएको छ। यो संसारको पहिलो घटना हो जसले आफ्नो शोखका लागि
आफ्नो अनुहारनै परिवर्तन गरी डगम्यान बनेका छन्।

ब्राजिलका यि घनाढ्य व्यक्तिले आफ्नो अनुहार प्लास्टिक सर्जरीद्वारा कुकुरको अनुहारमा किन परिवर्तन गरे भन्ने कुनै जानकारी दिएका छैनन्। तर उनि आफ्नो अनुहार कुकुरको अनुहारमा परिवर्तन गर्दा धेरै उत्सुक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आफ्नै पैसा खर्च गरी प्लास्टिक सर्जरी गरेर उनी नयाँ अवतारमा आएर संसारको पहिलो डगम्यान बनेकाछन्।

१५ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा पद ठूलो कुरा नभएको भन्दै आफूले उपाध्यक्ष पद त्यागेको वताउनु भएको छ । पेरिसडाँडामा जारी एमाओवादीको केन्द्रीय समिति बैठकमा आफ्नो विचार राख्ने क्रममा उपाध्यक्ष भट्टराईले यस्तो वताउनु भएको हो ।
पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय समितिको नामावलीप्रति शनिबारबाट छलफल शुरु भएको छ । शनिबारको बैठकमा बाबुराम भट्टराई लगायत केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्नेक्रम जारी रहेको सहभागी एक नेताले बताए । पार्टीभित्र पदलोलुपता र संसदीय खेल बढेकाले आफूलाई दिक्क लागेको भन्दै भट्टराईले बैठकमै पद त्यागको घोषणा गर्नुभएको हो । कुनै पदमा नरहेर पनि पार्टीलाई योगदान गर्न सकिने भन्दै उहाँले अरुलाई पनि यसैगरी त्याग देखाउन चुनौती दिनुभएको छ ।

हेटौँडा महाधिवेशन सकिएको ५ महिनासम्म पनि एमाओदीभित्र पदीय हानाथापका कारण केन्द्रीय कमिटीले पूर्णता पाउन सकिरहेको छैन । यसैवीच आफूलाई सचिव पदमा नलगिएको भन्दै रामचन्त्र झालेसमेत बीबीसीलाई अन्तरवार्ता दिँदै पद नपाए एमाओवादी छाड्ने धुर्की सार्वजनिक गरिसक्नुभएको छ । उता आर्थिक अनियमितताको प्रश्न उठिरहेका बेला केही पूर्वलडाकूहरुले पनि बैठक बहिस्कार एवं राजीनामाको कम्की दिएका छन् भने पार्टीमा भनेजस्तो पद नपाउनेहरुले हस्ताक्षर अभियानसमेत गरिरहेका छन् ।  यसैवीच केन्द्रीय समितिको शनिबारको बैठक केही समयका लागि स्थगित गरी पेरिसडाँडामै स्थायी कमिटी र पोलिटब्यूरोको बैठक बोलाइएको स्रोतले अनलाइनखबरलाई बतायो 

१५ असार, काठमाण्डौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल -न्याम्स) मा पुस्तक खरिद गर्दा लाखौं रुपैयाँ घोटाता भएको छ । न्याम्स अध्ययनरत एमडी (मास्टर्स अफ डिजिज) र एमएस (मास्टर्स अफ सर्जरी) तहका आवसीय चिकित्सकका लागि खरिद पुस्तकको मूल्य अस्वाभाविक रुपमा बढी देखाएर लाखौं रुपैयाँ घोटाला गरिएको हो ।

वीरको पुस्तकालयका लागि ३६ लाख रुपैयाँको पुस्तक खरिद गरिएको औपचारिक दस्ताबेज उपलब्ध गराइए पनि हालसम्म आठ लाख मूल्यबराबरका पुस्तकमात्र दाखिला भएको अन्नपूर्ण पोष्टमा खबर छ ।

विस्ले वारेनको अण्डकोष यति भिमकाय थियो की त्यस थैलीको तौल नै साढे ६३ किलो थियो । आकारमै भन्ने हो भने उनको अण्डकोष एउटा जलगैँडाको बच्चा जत्रै थियो । उनी विश्वमा सबैभन्दा ठूलो अण्डकोष भएका व्यक्तिको रुपमा दर्ज थिए । तर उनको यो चिनारी अब अतित बनिसकेको छ । उनको किर्तिमानी अण्डकोष काटेर फ्याँकिएको छ ।

 ४९ वर्षका अमेरिकी नागरिक वारेनको अण्डकोष फ्याँक्न १३ घण्टाको लामो शल्यक्रिया गर्नुपर्यो र शल्यक्रिया सफल पनि भयो । जिउले धान्नै मुस्किल परेको भिमकाय अण्डकोष मिल्काउँदा उनले एकातर्फ सन्तोषको स्वास त फेरे तर अर्कोतर्फ उनलाई अर्को चिन्ता थपिएको छ । चिन्ताको कुरो पनि रोचक नै छ ।

A rally was organised in Chalnakhel of Kathmandu on Wednesday on the occasion of the 40th World Environment Day.
The rally started from Champadevi Secondary School, Bosan, concluded after reaching Khahare after going through Ward No. 2, 3, 4 and 5 of the Chalnakhel VDC. The rally was organised with an objective of creating awareness in environment protection.
Meanwhile, in Baglung, the District Soil Conservation Office, Baglung planted saplings and cleaned up the premises of Kalika Bhagawati Temple on the occasion of the World Environment Day.
A total of 235 saplings of various species were planted where Chief District Officer, Balglung Mahadev Pant, other government officials, representatives of NGOs, leaders of political parties and civil society were present, according to the District Soil Conservation officer, Binod Gyawali.
Similarly, police personnel of the District Police Office cleaned the premises of the temple.
On the occasion, participants of the programme stressed that all should pay attention in maintaining balance between human beings and environment.
Likewise, in Pokhara, 200 saplings of different species were planted at Pokhara-based Belghari Khaharepakha hill today.
The programme was organised by the Eco Club of Chhorepatan Higher Secondary School on the occasion of the World Environment Day.
The saplings were provided by the District Forest Office, Kaski, free of cost.RSS

बेलायती पप स्टार रिटा ओरालाई हालैमा उनको नयाँ प्रेमी तथा फुटबल खेलाडी समेत रहेका लुकी मागिलका साथमा अमेरिकाको लस भेगासमा छुट्टी मनाईरहेको भेटियो । आफ्नो नयाँ प्रेमीसँग घामको रापमा रिटा निकै मस्ती गरिरहेकी थिइन् ।
समाजको वास्ता नगरी रोमान्समा डुबेको यो जोडीले उक्त स्थानमा ५ घण्टा व्यतित गरेका थिए । सो क्रममा दुईलाई निकै नजिक भएको देखियो भने यिनीहरु खुल्लमखुल्ला एकअर्काको अंगालोमा बाँधिएका थिए ।
२२ वर्षीया रिटाले २५ वर्षीय लुकीसँग सार्वजनिक ठाउँमै चुम्बन आदान–प्रदान गरिरहेकी थिइन् । यो जोडी मस्तीमा यति डुब्यो कि रिटाको पेन्टीको टाँक नै खुस्कियो । त्यसपछि रिटाले हत्त न पत्त आफ्नो पेन्टीको टाँक लगाएकी थिइए भने उनका पुरुष साथीलाई उनलाई सहयोग गरेका थिए ।

साहरुख खान र दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’को नयाँ गीत ‘तित्ली’ सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै यो गीतले चर्चा पाएको छ । मेलोडीलाई बिशेष ध्यानमा राखेर तयार भएको यो गीतको कोरियाग्राफी र लोकेशन उत्कृष्ट रहेको विश्लेषण गरिएको छ ।रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्र अगष्ट ८ बाट विश्वभर प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्माणपक्षले प्रोमो र ‘१..२..३..४’ बोलको गीत सार्वजनिक गरिसकेको छ । नयाँ गीत सा
र्वजनिकसँगै चलचित्रले अर्को उचाई लिएको छ 

हामीकहाँ मन्दिर भनेपछि पुजाआजा गर्ने, मूर्तिमा दूध, फूल तथा फल चढाउने र स्तूती गर्ने पवित्र ठाउँ हो । शिवरात्रीमा पशुपतिमा झुम्मिने गँजडी बाबाहरुको सन्दर्भ छाड्ने हो भने मन्दिरमा नशालु पदार्थको प्रयोग बर्जित छ । तर विदेशतिर भने जँड्याहाहरुका लागि मन्दिर खोलिँदो रहेछ ।

बेल्जियमको ब्रसेल्समा यस्तै हुँदैछ । ब्रसेल्सको पूरानो स्टक एक्सचेन्ज भवनमा मदिरा मन्दिर ‘बियर टेम्पल’ खुल्ने पक्कापक्की भएको छ ।

समाचार अनुसार चर्चित ग्राण्ड प्लेस नजिकैको १९ औँ शताब्दीको उक्त भवनमा ‘बेलायती बियरको मन्दिर’ खुल्न लागेको हो । १५ महिनाको अध्ययनपछि सरकारी अधिकारीहरुले यो परियोजना संचालनका लागि हरियो बत्ती बालिदिएका बताइएको छ । तर यो मदिरा मन्दिर २०१८ सम्ममा मात्र पूर्ण रुपमा संचालनमा आउनसक्ने र वर्षेनी ४ हजार मदिराप्रेमीहरु त्यहाँ आउने अपेक्षा ब्रसेल्सका मेयरले गरेका छन् ।

 नेकपा माओवादी अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड र बाबुरामलाई गद्दार र दलाल भन्दै सार्वजनिक वक्तव्य निकाले पनि दुई पक्षलाई मिलाउन र पार्टी एकता गर्न दुबै समूहका तीन-तीनजना नेताहरु सक्रिय बनेका छन् । तर, दुबैपक्षमा संकट नआउँदासम्म एकता सम्भव देखिँदैन । पछिल्लो समयमा नेपाली राजनीतिमा वैद्यपक्ष आक्रामक र प्रचण्डपक्ष रक्षात्मक देखिन थालेको छ ।prachanda-n-kiran
एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका नेत्रविक्रम चन्दवीच पार्टी एकताका विषयमा छलफल भइरहेको छ । यो छलफललाई विप्लव आफैंले दुई दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा समेत स्वीकार गरेका छन् । पार्टी. एकताका लागि एमाओवादीले आफ्ना कमजोरीहरु सच्याउनुपर्ने विप्लवको भनाइ छ ।

 नेकपा माओवादी अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड र बाबुरामलाई गद्दार र दलाल भन्दै सार्वजनिक वक्तव्य निकाले पनि दुई पक्षलाई मिलाउन र पार्टी एकता गर्न दुबै समूहका तीन-तीनजना नेताहरु सक्रिय बनेका छन् । तर, दुबैपक्षमा संकट नआउँदासम्म एकता सम्भव देखिँदैन । पछिल्लो समयमा नेपाली राजनीतिमा वैद्यपक्ष आक्रामक र प्रचण्डपक्ष रक्षात्मक देखिन थालेको छ ।prachanda-n-kiran
एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका नेत्रविक्रम चन्दवीच पार्टी एकताका विषयमा छलफल भइरहेको छ । यो छलफललाई विप्लव आफैंले दुई दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा समेत स्वीकार गरेका छन् । पार्टी. एकताका लागि एमाओवादीले आफ्ना कमजोरीहरु सच्याउनुपर्ने विप्लवको भनाइ छ ।


इस्लामावाद (एएफपी), असार ११ - पाकिस्तानको नयाँ सरकारले पूर्व सैनिक शासक परवेज मुसर्रफमाथि देशद्रोहको मुद्दा चलाउने जानकारी दिएको छ । यसपछि उनलाई मृत्युदण्ड वा आजीवन काराबासको सजाय हुन सक्ने देखिन्छ ।
स्वघोषित निर्वासनमा चार वर्षसम्म रहेर मार्चमा स्वदेश फर्केका अवकाशप्राप्त जनरल मुसर्रफलाई अपि्रल १९ देखि इस्लामावादको बाहिरी भागस्थित उनकै घर परिसरमा हिरासतमा राखिएको छ । अदालती कारबाहीका कारण पाकिस्तानको शक्तिशाली सैनिक तथा सरकारबीच समस्या देखिन सक्छ । सेनाले आफ्ना पूर्व प्रमुखमाथि अदालतमा मुद्दा चलाउने कुराको विरोध गरेको छ ।
मुसर्रफका कानुनी समूह उनलाई जमानत दिई शान्तपूर्ण रूपमा मुलुक छोड्न सक्ने बनाउने प्रयासमा लागेका छन् । कुनै बेलाका मुलुकका शक्तिशाली व्यक्ति मुसर्रफले १९९९ देखि २००८ सम्मका कार्यकालका लागि विभिन्न मुद्दा खेपिरहेका छन् । उनले उक्त समयमा तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई अपदस्थ गरेका थिए । मेमा भएको निर्वाचनमा सरिफले ऐतिहासिक रूपमा विजय हासिल गरेका छन् । प्रधानमन्त्री सरिफले मुसर्रफको कार्य उच्च देशद्रोहभित्र पर्ने दाबी गरे । 
उनले मुसर्रफमाथि अदालतमा मुद्दा चलाइनुपर्ने र अदालतमा उत्तर दिनुपर्ने पनि बताए । महान्यायाधिवक्ता जनरल मुनिर मलिकले यस्तै भनाइ सरकारको तर्फबाट सर्वोच्च अदालतमा प्रस्तुत गरे । देशद्रोहको मुद्दा सरकारले मात्र लगाउन सक्छ । मुसर्रफमाथि संविधान भत्काएको, आपत्काल लागू गरेको तथा न्यायाधीशलाई पदमुक्त गरेको आरोपमा मुद्दा चलाउन निवेदन परेका छन् ।
न्यायाधीश जवाद ख्वाजाले महान्यायाधिवक्तालाई देशद्रोहमा दोषीलाई न्यायमा ल्याउन छिटो उपायबारे अदालतलाई जानकारी दिन आदेश दिए । मुसर्रफको कार्यालयले सरिफको सरकारले अनावश्यक देशद्रोहको अभियोग अगाडि बढाई हेलचेक्रयाइँ देखाउन थालेको र यसबाट मुलुक अस्थिर हुन सक्ने दाबी गरेको छ । दुई प्रमुख विपक्षी पार्टी स्वर्गीय बेनजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी तथा इमरान खानको नेतृत्वको पाकिस्तान तेहरिक ए इन्साफले मुसर्रफविरुद्धको पाइलालाई स्वागत गरेका छन् ।

रत्ननगर (चितवन) १४ असार  । चितवनको भरतपुर र मङ्गलपुरको विभिन्न क्षेत्रका कुखुरा फर्ममा फैलिएको बर्डफ्लु नियन्त्रणमा आएको छ ।

गएको चैत २० गते यहाँको गौरीगन्जस्थित प्रताप थापाको कुखुरा फार्मबाट सुरु भएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो ।

अहिले रोग नदेखिएकाले नियन्त्रणमा आएको तर पनि ढुक्क हुने अवस्था भने नभएकाले परीक्षणको काम भने जारी रहेको उहाँको भनाइ छ ।

करिब दुई महिनाको अन्तरालमा चितवनका १५ वटा कुखुरा फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएको छ । सङ्क्रमण भएको फार्महरु ११ वटा मङ्गलपुर गाविसका मात्रै छन् । अन्य चारवटा भने भरतपुर नगरपालिकाको रहेको पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

यहाँ चैतमा १ फार्ममा र वैशाखमा मात्रै ११ वटा पाmर्ममा र जेठमा अन्य फार्ममा गरी १५  वटा लेयर्स कुखुराको फार्ममा बर्डफ्लु फेला परेको थियो ।  ती फार्मबाट सरकारी तवरमा मात्रै ७१ हजार बढी कुखुरा नष्ट गरिएको छ । यस्तै तीन लाख २५ हजार अन्डा र १५ टन दाना नष्ट गरिएको छ । प्रयोगशालामा नमुना परीक्षणको काम भने जारी रहेको छ ।

यसैबीच नष्ट गरिएका कुखुरा, अन्डा र दानाका लागि कुल एक करोड २४ लाख २१ हजार रकम जिल्ला आइपुगेको र सम्भवत आजबाट क्षतिपूर्ति रकम बाँड्ने तयारी भएको कार्कीको भनाइ छ । सरकारले नष्ट गरेको प्रतिकुखुरा १३०, अन्डा प्रतिगोटा ३ र दाना प्रतिकिलो १० रुपैयाँका दरले क्षतिपूर्ति दिने गरेको छ ।

रत्ननगर (चितवन) १४ असार  । चितवनको भरतपुर र मङ्गलपुरको विभिन्न क्षेत्रका कुखुरा फर्ममा फैलिएको बर्डफ्लु नियन्त्रणमा आएको छ ।

गएको चैत २० गते यहाँको गौरीगन्जस्थित प्रताप थापाको कुखुरा फार्मबाट सुरु भएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो ।

अहिले रोग नदेखिएकाले नियन्त्रणमा आएको तर पनि ढुक्क हुने अवस्था भने नभएकाले परीक्षणको काम भने जारी रहेको उहाँको भनाइ छ ।

करिब दुई महिनाको अन्तरालमा चितवनका १५ वटा कुखुरा फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएको छ । सङ्क्रमण भएको फार्महरु ११ वटा मङ्गलपुर गाविसका मात्रै छन् । अन्य चारवटा भने भरतपुर नगरपालिकाको रहेको पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

यहाँ चैतमा १ फार्ममा र वैशाखमा मात्रै ११ वटा पाmर्ममा र जेठमा अन्य फार्ममा गरी १५  वटा लेयर्स कुखुराको फार्ममा बर्डफ्लु फेला परेको थियो ।  ती फार्मबाट सरकारी तवरमा मात्रै ७१ हजार बढी कुखुरा नष्ट गरिएको छ । यस्तै तीन लाख २५ हजार अन्डा र १५ टन दाना नष्ट गरिएको छ । प्रयोगशालामा नमुना परीक्षणको काम भने जारी रहेको छ ।

यसैबीच नष्ट गरिएका कुखुरा, अन्डा र दानाका लागि कुल एक करोड २४ लाख २१ हजार रकम जिल्ला आइपुगेको र सम्भवत आजबाट क्षतिपूर्ति रकम बाँड्ने तयारी भएको कार्कीको भनाइ छ । सरकारले नष्ट गरेको प्रतिकुखुरा १३०, अन्डा प्रतिगोटा ३ र दाना प्रतिकिलो १० रुपैयाँका दरले क्षतिपूर्ति दिने गरेको छ ।

रत्ननगर (चितवन) १४ असार  । चितवनको भरतपुर र मङ्गलपुरको विभिन्न क्षेत्रका कुखुरा फर्ममा फैलिएको बर्डफ्लु नियन्त्रणमा आएको छ ।

गएको चैत २० गते यहाँको गौरीगन्जस्थित प्रताप थापाको कुखुरा फार्मबाट सुरु भएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो ।

अहिले रोग नदेखिएकाले नियन्त्रणमा आएको तर पनि ढुक्क हुने अवस्था भने नभएकाले परीक्षणको काम भने जारी रहेको उहाँको भनाइ छ ।

करिब दुई महिनाको अन्तरालमा चितवनका १५ वटा कुखुरा फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएको छ । सङ्क्रमण भएको फार्महरु ११ वटा मङ्गलपुर गाविसका मात्रै छन् । अन्य चारवटा भने भरतपुर नगरपालिकाको रहेको पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

यहाँ चैतमा १ फार्ममा र वैशाखमा मात्रै ११ वटा पाmर्ममा र जेठमा अन्य फार्ममा गरी १५  वटा लेयर्स कुखुराको फार्ममा बर्डफ्लु फेला परेको थियो ।  ती फार्मबाट सरकारी तवरमा मात्रै ७१ हजार बढी कुखुरा नष्ट गरिएको छ । यस्तै तीन लाख २५ हजार अन्डा र १५ टन दाना नष्ट गरिएको छ । प्रयोगशालामा नमुना परीक्षणको काम भने जारी रहेको छ ।

यसैबीच नष्ट गरिएका कुखुरा, अन्डा र दानाका लागि कुल एक करोड २४ लाख २१ हजार रकम जिल्ला आइपुगेको र सम्भवत आजबाट क्षतिपूर्ति रकम बाँड्ने तयारी भएको कार्कीको भनाइ छ । सरकारले नष्ट गरेको प्रतिकुखुरा १३०, अन्डा प्रतिगोटा ३ र दाना प्रतिकिलो १० रुपैयाँका दरले क्षतिपूर्ति दिने गरेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget