news and more entertainment

February 2014

अनुसन्धानले इन्टरनेटको प्रयोग अश्लील अर्थात् गरेको भिडियो हेर्नमा बढी प्रयोग भइरहेको छ । भिडियोमा खुलेआम उत्तेजक यौन क्रिया गरेर हजारौंदेखि करौडौंसम्म पैसा कमाउनेहरु पनि छन् । यतिमात्र होइन ‘ब्लु फिल्म’ खेलेर र निर्माण गरेर पनि करोडौंको कारोबार भइरहेको छ ।
थुप्रै देशमा फिल्मको ग्रेडिङ गरेर ब्लु फिल्मलाई पनि मान्यता दिई निश्चित स्थान वा हलहरुमा निश्चित उमेर समूहले मात्र हेर्न पाउने गरी प्रदर्शन गर्ने गरिन्छ । नेपालमा ब्लु फिल्म नै भनेर नबनाएपनि अश्लील दृश्यहरुले भरिएका फिल्महरु भने लगातार बनिरहेका छन् । नेपाली फिल्म क्षेत्रमा विवादास्पद रुपमा आइरहेका यस्ता फिल्महरुले फिल्म क्षेत्रलाई झनै धरासायी बनाउँदै लगेको धेरैको आरोप तथा दावी पनि छ ।
अहिले यस्ता खालका फिल्महरु खेलेर नायिकाका रुपमा प्रस्तुत भएका पनि धेरै छन् । हट सिन, बेड सिन लिएर सनसनी र उत्तेजना फैलाउन केही नयाँ नामका नायिकाहरु अगाडि आइरहेका छन् । विशेषगरी मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकाहरु यसरी अश्लील दृश्य दिन तम्सिने गर्दछन् ।
पछिल्लो समयमा निश्चित रकमको माग गरी यस्ता दृश्य दिन तयार युवतीहरु भेटिन्छन् नै । यति रकम पाए यस्तो भिडियोको दृश्य दिन्छु भन्नेहरु पनि छन् । यसै प्रसंगमा मोडल सिर्जना थापाले पनि भनेजस्तो रकम पाए ब्लु फिल्म खेल्न पनि आफू तयार रहेको एक अन्तरर्वातामा बताइन ।
अन्तर्वार्ताका क्रममा उनले ८० लाख रुपैयाँ पारिश्रमिक दिए जस्तोसुकै भनेजस्तै दृश्य दिन आफू तयार रहेको बताइन् । म्यूजिक भिडियोहरुसँगै केही फिल्म समेत खेलेकी सिर्जना ब्लु फिल्मका लागि खुल्न चाहेकी हुन् । उनी भन्छिन्– ‘राम्रो पैसा पाए, राम्रो अफर पाए ब्लु फिल्म पनि खेल्छु, किन नखेल्ने । तर त्यसको लागि कम्तिमा ८० लाख रकम ग्यारेन्टी गर्नुपर्छ ।

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मन्त्री छनोटमा आपत्ति जनाएका छन् । मन्त्रीको सूचीमा जातीय, क्षेत्रीय र लैगिक असन्तुलन भएको भन्दै पौडेल संसदीय बोर्डको बैठकबाट बाहिरिएका छन् ।
स्रोतका अनुसार महिला र मधेसी समुदायको सहभागिता कम भएको तथा मध्यपश्चिमको शून्य भएको भन्दै पौडेलले आपत्ति जनाएका हुन् । ‘व्यक्तिमा विरोध होइन तर, कुनै क्षेत्रबाट दुई जना, कतै निल हुन भएन’ पौडेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
पौडेलले आदिवासी जनजाति, दलित, मधेशी सबै समूदायको प्रतिनिधित्व हुने गरी मन्त्री बनाउनु पर्ने अडान समेत बैठकमा राखेका थिए ।
पौडेलले बैठकमा पार्टीका तर्फवाट कम्तिमा दुई महिलालाई मन्त्री बनाउनु पर्ने भनाई राखेका थिए ।  ’महिलाको प्रतिनिधित्व ३३ प्रतिशत गराउनु पर्ने माग उठिरहेको छ । यस्तो अवस्थामा एक महिला नेतृलाईमात्रै मन्त्रिमण्डलमा सहभागी गराउँदा महिलाको सहभागितामाथि नै प्रश्न चिन्ह उठ्छ, बैठकमा पौडेलले भनेको भनाई उद्रित  गर्दै स्रोतले भन्यो ।’
स्रोतका अनुसार संस्थापन पक्षवाट महामन्त्री प्रकाशमान सिंह, नेता महेश आचार्य, डा. नारायण खड्का, नरहरि आचार्य र पद्यनारायण चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ । रामशरण महतले प्रधानमन्त्रीसँगै विना विभागीयमन्त्रीको रुपमा सपथ लिइसकेका छन् । यद्यपि आचार्यको विकल्पमा डा. मिनेन्द्र रिजाल र चौधरीको विकल्पमा फर्मुला मनसुरको नाममा पनि छलफल भइरहेको छ ।
वरिष्ठ नेता शेरवहादुर देउवा पक्षले भने पूर्व महामन्त्री विमलेन्द्र निधी, कोषाध्यक्ष चित्रलेखा यादव, एनपी साउद र टेकराज गुरुङलाई पठाउने पक्का जस्तै छ ।
www.onlinekhabar.com

१२ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको चौरीखर्क-५ फाक्दिनस्थित स्टार होटलका मालिक ग्याल्जेन शेर्पाको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनैजनालार्इ प्रहरीले सोमबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सार्वजनिक गर्यो । गत माघ १९ गते सााझ ७ बजे नकाब लाएर आएका तीनजनाले पेस्तोल देखाएर रकम माग गर्दा इन्कार गरेका ५३ वर्षीय शेर्पालार्इ होटलमै गोली हानी हत्या गरेको अभियोगमा तीनजना प्रहरीका फन्दामा परेका हुन् । हत्या अभियोगमा पक्राउ पर्नेहरूमा वाकु-४, सोलुखुम्बुका ट्रेकिङ गाइड २३ वर्षीय निमाडेन्डी शेर्पा, जलेश्वर-३, खोटाङका ट्रेकिङ भरिया शरण कुमार राई र गुदेल-९, सोलुखुम्बुका १९ वर्षीय ट्रेकिङ गाइड अनिल रार्इ रहेका छन् ।

 शेर्पालार्इ गोली हानेर हत्या गरेपछि उनीहरूले मृतकका आफन्तलाई धम्क्याई ठूलो मात्रामा रकम माग गरेको विवरण केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त अनुसन्धानबाट खुलेको हो । घटनाका मूख्य योजनाकार निमाडेण्डीले चौरीखकर्कै अर्का ब्यक्तिसँगको रिसिबीको बदला लिन भनेपछि त्यहाँ पुगेका तीनैजनाले खोजिएको व्यक्ति नभेटिएपछि पैसा लुट्ने उद्देश्यले होटल ब्यवसायी शेर्पामाथि गोली प्रहार गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । घटना सुनियोजित भएको जनाउँदै प्रहरीले हत्यामा प्रयोग गरिएका हतियारको व्यवस्थापन गरेको बयान निमाडेण्डीले दिएको न्यौपानेले  बताए ।

 हत्यापछि फरार भएका तीनैजनालार्इ प्रहरीले फरक फरक स्थानबाट पक्राउ गरेको हो । हत्याका मूख्य योजनाकार निमाडेण्डीलार्इ सोलुको लुक्ला बजारबाट, शरणलार्इ सोलुकै नाम्चे बजारबाट र अनिललार्इ काठमाडौंको चाबहिलबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजनाबाट होटल ब्यवसायी शेर्पाको हत्यामा प्रयोग भएको नाइन एमएम अमेरिकन अटोमेटिक पेस्तोल एउटा, कटुवा पेस्तोल २ वटा, मोबाइलका सिमकार्ड तीनवटासहित अन्य सामग्री बरामद भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको हो । 

काठमाडौं, फागुन १२ – नेपाली राजनीतिका भविश्यवेत्ता अर्थात् विश्वकप फुटवलका ‘पाउल अक्टोपस’ झैं मानिएका काँग्रेस नेता अमरेशकुमार सिंह अचेल नयाँ भविश्यवाणी गर्दै हिँड्न थालेका छन् । उनले भनेका छन्, ‘सुशील कोइरालाको आयु तीन महिना मात्र हो ।’ प्रधानमन्त्री कोइराला र भारतवीच तालमेल मिल्न नसकिरहेकै बेला अमरेश जसरी पनि शुसीललाई ढालेर एमाले नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउने
अभियानमा जुटेका छन् । ‘हामी (लैनचौर)ले भनेको नमान्ने त्यो महाराजगञ्ज(सुशील)को साटो जे भन्यो त्यही मान्ने बालकोट(केपी)लाई नै पावरमा ल्याउनुपर्छ’, अमरेश निकट मानिने एक सभासद्ले रातोपाटीलाई बताए । एमालेलाई गृह नदिँदा अप्ठयारोमा परेका प्रधानमन्त्री कोइरालाले भारतले भनेको पनि टेर पुच्छर नलाएको विश्लेषण अमरेशको थियो । ‘मेरो डिजाइन बमोजिम हिँडेको भए सुशील दाई बहुत दिनतक पावरमा मस्ती माथ्र्यो, सत्तामा रहन कुनै दिक्कत हुँदैनथ्यो, इन्डीयाको पनि आशिर्वाद हुन्थ्यो’, सुत्रका अनुसार अमरेशले भने, ‘अब सुशील दाइ कहिले चाइनीजको कुरा सुन्छ, कहिले पाकिस्तानीको कुरा सुन्छ । इन्डियाको बातलाई धोती लगाइदिन्छ, अनी प्रधानमन्त्री पनि हुन खोज्छ । यसरी त मामला चौपट हुन्छ ।’ अमरेशले केपी ओली नै तीन महिनापछिको प्रधानमन्त्री भएको ठोकुवा गरेका थिए । ‘मैले सुशीलजी प्रधानमन्त्री हुन्छ भनेको थिएँ, भइहाले, अब केपी ओली हुन्छ भनेको छु, ओलीजी भइहाल्छ । तपाईहरु लेखेर राख्नुहोला । इन्डियाको आदमीहरु शुसील दाईसँग धेरै गुस्सामा छ । अब उसलाई हटाइहाल्छ’, उनको जिकिर थियो । अमरेश यसरी केपी ओलीलाई प्रधानमन्त्री बनाउन अघि सर्नुको अर्थ स्पष्ट भइसकेको छ । भारतले सुशील सरकारलाई आफ्नो ‘फेबर’को सरकार मानेकै छैन । बरु, अर्को छिमेकी चीन भने निकै प्रफुल्ल देखिन्छ । चिनियाँ प्रधानमन्त्रीले सुशील प्रधानमन्त्री बनेको उपलक्ष्यमा यसपाली इतिहासमै पहिलो पटक लामो बधाइ सन्देश पठाए । त्यो लामो बधाई सन्देशमा अब नेपाल र चीनबीच कसरी अघि बढने, के के सम्झौताहरु गर्नेलगायत नेपालको विकासमा चीनले गर्ने सहयोगको फेहरिस्त नै उल्लेख गरिएको छ । ‘पहिले पहिले चीनले सामान्य बधाइ मात्र दिन्थ्यो । यसपाली आफ्नै मानिस भएर होला लामै बधाइ दियो’, कुटनीतिक क्षेत्रका एक ज्ञाता भन्छन्, ‘भारतले बरु सामान्य बधाइ दियो । चीनको बधाइ सन्देश धेरै हिसाबले अर्थपूर्ण छ ।’ दक्षिण एसियाली राजनीतिमा चीन र पाकिस्तानको कुरा मिल्ने गर्छ । पाकिस्तानको विकासमा चीनको धेरै हदसम्म योगदान रहेको छ । पाकिस्तानमा चीनको बढदो चलखेलका कारण भारत शंसकीत हुँदै आएको छ । यस्तोमा चीन र पाकिस्तानसँग हिमचिम बढाएका सुशील नै प्रधानमन्त्री भएकोमा भारत खासै उत्साहित नहुनु स्वाभाविकै हो । लैनचौर सुत्रका अनुसार भारतले अझै पनि सुशीललाई ‘कालो सूची’मै राखेको छ । केही समयपहिले विरगञ्जमा भारतीय दुतावासको काउन्सलर अफिस खुल्दा सुशीलले कडा शब्दमा विरोध जनाएका थिए । कहाँसम्म भने तात्कालीन राजदूत जयन्त प्रसादलाई बोलाएर कडा प्रतिबाद गरेका थिए । त्यसपछि जयन्तप्रसादले दिल्लीलाई रिपोर्ट बुझाए, ‘सुशील कोइराला हामीप्रति सकारात्मक छैनन । यीनी हाम्रो प्रभावमा आउन पनि चाहदैनन ।’ त्यही कारण डा. बाबुराम भट्टराईपछि शुसील प्रधानमन्त्री बन्ने संभावना हुँदा हुँदै पनि हुन नसकेको चर्चा कुटनीतिक क्षेत्रमा चल्ने गरेको छ । पछिल्लो पटक ‘म प्रधानमन्त्री बन्न हिन्दुस्तानीको चाकडी गर्दिन’ भनेर भन्नु, त्यो पोल रामचन्द्र पौडेलले लैनचौर सामु खोल्नु आदि कारण पनि भारतले केपी ओलीलाई संसदीय दलको नेता बनाएर सुशीलको टाउकोमाथि तरबार झुन्डयाएको चर्चा चलिरहेकै बेला अमरेश अर्थात नेपाली अक्टोपसले ‘केपी नै अबको प्रधानमन्त्री’ भनेर भविश्यवाणी गर्नु अर्थपूर्ण छ । यद्यपि, अमरेशलाई नेपाली नेताहरु भने अचेल खासै विस्वस्त ठान्दैनन । अमरेशले आफुलाई भारतकै प्रवक्ताजस्तो देखाउन खोजे पनि बेला बेलामा उनले नेपाली नेता र भारतीय पक्षबीच आफै पनि खेल्ने गरेको भेटिएको छ । एमाओवादी नेता प्रचण्डले पनि अचेल अमरेशलाई भारतको खास मानिसका रुपमा पत्याउन छाडेका छन् । प्रचण्डले पेरिस डाँडामा हालैको एक भेटमा नेताहरुसँग भनेका छन्, ‘त्यो अमरेश सिंह उताको कुरा यता र यताको कुरा उता ल्याउँछन् । तर तिनको कुरा सुनेपछि कति प्रतिशत भ्याट कटाएर सुन्ने हो, त्यो विचार गर्नुहोला । उनका कुरा सत प्रतिशत पत्याउनु हुँदैन । कतिपय कुरा आफैले हावा गफ पनि दिने गरेका छन् ।’
http://www.ratopati.com/

काठमाडौं, फाल्गुन १२ । प्रहरीले त्रिभुवन विमानस्थलबाट २ किलो ६ सय ६९ ग्राम कोकिन बरामद गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार ब्राजिल हुँदै काठमाडौं आएका नामिबियाका नागरिक रेमन जुङ्गु ओपललाई कोकिनसहित पक्राउ गरेको हो । नेपालमा बरामद भएको कोकिनको यो परिमाण अहिलेसम्मकै ठूलो भएको प्रहरीले बताएको छ । बरामद भएको कोकिन मध्ये ओपलले ४५ वटा क्याप्सुल निलेर आएका थिए भने बाँकी क्याप्सुल झोलामा राखेर ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई अस्पताल भर्ना गरी क्याप्सुल निकालेको हो । बरामद भएको कोकिनको मूल्य ५ करोड ३३ लाख रुपैयाँ भन्दा बढी


 (एजेन्सी) बलिवुड सुपरस्टार साहरुख खान यति बेला निकै खुशी मुडमा छन् । केही दिन अघि भ्यालेन्टाइन डेमा आफ्नो पत्नी गौरीलाई निकै महंगो सेडान गाडी उपहार दिएका खानले आफ्नो आगामी चलचित्र ह्याप्पी न्यु इयरका सह अभिनेता अभिषेक बच्चनलाई एउटा महंगो बाइक दिएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार साहरुखले करिब १२.५ लाख भारतीय रुपैयाँ पर्ने बाइक अभिषेकलाई उपहार दिएका हुन् । उनले उक्त बाइक मुम्बाईको जुहुमा रहेको अभिषेकको घरमा पु¥याउन लगाएका थिए ।
यी दुई अभिनेताले करण जोहरको चलचित्र कभी अल्भिदा ना केहेनामा सँगै काम गरेका थिए । तर, उनीहरुबीच सम्बन्धमा दरार त्यतिबेला देखाप¥यो जब अभिषेक र ऐश्वर्याको विवाहमा साहरुख र गौरीलाई निमन्त्रण गरिएन । यसको कारण ऐश्वर्यालाई मानिन्छ किनभने साहरुखको आफ्नै प्रोडक्सन हाउसले निर्माण गरेको चलचित्र चल्ते चल्तेबाट ऐश्वर्या निक्लेका थिए । यद्यपि करण जोहरले ऐश्वर्या र साहरुखलाई आफ्नो जन्मदिनका दिन मिलाएका थिए र त्यहीँबाट उनीहरुको सम्बन्धमा सुधार आएको थियो ।
अभिषेक र साहरुखबीच रहेको तिक्तता भने फोटोग्राफर डबु रत्नानीको क्यालेन्डरको फोटोसुटको दौरान मेटिएको थियो । अहिले ह्याप्पी न्यु इयरको सुटिङ्गको दौरान उनीहरुबीच राम्रो सम्बन्ध कायम भएको बताइन्छ ।

केही महिना अघि मात्र फिफा वर्ष खेलाडी घोषित पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको अनुहारमा केही वर्षायता कसरी नाटकीय परिर्वतन आएको छ भन्ने देखाउन एउटा भिडियो सार्वजनिक भएको छ ।
ronaldo face
स्पेनिस क्लव रियल मड्रिडका हिरो पनि मानिने रोनाल्डोको अनुहार विगत वर्षहरुमा अनौठो ढंगले बदलिएको देखाउने उक्त भिडियो इन्टरनेटमा भाइरल भएको छ ।

हालै मात्र दुबइमा आयोजना भएको एक अवार्ड कार्यक्रममा बलिउड नायिका करिना कपुर निक्कै आकर्षक देखिइन् । बिहे भएपछि उनले अभिनय गरेका सिनेमाले बक्स अफिसमा खासै कमाल त मच्चाएका छैनन् । तर पनि करिनाको आकर्षण घटेको छैन ।

दुबइमा आयोजना भएको ‘एशिया भिजन अवार्ड’मा करिनालाई ‘आइकन अफ द ईयर’तर्फ पुरस्कृत गरियो । अवार्ड पाएपछि करिना निक्कै खुशी देखिएकी थिइन् । करिना हिजोआज पती सैफ अली खानसँग समय बिताउन नै रुचाउँछिन् । यसका साथै सामाजिक कार्यमा पनि उनको रुची बढ्दै गएको छ ।

अष्ट्रेलियाको सिडनीमा निर्वस्त्र समुन्द्रमा पौडी खेल्ने प्रतियोगिता सम्पन्न भएको छ । आइतबार सम्पन्न ९०० मिटरको यो नाङ्गो पौडी प्रतियोगितामा सहभागी हुन ७०० जना निर्वस्त्र प्रतियोगी सिडनीको तासम्यान सागरमा पुगेका थिए ।
गत वर्ष देखि शुरु भएको प्रतियोगिता अष्ट्रेलियाको राष्ट्रिय निकुन्जका लागि पैसा उठाउन आयोजना गर्न थालिएको हो।
सबैभन्दा छिटो समुदन्द्रमा पौडिने रेकर्ड कायम गर्ने होडमा मानिसहरु विहान ८ बजे देखि नि सिडनी बिचमा जम्मा भएका थिए ।
नाङ्गो हुन पाउने अधिकार स्थापित गर्न आफूहरुले यस्तो प्रतियोगितामा सहभागी भएको सहभागीहरुको भनाइ छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget