news and more entertainment

2013

यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा  यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको  यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै  हो ।

त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले  स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को  व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।

हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक  क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा  बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला ।  ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।

यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो  सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र  समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य  व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ ।  विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क  हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्‍याउनुभएकै होला ।
के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?

मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले  अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने  गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै  नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।
के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?

यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि  मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले  आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा  योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी  परिभाषित गर्ने भन्ने बहस पनि  नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव  हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि  तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर  वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा 

बढी के चाहन्छन केटिहरु
30
प्राय जसो केटाहरु महिला (केटि) संग सेक्स गर्ना साथ की सुत्छन की केहीबेर अलिक पर फ्रेस हुने भनेर छुट्टै बस्छन l तर केटाहरुको यस्तो बानीले गर्दा केटि (महिला) को मूड नै बिग्रने गरेको पाइन्छ, उनीहरु क
ेटाको यस्तो बानी पटकै मन पराउदैनन, आफ्नो अपमान वा आत्मसम्मानमा ठेस लागेको महसुस गर्छन l के तपाई (केटा) पनि यस्तो गर्नु ह्नुन्छ वा यस्तो बानी छ ? होस् गर्नुहोस, तपाई यो बानीलाई तुरुन्तै सुधार्नुहोस l एसिया, युरोप र अमेरिकाको बिभिन्न क्षेत्रमा महिलाहरुमा गरेको अनुसन्धनबाट निस्केको तथ्य प्रतिवेदन अनुसार केटीहरु (महिलाहरु) सेक्सको चरमोत्कर्समा पुगेपछि पनि केटीहरु (महिलाहरु) रिसाउने वा झर्कने गर्छन भने याद गर्नुहोस यो सबै तपाईको त्यस्तै कारणबाट भएको हुनसक्छ l

प्रतिबेदन अनुसार केटीहरु (महिलाहरु) सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन l उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन, तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन l यसले गर्दा कति जोडीको सम्बन्ध ब्रेकअप सम्म भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ l त्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो केटि साथीलाई भरपुर मायादिनुहोस र उनीहरुको आत्मसमंको उचित कदर गरिदिनुहोस यसले तपाइको यौन जीवनको, साथै एक आपसमा सुमधुर सम्बन्ध बनाई राख्न ठुलो भूमिका खेल्दछ l

प्रतिवेदनमा उल्लेख गरे अनुसार केहि तथ्यहरु यहाँ उल्लेख गरिएको छ, जसलाई अपनाउनाले तपाइको यौन तथा प्रेममय जीवनलाई अवश्य सुखमय र सुमधुर बनाउने छ l 1. सेक्‍स गर्नासाथ तपाइको सुतीहाल्ने बानी छ भने त्यसलाई बदल्नुहोस l किनकि सेक्स पछी त्यसरी सुतिहाल्दा केटि (महिलाहरु) को मनमा तपाई खाली आफ्नो मतलवको लागि मात्रै नजिक आउनु हुन्छ भन्ने पर्दछ l 2. सेक्स गरिसके पछी सबै भन्दा राम्रो तपाई आफ्नो साथीसंग स्पुन फिटिंग पोजिसनमा सुत्नुहोस, जस्तै दुइवटा चम्चा एक आपसमा खपटीएर राखेको जस्तो आसनमा, र आफ्नो हातले पार्टनरलाई हल्का स्पर्स गर्दै एक आपसबीचको रशिला रमाईला रोमान्टिक कुराहरु गर्नुहोस l यसले तपाइको केटि (महिला) साथीले सेक्युर्ड अनुभव गर्छन l 3. प्रेमको चरम सीमामा पुग्दा पनि केटिहरु आफ्नो प्रेमीसँग रसिला कुरा गरिरहन
चाहन्छन, त्यसैले उनीहरुको मनोभाव बुझेर तपाई आफ्नो प्रेमिकालाई मायालु अंगालोमा बाँधेर एउटा मिठो चुम्वन गरिदिनु भयो भने उनीहरु हृदयदेखिनै तपाई प्रति कृतघ्न हुन्छन l 4. यदि तपाई आफ्नो प्रेमिकाको मनको कुरा जान्न चाहनु हुन्छ भने, सेक्सको चरमोत्कर्स पछी स्पुन फिटिंग पोजिसनमा सुतेर बिस्तारै सोध्नुहोस, की भर्खरै गरेको सेक्समा के भयो कस्तो लाग्यो ? यस्तोमा तपाइको प्रेमिकाले स्वेक्षाले आपसे आप सबै बताई दिन्छे l

यसरी आफ्नो प्रेमिकाको चाहना पुरा गरेर आफ्नो प्रेममय जीवनको खुसीलाई दुइगुना वृद्धि गर्न सक्नु हुनेछ l 5. सेक्सको चरमोत्कर्स पछी आफ्नो प्रेमिकालाई कस्तो लाग्यो, के भयो, सेक्स गर्दा कसरी गरेकोमा सबै भन्दा बढी आनन्द आयो, यस्तो समयमा के कुरा सबै भन्दा राम्रो लाग्छ वा मनपर्छ आदि कुराहरु सोध्नु भएर त्यस्ता कुरालाई आर्को पल्ट प्रयोग गरेर आफ्नो प्रेमिका संगको आत्मियता अझै प्रगाड हुनका साथै सम्बन्ध अझ नजिकिन्छ l 6. धेरै कम केटीहरुले लगातार दोश्रो पटक सेक्सको लागि अनुरोध गर्छन l साथै केटाहरु सेक्सको चरमोत्कर्स पछी आराम गर्न वा सुत्न मन पराउछन भने केटीहरु यस्तो गर्दैनन l त्यसैले तपाइको प्रेमिकाले फेरी अर्कोपटक पनि सेक्स गर्न अनुरोध गरेमा त्यसलाई तुरुन्त स्विकारी हल्नुहोस l किनकी यस्तो चान्स हतपत्ति आउदैन


स्याङ्जा, भदौ ८ – अवैध गर्भ रहेको विषयलाई लिएर वडा प्रहरी कार्यालय वालिङ शनिबार दिनभर तनावग्रस्त रह्यो । स्याङजाको खिलुङदेउराली ५ की सीतली गोदारको गर्भमा रहेको सन्तान कसको भन्ने विषय विवादमा परिणत भएपछि प्रहरीलाई विवाद मिलाउनै हम्मे हम्मे पर्‍यो । सुरुमा सीतलीले आफ्नो गर्भमा रहेको सन्तानको बाबु आफ्नै ससुरा भएको बताइन् । त्यसपछि प्रहरीले सीतलीका ससुरा तिलबहादुर गोदारलाई पक्रियो । तर सीतलीले एकैछिनमा बयान फेरिन र सन्तानको बाबु आफ्नै १४ वर्षका छोरा भएको बताएपछि विवादले उग्र रुप लियो । सीतलीको बयानपछि प्रहरीले
ससुरालाई छाडेर सीतलीका छोरालाई पक्रियो । स्थानीयबासिन्दाले भने प्रहरी र सीतलीको मिलेमतोमा निर्दोष छोरालाई फसाइएको भन्दै प्रहरी कार्यालय घेराउ गरे । त्यसक्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप पनि भयो । झडपका क्रममा केही घाइते समेत भएका छन् । तिलबहादुरले बुहारीलाई करणी गर्दा गर्भ रहेको स्विकारे पनि प्रहरीले उनलाई छाडेर छोरालाई नियन्त्रणमा लिएको भन्दै स्थानीय बासिन्दा आक्रोसित बनेका हुन् । स्थानीयबासिन्दाको विरोधपछि प्रहरीले तिलबहादुरलाई पुन पक्राउ गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गर्ने जनाएको छ ।


विश्वभर इन्टरनेटको पहुँच पु¥याउनेबारे अध्ययन गर्न गूगलले समताप मण्डलमा ३० बटा बेलुन लन्च गरेको छ । निकै ठूलो अकारका बेलुनहरु न्यूजिल्याण्डबाट आकासमा छाडिएको छ । लून नाम दिइएको यो प्रजेक्टमा बेलुनलाई १२ माइलमाथि हावामा पठाइनेछ । हेलियमले भरिएको बेलुनले ४.८ बिलियन मानिसलाई थ्रीजी स्पीड भएको इन्टरनेट सेवा पु¥याउनेछ, जुन हाल अनलाइन सेवा सुरु गरिएको छैन ।
Google launches BALLOONS
यो प्रजेक्ट एक्स ल्याव कम्पनीले बनाएको हो । जसले गुगल ग्लास र चालकरहित कारको सफल अध्ययन गरेको थियो । यो प्रयोग सफल भए दक्षिणपूर्वी एशिया र अफ्रिकाका विकासन्मोख देशहरुले फाइवर केवलमा गर्नु पर्ने ठूलो लगानी बच्ने बताइएको छ ।
ठूला बेलुनहरूले कुनै पनि विपत्त आउँदा प्रभावित क्षेत्रमा पठाएर उद्दार कार्यमा समेत सहयोग लिन सकिने कम्पनीको दावी छ । एक विज्ञले भने ठूला बेलुनहरू आकासमा पठाउँदा नियन्त्रण गर्न निकै कठिन हुनेछ ।बेलुनको चौडाई १५ मिटर छ भने यसमा उड्ने ग्यास भरिएको हुन्छ । बेलुनको मुनी केही इलेक्ट्रोनिक उपकरण झुण्ड्याइएको छ । जसमा रेडियो एन्टिना, एक फ्लाइट कम्प्युटर, उचाई नियन्त्रण प्रणाली र उर्जाका लागि सोलार प्यानल समेत छ ।
गूगलका अनुसार बेलुनहरु हावामा १ सय दिनसम्म रहनेछ र पश्चिमबाट पूर्वतिर उड्दै आसपारको ४० किलोमिटरको दायरामा इन्टरनेट कनेक्टिभिटी गराउनेछ । कम्पनीले न्यूजिल्याण्डमा परीक्षणका लागि केही घरमा विशेष एन्टिना लगाइएको छ ।
–एजेन्सीको सहयोगमा

मान्छेले वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त गरेको कुरा देख्छन । यसै गरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययन अनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको भेट आफ्ना प्रियजनसँग होस् र यौनक्रीडा गर्न पाइयोस् । त्यसैले सपनामा कसैसँग सम्भोग गरेको देख्नुलाई सामान्य रूपमा लिइन्छ।

हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ, तर यौनविज्ञहरूले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरूसँगको यौनसम्बन्ध एवं उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न पाँचवटा अवस्थाको व्याख्या गरेका छन्।

१. पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे:यदि सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ।
२. पूर्वप्रेमीसँग सम्भोग गरेको देखे: यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।




३. कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखे: यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ। हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।
४. कुनै महिलासँगै सम्भोग गरेको सपना देखे: यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।
५. प्रेमीसँग बिछोड भएको सपना देखे: प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हो— आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन। सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञ परमार बताउँछन् ।

सूचना प्रविधिको तिव्रतर विकाश, समाज तथा संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो समयमा जिवनशैली समेत बदलिएको छ । जिवनशैलीको परिवर्तनले के बालक, के बुढाबुढी, के तन्नेरी सबैलाई समातेको छ । अहिलेका किशोरकिशोरी अधिकांस इन्टरनेटबाट परिचित छन् । यौनका विषयमा बढि खुलस्त छन् । हिजोको समाजमा जुन कुरा पचाउन सकिँदैनथ्यो त्यो आज सामान्य बनिरहेको छ ।

किशोरकिशोरी यौनिक रुपमा समेत सक्रिय बन्दै गएको पाइन्छ । यसै विषयमा भारतमा पछिल्लो समयमा भएका केही अध्ययनहरुले केही रोचक तथा अनौठो लाग्दा नतिजा निकालेका छन् । यी नतिजाहरु धेरै हदसम्म हाम्रो समाजमा समेत मेल खान्छन् र कतिपय नखान पनि सक्छन् :
भारतीय पेडियाडि्रसन एसोसिएसनले गरेको अध्ययन अनुसार भारतका ठूला ठूला सहरका चर्चित स्कुलमा पढ्ने २५ प्रतिशत किशोरीहरु यौनिक रुपमा सक्रिय हुन्छन् । जबकी सयमा १० जना किशोर छात्रले स्कुलमा आउँदा कण्डम बोकेर आउने गर्छन् ।
भारतका किशोर किशोरीहरु दिनमा १० घण्टा पढाइएका अलाबा अन्य कुरामा खर्च गर्छन् । जसमध्ये २ घण्टा फेसबुक तथा टि्वटरमा, डेढ घण्टा मोबाइलमा कुरा गरेर, अढाइ घण्टा टेलिभिजन हेरेर, डेढ घण्टा कम्प्युटरमा गेम खेलेर तथा साढे ३ घण्टा अरु घरासायी काम गरेर बिताउने गर्छन् ।
इण्डिया टुडेले गरेको सर्भेक्षण अनुसार भारतमा हरेक ५ मा एक जना किशोर किशोरी १३ वर्षको उमेरमै पोर्न फिल्म, पोर्न भिडियो वा अश्लील तस्वीर हेर्ने गरेका हुन्छन् । १५ प्रतिशत किशोर किशोरीले स्कुलका शौचालयमै विभिन्न यौन क्रियाकलाप गर्छन् भने ९५ प्रतिशत किशोर किशोरीले विवाह अघिको सेक्सलाई सही मान्दछन् ।

अर्को एक सर्भेक्षण अनुसार सयमा ९८ जना किशोर किशोरीले १३ वर्षको उमेर सम्ममै कण्डम के हो ? तथा गर्भ निरोधक पिल्स भनेको के हो र किन प्रयोग गरिन्छ भन्ने कुरा जानिसकेका हुन्छन् ।
हरेक पाँच जनामा एक छात्र १६ वर्षको उमेर भन्दा पहिले नै धूमपान गरिसकेका हुन्छन् । साथै ५० प्रतिशत किशोर किशोरीले १६ वर्षको हुनुभन्दा अघि नै कम्तिमा एक जना विपरित लिंगीलाई चुम्बन गरेको हुन्छ ।
एक अर्को सर्भेक्षण अनुसार भारतका विभिन्न साना सहरमा १२ देखि २१ वर्षको उमेर भित्रका किशोर किशोरीहरुमा गरिएको अध्ययनले १३ देखि १६ वर्षको उमेरमै २१ प्रतिशतले सम्भोगको स्वाद चाखिसक्ने गरेको पाइयो । साना सहरमा १३ देखि १९ वर्षका किशोरीहरु मध्ये ४२ प्रतिशतले हप्तामा २ देखि ३ पटकसम्म सम्भोग गर्ने गरेको पाइयो ।
इण्डिया टुडेको सर्भेक्षण अनुसार साना सहर तथा गाउँका ७० प्रतिशत पुरुषहरु आफ्नी श्रीमतीले विवाहपूर्व कसैसँग सम्भोग नगरेको होस् वा कुमारी होस् भन्ने चाहन्छन् ।
कानपुरको चन्द्रशेखर विश्वविद्यालयद्धारा गरिएको अध्ययन अनुसार भारतीय किशोरकिशोरीहरु मध्ये अधिकांसले टेलिभिजनमार्फत सुरक्षित सेक्सका बारेमा ज्ञान आर्जन गर्ने तथा यौन संक्रमित रोगबाट बँच्ने उपाय सिक्ने गरेका हुन्छन् ।
सर्भेक्षणले अर्को के रोचक कुरा समेत खुलासा गरेको छ भने किशोरहरु मध्ये सयमा ९९ जनाले एक दिनमा इन्टरनेटमा कम्तीमा पनि एक पटक सेक्स भन्ने शव्द खोजेका हुन्छन् । यसरी दिनमा कम्तीमा पनि एक पटक इन्टरनेटमा सेक्स सम्बन्धि चिज हेर्ने किशोरी भने ४६ प्रतिशत हुन्छन् ।
८८ प्रतिशत किशोर तथा ६८ प्रतिशत किशोरीले च्याट गर्दा सेक्सका विषयमा सम्वाद गर्न मन पराउँछन् । साथै ३५ प्रतिशत किशोर किशोरीले च्याटिङका दौरान आफ्नो यौन इच्छा प्रकट समेत गर्दछन् ।
इन्टरनेटमा पहुँच भएका मध्ये ९० प्रतिशत किशोर तथा ७६ प्रतिशत किशोरीले आफ्नो यौनेच्छा पूरा गर्न पोर्न फिल्म हेर्न मन पराउँछन् ।

कायरो, श्रावण ३० - पूर्व राष्ट्रपति मोहमद मोर्सीको समर्थनमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गरेको कारबाहीमा १५ को मृत्यु भएको छ ।
मङ्गलबार मुस्लिम ब्रदरहुडका कार्यकर्ताहरुले राजधानी कायरोमा नै विभिन्न शिविरको स्थापना गरी विरोधलाई निरन्तरता दिने बताएका थिए ।
ती शिविरहरु हटाउन सुरक्षा निकायले दिएको आदेश उल्लङ्घन गरेको भन्दै सुरक्षाकर्मीले अश्रुग्यासको प्रयोग गरी भिड हटाउन खोजेको बताइएको छ ।
सोही क्रममा ब्रदरहुडका कार्यकर्ता र वर्तमान सरकारका समर्थकबीच राजधानी कायरोमै द्विपक्षीय भिडन्त भएको थियो । सो भिडन्तका क्रममा दुवै पक्षका कार्यकर्ताहरु घाइते भएका पनि बताइएको छ ।
इजिप्टको मुख्य प्रतिपक्षी दल मुस्लिम ब्रदरहुडले राजधानी कायरोलगायत बिभिन्न स्थानमा पूर्व राष्ट्रपति मोर्सीको समर्थनमा प्रदर्शन गर्र्र्र्दै आइरहेका छन् ।

इजिप्टमा गत जुलाई ३ मा त्यहाँको सैनिकले पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थ गरेको थियो । उक्त कदम सच्याउनुपर्ने मागसहित मोर्सीको दल मुस्लिम ब्रदरहुडका कार्यकर्ताहरुले आन्दोलन गरिरहेका छन् ।
उक्त दलले आफ्ना नेता एवम् सैनिकले अपदस्थ गरेको विरोधमा उक्त दलले मङ्गलबार पनि प्रदर्शनलाई निरन्तरता दिएको हो ।
उक्त दलले आफ्ना नेताको रिहाइको मागगर्दै विगतदेखि नै प्रदर्शन गर्दै आएको छ । पूर्व राष्ट्रपति मोर्सीलाई त्यहाँको सेनाले सैनिक हिरासतमा राखेको छ ।
इजिप्टको राजधानी कायरोमा सेना र मोर्सीका समर्थक गरी दुवैपक्षका कार्यकर्ताको प्रदर्शनमा झडपहरू जारी नै रहेका छन् । हरेक दिनजसो हुने यी झडपहरुमा कैयौँ नागरिकको ज्यान जाने गरेको छ ।
प्राप्त पछिल्लो समाचारमा गएको जुलाई ३ देखि जारी रहेका यी प्रदर्शनमा परी आजसम्ममा कम्तीमा पनि २५० जनाको ज्यान गइसकेको बताइएको छ ।
गत हप्तामात्र संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले पूर्व राष्ट्रपति मोर्सीलाई रिहा गर्न र त्यहाँ वार्ताका माध्यमबाट प्रजातन्त्रको बहालीका लागि  अग्रसर रहन आग्रह गरेका थिए ।
साथै उनले सबैजनाको सहभागितामा हुने समावेशी राजनीतिक एवम् शान्तिपूर्ण प्रक्रिया नै इजिप्टमा हाल देखिएको समस्याको समाधान हो भनेका थिए ।

चितवन, श्रावण ३० - गोरखा फुजेल ७ का कृष्णप्रसाद अधिकारीको हत्या पार्टीको योजना अनुसार भएको तत्कालीन माओवादी पार्टीका सेक्रेटरीले बताएका छन् । घटना पार्टीको योजना अनुसार भएको हो, तत्कालिन विद्रोही माओवादीका चितवन जिल्ला सेक्रेटरी यमबहादुर परियार इन्द्रजित ले भने, अहिले हत्यारा खोजेर पत्ता लगाउन सकिंदैन ।
उनले द्धन्द्धकालिन घटना भएकाले घटनामा संलग्न को कता पुगे थाहा पाउन नसकिने बताए । द्धन्द्धकालमा धेरै घटना भएको र त्यही समयमा कृष्णको पनि हत्या भएको दावी गरे । उनले अहिले आएर घटनाबारे खोजी गर्ने काम भएको बताए । परियारले हत्या पार्टीले गरे पनि कसले गरेको भन्ने प्रस्ट्याउन चाहेनन् । एसएलसी दिएर जयमंगलामा हजुरबाआमालाई भेट्न आएका १८ वर्षीय कृष्णलाई सेनाको सुराकीको आरोपमा चितवनको रत्ननगरस्थित बकुलरबाट माओवादी कार्यकर्ताले कालो पट्टी बांधेर अपहरण गरेका थिए ।
उनलाई अपहरण गरेर कयरखोला पुर्याई सफाया गरिएको भन्दै माओवादी कार्यकर्ताले शव ल्याएर टाँडीबजारमा फालेका थिए । ०६१ जेठ २४ गते हत्यापछि उनको परिवार विक्षिप्त छ । कृष्णको हत्यासँगै उनका बुवा नन्दप्रसाद, आमा गंगामाया र दाइ नूरप्रसाद न्यायका संघर्क्ष गरिरहका छन् । बाबु र आमाले तीन सातादेखि राजधानीमा अमरण अनसन जारी राखेका छन् ।

हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै धर्नादेखि अनशन बसे पछि मंगलबार सरकारले घट्नाको अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएको छ । हत्याको समयमा माओवादी पार्टीका जनसरकार प्रमुख भने डण्डपाणी पौडेल थिए । परिवारको कसैसँग रीसराग नभएको नन्दप्रसादकी आमा गौरीमायाले बताइन् । बिनाकारण माओवादीले निर्दोष नातिलाई अपहरण गरेर तड्पाईतड्पाई हत्या गरे, ७८ वर्षीया गौरीमायाले भनिन्, तर हत्यारालाई अहिलेसम्म कारबाही भएको छैन । अन्यायमा परेकाले न्याय नपाउने भए किन न्यायालय राख्नुपर्यो ? उनी नातिको हत्या भएदेखि विक्षिप्त छिन् ।
परिवारमा हत्यामा बाबुराम भट्टराईकी पत्नी हिसिला यमीकी पीए जानुका पौडेललगायत संलग्न रहेको भन्दै मृतक कृष्णका दाजु नूरप्रसादले प्रहरीमा किटानी जाहेरी दिएका थिए तर प्रहरीले कुनै चासो दिएको थिएन । उता हत्या आरोप लगाइएका पर्शुराम पौडेलले आफू र परिवार निर्दोष भएको भन्दै बिना कारण आफ्नो परिवारलाई आरोप लगाएर झुटो प्रचार गरिएको दाबी गरे । हत्यामा संलग्न जोसुकै होस् उसलाई कारबाही गरिनुपर्छ, उनले भने, तर बिना प्रमाण अरूको चरित्र हत्या गर्ने गरी हत्यारा भन्दै हाम्रो नाम राखेर प्रचार गर्न पाइदैन ।’ 

मान्छेले वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त गरेको कुरा देख्छन । यसै गरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययन अनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको भेट आफ्ना प्रियजनसँग होस् र यौनक्रीडा गर्न पाइयोस् । त्यसैले सपनामा कसैसँग सम्भोग गरेको देख्नुलाई सामान्य रूपमा लिइन्छ।
हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ, तर यौनविज्ञहरूले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरूसँगको यौनसम्बन्ध एवं उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न पाँचवटा अवस्थाको व्याख्या गरेका छन्।

१. पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे:यदि सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ।
२. पूर्वप्रेमीसँग सम्भोग गरेको देखे: यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।



३. कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखे: यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ। हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।
४. कुनै महिलासँगै सम्भोग गरेको सपना देखे: यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।
५. प्रेमीसँग बिछोड भएको सपना देखे: प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हो— आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन। सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञ परमार बताउँछन् ।

स्कुल पनि कस्ता कस्ता ? अस्टि्रयाको राजधानी भियनामा एउटा यस्तो विचित्रको स्कुल छ जहाँ सेक्स खुल्ला छ । यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यद्यपि यो स्कुलमा पढ्नको लागि गोजी भने गरम नै हुनु आवश्यक रहेछ । अर्थात् गाँठवालाले मात्र यो स्कुलमा पढ्न सक्छन् । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो ।

यो स्कुलमा १६ वर्षकटेका किशोर किशोरी तथा युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौ एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । अस्टि्रयन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उद्धेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

पानीट्याङ्की (मोरङ), श्रावण ३० - एमाओवादी नेता बाबुराम भट्टराईले बुधबार साँझसम्म असन्तुष्ट दलहरूसँग निर्णायक वार्ता हुने बताएका छन् ।
  बुधबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले असन्तुष्ट समूहको नेतृत्व गरिरहेको नेकपा–माओवादीसहित सङ्घीय समाजवादी, फोरम नेपाल लगायतका दलहरूसँग आज निर्णायक वार्ता हुने बताएका हुन् ।

उनले वार्ताबाट असन्तुष्ट  दलहरूको सबै माग पूरा हुने भएकाले उनीहरू निर्वाचनमा सहभागी हुने दाबी गरे । यस्तै अर्को एक प्रसङ्गमा भट्टराईले गोर्खाका कृष्णप्रसाद अधिकारी मुद्दामा फोहोरी राजनीति भइरहेको भन्दै त्यस्तो कार्यले शान्ति प्रक्रियालाई बिथोल्ने बताए  ।

उनले द्वन्द्वकालका घटनाहरूको समाधान सत्यनिरुपण आयोग बनाएर एकमुष्ट हल गर्ने कुरा अन्तरिम संविधानमा उल्लेख भइसकेकाले विभिन्न आवरणमा शान्ति भाँड्ने काम कसैले पनि गर्न नहुने जनाए ।
अधिकारी मुद्दाको विषयलाई लिएर निर्वाचनलाई कुनै असर नगर्ने भट्टराईले प्रस्ट पारे । सुनसरीको इटहरी र मोरङको पथरीमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न उनी यहाँ आएका हुन् ।

आफुलाई मन पर्ने जागिर खानका लागि हरेक ५ जनामा एक जना रुसी युवायुवती हाकिम वा रोजगारदातासँग सेक्स गर्न तयार हुने एक अध्ययनले देखाएको छ ।

रोजगारदाता एक कम्पनीको वेबसाइट रोबोटा डट मेल डट आरयू जब एगि्रगेटरको सर्वेक्षणले जागिरका लागि वैँश बेच्न रुसी तन्नेरी तरुनीहरु तछाडमछाड गर्ने गरेको देखाएको हो ।
आफुलाई मन पर्ने जागिर दिने रोजगारदाता आफुलाई मन पर्यो भने सेक्सका लागि आफुलाई कुनै अप्ठेरो नपर्ने १५ प्रतिशत युवायुवतीको भनाइ छ भने ५ प्रतिशतले आफुलाई राम्रो जागिर दिने जस्तोसुकै अन्नदातासँग सेक्स गर्नका लागि आफु तयार हुने बताए । ६५ प्रतिशतले भने जागिरका लागि सेक्स गर्न आफु तयार नहुने जवाफ दिए ।

सर्वेक्षणका अनुसार २९ प्रतिशत पुरुष ओछ्यानको बाटो हुँदै मनपर्ने जागिर खान चाहन्छन् । यसरी ओछ्यान तताएर जागिर खान चाहने महिलाको संख्या भने ९ प्रतिशत मात्र छ ।
स्मरण रहोस यो सर्वेक्षणमा ३३६० जना रुसी कर्मचारीलाई सामेल गरिएको थियो । जसमध्ये अधिकांस सरकारी कर्मचारी सामेल थिए ।
सेक्सलाई माध्यम बनाएर जागिर खान चाहनेमा इन्जिनियरिङ क्षेत्रका ९ प्रतिशत तथा म्यानेजिङ क्षेत्रका ४ प्रतिशत मानिस छन् । तर इलेक्टि्रसियन, क्लर्क तथा निजि सुरक्षा गार्ड हरु भने यसरी ओछ्यान तताएर जागिर खान मन नपराउने वर्गमा पर्छन् ।

काठमाडौ, श्रावण २९ - संक्रमित कुखुरा मार्ने र ओसार पसारमा गर्न दिने राज्यको दोहोरो नीतिले उपभोक्ता अन्यौलमा परेका छन् । ओसार पसारमा खुला गरेपछि मासु खान हुने वा नहुने उपभोक्ता दोधारमा छन् ।
रोग लागेको पुष्टि भएपछि सरकारले दैनिकजसो कुखुरा नष्ट गर्ने गरेको छ । बजारमा मासु बिक्रिमा पनि रोक लगाएको छैन । पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. नारायणप्रसाद घिमिरेले संक्रमित कुखुरा नष्ट गर्ने र स्वच्छ कुखुरा बिक्रि खुला गरेको बताए । 'सबै र्फमको कुखुरामा बर्डफलु लागेको हुदैन । संक्रमित देखियो भने अन्यत्र नफैलियोस भनेर नष्ट गर्छौ,'उनले भने- 'बजारमा पठाएको कुखुरा पनि लसपस भएको हुन सक्ने आशंकाले राम्ररी पकाएर खान भनेका हौ ।'
साउन पहलिो सातादेखि उपत्यकामा एक पछि अर्को र्फममा बर्डफलु देखिएको हो । भक्तपुर, थानकोट, किर्तिपुर लगायतको अधिकांश कुखुरा र्फमको कुखुरामा बर्डफलु लागेको भन्दै निगरानी पनि सुरु गरेको छ । कुखुरा ओसार पसार नगर्ने भन्दै एक साता प्रतिन्ध पनि लगायो तर, व्यवसायीको दबाबमा थप रोक लगाउन सकेन । सरकारले प्रतिबन्ध खुला गरेपछि उपत्यका बाहिर पनि बर्डफलु देखिन थालेको छ । सरकारले बिहान र बेलुका निश्चित समयमा मात्रै कुखुरा ओसार पसार गर्न पाउने व्यवस्था गरेकेा छ । तर, सरकारी निकायको आखा छल्न भाडाको बस र अन्य सवारीमा कुखुरा ओसार पसार गर्ने गरेको पाइएको छ ।
सरकारले भक्तपुरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेपनि व्यवसायीले नौ बुदे माग राखेपछि हुन सकेन । अवस्था हेरेर सरकारले एक महिना ओसार पासरमा रोक लगाउन सक्छ । तर, व्यवसायीको दबाबमा संकटग्रस्त क्षेत्र घोषणा गरेर जीविति कुखुरा नष्ट गर्न चासो देखाएको छैन । 'सरकार उपभोक्ताप्रति जिम्मेवार नभएकोले हामी आफै सचेत हुनु पर्ने अवस्था आएको छ' उपभोक्ता हित संरक्षण मन्चका महासचिव ज्योति बानियाँले भने- 'यतिबेला कुखुराको मासु खानु भन्दा नखानु राम्रो हुन्छ ।'

मानव स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई उपभोक्ताबादी संघसंस्थाले आग्रह गरेको छ । टोल छिमेकमा कुखुराको र्फम भए बिरोध गरेर हटाउन लगाउनु पर्ने बानियाले बताए । बस्ती नजिकै र्फम भएपछि स्थानीयबासीको स्वास्थ्यमा प्रत्यक्ष असर गर्न सक्छ । काठमडौंका चपली वासिक स्थित  र्फमको कुखुरा मरेर टोलमा दुर्गन्ध फैलिएपछि परिक्षणका लागि पशु सेवा कार्यालय काठमाडौं बारम्बार आग्रह गर्दा पनि चासो नदिएको स्थानीयको गुनासो छ । बस्तीको बीचमा कुखुरा र्फम भएपछि स्थानीयबासी थप आतंकित भएका छन् ।
पशु सेवा कार्यालय भक्तपुरका प्रमुख  खगेन्द्र भट्टका अनुसार सोमबार थप ६ वटा र्फममा बर्डफलु देखिएको छ । त्यस मध्ये चार वटा र्फमको कुखुरा नष्ट गरिसकेको छ । र्‍यापिड टेष्टको क्रममा थप एक र्फममा बर्डफलु देखिएको हो । सोमबार १९ वटा र्फममा परिक्षणको क्रममा छालिङको एक र्फममा बर्डफलु देखिएको उनले बताए । थप पुष्टिका लागि केन्द्रीय पशु रोग अन्बेषण प्रयोगशालामा पठाएको छ । त्यस्तै सिपाडोल ८ को सानुकाजी तामाङ, झौखेल ७ को योगेश हाडा, बागेश्वरी ३ प्रकाश बास्तोला,  सुडाल ५ रञ्जन भैमटो र  नंखेल २ स्थित कान्छाराम सुख्ख्ामटु र्फममा पनि बर्डफलु देखिएको उनले बताए । त्यस मध्ये सुमनको र्फमको ४ सय ५० कुखुरा र  २ सय ५० किलो दाना नष्ट गरेको छ । त्यस्तै योगेशको र्फमबाट २ हजार ९ सय ५ कुखुरा र १ हजार ५ सय ६६ अण्डा नष्ट गरेको छ । कान्छाराम  र र्‍यापिड टेष्टमा बर्डफलु देखिएको छालिङका र्फमको कुखुरा नष्ट गर्न बाकी छ ।
बर्डफलुको कारण नेपालमै आत्म निर्भर कुखुरा व्यवसाय पनि धरापमा परेको छ । सरकारले उचित निणर्य लिन नसक्दा व्यवसायीको मरेको कुखुराको बजार मुल्य अनुसारको राहत पाउन सकेको छैन । सरकारले दिने क्षतिपूति कम भएकै कारण बजारमा रोगी कुखुरा जाने गरेको छ ।

काठमाडौ, श्रावण २९ - राजधानीको मोडेल अस्पताल पुग्दा पाँच वर्षे सम्राट् प्रधानको स्वास्थ्यमा खासै समस्या थिएन । विद्यालयमा बुधबारको कक्षा सकेर उनी हिँड्दै अस्पताल पुगेका थिए । सबै जाँचपछि हिँड्दै सामाखुसीस्थित घर फर्केका थिए । दायाँ खुट्टामा दुई वर्षअघि राखेको स्टिल निकाल्न गर्नुपर्ने शल्यक्रियाअघिका परीक्षणहरूमा उनको अवस्था 'सामान्य' देखिएको थियो । शुक्रबारको शल्यक्रियापछि भने बालकको अवस्था एकाएक गम्भीर भयो । त्यसको एकदिनमा उनको ज्यानै गयो ।
सम्राट्को मृत्यु अस्पतालको लापरबाहीले गर्दा भएको परिवारजनको भनाइ छ । अस्पतालले भने उक्त आरोप अस्वीकार गर्दै छानबिनका लागि समिति गठन गरेको जनाएको छ । आइतबारको घटनाको तीन दिनसम्म पनि कारण पत्ता लागेको छैन । परिवारका अनुसार डा. रोशनलाल श्रेष्ठको समूहले उनको शल्यक्रिया गरेको थियो । 'बच्चा राम्ररी हिँड्न, कुद्न र फुटबलसम्म खेल्न सक्ने भएको थियो,' सम्राट्की फूपू मोनालिसाले भनिन्, 'हामीले समय-समयमा जाँच गराउँदै आएका थियौं । बच्चाको अवस्था एकदमै राम्रो थियो ।' बिहान ८ बजे सुरु शल्यक्रिया ११ बजे सकिएको थियो । शल्यक्रियापछि बच्चालाई ज्वरो उच्च भएको थियो । 'शुक्रबार दिनभर ज्वरो नघटेपछि पटक-पटक बच्चालाई शल्यक्रिया गर्ने डाक्टर बोलाइदिन आग्रह गर्‍यौं,' फूपू मोनालिसाले भनिन्, 'नर्सहरूले डाक्टर बोलाई दिएनन्, डाक्टर आफैं पनि बिरामीको अवस्था बुझ्न आएनन् । बच्चा सिकिस्त हुँदै गयो ।'
'छिटो डाक्टर बोलाइदिनुस्' भन्दा ड्युटीमा रहेका नर्सहरूले 'पि|mजमा आइस छ झिकेर लाइदेऊ' भन्ने जवाफ दिएको परिवारले बताए । त्यति गर्दा पनि ज्वरो नघटेपछि 'फ्लुक्लस' भन्ने औषधि केनेलाबाट दिइएको थियो । त्यसपछि बच्चाको ज्वरो झन् बढेको र औषधि दिएको हातको ठाउँ सुन्नियो । नर्सलाई त्यसबारे जानकारी गराउँदा हात माडिदिन र सुम्सुम्याउन भनेको उनीहरूले बताए ।
'बच्चाको अवस्था जानकारी गराइरहँदा पनि नर्सहरूले बेवास्ता गरे,' परिवारका एक सदस्यले भने, 'बच्चाले मुखबाट फिँज निकाल्ने, आँखा पल्टाउने र श्वास फेर्न गाह्रो भएको महसुस गर्न थालेपछि आईसीयूमा राखिदिन आग्रह गर्‍यांै । बेड खाली छैन भनेर आईसीयूमा राख्न इन्कारे । राख्न जरुरी छैन भने ।' बच्चाको अवस्था नाजुक हुँदा पनि कुनै चिकित्सक नआएको र नर्सहरूले खबर नगरेको परिवारको आरोप छ । 'बालरोग विशेषज्ञ राजेश गुरुवाचार्य आइपुग्दा बच्चा अचेत भइसकेको थियो,' परिवारजनले भने, 'पोस्ट अपरेसनको २७ घन्टापछि चिकित्सक आए । अस्पतालको यो हदै लापरबाही हो ।' गुरुवाचार्यले परीक्षण गर्दागर्दै साँझ ७ बजेको र अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राख्न सिफारिस गरेको परिवारले जनायो । 'एक/दुई घन्टाअघि मात्रै अर्कै अस्पताल जाऊ भनेको भए मृत्यु हुने थिएन,' फुपूले भनिन्, 'जतिबेला अर्को अस्पतालमा पठाइयो त्यतिबेलै बच्चाको मृत्यु भइसकेको हुन सक्ने थुप्रै आधार छन् ।'

अस्पतालबाट बाहिर निकाल्दा बच्चाको दुवै आँखा बन्द गरेर टेप टाँसिएको, ईसीजीले सीधा लाइन देखाइरहेको र शरीरको अक्सिजन नाप्ने अक्सिमिटरले 'शून्य, शून्य, शून्य' अंक देखाएको परिवारका सदस्यहरू बताउँछन् । उनको परिवारका अन्य सदस्य चिकित्सा र स्वास्थ्य पेसामा संलग्न छन् । 'म आफैं पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले यो चिकित्सकको गम्भीर लापरबाही हो भन्नेमा म विश्वस्त छु,' परिवारका एक आफन्तले भनिन्, 'अर्कोतर्फ शनिबार साँझ आठ बजे बालमैत्री अस्पतालमा पुर्‍याएको बच्चाको आइतबार बिहानै अस्पतालबाट शव कुहिएर गन्हाइरहेको खबर आयो ।' बच्चाको शव बालमैत्री अस्पतालबाट उठाउन मोडेल अस्पतालले दबाब दिएको परिवारको आरोप छ । 'यो रहस्यमय विषय हो,' उनकी फुपूले भनिन्, 'शनिबार राति बच्चाको मृत्यु भएको हो भने आइतबार बिहानै कसरी शव कुहिएर गन्हाउने हुन्छ ? पत्याउनै नसक्ने गरी अस्पतालले हामीमाथि लापरबाही गरेको छ ।' सम्राट्का बुवाआमा निकेश र रश्मी बोल्न नसक्ने अवस्थामा छन् ।
'शल्यक्रियापछि बच्चामा इन्फेक्सन देखिएको थियो,' अस्पतालका बालरोग विशेषज्ञ राजेश गुरुवाचार्यले भने, 'औषधिको कारण भएको हो कि होइन भन्नेबारे खोजी भइरहेको छ । यस घटनाले अस्पताल दुःखी भएको छ ।' उनका अनुसार अस्पताल प्रशासन र चिकित्सकहरूबीच बैठक बसी यस घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको छ ।

काठमाडौँ, २९ साउन। सर्वोच्च अदालतले जनयुद्ध शब्दलाई अस्वीकार गर्दै तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई सरकारले जारी गरेको एउटा निर्देशिका कार्यान्वयनमा रोक लगाएको छ। न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले भट्टराई सरकारले जारी गरेको राजनीतिक द्वन्द्वको क्रममा मृत्युवरण गरेका वा बेपत्ता पारिएका व्यक्ति तथा परिवारलाई प्रदान गरिने परिचयपत्रसम्बन्धी निर्देशिका–२०६९ मा जनयुद्ध शब्द उल्लेख गरिएको भन्दै कार्यान्वयन नगर्न आदेश दिएको समाचार आजको राजधानी दैनिकमा डिल्ली आचार्यले लेखेकाछन्। न्यायाधीशद्वयले सोमबार दिएको आदेशमा अन्तरिम संविधान र संविधानकै अंग रहेको विस्तृत शान्ति सम्झौताविपरीत भन्दै निर्देशिकाको कार्यान्वयनमै रोक लगाइएको उल्लेख छ।

अदालतले निर्देशिकामा संविधानले सम्बोधन गरेभन्दा बाहिर गएर माओवादी सशस्त्र द्वन्द्वलाई जनयुद्ध भनेर उल्लेख गरिनुका साथै निर्देशिकाले द्वन्द्वका पक्ष र पीडितलाई समेत समग्रतामा नसमेटिएकाले कार्यान्वयन रोक्नुपरेको जनाएको छ। निर्देशकामा समेटिएका शब्दावली अन्तरिम संविधानमा प्रयोग भएबाहेकका शब्दहरू प्रयोग भई द्वन्द्वका पक्षहरू र द्वन्द्वबाट पीडितहरूलाई समग्रतामा नसमेटिएको प्रश्न विद्यमान रहेकाले निर्देशिका कार्यान्वयन नगरी यथास्थितिमा राख्नू, अदालतको आदेशमा भनिएको छ। आदेशमा निर्देशिका जारी गर्ने मन्त्रिपरिषद्को निर्णयमा जारी गर्नुपर्ने पर्याप्त आधार नखुलाइएको र उनीहरूले पाउने सुविधासमेत स्पष्ट उल्लेख नगरिएको उल्लेख छ।

निर्देशिकामाथि प्रश्न उठाउँदै अदालतले संविधानबमोजिम निर्विवाद रूपमा वा न्यायिक निरूपणपछि मात्र यस्तो निर्देशिका क्रियाशील हुने समेत जनाएको छ। संविधानबमोजिम निर्विवाद रूपमा वा न्यायिक निरूपण गरेबेगर कुनै रूपमा परिचयपत्र वितरण गर्न तथा कार्यान्वयन गर्न दिन तत्काल मिल्ने नदेखिएकाले अन्तिम निर्णय नभएसम्म विवादित निर्देशिका जहाँ जुन अवस्थामा छ, सोही अवस्थामा रोक्नू, अघि नबढाउनू, अदालतको आदेशमा भनिएको छ। लमजुङ जिल्लाका द्वन्द्वपीडित सुमन अधिकारी, कीर्तिपुरका देवबहादुर महर्जन, रामेछापका प्रकाशचन्द्र श्रेष्ठ, काभ्रेपलाञ्चोकका मनकुमारी रञ्जितकार र रामेछापकै ज्ञानेन्द्रराज आरणले दायर गरेको रिट निवेदन सुनुवाइपछि अदालत यस्तो निष्कर्षमा पुगेको हो। निर्देशिकामा उल्लिखित माओवादी जनयुद्ध, राजनीतिक द्वन्द्व र राजनीतिक आन्दोलनजस्ता शब्द नेपालको अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौताविपरीत भएको निवेदकको दाबी थियो।

अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौताले माओवादीको सशस्त्र युद्धलाई सशस्त्र द्वन्द्व भनेर परिभाषित गरेको छ। भट्टराई सरकारले जारी गरेको निर्देशकामा अधिकांश स्थानमा जनयुद्ध शब्दावलीको प्रयोग गरिएको छ। तर, अन्तरिम संविधानमा जनयुद्धको साटो सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकारको उल्लंघन भएका व्यक्तिहरूलाई उचित राहत, सम्मान र पुनःस्थापनाको व्यवस्था गर्ने व्यवस्था छ। सरकारले द्वन्द्वपीडितलाई राहत र पुनःस्थापनाका लागि भन्दै निर्देशिका जारी गरी कार्यान्वयन थालेको थियो ।

पोखरा, श्रावण २३ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आएपछि राष्ट्रिय राजनीतिमा आफूले तीन वटा गल्ती गरेको बताएका छन् । पोखरामा बुधबार आयोजित कार्यक्रममा दाहालले आफूले गरेका गल्तीबाट सिकेर अघि बढ्ने बताए । दाहालले स्वीकारेको पहिलो गल्ती हो-पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिनु । यसअघि आफूहरुको कमजोर भएको भन्दै आएका दाहालले भने, 'निर्वाचनको नतिजाले हामी अलि बढी मनोगत भयौं, गिरिजाबाबुलाई राष्ट्रपति बनाएर म प्रधानमन्त्री हुनुपर्थ्यो, त्यसमा म प्रचण्डकै गल्ती भयो, मैले नै दिन नचाहेको हो ।

दाहालले स्वीकारेको अर्को गल्ती हो, कटवाल प्रकरण । सरकारमा आएपछि पनि काम गर्ने शैलीको कमजोरीले सो प्रकरण हुन पुगेको उनको भनाइ छ । दाहालको स्वीकारोक्ति छ- 'विद्रोहबाट आएर सरकारको नेतृत्व गरेका हामीले तीन महिना पछि रिटायर्ड हुन लागेका सेनापतिलाई कारवाही गर्नु भूल भयो ।'
दाहालले संविधानसभा विघटन अघि राज्य पुर्नसंरचनाको बिषयलाई मतदानमा नलैजानु अर्को गल्ती भएको प्रष्टीकरण दिए । बहु नाम दिएर १० प्रदेश बनाउने सहमति भएर पनि पछि कांग्रेस र एमालेले धोका दिएको चर्चा गर्दै दाहालले भने, 'मैले मतदान मै जानुपर्छ भनेर अडान लिएको भए, दुई तिहाईले संविधान बन्थ्यो तर त्यो गर्न सकिन ।'
आफ्ना गल्तीबारे खुलेरै बोलेका दाहालले आफू नरम स्वभावको मानिस भएको समेत भन्न भुलेनन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको खुवै तारिफ गरेका दाहालले शान्ति सम्झौताको हस्ताक्षरकर्ता मध्ये आफू मात्र रहेकाले मुलुकलाई अघि बढाउने चुनौती र अवसर रहेको बताए ।
१२ बुँदे सहमतिपछि प्राप्त उपलव्धि समाप्त पार्ने प्रयास भएको भन्दै दाहालले भने, 'गणतन्त्रका लागि योगदान गरेका गिरिजावावु यतिवेला स्वर्गमा हुनुहुन्छ, तर परिवर्तन विरोधीहरुले उहाँलाई स्वर्गबाट नर्कमा पुर्‍याउने प्रयास गरेका छन् a

नयाँ दिल्ली, २२ साउन । भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सत्तारुढ काँग्रेस आईकी अध्यक्ष सोनियाँ गान्धीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ । मंगलवार भएको भेटवार्ताको क्रममा कोइरालाले भारतको सबैभन्दा घनिष्ठ छिमेकी नेपालको भ्रमण अहिलेसम्म नगरेको भन्दै गान्धीलाई नेपाल भ्रमणमा आउन निम्तो दिनु भएको हो ।

जवाफमा गान्धीले आफू नेपाल भ्रमणमा आउन लालायित भएको भन्दै नेपालमा संविधानसभाको निर्वाचन भएर संविधान बनेपछि आफू नेपाल भ्रमणमा आउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कोइरालाले नेपालका राजनीतिक दलहरुवीच सहमति र सहकार्यको वातावरण बन्दै गएकोले आमसहमतिमा आगामि मंसिर ४ गते संविधानसभाको निर्वाचन हुने भन्दै गान्धीलाई आश्वस्त पार्ने प्रयत्न गर्नु भएको थियो । उहाँले नेपालको निर्वाचनको लागि भारतीय सहयोग र सदभाव आवश्यक रहेको भन्दै त्यसकोलागि समेत अपिल गर्नु भएको थियो ।

कोइरालाले भारतीय स्वतन्त्रता संग्राम देखि नै नेपाली काँग्रेस र भारतीय काँग्रेस आईवीच सुमधुर सम्बन्ध रहँदै आएको भन्दै त्यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले नेपाली काँग्रेस र काँग्रेस आईका संस्थापक नेताहरुवीचको सम्बन्ध पनि स्मरण गराउनु भएको थियो । गान्धीले नेपालको राजनीतिक गतिरोधको अन्त्य र लोकतन्त्रको संस्थागत विकासकोलागि निर्वाचन अपरिहार्य भएको भन्दै जसरी पनि मंसिर ४ मा घोषित निर्वाचन हुनु पर्ने धारणा राख्नु भएको थियो । भारत शान्त, स्थायित्व भएको समृद्ध नेपालको पक्षमा रहेको भन्दै उहाँले त्यसकोलागि सबै खाले सहयोग गर्न तयार रहेको स्पष्ट समेत पार्नु भयो । कोइरालाले मंगलवार नै भारतीय जनता पार्टीकी संसदीय दलकी नेतृ शुष्मा स्वराजसँग पनि भेटवार्ता गर्नु भएको थियो ।स्वराजले पनि नेपालमा निर्वाचन भएर लोकतन्त्र संस्थागत भएको हेर्ने चाहना ब्यक्त  गर्नुभएको थियो

राजाराम कार्की । काठमाडौँ, २२ साउन । व्यापारी र सरकारबीचको हानथापले कुखुरा व्यवसायमा वितृष्णा जागेको छ । सानो, मझौँला र ठूला कुखुरा व्यवसायीको कुखुरा फार्ममा बर्डफ्लु रोगको महामारी फैलिन थालेपछि उनीहरुमा वितृष्णा जागेको हो । कृषि सचिव जयमुकुन्द खनालले खुलेरै केही लोभीपापी व्यापारीका कारण बर्डफ्लु रोकथाममा असजिलो पर्दै गएको बताउनुभयो ।

कुखुरा व्यवसायीले सरकारको लापरबाही र रोकथाममा तदारुकता नदेखाएकाले बर्डफ्लु रोगको सङ्क्रमण बढ्दै गएको बताएपछि सरकार र व्यवसायीबीच विबाद बढ्दै गएको प्रमाणित हुन्छ  । कुल गार्हस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान रहेको कुखुरापालन व्यवसायमा पटक–पटक देखा परिरहने बर्डफ्लु रोगको सङ्क्रमणले आमउपभोक्ता तथा कुखुरासँग सम्बन्धित  उद्यमीमा वितृष्णा जागेको हो । बर्डफ्लुका कारण चल्ला, दाना, अन्डा, उत्पादन तथा मासु उत्पादनमा नकारात्मक प्रभाव बढ्न थालेका कारण करिब ५० लाख मानिसको रोजगारीमा गम्भीर समस्या देखिएको राष्ट्रिय कुखुरा व्यवसायी सङ्घका प्रतिनिधि नारायणहरि खत्रीले राससलाई बताउनुभयो  ।

उपत्यकाको भक्तपुर र  काठमाडौँ जिल्लामा बर्डफ्लु रोगको सङ्क्रमण देखिएकाले पशुसेवा निर्देशनालयका टोलीले सङ्क्रमित कुखुरा नष्ट गरेको दृश्यबाट कुखुरापालक व्यवसायीमा वितृष्णा देखिएको सहजै अनुमान लगाउन सकिन्छ । नेपालमा सबैतिर गरी  दैनिक पाँच हजार मेट्रिक टन र उपत्यकामा  दैनिक करिब दुई लाख ५० हजार केजी कुखुराको मासु खपत हुनेगरेको बताइन्छ । बर्डफ्लु सङ्क्रमणको महामारीका कारण अहिले कुखुराको मासु बजारमा नपाइएकै कारण खसी बोका र राँगाको मासुको मूल्य २० प्रतिशतले बढेको राष्ट्रिय मासु व्यवसायी महासङ्घका निर्वतमान अध्यक्ष अर्जुन शाहीले बताउनुभयो ।

गत हप्ता रु ३५० जिउँदो खसी बोको र  रु २७५ देखि ३०० प्रतिकेजीमा राँगाको मासु बिक्री वितरण भएकोमा हाल जिउँदो खसी रु ४३० देखि ४५० मा र राँगाको मासु ३२५ देखि ३५० मा किसानसँग खरिद गर्नुपरेको बताउनुभयो । साउन २ गतेदेखि उपत्यकाको दुई जिल्लामा बर्डफ्लुकै कारण दैनिक २० देखि २५ हजारसम्म कुखुरा नष्ट गरिँदै छ भने सरकारले व्यवसायीलाई रु तीन करोड क्षतिपूर्ति वितरण गरिसकेको छ ।

कृषि विकास मन्त्रालयसँग आबद्ध पशुसेवा विभाग र निर्देशनालयले उपत्यकाका उक्त दुई जिल्लामा बर्डफ्लु नियन्त्रण गर्न साउन २ गतेदेखि अभियानकै रुपमा आफ्नो गतिविधिलाई तीव्रता दिएको छ । बर्डफ्लु सङ्क्रमण नियन्त्रण गर्न कम्तीमा सातदेखि २१ दिनसम्मको समय लाग्ने भएकाले त्यसबेलासम्मका लागि विभाग र निर्देशनालयले कुखुरा र कुखुराजन्य वस्तुको ओसारपसारमा प्रतिबन्ध लगाएको छ । पशुसेवा विभागका उपमहानिर्देशक आर के खतिवडाले  कुखुरापालन व्यवसायमा आबद्ध व्यवसायीले कुखुराको खोरको प्रकृति कुखुरा, अन्डा  तथा  दाना ओसारपसारमा प्रयोग गरिने साधन, खोरभित्र आवतजावत गर्दा अपनाउनुपर्ने जैविक विधि अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

विश्वमा बर्डफ्लु रोगको सङ्क्रमण सन् १८७० मा इटलीबाट सुरु भएको हो । सो रोगका कारणले सन् १९१८ मा स्पेनमा लाखौँ मानिसले अकालमै ज्यान गुमाएका थिए ।  विश्वका ६० जिल्लामा बर्डफ्लुको महामारी फैलिसकेको छ भने नेपालमा उक्त रोग विसं २०६५ मा झापा जिल्लाबाट सुरु भएको पाइन्छ । हालसम्म नेपालका १८ जिल्लामा बर्डफ्लु रोग फैलिसकेको छ भने उपत्यकाको भक्तपुर र काठमाडौँमा साउन २ गतेबाट फैलिएको  हो ।

हाल बर्डफ्लु सङ्क्रमणले उपत्यका बाहिरका काभ्रे, नुवाकोट धादिङ, सिन्धुपाल्चोक, सिन्धुलीलगायतका व्यवसायीमा सङ्क्रमणको चिन्ता बढ्न थालेको पाइन्छ । बर्डफ्लु रोग विशेष गरी बसाइँ सरेर आउने जङ्गली चराका कारणले हुने गरेको पाइन्छ । यो रोगका तीन अवस्था रहने गरेका छन् । पहिलो पक्षीबाट पक्षीमा, दोस्रो पक्षीबाट मानिसमा र तेस्रो मानिसबाट मानिसमा सर्न सक्छ ।

विश्वमा हालसम्म बर्डफ्लु रोगले दुई चरण पार गरिसकेको छ । भने नेपालमा यो रोगबाट ३७७ व्यक्तिको मृत्यु भइसकेको पशुसेवा विभागका उपमहानिर्देशक डा विजय कान्त झाले बताउनुभयो । मानिसबाट मानिसमा उक्त रोगको सङ्क्रमण नहोस् भन्ने उद्देश्यले विभाग तथा निर्देशनालयले कुखुरापालक व्यवसायीको खोरमा नै पुगी  बर्डफ्लु देखिएका कुखुरा नष्ट गर्ने कार्य अगाडि बढाएको छ ।

बर्डफ्लु लागेका कुखुरा सुरुमा झोक्राउने, दाना पानी नखाने र भकाभक मर्ने क्रम जारी हुन्छ । यो प्रक्रिया अन्यत्र फैलिन नपाओस् भन्ने उद्देश्यले तत्काल अन्य कुखुरालाई नियन्त्रणमा लिने गरिएको छ । सरकारलाई  बर्डफ्लु रोग नियन्त्रणका लागि संयुक्त राष्ट्रसङ्घीय कृषि विकास नियोग र विश्व खाद्य सङ्गठनले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।  नेपालमा हालसम्म कुखुरा व्यवसायमा २५ अर्बको लगानी भएको अनुमान छ । 

२२ साउन,काठमाडौं ।  रेग्मी सरकारले गर्न लागेको चुनाव बहिस्कार गर्ने घोषणा गरेका नेकपा माओवादी लगायत ३३ दलले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा मंसिर ४ गतेको चुनाव स्थगित गर्नुपर्ने माग पेश गरेका छन् । नयाँ वानेश्वरस्थित संविधान सभा भवनमा मंगलबार राजनीतिक समितिसँग  पहिलोपटक भएको औपचारिक वार्तामा ३३ दलीय मोर्चाले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र राजनीतिक समिति खारेज, मंसिर ४ को चुनावी प्रक्रिया स्थगित र संयुक्त सरकर गठनको माग राखेको हो । जसमा वर्तमान सरकार गठनअघि दलहरुबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ अध्यादेश खारेज हुनुपर्ने राष्ट्रिय स्वाधीनता र जनहित प्रतिकूलका निर्णयहरु खारेज गरिनुपर्ने, भारतसँग राष्ट्रिय हित विपरीत गरिएका असमान सन्धि–सम्झौताहरु खारेज गरिनुपर्ने लगायतका मागहरु समेत अघि सारेको छ ।
आजको बैठकमा दलहरुबीच कुनै सहमति भने हुन सकेन । तर बैठकपछि नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले वार्ता सकरात्मक भएको बताएका छन् ।
समितिलाई ३३ दलले राखेका मागहरु यस प्रकार छन्:
वार्ताका प्रस्तावहरु

दश वर्षको माओवादी जनयुद्ध, १९ दिने संयुक्त जनआन्दोलन, मधेसी, आदिवासी–जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्रका आन्दोलनलगायतका विभिन्न आन्दोलनहरुको जगमा जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको अपेक्षासहित निर्वाचनद्वारा संविधानसभाको गठन भएको थियो । परन्तु, चार वर्षको अवधिमा पनि नयाँ संविधान निर्माण हुन सकेन । असामयिक रुपमा संविधानसभाको अवसान गराइयो । साझा सहमतिको अङ्गको रुपमा रहेको संविधानसभाको विघटनबाट सहमतिको कुनै साझा थलो बाँकी रहेन । अन्तरिम संविधान २०६३ विपरीत चार दलका शीर्ष नेताहरुद्वारा ११ बुँदे सहमति गरी राष्ट्रपतिमार्फत् २५ बुँदे आदेश जारी गराइयो । फलतः सर्वदलीय सहमतिबाट निर्माण गरिएको अन्तरिम संविधान २०६३ को मर्म र भावनालाई ध्वस्त पारियो । त्यसबाट मुलुक झन्–झन् गम्भीर सङ्कटमा पर्दै गयो । विगतको आन्दोलनबाट प्राप्त सीमित लोकतान्त्रिक अधिकारहरु गुम्ने मात्र होइन, मुलुकको सिङ्गो राष्ट्रिय अस्मिता नै गम्भीर धरापमा पर्न गयो । अतः यो बेला राष्ट्रिय स्वाधीनताको रक्षा, विगतका आन्दोलनहरुबाट प्राप्त गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लगायतका उपलब्धिहरुको रक्षा र अग्रगामी राजनीतिक निकासको लागि विद्यमान राजनीतिक दलहरुको बीचमा नयाँ राष्ट्रिय राजनीतिक सहमति गर्नुको अर्को विकल्प छैन । त्यही सहमतिको आधारमा नयाँ संविधान निर्माणको भरपर्दो आधार तयार गरी जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्नु अनिवार्य रुपमा आवश्यक छ । त्यसैले, हामी विद्यमान राष्ट्रिय सङ्कट समाधान राजनीतिक निकासको लागि नेकपा–माओवादी समेतको ३३ राजनीतिक दलीय मोर्चाको तर्फबाट चार दलीय उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ताको टेबुलमा निम्न विषयहरुको प्रस्ताव प्रस्तुत गर्दछौं ।
१. २०६९ चैत्र १ गते ४ दलको सिफारिसमा राष्ट्रपति ज्यूबाट अन्तरिम संविधानको बाधा अड्काउ फुकाउसम्बन्धी धारा १५८ प्रयोग गरी जारी गरिएको २५ बुँदे असंवैधानिक र पश्चगामी आदेश खारेज गरिनुपर्दछ ।
२. नयाँ राष्ट्रिय राजनीतिक सहमतिको लागि चार दलीय उच्च स्तरीय राजनीतिक संयन्त्रलाई भङ्ग गरी आन्दोलनरत दलहरुका साथै विद्यमान सबै राजनीतिक दलहरुको बीचमा सर्वपक्षीय गोलमेच सभा गरिनु पर्दछ ।

३. वार्ताको प्रारम्भ भइसकेको अवस्थामा २५ बुँदे आदेशको आधारमा घोषणा गरिएको मंसिर ४ को निर्वाचन, निर्वाचनसम्बन्धी ऐन, क्षेत्र निर्धारण आयोग, आचारसंहितालगायतका निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यतालिकाहरु नयाँ राष्ट्रिय राजनीतिक सहमति नहुँदासम्म स्थगित गरिनुपर्दछ ।
४. अग्रगामी राजनीतिक दलहरुको सहमति र बहुदलीय मान्यताको आधारमा राष्ट्रिय संयुक्त सरकारको गठन गरिनुपर्दछ ।
५. जनताको नयाँ संविधान निर्माणको सुनिश्चितताको लागि विगत संविधानसभाबाट संविधान लेख्न नसकिनु र संविधानसभा विघटन हुनुको कारण बारे समीक्षा गर्दै संविधान निर्माण गर्ने सुनिश्चित आधारहरु तय गरी संविधानसभाको निर्वाचन गरिनु पर्दछ ।
६. नयाँ संविधान निर्माणको भावी कार्यभारको सम्बन्धमा विगत संविधानसभाबाट सहमत भएर पुरा भइसकेका कार्यहरुलाई स्वीकार गर्दै सहमत हुन बाँकी रहेका र अपुग विषयहरुमा केन्द्रित गरिनुपर्दछ ।
७. जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माणका लागि सहमति हुन बाँकी रहेका मूलभूत सिद्धान्तहरुमा दलहरुबीच सहमति कायम गरिनु पर्दछ ।
८. सहमत नभएका विषयहरुमा लोकतान्त्रिक विधि अनुरुप प्रक्रिया अगाडि बढाउन सुनिश्चित गरिनु पर्दछ ।
९. २०६९ जेठ १४ गते संविधानसभाको कार्यविधि समाप्त भए पनि संविधान निर्माणका बाँकी रहेका विषयहरुलाई व्यवस्थापिका संसदतर्फ क्षेत्राधिकार हस्तान्तरण गरी संविधान निर्माणका बाँकी कार्यहरु व्यवस्थापिका संसदबाट पुरा गर्ने भनी दलहरुबीच सर्वसहमति कायम भएको थियो । परन्तु, सो सहमति विपरित तात्कालीन सरकारद्वारा संविधानसभाका साथै व्यवस्थापिका संसद समेत भङ्ग गरियो । त्यसरी सर्वदलीय सहमतिको उल्लङ्घन मात्र होइन, जनताको प्रतिनिधिमूलक संस्थालाई भङ्ग गर्नु घोर प्रतिगामी कदम हो । संविधान निर्माणको प्रक्रियामा संविधानसभाको विघटन कुनैपनि प्रधानमन्त्रीले गर्न नपाउने व्यवस्थाको सुनिश्चितता गरिनु पर्दछ ।
१०. विगतमा राज्य पक्ष र विद्रोही पक्षबीच भएको बृहत शान्ति सम्झौताअनुसार पुरानो राज्य व्यवस्थामा अग्रगामी पुनर्संरचना गर्ने भनी गरिएको सहमतिलाई क्रियान्वयन गरिनुपर्दछ । साथै आदिवासी–जनजाति आन्दोलन, मधेश आन्दोलन, लिम्बुवान आन्दोलन, थरुहट आन्दोलन, दलित आन्दोलन, पिछडा वर्ग आन्दोलन लगायतका विभिन्न उत्पीडित समुदायसँग राज्य पक्षले गरेका सम्झौताहरुको कार्यान्वयन गरिनु पर्दछ । राज्यका सबै अंगहरुमा महिला, आदिवासी–जनजाति, मधेशी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व र पहुँचको सुनिश्चितता गरिनु पर्दछ ।
११. विगतमा संविधानसभाको अधिकांश समय सरकार गठन र विघटनमा सिमित रह्यो । सत्ता पक्ष र विपक्षबीच ५१% बहुमतको लागि विभिन्न प्रकारका अनैतिक तथा फोहोरी खेलहरु चलिरहे । ति सबै परिघटनाहरुबाट उक्त परम्परावादी दुई दलीय संसदीय प्रणाली असफलसिद्ध भएको यथार्थता फेरिपनि राम्रोसँग पुष्टि भएको छ । अतः इतिहासको यसप्रकारको संक्रमणकालीन अवधिमा सरकार गठनमा बहुदलीय मान्यता अनुरुप दलहरुको समानुपातिक प्रतिनिधित्वका साथै सरकार सञ्चालनका लागि सहमतीय प्रणाली अवलम्बन गरिनु पर्दछ ।
१२. सहमतीय प्रणालीको लागि निर्वाचन प्रणाली पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिनु पर्दछ । त्यसबाट राज्यका अङ्गहरुमा बहुदलीय समावेशीका साथै किसान, मजदूर, सुकुम्बासी, महिला, दलित, मधेशी, मुस्लिम, उत्पीडित क्षेत्र र आदिवासी–जनजाति लगायतका विभिन्न उत्पीडित वर्ग र समुदायहरुलाई पनि समुचित प्रतिनिधित्व गराउन सकिनेछ ।
१३. मतदाताको सूची अद्यावधिक गर्ने नाममा नागरिकता ऐन संशोधन गरी विदेशी आप्रवासीहरुलाई परिलक्षित गरी नागरिकता वितरण गरियो । अतः उक्त ऐन खारेज गरी उक्त ऐनअनुसार वितरण गरिएका नागरिकताहरु छानबिन गरिनुपर्दछ र वास्तविक नेपाली नछुटुन् र विदेशी आप्रवासी नछिरुन् भन्ने राष्ट्रिय मान्यतालाई दृढतापूर्वक कार्यान्वयन गरिनुपर्दछ । मतदाता सूची, नागरिकता प्रमाणपत्रको आधारमा मात्र तयार गरिनुपर्दछ ।
१४. वर्तमान सरकारद्वारा गरिएका राष्ट्रिय स्वाधीनता र जनहित प्रतिकूलका निर्णयहरु खारेज गरिनुपर्दछ ।
१५. विभिन्न समयमा नेपाल र भारतबीच राष्ट्रिय हित विपरीत गरिएका असमान सन्धि–सम्झौताहरु खारेज गरिनुपर्दछ ।
१६. राज्य पक्षसँग विभिन्न समयमा सहमति भएअनुरुपका खारेज गरिनुपर्ने मुद्दाहरु अझै बाँकी रहेकोले ती मुद्दाहरु खारेज गरिनुपर्दछ ।
१७. वेपत्ता नागरिकहरुको खोजी गरी सार्वजनिकीकरण गरिनुपर्दछ । जनयुद्धकालीन सहित सबै आन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा सम्मान गरी शहीद परिवार र घाइते–अपाङ्गहरुलाई निवृत्तिभरणको व्यवस्था गरिनुपर्दछ ।
१८. बहिर्गमनमा परेका जनमुक्ति सेना, द्वन्द्वपीडित प्रहरी, सेना र नागरिकहरुका मागहरु पुरा गरिनु पर्दछ ।

तपाईं अस्वस्थ यौन क्रियाकलापमा संलग्न हुनुहुन्छ भने बेग्लै कुरा,नत्र संसारमै सुखद् मानिने यो गतिविधिमा स्वस्थ रूपमा क्रियाशील हुनुहुन्छ र कुनै भ्रम मन भित्र छ भने आजैदेखि हटाउनुस् । विशेषज्ञहरूका अनुसार स्वस्थ यौनक्रिया सबैभन्दा राम्रो व्यायाम हो । यौनले शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । स्वस्थ सम्भोग पौडी खेल्नुभन्दा राम्रो व्यायाम हो, जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चर्म तथा यौनरोग विभाग प्रमुख प्राडा अनिलकुमार झा भन्छन्, पौडी खेल्दा शारीरिक व्यायाममात्र हुन्छ भने सम्भोगबाट मानसिक सन्तुष्टिसमेत पाइन्छ । स्वस्थ यौनसम्बन्धबारे समाजमा धेरै गलत धारणा भए पनि यो हरेक दृष्टिले फाइदाजनक रहेको उनी बताउँछन् ।

यौनक्रियाबारे वैज्ञानिक विश्लेषणको सुरुआत पूर्वीय समाजमै भएको उल्लेख गर्दै प्राडा झा समयसँगै पूर्वीय जोडीहरू नै यो अद्भुत सुखबारे गलत बुझाइमा रहेको सुनाउँछन् । यौनक्रियासम्बद्ध पहिलो उत्कृष्ट विज्ञान कोकशास्त्र भारतीय उपमहाद्वीपमै आविष्कृत भएको हो, उनी भन्छन्, यसमा जस्तो भरपर्दो वैज्ञानिक विश्लेषण अन्त कतै छैन । विदेशी विशेषज्ञले गर्ने धेरैजसो यौन अध्ययनसमेत कोकशास्त्रमै आधारित हुन्छन् । उपत्यकाका मन्दिरका टुँडालहुँदी कुँदिएका आकृति र भारतको खजुराहो मन्दिरमा पाइने यौनक्रियासम्बद्ध प्रस्तर मूर्तिले मान्छेका यी गुप्त जिज्ञासालाई मेटाउन खोजेको झा सुनाउँछन् ।
यौनक्रियाकलापले फाइदा नहुँदो त मन्दिरमा यस्ता चित्र किन कोरिन्थे ? उनी भन्छन्, तर धेरै जनासँग सम्भोग सुख लिन खोज्दा फाइदा कम बेफाइदा बढी हुन्छ ।

 उनका अनुसार कोकशास्त्रमा विभिन्न आसनबारे वर्णन गरिनुको अर्थ पार्टनर फेर्नु नभई एकै जनासँग भिन्नभिन्न तरिकाले आनन्द उठाउनु हो अर्थात् स्वस्थ यौन क्रियाकलापमा संलग्न हुनु हो । यौन गतिविधि स्वस्थ र नियमित रहे शरीरलाई धेरै फाइदा पुग्ने तथ्य विदेशमा गरिएका अध्ययनले समेत देखाएका छन् । नर्थ क्यारोलिना र पिटरबर्ग विश्वविश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार यौनक्रियाले शरीरमा आक्सिटोसिन हार्मोनको मात्रा बढाउँछ । यसबाट यौनसाथीको आपसी सम्बन्धमा प्रगाढ हुन थाल्छ, एकअर्काप्रति विश्वास बढ्छ । यही प्रकृतिका कारण आक्सिटोसिन हार्मोनलाई लभ हार्मोन समेत भनिन्छ । यौनले रक्तचाप पनि नियन्त्रण गर्छ ।
स्कटल्यान्डमा २४ महिला र २२ पुरुषमा गरिएको अध्ययनमा के देखियो भने नियमित यौनक्रियामा संलग्नहरू तनावबाट पनि मुक्त हुन्छन् । स्वस्थ यौन गतिविधिको सीधा प्रभाव शारीरिक स्वास्थ्यमा समेत पर्छ । सातामा एक/दुईपटक सम्भोग गर्दा शरीरमा रोग प्रतिरोधी पदार्थ इम्युनोग्लोबलिन वृद्दी हुन्छ । विलकिस विश्वविद्यालयसम्बद्ध विशेषज्ञहरूले एक सय १२ विद्यार्थीमा गरेको अध्ययनअनुसार सम्भोगपछि उत्पन्न हुने इम्युनोग्लोबलिन रुघालगायत संक्रमण रोक्न सहयोगी हुन्छ । हाम्रो समाजमा अलि वृद्ध अवस्थामा सम्भोग गर्दा हृदयाघातको जोखिम बढ्ने भ्रमसमेत व्याप्त छ ।
बेलायती विशेषज्ञहरूले भने यो कुरामा अलिकति पनि सत्यता नरहेको पुष्टि गरेका छन् । हृदयाघात भएका ९ सय १४ पाका पुरुषमा गरिएको अध्ययनअनुसार उनीहरूमा हृदयाघात हुनुमा यौनक्रियाकलापको कुनै सम्बन्ध नरहेको इपिडिमियोलजी एन्ड कम्युनिटी हेल्थको जर्नलमा उल्लेख छ । यौनले मोटोपना घटाउनसमेत सहयोग गर्छ । आधा घन्टाको यौनक्रियाले शरीरमा दुई सय क्यालोरी डढाउँछ । विशेषज्ञहरू के भन्छन् भने यौनले एन्डरोफिन हार्मोन बढाउनाले दुखाइमा कमी आउँछ । सम्भोगपछि टाउको वा जोर्नीको दुखाइ हराएको अनुभव त पक्कै गर्नुभएको होला । युरोलजी इन्टरनेसनलको बि्रटिस जर्नलमा छापिएको प्रतिवेदनअनुसार यौनले के युवा के वृद्ध सबै पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ । यौनबाट फाइदा महिलालाई पनि कम छैन ।
चुलोचौकामा लाग्दालाग्दा उनीहरूमा कम्मर दुख्ने समस्या बढी देखिने गरेको छ । यसको कारण पेल्भिक फ्लोर मांसपेशी कमजोर हुनु हो । यो मांसपेशीलाई बलियो बनाउने भरपर्दो उपाय सम्भोग नै रहेको विशेषज्ञहरू बताउँछन् । सुखद यौनसम्बन्धले अनिद्रालाई भगाउँछ । मज्जाले निदाउने भएपछि तौल र रक्तचाप नियन्त्रित हुनु स्वाभाविकै भयो । नियमित यौनले दुखाइ, मोटोपन, तनाव घटाउँछ,रक्तचाप सामान्य राख्छ ,एकआपसमा विश्वास बढाउँछ,राम्रो निद्रा लाग्छ,आत्मसम्मान बढाउँछ,संक्रमण रोकथाम गर्छ,महिलामा कम्मर दुखाइ हटाउँछ,पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ ।

काठमाडौ, श्रावण २२ - उच्च स्तरीय राजनीतिक समितिले मंगलबार मोहन वैद्य र उपेन्द्र यादव नेतृत्वका मोर्चासाग छुट्टा छुट्टै वार्ता गरेको छ । आजको वार्तामा असन्तुष्ट दुवै मोर्चाले आफ्ना मागहरु समिति समक्ष राखेका छन् । समितिले पहिलो वार्तामा असन्तुष्ट पक्षका माग बुझ्ने काम मात्र गरेको छ ।
'उहाँहरुको माग र अडान बुझेका छौं, अब कति लचक भएर जान सकिन्छ भन्ने बारे समितिमा छलफल गर्नेछौं,' बैठकपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने । यादवसंगका वार्तापछि समितिले वैद्य नेतृत्वको टोलीसँग वार्ता गरेको हो ।
वैद्यले आफ्ना १८ बुँदे र यादवले पनि माग तथा शर्तहरु यादव समक्ष राखेका छन् । वैद्यले वर्तमान सरकारको विघटनपछि नयाँ शिराबाट राजनीतिक सहमति खोजी निर्वाचनमा जानुपर्ने माग गरेका छन् भने यादवले सरकार प्रमुख खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने आफ्नो अडान राखेका छन् ।
'हाम्रा माग पेस गरेका छौं, यसमा थप छलफल गर्दै जाने छौं,' वार्तापछि वैद्यले भने 'यो संक्रमणकालीन परिस्थितिमा सहमतिका साथ जानुपर्छ । हामी सार्थक वर्ता गर्न चाहन्छौं ।'
वैद्यसागको वार्तापछि एमाले नेता रघुजी पन्तले भने 'उहाँहरुका कुरा आएका छन् । यसमा थप छलफल गर्दै जान्छौं ।' यादवले चुनाव गर्ने वा नगर्ने विषय अब समितिमा आवद्ध दलहरु र सरकारको हातमा रहेको बताए ।  'हाम्रा माग प्रष्टसंग राखेका छौं,' उनले भने 'चुनाव गर्ने हो भने हाम्रा मागहरुलाई सम्बोधन गर्नुपर्छ ।'
यादवका मागहरु
यादवले निर्वाचनमा भाग लिन आफ्ना शर्तहरु समितिसमक्ष राखेका छन् । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट रजीनामा दिनुपर्ने, चार दलीय संयन्त्र खोरजे हुनुपर्ने, जनसंख्या अनुपातका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, मतादाता नामावली संकलनका लागि म्याद थप्नुपर्ने तथा संविधानसभामा कुल सिट संख्याको ५८ प्रतिशत समानुपातिक हुनुपर्ने शर्त यादवले सारेका छन् ।
यस्ता छन वैद्य नेतृत्वको मोर्चाका मागहरु
बैठकको सुरुमै वैद्यले समितिसमक्ष आफ्ना १८ बुादे माग पत्र पेस गरेका छन् । त्यसमाथि छलफल सुरु भएको छ । वैद्यले २५ बुँदे बाधा अडकाउ फुकाउ आदेशको खारेजी, उच्च स्तरीय राजनीतिक समिति भंग गरी सर्वपक्षीय गोलमेच सभाको माग गरेका छन् । त्यस्तै २५ बुँदे बाध अडकाउ फुकाउ आदेशको आधारमा घोषणा गरिएको मसिंर ४ को निर्वाचन, निर्वाच सम्बन्धी ऐन, क्षेत्र निर्धारण आयोग आचार सहिंता लगायत निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यतालिकाहरु नयाँ राजनीतिक सहमति नहुादा सम्म स्थगित गरिनुपर्ने माग वैद्यले राखेका छन् । उनले अग्रगामी राजनीतिक दलहरुको सहमति र बहुदलीय मान्यताको आधारमा संयुक्त राष्ट्रिय सरकारको गठन गरिनुपर्ने प्रस्ताव गरेका छन् ।

विगतमा संविधानसभा विघटनको कारणबारे समिक्षा गर्दै संविधान निर्माण गर्ने सुनिश्चित आधार तयार पछि मात्र आगामी संविधानसभाको निर्वाचन गरिनुपर्ने, विगत संविधानसभामा भएका सहमति र कार्यहरुलाई स्विकार्दै सहमति हुन बाँकी रहेका र अपुग विषयहरुमा मात्र आगामी संविधानसभा केन्द्रित हुनुपर्ने, संविधान निर्माणको प्रक्रिया जारी रहेसम्म कुनै पनि प्रधानमन्त्रीले संविधानसभा विघटन गर्न नपाउने प्रावधान बनाइनुपर्ने जस्ता वैद्य नेतृत्वको मोर्चाले समिति समक्ष राखेको छ ।
सबै विषयमा छलफलका लागि समिति तयार
उच्च स्तरीय राजनीतिक समिति असन्तुष्ट सबै पक्षको कुरा सुनेर कतिसम्म लचिलो हुने रणनीतिमा छ । वार्तालाई समितिले सकारात्मक भनेको छ । अहिलेको सरकार निर्माणका बेला चार दलबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अडकाउ फुकाउ आदेशमा पनि समित छलफल गर्न तयार भएको छ ।
'हामीले ११ बुँदे सहमति र २५ बुँदे बाधा अडकाउ फुकाउ आदेशमा कमा फुलिस्टप पनि तल माथि गर्न हुँदैन भनेर वार्तामा बोलाएका होइनौं,' एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने 'जे जे विषयमा सहमति बन्न सक्छ ति कुरामा परिमार्जन र केही परिवर्तन पनि गर्न सकिन्छ । हामी त्यसका लागि तयार छौं ।' उनले सबैको धारणा बुझेपछि समितिले त्यसबारे छलफल गर्ने बताए ।  समितिसँगको वार्ताका लागि नेकपा-माओवादी अध्यक्ष मोहन वेद्य, नेताहरु सीपी गजुरेल, रामबहादुर थापा, देव गुरुङ, नेत्र विक्रम चन्द र पम्फा भुसाल बानेश्वरस्थित समितिको कार्यालय पुगेका थिए ।

काठमाडौं, २२ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको संविधानसभा निर्वाचन र वर्तमान सरकारको विपक्षमा रहँदै आएका नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा लगायतले आज उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता गर्दैछन् ।

उच्चस्तरीय राजनीतिक समितिले बिनाशर्त वार्ताका लागि आब्हान गरेपछि ३३ दलीय मोर्चा वार्तामा बस्न सहमत भएको हो । त्यस्तै समग्र पछिल्लो राजनीतिक घटनाक्रमसँग असन्तुष्टी जनाउँदै आएको उपेन्द्र यादव नेतृत्वको मधेशी मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पनि आज उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता गर्दैछ ।

–माओवादीसहित ३३ दलीय मोर्चा, यादव, राई नेतृत्वले उच्चस्तरीयसँग छुट्टाछुट्टै वार्ता गर्न लागेको हो । यादव, राई नेतृत्वले बिहान ११ बजे र ३३ दलीय मोर्चाले दिउँसो १ बजे उच्चस्तरीयसँग वार्ता गर्ने जनाइएको छ । यी मोर्चाहरुसँगको वार्ता समितिको कार्यालय नयाँबानेश्वरमा हुने तय भएको बताइएको छ ।

यसैबीच ३३ दलीय मोर्चाले सोमबार –माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बैठक गरी वार्ताका लागि आफ्नो एजेण्डा तय गरेको छ । मोर्चाले मंसिर ४ गतेका लागि तय भएको चुनावको खारेजी, खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारको राजीनामा लगायतका विषयलाई वार्ताको पहिलो एजेण्डाका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा वर्तमान सरकार गठन भएदेखि नै समग्र राजनीतिक घटनाक्रमको विपक्षमा रहँदै आएको छ । उसले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश, ११ बुँदे राजनीतिक सहमति खारेज हुनुपर्ने र गोलमेच सम्मेलनबाट राजनीतिक निकास खोज्नुपर्ने अडान राख्दै आईरहेको छ ।

नयाँ दिल्ली, श्रावण २२ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा औपचारिक भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले सोमबार भारतीय प्रधानमन्त्री सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेश सचिव सुजाता सिंहसँग भेटवार्ता गरेका छन् । मंगलबार कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, विपक्षी दलकी नेतृ सुष्मा स्वराजसहितसँग भेटवार्ता गर्दैछन् । पार्टीका महामन्त्रीद्व प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई साथमा लिएर दिल्ली पुगेका कोइरालाले भ्रमण सोचेभन्दा सफल भएको बताएका छन् ।
भारत भ्रमण कस्तो भइरहेको छ ?
निकै व्यस्त छु । भेटघाट जारी छन् । आज प्रधानमन्त्री मनमोहन सिंहसँग वार्ता भयो, अर्थपूर्ण कुराकानी भए । भ्रमण उपलब्धिमूलक छ, अपेक्षा गरेभन्दा सफल ।
लक्ष्मणपुर बाँधको कुरा उठाउने भन्नुभएको थियो । सिंहसँग त्यस्तो कुरा भयो ?
मैले नेपाल-भारत सीमावर्ती क्षेत्रमा देखिएको बाढीपहिरोको प्रकोपबारे कुरा उठाएँ । दुवै देशको हितमा रहने गरी प्राकृतिक विपत्ति रोक्ने काम थाल्न सुझाएको छु ।

एक महिनाकै अन्तरमा कांग्रेसकै देउवापछि तपाईं आउनुभएको छ । किन यसरी दोहोरिँदै निम्ता गएको हो ?
होइन, नेपाली कांग्रेससँग भारतको सम्बन्ध विशिष्ट छ, ऐतिहासिक महत्त्वको छ । यसरी भ्रमण भइरहनु अन्यथा होइन । देउवाजी पूर्वप्रधानमन्त्रीका हैसियतमा आउनु भएको हो, म पार्टी सभापतिका रूपमा ।
भनेपछि पार्टीगत भ्रमण हो यो ?
देउवाजी आएर द्वैपक्षीय सम्बन्ध सुधार्ने पक्षमा काम भएको हो, म पनि द्वैदेशीय चासो र सम्बन्धका विषयमा केन्दि्रत छु ।
यसअघि पनि तपाईंलाई भारत भ्रमणमा बोलाइएको थियो । तर तपाईं भारतसँग रुष्ट रहेकाले आउन नचाहेको भन्ने टिप्प्णी हुने गरेको छ नि ?
त्यसो होइन । म भारतसँग कहिल्यै रुष्ट छैन । मेरो छवि बिगार्न गरिएको यो दूषित प्रचार मात्रै हो । यसको कुनै अर्थ छैन  ।

काठमाडौं, श्रावण २१ - उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनसँग असन्तुष्ट दलसँगको वार्ता तय गरेको छ ।
नयाँ बानेश्वरमा सोमबार बसेको बैठकले मंगलबार बिहान ११ बजे उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग वार्ता समय तय गरेको हो ।
समितिले मंगलबार दिउँसो १ बजे नै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग वार्ता गर्ने निर्णय भएको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 'भोलि उहाँहरुसँग वार्ता गर्ने निर्णय भएको छ,' श्रेष्ठले संवाददाताहरुसित भने ।


समिति बैठकमा सहभागी एमाले नेता रघुजी पन्तले वार्तामा चुनावबाहेक अरु एजेन्डा नभएको बताए । 'प्रमुख दलको एजेन्डा चुनाव नै हो,' उनले भने, 'अडान छैन, वार्तामा बसेपछि छलफल हुन्छ ।'
उच्चस्तरीय राजनीतिक समितिका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तेस्रोपटक पत्र लेखेपछि असन्तुष्ट दलहरु वार्तामा बस्न तयार भएका हुन् ।
३३ दलीय मोर्चा वार्तामा बस्ने
यसैबीच माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसँग वार्तामा बस्ने निर्णय गरेको छ । समितिको पत्रबारे छलफल गर्न सोमबार साँझ बसेको बैठकले वार्तामा बस्ने निर्णय गरेको हो ।

२१ साउन,काठमाडौ । नेपाली मुलको बाहुल्यता रहेको दार्जलिङमा तनाव बढ्दै जान थालेको छ ।आइतवार गोर्खा जनमुक्ति मोर्चाले अन्तिम संघर्ष भन्दै जारी आन्दोलनलाई अझ तेज पार्ने निर्णय गरेको छ ।गोर्खा जनमुक्ति मोर्चाले प्रमुख बिमल गुरुङले एक विशाल सभालाई सम्वोधन गर्दै गोर्खाल्याण्ड आन्दोलन घोषणा गरेका हुन्।गोर्खाल्याण्डको लागी अवको आन्दोलनलाई अन्तिम संघर्ष भन्दै गुरुङले पश्चिम बंगाल सरकारले जारी आन्दोलन दबाउन बल प्रयोग गर्न सक्ने बताए ।'तर हामी गोर्खल्याण्ड प्राप्त गरि छाड्छौ हाम्रो ज्यान नै दिएर किन नहोस' गुरुङले भने ।आन्दोलन अहिंसात्मक र लोकतान्त्रिक हुने भन्दै गुरुङले राज्यले सुरक्षाकर्मी पठाएर दमन गर्ने बताए।उनले हाँसी हाँसी गोर्खाल्याण्ड भन्दै ज्यान दिने भन्दा सभामा ठुलो होहल्ला सहित तालीको गडगडाहट सुनिएको थियो।भर्खरै युपिए सरकारले आन्ध्रप्रदेशबाट तेलंगना राज्य बनाएपछि गोर्खाल्याण्ड चैं किन नहुने भन्दै दार्जलिंगेहरु सडमा उत्रिएका छन्tension in darjeeling

२१ साउन, काठमाण्डौं । गैरकानुनी रुपमा साउदी अरबमा ६० हजारभन्दा बढी घरेलु महिला कामदार (हाउसमेड) पुगेको भनिए पनि अहिलेसम्म करिब १ सय ८० बाहेकले स्वदेश फिर्तीको ‘आउट पास’ लिएका छैनन् ।
आममाफी घोषणाको पौने तीन महिना अवधिमा करिब ३५ हजार पुरुष कामदारले दूतावासबाट ‘आउट पास’ लिइसकेका छन् । तर यही अवधिमा स्वदेश र्फकन चाहने महिला कामदारको यो संख्या अत्यन्तै न्यून हो ।
भारतीय बाटो हुँदै साउदी पुगेको र र्फकनलाई समस्या परेको खबर आइरहने गरे पनि आममाफीमा भने उनीहरुले चासो दिएका छैनन् । आप्रवासी कामदारका लागि कार्यरत संस्थाहरुले महिला कामदारसम्म आममाफीको सूचना नपुगेकाले उनीहरुले अवसर लिन नसकेको बताएका छन् ।
‘हाउसमेडलाई यो खबर थाहै हुँदैन्,’ हाल नेपाल आएका एनआरएनए साउदीका सल्लाहकार इन्जिनियर धरम केसीले भने, ‘मुख्य कुरा सूचनाकै अभाव हो, अनि आममाफीको प्रक्रियाबारे थाहा नहुनु पनि हो ।’
साउदीमा नेपाली महिला कामदार मुख्यतः भारत हुँदै पुग्ने गरेको कान्तिपुर दैनिकमा खबर छ ।
केही खाडीका देश कुवेत, कतार, ओमन, बहराइन, यूएईका घरमा लगिएकालाई साहुले आफन्तलाई ‘उपहार’ भन्दै साउदी पुर्‍याउने गरेका छन् । साउदीस्थित नेपाली दूतावासले भने त्यहाँ घरेलु कामदार लैजान प्रमाणीकरण दिने गरेको छैन् ।

सिन्धुली, श्रावण २१ - सिन्धुलीको हत्पतेमा रहेको मधुगंगा महादेवको दर्शनका लागि कमलानदी नदी पार गर्दै गरेका ७ जना तीर्थयात्रीहरुको सोमबार बिहान मृत्यु भएको छ । नदी पार गर्ने क्रममा बगेका तीनजना बेपत्ता रहेका छन् । हत्पतेको गागन नजिकैबाट नदी पार गर्दा बगेका तीर्थयात्रीहरुको शव करिब सय मीटर तल फेला परेको स्थानीय रिजेन्द्र बरालले जनाएका छन् ।

मृत्यु हुनेहरुको नाम खुल्न सकेको छैन् । उनीहरु सर्लाही र सीमापारी भारत सुरण्ड निवासी रहेको जनाइएको छ । स्थानीयले नदी पार गर्नेक्रममा बग्दै गरेका १३ जनाको सकुशल उद्धार गरेको छ । उद्धार गरिएका समेत केही बेहोस अवस्थामा रहेका छन् । प्रहरीले अहिले नदी वारपार गर्न रोक लगाएको छ । प्रहरी नायब उपरिक्षक नरेन्द्र उप्रेतीका अनुसार डकाहा इलाका प्रहरी कार्यालयको टोली  र रानीवासमा रहेको नेपाली सेना घटनास्थलमा परिचालित भएका छन् ।

काठमाडौं, श्रावण २१ - पशु रोग विशेषज्ञहरुले राजधानीमा बर्ड फलु फैलन नदिन अझै केहि दिन पंक्षीजन्य पदाथ ओसार- पसारमा प्रतिवन्ध आवश्यक रहेको जनाएका छन । सरकारले एक साताका लागि उपत्यकामा पंक्षीजन्य वस्तु ओसार पसारमा लगाएको प्रतिवन्ध अगामी विहिवारबाट सकिनेछ । साउनयता मात्रै राजधानीमा २७ र मोफसलमा ५ वटा कुखुर फारममा संक्रमण पाइएको छ ।
'यो एक सातामा वर्ड फ्लू नियन्त्रण गर्ने उद्देश्य पुरा नभए जनहितमा पुनः केहि दिन पंक्षीजन्य पदार्थ ओसार पसारमा प्रतिवन्ध बढाउन सकिन्छ,' नेपाल भेटनरी एसोसिएसनका महासचिव डा. शितल काजी श्रेष्ठले भने, 'सरकारले एक सातामा रोगको स्रोत पत्ता लगाउने दावी गरे पनि अझै संक्रमण देखिन रोकिएको छैन ।' पंक्षी जन्य पदार्थमा वर्ड फलु संक्रमण पाूच दिनदेखि तिन सातासम्म रहने डा. श्रेष्ठले उल्लेख गरे । 'यसको मतलब संक्रमित कुखुराले अन्य कुखुरामा पाच देखी २१ दिन सम्म रोग सार्न सक्छ,' उनले भने । पंक्षीजन्य पदार्थ ओसार पसार र विक्रि वितरण रोक्दा राजधानीमा भाईरस फैलन नपाउने राम्रो पक्ष रहेको उनले स्पष्ट पारे । 'सरकारले व्यवसायीसंग मिलेर स्थिति समिक्षा गरेर थप निर्णय लिने छ,' पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा.विजय कान्त झाले भने ।

कृषि मन्त्रालय स्रोतका अनुसार विशेषज्ञहरुले थप एक साता प्रतिवन्ध लगाए संक्रमण नियन्त्रण हुन सक्ने जनाएका छन । व्यवसायीहरुले भने प्रतिवन्ध जारी रहे थप घाटा हुने भनेका छन् ।
'जीवितपंक्षीको ओसार पसार नियन्त्रण गर्ने वित्तिकै वजारमा संक्रमित पंक्षी जान पाएन,' पशु सेवा विभागका उपमहानिर्देशक रामकृष्ण खतिवडाले भने, 'यसले संक्रमण राजधानी वा वाहिर फैलिन नदिने प्रभाव देखियो ।' ओसारपसारको म्याद थप्ने/नथप्नेबारे प्रतिवन्ध जारी रहेको सवै पक्ष वसेर निर्णय हुने उनले जनाए ।
यसै विच मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बर्ड फ्लू नियन्त्रणमा सरकारी तहबाट भैरहेका प्रयास र त्यसको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्री विद्याधर मल्लिक र कृषि मन्त्री टेकबहादुर थापा घर्ती संग आइतवार जानकारी लिए । रेग्मीका प्रेस सल्लाहकार विमल गौतमका अनुसार मन्त्री परिषद अध्यक्षले बर्ड फलुको पछिल्लो अवस्थाबारे सम्बन्धित पदाधिकारी र विभागीय प्रमुखहरूसग छलफल गर्न, रोग नियन्त्रण प्रयासलाई थप प्रभावकारी र सशक्त बनाउन मन्त्रीद्वयलाई आग्रह गरेका थिए ।

२० साउन, काठमाडौ । केही दिन यता पुनः बढ्न थालेको सुन आइतवार पनि बढेको छ । एकैदिन प्रतितोला १२ सय ५० रुपयैा बढेपछी उपभोक्ता चिन्तित बनेका छन्।सुन शुक्रवार पनि प्रतितोला ५२ हजार ५० रुपैया रहेको थियो । आइतवार पनि १२ सय ५० ले बढ्दै ५३ हजार ३ सयमा पुगेको छ।अन्तराष्ट्रिय बजारमा सुनको भाउमा बढेकाले नेपालमा पनि बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसै गरि चाँदी पनि प्रतितोला २५ रुपैयाले बढ्दे ८ सय ४५ पुगेको छ ।gold

नायीकाहरु फैसनेवल देखिन जस्तो सुकै प्रयोग गर्न हिच्किाउँदैनन्। उनिहरुमा अरु भण्दा फरक देखीने र अलग्गै छाप छोड्ने चाहना सधै देख्न पाइन्छ ।यसबाट हलिउड, बलिउड र कलिउड सवैतिरका नायीका वा फिमेल सेलेटब्रेटीहरु अछुतो छैनन। नेपालका खासै प्रलचनमा नआएपनि हलिउड र बलिउडमा भने कमाण्डो भनिने फैसन शैली निकै चर्चित बन्न थालेको छ ।कमाण्डो फैसनमा पेन्टी अर्थात अन्तरवस्त्र लगाइदैन् ।पेन्टी नगाइने भएकाले लुगा नमिल्दा ठुलै दुर्घटना हुने संभावना जहिले पनि रहन्छ ।बलिउडमा पनि थुप्रै मोडल तथा नायीकाहरुले यो शैलिबाट लज्जत बन्न परेको छ ।यसको पछिल्लो सुचीमा परिन नवनायीका आलिया भट्ट।यसरी पेन्टीनै नलगाइ कार्यक्रममा उपस्थित हुने र पछि लज्जित बन्ने नायीकाको सुचि बलिउडमै लामै छ।यो सुचिमा नायीका करिना कपुर,समिता शेट्टी, युक्ता मुखी,द्क्षिण भारतिय नायीका नमिता, आलिय भट्ट देखी सोनाली बेन्द्रेसम्मको नाम छ।केही चर्चित नायीकाहरु जो पेन्टीबिनाको कमाण्डो फैशनबाट लज्जत भए, हेरौ तस्विरमाalia bhatt opt for commando fashion

काठमाडौं, श्रावण २० - राजधानीका थप ८ वटा कुखुरा र्फममा बर्डफलु पुष्टि भएको छ । बर्डफ्लू संत्रासले सरकारले व्यवसायीलाई कुखुरा ओसारपसारमा लगाएको रोकले बर्डफ्लू पुष्टि हुन सघाएको हो । उपत्यकामा कुखुरा ओसारपसार रोकेपछि मर्नेक्रम बढेको र त्यस्ता कुखुरामा गरिएको परीक्षणले बर्डफ्लु पुष्टि भएको अधिकारीहरुले बताएका छन् । यसले उपत्यका बर्ड फ्रलुको उच्च जोखिममा देखिएको छ । साउन २ गतेदेखि बुधबारसम्म काठमाडौं उपत्यकामा १६ ठाउमा देखिएको बर्डफ्लू शनिवारसम्म २७ ठाउ फैलिएको छ ।  
पशु सेवा निर्देशनालयका कार्यक्रम निर्देशक डा. बिजयकान्त झाले उपत्यकामा थप ८ स्थानमा बर्डफलुको भाइरस देखिएको पुष्टि गरे । ओसार पसारमा रोक नलगाउदा व्यवसायीले संक्रमित कुखुरासमेत बजार पठाएर ढांट्ने गरेका थिए । यसले फ्लु पत्ता लगाउन अप्ठेरो परेकेा थियो । कुखुरा मर्ने क्रम बढेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा परिक्षण गराउन पठाउने क्रम पनि बढेको छ ।
'परिक्षण गराउन ल्याउनेको सख्या दैनिक दश भन्दा बढी छ,'उनले भने,'अझै धेरै र्फममा बर्डफलु देखिन सक्छ ।' सरकारी निर्णयपछि खोरको कुखुरा मर्नेको संख्या बढेर घाटा सहनु भन्दा थोरैभएपनि सरकारले दिने क्षतिपूति लिन व्यवसायीले परिक्षणमा पठाउने गरेको कृषि मन्त्रालयका अधिकारीहरु बताउछन । बर्डफ्लुको जिवाणु भेटिने क्रम बढेपछि प्रशासनले कुखुरा ओसार पसारमा बिहीबारदेखि एक सातासम्म रोक लगाएको छ ।
'यसअघि रातारात रोगी कुखुरा  बजारमा बिक्रि गरेर लगानी उठाउन खाजेका थिए,'मन्त्रालयका एक अधिकारीले भने,'उनीहरुले मानव स्वास्थ्यमा खेलबाड गर्दै नाफा कमाउन खोजेपछि ओसार पसारमा रोक लगाएको हो ।' रोगी कुखुरा नष्ट गर्न नचाहने  र्फम पत्ता लगाउन पनि ओसार पसारमा रोक लगाउनु परेको सरकारी अधिकारीहरु बताउछन । रोगी कुखुरा ओसार पसारमा रोक नलगाउदा भक्तपुरको कुखुरा काभ्रे, ललितपुर, काठमाडौं र बिरगञ्जसम्म पठाएका थिए ।
भक्तपुरको देवी फिड, लक्ष्मण ग्वाछा लगायतको कुखुरा धेरै मरेपनि ओसार पसारमा रोक नलगाएसम्म परिक्षणका लागि पठाएको थिएन । तर, सरकारी निर्णयपछि परिक्षणमा पठाएको ग्वाछाको र्फमको कुखुरामा बर्डफलुको भाइरस भएको पुष्टि भएको छ । उनको र्फमको कुखुरा शनिबार नष्ट गरेको छ । देवी फिडकको कुखुरा अत्याधिक मर्न थालेपछि सुडालमा सारेको स्रोतको दाबी छ । सरकारी निर्णय संगै उनको र्फमले पनि नमुना परिक्षणमा पठाएको छ ।
भक्तपुरमा बर्डफलुको संक्रमण एक पछि अर्को र्फममा बढै गएको छ । केही व्यवसायीले आफनो लगानी उठाउन रोकी कुखुरा बजारमा लगेपछि संक्रमण बढदै गएको हो । नंखेल र सिपाडोल गाबिसको कुखुरा र्फममा मात्रै देखिएको बर्डफलु अन्य गाबिसको र्फममा पनि देखिन थालेको छ ।
एउटा र्फमको कुखुरा नष्ट गर्न नपाउदै प्ररिक्षणमा पठाएको नमुनामा बर्डफलु देखिएपछि नष्ट गर्न समस्या भएको छ । 'प्राविधिको कुनै कमी छैन,'झाले भने,'तर, कामदारको पाउन मुस्किल छ ।' कतिपय र्फम बस्तीको बीचमा रहेको छ । त्यस्तै चित्तपोलको काठमाडौं फन भ्याली पार्क संगैको र्फमको कुखुरा गतराती नष्ट गरेर सकाएको छ ।  भक्तपुरमा यसअघि ८ स्थानमा बर्ड फ्लु भेटिएपछि कुखुरा नष्ट गर्न नभ्याउूदै किरण सुवालको झौखेल-  ५, अजय ओझा दुवाकोट ३,  इश्वरी थापा सिपाडोल २,  बलराम किसी सिपाडोल ९, लक्ष्मण ग्वाछा नंखेल, सुवाल बिडिङ सिपाडोल २ को र्फममा बर्डफलु देखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै किर्तिपुरक १२ मा दुर्गाराज गुरुङ र मानबहादुर घर्तीको र्फममा देखिएको हो । किसीको तीन फर्ममा बर्ड फ्लु भेटिएपछि यसअघि नष्ट गरिसकिएको छ ।  किसीको जिजे हयाचरीको जेजे हयाचरी ३४ हजार ४ सय ८१ चल्ला र  १ लाख ७२ हजार ५ सय ९ अण्डा नष्ट गरेको पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टले बताए । बर्ड फ्लु भेटिएका सबै स्थानमा कुखुरा नष्ट गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ । निर्देशनालयका अनुसार अहिलेसम्म १ सय २१ ठाउमा बर्डफलु देखिएको छ । त्यसमा साउनमा मात्रै साउनमा ३२ ठाउमा देखिएको छ ।
६७ जनाको स्वास्थ्य परीक्षण
कुखुरा नष्ट गरेको फर्म वरीपरीका बासिन्दा बिरामी भएपछि सरकारी निकायले चासो देखाएको छ । भक्तपुर २ जगातीस्थित बिमल धिमसुको र्फमको मंगलबार राती नष्ट गरेको कुखुरा कुहिएर दुर्गन्ध फैलिएपछि स्थानीय बिरामी परेका थिए ।
रुघाखोकी, ज्वरो, टाउको खख्ने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने लगायतको समस्या देखिएको थियो । स्थानीयले उपचार नपाएको समाचार बाहिर आएपछि जिल्ला जनस्वास्थय कार्यालयको टोलीले शनिबार ६७ जनाको स्वास्थ्य परिक्षण गरेको छ । 'परिक्षण गरेका सबैलाई एउटै लक्षण पायौ,'जनस्वास्थ्य प्रमुख अर्जुनकुमार अधिकारीले भने,'तर, बर्डफलुको लक्षण भने होइन ।' मारेको कुखुरा नष्टपछि व्यवस्थित रुपमा नगाडदा दुर्गन्ध फैलिएर स्थानीय बिरामी परेको उनले बताए । गन्धको कारणले टोउको दुख्ने, वाकवाकी लाग्ने, रुघाखोकी हुने उनले बताए । 'गन्ध सहन नसकेर धेरैलाई इलर्जी भएको हो,'उनले भने । परिक्षण गराउन आउनेमा बच्चा देखि बृद्धासम्म थिए ।
टोलीले दिएको औषधिले पनि निको नभए भक्तपुर अस्पताल वा टेकु स्थित शुक्रराज सरुवा रोगमा जान टोलीले सुझाव दिएका छन् । स्वास्थ्यकर्मीले परिक्षण गर्न आएका बिरामीलाई एन्टिबाइटिक, सिटामोल लगायतको औषधि निःशुल्क प्रदान गरेका थिए ।
सरकारी टोलीले लापरबाही गरेर मरेको कुखुरा गाडेको समाचार प्रकाशित भएपछि पशु सेवा निर्देशनालयका अधिकारीहरु शनिबार निरिक्षणका लागि जगाती  पुगेका थिए । गाडने ठाउ सानो भएकोले दुर्गन्ध फैलिएको झाले बताए । त्यस्तै दुर्गन्ध हटाउन मरेको कुखुरा पुरिएको ठाउमा अन्यत्रबाट माटो लगेर पुर्ने भएको छ । सुली, मल, भुत्ला भएको स्थानमा चुन छर्कन झाले पशु कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

काठमाडौं, श्रावण २० - भन्न त खेलाडीलाई 'राष्ट्रको गहना' भनिन्छ । तर, उपमाले मात्रै नहुँदो रहेछ । अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिनिधित्व गर्दै खेल्न जाने खेलाडीले पारिश्रमिक पाउनु त कता हो कता, उल्टै खल्तीको पैसा खर्चिनुपर्ने बाध्यता छ ।
खेलाडीकै हकहितका लागि क्रियाशिल संस्थाहरुले विदेशमा खेल्न पठाउदा रकम असुल्ने गरेका छन् । नेपाल उसु संघ, अखिल नेपाल टेबलटेनिस संघ र नेपाल बास्केटबल संघले विदेशमा प्रतियोगिता जादा  खेलाडीबाटै पैसा उठाएको थाहा हुन आएको छ । कुनै पनि प्रतियोगितामा नेपाली टिम वा खेलाडीलाई लैजाने जिम्मा सरकार, राष्ट्रिय खेलकुद परिषद (राखेप) र सम्बन्धित संघको हुन्छ ।
उसु संघले गत वर्ष असोजमा मकाउमा भएको चौथो जुनियर वल्र्ड उसु च्याम्पियनसिपमा तीन खेलाडी (रिन्जी शेर्पा, चाहना बम्जन लामा र विशाल थापा स्याङ्जाली) बाट जनही करिब १ लाख ३० हजारका रूपैंया उठाएका हुन् । यस्तै, संघले २०६७ मा सिंगापुरमा भएको तेस्रो जुनियर वल्र्ड उसु च्याम्पियनसिप र २०६८ सांघाईमा भएको छैटौं एसियन जुनियर उसु च्याम्पियनसिपमा जाूदा पनि खेलाडीबाटै पैसा उठाएका थिए । सिंगापुर जाँदा पाच खेलाडीले प्रत्येकले करिब १ लाख ५० हजार र संघाई जाँदा छ खेलाडीले करिब १ लाख ३० हजार उठाएका थिए ।
टेबल टेनिसमा पनि खेलाडीहरू आफै पैसा तिरेर विदेश जान बाध्य छन् । पाँच महिनाअघि जर्मनीमा भएको वल्र्ड च्याम्पियनसिपमा खेल्न जादा खेलाडीद्धय शिव शंकर गोथे र रञ्जित सिंह रायमाझिले जनही करिब ९०/९० हजार रूपैंया खर्च गर्नु परेको थियो । यस्तै, दक्षिण कारियामा दुई महिना अघि भएको एसियन च्याम्पियनमा जादा ११ खेलाडीले जनही करिब ३०/३० हजार रूपैंया खर्च गरेका थिए ।
'कोरिया जान राखेपले चार कोटामात्र दिए पनि हामीले आफै पैसा हालेर गएका हौं,' एक खेलाडीले भने । उनका अनुसार ठूला प्रतियोगितामा खेल्न नजादा अनुभवको कमि हुने र दक्षिण एसियाली खेलकुदमा पनि राम्रो गर्न सकिने हुन्छ । त्यसैले राम्रा प्रतियोगितामा सहभागितामात्र जनाउनु पनि राम्रो हुन्छ ।'
यस्तै, बास्केटबल टिम सन् २०१२ मा ग्रीसमा थ्री अन थ्री वल्र्ड च्याम्पियनसिप खेल्न टिमका चार सदस्य विनोद महर्जन, राजिब जोशी, सदिश प्रधान र रोबिन खत्रीले जनही ७५/७५ हजार रूपैंया हालेर गएका थिए । देशका लागि खेल्दा सधै आफ्नो खर्चमा जान नसक्ने भन्दै एक खेलाडीले निराशा पोखे, 'पैसा भए त सधै जाउूला, तर घरको आर्थिक अवस्थानै कमजोर छ भने के गर्ने ?'
बास्केटबल संघका अध्यक्ष लामा टेन्टी शेर्पाले भने खेलाडीसूग पैसा उठाउनु बाध्यता रहेको बताउछन् । 'हाम्रो आर्थिक स्रोत नै छैन् । राखेपले पनि भने जति  रकम दिदैन । के गर्ने ?', उनले थपे-  'सरकारले नै खेलको स्वरूप र प्रकृति हेरेर खेलकुद नीति बनाउनु पर्छ । कुन खेललाई कति दिने भन्ने पहिल्यै छुट्टयाउनु पर्छ ।' अन्तर्राष्ट्रिय प्रतियोतिगामा भाग नलिए, देशलाई अन्तर्राष्ट्रिय क्षेत्रले हेर्ने दृष्टिकोणमा खराबी आउने भएकाले खेलाडीबाट उठाएरै भए पनि पठाउनु परेको उनको भनाई छ ।
उसु संघका अध्यक्ष दीपक सरकारले पनि खेलाडीसँग पैसा उठाएको स्वीकार गरे । उनले भने, 'पैसा नपुग्ने भएपछि हामीले उठाएका हौं ।' उसु खेलाडी चाहनाले झन विगत चार वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जादा करिब ४ लाख ५० हजार रूपैंया खर्च गरिसकेकी छन् ।
राखेपका सदस्य सचिव युवराज लामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सबै खेल र खेलाडीलाई सरकारले खर्च दिन नसक्ने बताउूछन् । उनले भने, 'पदकको सम्भावना भएका खेल र खेलाडीलाई मात्र हामीले रकम दिन्छौं । विदेशमा घुम्न जाने खेलाडीलाई सरकारले खर्च गर्दैन ।'
तर नेपाली खेलाडीको प्रदर्शन उनको भनाईको ठिक उल्टो भएको छ । अघिल्ला दुई/तीन प्रतियोगितामा सहभागिता जनाएका खेलाडीले तेस्रो वा चौथोमा गएर त्यस अघिका अनुभवका आधारमा सफलता हात पारेका छन् । देशका लागि पदक ल्याएका छन् ।
लामाको भनाई मान्ने हो भने कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गएर पदक नै जित्नु पर्छ । लामाले अन्तर्राष्ट्रिय स्तरमा हरेक खेलाडीबाट पदक ल्याउने खेलाडीलाई सरकारले लगानी गर्ने बताएका छन् । नेपाली संघका पदाधिकारीहरू अन्य स्रोतबाट आर्थिक संकलन गर्न सक्दैनन् र आफ्नै खेलाडीलाई त्यसको सिकार बनाउने गर्छन् ।
संघ र राखेपको काम मिहिनेती खेलाडीलाई तनाब नदिनु र प्रतियोगिताका लागि सम्पूर्ण तयारी गरिदिनु भए पनि दुवै यस विषयमा चुकेको सरोकारवाला बताउछन् । राखेपले खेलाडीबाटै पैसा उठाउने संघलाई कारबाही गर्न नसकेको उनीहरुको गुनासो छ । 

काठमाडौ, श्रावण १९ - नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर पछिल्लो समय बर्ड फ्लुको मारमा परेको छ । यसअघि ८ स्थानमा बर्ड फ्लु भेटिएपछि कुखुरा नष्ट गर्न नभ्याउँदै थप ६ ठाउँका कुखुरामा बर्ड फ्लु रहेको पुष्टी भएको छ ।
पशु सेवा निर्देशनालयले गरेको परीक्षणमा भक्तपुरका बिभिन्न ६ फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको बिशेषज्ञ बिजयकान्त झाले जानकारी दिए ।

किरण सुवालको झौखेल-५, अजय ओझाको दुवाकोट-३, ईश्वरी थापाको सिपाडोल-२, लक्ष्मण ग्वाछाको नंखेल, मदन खिसीको सिपाडोल-९ स्थित फर्मका कुखुरामा बर्ड फ्लु पुष्टी भएको हो । खिसीको तीन फर्ममा बर्ड फ्लु भेटिएपछि नष्ट गरिसकिएको थियो । आज बर्ड फ्लु भेटिएका सबै स्थानमा कुखुरा नष्ट गर्ने कार्य जारी छ ।
शुक्रबारसम्म भक्तपुरका ८ फर्ममा रहेका कुखुरामा बर्ड फ्लु भेटिएपछि नष्ट गरिएको छ । भक्तपुरका अधिकांश फर्मका कुखुराहरु परीक्षणको लागि पठाइएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख खगेन्द्र भट्टले जानकारी दिए ।
बर्डफ्लु पुष्टी भएपछि उपत्यकाका तीनै जिल्लामा बिहीबार देखि कुखुरा ओसारपसारमा रोक लगाइएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget