news and more entertainment

नेपाली निर्माताले ४ करोड लगानीमा हिन्दी सिनेमा बनाए


२०७१ वैशाख २६ गते
निर्माता दिवसबाबु पुरीले करिब ४ करोड भारतीय रुपैयाँ लगानी गरेर एक हिन्दी सिनेमा निर्माण गरेका छन् । यो चलचित्र नेपालमा जेठ २ गतेबाट प्रदर्शनमा आउनेछ । ‘विन फेरे फि्र मे तेरे’ नाम दिइएको सिनेमामा भारतका चर्चित कलाकारहरुको अभिनय छ ।
चलचित्रमा आर्स देवल, अर्षिता अग्रवाल, गोविन नामदेम लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई मनोज शर्माले निर्देशन गरेका हुन् । पूर्णतया कमेडी बिषयमा तयार भएको सिनेमाको लागत १२ करोड लागेको निर्माता पुरीले बताए ।
उनले कुनै पनि नेपाली सिनेमा निर्माण नगरी आफूले एकैचोटी हिन्दी सिनेमा बनाएको बताए । ४ करोड पुरीको लगानी भएतापनि अन्य ८ करोड लगानी भने विभिन्न व्यक्तीहरुले गरेका छन् ।
यो सिनेमाको नेपाल वितरण करण क्रेजी र ओम प्रकाश अग्रवालले गरेका छन् । चलचित्र ‘विन फेरे फि्र मे तेरे’ ले नेपालमा गतिलो व्यापार गर्छ, वितरक करण क्रेजीले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget