काठमाडौं ३ साउन । उपराष्ट्रपति परमानन्द झाले मंसिर ४ मा हुन लागेको संविधानसभाको निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभएको छ । चुनाव नै मुलुकलाई निकास दिने एक मात्र विकल्प रहेको भन्दै उहाँले जसरी पनि सफल पार्न आग्रह गर्नुभएको हो ।
काठमाडौंमा नेपाल इञ्जिनियरिङ एसोसिएसनको ५१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “दलहरुलाई निर्वाचनमा सम्पन्न गराउन दबाब दिने काम समाजका प्रवुद्ध वर्गका नै हुन् ।”सो अवसरमा एसोसिएसनद्वारा स्थापित विभिन्न चार विधाका सम्मान उपराष्ट्रपति यादवले प्रदान गर्नुभएको थियो ।
विसं २०१९ मा करिब १०० को इञ्जिनियरको सक्रिय सहभागितामा आजकै दिन स्थापना गरिएको सो एसोसिएसनमा आजसम्म आइपुग्दा एक लाखभन्दा बढी इञ्जिनियर उत्पादन भइसकेको छ । सुरुमा त्रिभुवन विश्वविद्यालयले मात्र अध्ययनअध्यापन गराउँदै आएको इञ्जिनियरिङ क्षेत्रका विविध अध्ययन अध्यापन हाल विभिन्न ३४ कलेजले सो विषयमा अध्ययनअध्यापन गराउँदै वार्षिक रुपमा ६ हजार इञ्जिनियरको उत्पादन भइराखेको छ ।a

Post a Comment