चिम्पान्जीसँग हात मिलाउनु, हात्तीको सुडमा बस्नु, जिराफ र सालकसँग खेल्नु र उनीहरुलाई अंकमाल गर्नु बच्चाको खेल पक्कै होइन । तर, अमेरिकाकी अमेरिया फोरम्यानका लागि यो सामान्य कुरा हो ।
उनी तीन वर्षको उमेरदेखि नै जनावरसँग नजिकिएकी हुन् । उनकी आमा रोबिन नेशनल जियोग्राफिकको फोटोग्राफर हुन्, जसका कारण उनले सानै उमेरबाट जनावरसँग खेल्ने मौका पाइन् । सुरुमा केही डराएकी उनकी आमाले पछि छोरीको तस्वीर खिच्न थालिन् । जसका कारण अमेलियालाई मानिसहरुले ‘जंगल गर्ल’ भन्न थालेका छन् ।
अहिले उनी १५ बर्षकी भइन् । आमा रोबिनले छोरीका तस्वीरहरुलाई समेटेर अमेलिष एण्ड एनिमल नामक पुस्तक नै प्रकाशित गरेकी छन् । ‘मेरो आमा र सासुको निधन लगभग उस्तै समयमा भयो’ उनले भनेकी छन्-’त्यसपछि मलाई लाग्यो कि छोरीलाई समय दिनुपर्छ ।’ छोरीको स्वभाव लजालु भएपनि जनावरहरुसँग खेल्दा निकै आत्मविश्वास आउने गरेको उनले बताइन् ।
Post a Comment