news and more entertainment

गाईंगुईं मच्चाए नम्रता र कर्म ले

केही साता अगाडी पत्थरीको अप्रेसन गरेकी अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘नोभेम्वर रेन’ प्रदर्शन भैरहँदा पोखरामा ‘रेष्ट’ लिदै थिइन् । पत्थरीको अप्रेसन पश्चात पेटमा पाइप राखेकी नम्रताको स्वास्थ्य पूर्ण रुपमा अझै स्वस्थ नहुदा ‘अधकट्टी’ फिल्मको गीत छायाँकनलाई नम्रताले पर सारिरहेकी छिन् ।
Namrata karma
अस्वस्थ नम्रता चलचित्र संघको ४२ औ साधारण सभाको ‘कक्टेल’ डिनर पार्टीमा भने प्रस्तुत हुन भ्याइन् । उनी अभिनेता कर्मसँग ललितपुरको मोक्ष हाउसमा पुगेकी थिइन् । नम्रता र कर्म चलचित्र संघका नव निर्वाचित अध्यक्ष नकिम उद्धिनलाई बधाई दिन त्यहाँ पुगेका थिए ।
नम्रता र कर्मलाई नेपाली रजतपटमा प्रवेश गराउने अध्यक्ष उद्धिन नै हुन् । उद्धिनको ‘सानो संसार’ फिल्ममा यी दुइले पहिलो पटक अभिनय गरेका थिए । ढिलो गरी पुगेका नम्रता र कर्म डिनर गरेर बाहिरिएता पनि उनीहरुलाई सँगै पार्टीमा देख्दा गाईंगुईं चलेको थियो | तर उनीहरुबीच के छ ? उनीहरु नै जानुन |
- See more at: http://www.nepaljapan.com/2014/05/11/109462/#sthash.QMHthNxG.dpuf

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget