news and more entertainment

छोरीले घरमै अबैध बच्चा जन्माएपछि बाबुद्वारा आत्महत्या

कैलालीमा सामाजिक मर्यादा विपरित अविवाहित छोरीले बच्चा जन्माएपछि जिल्लाको मालाखेती दमौराका ४० वर्षिय गणेशबहादुर ऐरले विष सेबन गरी आत्महत्या गरेका छन ।
सांकेतिक तस्बिर..
सांकेतिक तस्बिर..
१६ वर्षिया छोरीले घरमै अबैध बच्चा जन्माएपछि छरछिमेकले कुरा काट्न थाल्दा सहन नसकी बुावाले सल्फस नामक विषदी खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृतक ऐरको तीन दिनअघि अल्सर रोगवाट मृत्यु भएको भन्दै आफन्तहरुले दाहासंस्कार गरिसकेको भएपनि स्थानीय प्रहरीले घटनावारे अनुसन्धान गर्न बच्चा जन्माउने छोरी र मृतकका श्रीमतीलाई नियन्त्रमा लिएर अनुसन्धान थालेपछि यस्तो रहस्य खुलेको हो ।
मृतकका श्रीमती र छोरीको बयानले रोग भन्दापनि विष सेवनवाट आत्महत्या गरेको रहस्य खुल्दै आएकोले थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget