news and more entertainment

शिक्षाले सृजना गर्न नसकेको रोजगारी

 
ssujaएक वर्ष अघि भाईले प्रमाणपत्र तह पास गरेपछि मैले थाहा पाएँ आफ्नो रोजाइको विषय पढ्न कति मुस्किल हुँदो रहेछ । नेपालमा चलेको विषय फार्मेसी, बीबीए, डाक्टर, इन्जिनरिङ आदि जस्ता विषय धेरैको रोजाइ बन्न सफल भएको छ । जहाँ पनि सिमित मात्रमा सिट र विद्यार्थीको चाप धेरै थियो । हरेक क्षेत्रमा आज प्रतिस्पर्धा छ । नेपालमा हार खाएर विदेश जानेको सख्या आज बढ्दो छ । आफ्नो रोजाइको विषय पढ्न नपाएर कतिपय विद्यार्थी तनावमा छन् ।
जो आफ्नो रोजाइका विषय पढ्न पाएर खुसी भएका थिए । उनीहरु पनि मानसिक तनावमा छन् । बाबुआमाको पैसा खर्चिएर त पढाई पुरा गरे तर अब कसरी बिक्ने ? जागिर कसरी पाउने ?
मेरो आईटी पढेको एक मित्र छन् । उनले एउटा संस्थामा आवेदन हालेका रहेछन् । १२ जनाको लागि खुलेको ठाउँमा पाँच सय बढी आवेदन परेको थियो ? उनले आफू पर्ने /नपर्ने दुखेसो पोख्दै थिए ।
हालसालैको कुरा हो म एक कम्पनीमा पुगेको थिए जागिरका लागि आवेदन दिनेको लामो लाइन थियो । विभिन्न तह पार गरेर जागिरको खोजिमा भौँतारिएका उनीहरुको अनुहारमा दुःख र निराशा प्रष्टै पढ्न सकिन्थ्यो । आज पढाइ र त्यसपछिको हाम्रो जीवन झन धेरै अन्योलग्रस्त बन्न पुगेको छ ।
मैले फलफूल पसलेलाई र जुत्ता बनाएर वेच्नेहरुलाई जिज्ञाँसु भएर सोधेँ कति बचाउनु हुन्छ ? उनीहरुले उत्तर दिए, ‘महिनामा २० हजार जति बचाउँछौँ ।’ उनीहरुको उत्तरले मलाई केही खुसी बनायो । तर यो खुसी पढेका विद्यार्थीमा पाईँदैन । थुप्रै विद्यार्थीहरु उत्कृष्ट शिक्षाको खोजिमा विदेश जाने बाध्य छन् । यो दोष कसको हो त ? सायद समयको हो कि ? या राज्यको ?
हामीले हाम्रो देशको लागि नगरे कसले गरिदिन्छ ? मेरो दिमागमा बारम्बार यही प्रश्न आउने गर्छ । विदेशी शिक्षामा किन हाम्रो मोह बढेको छ ? हामीले परिकल्पना गरे जस्तै उत्कृष्ट छ त विदेशी शिक्षा ? त्यहाँको दुःख बेग्लै छ । आज थुप्रै नेपालीहरु आफूलाई डिभी नपरेकोमा दुःखी छन् । आफू विदेश जान नपाएको मा या त आफू सरहको साथीभाई विदेशमा पुगेको उनीहरु असाध्यै चिन्तित छन् । एक वर्षमा लाखौँ विद्यार्थीहरु उतिर्ण हुन्छन् । प्रतिष्पर्धामा उत्कृष्टता हाँसिल गर्न गाह्रो त छ । तर फरक को बिचमा फरक हुनु पनि सफलताको सुत्र हो । यहि भूमीमा राम्रो गर्नेहरु पनि छन् । उदाहरणीय बन्नेहरु पनि छन् । किन हामीले त्यस तर्फ सोचेनौँ ?
मलाई हात थापेर जागिर खानु छैन । थोरै वेतनमा सिर्जनशील समय खेर फाल्न उचित लाग्दैन । भर्खरैको कुरा हो, एउटा कम्पनीमा आवेदन दिएर म जागिरका लागि योग्य भएँ । तर त्यहाँको वातावरणमा म काम गर्न असमर्थ भएँ । जागिरका खोजिमा भौँतारिएकाहरुलाई झनै दुःख दिने र भनेको समयमा तलव पनि उपलव्ध गराउन नसक्ने रोजगारदाताहरुको विगविगी छ मुलुकमा । पत्रपत्रिकामा आकर्षक रोजगारीको ‘अफर’ दिँदै सिधासोझा व्यक्तिहरुलाई अनावस्यक दुःख दिनेहरुको पनि कमी छैन । स्वदेशमा भनेजस्तो पढ्नै समस्या, पढेपछी रोजगार पाउन झनै समस्या । त्यसैले विदेश जानेको लर्को लाग्दो रहेछ ।
हामीकहाँ श्रमको उचित मूल्य भुक्तानी र श्र्मको इज्जत गर्ने परिपाटी बसिसकेको छैन । आफूलाई उत्पादनमूखी बनाउने र पढीसेकेपछि हैसियतअनुसारको जागिर पाउने अवस्था पनि छैन । त्यसैले आज सहर ‘शिक्षित बेरोजगारहरुको भिड’ बन्न पुगेको छ ।
नेपालमै पढेर रोजगारी बन्ने भन्दा विदेशमै गएर काम गर्ने र जीवन यापन गर्ने चाहना पाल्नेहरुको भीड बढेको छ । पढेर नी जीवन खुसी हुन सकेको छैन ।
पढेर कामकाजी बन्ने भन्दा निराशा र कुण्ठा पाल्नेहरको संख्या ज्यादा छ नेपालमा । त्यसको प्रमुख कारण भनेको यहाँको शिक्षामा सिर्जनशीलता नभेटिनु हो । उत्पादनसँग नजोडिने र रोजगार तर्फ नमोडिने शिक्षाले केवल बेरोजगारको मात्र भिड जम्मा गर्छ । त्यसैले यहाँको शिक्षामा नै खोट देखिन्छ र राज्यका माथिल्लो निकायमा बस्ने सरोकारवालाहरुको नियतने खराव देखिन्छ । किन आजसम्म हाम्रो शिक्षाको व्यवहारीक पक्षको यथोचित मापन हुन सकेन । शिक्षा भनेको पढेर प्रमाणपत्र आर्जन गर्ने मात्र हो की कामकाजी बन्ने र उत्पादनसँग पनि जोडिने ? आजको शिक्षाको यक्ष प्रश्न हो यो ? यो प्रश्नको न्यायोचित हल विना आज मुलुकको रुपान्तरण असम्भव छैन । न त लर्को लागेर विदेशिनको संख्या घटाउन नै सकिन्छ ।
अतः मुलुक सुहाउँदो र युगानुकुल शिक्षा निर्माण गरी नागरिकलाई शिक्षित तुल्याउने र स्वरोजगार भै बाँच्न सिकाउने शिक्षा अपरिहार्य भएको हो की यसमा सरोकारवालाका ध्यान जाओस । अन्यथा पढेर नागरिकहरु शिक्षित त बन्लान् तर हात थापेर खानु पर्ने बाध्यता आइनै रहने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget