बलिउड नायक साहरुख खानले हालै मात्र एक महंगो विज्ञापनमा हस्ताक्षर गरेका छन् । ‘पान मसला’ ब्रान्डका लागि साहरुखले महंगो रकम लिएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।
‘पान मसला’ ब्रान्डका लागि साहरुख खानलाई २० करोड रुपैयाँ दिइएको छ । साहरुख २० करोडमा यो विज्ञापनमा खेल्न र ब्रान्डलाई प्रमोट गर्न राजी भएका हुन् । उसो त साहरुख खानले लिएको यो उच्च रकम भने होइन ।
यसअघि बलिउड नायक आमिर खानले एक विज्ञापनमा अभिनय गरेवापत ६ बर्षका लागि ८० करोड लिएका थिए । तर उक्त कम्पनीले आमिरले प्रमोशनमा साथ नदिएको भन्दै ६ बर्षपछि उनीसँग नयाँ संझौता नगर्ने जनाइसकेको छ ।
‘चेन्नई एक्सप्रेस’ हिट भएपछि साहरुख खानको माग बलिउड र विज्ञापन बजारमा झनै बढेको छ । यसैले पनि एउटा कम्पनी साहरुखलाई यती महंगो मुल्य तिर्न तयार भएको छ ।
Post a Comment