news and more entertainment

आँटे के हुँदैन ? दुवै हात गुमेपछि मुखले टेवलटेनिस प्रतिस्पर्धा

Ibrahim-Hamato
जब इब्राहिम हामाताले बाल्यकालमै दुई हात गुमाए । उनलाई लागेको थियो कि सबैभन्दा मन पर्ने टेबल टेनिस अब फेरि खेल्न सकिन्न ।
तर, इजिप्टका इब्राहिम टेबलमा फर्किएका मात्र छैनन्, मुखले व्याट समातेर दुई हात भएका सफल खेलाडीहरुसँग भिडिरहेका छन् । डेलिमेलका अनुसार जापानको टोक्योमा हालै भएको विश्वको शीर्ष दशमा पर्ने टेबल टेनिसमा उनले भाग लिएका छन् ।
इब्राहिम १० वर्षको हुँदा दुर्घटनामा परेपछि दुबै हात गुमाएका थिए । उनी भन्छन-’म टेबल टेनिस असाध्यै मन पराउँछु । दुर्घटनाको तीन वर्षपछि मैले काखीले व्याट च्यापेर फेरि खेल्ने इच्छा राखेँ तर सकिँन । धेरै विकल्पहरु खोज्दा मैले मुखले व्याट च्यापेर खेल्न थालेँ ।’
Ibrahim-Hamato-1
उनको खेल्ने शैली निकै आकर्षक छ । टोक्योमा भएको प्रतियोगितामा उनको प्रदर्शन निकै अब्बल थियो । इन्टरनेशल टेबल टेनिस फेडेरेशनले उनलाई अतिथीका रुपमा प्रतियोगितामा बोलाएको थियो ।
उनले आफ्नो सफलताको श्रेय पत्नीलाई दिएका छन् । ‘मेरो जीवनको राम्रो पक्ष भनेको मेरी श्रीमती हो । उनी मेरा लागि सबै चिज हो । दोस्रो टेबल टेनिस हो ।’ कडा मेहनत गर्ने हो भने असम्भव केही पनि नभएको बताउँछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget