news and more entertainment

श्रीकृष्णको त्यो अधुरो सपना , चर्चित नायक श्रीकृष्णको निधन

काठमाडौं,साउन२५–

बिबाहको केही दिनपछि नै हनिमुनका लागि भारततर्फ प्रस्थान गर्नुअघि श्रीकृष्ण श्रेष्ठले सञ्चारकर्मीहरुको ‘सन्तान कहिले जन्माउने ?’भन्ने प्रश्नको जवाफमा भनेका थिए,‘तत्काल हाम्रो त्यस्तो सन्तान जन्माउने इच्छा छैन । दुई वर्षपछि मात्रै हामीले सन्तान जन्माउने योजना बनाएका छौं ।’ श्रीकृष्णले यस्तो जवाफ दिइँरहँदा छेवैमा उभिएकी उनकी श्रीमती नायिका श्वेता खड्काले पनि केही लजाउँदै मुस्काएर श्रीकृष्णको योजनामा मुन्टो हल्लाएर समर्थन जनाएकी थिइन् । तर,श्रीकृष्णको यो सुन्दर योजना अब कहिल्यै पुरा हुने छैन । बिबाह भएको एक महिनामै स्वेताको सिउँदो पुछिएपछि नवजोडीले देखेको यो सुन्दर सपना केवल कहिल्यै पुरा नहुने कित्तामा उभिएको छ । श्रीकृष्णले निर्माण गरेको शुक्रबारदेखि प्रदर्शनमा रहेको फिल्म ‘कोहिनुर’को रिजिलको पुर्वसन्ध्यामा श्रीकृष्णले निकै नै भावुक सन्देश पठाउँदै भनेका थिए–मेरो स्वास्थ्यको कारण तपाईहरुसँगै बसेर फिल्म रिजिल गर्ने सपना पुरा हुन सकेन । म रिजिल भएको केही दिनपछि नै निको भएर तपाईहरुसँगै बसेर फिल्म हेर्नेगरी आउनेछु । कृपया मैले निर्माण गरेको यो फिल्मलाई माया गरिदिनुहोला । तपाईहरुको माया मेरा लागि औषधि हुनेछ ।’ निको भएर दर्शकसँगै बसेर आफ्नो फिल्म हेर्ने सपना रहेको जानकारी केही दिनअघि मात्रै बुनेका श्रीकृष्णको प्रतिक्षामा रहेका उनका सुभेच्छुक,दर्शक र फ्यानहरुले आइतबारको सुरुवातसँगै उनको मृत्युको दुःखद समाचार सुन्नु परेको छ ।
 श्रीकृष्णको यो दुःखद अबसानसँगै त्यो सपना कहिल्यै पुरा नहुने भएको छ । नायक श्रीकृष्णसँग नेपाली फिल्ममा अझै धेरै योगदान दिने र यसलाई अझै अब्बल बनाउने सपना थिए । उनले बेला–बेला उनका योजना सुनाउँदै आएका पनि थिए । उनले भन्ने गरेका थिए–नेपाली फिल्मलाई अन्तराष्ट्रिय स्तरमा पुगेको हेर्ने चाहना छ । र,त्यसका लागि जीवनको अन्तिम घडिसम्म पनि लागिरहनेछु । हुन पनि,जीवनको अन्तिम स्वास पनि उनले फिल्मकै नाम लिएर फेरे । जीवनको अन्तिम घडिमा उनले आमदर्शकका लागि पठाएको सन्देशमा उनको यो भावना अझै गम्भिर ढंगले मुखरित थियो । श्वेतामाथि बज्र ‘मान्छेको जीवनमा आरोह र अबरोह भइरहन्छ । सुख र दुःख नै जीवनको चौतारी हो भन्छन् । म त्यही चौतारीमा बसिरा छु’ केही दिन अघि यस्तो भावुक सन्देश पठाएका श्रीकृष्णले परिभाषित गरेको यही भयानक पीडा,वेदना,सन्ताप र दुःख दिएर उनले संसार छाडेका छन् । एक महिनाअघि असार २३ गते मात्र श्वेताको सिउँदो रंगाएका श्रीकृष्णले संसार छाडेपछि श्वेताको जीवनको बिहानी कहिल्यै नउदाउने गरी अन्धकार रातमा परिणत भएको छ । जीवनमासँगै यात्रा गर्ने त्यो सुन्दर सपनामा तुसारापात लागेको छ । जीवनको लामो समय नेपाली फिल्म जगतको विकास र संबृद्धिमा खर्चेका सदाबहार नायक श्रीकृष्णप्रति हाम्रो श्रदान्जली ! अनि शोकसन्तप्त परिवारमा यो दुःखको घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस !

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget