मुम्बईका एक फोटोग्राफर राज सेट्टीले जुलाई २६ तारिखका दिन ‘द रङ्ग टर्न’ नामक फोटो एल्बम आफ्नो वेभसाइट ‘बिहेन्स’ मा पोष्ट गरेका थिए । उक्त फोटोमा एक महिलाले बसभित्र आफूलाई बलात्कार गर्न खोज्ने चारजना व्यक्तिहरुको पञ्जाबाट उम्किन खोजेजस्तो देखाइएको छ । यो फोटोसुटलाई सन् २०१२ को डिसेम्बर १६ तारिखका दिन भएको दिल्लीको सामूहिक बलात्कारसँग प्रेरित भइ गरेको फोटोसुटको संज्ञा दिएको छ । जसको निकै आलोचना भइरहेको छ ।
सोसल मिडिया साइटमा पनि यसले निकै आलोचना खेपिरहनु परेको छ । आफ्नो फोटोसुटले आलोचना खेपिरहेका बेला फोटोग्राफर राज शेट्टीले भने यसको बचाउ गरिरहेका छन् । उनी भन्छन्, ‘यो फोटोसुप निर्भया ग्यांग रेपबाट प्ररित नभई महिलाहरुको स्थितिको चित्रण गर्न गरिएको फोटोसुट हो ।’ यो फोटोसुटमाथि सामूहिक बलात्कारलाई ग्ल्यामर बनाउन खोजेको आरोप लागेको छ ।
स्मरण रहोस् निर्भया ग्यांग रेपमा पिडित महिलालाई पनि बसमा नै सामूहिक बलात्कार गरिएको थियो त्यसकारण यो फोटोसुटलाई यहि घटनासँग प्रेरित भएको बताइएको छ । राज शेट्टीको यो फोटोसुटले ट्विटरमा पनि निकै आलोचना सहनु परेको छ । भारतीय संगीतकार विशाल दादलानीले यो फोटोसुटमाथि ट्वट गर्दै यसलाई लज्जास्पद र वाहियातको संज्ञा दिएका छन् । (एजेन्सी
Post a Comment