जिन्दगीभर उसैको साथ हुन्छु, कहिले पनि उसलाई ढाट्ने छैन्, उसको साथ कहिले छोड्ने छैन, जे हुन्छ जस्तो हुन्छ मिलेर बस्ने छु, उसलाई आफू भन्दा पनि बढी मायाँ गर्ने छु,’ यो कुनै चलचित्रको एक पात्रले भन्ने कुरा मात्र होइन, यो कुरा हो विवाह बन्धनमा बाधिएसँगै अग्नीलाई साक्षी राखेर मनदेखि भन्ने कुरा हुन् ।
जिन्दगीको अमूल्य निर्णय हुन् यी । जसलाई जिन्दगीभर विर्सन सक्दैनन विवाह बन्धनमा बाधिएका जोडीले । अब यी सारा कुरालाई छोडेर भगवानले ती जोडी मध्ये एकलाई सुटुक्कै लैजान्छन भने के हुन्छ होला । हो, अब त्यस्तै हुनेछ नेपाली सिने नगरिकी एक नायिकालाई, जसले यी र यस्ता हजारौं कसम खाएकी छन् अग्नीलाई साक्षी राखेर ।
असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी नायिका स्वेता खड्काको अहिले सर्वस्व लुटिएको छ । अर्थात उनलाई जिन्दगीभर साथ दिने उनका श्रीमान तथा नेपाली सिने नगरीका होनाहार कलाकार श्रीकृष्ण श्रेष्ठको आइतवार विहान निधन भएको छ ।
विवाह बन्धनमा बाँधिएको एक महिना मात्र वित्न नपाउदै स्वेताको शनिवार सिउँदो पुछिएको छ । यति बेला श्रीकृष्णको निधनपछि बेहोस अवस्थामा मुर्छित स्वेता अबदेखि एक्ली भएकी छन् ।
या भनौ, अब उनलाई हाँस्दा, रुदा आफ्नो अंगालोमा मायाँ गरि राख्ने जीवनसाथी नै उनको पासबाट अलविदा भएका छन । आइतवार बेलुका सम्ममा नेपाल ल्याइसकिने श्रीकृष्णलाई मात्र तस्विरमा देख्न पाइने छ त्यो पनि निकै पुराना पुराना ।
Post a Comment