अन्तत दबंग स्टार सलमान खानले बलिउड बादशाह शाहरुख खानलाई पछि पारेरै छाडे । शाहरुख अभिनित, निर्मित फिल्म चेन्नई एक्सप्रेसको कमाई भन्दा सलमान अभिनित किकको कमाई माथी उक्लिएपछि शाहरुख पछि परेका हुन ।

शाहरुखको चेन्नई एक्सप्रेसले कुल २२६.७० करोड कमाई गरेको थियो भने सलमानको किकले २२६.९८ करोड कमाई गरेको छ । त्यसो त किक अझै प्रदर्शनरत रहेकाले कलेक्सन अझै बढ्ने निश्चित छ । शाहरुखको फिल्म भन्दा बढी कमाई गरे पनि ऋतिक रोशनको क्रिष ३ र आमिर खानको धुम ३ को कमाई भेट्न निकै मुस्किल छ । यी दुई फिल्मको कमाई निकै उच्च रहेकाले किकले उछिन्न गाह्रो पर्ने फिल्म बिश्लेषकहरु बताउछन । यद्यपि किक बलिउड इतिहासमै सबैभन्दा बढी कमाई गर्ने फिल्महरुको तेस्रो नम्बरमा परीसकेको छ ।
Post a Comment