news and more entertainment

अभिनेता राजेश हमालको आचरण माथि प्रश्न । सभाको बिचैमा हिड्नु कति जायज ?

 फिल्मीबजार,२०७१ भाद्र ६ शुक्रबार,काठमाण्डौ ।
सुपर स्टार अभिनेता राजेश हमाललाई सबैले राम्रो र बौद्धिक स्तरको अभिनेता मान्दै आएका छन् । तर उनी आफैले बिहे पछी सुहागरातका लागि तयार रहदाको तस्बिर सामाजिक संजाल मार्फत सार्बजनिक गरे पछी उनको प्रतिष्ठा माथि आच आएको छ । उनले बिहेमा नक्कल बढी पारेको धेरैको बुझाइ छ किनकि बिहे कार्यक्रममा मिडियालाई रोक लगाउने अनि सुहागरात मा तयारी अबस्थामा रहेको रक्सिको बोतल सहितको तस्बिर आफैले सार्बजनिक गर्नाले उनले धेरै शुभचिन्तक गुमाए भने बौद्धिक वर्गको दृष्टिकोणमा समेत परिबर्तन आएको छ । प्रसङ्ग स्व.श्रीकृष्ण श्रेष्ठको हो,बिहिबार राजधानीको नया बजारमा श्रीका परिवारले १३ औ दिनको पुण्य तिथीमा श्रदान्जली सभाको आयोजना गरेका थिए । उक्त सभा मा अभिनेता हमाल पनि सहभागी थिए । कार्यक्रम १२ बजे सुरु हुने खबर भए पनि दुइ बजे यता कार्यक्रम सुरु हुन सकेन । कार्यक्रम सुरु भएको केहि समयमा नै अभिनेता राजेश हमाल जुरुक्क उठेर निस्किदा देख्नेलाई समेत असहज लाग्नु स्वभाबिक नै हो ।तर हमाल आँफैले त्यो कुरा बुझ्न सकेनन् । चलचित्र उद्योगका एक कुशल नायकको पुण्य तिथीमा हमालले किन १ घण्टाको समय निकाल्न सकेनन् ? उनी कार्यक्रमको बिचमै उठेर हिड्नु कति जायज हो स्वयं उनैलाई थाहा होला । तर यस्तै आचरणका कारण राजेश हमालको प्रतिष्ठा माथि आच आउने देखिन्छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget