news and more entertainment

टाटु कति सुरक्षित

विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ ।  जनजाति तथा विकसित देशका युवा माझ प्रचलित टाटुको लोकप्रियता न्यून आय भएका देशका सबै वर्गमा समेत विस्तार भएको छ तर, लोकप्रिय टाटु कतिको सुरक्षित छ ?

धेरै जसो मानिस के ठान्छन् भने टाटुमा प्रयोग गरिने रङ वनस्पतिबाट बनाइएकाले त्यसबाट स्वास्थ्यमा असर पर्दैन तर, सत्य फरक छ, टाटुमा प्रयोग भइरहेको अधिकांश रङ कृत्रिम हुन्छ ।  केहीलाई गह्रौँ धातु त केहीलाई प्लास्टिकले बनाइन्छ ।  रङ मिसाइने वस्तु अर्थात् द्रवको मुख्य आधार प्रायः पानी भए पनि त्यसमा इथाइल अल्कोहल हालिएको हुन्छ ।  यस रसायनले स्नायु प्रणालीमा असर पार्छ ।  यसले बच्चाहरूमा बौद्धिक क्षमता घट्ने र व्यावहारिक समस्या आउने तथा वयस्कहरूमा स्मरण ह्रास, कलेजोको रोग र क्यान्सरको खतरा देखिएको छ । 

यसैगरी, रङ घोलिने द्रव अन्य घातक रसायन मिथायल अल्कोहल, आइसोप्रोपेल अल्कोहल, इथेलिन ग्लाइकोल, मेथानोल, फर्मेल्डिहाइड, डेनाट्युरेड अल्कोहल आदि मिसाइन्छ ।  यी सबै रसायनको सम्बन्ध गम्भीर स्वास्थ्य विकाससँग हुने गर्छ ।  मिथाइल अल्कोहल बारम्बार सम्पर्कमा आए छाला फाट्ने र सुख्खा हुने, कलेजो विकृत हुने, टाउको दुख्ने, आलस्य तथा मृत्युसम्मको खतरा हुन्छ ।  यसैगरी, मेथनोलले स्नायु प्रणालीमा असर पार्न सक्छ । 

आइसोप्रोपेल अल्कोहलका कारण छाला चिलाउने तथा आँखा, नाक, घाँटीमा समस्या आउने र टाउको दुख्ने र आलस्यताजस्ता समस्या देखिन्छ ।  फर्मेल्डिहाइडले गर्दा आँखा रसाइरहने तथा आँखा, छाला, नाक, घाँटी पोल्ने, सिगान बग्ने, वाक्वाकी लाग्नेलगायत क्यान्सरको खतरा औँल्याइएको छ । अमेरिकामा खाद्य तथा औषधि व्यवस्थापन प्रशासनले कुनै पनि खालको रङलाई छालामा प्रत्यारोपित गर्न अनुमति दिएको छैन ।  तापनि छालामा टाटुको माध्यमबाट रङ हाल्ने काम भैरहेको छ । 

त्यहाँको क्यालिफोर्निया राज्यमा त टाटु कलाकारले आफ्नो ग्राहकलाई टाटुको रङमा घातक गह्रौँ धातु मिसिएको हुनसक्ने र त्यसले क्यान्सर उत्पन्न गर्ने भनी सचेत पार्नुपर्ने कानुनी प्रावधान नै राखिएको छ ।  अचम्मको कुरा के छ भने टाटुको रङ राखिएको भाडामा त्यसमा प्रयोग गरिएका रसायनको बारेमा उल्लेख गर्नुपर्ने अनिवार्यता देखिंदैन ।  त्यसैले ती रङमा क्यान्सरसम्म गराउन सक्ने तìव रहेको भान टाटु कलाकारलाई पनि हुँदैन ।  टाटुको रङमा मात्र समस्या छैन ।  टाटु बनाउन प्रयोग गरिने सुईले एचआईभी, हेपाटाइटिसलगायतका रोग सर्ने खतरा उत्तिकै हुन्छ ।  टाटुको मेसिनले प्रतिमिनेट तीन हजार पटक छाला गोद्ने गर्छ ।  सिउने मेसिन सरह नै टाटु मेसिनले काम गरेर गोदेर प्वाल परेको स्थानमा रङ भर्दै जान्छ ।  यसले परेको घाउ प्रायः चाँडै निको हुने भए पनि संक्रमणको खतरा टरेको हुँदैन । 

टाटु बनाउने बेला त घातक रसायनले रगतमा प्रवेश पाउने खतरा रहन्छ नै टाटु हटाउँदा ती रसायन सोभैm रगतमा पुग्ने भएकाले एक पटक टाटु बनाइ हल्नुभएको छ भने त्यसलाई त्यत्तिकै छाड्दा राम्रो हुन्छ ।  टाटुको रङ बनाउन प्रयोग गरिने घातक धातुमा पारो, सिसा, बेरिलियम, क्याडमियम, आर्सेनिक तथा एन्टिमनी, आइरन अक्साइड, कोबाल्ट, निकेल, अल्मुनियम आदि हुन्छन् ।  यिनीहरूको सम्बन्ध, मधुमेह, मुटुको रोग, स्नायु प्रणालीमा समस्या, हर्मोन असन्तुलन, क्यान्सर, उच्च रक्तचाप, सास बढ्नेलगायतका खतरनाक विकाससँग हुने भएकाले हामीले बेलैमा सचेत हुनुपर्छ ।  अझ अध्याँरोमा चम्किने टाटुको रङमा त रेडियोधर्मी तìव प्रयोग गरिएको हुन्छ ।  एजेन्सी 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget