news and more entertainment

श्रीकृष्णको सम्झनामा स्तब्ध राजधानीबासी भिडियो सहित..

२६ साउन, काठमाडौं । उपचारका क्रममा भारतमा निधन भएका लोकपि्रय नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं ल्याइएको छ ।
केहीबेर अघि उनको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । अहिले उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादी पुर्‍याइएको छ ।
श्रीकृष्णको शव ल्याउने समयमा विमानस्थलमा कलाकारहरु पुगेेका छन् । उनका हजारौं समथर्क तथा शुभचिन्तक विमानस्थल पुगेका छन् । उनीहरुलाई प्रहरीले मुल गेटमा रोकेको छ ।
विमानस्थलको गेटबाट सिनामंगल चोकसम्म मानिसहरु सडकको दुई किनारमा उभिएका थिए ।
श्रीकृष्ण पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिनेछ । अहिले सायौं समर्थक पुगिसकेका छन् । उनलाई श्रद्धान्जली दिन सञ्चारमन्त्री मिनेन्द्र रिजाल समेत जानेछन् ।
श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।
श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget