१ भदौ, काठमाडौँ :
बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीले डल्लुको भिआइपी आवास क्षेत्र नजिकै घाँटी काटेर घाइते भएकी एक युवती फेला पार्यो ।बोल्नसक्ने अवस्थामा नरहेकी युवतीलाई प्रहरीले उपचारका लागि तत्काल वीर अस्पताल पुर्यायो । तै पनि ज्यान जोगिएन । नाम, थर , वतन केही खुल्न नसकेकी युवतीबारे अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनाको करिव ३० घन्टापछि रमेश महर्जनलाई पक्राउ गर्यो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम कार्कीका अनुसार मंगोलियन मुहारकी युवतीको साथबाट उनको पहिचान हुने कुनै सामग्री फेला नपरेपनि प्रहरीले घटनास्थल नजिकैको एक घरको सिसिटिभी क्यामराको फुटेजमा युवती घाइते हुनु अगाडिको दृश्य फेला पारेको थियो ।
त्यसैका आधारमा अनुसन्धान गरिएको कार्कीले बताए । सिसिटिभीको दृश्यमा युवायुवती सँगै हिँडेको र दुई मिनेटजतिमा पछि युवक एक्लै फर्किएको देखिएको थियो ।स्वयम्भुको भगवानपाउमा मृतककी दिदी बहिनी फेला परेपछि मृतक २५ वर्षीया पेमा छेकी शेर्पा रहेको खुलेको थियो । महर्जनलाई नियन्त्रणमा लिएर सोधपुछका क्रममा उनले शेर्पाको हत्या ब्लेडले घाँटी काटेर भागेको बताएका छन् ।
युवायुवती दुबै जना विजेश्वरीस्थित गहना प्याकेजिङ बक्सा बनाउने फ्याक्ट्रीमा काम गर्थे । उनीहरुबीच आत्मीय सम्बन्ध भएका कारण शेर्पाले विवाहका लागि दवाव दिदै आएकी थिईन । घरजम भइसकेका महर्जनले प्रारम्भका टार्दे गएपनि शेर्पाले विवाहको विषय सधै उठाउन थालेपछि उनले हत्या योजना बनाएर बिहानै एकान्तस्थलमा लगी घाँटी काँटेर भागे । आजको नागरिक दैनिकमा समाचार छ ।
Post a Comment