news and more entertainment

खुश्वुका पिता श्यामसुन्दर ओली, खुश्वु र अर्पण

साउन ३०, काठमाडौं। प्रहरी भिडन्तमा गुण्डा नाइके दिनेश अधिकारी चरि मारिएपछि श्यामसुन्दर ओली त्रिवि शिक्षण अस्पताल पुगेर चर्का नारावाजी गरिरहेका थिए। आफन्त गुमेको पीडा भनेर कतिले सहज रुपमा लिए। उनको उत्तेजना रोकिएको थिएन। घटना भएको राती अस्पतालमा तोडफोड समेत भयो। यसमा तिनै श्याम ओली अग्रसर थिए। घटनामा नेता जस्तै प्रतिक्रिया व्यक्त गरिरहेका ओलीसँग बुझ्दा उनी अधिकारीका कुनै औपचारिक नाताभित्रका मानिस थिएनन। अधिकारी आफ्नी छोरी खुश्बुसँग नाता जोडिने तरखरमा रहेका व्यक्ति भएको खुलेपछि उनले अस्पतालमा मच्चाएको उपद्रो गलत नै भएपनि एक अर्थमा सहि थियोकी भन्न समेत सकिन्थ्यो। तिनै श्यामसुन्दरले छोरी खुश्वुको तालमा ताल मिलाउँदै अधिकारीको मृत्यु प्रकरणमा अर्पणको संलग्नता भएको प्रतिक्रिया समेत दिए। खुश्वुका पिता श्यामसुन्दर ओली, खुश्वु र अर्पण तिनै श्याम सुन्दर करिव ४ बर्ष अघी यसैगरि आफ्नी छोरी र उनकी प्रेमी अर्पणको वखानमा खुलेर आएका थिए। अर्पणको पिताले शुरु गरेको संस्था ह्युमन वेलफेयर ग्रुपले गरेका सामाजिक कामको प्रशंसामा श्यामसुन्दरले खुश्वु र अर्पणलाई समाजसेवाको आदर्श जोडीको रुपमा सह्राएका थिए। सपना आमा घरको काम होस वा झापामा रिक्सा वितरणको काम कोशीका डुवान पिडितलाई सहयोग पुर्‍याउने काममा उनको सामाजिक संस्था लागेको थियो। खुश्वु सो संस्थाको उपाध्यक्ष थिइन। अर्पण पैत्रिक सम्पति बेचेर भएपनि सामाजिक काममा खुश्वुलाई सघाइरहन्थे। खुश्वुलाई केन्द्रमा राखेर सन् २०११ मा तयार गरिएको एक भिडियोमा उनको कामको तारिफ गरिरहँदा अर्पणको पनि तारिफ गरिएको छ। तत्कालिन समयमा कान्तिपुरका पत्रकारहरुको टीमले तयार गरेको सो भिडियोका लागि शुरेस पौडेलले स्क्रिप्ट तयार गरेका थिए। जस्लाई अंग्रेजीमा पत्रकार सोमेश वर्माले भाषानुवाद गरेका थिए। टेलिभिजनका चर्चित हस्ती भुषण दाहालले भिडियोमा अंग्रेजीमा आवाज दिएका थिए। सो भिडियोको तारिफ सुन्दा लाग्छ संसारकै आदर्श जोडीको रुपमा खुश्वु र अर्पणले समाजसेवामा पाइला राख्दै थिए। काम गर्दै थिए। पिता श्यामसुन्दरले भनेजस्तै यो आदर्श जोडीको बीचमा आएका धार्दिङका अधिकारी २०७१ साउनमा मारिएपछि सबै कुरा एकपछि अर्को गर्दै उदाङगो हुँदै गएको छ। सबका इज्जत घरघरको वहशको बिषय भएको छ। hamrakura बाट भिडियो हेर्न तल क्लिक गर्नुहोस्
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget