news and more entertainment

चरीलाई गोली हान्नेलाई जेल हाल्न अदालतको आदेश ! (हेर्नुहोस भिडियो)


प्रहरीको ईन्काउण्टरमा मारिएका भनिएका दिनेश अधिकारी उर्फ ‘चरी’लाई गत बर्ष गोली प्रहार गर्ने राधे भण्डारी र समिरमान बस्नेतलाई पुनरावेदन अदालत पाटनले थुनामा राख्न आदेश दिएको छ। पुनरावेदन अदालतले ज्यानमार्ने उद्देश्यले गोली प्रहार भएको भन्दै थुनामा राख्ने आदेश दिएको हो। तर, भण्डारी र बस्नेतलाई सो अभियोगमा जिल्ला अदालत काठमाडौंले घरौंटीमा छाडेको थियो। जिल्ला अदालत काठमाडौंले घरौंटीमा छाड्न दिएको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन अदालत गएको थियो। पुनरावेदन अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न गत महिना आदेश दिएको थियो। ०७० असार २१ मा धादिङबाट राजधानी फर्किने क्रममा चरीमाथि बाफलका गुण्डा समिरमान बस्नेत र राधेको समूहले ज्यानमार्ने उद्देश्यसहित गोली प्रहार गरेको थियो ।
 उक्त गोली काण्डपछि चरी न्यायका लागि जिल्ला
अदालत काठमाडौंमा पुगेका थिए। तर काठमाडौं जिल्ला अदालतले एक लाख धरौंटीमा उनीहरुलाई छाड्ने आदेश दिएको थियो। हातहतियार मुद्दामा भने ढेड लाख धरौंटीमा राधेले उन्मुक्ति पाएका थिए। जिल्ला प्रशासन कार्यालय र अदालतको थुनछेक आदेश माग बमोजिम नभएपछि सरकारी वकिल धरौटी बदर र थुनामा राख्नुपर्ने माग दाबी गर्दै पनरावेदन अदालत ललितपुर पगेको थिए। उक्त निवेदन अनुसार थुनामा राख्न पर्याप्त प्रमाण रहेको भन्दै पुनरावेदनले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको थुनछेक आदेशलाई बदर गर्दै थुनामा राख्न आदेश दिएको हो। ढेड महिना अघि पुनराबेदन अदालतबाट थुनामा राख्ने आदेश भएपनि जिल्ला अदालतले आदेशको कार्यान्वयन गर्न सकेको छैन।
धादिङमा हुने ठेक्कापट्टा, अबैध बालुवा खानीको कमिशन नमिल्दा राधे र चरीबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो। चरीको समुहले राधेका भाईको हात काटिदिएपछि सुरु भएको ग्याङवारले अन्तत: चरीको ज्यानै गएको छ। भाईको हात काटिदिएपछि बदलाको भाबना जगाएका राधे बाफलका गुण्डा समिरमान बस्नेत र कुमार श्रेष्ठ घैंटेको समुहमा आबद्ध हुन पुगेका थिए। गत बर्ष चरीमाथि राधेको समूहले थानकोटको सतुंगलमा गोली बर्साएको थियो। गोली प्रहारपछि अस्पताल पुगेका चरीले कानूनले कारबाही नगेर आफै ठिक पार्ने धम्की दिएका थिए। सोही अनुसार ६ महिना अघि चरीको समूहले स्वयम्भुमा राधेमाथि ज्यानमार्ने उद्देश्यले खुकुरी प्रहार गरेको थियो। 
राधेलाई खुकुरी प्रहार पछि चरी प्रहरीको सुचिमा मोष्ट वान्टेड सूचीमा थिए। गत साता मात्र प्रहरीको मुडभेटमा चरी मारिएका छन् भने उनका परिवारले गैरन्यायिक हत्या भन्दै एक सातादेखि लास बुझ्न मानिरहेका छैनन् भन्दै मंगलबार प्रकाशित जनप्रहार साप्ताहिकले समाचार प्रकाशित गरेको छ।
भिडियो समाचार हामीले फेसबुकमै हालीरहेका छौं । हामीलाई फेसबुकमा पनि लाइक गर्नुहोस 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget