news and more entertainment

श्रीकृष्णलाई निमोनिया

श्रावण १९, सोमवार
अभिनेता श्रीकृष्ण श्रेष्ठलाई निमोनिया भएको पुष्टि भएको छ । निमोनिया भएपछि भारतस्थित दिल्लीको एक अस्पतालमा थप उपचार भईरहेको श्रीकृष्णका भिनाजु चन्द्र प्रसाद श्रेष्ठले एक रेडियो अन्तर्वातामा खुलाएका छन् ।

फिल्म ‘कोहिनूर’ को निर्माता मध्येका एक चन्द्र प्रसाद श्रेष्ठले भनेका छन्, ‘श्रीकृष्णलाई घाँटीको एलर्जीसँगै निमोनिया पनि देखियो । त्यसैले थप केही दिन अस्पतालमै उपचार गर्नुपर्ने भएको छ ।’ श्रीकृष्णको स्वास्थ्य स्थिति बुझ्न दाजु मिन श्रेष्ठ पनि दिल्ली पुगिसकेका छन् । असार २६ गते बिहे गरेका श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का २० दिन अगाडि हनिमुन यात्रामा निस्किएका थिए । श्रीकृष्णलाई सुख्खा खोकीले च्यापेपछि दिल्लीको अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया भएपछि ‘कोहिनूर’ रिलिज अगाडि श्रीकृष्ण र श्वेता नेपाल आउने सम्भावना लगभग टरेको छ । यद्यपि निर्देशक आकाश अधिकारीले ‘कोहिनूर’ को प्रिमियरसम्म श्रीकृष्ण र श्वेता नेपाल आउन सक्ने सम्भावना रहेको बताएका छन् । फिल्मको प्रचार प्रसारमा दौडधुप गरिरहेका निर्देशक अधिकारीले भने, ‘श्रीकृष्णजीको स्वास्थ्य स्थिति ठिक भएर प्रिमियरमा सहभागी हुनुहुन्छ भन्ने आशमा छु ।’ फिल्म ‘कोहिनूर’ को प्रिमियर यही बिहिबार गर्ने योजना आकाशको छ । रिलिज अगाडि गरिने भनिएको दोश्रो ‘प्रेसमिट’ भने नहुने भएको छ ।

फिल्म ‘कहाँ भेटिएला’ मा दर्शकले अत्यधिक रुचाएको श्रीकृष्ण र श्वेताको जोडी ‘कोहिनूर’ मार्फत पुनः दर्शक समक्ष आउँदैछ । फिल्म रिलिजको संघारमा श्रीकृष्ण बिरामी परेर नेपाल बाहिर बस्नु परेपछि फिल्म युनिट एवं शुभचिन्तकमा चिन्ता छाएको छ ।

यही शुक्रबार साउन २३ गतेदेखि काठमाण्डौ तथा काठमाण्डौ बाहिरका हलबाट प्रदर्शनमा आउने फिल्म ‘कोहिनूर’ ले भारतमा बेचिने नेपाली चेली अनि उद्धारको कथा भन्छ । फिल्म ‘कोहिनूर’ लाई चलचित्र जाँच पास समितिले अभिभावकका साथ हेर्नुपर्ने गरी ‘पिजि’ प्रमाणपत्र उपलब्ध गराएको छ ।


भिडियो हेर्न तल क्लिक  गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget