आज श्रीजी यहाँ आउन सक्नुभएन। उहाँ आउनुभएको भए निकै खुसी हुनेथिएँ,' अन्तिम वक्ताका रुपमा बोलिरहेका निर्देशक अधिकारी बीचमै भक्कानिए।महिनौंदेखि खोकीका कारण विरामी भएपछि हनिमुन बहानामा श्रीकृष्ण श्रेष्ठ गत असार २७ का दिन पत्नी श्वेता खड्काका साथ भारत गएका थिए।
गत असार २३ मा विवाह बन्धनमा बाँधिएकै दिन उनी अस्वस्थ देखिएका थिए।उक्त रात उनलाई अस्पताल भर्ना गर्ने तयारी पनि गरिएको थियो तर घर पुगेपछि अवस्थामा केही सुधार भएपछि उनलाई त्यस दिन अस्पताल भर्ना गर्नु परेन। दशकअघि उनलाई अल्सर हुँदा विभिन्न रोग देखापरेका थिए।उनलाई डाक्टरले केही महिनादेखि आफ्नो तौल ७० केजीभन्दा माथि नबढाउन सुझाव दिएका थिए। बिहेको दिनसम्म आइपुग्दा उनको तौल ७९ बाट ७१ केजीमा झरेको थियो।
बिरामी भएका कारण फिल्म 'कोहिनूर'को रिलिज डेट सर्ने खबर बाहिरिएको थियो । निर्देशक अधिकारीले फिल्म निर्धारितम मितिमै रिलिज हुने जानकारी गराए। 'कोहिनूर' साउन २३ देखि देशभर रिलिज हुँदैछ।फिल्ममा श्रीकृष्ण र श्वेताको जोडीसँगै मिथिला शर्मा, सम्राट सापकोटा, मुकुन्द श्रेष्ठ, माटिन खान आदिको अभिनय रहेको छ। यम थापा र विशाल सुब्बाको पटकथा रहेको फिल्ममा शम्भुजित बास्कोटाले संगीत दिएका छन्। फिल्ममा राजुविक्रम थापाको छायांकन रहेको छ।#nagariknews
Post a Comment