news and more entertainment

डिएभी स्कूलमा २० वर्ष पढाएकी शिक्षिका सगुन प्रधानको पीडा , एक पटक सवैले पढ्नैपर्ने

सगुन प्रधान, पूर्व शिक्षिका, डिएभी स्कूल
मैले डिएभी स्कूलमा सन् १९९४ मा काम शुरु गर्दा जम्मा १८ जना विद्यार्थीहरु थिए । प्लस टु पास गरेर १८ वर्षको उमेरदेखि म त्यहाँ काम गरेको हुँ । सानो स्कूल थियो, बच्चा कम थियो कमाई त्यति थिएन, त्यही भएर त्यहाँ दुःख सुख गरेर काम गरियो । सबैका मिहिनेतले अहिले त्यहाँ चारहजार बच्चा पुगेका छन् । शुरुमा मैले एलकेजीदेखि पढाउन शुरु गरेका थिए । ६–७ सातवर्ष जति भयो मैले ६ सम्म पढाउन थालेको । पछि त्यस स्कूलको डिसिपिलिन इन्चार्ज भए । सबै छात्रा विद्यार्थीको कपाल, नङ्गदेखि लिएर कपडा, जुत्ता मुजासम्मको हेरविचार गर्थे राम्रो काम गरेको प्रसंशा पनि पाएको थिएँ त्यसबेला । तर, पछि अर्को नयाँ शिक्षिका ल्याएर राखियो । उनले धेरैमा दुई महिना मात्र काम गरिन् होला । उनको बारेमा केही नराम्रा कुराहरु थाहा पाएर प्रिन्सिपिलले स्कूलबाट उनलाई निकाली दिए ।
प्रिन्सिपलले ती केटीलाई कामबाट निकालेपछि त्यसको दोषी मलाई देखाउने काम भयो । डिएभी स्कूलका मालिक अनिल केडिया सरले मेरै कारणले ती केटी कामबाट निकालिएको भनि आरोप लगाउनु भयो । त्यही कारणले होला स्कूलले सबैको तलब बढाउँदा प्रत्येकको तीन–चार हजार रुपियाँको दरले तलब बढायो तर मेरो तलब ६ सय मात्र बढायो । मैले यो कुरा केडिया सरलाई गएर भने अनि उहाँले तपाईको तलब अहिले नै हाई भएका हुनाले बढाउने ठाउँ नभएर नबढाएको जवाफ दिनुभएको थियो । जबकि त्यो बेलाको मेरो तलब १८ हजार चानचुन कति थियो । २० वर्षसम्म काम गर्दा पनि तलब बढाई दिएन । उहाँले मलाई तबल बढाउने ठाउँ छैन भन्दा मैले पनि सर काम गर्ने ठाउँ छैन म काम छोड्छु भन्दिए । र, गएको दशैंमा मैले राजिनामा दिए । उहाँले पनि राम्रै मुखले म्याम दशैंपछि हिसाब गर्दा हुँदैन ? भन्दा मैले पनि किन नहुनु यत्रो २० वर्षसम्म विश्वासमा काम गरे जाबो एक महिनाका लागि के नै हुन्छ भनि हुन्छ सर भन्दिए ।
एक महिनापछि पैसा माग्न जाँदा त उहाँले ठाडै पैसा दिन्न यो मेरो संस्था हो । तपाईको पैसा दिनलाई त यो मेरो विल्डिगं नै बेच्नुपर्छ भन्नुभयो । ‘ए ! तेत्रो पैसा छ र जसको लागि विल्डिगैं बेच्नुपर्छ ? यदि मैले पाउनु पर्ने रकमले विल्डिगं बेच्नु पर्ने हो भने विल्डिगं नै मलाई दिनुस् म लिन चाहन्छु’ भन्दिए । उहाँले केही जवाफ दिनु भएन । मैले स्कूलबाट आफूले कमाएका पैसा लिन धेरै प्रयास गरे तर हालसम्म सफल हुन सकिँन । अति भएपछि म सिडियो कार्यालय, शिक्षा कार्यालय र प्रहरीमा गएर उजुरी गरे । १० महिना भयो उताबाट पनि केही भएन । उल्टै शिक्षा कार्यालयले स्कूलको विनियमावली अनुसार नै तपाईले पैसा पाउन सक्नु हुन्न । विनियमावली शिक्षक, शिक्षा र विद्यार्थीको हितमा हुनुपर्ने हो नि तर त्यस्तो केही थिएन । त्यो विनियमावलीमा एकजना केडिया सरको मात्र हस्ताक्षर रहेको छ । त्यहाँ त अरु पनि काम गर्ने मुख्य व्यक्तिहरु छन् कसैको हस्ताक्षर त्यसमा थिएँन । त्यो विनियमावली त्यहाँ काम गर्ने शिक्षक, विद्यार्थी तथा स्टाफहरुको हितमा छैन र म त्यसैको विरुद्धमा लडिरहेको छु । आजसम्म केही फल प्राप्त गरेको छैन तर हारेको छैन ।
१५–२० दिनअघि स्कूलबाट मलाई फोन आयो । प्रिन्सिपलले तपाईसँग भेटन् खोजिरहेको खबर आयो । के भयो र, ठिकै छ नि भन्दै म डीएभी स्कूलमा केडिया सरलाई भेट्न गए । मसँग एक्लै भेट्ने केडियाले त प्रिन्सिपलदेखि लिएर अन्य स्टाफहरुलाई बोलाएर त्यहाँ राख्नुभएको थियो । DAVम एउटी केटी मान्छेलाई बोलाएर त्यत्रो मान्छेको बीचमा केडिया सरले मलाई तथानामा गाली गर्दै पैसा दिन्न सक्ने भए अदालत जानु भन्नुभयो । मैले पनि ‘यत्रो मान्छेको बीचमा मलाई बेइज्जत गर्नका लागि बोलाउनु भएको हो । म डराउने बाला आइमाई होइन । बाहिर तपाईले जे जे गर्नु भयो त्यो त ठिक्कै छ तर आज यहाँ मलाई बोलाएर यति मान्छेको बीचमा गाली गर्नु हुन्छ, अदालत जान तपाई खपिस्स हुनुहुन्छ, शिक्षा कार्यालयदेखि लिएर सिडियो कार्यालयसम्म सबै खरिद गर्नुभएको छ । म जहाँ जहाँ गए त्यहाँ त्यहाँ तपाईले मान्छे खरिद गर्नुभयो । तपाई नै अब त्यस्तो ठाउँमा जानु । म एउटा शिक्षिका मान्छे अदालतमा गएर एउटा वकिललाई पैसा खुवाउनु भन्दा त आफ्नो छोराछोरीलाई पाल्छु भन्दिए ।’ म कहाँ कहाँ जान्छु थाह छैन तर म आफ्नो लडाई जारी राख्छु र जितेर देखाउँछु ।
केडिया सरले शिक्षा कार्यालयमा एउटा पत्र पठाउनु भएको थियो, त्यसमा लेखिएको छ, उसको श्रीमान दैनिक स्कूलमा गाली गलौज र झगडा गर्न आउँथे ।’ मैले केडिया सरलाई भने, ल ठिक छ मेरो श्रीमान मलाई झगडा गर्न स्कूल आउँथे रे, तर तपाईको स्कूलमा हरेक ठाउँमा सीसी क्यामरा छ । कुनै ठाउँमा मेरो श्रीमान छ भने फुटेज देखाउनु भयो भने म तपाईको स्कूलबाट एक रुपियाँ पनि लिदिँन ।’ लास्टमा आएर मलाई डेढलाख रुपियाँ दिन खोज्नु भयो । मैले भने, २० वर्ष काम गर्नेलाई के आधारमा डेढलाख रुपियाँ दिनु भएको हो । अनि उहाँले मैले आफ्नो मनले दिएको भन्नुभयो । मैले भने, मलाई तपाईले बनाएको विनियमावली अनुसार नै मेरो पैसा चाहियो । विनियमावलीबाहेक एक रुपियाँ बढी तपाईको रुपैयाँ चाहिदैन ।’
मैले त्यो स्कूलमा १८ वर्षको उमेरमा हुँदा काम शुरु गरेका थिए । प्लस टु पास गरेर त्यहाँ काम शुरु गरेका थिए । त्यहाँ हुँदा मेरो विहे भयो । त्यही हुँदा छोरा छोरी भयो । त्यही हुँदा मेरो छोरीले पढ्यो । आज ४२ वर्षको भएको छु । म आफ्नो जीवनको आधा त्यहीँ बिताएको छु । अनि कसरी त्यतिकै छोड दिन्छु । म लड्नलाई हिँडेको छु र म लड्छु । मैले पाउनु पर्ने सरकारी विनियमावली अनुसार गइयो भने त्यसमा २० वर्षसम्म काम गर्नेलाई दोब्बर दिनुपर्ने प्रावधान छ त्यसो भए म ४० महिनाको तलब पाउनु पर्छ । अरु अहिले मलाई १० महिनासम्म झुलाएको छ त्यसको पनि क्षतिपूर्ति दिनुपर्छ । राजिनामा दिएको स्वीकृत भएको छ कि छैन त्यो पनि देखाएको छैन ।
त्यो स्कूलमा यस्तो अवस्था बनाई दिएको छ कि केडिया सरको विरुद्धमा कोही बोल्दैनन् । जे दिन्छन् थपेर लिन्छन् । मेरो श्रीमान कमाउने भएकाले म जागिरबाट हटेपनि मलाई समस्या छैन तर त्यहाँ यस्ता धेरै छन् जसलाई जागिरबाट हटाए भने उनको चुल्हो जल्दैनन् । त्यसैले त्यहाँको शोषणले सीमा नघाघेको छ । मलाई पनि शोषण गर्ने प्रयास गर्यो तर मैले बेलैमा राजिनामा दिएर हिडे । मैले त्यहाँका कतिपय साथीहरुलाई भने, अहिले तपाईहरुले मलाई साथ दिनु भएको छैन तर भोली थाहा पाउनु होला । म जेका लागि लडिरहेको छु यदि त्यो कार्यान्वयन भयो भने भोली तपाईहरुले म जस्तै दुःख पाउनुहुन्न । अनि उहाँहरुले पनि के गर्नु म्याडम तपाईको पो सुविधा छ तपाई दुई महिना काम नगरेपनि जीवन चलाउनु हुन्छ तर हाम्रो त गाह्रो छ यहाँबाट जागिर छोडेर दुई महिना बस्यो भने घरमा समस्या उत्पन्न्न हुन्छ त्यसैले तपाई लड्नुस हाम्रो नैतिक समर्थन छ भन्नुभयो ।
कालिमाटीमा १८ जना विद्यार्थी लिएर घरभडामा विद्यालय चलाउँदा घरभाडा तिर्न नसकेर जहिले पनि केडिया सर कहाँ घरबेटी कराउन आउँथे । तर अहिले आफ्नै भवन छ । कहाँबाट आयो त्यत्रो पैसा ? उहाँले एक्लैले कमाउनु भएको हो र ? सबै टिचर र स्टाफको सहयोगले त्यस्तो भएको हो यदि टिचरले राम्रो काम नगरि दिएको भए आज त्यो स्कूल त्यस्तो हुन्थ्यो र ? हुँदैन्थ्यो नि । टीम वर्क नहुँदा कति स्कूलहरु डुवेका छन् भनि हामी सामु थुप्रै उदाहरणहरु छन् र डिएभीमा टीम वर्क राम्रो भएका कारणले यस्तो गर्न सकेको हो । स्कूलमा टिचरहरुले आन्दोलन गर्दा एकजना शिक्षकले आफै टाउको ठोकेर फुटाउनु भएको थियो र दोष स्कूललाई दिन खोज्नु भएको थियो तर मैले आफ्नै आँखाले देखेको कारणले एउटा केटी मान्छे भएर पनि प्रहरीमा बयान दिन गएको थिए स्कूलको पक्षमा । स्टापहरुको आन्दोलनमा चक्का जाम हुँदा म त्यत्रो चिसोमा पनि चौक चौकमा गएर बच्चा बोकेर स्कूलमा ल्याउथे त्यो कुराहरु केडिया सरले अहिले विर्सिनु भयो ।
रातोपाटीमा प्रकाशित
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget