सिन्धुपाल्चोकका पहिरोपीडितलाई सरकारले बेवास्ता गरेको भन्दै तत्काल राहत दिन सरकारसँग कलाकारहरुले माग गरेका छन् । उनीहरुले सरकारी राहत कोषको दुरुपयोग भएको दाबी गर्दै घटनास्थलमै गएर राहत वितरण गर्न आग्रह गरेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiTvEQX-OvdiFdPcaF2IkCXWyd2NLlmbLcwCOIgy2sfJ4yFHJh0ru2IJZalzFL9GWxg2lJnjuLm9SfPiaH3WHKAsl-W2qMzhX-qbItePizQYNzKv2b3gHAbyq87hxvKWzRFLBfSiPiMZdeP/s1600/komal.jpg)
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा नाटककार मदनदास श्रेष्ठले हरेक ठाउँका विपत्तिमा कलाकारले सहयोग गर्दै आएको उल्लेख गर्दै सुनकोसीका पहिरोपीडितले राहत नपाएकोमा दुःख व्यक्त गरे ।

गायिका कोमल ओलीले भावुक बन्दै तत्काल सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने बताइन् । उनले पीडितहरुको आक्रोशले कुनै पनि बेला ठूलो रूप लिन सक्ने उनको भनाइ थियो ।
Post a Comment