![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQYfbkp4YuD43LQNN1zyxkS8caFoGnF5Dv9oCz64jIwPr74NvntKpN0fekWNvL1_jeb9ZbUfsjfHfp_sgVz4ZJ8GXYx5SL-vvvza0XhFfsLQJRxFJ9ux97gW0ELWqhzvtO1dGMNFA7Q5s/s1600/10561658_750654104990610_6745745670982471811_n.jpg)
तृणमूल कांग्रेसका सांसद सुदीप बन्दोप्याध्यायले पशुपतिको मुद्दा सदनमा उठाएका हुन् । पशुपतिमा पूजाअर्चना गर्ने मोदीले गत साता इदमा पनि शुभकामना दिनुपर्ने उनले बताए ।
जवाफमा भारतीय जनता पार्टीका सांसदले समेत भने-’प्रधानमन्त्रीले नेपालको एक मन्दिरमा पूजा गरे, हामी यसको प्रशंसा गर्छौं । तर, उनले ईद मुबारक पनि भन्नुपथ्र्यो ।’
बन्दोप्पाध्यायलाई जवाफ दिँदै संसदीय कार्यमन्त्री बेन्कैया नायडुले भने-’हामी सर्वधर्म समभावमा विश्वास गर्छौं, प्रधानमन्त्रीले राष्ट्रलाई इदको बधाइ दिएका थिए ।’
तर, कांग्रेस यो जवाफबाट सन्तुष्ट भएन र सांसद अधीर रन्जन चौधरीले बोल्न समय मागे । सभामुखले उनलाई समय नदिएपछि विपक्षी सांसदले सभामुखको आसन अगाडि गएर हंगामा सुरु गरेका छन् । जसका कारण बैठक समेत स्थगित भएको छ ।
दोस्रोपटक बसेको बैठकमा सभामुखले चौधरीलाई बोल्ने अनुमति दिए । तर, उनको केही टिप्पणीलाई व्यक्तिगत भन्दै सभामुखले उनलाई फेरि बोल्न दिएनन् । यसमा कांग्रेस र समाजवादी पार्टीका सांसदमा फेरि हंगामा गरेपछि लोकसभा बैठक स्थगित भएको छ ।
Post a Comment