नवजात शिशु साउन १६ गते विहानै मकै बारीमा भेटिएपछि प्रहरीमा खवर गरेर उद्धार गरिएको मगरले जानकारी दिनुभयो ।शिशु फाल्ने मगरलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने भए पनि घटना मिलेको प्रहरीले जनाएको छ । शिशु फाल्ने आमालाई प्रहरी पक्राउ गरी शिशुको हेरचाह गर्न लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक पशुपति ढुंगानाले बताउनुभयो ।
घटना परिवार समेतलाई राखेर छलफल गर्दा मिलेको उहाँको भनाइ छ । अहिले आमालाई शिशुको स्याहार गर्न अस्पतालमा नै राखिएको छ । शिशुलाई ढुंगाले किचिएको अवस्थामा भेटिएपनि स्वास्थ्य अवस्था राम्रो रहेको प्रहरीले जनाएको छ ।पति विदेश गएपछि देवर ज्ञानबहादुर थापा मगरसँगको अबैध सम्बन्धपछि जन्मिएको शिशु आरोपितले साउन १६ गते मकै बारीमा जन्माएर ढुंगाले थिचेको अवस्थामा भेटिएको उनका सासुरा केशरबहादुर थापा मगरले बताउनुभयो ।
प्रहरीलाई खबर गरेर शिशुको सोही दिन उद्धार गरी सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ ।आरोपितका परिवार तथा स्थानीयले समेत अबैध सम्बन्ध राख्ने दुवैलाई समाजमा अस्वीकार गर्ने भन्दै उनीहरुमाथि ज्यान मार्ने उद्योगमा कारवाही गर्न माग गरेका छन् । आरोपितका ससुरा केशरबहादुरले प्रहरीले जवरजस्ती घटना मिलाएको आरोप लगाउनुभयो ।
Post a Comment