धादिङ एमालेका कार्यकर्ता र चरीका आफन्तद्धारा बल्खु घेराउ
२२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनेश अधिकारी चरीको सुनियोजित हत्या भएको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् ।
चरीलाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका धादिङका एमाले कार्यकर्ता तथा चरीका परिवारलाई सम्बोधन गर्दै ओलीले छानबीनका लागि पार्टीले पहल गर्ने आश्वासन दिए ।
चरीलाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका धादिङका एमाले कार्यकर्ता तथा चरीका परिवारलाई सम्बोधन गर्दै ओलीले छानबीनका लागि पार्टीले पहल गर्ने आश्वासन दिए ।
चरीको गैरन्यायिक हत्या भएको भन्दै धादिङका एमाले नेता कार्यकर्ता र चरीका आफन्तहरु केन्द्रीय कार्यालय बल्खुमा नाराबाजी गर्दै पुगेका थिए । सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, हरिवहादुर घले, जिल्ला अध्यक्ष भूमी त्रिपाठी सहितका नेताहरु केन्द्रीय कार्यालयभित्र प्रवेश गरेपनि अरुलाई मुख्यद्धारमै रोकिएको थियो ।
ओलीले कार्यकर्ताको कुरा सुनेपछि चरीको सुनियोजित हत्या भएकाले छानबीन समिति गठन हुनुपर्ने बताए । ‘यो सुनियोजित हत्या हो, सर्वदलीय संसदीय समिति वा अन्य निष्पक्ष छानबीन समिति गठन गर्नुपर्छ’ ओलीले भने ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment