news and more entertainment

प्रेमिकाको निहुमा प्रहरी अधिकृतले चरीलाई मारेको एमाले को आरोप

  • चरी हत्या प्रकरणमा गृहमन्त्रीलाई सभामुखको रुलिङ : 

Model Khusbu Oli and Dinesh Adhikari 'Chari'
२२ साउन, काठमाडौं । सभामुख सुवास नेम्वाङले डन दिनेश अधिकारी चरी हत्यकाण्डबारे यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा एमाले सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले चरीको हत्या नियोजित रुपमा प्रहरीले गरेको भन्दै गृहमन्त्रीको जवाफ मागेका थिए ।

एमाले सभासदहरुले चरी हत्याबारे यथार्थ नआए संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले गृहमन्त्रीलाई शुक्रवारको बैठकमा यसबारे यथार्थ जानकारी गराउन रुलिङ गरेका हुन् । नेम्वाङले नेपालगन्जमा एक १८ बर्षीय  युवतीको बलात्कारको घटनाको पनि यथार्थ जानकारी गराउन रुलिङ गरेका छन् ।

  • एसएसपीलाई निलम्बन गर्न माग

संसद बैठकमा समय लिएर बोल्दै धादिङका एमाले सभासदहरुले गृहमन्त्री बामदेव गौतमको आलोचना गर्दै प्रहरीले बर्दीको आडमा गैरन्यायिक हत्या गरेको आरोप लगाएका थिए । सभासद पाण्डेले चरीलाई चक्रपथभित्रै  हत्या गरेर भीमढुंगामा नक्कली मुठभेड रचिएको आरोप लगाए । ‘यो हत्यामा संलग्नहरुलाई न्यायिक कारवाहीको दायरमा ल्याउन एसएसपी पुष्कर कार्कीलाई निलम्बन गरि छनबिन थाल्नुपर्छ’ पाण्डेले भने । प्रहरीले बर्दी लगाएर संगठित अपराध गरेको भन्दै उनले चरी अपराधी भए पक्राउ गरि कारवाही गर्नु पर्नेमा नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाए । ‘चरीलाई मारिएको ठाउँमा एक थोपा रगत छैन यसले पनि उनलाई बाहिर मारेर लगेको पुष्टि हुन्छ’ पाण्डेले भने ।

  • हत्यामा ५० लाख ?

एमालेकै अर्का सभासद गुरु बुर्लाकोटीले एक प्रहरी अधिकृतले प्रेमिकाको निहुँमा चरीको हत्या गराएको आरोप लगाए ।  ‘चरीकी प्रेमिकालाई मन पराउने ती प्रहरी अधिकृतले ५० लाख खर्चेर भने पनि चरीको हत्या गराउछु भनेका थिए । उनैको टोलीले मारेको भन्ने छ, यथार्थ बाहिर ल्याइयोस’ बुर्लाकोटीले संसद बैठकमा भने ।बुर्लाकोटीले चरीको हत्याका पछाडि ठूलो खेल रहेको भन्दै यसको निष्पक्ष र न्यायिक छानबीन हुनुपर्ने माग गरे । अर्का सभासद गंगालाल तुलाधरले चरी हत्या प्रकरणमा प्रहरीले तथ्य बंग्याएर पुष्टि गर्न खोजेको भन्दै संसदलाई यथार्थ जानकारी गराउन माग गरे । बुधबार साँझ काठमाडौंको भीमढुंगामा मुठभेड भएको र घटनामा चरी मारिएको प्रहरीले बताएको छ । स्रोत # अनलाइन खबर
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget