२०० करोड कमाउने सलमान खान अभिनित यो नै पहिलो फिल्म हो । यसअघि उनको फिल्म ‘एक था टाइगर’ ले १९८ करोड कमाएका थिए । २०० करोड क्लबमा भने आमिर खानको ‘थ्री इडियटस’, ‘धुम ३’, ऋतिक रोशनको ‘क्रिस ३’ र शाहरुख खानको ‘चेन्नई एक्सप्रेस’ रहेका छन । यसबाहेक अन्य कुनै फिल्महरुले हालसम्म २०० करोड कमाउन सकेको छैन ।
त्यस्तै फिल्म ‘किक’ले नेपालमा पनि ३ करोड भन्दा बढीको ब्यापार गरेको छ । योसँगै फिल्मको ओभरसिज कलेक्सन पनि ५० करोभन्दा बढी रहेको बताइएको छ । फिल्ममा सलमानको अपोजिटमा ज्याकलिन फर्नान्डिज छन । त्यस्तै मिथुन चक्रवर्ती, नवाजुद्दिन सिद्दीकी, रणदीप हुड्डा लगायतको पनि फिल्ममा अभिनय छ ।
Post a Comment