साउन-२०, सिन्धुपाल्चोक । सीमा नाका तातोपानीमा बसेर खासा व्यापारीको सहयोगीको काम गर्दै आएका बुद्ध तामाङ -कालु) हरेक शुक्रबार घर आउँथे ।
दुई रात परिवारसँग बिताएर र्फकन्थे । दस वर्ष यसरी नै वित्यो ।
त्यो शुक्रबार भने उनी घर र्फकन पाएनन् ।
‘गाडी पाइएन, आज घर आउन नसक्ने भएँ,’ कालुले बेलुकी श्रीमती कान्छीलाई फोन गरेर भने ।
‘कोदो रोप्नु छ, भोलि -शनिबार) बिहानसम्म त जसरी भए पनि आउनू,’ कान्छिले आग्रह गरिन् ।
‘ल ल हुन्छ, आउँला’ कालुले आश्वासन दिए ।
कालुको जिन्दगीको घाम कहिल्यै नउदाउने गरी अस्तायो ।
कालु जस्तै राम लामा पनि यसैगरी लुटिएका छन् । पहिरोले सुनकोशी थुनेर आएको यो अवस्थाबाट आफूहरुको जीवनमा त्यो भन्दा भयानक पहिरो जान्छ भन्ने उनीहरुले कहिल्यै सोचेका थिएनन् । प्रहरीले पहिरोमा परेकाहरुको उद्दार कार्य जारी राखेको छ । पहिरोमा परेकाहरुको उद्दार गर्दा अहिलेसम्म ३३ जनाको शव भेटिएको छ । शव भेटिएपनि उनीहरुको लागि रोइदिने र काजकिरिया गर्ने कोही नभेटिएको प्रहरीलाई उदृत गर्दै नागरिक दैनिकले खबर लेखेको छ ।
पहिरोमा परेर सबै आफन्त हराएकोले मृतक भेटिएकाको पनि सनाखत गर्ने र अन्तिम संस्कार गर्ने कोही नभेटिएको हो ।
Post a Comment