news and more entertainment

मोदीलाई माला लगाइदिने बालिका सुरक्षाकर्मीको नियन्त्रणमा परेको खुलाशा

साउन-२१, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै सुरक्षा घेरा पार गरेर फूलको माला पहिर्‍याउने एउटी बालिका सुरक्षाकर्मीको नियन्त्रणमा परेको खुलासा भएको छ । विमानस्थलबाट कडा र व्यवस्थित सुरक्षाका बीच मोदीलाई बौद्धस्थित हायात रिजेन्सी होटेल लगिएको थियो ।

नेपाल प्रहरीको बाहिरी सुरक्षा घेरा र त्यसपछि नेपाली सेनाको भित्री सुरक्षा घेरा, भारतीय निजी सुरक्षा अंगरक्षकको घेरा हुँदाहुँदै सातआठ बर्षकी ती बालिका हातमा माला लिएर मोदीतर्फ दौडिएकि थिइन् । उनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले ती बालिकालाई रोक्न खोजेको थियो । सेनाले रोक्दारोक्दै सवारी मन्त्रीको काम गरिरहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले ती बालिकालाई बोकेर मोदीतर्फ लगे । मन्त्रीले नै बोकेपछि सुरक्षाकर्मी पछि हटेका थिए । मन्त्रीले बोकेकै अवस्थामा ती बालिकाले मोदीलाई माला लगाइदिएकी थिइन् । त्यतिबेला मोदी लबीबाट आफ्ना लागि निर्धारण गरिएको कक्षतिर जाँदै थिए । सुरक्षा स्रोतका अनुसार फुलमाला बोकेकी बच्ची मन्त्रीसँग देखेपछि मोदी रोकिएर ‘आईए आइए’भनेका थिए ।

त्यसपछि सुरक्षाकमीृले अतिविशिष्ट पाहुनाको कार्यक्रम हेरे, कतै पनि होटलको लविमा बालिकाद्वारा माला लगाइदिने कार्यक्रम तय थिएन । त्यसपछि सुरक्षाकर्मीले केही समयसम्म बालिकालाई नियन्त्रणमा लिएको थियो । भारतीय दुतावासभित्रै रहेको केन्द्रीय विखलयमा कक्षा ५ मा पढ्दै गरेकी बालिका थिएन् उनी । बालिकासँगको बयानपछि सुरक्षाकर्मीले उनी निश्चल मनका साथ त्यहाँ पुगेको निष्कर्ष निकाल्दै उनलाई परिवारको जिम्मा लगाएको छ ।
- अन्नपुर्ण पोष्ट दैनिक


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget