भारतको भोपालमा विदा मनाउन गएका एक परिवारका ११ जना सदस्यले बाढीमा बगेर ज्यान गुमाएका छन् । दागदरी झरना घुम्न गएका उनीहरु झरनाको पानीमा बगेका हुन् ।
यसरी मृत्यु हुनेमा ३ वालवालिका, ५ महिला सहित ११ जना छन् । पानीले बगाएका ८ शव पुलिसले फेला पारेको छ । अहिले पनि ३ जनाको शव भेटिएको छैन ।
जवलपुरमा होटल सञ्चालन गर्ने अंसारी इदको समय सकिए लगत्तै आफ्नो र ससुरालीको परिवारसहित १२ जना भएर पिकिनिकका लागि दमोह जिल्लामा पर्ने दगदरी झरना गएका थिए । उनीहरु त्यहाँ पुग्दा झरनाको पानी कम थियो । तर एक्कासी भएको भारी वर्षापछि झरनामा बाढी आयो र परिवारका सबैलाई बगायो ।
उनीहरु बगेको चालपाएपछी गाउँलेले प्रहरीलाई खवर गरेका थिए । तर एक महिला बाहेक कसैको पनि जिवितै उद्दार हुन सकेन ।
उद्दार गरिएकी एक महिलाको भने स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
यो झरनामा यस अघी पनि यस्ता घटना भएको र मानिसहरु आत्महत्याको लागि समेत यहाँ आउने गरेको बताइन्छ । तर त्यहाँ कुनै सुरक्षाका उपाय भने गरिएको छैन ।
Post a Comment