news and more entertainment

अभिनेता श्रीकृष्ण श्रेष्ठको फोक्सोमा पानी जमेको खुलासा । तत्काल नेपाल फर्कने सम्भावना रहेन

फिल्मीबजार,२०७१ साउन २० मंगलवार,काठमाण्डौ । अभिनेता श्रीकृष्ण श्रेष्ठ असार अन्तिम साता देखि नै भारतमा उपचारत छन् । श्री र स्वेता बिहे लगत्तै हनिमुन मनाउनका लागि भन्दै भारत गएका थिए । तर हनिमुन नभइ श्रीको उपचारमा श्वेता जुटेकी थिइन् । यी दुइको फिल्म ‘कोहिनुर’ रिलिजको समय हुदा सम्म नेपाल नफर्केको र श्रीको वास्तविक स्वास्थ स्थितिको रिपोर्ट श्रीको परिवारजनले नै जानकारी नपाउदा श्रीका दाइ मिन श्रेष्ठ हालै भारत गएका छन् ।
उनी भारत गए पछी पनि श्रीको स्वास्थ स्थिति केहि मात्रामा सार्बजनिक हुन थालेको छ । सोमबार सम्म निमोनिया भएको खबर सार्बजनिक भए संगै मंगलवार पुन श्रीको फोक्सोमा पानि जमेको खबर आएको छ । श्रीको परिवार श्रोतले घाँटीको एलर्जीसँगै निमोनिया भएको भने पनि यतिका सम्म श्री घर फर्कन नसक्नुको पछाडी उनको स्वास्थ अबस्था सामान्य छैन भन्ने बुझ्न सकिन्छ । यसर्थ पनि फिल्म रिलिजको पुर्बसन्ध्या सम्म पनि श्री स्वास्थ लाभ लिएर तत्काल लागि घर फर्कन सक्ने संकेत देखिदैन । यता फिल्म फिल्म रिलिजको समय हुने लाग्दा पनि श्रीको जोडी घर नाफर्दा निर्देशक आकाश अधिकारी तनाबमा छन् । श्रीको स्वास्थ अबस्थाक कारण फिल्मको प्रचार प्रसार समेत ओझेलमा परिरहेको छ । फिल्म ‘कोहिनुर’आउदो शुक्रबार देखि रिलिज हुदैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget