चर्चित डन दिनेस अधिकारी चरीको हत्यापछि उनकी प्रेमिका खुस्बु वली आर्थिक संकटमा पर्ने देखिएकी छन् । हुन त चरीको सम्पत्तिमाथि उनको प्रवेश हुन्छ या हुँदैन त्यो अलिक परको विषय हो ।
तर खुस्वुले विभिन्न व्यबसायीसँग लिएको रकम ती व्यबसायीहरुले कुनै पनि ढंगले लिने योजना बनाउन थालेपछि खुस्बु समस्यामा परेकी हुन् । खुस्बु यति बेला चरीको सम्पत्ति पाउने आशामा पनि छन् ।
तर उनले सम्पत्ति पाउने आधार भने देखिएको छैन । गतबर्ष इङगेजमेन्ट गरेको भनिए पनि त्यसैको आधारमा सम्पत्ति पाउन नसकिने कानूनविदहरु बताउँछन् ।
त्यसो त चरीकी प्रेमिका खुश्वु घटनालाई राजनीतिकरण गरेर प्रहरी विरुद्ध जनमत सृजना गर्ने अभियानमा जुटेकी छन् ।
तर गृहमन्त्री वामदेव गौतमले संसदमा चरी चरीको हत्या नभएको र उनी इनकाउन्टरमै मारिएको जवाफ दिइसकेका कारण खुस्वु वा अन्य यस पक्षधर कम्जोर हुने देखिएको छ ।
Post a Comment