अर्पणको बारेमा खुश्वुले गरिन् यस्तो खुलासा दाउदसँग थियो अर्पणको सम्बन्ध !
काठमाडौं, भदौ ५ – प्रहरी कारवाहीमा मारिएका भनिएका डन दिनेश अधिकारी ‘चरी’ कि प्रेमिका खुश्बु ओलीले मिडिया केही पनि नबुझी आफू विरुद्ध खनिएको आरोप लगाएकी छिन् । उनको पूर्व प्रेमी अर्पण कोइरालाले आफ्नो सात करोड रुपैयाँ खाएको भनि गरेको प्रचार विरुद्ध आफै पत्रकार सम्मेलन आयोजना गरेर उनले अर्पणले मिडियाबाजी गरेका कुरा सबै बनावटी भएको दाबी गरिन् । उनले भनिन–अपर्णको काठमाडौंमा तीन वटा घर नै थिएन । बिजुली बजारमा भएको घर बालकोटमा बनाउँछु भनेर बेचेको तर अन्तिममा सबै पैसा पोखराको ग्राण्ड क्यासिनोमा सकियो । पछि मैले नै थप पैसा बुझाएर त्यहाँबाट छुटाएर ल्याएको हुँ । ओलीले आफू लामो समयदेखि भारतमा परिवारको उपचारमा भएको भन्दै मिडियाबाजी गरिरहेका अर्पण २१ दिन पहिले फर्पिङमा नै रहेको दाबी गर्दै आफूले यसको प्रमाण समेत आवश्यक पर्दा पेश गर्ने बताईन् । उनले आफू बुबाले जग्गा बेचेर सन् २००९ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढ्न गएको र अर्पण कोइराला सन् २०११ मा मात्र गएकोले उनको लगानीमा आफूले पढेको भन्ने कुरा वाहीयात भएको दाबी गर्दै बुबाले बेचेको जग्गा र आफूले तिरेको कलेज फि हेर्दा सबै कुरा प्रष्ट हुने बताईन् । उनले भनिन्–म निक ईन्स्टीच्यूटबाट बेलायत गएको हुँ । त्यहाँका सञ्चालक सुरज राजभण्डारीसँग बुझे पनि हुन्छ । ओलीले अर्पणसँग आफ्नो प्रेमसम्बन्ध भए पनि सन् २०११ बाट पूर्ण रुपमा टुटेको स्पष्ट पार्दै पछि लाख प्रयास गर्दा पनि गलत आदत नछाडेपछि सम्बन्ध टुटेको बताईन् । उनका अनुसार आफू मिस टिन भएपछि नार्कोन नेपालले गरेको कार्यक्रममा अतिथि हुँदा त्यहाँ उपचार गराईरहेका अर्पणसँग चिनजान भएको र पछि केही गर्छ भन्ने विश्वासमा सम्बन्ध बनेको हो । उनले भनिन्–अर्पणलाई मैले भारत नयाँ दिल्लीको साईक्रयाटिक एण्ड रिहाविलिटेसन सेन्टरमा उपचार गराएको हुँ । ऊ अफिमजस्ता लागु पदार्थको आदी थियो । तर पनि ऊ सुध्रेन नेपाल आएपछि पनि उस्तै पैसा उठाउँदै हिँड्न थाल्यो त्यसपछि हाम्रो सम्बन्ध टुट्यो । ओलीले थपिन्–मैले उसलाई बुढानिलकण्ठको घरमा चार जना केटीहरुको बिचमा नग्न अवस्थामा प्रत्यक्ष भेटेपछि उसलाई छाडेको हुँ । जीवनमा व्यापार घाटा नाफा भनेको त भैहाल्छ तर उसको चरित्र नै खराब भएर मैले छाडेको थिएँ । उसले मेरो बुवासँग लिएको पैसा पनि तिर्न सकेको छैन । उसले दिएको चेक बाउन्स भएको छ । कार्यक्रममा ओलीले अर्पणले असराफ खानलाई सम्बोधन गरेर इब्राहिम दाउदलाई पनि ईमेल लेखेको भन्दै इमेलको स्क्यान कपी पत्रकारहरुलाई देखाएकी थिईन् । अर्पणसँग सम्बन्ध टुटेको ६ महिनापछि दिनेश अधिकारीसँग आफ्नो चिनजान भएको र सम्बन्ध बढ्दै गएको भन्दै आफूसँग सम्बन्ध हुँदा अधिकारीको नाममा कुनै उजुरी नभएको समेत प्रष्ट पारिन् । उनले अधिकारीको सालिनताबाट आफू प्रभावित भएको र उसको प्रेम प्रस्ताव स्वीकारेकोसमेत पत्रकार सम्मेलनमा स्पष्ट पारिन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment