पटना ।विहारका मुख्यमन्त्री जीतन राम माझीका छोरा प्रवीण माझी यौन विवादमा तानिएपछि विहारको राजनीतिमा भुइँचालो नै आएको छ । भारतीय जनता पार्टीले यो विषयलाई लिएर मुख्यमन्त्रीको राजिनामा नै मागेको छ ।पुलिसका अनुसार प्रवीण माझी र विहार मिलिटरी पुलिसकी एक महिला कन्स्टेवल साधा पोषाकमा मंगलबार बोध गया गएका थिए । प्रविणका अंगरक्षक पार्किङमै रोकिए भने प्रविण र ती महिला प्रहरी होटलमा गए ।
प्रविणले ती महिला प्रहरीलाई लक्जरी रुममा लगे धेरै समय नै त्यहाँ विताएको कर्मचारीहरुले बताएका छन् । होटलका कर्मचारीले प्रविण यस अघि पनि ती महिलालाई लिएर त्यहाँ जाने गरेको खुलासा गरेपछि यसले राजनीतिक रंग पाएको हो ।मंगलबार होटलका कर्मचारीले प्रविणलाई कोठामै थुनेका थिए । उनले अघिल्लो पटक त्यहाँ गएको विल नतिरेको भन्दै उनलाई थुनेपछि मालिक नै आएर कुरा मिलाउन परेको थियो ।
प्रविणले एक ब्यक्तिलाई होटलमा बोलाएर त्यहाँका कर्मचारीलाई गाली गरेका थिए । होटल मालिकलाई ६ हजार तिरेपछि मात्र कर्मचारीले प्रविणलाई कोठाबाट बाहिर जान दिएका थिए ।पुलिसले भने दुई बालिग सहमतिमा होटलमा जानु अपराध नभएको भन्दै कुनै कदम चाल्न अस्वीकार गरेको छ ।भारतीय जनता पार्टी विहारका नेताहरुले भने मुख्यमन्त्रीले छोराको यो करतुतको जिम्मेवारी लिँदै राजिनामा दिनु पर्ने माग गरेका छन् ।
Post a Comment