सारीले बाँधेकी छोरी काखैबाट बगायो
४ भदौ, बर्दिया
‘सानी छोरीलाई काखमा सारीले बाँधेर राखेकी थिएँ तर बचाउन सकिनँ । पाँच वर्षिया छोरी काखैबाट बगी,सासुससुरालाई पनि बगायो’,किरिया बसेकी राजापुर टपरकी २२ वर्षिय तुलसी खत्रीले रुँदे भनिन्,‘६ जनाको हाम्रो परिवारमा अहिले तीन जना मात्र बाँचेका छौं ।’
लगातार वर्षासँगै बाढी आउँदा तुलसीको परिवारले पाएको कष्ट सहिनसक्नुको छ । ‘सुरुमा घर डुवाएर एउटा छाना बगायो,त्यसपछि श्रीमानले हामीलाई अर्को छानामा सार्नुभयो । हेर्दाहेर्दै त्यो पनि बगायो । त्यसपछि दुईटी छोरीलाई मसँगै रुखमा लगेर राख्नुभयो’
तुलसीले दुःख सुनाउँदै भनिन्,‘दिउँसो १२ बजेदेखि ४ बजेसम्म दुईवटी छोरीलाई लिएर बसेँ । सानीलाई सारीले कम्मरमा बाँधे,ठुलीलाई रुखमा दह्रोसँग समाउन भनेँ । उनीहरुलाई रुखमा पुर्याएर तुलसीका पति बाबुआमालाई बचाउन घरमा गएका थिए ।
‘बाबुआमालाई बचाउन सक्नुभएन,आफु पनि बग्नु भएछ तर बाच्नुभएछ’ तुलसीले भनिन्, ‘यता हामी बसेको रुख पनि ढल्यो । सानी छोरीलाई काखबाटै बगायो । म पनि बगेँ । ठुली छोरी खै कसरी बाँची थाहा छैन । म तीन सय मिटर जति बगेपछि एउटा रुखलाई समाउन पुगेछु र बाँचे ।’
उनले आफु दुईदिनसम्म त्यही रुख समातेर बसेको र पछि उद्ध्द्धार भएको बताइन् । तुलसीका ५ वर्षिया छोरी,सासु र ससुरलाई बबइको बाढीले बगाएको आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment