news and more entertainment

आफ्नै ब्याय फ्रेण्ड हुदा-हुदै ‘छविराज’ जस्तो बुढो मान्छे संग बिहे गर्छु त?:शिल्पा पोख्रेल

फिल्म ‘लज्जा’मार्फत रजतपटमा डेब्यु गर्न लागेकी नव नायिका शिल्पा पोख्रेलले निर्माता छविराज ओझा बिचको स्क्यान्डलको पर्दाफास गरेकी छिन् । फिल्म ‘लज्जा’ को छायांकन सकिए लगत्तै यी दुइको बिहे प्रसंगको स्क्यान्डलले चर्चाको शिखर छोएको थियो । त्यस पछी बिलिन भएको यी दुइको बिहे प्रसङ्ग फिल्म रिलिजको पूर्व सन्ध्यामा पुन:जोडियो जस बारे शिल्पाले फिल्मीबजार संगको कुराकानीमा ओझाले फिल्म shilpa-pokharel-and-chhabi-raj-ojha-lazza-setsचलाउनका लागि आफु संग बिहेको स्क्यान्डल मच्चाएको भन्दै ओझाको पर्दाफास गरेकी हुन् ।केहि दिन अघि देखि अनलाइन मिडियामा ‘निर्माता छविराज ओझा र शिल्पा बिहे गर्दै,’शिल्पाले प्रस्ताब गरे हाम फालेर जान्छु’ र ‘हामि राम्रो साथि मात्रै हौ’ लगायका शिर्षकमा यी दुइको स्क्यान्डलको समाचारले दुबैलाई मिडियामा छाउने अवसर पाए । फिल्मीबजार त्यस्ता स्क्यान्डलको पछि नलागी वास्तविकताको नजिक पुग्ने गर्दछ । सोहि बिषयमा लिएर शिल्पा संग वास्तविकता बुझ्दा बाध्यात्मक परिस्थतिका कारण राम्रो साथी मात्रै हौ भन्नु परेको समेत गुनासो गरिन् । छविराजले उनलाई फिल्म रिलिज नहुदा सम्म अरुको म्युजिक भिडियो खेल्न समेत बन्चित गरेका थिए । शिल्पालाई एक किसिमको बन्धकी बनाएका ओझाले आफु प्रति नराम्रो इन्टेन्सन राखेको शिल्पा बताउछिन् । कुरा गर्दै शिल्पाले भनिन् ‘छविराज र मेरो बिहेको हल्लाहरु फिल्मको लागि मात्र कन्ट्रोभर्सी हो । तर अब मा त्यो कन्ट्रोभर्सीमा फस्न चाहन्न’। ‘मेरो आफ्नै ब्याय फ्रेण्ड हुदा हुदै कहिँ नपाएर मा त्यो आफ्नो बुवा भन्दा पनि १० बर्ष जेठो मान्छे संग बिहे गर्छु होला त’ ?उनले प्रतिप्रशन गरिन् । उनले आफ्नो व्याय फ्रेण्ड र प्रेम प्रसङ्ग बारे पनि स्पस्ट संग लेखिदिन आग्रह गरिन् । करिब अढाई वर्ष अघि फेसबुक मार्फत भेटेको युवक संग प्रेममा डुबेकी शिल्पाले आफ्नै प्रेमी संग बिहे गर्ने जनाउदै छविराजलाई सुरु देखिने बुवा सरह मान्दै आएको जिकिर गरिन् र भन्छिन् ‘उहालाई मैले सुरुका दिन देखि नै बुवा सरह मान्दै आएको छु,सुरुमा काम गर्दा पनि यस्तो गर्नु,त्यस्तो नगर्नु भनेर धेरै कुरा सिकाउनु हुन्थ्यो त्यति बेला एकदमै खुशी लाग्थ्यो तर उहाको इन्टेन्सन भनेको प्रेमिका बनाएर बिहे गर्ने रहेछ तर म त्यो कुरा कसरी पुरा गर्नु,म सोच्न पनि सक्दिन ।‘ शिल्पाले प्रस्ताब गरे ‘हामफालेर’ जान्छु भन्ने प्रसङ्गमा उनले भनिन् ‘जसलाई बुवाको स्थानमा राखे,त्यो मान्छेले बाउ भन्ने शब्दकै बेइजत गर्‍यो । अब मैले प्रस्ताब गर्ने रे अझै कति हास्नु ?मैले प्रस्ताब गर्ने कुरा म सोच्नै सक्दिन ।‘ तपाइलाई निर्माता संगको रिलेसनमा चित्त बुझाई छैन भने किन खुलेरै होइन भन्न सक्नु हुन्न भन्ने प्रश्नमा भन्छिन् ‘क्यामराको अगाडी गालि गर्नु पनि त भएन नि’। फिल्म चलाउन र मिडियामा छाइरहने चाहना छविराजको रहेको समेत शिल्पाले बताएकी छिन् । छबि जी को त सधै त्यस्तै हो,’मिडियामा छाउनका लागि आफ्नै फिल्मको हिरोइनलाई मसला बनाउने’।उनले थपिन् । जस्तो सुकै अबस्थामा पनि अब फिल्मको स्यान्डलमा नफस्ने शिल्पा जिकिर गर्छिन् साथै छविराजले छोरी नमानेको कारणले गर्दा अब एउटा निर्माता र हिरोइनको मात्र सम्बन्ध रहेको बताएकी छिन् । ‘यो स्क्यान्डलले यत्रो ठुलो रुप लेला भन्ने सोचेकी थिइन’ उनले भनिन् तर अब पारिवारिक र सामाजिक रुपमा नै समस्या पर्न सक्ने सम्भावना जनाउदै छविराज प्रति शिल्पाको यस किसिमको अभिव्यक्तिले कुनै समयका धेरै निकटका यी दुइका सम्बन्ध चिसिएको बुझ्न सकिन्छ । आफ्नो पनि व्यक्तिगत जीवन भएको र कामले चिनिन चाहेको शिल्पाको भनाइ छ । बाउ सम्झेर माया गरेको तर छविराजले छोरी नसम्झे पछी अलि अलि भएको माया समेत मरेको शिल्पा बताउछिन् त्यसै गरि बुवाको स्थान पनि छविराजले गुमाएको शिल्पा बताउछिन् । ‘एउटा नायिका को जीवनमा ‘रिल हिरो’धेरै हुन्छन् भने ‘वास्तविक हिरो’ एउटै मात्र हुन्छ र त्यो मेरो पनि छ र म उ बाहेक अरु कसैलाई पनि त्यो स्थान दिन सक्दिन’ शिल्पाले खुलेरै भनिन् । फेसबुकमा भेटेर स्काईपमा लभ परेको प्रसङ्ग जोड्दै करिब अढाई वर्ष पछी केहि दिन अघि मात्रै भेट भएको बताउने शिल्पाले थपिन् ‘निर्माता र नायिका बिचको सम्बन्ध पनि फिल्मका लागि मात्र हुनुपर्छ भन्ने कुरा बुझेकी छु छबिराजलाई बाउ सरह मानेर ठुलो गल्ती गरे । भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget