आज कोजाग्रत पूर्णिमाको दिन अर्थात दशैको अनितम दिन लज्जा प्रोड्युसरले हिरोईन शिल्पा पोख्रेललाई आफ्नो कार्यलयमा नै दशै टिका लगाईदिए । आफ्नो जन्मथलोमा ठुला बडा संग लज्जा फिल्मको सफलताको आषिक पाएकी उनले लज्जाकै प्रोड्युसर छविराज ओझाबाट भने नम्बर वान नायिका बन भन्ने आशिक पाएकी छिन् । दुर्गा माता र लक्ष्मी माता लाई समेत लज्जाको लागि पुकार्ने कुरो दशै अगाडी फिल्मिजुम संगको कुराकानिमा बताएकी शिल्पालाई यसपटकको दशै आर्शिवाद कस्तो हुने हो ? अथवा शिल्पालाई नम्वर एक नायिका बनाउने छविको सपना कति साकारहुने हो त्यो भने आगामी दिनले बताउला । तर पनि लज्जा डेव्यु नायिकाको तारिफ निर्माता छवि ओझाले मात्र होईन निर्देशक नवल नेपालले पनि त्यक्तिकै गर्ने गरेका छन् । कात्तिक ७ गते प्रदर्शनमा आउनलागेको लज्जाको प्रोमो र गित हेर्ने दर्शकले पनि प्रशंसा गरिरहेका छन् शिल्पाको ।
Post a Comment